Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपाली काे हाे ? – श्रृङ्खला २

बालकृष्ण माबुहाङ बालकृष्ण माबुहाङ
अशोज २६, २०७४
- विमर्शका लागि, समाचार, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपाली को हो भन्ने चर्चा गर्नुअघि पहिलो नेपाल कसरी बन्यो भनेर बुझ्नु पर्छ। नेपाल बनाउँदा पृथ्वीनारायण शाहले एकातिर ‘चार वर्ण, छत्तीस जातको साझा फुलबारी हो’ भनेका छन् भने अर्कातर्फ ‘असली हिन्दुस्ताना’। राणाकालमा नेपाललाई हिन्दु अधिराज्यको विषय आयो। नेपाल भन्नाले काठमाडौँ खाल्डोलाई भनिन्थ्यो। समय र स्थान विशेषको परिवर्तनसंगै नेपालको आकार र परिभाषा परिवर्तन भएको छ, र नेपाली पहिचान पनि परिवर्तन भएको छ।

    नेपालका मानिस को हुन्? कहाँका हुन्? मानिस प्राकृतिक रुपमा आफ्नो दिन गुजारा गरिरहेका पनि छन्। आम रुपमा नेपालको स्थिति हेर्ने हो भने विभिन्न स्थानहरुमा दिन गुजारा गरेर वा जीवन निर्वाह गरेर बसेको सयौ–सयौं वर्ष भैसक्यो। त्यसरी हेर्दा क्षेत्री, बाहुन, राई, तामाङ, थारु भेटिएला। मानिस एउटा परम्परागत रुपमा सामाजिक, पारिवारिक वा वैयक्तिक जीवन निर्वाह गरेर बसेका छन्। उनीहरु र नेपालबीच एउटा तात्विक र जीवन्त सम्बन्ध गाँसिएको छैन। जसका कारण एउटा जाति नेपाली हुने, उसले बोल्ने भाषा नेपाली हुने र अर्को नहुने अवस्था हामीले देखिरहेको छौँ।

    हामी जुन भाषामा कुरा गरिहेका छौं, त्यसलाई गाउँघरमा गएर सोधियो भने खस वा पर्वते कुरा भनिन्छ। तर त्यो औपचारिक तवरमा नेपाली भाषा राज्यले भन्यो।

    नेपाल कहाँ छ भनेर चर्चा गर्‌यौं भने सम्भवत अलिकति रेडियो सुनेका जानकार मान्छेले काठमाडौं उपत्यकालाई नेपाल भन्दा हुन्। ती भन्दा पनि अलि बढी जान्नेले ‘हामी पनि नेपाली’ भन्दा हुन्। काठमाडौं उपत्यकाको चौघेरा बाहिर जुम्लाको मानिस खसभाषीलाई आफू नेपाली भाषी भन्ने सन्देश कुनै न कुनै माध्यमबाट उस्कोमा पुगेको हुँदो हो, वोध गर्दो हो पनि। तर काठमाडौं उपत्यकाको चौघेरा भित्रको नेपाल (नेवार) भाषीले भेद गरिरहेछ कि उसको भाषा नेपाली किन होइन १ मेची ताप्लेजुङको लेलेप गाउँमा समाचार सुन्ने गरेको खसभाषी नेपालीलाई तपाई नेपाली हो भनेर सोध्यो भने उसले – नेपाली हुँ भन्दो हो। नेपाल कहाँ छ भनेर सोध्ने हो भने पहिले बाउ बाजेहरु नेपाल गएको स्मरण गर्दो हो, वा आफू त जान पाएको पनि छैन भनेर विलौना व्यक्त गर्दो हो। यीनै खसभाषी बाहुन क्षेत्रीले एकातिर उनको भाषा नेपाली घोषणा गर्दा पनि वा उनिहरू नेपाली भै सक्दा पनि नेपाल र नेपाली ठम्याउन नसक्ने स्थिति विद्यमान छ। अलिकलि जानकारले पठितले, – मेचीदेखि महाकालीसम्म नै फैलिएको भूभागलाई नेपाल भन्दा हुन्। समग्रमा एउटा गोर्खा राज्य विस्तार भएर नेपाल बन्यो भनेर हामीले औपचारिक शिक्षाबाट जान्यौं। त्यसलाई एकीकृत नेपाल भनियो। टिष्टा र सतलजलाई छाडेर जंगबहादुरको समयमा बक्सिस पाएको भूभाग समेतलाई एकीकृत नेपाल अर्थात् मेचीदेखि महाकालीको चौघेरोलाई भनिन्छ। यही मेची महाकालीको नेपालको स्थितिमा हेर्ने भने कञ्चनपुरको राना थारु वा कैलाली र दाडको दङ्गौरा थारुहरुलाई उनीहरुले बुझ्ने भाषामा सोधियो भने नेपाल वा नेपालीको के अर्थ देलान्?

    गोर्खाली, किराँती, लिम्बुवानका लिम्बुहरु, थरुहटका थारु अथवा मधेशका मधेशी पहिचानलाई निमिट्यान्न पारेर समग्रमा होलसेल नेपाल र यहाँका बासिन्दा नेपाली बुझानउने जुन प्रयत्न भै रहेछ, त्यो कति सार्थक प्रयत्न हो?

    एउटा हलो जोतिराखेको कमैया जो पुस्तैपुस्ता एउटा जमिन्दारको बधुँवा मजदूरको रुपमा बसेको हुन्छ। नेपाली र नेपाल भन्दा उसले आफ्नो भलमानसारको चर्चा गर्छ। आफ्नो सस्कार वा संस्कृतिको चर्चा गर्छ। नयाँ शिक्षाले पठन पाठन गरेर पठित पुस्ता सञ्चार र संस्कृतिले जानकारी लिएको व्यक्ति अथवा विकास पद्धति, विभिन्न काम कुराले जानकारी भएको व्यक्ति नेपाल र नेपालीको औपचारिक परिभाषा दिनसक्छ। एउटा अर्थ दिनसक्छ र व्याख्या गर्न सक्छ, तर आम नेपालीहरुको सन्दर्भमा हामीले नेपाल र नेपालीको अर्थ खोज्यौं भने के अर्थ निस्कन्छ ? हामीले आम रुपमा भन्ने गरेको नेपाल र नेपाली एउटा औपचारिक शिक्षाबाट पठित, शिक्षितले यसको परिभाषा दिनसक्छ। यो परिभाषामा किन २ करोड ६५ लाख मानिसको मनोविज्ञान, भाषा, संस्कृति र आमबुझाइमा पुग्न सकेको छ वा छैन ? यो विषय चर्चा गर्न लायक र महत्वको विषय छ।

    भलमरमार संस्कृतिमा रहेको एउटा थारुको मात्रै कुरा नगरौं, सिंजाको क्षेत्री कुरा गरौं। रेडियो बोलिरहेको छ भाषिक सहजताले गर्दा सुन्दछ तर ठेट अर्थ उसले प्राप्त गरेको जस्तो लाग्दैन। किनभने यहाँबाट गएको मानिसलाई उसले गोर्खाली भन्छ। ‘कहाँबाट आएका हुन् यी गोर्खालीहरु?’ हामीहरुले नै उनीहरुलाई जुम्ली भन्छौं। गोर्खाली, किराँती, लिम्बुवानका लिम्बुहरु, थरुहटका थारु अथवा मधेशका मधेशी पहिचानलाई निमिट्यान्न पारेर समग्रमा होलसेल नेपाल र यहाँका बासिन्दा नेपाली बुझानउने जुन प्रयत्न भै रहेछ, त्यो कति सार्थक प्रयत्न हो?

    नेपाल बाहिर पनि नेपाली पहिचानको मुद्दा छ। ठूलै मुद्दा उठेको नभै छिटफुट, उठिरहेको मुद्दा छ। भुटानबाट लेखेटिएका हुन् वा आसाममा आरा काट्न गएका व्यक्तिहरुको कसरी पहिचान नेपाली बन्यो? यस विषयमा मेरो फरक धारणा छ। म मानवशास्त्री होइन। यहाँका स्थापित मानवशास्त्रीहरुले समेत यो विषयमा कुरा गरेका छैनन्। सन् २०१३ का सामाजिक मानवशास्त्रको जर्नलको आर्टिकलहरु हेर्दा केही बुझिन्छ। क्यानडाका क्विन्स विश्वविद्यालयका राजनीतिशास्त्री विल किमलिका उदारवादी राजनीति शास्त्री हुन्। उदारवादी विचारको कित्तामा उनले चुनौति दिइरहेका छन्। नेपालमा जनजाति र जाति वा जातको विषयमा दुविधा छ।

    जातिलाई अग्रेजीमा एथेनिक ग्रुप भन्छ, जातलाई कास्ट ग्रुप भन्छ। सन् १९९० पछि नेस्नालिटिज (जनजाति) शब्द आएको छ। सँगसँगै इन्डिजिनियस पिपुलको अवधारणा आएको छ। कास्ट ग्रुप अर्थात् जात प्रथा अन्तर्गत बाहुन, क्षेत्री, वैश्य, शुद्र पर्छन्। जाति र जनजातिलाई मिसमास गरेको छ। लिम्बु, खम्बु, तामाङ, थारु, जनजातिलाई जाति पनि भनिदिन्छ। पछि नब्बेको दशकमा त्यो सच्याई जनजाति नै भन्न थालियो।

    नेपालमा अंग्रेजी शब्दको पहिलो प्रयोग अंग्रेजहरुले नै गरेको हो, बाहुन, क्षेत्री वा लिम्बुले गरेको होइन। सोसिएल एन्थ्रोपोलोजी र विल किम्लिकाको सन्दर्भ लिँदा ‘एथनी’ अझ फ्रेन्च शब्द हो, एथनि, एथनिक ग्रुप र एथनिसिटी भन्ने चाँही अंग्रेजीबाट ग्रहण गरियो। एथनि वा एथ्निक ग्रुप भन्नाले त्यो मानवीय समुह वा समुदायलाई भन्दा रहेछन्, जस्ले आफ्नो थातथलो छोडेर अन्यत्र लाग्छ। अन्यत्र लागे पछि उसको पहिचान थातथलो र गन्तब्य स्थानका दुवै मान्छे वा समुहको पहिचान खुट्याउन प्रयोग हुने रहेछ।

    थातथलोमा रहँदाखेरी उसलाई अक्टोथन भन्दो रहेछ। अंग्रेजीमा इन्डिजिनियस पिपुल अथवा न्याशन जस्तो विभिन्न शब्दहरुको प्रयोग भएको देखिन्छ। जब थातथलो अर्को स्थान बसाई सर्छ रैथाने वा अन्य मानिसले त्यो आएको देख्छ, त्यसकारणले उसलाई एथनिक ग्रुप (भिन्न भाषिक, सामाजिक, तथा, जातीय पहिचानको व्यक्ति) आयो भन्दो रहेछ। पश्चिमा उक्त शब्दलाई एथनिसिटी भन्दो रहेछ। उदाहरणमा लिम्बुवानको कुनै मानिस गाउँ घरमा शोषण र अन्याय अत्याचार वा दुःखले गर्दा आफ्नो गाउँमा बस्न सकेन र आरा काट्न आसाम गयो। कोही नाता वा चिनजानको मानिस मार्फत त्यहाँ गएको हुन्छ। यहाँ नेपालमा हुँदा नेपाल र नेपालीको शब्दको बोध पनि नभएको मान्छे आफ्नो दैनिक भोको पेट भर्नका लागि आसाम पुगेपछि उसले एउटा समाज पाउछ। गाउँमा उ लिम्बु थियो, आसाममा पुगेपछि नेपालीको एउटा समाज भेट्छ। किनकी आसामका रैथाने आसामीहरुले नेपालको चौघेरा नाँघेपछि तिनलाई नेपाली भनिदिँदा त्यो लिम्बु पनि आसाममा नेपाली भयो। यता केही थाहा नपाएको मानिस, नेपाली पहिचानको सामाजिक पहिचान भिरेर उ ‘म नेपाली हुँ’ भन्दै पुग्छ। नेपालीत्वको बोध नभएको व्यक्ति पनि त्यहाँ पुगेपछि नेपाली एथनिक पहिचानबाट त्यहाँ बस्न थाल्छ। सामाजिक पहिचानमा चाखलाग्दो एउटा विषय छ।

    नेपाल र नेपाली को कहाँ छन्? मापनको फरक यही हो। घर छेउको नेपाल र नेपालीको बोध नभैकन आसाम पुगेर नेपाली बन्नुपर्ने अवस्था छ। काठमाण्डाै‌ खाल्डोको नेपाल र नेपाली सतलजदेखि टिष्टा पुगेर मेची महाकालीमा खुम्चिनु परेको विवशता छ। आफ्नो मुलुकमा खनी खोस्री गर्ने जमिन नपाएर रोजगारका लागि मरुभूमि र हिउँमा कष्टकर जिन्दगी भोगिरहेकाहरुलाई नेपाली को हो ? भन्ने प्रश्न नै मुटु छेड्ने सुइरो बन्न सक्छ।

     बसाई सर्नुभन्दा अघिको उसको प्लेस अफ ओरिजिन (उत्पत्ति स्थान) को नाम एउटा हुन्छ। अर्को प्लेस अफ डेस्टिनेसन (गन्तब्य स्थल) पुग्दा अर्को हुन्छ। मानिसको पहिचान र भूमिबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ। नेपाल र नेपालीको पहिचान नै नभएको मानिस गन्तब्य स्थलका मानिसले नेपाली हुन् भनेर ट्याग लगाइदिँदा उ नेपाली हुन्छ। त्यो पहिचान नेपालको जमिनबाट प्राप्त गरेको हो। त्यो दस–बीस वा तीस वर्षपछि गाउँमा आउँदा गाउँका केटाकेटीले चिन्दैनन्। गाउँका काका आउनु भयो, बाजे आउनु भयो वा यस्तो सम्बोधन गर्ने चलन छ। तर को काका ? भनेर कसैले सोध्दा उसलाई आसामे काका भनि दिन्छ। नेपाली काका भन्दैन। गन्तब्यको स्थल नभै उत्पत्तिको स्थल जोडिने रहेछ। भोजपुरको न्यौपाने बाहुन बर्मा गेएर फर्कँदा बर्मेली न्यौपाने भनेर चिनिन थाल्छ। उत्पति स्थान वा थातथलोसंग मानिसको पहिचान जोडिएर आउँछ। त्यहाँ हुँदा बोध नै राम्रोसँग भएको वा नभएको मानिस पहिले नेपालको लिम्बु भनेर आसाममा चिनियो। फर्केर आउँदा आसामेली लिम्बु भएर आयो।

    भारतको मात्रै कुरा नगरौ नेपालकां मानिस बेलायत, अस्ट्रेलिया वा अमेरिकातिर पिआर लिएर बस्न थालिसकेका छन्। अमेरिकामा बाहिरवाट अमेरिका पुगेका र बसोबास गर्ने व्यक्तिलाई अमेरिकन तर कस्ता भन्दा एशियन, हिस्पानिक, अफ्रो, एङ्लो सेक्सन अमेरिकन भन्ने गर्छ। देशीय तथा महादेशीय उत्पत्ति स्थानको पहिचानलाई आधार मानेर अमेरिकनको पहिचान स्थापना गरिरहेको छ। नेपालबाट गएर अमेरिकामा नागरिकता लिइसकेको मानिसको पहिचान नेपाली भूमिसँग जोडिएर एउटा विशेषण जोडिएर आउँछ। नेपाली अमेरिकी भन्ने पहिचान उसको बन्छ। उत्पत्ति भूमि छाडेर हिडेपछि उ जातीय समूहमा जान्छ। त्यसपछि नेपाल र नेपालीको चौघेराको कुरा मात्रै नभएर संसारभरको कुरा भयो।

    हामीले आसाममा जीवन धान्न आरा काट्न गएका, कञ्चनपुर वा कैलालीको मुक्त कमैया, जुम्लाका, युरोप र अमेरिकामा राम्रा जीवन विताउँदै आएका ताप्लेजुडका, काठमाडौंमा बसेर राज्यसत्तामा हालीमुहाली गरेका र अधिकार माग्दै गरेकोहरुको बारेमा चर्चा गर्नु पर्छ। अहिलेको बहसमा दुई प्रकारका कुराहरु आएका छन् – हामी सबै नेपाली र हामी एकीकृत छौं। र अर्को विचार – हामी एकीकृत भैसकेका छैनौं। फरक, फरक छौं र विभाजित हुँदैछौं। यो विभाजनको गति तिब्र हुँदैछ। दलित, जनजाति र मधेशीको पहिचान प्रखररुपमा उजागर हुँदैछ। अब हामीले सबैलाई नेपाली भएका महसुश गराउने तत्व चाँही के हो ? पहिले नेपाली भन्दा एक प्रकारको प्रतिक वा मानकहरु बनेका थिए। सबै पञ्च नेपाली, सबै नेपाली पञ्च हाम्रो राजा हाम्रो देश, हाम्रो भाषा हाम्रो भेष,’। अहिले नयाँ परिस्थिति सिर्जना भएको छ। न पञ्च बाँकि रह्यो, न राजा। बाँकी रहेको भनिएको नेपाली तर त्यो कस्तो नेपाली ? नयाँ परिभाषा र मानक खोज्न जरुरी भयो।

    भारतको मात्रै कुरा नगरौ नेपालका मानिस बेलायत, अस्ट्रेलिया वा अमेरिकातिर पिआर लिएर बस्न थालिसकेका छन्। अमेरिकामा बाहिरवाट अमेरिका पुगेका र बसोबास गर्ने व्यक्तिलाई अमेरिकन तर कस्ता भन्दा एशियन, हिस्पानिक, अफ्रो, एङ्लो सेक्सन अमेरिकन भन्ने गर्छ। देशीय तथा महादेशीय उत्पत्ति स्थानको पहिचानलाई आधार मानेर अमेरिकनको पहिचान स्थापना गरिरहेको छ। नेपालबाट गएर अमेरिकामा नागरिकता लिइसकेको मानिसको पहिचान नेपाली भूमिसँग जोडिएर एउटा विशेषण जोडिएर आउँछ। नेपाली अमेरिकी भन्ने पहिचान उसको बन्छ। उत्पत्ति भूमि छाडेर हिडेपछि उ जातीय समूहमा जान्छ। त्यसपछि नेपाल र नेपालीको चौघेराको कुरा मात्रै नभएर संसारभरको कुरा भयो। 

    हामीले बि.पि र पुष्पलालका भनाईलाई पनि सुनेका नै हौँ। उनीहरुले जहिले पनि हाम्रो राजा हाम्रो देश, हाम्रो भाषा हाम्रो भेष भन्ने नाराले नेपाललाई एकीकृत बनाउन सक्दैन भनेका थिए। तर पञ्चायतले त्यही दर्शनका आधारमा तीस वर्षसम्म प्रत्यक्ष शासन चलायो। पञ्चायती व्यवस्था नष्ट भयो तर अहिलेको लोकतन्त्रमा पनि त्यही पञ्चायती दर्शनले मार्गदर्शन गरिरहेको छ। ३० वर्षको पञ्चायती व्यवस्थाका समयलाई कालो दिनहरु भन्दै सामाजिक संस्कृतिलाई हर प्रकारले हस्तक्षेप गर्नेहरु पनि अहिले राजा महेन्द्र ठिकै थियो की क्या हो? भन्दै त्यसैतर्फ मोडिएका छन्। ती अधिकाङ्श स्वजातीय वा भाषिक समुदायका छन्। यसमा पञ्चायतविरुद्ध लामो समय संघर्ष गरेरका नेता, जनयुद्ध चलाएका नेतादेखि विश्वविद्यालयका प्राध्यापक समेत छन्। तिनीहरुले नै हिजोका दिनमा दौरा सुरुवाल ड्रेसकोडले परिभाषित गरेको नेपाली भेषलाइ ब्लाक ड्रेसको रुपमा व्यवहारमा लागु गरे। पञ्चायतकालमा जेलनेल भोगेका, व्यवस्थाको मात्रै होइन भेषभुषा, भाषाको समेत आलोचना गर्नेहरु आज सर्लक्क परिवर्तन भएका छन्।

    बहसको अभाव छ। यस्तो अवस्थामा नेपाल वा नेपाली पहिचान कसैको वैयक्तिक स्वार्थ सिद्धिको लागि उपयोग हुने साधन बन्ने रहेछ। राष्ट्र र राष्ट्रिय पहिचान आम आवादीको आधारभूत विषय नभै निहित स्वार्थको सिद्दीकोलागि हुन थाले पछि, यो विषयमा द्विधा आउनु अस्वाभाविक कुरो भएन।

    कसरी देश एकीकृत हुन्छ ? यो ज्यादै गाह्रो काम हो। यो विषयमा बहस धेरै भयो। खासगरी संविधानसभा पछि भयो। तर तितो अनुभव के देखियो भने बहसको जरुरी सार्थक परिणाम निकाल्न नभै बुद्दि विलासको विषय ठानियो।

    अहिले पनि सबै जातजाति वा जनजातिका मानिस आ-आफ्नो स्थान विशेष स्थानमा बस्दै आएका छन्। त्यसरी एकै साथ बसेका हुन्। नेपालमा बसेका हुन्। त्यो सकारात्मक कुरो हो। हामीले छलफलमा ल्याउनु पर्ने विषय भनेको सामाजिक बाइन्डिड फोर्सलाई कसरी प्रवर्द्धन गर्ने हो। त्यस्तो शक्ति भनेको एकले अर्कोलाई पीडा नदिइकन वर्षौँ देखि बस्दै आउँदा प्रयोग भएका सामाजिक मुल्यहरू खुट्याउनु पर्‌यो। अर्को कुरो आ-आफ्नै स्थानमा बस्दै आऊँदा एकले अर्कोलाई गरेको हेला-होचो, अन्याय, असामानता (भाषा, संस्कृति, रहनसहन, सहभागिता, एवम् अन्य विषयहरू पनि छन्। हेला-होचो, सामाजिक विभेदसम्वन्धी यी सवालहरु सवालका लागि सवाल उठेका नभै, सदियौँ देखि रहँदै आएको विभेदको कारण उत्पन्न असन्तुष्टिहरू हुन्। यी कुराको निदान बेगर समाजको बाइन्डिङ् फोर्स निर्माण हुनै सक्दैन।

    ३० वर्षको पञ्चायती व्यवस्थाका समयलाई कालो दिनहरु भन्दै सामाजिक संस्कृतिलाई हर प्रकारले हस्तक्षेप गर्नेहरु पनि अहिले राजा महेन्द्र ठिकै थियो की क्या हो? भन्दै त्यसैतर्फ मोडिएका छन्। ती अधिकाङ्श स्वजातीय वा भाषिक समुदायका छन्। यसमा पञ्चायतविरुद्ध लामो समय संघर्ष गरेरका नेता, जनयुद्ध चलाएका नेतादेखि विश्वविद्यालयका प्राध्यापक समेत छन्। तिनीहरुले नै हिजोका दिनमा दौरा सुरुवाल ड्रेसकोडले परिभाषित गरेको नेपाली भेषलाइ ब्लाक ड्रेसको रुपमा व्यवहारमा लागु गरे। पञ्चायतकालमा जेलनेल भोगेका, व्यवस्थाको मात्रै होइन भेषभुषा, भाषाको समेत आलोचना गर्नेहरु आज सर्लक्क परिवर्तन भएका छन्। 

    घरपरिवारकै कुरा गरौँ न ! बुबाले तपाईलाई, आमा, दिदीबहिनी वा दाजुभाइलाई कसरी व्यवहार गर्नुहुन्छ। आँखाकै अघि बाबुले आमा कुटेको देखेका छौ, आमा रोएको पनि देखेका छौं। आफूलाई चित्त नबुझी नबुझीकन बाबुको आदेशमा काम गर्दै आएका पनि हौं। परिवारको कुरालाई समाजमा चित्रण गर्नुहोस् र समाजलाई राष्ट्रसँग दाँजेर हेर्नुहोस्, तव कुरा निकै सरल हुन्छ। कुरा बुझ्नलाई कुनै विचारधारा, दर्शन वा विचार तेर्स्याउनै पर्दैन।

    नेपालमा संघीयता किन आवश्यक भयो भने यीनै समस्याहरू हल गर्न एउटा राजनीतिक उपाय यसबाट निस्कन्छ कि भन्ने हो। यो संसारभर विविधतालाई व्यवस्थापन गर्द संघीयता सबैभन्दा राम्रा औजारको रुपमा देखा परेको छ। बिभिन्न राष्ट्रहरू वा जात्/जनजातिलाई एकीकरण गर्ने सूत्रको रुपमा हामीले संघीयतालाई स्थापित गर्न सक्नु पर्‌यो। एउटा राजनीतिक पद्दति स्थापना गर्नु भनेको विचारधारा, सिद्धान्त वा वाद भन्दा पनि माथिको कुरो हो। नेपाललाई एकीकरण गर्ने हो भने सबैभन्दा राम्रो बाटो भनेको नै संघीय संरचनामा विभिन्न सामाजिक पहिचान सहितको ऐतिहासिक विरासतलाई नविगारी राजनीतिक विचार वा सिद्धान्तले राज्य चलाउने सोच संघीयतामा व्यवस्थापन गर्न सक्नु पर्‌यो।

    हामी जापान, चीन भैदिएको भए फरक कुरा हुन्थ्यो। किनभने ती देशहरुको जनसंख्यामा ९० प्रतिशतभन्दा बढी एउटै जातीय समूहको प्रभुत्व छ। नेपालमा पनि बाहुन वा क्षेत्री वा लिम्बुको जनसंख्या त्यस्तै भदिएको भए फरक ढंगको कुरा हुन्थ्यो। तर नेपालमा सबैभन्दा धेरै संख्या भएको क्षेत्रीको १६–१७ प्रतिशत, त्यसपछि बाहुनको १२–१३ प्रतिशत जनसंख्या छ। १२–१३ प्रतिशत संख्या रहेको बाहुनको वुद्धिले कति दिन १७ लाख मगर, १३ लाख तामाडलाई चुप लगाएर राख्न सक्छ ? यस्तो तरिकाले राख्न सकिन्छ भन्ने लाग्दैन। मानिस दिनका दिन सचेत हुन्छ, आफ्नो अधिकारको कुरा गर्छन्, ठाउँको कुरा गर्छ। बीस वर्षपछि आउने द्वन्द्वलाई अहिले नै बुझ्ने क्षमता नेतृत्वमा हुनुपर्छ।

    २ सय ५० वर्ष शासन गर्ने क्षेत्रीय ठकुरी राजाको समूहको जनसंख्या १७ प्रतिशत छ, उनीहरु अहिले सबैभन्दा शोषित पीडित हामी होऔ भनेर भन्छ। १३ प्रतिशत आवादी रहेको बाहुनको राज्यको सम्पूर्ण संरचनामा ९० प्रतिशतभन्दा बढी उसको उपस्थिति छ। उ आफै शोषित छु भन्छ। यस्तो अवस्थामा वाम्बु राइ जस्को सङ्ख्या नै न्युन छ, राज्यमा उ छँदै छैन, अनि कति दिन यसरी बस्न सक्छ ? २ सय ५० वर्ष नारायणहिटीमा शासन गर्ने ठकुरी क्षेत्रीको जुम्ला वा कालिकोटमा रहेको दरसन्तानलाई हेर्नुस् ३ सय ६५ दिन नधोएको लुगा लगाएर बसेको छ। ९० प्रतिशत राज्य संयन्त्रमा बसेको बाहुनलाई ओखलढुंगाको भित्री गाउँमा १२ महिनादेखि लुगा नधोएर गन्हाएर ठसठसी गन्हाएर बसेको छ। यस्तो विरोधाभास अवस्थामा सामाजिक राष्ट्रिय पहिचानको नेपाल र नेपाली खोज्नु त्यति सहज छैन।

    ऋतिक रोशन काण्डको एक साता जतिपछि एउटा अध्ययनको सिलसिलमा मोरङको रङ्गेली नजिकैको एक गाँउमा पुगेको थिँए। त्यहाँ एक सन्थालसँग अन्तर्वार्ता लिनुपर्ने भयो। एउटा वृद्ध सन्थाल २ तले को काठको घरको आँगनमा धान झाट्दै थिए। दाइ ! यो तपाईको घर हो ? भनेर मैले सोधे। उनले भने हो मेरै घर हो, के तपाई नेपालीहरुको मात्रै यस्तो घर हुनुपर्छ भन्ने छ र ? म आपतमा परे। यो प्रश्नमा मेरो मनको अचेत मनस्थितिमा सन्थालको घर पनि यस्तो हुन्छ? भन्ने आशय घुस्यो। मेरो पूर्वाग्रहपूर्ण सोचसहितको प्रश्न उनले बुझिहाले, तर मैले बुझ्न सकेको थिइन।

    नेपाल र नेपाली को कहाँ छन्? मापनको फरक यही हो। घर छेउको नेपाल र नेपालीको बोध नभैकन आसाम पुगेर नेपाली बन्नुपर्ने अवस्था छ। काठमाण्डाैं खाल्डोको नेपाल र नेपाली सतलजदेखि टिष्टा पुगेर मेची महाकालीमा खुम्चिनु परेको विवशता छ। आफ्नो मुलुकमा खनी खोस्री गर्ने जमिन नपाएर रोजगारका लागि मरुभूमि र हिउँमा कष्टकर जिन्दगी भोगिरहेकाहरुलाई नेपाली को हो ? भन्ने प्रश्न नै मुटु छेड्ने सुइरो बन्न सक्छ।

    तस्विर : मदन चौधरी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      Tags: अादिवासीनेपाली भाषानेपाली राष्ट्रियता
      बालकृष्ण माबुहाङ

      बालकृष्ण माबुहाङ

      माबुहाङ् त्रिभुवन विश्वविद्यालय जनसख्या विभागका एशाेसिएट प्राेफेसर हुन्। नेपाल अादिवासी जनजाति महासंघ(१९९९-२००२)मा अध्यक्ष रहेका उनी अादिवासी जनजाति अान्दाेलनका अगुवाहरु मध्ये एक हुन्।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.