Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

खुवालुङको बारेमा थप अनुसन्धान अघि बढाऔँ : भक्त राई

डा. भक्त राई डा. भक्त राई
चैत्र २, २०७७
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    खुवालुङ शब्दको ‘खुवा’ को अर्थ पानी र ‘लुङ’ को अर्थ ढुङ्गा हो । समान्यतः एउटै भाषामा बुझ्नुपर्दा खुवालुङ भनेको पानीको ढुङ्गा वा पानीमाथिको ढुंङ्गा वा पानीमा रहेको ढुङ्गा भन्ने अर्थ लाग्छ । प्रदेश १ को धनकुटा, उदयपुर, भोजपुर र सुनसरीको आसपासको त्रिवेणीधाममा रहेको यो ढुङ्गाले विकासमा अवरोध गरेको भन्दै यसलाई फुटाउनुपर्छ भन्ने माग आएको छ। सप्तकोशी नदीमा जहाज सञ्चालन गर्नका लागि बाटो खुल्ला गर्न सरकारले उपभोक्ता समिति गठन गरिसकेको अवस्था छ । तर यो ढुङ्गा किराँतीहरूको प्राचिन सभ्यता र ंसंस्कृतिको आधार स्तम्भ हो र मुन्धुममा वर्णित भएको भन्दै यसलाई संरक्षण गर्नुपर्ने आवाज उठिरहेको छ ।

    किराँतीहरूको सभ्यताको प्रतिक

    म भर्खरै उदयपुरको बेलका ७ मा पर्ने मैनामैनीमा त्यहाँको सांस्कृतिक अध्ययन गर्न गएको थिएँ । ठिक त्यसको पारिपट्टि धनकुटाको शहीदभूमि गाउँपालिकामा रहेको प्रसिद्ध छिन्ताङदेवीको पनि अध्ययन गर्न पुगेँ । यी दुई ठाउँको अध्ययन गर्ने क्रममा खुवालुङको बारेमा पनि बहस चलिरहेकाले मैले त्यहाँका स्थानीयसँग जानकारी लिएँ । त्यहाँ मैले विकासको बाधक रहेको भनिएको यो ढुङ्गालाई हटाउनु उपयुक्त हुन्छ कि हुँदैन भनेर बुझेँ ।

    खुवालुङ के हो, यसको ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमि कस्तो छ भनेर बुझ्नुभन्दा पहिले किराँतीहरूको समग्र प्राचिनता, संस्कृति र सभ्यताका बारेमा घोत्लिनुपर्ने हुन्छ । किराँतीहरूको इतिहास, संस्कृति र छिन्ताङ परम्परालाई दुईवटा आधारमा पत्ता लगाउन सक्छौँ । एउटा मुन्धुम परम्परा, जो मौखिक परम्परामा जीवित छ । मुन्धुम भनेको समग्र किराँतीहरूको विवरण झल्किने मौखिक वाङ्मय हो । त्यसबाट किराँतीहरूको संस्कृति र सभ्यता पत्ता लगाउन सक्छौँ ।

    दोस्रो आधार भनेको वैदिक वाङ्मय हो । खासगरी संस्कृत वाङ्मय, जहाँ किँरातीहरूको बारेमा लिखित ग्रन्थ पाइन्छ । एकथरी किँरातीहरूले वैदिक वाङ्मयको आधारमा मात्रै किँरातीको पहिचान, सभ्यता, दर्शन र चिन्तन यही हो भनेर विश्वास गरेको देखिन्छ भने अर्कोथरी मुन्धुम परम्परामा विश्वास राख्छन् । मुन्धुम परम्पराको संवाहकका रुपममा धामी, झाँक्री र फेदङवा लगायतलाई लिइन्छ । उनीहरूको गीतसंगित लगायतका माध्यमबाट यो परम्परा एक समाजबाट अर्को समाज र एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएका छन् ।

    अहिले भर्खरै चर्चामा आएको खुवालुङ मुन्धुममा आधारित विषय हो । यो वैदिक अथवा लिखितमा आधारित होइन। मौखिक वाङमय मुन्धुममा वर्णित ढुङ्गा हो। किराँतभित्र पनि विभिन्न समुदाय छन्। खासगरी आफूलाई किँरात भनेर स्वीकारेका जातहरू राई, लिम्बु, सुनुवार र याख्खा छन्। वर्तमान परिप्रेक्षयमा किराँत भनेर यी चार जातिलाई बुझिन्छ। अरु जाति पनि छन्। तर यी चार जातिमा पनि राईहरूको विभिन्न भाषिक समुदाय छन् ।

    प्रत्येक भाषिक समुदायका मुन्धुममा खुवालुङको बारेमा वर्णन गरिएको छ । खुवालुङ यही ठाउँमा छ भन्ने किटान गरेर भन्न नसकेपनि तीनवटा नदीको संगमस्थलमा छ भनेर मुन्धुममा उल्लेख गरेको पाइन्छ । यो संगमस्थलमा तीनवटा नदीः तामाकोशी अर्थात् तमोर, अरुण र दुधकोशी मिसिएका छन् । दुधकोशीमा पनि चारवटा नदी मिसिएका छन्, भोटेकोशी, इन्द्रावती, लिखु र सुनकोशी ।

    मुन्धुममा चाहिँ ऐतिहासिक र भौगोलिक विवरणहरू पाइन्छन् । त्यहाँ साहित्यका विधाहरू, दर्शन, चिन्तन, भुगोल र समग्रताको वर्णन पाइन्छ । मुन्धुममा यस्ता विवरणहरू वर्णन गर्ने क्रममा खुवालुङको बारेमा पनि उल्लेख छ ।मुन्धुममा उल्लेख गरिएअनुसार खुवालुङबाट नै हाम्रा विभिन्न भाषिक समुदाय, जात र उपजात छुट्टिए । विभिन्न खोलाहरू पछ्याउने क्रममा एउटा झुण्डले दुधकोशी पछ्यायो, अर्को झुण्ड तमोर र अर्कोथरी अरुण पछ्याउँदै गए र कालान्तरमा विभिन्न भाषिक समूह बन्दै गए । त्यसरी किराँतहरूको विभिन्न घटक र जातीय अवयवहरू निर्माण हुन पुगे भन्ने इतिहास पाइन्छ । खुवालुङलाई कतिपयले प्राचिन उत्पति स्थलपनि भन्छन् । तर त्यो उत्पति स्थल चाहिँ होइन ।

    किँरातीको बारेमा वैदिक वाङ्मय खासगरी प्राचिन सांस्कृतिक वाङ्मयहरू चारैवटा वेद, पुराण, रामायण, मनुस्मृति लगायतमा किराँतीहरूको बारेमा उल्लेख छ, ती भारतीय प्राचिन सिन्धुघाँटीको सभ्यतापछिको किँराती सभ्यता थियो । जतिबेला आर्यहरु सिन्धुघाँटीमा प्रवेश गरे त्यतिबेला भन्दा अगाडि नै किराँतीहरू त्यो ठाउँमा थिए । त्यसैकारणले गर्दा त्यो ठाउँ किराँतीहरूको प्राचिन संस्कृतिक ग्रन्थमा उल्लेख भएको हो ।

    के त्यही ढुङ्गा खुवालुङ हो?
    खुवालुङबाट किराँतीहरू विभिन्न ठाउँमा विभाजन भएकाले यसलाई प्रवेश नाकाको रुपमा लिइन्छ । त्यस आधारले त्यो किराँतीहरूको आदिम थलो हो । भारतीय भूमिबाट किँरातीहरू त्यहाँ प्रवेश गर्ने नाका भएकाले त्यो एउटा सभ्यताको प्रतिकका रुपमा मुन्धुममा वर्णित छ । तर त्यो ठ्याक्कै कुन ठाउँमा छ भन्ने कुरा चाहिँ उल्लेख भएको छैन ।

    उपभोक्ता समिति भने अहिले दाबी गरिएको ढुङ्गा नै खुवालुङ हो भन्ने आधार केही नभएको तर्क गर्छ । उनीहरूका अनुसार त्यो ढुङ्गा २६ सालको बाढीले ल्याएको हो । किराँतीहरूको मुन्धुम हजारौँ वर्षअघिको हो, जतिबेला पानीको सतह अत्यन्तै माथि थियो । त्यो ढुङ्गा नै देखिने अवस्था थिएन भन्ने समितिको दाबी छ ।

    खासगरी उदयपुरको बेलका ७ मा पर्ने मौनामैनीका स्थाीयसँग बुझ्दा उनीहरू भन्छन् ‘हामीलाई खुवालुङका बारेमा थाहा छैन, खुवालुङ यही हो भन्ने पनि छैन ।’ त्यहाँका स्थानीय पुस्तैदेखि बाँस व्यवसाय गर्दै आएका छन् । एकजनाले १/२ सय घना बाँस नदीमा तैराउदै चतरासम्म पुर्‍याउने गर्छन् । यसो गर्दा त्यही ढुङ्गांमा एकैचोटी पचासौँ जनाको मृत्यु भइसकेको हुनाले स्थानीयबासी त्यसलाई ज्यानमारा ढुङ्गा भन्छन् । यो एतिहासिक ठाउँ हुँदै होइन भन्ने उनीहरूको तर्क छ ।

    ‘विकल्प पनि छ’
    प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ८ गतेको एउटा कार्यक्रममा जहाज सञ्चालन गर्नका लागि त्यो ढुङ्गाले अवरोध गरेकाले त्यसलाई फुटाउने अभिव्यक्ति दिएका थिए । उनले त्यसलाई मासेर विशाल व्यपारिक तथा पर्यटन केन्द्र बनाउने र जहाजहरू निर्वाध रुपमा चल्ने बनाउनुपर्छ भनेपछि एकथरी किराँतीहरूले विरोध सुरु गरेका हुन् ।

    यसलाई संरक्षण गर्नुपर्छ भनेर संरक्षण समिति पनि गठन भइसकेको अवस्था छ । एकाथरी यो हाम्रो प्राचिन र मौलिक इतिहास भएकाले यसको संरक्षण गर्नुपर्छ भन्दैछन् भने अर्कोथरी किराँतीहरू वास्तवकि खुवालुङ नै पत्ता नलागिसकेको अवस्थामा यसलाई भत्काउनुपर्ने बताउछन् ।

    त्यसैले सबैभन्दा पहिले किराँतीहरूले गर्नुपर्ने काम भनेको वास्तविक खुवालुङ कहाँ छ र त्यही ढुङ्गा खुवालुङ हो वा होइन भन्ने कुरा पत्ता लगाउनु हो । एकथरी किराँतीहरूको दाबी छ, नेपालमा कतिपय यस्ता पूजा गर्ने स्थलहरू छन्, जुन मूल सडकमा छन् । तिनले सडक जाम गरिरहेका हुन्छन् तर तिनलाई भत्काउन सकिएको छैन । त्यसैले किराँतीहरूको आदिम सभ्यता र संस्कृति भएको ठाउँमा रहेको त्यो ढुंगालाई किन भत्काउने भन्ने किराँतीहरूको भनाई छ ।

    त्यहाँ जहाज सञ्चालन गर्ने विकल्प नै नभएका होइनन । अहिलेपनि निर्वाध रुपमा ठूल्ठूला जहाजहरु गइरहेका छन् । ठूला जहाजहरू भन्नुको अर्थ चिन वा अरु अन्तराष्ट्रिय सञ्जाल जोड्ने वा महासागरमा प्रवेश गर्ने ठाउँ पनि होइन । त्यहाँबाट ३०–४० किलोमिटर माथि संखुवासभासम्म जान सकिन्छ र दुई चार हजार मान्छेलाई ओसार्न सकिन्छ । यो सम्भव छ ।

    ठूलै अन्तराष्ट्रिय सञ्जाल जोड्ने ठाउँ पनि नभएकाले यसका लागि विभिन्न विकल्पहरू देख्छु । मूलतः यसको लागि एउटै उपाय भनेको जुन ढुङ्गालाई खुवालुङ भनेर दाबी गरिएको छ, यो इतिहासको धरोहर हो भने यसलाई तत्कालका लागि संरक्षण गरेर दायाँ र बायाँतर्फ पानीको प्रवाह लैजान सक्छौँ । यस विषयमा दुवै तर्फका स्थानीयलाई सोध्दा उनीहरू पनि तयार छन्। विश्वमा समुन्द्रमाथि ठूला शहर बनाइसकेको अवस्थामा हाम्रो एउटा सामान्य नदीको धार परिवर्तन गर्न नसक्ने भन्ने छैन ।

    मैले भर्खरै उपभोक्ता समितिका अध्यक्षसँग कुरा गरेँ । उहाँको भनाई अनुसार खुवालुङ भनिएको त्यो ढुङ्गा मात्रै भत्काउन समिति गठन भएको होइन । सप्तकोशीदेखि संखुवासभासम्मका विभिन्न अवरोध गर्ने ढुंगाहरूलाई भत्काउन र बाटो खाली गराउने अभियान हो ।यसकारण यो बहसले खुवालुङको बारेमा थाहा नभएका कतिपय किराँतीहरूलाई पनि यस बहसले जान्ने मौका दिएको छ । त्यसकारण अहिलेको बहस र विवादले किराँतीहरूलाई आफ्नो पहिचान खोजी गर्ने तथा मुन्धुममा वर्णित ठाउँहरूमध्ये यसको बारेमा खोजी र अन्वेषण गर्ने मार्ग खुलेको छ । त्यसैले यो बहसलाई म सकरात्मक रुपमै म लिन्छु ।

    ‘खुवालुङको बारेमा अन्वेषण गर्न सकिन्छ’
    मेरो विचारमा चाहिँ जब किराँतीहरूले त्यो ढुङ्गा भएको ठाउँलाई आदिम थलो अथवा प्रवेश मार्गका रुपमा लिएका छन् भने त्यसलाई विनाश गर्नुहुँदैन । बरु त्यसलाई तत्कालका लागि संरक्षण गर्ने र पुरातात्विक अन्वेषण गर्न सकिन्छ । एकथरीले त्यो ढुङ्गा २६ सालको बाढीले ल्याएको भनिरहेको अवस्थामा त्यो प्राचिन ढुङ्गा हो होइन भनेर पनि अनुसन्धान गरिनुपर्छ ।

    गोताखोरलाई पठाएर त्यसको गहिराई, आयतन र वजन मापन गर्न सक्छौँ । त्यसको गुणस्तर र प्राचिनताको मूल्यांकन गर्न सक्छौँ । तत्कालका लागि त्यसलाई संरक्षण गर्ने र अनुसन्धानलाई अगाडि बढाएर पानीको बहावलाई भने दायाँ र बायाँ पठाएर जहाज सञ्चालन गर्नु असम्भव छैन ।

    त्यसैले यही बहसको मौकामा यसबारे कुन–कुन मुन्धुममा वर्णन गरिएको छ भनेर अध्ययन गरी यसको अझै खोजी गर्न सकिन्छ । खुवालुङ भनेको किराँती, प्रदेश १ र नेपालको मात्रै सभ्यता होइन । यो त विश्वकै सम्पत्ति हो । यसलाई बचाएर हामीले किराँतीको मात्रै होइन, विश्वकै सभ्यता बचाउन सक्छौँ ।

    कुनैपनि एउटा भाषा मर्नु भनेको संसारको बहुमूल्य वस्तु मर्नु हो । जब हामी एउटा भाषा बनाउन सक्दैनौँ भने भएका भाषा, संस्कृति र सभ्यतालाई पनि मासिन दिनुहुँदैन । यो राज्य, समुदाय र सम्बन्धित क्षेत्रको दायित्व हो भन्ने मेरो ठहर छ । कुनै पनि सांस्कृतिक धरोहरलाई बचाउने क्रममा मानवीय क्षति हुन्छ र ठूलै विकासमा अवरोध हुन्छ भने त्यसको पनि समाधान खोजिनुपर्छ ।

    भिडियो–

    (संस्कृतिविद् राईसँग नेपाल रिडर्सले गरेको कुराकानीमा आधारित ।)

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      डा. भक्त राई

      डा. भक्त राई

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.