Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

म्यानमारमा सैनिक अत्याचार : के हुँदैछ र किन ?

सहयोगीबाट सहयोगीबाट
चैत्र २१, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    म्यानमारमा गत फेब्रुअरी १ मा त्यहाँको सेनाले ‘कु’ गरेर देशलाई नियन्त्रणमा लिएदेखि त्यहाँका विभिन्न शहरहरूमा ठूलाठूला प्रदर्शनहरू भइरहेका छन् । त्यहाँकी निर्वाचित नेतृ आङ सुकी र उनको पार्टी, नेसनल लिग फर डेमोक्रेसीका सदस्यहरूलाई अहिले सेनाले कैदी बनाएको छ । सेनाले बालबालिकालगायत सैयौँको हत्या गरेको छ ।

    कहाँ छ म्यानमार?

    बर्माको नामबाट समेत चिनिने यो देश दक्षिण पूर्वी एसियामा पर्छ । यसका छिमेकीहरूमा थाइल्याण्ड, लाओस्, बंगलादेश, चीन र भारत छन् । यसको जनशंख्या पाँच करोड चालिस लाख छ। यहाँका प्राय : मानिसहरू बर्मेली भाषा बोल्छन्। यस देशमा नेपाली भाषीहरू पनि छन् । यहाँको ठूलो शहर याङ्गुन (रङ्गुन) हो तर राजधानी भने ‘नाय् पीय् तव्’ हो । यहाँका मान्छेहरू आफूलाई बौद्धमार्गी ठान्छन्। यस देशमा रोहिङ्या मुसलमानलगायत थुपै आदिवासीहरू समेत छन् । बेलायती उपनिवेशबाट यो देशले सन् १९४८ मा स्वतन्त्रता पाएको हो । सन् १९६२ देखि सन् २०११ सम्म यहाँ सैनिक शासन रह्यो । नागरिक सत्तातर्फ फर्कने क्रममा सन् २०११ मा त्यहाँ नयाँ सरकारको उदय भयो ।

    म्यानमारलाई किन बर्मा पनि भनिन्छ ?

    सैनिक सत्ताले सन् १९८९ मा पहिले कायम रहेको ‘बर्मा’को सट्टामा देशको नाम ‘म्यानमार’ नाम राख्यो । यी दुबै शब्दको अर्थ एउटै हो तर म्यानमार भन्ने नामचाहिँ बढी औपचारिक हो । सैनिक सत्ताको वैधतालाई अस्विकार गर्ने अर्थमा, प्रारम्भिक चरणमा बेलायतलगायत केही देशले नाम परिवर्तनको विषयलाई अस्विकार गरे । तर धेरैजसो व्यक्ति र देशले अचेल बर्मालाई ‘म्यानमार’कै रूपमा स्विकार्दै गएका छन् ।र, सन् २०१६ मा त्यहाँकी चर्चित प्रजातन्त्रवादी नेतृ सुकीले जुनसुकै नाम प्रयोग गर्दा पनि फरक नपर्ने बताइन् ।

    अहिले के भयो र किन?

    अहिले पुन : प्रजातान्त्रिक प्रक्रियालाई मिचेर सत्तामा सैनिक नै आएको छ र एक वर्ष लामो संकटकाल घोषणा गरेको छ । सैनिकले आम चुनावलगत्तै देशमाथि नियन्त्रण लिएको थियो, जतिखेर चुनावमार्फत आङसाङ सुकीको नेसनल लिग फर डेमोक्रेसीले व्यापक बहुमत पाएको थियो ।

    यता, त्यहाँ सक्रिय सशस्त्र समुहले भने आङ साङ सुकीको विपक्षीहरूलाई समर्थन गरेका थिए । र, सुकीका विपक्षीहरू भने चुनावमा व्यापक धाँदली भएको भन्दै भोटिङ प्रक्रिया दोहोरिनु पर्ने माग गरिराखेका थिए । निर्वाचन आयोगले भने त्यस्ता दावीहरूलाई पुष्टि गर्ने आधार नभएको बताएको थियो । अनि, संसदको नयाँ सत्र सुरु हुने तयारी हुँदै गर्दा सैनिकले ‘कु’ गरेका थिए ।

    अहिले नेतृ सुकीलाई अज्ञात स्थानमा बन्दी बनाएर राखिएको छ । उनीमाथि देशको आधिकारिक गोप्यतासम्बन्धी कानुनको उल्लंघन गरेको, अनाधिकृत रूपमा ‘वाकिटकी’ लिएको र आतंक फैलाउने सूचनाहरू प्रवाह गरेकोलगायतका अनेकौं मुद्धा छन् ।
    पक्राउबाट उम्केर भागेका नेसनल लिग फर डेमोक्रेसीका सांसदहरूले भूमिगत रूपमै नयाँ समूह निर्माण गरेका छन् । तिनका नेताले प्रदर्शनकारीहरूलाई आफ्नो रक्षा आफैं गर्नसमेत आह्वान गरेका छन् ।

    अहिले त्यहाँको प्रमुख को छ ?

    अहिले बर्माको कार्यकारी प्रमुखका रूपमा त्यहाँका प्रधान सेनापति मिन अङ हलइङले शक्ति आफ्नो हातमा लिएका छन् । हलइङको बर्मेली राजनीतिमा लामो समयदेखि महत्वपूर्ण प्रभाव कायम छ । म्यानरमा प्रजातन्त्र आएपछि पनि त्यहाँको ‘तत्मदउ’ भनिने म्यानरमारी सेनाभित्र उनले निरन्तर शक्तिको अभ्यास गरेका थिए । हलइङ नै अहिलेको सैनिक ‘कु’को प्रमुख पात्र हुन् ।
    हलइङले विश्वका अनेक देश र त्यहाँका प्रमुखहरूबाट अहिले जारी हिंसाका लागि निन्दा झेल्नु परेको छ । त्यहाँका अल्पसंख्यक आदिवासीहरूमाथि गरेको अत्याचारका कारण पनि उनीमाथि विभिन्न प्रतिवन्धहरू लगाइएका छन् ।

    सैनिक ‘कु’लगत्तै हलइङले दिएको प्रतिक्रियामा उनले आफूले गरेको ‘टेकओभर’को औचित्य पुष्टि गर्ने कोसिस गरे । उनले सैनिक जनताको पक्षमा रहेको बताउँदै ‘वास्तविक र अनुशासित प्रजातन्त्र गठन’ गर्ने बताए । संकटकाल सकिएपछि ‘स्वतन्त्र र निस्पक्ष चुनाब’ गर्ने सेनाको भनाई छ ।

    मान्छेहरूले कस्ता प्रतिक्रिया दिए ?

    सन् २००७ मा भएको तथाकथित ‘स्याफ्रोन आन्दोलन’ यताकै सबैभन्दा ठूला प्रदर्शनहरू अहिले सैनिक ‘कु’का विरुद्ध भएका छन् । उतिखेर हजारौं बौद्ध भिक्षुहरू तत्कालिन् सैनिक शासनविरुद्ध उत्रेका थिए । अहिले प्रदर्शनकारीहरूमा शिक्षक, वकिल, विद्यार्थी, बैंक अफिसरहरू र सरकारी कर्मचारीहरूसमेत छन्। यतिखेर, सैनिक सत्ताले त्यहाँ कर्फ्यु लगाएको छ र भेटगाटहरूमा समेत प्रतिवन्ध लगाएको छ ।

    ‘सुरक्षाकर्मी’हरूले पानीका फोहरा, रबरका गोली र गोली प्रयोग गरेर प्रदर्शनकारीहरूलाई रोक्ने प्रयास गरिरहेका छन् । ‘कु’ भएयताको सबैभन्दा डरलाग्दो दिन, गत मार्च २७ का दिन सयभन्दा बढी प्रदर्शनकारीहरू मारिएका थिए ।

    आङ साङ सुकी को हुन् ?

    सन् १९९० मा म्यानमारमा प्रजातन्त्र पुर्नस्थापनाका लागि अभियान चलाएका कारण सुकी विश्वभर चर्चित् भइन् । प्रजातन्त्र बहाली र स्वतन्त्र चुनावका पक्षमा अभियान चलाएकै कारण उनले सन् १९८९ देखि २०१० को बीचमा १५ वर्षजति नजरबन्दमा जीवन बिताइन् । घरमै नजरबन्दमा रहेका बेला सुकीलाई सन् १९९१ को नोबेल शान्ति पुरस्कार दिइयो । सन् २०१५ मा भएको पहिलो खुला चुनावमा त्यहाँको नेसनल लिग फर डेमोक्रेसीको नेतृत्व गर्दै त्यसलाई विजयी गराइन् ।

    रोहिंग्या मुसलमानहरूमाथि भएको अत्याचारको कुरा के हो ?

    त्यहाँका मुसलमान अल्पशंख्यकहरूमाथि राज्यबाट गरिएको हिंसाका कारण सुकीको अन्र्तर्राष्ट्रिय ख्यातीमा ठूलो ¥हास आएको छ । म्यानमारले आफ्ना अल्पशंख्यक मुसलमानहरूलाई अवैधानिक आप्रवासी ठान्दछ र नागरिकतासमेत दिँदैन । राज्यको उत्पीडन र अत्याचारबाट बच्न धेरै मुसलमानहरू देश छाडेर भागेका छन् । हजारौं रोहिंग्याली मुसलमानहरूको ज्यान गएको छ । सेनाले सन् २०१७ यता गरेको अत्याचारका कारण सात लाखभन्दा बढी मुसलमानहरू बंगलादेशतर्फ भागेका छन् ।

    सोही विषयमा जवाफ दिन सन् २०१९ मा श्रीमती सुकी अन्र्तर्राष्ट्रिय न्यायिक अदालतमा उपस्थित भइन् । त्यहाँ उनले आफ्नो सरकारी सेनाले नरसंहार गरेको आरोपलाई अस्विकार गरिन् ।

    ‘कु’का बारेमा अन्र्तराष्ट्रिय प्रतिक्रिया कस्तो छ ?

    थुपै्र देशहरूले सैनिक ‘कु’ तथा नागरिकमाथि गरिएको सैनिक हस्तक्षेपको निन्दा गरेका छन् । अमेरिकी राज्य सचिव एन्टोनी ब्लिन्केनले म्यानमारी सैनिकले ‘अत्याचारको शासन’ गरेको आरोप लगाएका छन् । अमेरिका, बेलायत र युरोपियन युनियनलगायत प्रभावशाली देशहरूले सैनिक अधिकारीहरूमाथि प्रतिवन्ध लगाउने प्रतिक्रिया दिएका छन् ।

    यता, चीनले भने ‘कु’लाई निन्दा गरिएको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको वक्तव्यलाई बन्देज लगाएको छ । तर, श्रीमती सुकीको रिहाइ र प्रजातान्त्रिक पद्धतिमा मुलुकलाई फर्काउन गरिएको आह्वानलई चीनले समर्थन गरेको छ । यसअघि चीनले म्यानमारमा अन्र्तराष्ट्रिय हस्तक्षेप हुने कुरालाई अस्विकार गर्ने बताएको थियो ।

    (एलिस कड्डी–बिबिसी/अनुवादः प्रकाश–नेपाल रिडर्स)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.