Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026
Monday, September 21, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

हाम्रो शिक्षा पद्धतिले बुख्याँचाहरू उत्पादन गर्छ

एलिजा ढकाल एलिजा ढकाल
फाल्गुन ४, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

देशमा प्रतिगमन भएको छ । यो प्रतिगमन टुलुटुलु हेर्न नसकेर यहाँ उपस्थिति हुनुभएका, हाम्रो आवाजमा आवाज र कदममा कदम मिलाउन आउनुभएका सम्पूर्णमा नमस्कार । आज म यहाँ उभिदै गर्दा, म एउटा व्यक्तिमात्रै उभिएको छैन । यो देशका सम्पूर्ण विद्यार्थीको प्रतिनिधि उभिरहेको छु । आज हामी वर्तमानको त्यो मोडमा आएर उभिएका छौँ, जहाँबाट देशको समृद्धिको मार्ग अन्धकारमय छ र हाम्रो भविष्यको मार्ग पनि त्यति उज्यालो छैन । आज देशको समृद्धिको मार्ग र विद्यार्थीको भविष्य प्रकाश पार्नका लागि हामी यहाँ आएका छौँ ।

‘म किन बेरोजगार भएँ ?’

हाम्रो देशमा आज जे भएको छ, त्यो हेरेर बसिरहन सकिने अवस्था छैन । शिक्षामा मौलाएको व्यपारीकरणको जति विरोध गरेपनि पुग्दैन । हाम्रो देशको शिक्षा पद्धतिले के उत्पादन गर्छ ? हामीले देखेका छौँ, हाम्रो देशको शिक्षा पद्धतिले पढेलेखेका बुख्याँचाहरू उत्पादन गर्छ । त्यो भन्दा बढी केही उत्पादन गर्दैन । हातमा मास्टर्सको सर्टिफिकेट बोकेका पढेलेखेका बेरोजगारहरू उत्पादन गर्छ । त्यस्ता युवाहरू सिरानीमा सर्टिफिकेट थन्क्याएर विदेशी मुलुक गएर काम गर्न बाध्य हुनुपर्छ ।

स्कुल पढ्दा मसँगै पढ्ने केटी साथीहरूको संख्या माथिल्लो कक्षामा पुगेसँगै घट्दै जान थाल्यो । एसएलसीसम्म पुग्दा आँकडा धेरै घट्यो । मास्टर्ससम्म पुग्दा मसँग स्कुल पढेका साथीहरूमध्ये म मात्रै थिएँ । त्यतिबेला मेरा साथीहरूको आम बुवाको तर्क थियो ‘छोरी पढाएर के हुन्छ ? बरु बिहे गरेर पठायो भने उसले घर गरेर त खान्छे ।’ त्यतिबेला मेरो बुवा आमालाई लागेको थियो कि आफ्नो छोरीलाई पढाउनुपर्छ र आत्मनिर्भर बनाउनुपर्छ । आज उहाँहरूकी छोरी विश्वविद्यालयको प्राङ्गणमा डबल डिग्रीको सर्टिफिकेट बोकेर विश्वविद्यालयसँग प्रश्न गरिरहेको छु ‘म किन बेरोजगार भएँ ?’ हाम्रो विश्वविद्यालयलाई प्रश्न गर्ने म एकजना मात्रे होइन । म जस्तै लाखौँ विद्यार्थीको भावना र भविष्यसँग खेलवाड गरिरहेको विश्वविद्यालय अब सुध्रिनुपर्छ ।

‘हामी प्रश्न बोकेर आएका छौँ’

विश्वविद्यालयमा निजीकरण भएको छ । हिजो विश्वविद्यालय कसले चलाउँथ्यो ? कसका छोराछोरीहरू पढ्थे ? राणाकालमा क्याम्पस र विद्यालयहरूमा पहुँच कसको थियो ? हुनेखानेका र शासकहरुको थियो । आज निजीकरणले गणतन्त्रमा पनि त्यहीँ परिपाटी निर्माण गरेको छ । आज पनि निजी क्षेत्रले गरिब जनताका छोराछोरीलाई शिक्षामा निषेध गरेको छ । आज हामी त्यहीँ निषेधविरुद्ध बोल्न यहाँ उपस्थित भएका छौँ । विश्वविद्यालयमा धेरै समस्याहरू छन् ।

हामीसँग कस्ता शिक्षकहरू छन् ? उनीहरुको योग्यता र दक्षता के हो ? त्यो विषयमा पनि प्रश्न गरौँ । किनभने आज हामी समाधान होइन, प्रश्न बोकेर आएका छौँ । हामी हाम्रा हरेक प्रश्नको जवाफ चाहन्छौँ । विश्वविद्यालय घुम्दै गर्दा वा एउटा विभागबाट अर्को विभाग जाँदै गर्दा एउटी केटीले दशचोटी सोच्नुपर्ने हुन्छ । झाडीमा अश्लिलता देखाइरहेका पुरुषहरूलाई देखेर विश्विद्यालयका छात्राहरूले दशचोटी सोच्नुपर्ने हुन्छ, हिँडु कि नहिँडु भनेर । विश्वविद्यालयलाई आफ्ना छात्राहरुको यो समस्या थाह छ कि छैन ? कि उनीहरू टुलुटुलु हेरेर बसिरहेका छन् ?

हाम्रो विश्वविद्यालयको भौतिक पुर्वाधारहरू हेरौँ, कक्षाकोठादेखि पुस्तकालयसम्म र प्रयोगशालादेखि शौचालयसम्म पुग्दा यो कुनै विश्वविद्यालय जस्तो लाग्दैन । यो त कुनै कारखाना जस्तो लाग्छ । जुन अस्तव्यस्त छ । हामी त्यो अस्तव्यस्तविरुद्ध बोलौँ । हामी हाम्रो आवाज बुलन्द पारौँ ।

‘हामी मात्र पढेर हुँदैन’

एकपटक हामी हाम्रो कार्यक्रम सकेर विश्वविद्यालयमा बसिरहेका थियौँ । एकजना साथी आउनुभयो । चिनेर बोल्न आउनुभएको होला भन्ठानेर मैले पुलुक्क हेरेँ । उहाँको काँधमा झोला र हातमा थर्मस् थियो । उहाँ चिया बेच्न आउनुभएको रहेछ । मैले उहाँलाई सोधेँ, हजुर के गर्नुहुन्छ ? उहाँले भन्नुभयो ‘म मास्टर्स गर्दैछु ।’

उहाँलाई देख्दा खुशी लाग्यो, दुःख पनि लाग्यो । खुशी यस अर्थमा लाग्यो कि मेरो देशको भविष्य बोकेको एकजना युवा कुनैपनि काम सानो भन्दैन । उ चिया बेचेर आफ्नो पकेट खर्च जुटाउन आएको छ । दुःख यस अर्थमा लाग्यो कि यो देशको बेरोजगार सिर्जना गर्ने सेमेस्टर सिस्टमले उनीहरूको पढाईलाई निषेध गरेको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीबाट काठमाडौँ आउने युवाहरू जो बिहान पढेर दिउँसो जागिर खान्छन्, जो आफ्नो पकेट खर्चका लागि आफू मै निर्भर हुन्छन् ।

उनीहरूलाई निषेध गरेको शिक्षा प्रणाली प्रति मलाई लज्जाबोध भएर आयो । मलाई हिनताबोध भएर आयो । आज हामी ति साथीहरूको शिक्षामा पहुँचका विषयमा बोलौँ । हामी मात्र पढेर हुँदैन । सक्ने मान्छे मात्रै पढेर हुँदैन । जो यो देशमा बस्छ र जो यो देशको नागरिक छ उनीहरुलाई पनि विश्वविद्यालयको शिक्षामा अधिकार हुनुपर्छ । हामी त्यो अधिकारका बिषयमा बोलौँ ।

‘सिपमुलक शिक्षाका लागि बोलौँ’

हाम्रो समाज राम्रो चलिरहेको थियो । दमाई दाइ कपडा सिलाउनुहुन्थ्यो, कपडा डिजाइन गर्नुहुन्थ्यो, सार्की दाई जुत्ता बनाउनुहुन्थ्यो, कामी दाई फलामका हतियार बनाउनुहुन्थ्यो र कुमाल दाई माटाका भाँडा बनाउनुहुन्थ्यो । उहाँहरूलाई अछुत बनाइयो । समाजका इन्जिनियर, डिजाइनर र इन्भेन्टरहरु अछुत बनाइए र उहाँहरूको सिप विस्थापित भयो । हाम्रो देशमा विदेशी समानहरू भित्रिन थाले । त्यो दिनदेखि हाम्रो देशको सिपमुलक शिक्षामा प्रतिबन्ध लाग्यो । त्यो दिनदेखि हाम्रो देशको शिक्षामा प्रतिगमन सुरु भयो । हामी त्यो प्रतिगमनविरुद्ध बोलौँ । हामी सिपमुलक शिक्षाका निम्ति बोलौँ । हामी घोकाएर बुख्याँचा पैदा गर्ने शिक्षा प्रणालीविरुद्धको आवाज सशक्त पारौँ । आज हामी विश्वविद्यालयमा तमाम प्रश्नहरु लिएर आएका छौँ, हामीसँग जवाफ छैनन् । विश्वविद्यालयले हामीलाई जवाफ दिन सक्दैन भने हामी भोलि जवाफ लिएर आउनेछौँ । योजना लिएर आउनेछौँ ।

(बृहत् नागरिक समाजले गत सोमबार शैक्षिक प्रतिगनविरुद्ध आयोजना गरेको ‘मार्च टु टियू’मा विद्यार्थी तथा अभियन्ता एलिजा ढकालले दिएको मन्तव्य)

एलिजा ढकाल

एलिजा ढकाल

Related Posts

के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

nepal_readers
जेष्ठ ५, २०८३

कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

घनश्याम भूसाल
माघ ११, २०८२

चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

तीर्थ कोइराला
साउन ४, २०८२

विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

भुइँमान्छेः धेरै पात्र एउटै कहानी

भुइँमान्छेः धेरै पात्र एउटै कहानी

झलक सुवेदी
असार २३, २०८२

मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

नेपाल रिडर्स
असार १७, २०८२

समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

विश्वबन्धु भण्डारी
बैशाख ९, २०८२

नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • प्रवासी नेपाली
  • रिडर्स डिस्कोर्स
  • अन्तर्वार्ता
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

गुगल मार्फत साइन इन गर्नुहोस्
Sign In with Linked In
वा

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

गुगल मार्फत साइन अप गर्नुहोस्
Sign Up with Linked In
वा

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share via
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

Add New Playlist

नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • प्रवासी नेपाली
  • रिडर्स डिस्कोर्स
  • अन्तर्वार्ता
  • मल्टिमिडिया
  • ब्लग

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.