Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Monday, April 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

वैदेशिक रोजगारीमा गएका ५,९३५ कामदारको मृत्यु

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ ९, २०७४
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    रोजगारको सिलसिलामा विभिन्न मुलुक पुगेका ९ वर्षमा ५ हजार ९ सय ३५ जना नेपाली कामदारको मृत्यु भएको छ । यो संख्या वैधानिक रूपमा वैदेशिक रोजगारीमा गएका कामदारहरूको मात्रै हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांकअनुसार भदौ ०६५ देखि हालसम्म सबैभन्दा बढी मलेसिया, साउदी अरब र कतारमा नेपाली कामदारको मृत्यु भएको देखिन्छ । जसमा सबैभन्दा बढी मलेसियामा २ हजार १ सय ५२ जनाको ज्यान गएको छ । त्यसपछि क्रमशः साउदीमा १ हजार ६ सय ३७ र कतारमा १ हजार १ सय ९९ कामदारको मृत्यु भएको छ। नेपाली कामदारहरूको बढी मृत्यु हुने अन्य मुलुकहरूमा युएई, कुबेत, बहराइन, दक्षिण कोरिया, ओमानलगायतका छन् । उल्लिखित तथ्यांकमा श्रमस्वीकृति नलिई गएका, करार अवधि समाप्त भएका, अवैध रूपमा बसेका र अन्य भिसामा गएकाहरूको विवरण समावेश गरिएको छैन ।

    वैदेशिक रोजगारमा गएका नेपाली कामदारहरूमा सबैभन्दा बढी हृदयाघातबाट मात्रै १ हजार ६ सय २६ नेपाली कामदारको मृत्यु भएको प्रवद्र्धन बोर्डले जनाएको छ । दोस्रो कारण, भने प्राकृतिक मृत्यु भनेर उल्लेख गर्ने गरिएको छ । यसरी मृत्यु हुने कामदारको संख्या १ हजार ३ सय ५५ रहेको छ । वैदशिक रोजगारीमा गएका कामदारहरूको ज्यान जाने तेस्रो कारण भने सडक दुर्घटना हो । सडक दुर्घटनाबाट ८ सय २ जनाको ज्यान गइसकेको छ ।

     

    यस्ता छन् मृत्युका कारण
    वैदेशिक रोजगारमा गएका नेपाली कामदारहरूमा सबैभन्दा बढी हृदयाघातका कारण ज्यान जाने गरेको पाइएको छ । हृदयाघातबाट मात्रै १ हजार ६ सय २६ नेपाली कामदारको मृत्यु भएको प्रवद्र्धन बोर्डले जनाएको छ ।

    दोस्रो कारण, भने प्राकृतिक मृत्यु भनेर उल्लेख गर्ने गरिएको छ । यसरी मृत्यु हुने कामदारको संख्या १ हजार ३ सय ५५ रहेको छ । सम्बन्धित मुलुकमा नै प्राकृतिक मृत्यु उल्लेख भएर आउने र सोहीअनुसार बोर्डको रेकर्डमा उल्लेख हुने गरिएको बोर्डका निर्देशक बद्रीकुमार कार्कीको भनाइ छ । तर, युवा अवस्थाका कामदारको मृत्युलाई प्राकृतिक मृत्यु भनिनु गरिब मुलुकलाई हेप्नुबाहेक अन्य केही नभएको गंगालाल हृदय रोग केन्द्रका मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले बताए । उनले भने, ‘यस्तो गम्भीर विषयमा कसैलाई मतलब नै छैन ।’ डा. कोइराला केही समयअगाडि सरकारले विदेशमा कामदारको मृत्यु भएको विषयमा अनुगमन गर्न पठाएको कार्यदलका सदस्यसमेत हुन् । सो कार्यदलले विषय गम्भीर भएको भन्दै विस्तृत अध्ययन गर्न आवश्यक रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो । तर, सरकारले सो विषयमा हालसम्म कुनै सुनवाइ गरेको छैन ।

    वैदशिक रोजगारीमा गएका कामदारहरूको ज्यान जाने तेस्रो कारण भने सडक दुर्घटना हो । सडक दुर्घटनाबाट ८ सय २ जनाको ज्यान गइसकेको छ । अन्य ८ सय ९७ जना कामदारको भने विभिन्न कारणले मृत्यु भएको छ । यस्तै, ५१ जनाको हत्या भएको छ भने ६ सय ५४ जनाले आत्महत्या गरेको बोर्डको तथ्यांकमा उल्लेख छ । त्यस्तै कार्यस्थलको दुर्घटनाबाट मृत्यु हुनेको संख्या ५ सय ५४ रहेको छ ।

    सरोकारवाला भन्छन्
    घटना न्यूनीकरण गर्न अभिमुखीकरण तालिम पूर्णबहादुर मल्ल, अध्यक्ष वैदेशिक रोजगार अभिमुखीकरण महासंघ
    वैदेशिक रोजगारमा जाने कामदारहरूले पर्याप्त मात्रामा जाने मुलुकको विषयमा जानकारी लिनुपर्छ । तर, त्यसको अभावमा सडक दुर्घटनालगायतका कारणले कामदारको मृत्यु भइरहेको छ । यस्तै घटना न्युनीकरण गर्न अभिमुखीकरण तालिमको व्यवस्था गरिएको हो।

    पछिल्लो समयमा अभिमुखीकरण तालिमका कारणले मृत्यु हुने कामदारको संख्यामा कमी आउन थालेको छ । तर, त्यसलाई छलाङकै रूपमा सुधार भयो भन्ने अवस्था अझै छैन । अहिलेको अवस्थामा कुनै पनि कामदार अभिमुखीकरण तालिमबाट छुट्ने भन्ने छैन । तर, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले योग्यता नै नहेरी प्रशिक्षक नियुक्ति गर्छ । त्यसले गर्दा अभिमुखीकरण तालिममा गुणस्तरता आउन नसकेको हो । सकेसम्म अभिमुखीकरण तालिम लिइसकेपछि कामदारको परीक्षा लिनुपर्ने व्यवस्था आवश्यक छ ।

    अदक्ष कामदारले समस्या बद्री कार्की, निर्देशक,वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड
    हाल वैदेशिक रोजगारमा जाने कामदारको मृत्युको दर एकदमै उच्च छ । तर, किन मृत्युदर बढी छ भन्नेमा बोर्डका तर्फबाट खासै अनुसन्धान अगाडि बढाइएको छैन । अदक्ष कामदार पठाएकै कारण कार्यस्थलको दुर्घटनामा कामदारको मृत्यु हुने गरेको छ । यस्तो अवस्थामा सकेसम्म दक्ष कामदार पठाउनेतर्फ जोड दिनुपर्छ । अभिमुखीकरण कार्यक्रम केही प्रभावकारी हुँदै गएकाले मृत्यु हुनेको संख्या बिस्तारै घटेको छ । नयाँपत्रिका दैनिकबाट ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.