Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

यहाँ गान्धीमात्रै होइन, गान्धीलाई मार्नेहरू पनि जिवित छन्

गान्धीहत्याको केही दिनमै फाँसी दिइएको थियो, उ पनि जीवित छ। यसकारण कि त्यो पनि एक विचारधारा नै थियो। र, त्यो गोली एक व्यक्तिले गोली चलाएको थिएन। एक विचारधार या सोचले त्यो गोली चलाएको थियो।

जावेद अख्तर जावेद अख्तर
मंसिर २५, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    १९४८ मा जब एक ७८ बर्षका बृद्व मानिसहरूको सहारा लिएर एउटा मैदान पार गर्दै थिए, एक मान्छेले ती बृद्व मान्छेको कमजोर छातीमा ३ वटा गोली प्रहार गर्यो। त्यस मान्छेलाई ती बुढो मान्छेसँग के घृणा थियो? वा करीब आठ दशक पार गरेको वृद्व शरीरसँग उसलाई केको रिस थियो? उ त्यस वृद्धलाई मार्न चाहन्थ्यो वा वृद्धको त्यो सोच, कल्पना र विचारलाई नै मार्न चाहन्थ्यो, जसलाई गान्धी भनिन्थो। तर सोच, उम्मिद र विचार त गोलीले मर्दैन।

    तर आज त सैयौं गान्धीहरु जीवित छन्। र, यो कुरा म र तपाईँलाई भन्दा बढी राम्रोसँग उनीहरूलाई थाहा छ, जो गान्धीलाई घृणा गर्छन्। त्यो गान्धी, जसको यिनीहरूले हत्या गरे, जसको हरेक आदर्शविरुद्व यिनीहरू छन्, तर गान्धीको केही नराम्रो गर्न सक्ने यिनीहरूसँग हिम्मत छैन। जति नै घृणा गरेपनि यिनीहरू अहिले पनि गान्धीको समाधिस्थल, राजघाटमा हात जोडेरै उभिन विवस छन्। यी ती मुसाहरु हुन्, जो गान्धीका खुट्टा बिस्तारै–बिस्तारै काट्दैछन् र यिनीहरू आशा गर्छन् कि २–३ सय बर्षमा यिनीहरूको त्यो उचाई कम हुनेछ। तर त्यस्तो हुनेछैन।

    यसकारण कि गान्धी कुनै दिलमा कम, कुनै दिलमा बढी, कुनै सोचमा कम त कुनैमा बढी गरी हरेक भारतीयहरूमा जीवितै छन्। तर तपाईँहरूलाई अर्को कुरा पनि म भन्छु, गान्धीमात्र जीवित छैनन्, गान्धीलाई मार्ने त्यस व्यक्ति, जसलाई गान्धीहत्याको केही दिनमै फाँसी दिइएको थियो, उ पनि जीवित छ। यसकारण कि त्यो पनि एक विचारधारा नै थियो। र, त्यो गोली एक व्यक्तिले गोली चलाएको थिएन। एक विचारधार या सोचले त्यो गोली चलाएको थियो। एउटा राजनीतिक विचारधाराले नै उक्त गोली चलाएको थियो र उ पनि आज जीवित छ। आज पनि हिन्दुस्तानका हरेक गाउँ, सडक र हरेक शहरमा कतै न कतै एक गान्धी हिडिरहेको छ। अर्को गोड्से पनि हिँडिरहेको छ। तर गोड्सेको गोली पनि सकिँदैन र गान्धीको जिन्दगी पनि सकिँदैन।

    हामीले १९४८ को त्यस खतरनाक दिनबाट गान्धीलाई बचाउन सकेनौँ तर अब हामीले गान्धीलाई बचाउनु छ। यसकारण कि गान्धीको हत्यारा त अझै पनि गान्धी विचारको हत्या गर्न लागिरहेको छ। र, गान्धीविरोधी विचारधार अहिले बलियो हुँदैछ। र, तपाईँहरूले त्योसँग लड्नुपर्नेछ। यिनीहरूको असन्तुष्टि के हो? यिनीहरूलाई गान्धीसँग के समस्या थियो, नेहरूसँग के रिस थियो? धर्मनिरपेक्ष र वामपन्थी समुदायलाई यिनीहरू किन घृणा गर्छन्? उनीहरूले यिनीहरूको के बिगारेका छन्? खास कुरा त यही हो कि यदि तपाईँहरूले हेर्नुभयो भने हिन्दुस्तान स्वतन्त्रताको लडाँईँसँग गान्धी हत्याराहरूको कुनै सम्बन्ध नै छैन। भारतीय स्वतन्त्रता आन्दोलनका लागि उनीहरू काँग्रेसबाटै आएका नायकहरूलाई नै प्रयोग गर्छन्। सरदार पटेल, जो नेहरुका सहकर्मी थिए, उनकै गृहमन्त्री थिए, जसले आरएसएसलाई प्रतिबन्ध लगाएको थियो। तर यिनीहरूले अहिले पनि सरदार पटेलको नाम भजाउँछन्। किनभने यिनीहरूको कोही पनि छैन। अहिले यिनीहरु भगतसिंहको नामसमेत भजाउँदै छन्, जबकि भगतसिंह कट्टर मार्क्सवादी थिए।

    र, हिन्दुस्तानको स्वतन्त्रता र लडाईँसँग यिनीहरूको कुनै सम्बन्ध नै छैन। यदि यिनीहरूको इतिहास हेर्नुभयो भने सन् १९०५ को हिन्दू महासभा, १९२५ को आरएसएस, १९०५ वा ०६ को मुस्लिम लिग यिनीहरू सबैको गुण र सोच एउटै थियो। मुस्लिम लिग, आरएसएस र महासभाजस्ता धार्मिक संस्थाहरू गान्धीलाई घृणा गर्थे। यी सबैको विचारधारा लगभग उस्तै थियो। मुस्लिम लिगले कोही पनि मुस्लिम लिगको सदस्य ‘भारत छोड्’ आन्दोलनमा नजोडिन आह्वान नै गरेको थियो। र, यही कुरा गुरु गोलवालकरले आरएसएसलाई निर्देश गरेका थिए। यी दुवै खुबै मिलेका थिए। सत्य यो हो कि त्यतिखेर जिन्हा साहेव भारतबाट हिँडिसकेका थिए। ७ बर्ष उनी लण्डनमा वकिल बनेर बसे।

    र, आज कोही मान्छे अन्डरवल्र्डमा बन्द छ र भन्छ, ‘जेसुकै होस्, मलाई छोडिदिनुस्।’ र, जब उसलाई छोडिन्छ र उ आएर ‘हिन्दुत्व’को कुरा गर्छ र भन्छ कि यो शब्द उसैले निमार्ण गरेको हो। र, यो कुनै संयोग होइन कि ती मान्छेहरु जो स्वतन्त्रता आन्दोलनविरोधी थिए, उनीहरू फेरी आयातित भए। र, कुनै अर्को अवतारमा फिर्ता आए। कुरा के हो भने गान्धीका कट्टर विरोधीहरू हिजो अंग्रेजकै मद्दत गरिरहेका थिए।

    जिन्हालाई त यति ठूलो टुक्रा (पाकिस्तान) निकालेर दिइयो, उनले त वफादारीको पुरस्कार पाए। तर यिनीहरू भने यतै रहे, यिनले त केही पनि पाएनन्। गान्धी र नेहरुले यिनीहरूलाई केही लिन दिएनन्। ‘हामीले केही पाएनौँ’ भन्ने त्यही रिस आजसम्म यिनीहरूमा छ। ‘हामीले अँग्रेजको यति धेरै वफादारी गरेका छौं, सबथोक गरेका थियौं। स्वतन्त्रता आन्दोलनको हरेक कदममा समस्याहरू खडा गरेका थियौं। तर जिन्हालाई त पुरस्कार दिए, हामीले केही पाएनौँ। हामीलाई पनि केही दिनुपर्छ।’ यस्तै ठान्छन् यिनीहरू। र, त्यही रिसले यिनीहरूलाई जिउँदो राखेको छ। जो यिनीहरुको दर्शन छ।

    उनीहरू धर्मनिरपेक्षता मान्नेहरूलाई उडाउँछन्, गिल्ला गर्छन्। तर यिनीहरू त सहायताको सिद्वान्तमा विश्वास गर्छन्। यिनीहरू मान्छन् कि हिन्दु र मुसलमान दुई अलग–अलग राष्ट्र हुन्छन्। र, आज यिनीहरू मुस्लिम लिग मान्छन्, धार्मिक राज्यको पाकिस्तानी अवधारणा मान्छन्। अतः तिमी र पाकिस्तानका धार्मिक अतिवादीहरू एकै हौ। एक कमजोरी के हो भने उनीहरु हिस्दुस्तानीलाई बुझ्दैनन्।

    हिन्दुस्तानका हरेक मान्छे जो डाक्टर, इन्जिनियर, न्यायधिश वा सैनिक जे भए पनि उसका पुस्ताहरु हेर्दै जानुभयो र हेर्नुभयो भने उनीहरू सबै नै किसानकै सन्तान हुन्। हामी सबै किसानका सन्तान हौँ। ८–१० पुस्ता पछाडिसम्म गएर हेर्नुभयो भने सबै किसान भेट्टिनेछन्। र, किसानहरू प्रायः इमान्दार हुन्छन्। यो साँचो हो कि इमान्दार मान्छे कहिलेकाहीँ निरास हुन्छ र ठान्छ, ‘कहिलेसम्म म यस्तै रहुँ?’ र, केही समय उ वहकिन्छ पनि। र, फेरि उ फर्किन्छ।

    अचेल भारतका मुसलमानका समुदायका दाइभाइहरू, जो प्रायः किसान नै छन्, उनीहरू गुनासो गर्छन् र भन्छन्, ‘आजभोली हामीमाथि यस्तो यस्तो हिंसा र घोचपेच भइरहेको छ, पहिलेभन्दा मुलुक फेरिँदैछ।’ म उनीहरूलाई भन्छु, ‘यो मुलुकमा औरंगजेबले ५० बर्ष शासन गरेको छ। उसले त यो मुलुकलाई केही बिगार्न सकेन भने पाँच/दस वर्षमै मोदीको सरकारले के बिगार्ला? निश्चिन्त रहनुस्, यिनीहरू रहनेवाला छैनन्।’

    म दावीका साथ भन्छु तपाईँहरुलाई कि यिनीहरू अवश्य हार्छन्। कसले जित्छ भन्ने कुरा आजै तय भइसकेको छ भनेर अहिल्यै निश्चिन्त नहुनुहोला। प्रश्न यो कि जब यिनीहरू हार्नेछन्, तब के होला? के तपाईँले फेरि त्यही खालको ‘धर्मनिरपेक्षता’ ल्याउनु हुनेछ, जो पछिल्लो ७० बर्षदेखि ल्याइएको थियो?र, त्यसमै टेकेर यस्ता मानिसहरू सत्तामा आए। कि अबकोे पटकको धर्मनिरपेक्षता ‘साँच्चै धर्मनिरपेक्ष’ हुनेछ? माफ गर्नुहोला, हामी अर्काको गल्ती देख्छौँ तर हरेकले आफ्नो गल्ती पनि हेर्नुपर्छ, त्यसको समीक्षा गर्नुपर्छ। हामी त धर्मनिरपेक्ष थियौँ, धर्मनिरपेक्ष मान्ने केही पार्टीहरूकै शाशन थियो केही अघिसम्म।

    सन् १९५० देखि आजसम्म निकै धेरै परिवर्तन भए तर यही पुरानो खालको धर्मनिरिपेक्षता मानिरह्यौँ भने यिनीहरू (मोदी र मोदीजस्ता मान्छेहरू) फेरी सत्तामा आउनेछन्। यस पटक त आफ्नै कारण जालान्, तर फेरि आउन सक्छन्। हामीले यही झुठो र देखावटी ‘धर्मनिरपेक्ष’ बोकिराख्यौँ भने झनै ठूलो शक्तिका साथ फेरि उदाउनेछन्। र, जसले धर्मनिरपेक्षताका लागि आफ्नो ज्यान दिए, उनीहरूको सम्मानमा अब हामी सबै उठ्नुपर्ने समय आएको छ। केही मानिसहरूले यसमा मुन्टो बटार्लान्, सहमति नजनाउलान्, यस्तो बेला हाम्रा केही ‘वामपन्थी’ साथीहरूभित्रको ‘धार्मिकता’ पनि संवेदनशील भएर जाग्न सक्छ। तर अब अल्पसंख्यहरूको न्यायका लागि यो पुरानो खालको नक्कली धर्म निरिपेक्षताको विकृतिलाई फालौं र न्याय सबैका लागि प्रदान गर्न जुटौं ।

    तुलनाका लागि एउटा सन्दर्भ जोडौँ। यहाँको न्यायालय र प्रहरीमा अथवा अन्य क्षेत्रमा भएका भ्रष्टाचारहरू अब रोकिनुपर्छ। तर त्यसका लागि हरेक नेताले आफू व्यक्तिगत रूपमा पनि सचेत हुनुपर्छ। जब उनीहरू आफू सचेत र सजग हुन्छन्, तब उनीहरूले ‘यो रोकौँ या भ्रष्टाचार नगर भनेर भन्न सक्नुहुन्छ। त्यो नैतिक बल भएमा मात्र भ्रष्टाचारीविरुद्ध खबरदारी गर्न सकिन्छ।

    तपाईँ आरएसएस वा पूर्वाग्रह राख्ने प्रहरी कर्मचारीलाई तब रोक्न सक्नुहुन्छ, जब तपाईँ मुल्लालाई ‘तिमी यस्तो गल्ती नगर्नु’ भनेर भन्न सक्नुहुन्छ। त्यसो भएन भने तपार्इँ कसैलाई रोक्न सक्नुहुन्न। अब धर्मनिरपेक्ष शक्ति र समन्वयकारी शक्ति सत्तामा आउनेछन्, यसका कुनै शंका छैन। अब यिनीहरू हार्दैछन् तर यो तपाईँहरूका लागि पनि अन्तिम अवसर हो।

    सन् २०१९ मा भारतको एक संस्थामा वामपन्थी विद्वान, गीतकार, लेखक तथा सायर जाबेद अख्तरले दिएको भाषणको अनुवाद।

    अनुवादः महेश पाण्डेय।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      जावेद अख्तर

      जावेद अख्तर

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.