Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Monday, April 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ग्राम्सीको ‘सांस्कृतिक आधिपत्यवाद’को आलोकमा मार्क्सवाद

ग्राम्सीको चिन्तनको मुख्य बिन्दु नै यही थियो। उनको निस्कर्ष थियो, ‘पूँजीबादी राज्यसत्ता आफ्नो बर्चस्व स्थापित गर्नका लागि केबल हिंसा वा आर्थिक शोषणमात्र गर्दैन, समाजमा ब्याप्त मान्यता, धार्मिक सत्ता एवम् साँस्कृतिक प्रतिकहरुलाई पनि आफ्नो इसारामा चलाउँछ। परिणमस्वरूप नोकरशाही र दासत्वले श्रमजिबिको तर्कवुद्धिमा गहिरो प्रभाव पार्दछ।

प्रशान्त ‘पुष्प’ रिजाल प्रशान्त ‘पुष्प’ रिजाल
कार्तिक ५, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बिसौं शताब्दीका महानतम् चिन्तकहरुमध्ये आन्तोनियो ग्राम्सीको नाम प्रमुखताका साथ लिइन्छ। ग्राम्सी मुलतः मार्क्सबादी चिन्तक हुन्। यद्दपी उनले मार्क्सबादलाई कर्मकान्डी या रुढिबादी ढङ्गबाट स्वीकारेनन्। मार्क्सद्वारा प्रतिपादित बैज्ञानिक समाजबादलाई उनले मौलिक ढङगबाट ब्याख्या गरे। वर्ग–सङघर्षको ब्याख्याका निम्ति उनले सँस्कृतिलाई केन्द्रबिन्दु बनाए र साँस्कृतिक अधिपत्यलाई शोषणको मुख्य कारणको रूपमा ब्याख्या गरे। आफ्नो एक दशकभन्दा लामो जेल जीवनमा ग्राम्सीले दर्जनौँ डायरी र ५०० भन्दा बढी पत्रहरू लेखे।

    साँस्कृतिक आधिपत्य उनको चिन्तनको मुख्य विषय थियो। ग्राम्सीका अनुसार साँस्कृतिक आधिपत्यबाद पूँजीवादको बलियो सुरक्षाकवच हो। शोषणबाट मुक्ति प्राप्त गर्न श्रमजिबि बर्ग साँस्कृतिक बिषमताको खाडीबाट बाहिर निस्कनैपर्छ। साँस्कृतिक–जातीय कुन्ठाबाट बाहिर निस्केर समानताबादी सोचको विकास गर्नुपर्छ भन्दै उनले त्यसका लागि श्रमिक बर्गहरूको शिक्षामा अधिक जोड दिए। उनी भन्थे, ‘शिक्षा नै एक यस्तो अस्त्र हो, जसले श्रमिक बर्गभित्रका बुद्विजिवीहरूलाई प्रस्फुठित गर्दछ। जसमार्फत पूँजीबादी सांस्कृतिक–अधिपत्यको प्रतिबाद गर्दै श्रमिक बर्ग नविनतम् संस्कृतिको विकास गर्न सक्षम हुनेछन्।’

    ग्राम्सीको चिन्तनको मुख्य बिन्दु नै यही थियो। उनको निस्कर्ष थियो, ‘पूँजीबादी राज्यसत्ता आफ्नो बर्चस्व स्थापित गर्नका लागि केबल हिंसा वा आर्थिक शोषणमात्र गर्दैन, समाजमा ब्याप्त मान्यता, धार्मिक सत्ता एवम् साँस्कृतिक प्रतिकहरुलाई पनि आफ्नो इसारामा चलाउँछ। परिणमस्वरूप नोकरशाही र दासत्वले श्रमजिबिको तर्कवुद्धिमा गहिरो प्रभाव पार्दछ। जसले समाजमा, बिशेषगरी श्रमजीबि बर्गहरूलाई के लाग्छ भने ‘मजदुर बर्ग र शासकबर्गको हित र न्याय अल हुन्छ’ भन्ने भ्रम पैदा गराउछ। त्यस्तो त अवश्य पनि हुँदैन। यस धर्तिमा जन्मेका प्रत्येक मान्छेले उत्तिकै अधिकार र न्याय पाउनुपर्ने हो।

    फलस्वरूप : यसले श्रमिक आक्रोश र सङघर्षलाई कमजोर पार्दछ। संस्कृतिको बुझाइको कमीमा कारण श्रमिक वर्गहरू आफ्नो दुर्गतिलाई नियति मान्न बाध्य हुन्छन्। र, आफ्नो दुःखको निदानका लागि पराभौतिक शक्ति (काल्पनिक इश्वर)को शरणमा पुग्दछन्। यसले केबल जनताको आन्दोलनलाई मात्र कमजोर बनाउँदैन, बरु मुक्तिको इच्छा र छटपटाहटलाई समेत निस्कृय बनाउँछ। अन्तत : यहि प्रवृत्तिले समाजमा धर्मसत्तालाई शक्तिसम्पन बनाउँछ । र, सर्वहारा मुक्ति आन्दोलनको बाधक शक्तिको रुपमा यही प्रवृत्ति सदा स्थापित हुन्छ।

    ग्राम्सीले शिक्षाले मात्रै यसको हल गर्ने बताएका छन्। उनी ठान्छन्, ‘साँस्कृतिक संरक्षणबादले समाजमा एक छत्र राज गर्दछ। मनुस्य केबल शिक्षा र बिवेकले मात्र साँस्कृतिक आधिपत्यको शोषणबाट मुक्ति प्राप्त गर्न सक्छ। त्यसो हुँदा श्रमिकहरुले अधिकभन्दा अधिक महत्व शिक्षामा ध्यान दिनुपर्छ। शिक्षाले श्रमजिबि बर्गभित्रै बुद्धिजिबि उत्पन्न गराउँछ। र, बुद्विजिबिद्वारा नविनतम् जनवादी सँस्कृतिको बिकास गर्दछ, जो कालान्तरमा सामाजिक मुक्तिपथतर्फ अग्रसर हुनसक्छ।

    ग्राम्सीको सांस्कृतिक आधिपत्यबादले पूँजीबादी राज्यसत्ताको चरित्रलाई सङ्केत गर्दछ, जसको आशय सहमतिद्वारा शासन गर्नु भन्ने हुन्छ। पूँजीबादी शक्तिको आडमा चल्ने राज्यसत्ताले हमेशा श्रमिकविरोधी नीतिहरू निर्माण गर्छ। आम मानिस फगत एक उपभोग्य वस्तुसरह मात्र हुन पुग्छ। परन्तु पूँजिबाद टिकिरहन सस्तो श्रम र उपभोक्ताको सधै नै आवश्यकता पर्दछ। तसर्थ, सम्पुर्ण निति या सहमतिको आवरणमा पूँजीबादी राज्यसत्ता निर्माण हुनेगर्छ। पूँजीवादीहरू सँधै आफ्नो सुरक्षा कवजका रूपमा लोकतन्त्रको प्रयोग गर्दछन्। फलस्वरुप : सहमतिको आवरणमा बनेको लोकतान्त्रिक राज्यसत्ता दलाल पूँजिवादको अभिस्ट पूरा गर्ने एक मेसिनको रूपमा परिणत हुन्छ।

    सैद्वान्तिक रूपमा ग्राम्सी मार्क्सबादी चिन्तक नै हुन्। यद्दपी उनले मार्क्सबादलाई अझ व्यापक दृष्टिमा विवेचना गरेका छन् र मार्क्सवादका कमजोरीमा उनी आलोचनात्मक दृष्टिकोण राख्छन्। ग्राम्सीले मुलत : मार्र्क्सको अति अर्थकेन्द्रित विचारलाई आलोचना गरेका छन्। सन् १९१७ मा उनले ‘दास क्यापिटलबिरुद्व क्रान्ति’ शिर्षकमा आलेख लेखी मार्क्सवादविरुद्ध आफ्नो फरक मत राखेका थिए। मार्क्सप्रति उनको आरोप थियो, ‘मार्क्सको चिन्तन केबल पूँजीको इर्दगिर्द मात्र सिमित छ। मानब जीबनमा प्रभाव पार्ने कैयौँ मुद्दाबारे मार्क्ससबादले उपेक्षा गर्दछ। पूँजीप्रतिको अति केन्द्रताले अन्ततः पूँजीबादलाई नै सबल र मजबुद बनाउँछ, जसका कारण कतिपय प्रसङ्गमा मार्क्सबाद पूँजिपतीहरूकै हिमायति बन्नपुग्छ।’ पूँजिबादको बिनासबारे व्यक्त धारणा ग्राम्सीको मार्क्सबादप्रतिको दोस्रो महत्पूर्ण आलोचना हो।

    मार्क्स भन्छन्, ‘पूँजिबादको अत्याधिक बिस्तारले नै अन्ततः पूँजिवादको अन्त्य हुनेछ। ग्राम्सी यस बिषयमा मार्क्सप्रति सहमत छैनन्। ग्राम्सीका विचारमा यदि समाजबादी क्रान्तिको सफलताका लागि पूँजीबादको उत्कर्षको प्रतिक्षा गर्नुपर्छ भने पूँजीबादको उत्कर्ष हुन्जेलको समय सर्वहारा बर्गले पूँजिबादको शोषणलाई स्वीकार्नुपर्छ। ग्राम्सीले रुसको बोल्शेभिक क्रान्तिको उदाहरण दिँदै मार्क्सको विचारलाई खन्डन गरे। यद्दपी ग्राम्सीले मार्र्क्सलाई सधँै आदर्श र बिशौँ शताब्दीका महानतम् दार्शनिकका रूपमा स्वीकार गरे।

    ग्राम्सी बिलक्षण बौद्विक र तार्किक क्षमताका थिए। शारिरिक अशक्तता र लामो कारावासका बावजुद पनि उनको चिन्तन प्रणालीलाई पश्चिमा दर्शनशास्त्रका तमाम दार्शनिकभन्दा पृथक र फरक ठान्दा अतिशयोक्ति नहोला। यसको मुर्त उदाहरण हो, उनको जेलसजायँको कारणका रूपमा मुसोलिनीले दिएको दलिललाई लिन सकिन्छ। फासिवादी मुसोलिनिसँग ग्राम्सीबिरुद्व अपराधको कुनै ठोस प्रमाण थिएन।

    फासिवादी मुसोलिनिसँग ग्राम्सीका विचारको प्रतिबाद गर्ने कुनै शक्ति पनि थिएन, सिवाय उनको राज्यसत्ता। अन्ततः ग्राम्सीलाई जेलसजायँ सुनाइयो। र, ‘यो दिमागलाई कम्तीमा बिस बर्ष काम गर्न दिनु हुँदैन’ भन्दै मुसोलिनीले उनलाई जेल हाले। उनको अपराध नै उनको दिमाग हुनगयो। बर्तमान बिश्वमा मार्क्सवादीहरू बिद्रोह र लोकतन्त्रको कोपभाजनको भूमरीमा फसिरहँदा ग्राम्सीको साँस्कृतिक आधिपत्यबाद र बौद्विक क्रान्ति नै युगसापेक्ष मार्क्सवादी दर्शन हुन सक्छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रशान्त ‘पुष्प’ रिजाल

      प्रशान्त ‘पुष्प’ रिजाल

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.