Date
आइत, कार्तिक ९, २०८२
Sun, October 26, 2025
Sunday, October 26, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सावित्रीबाई फुले: दलन र शोषणविरुद्धको योद्धा

विधवा भएपछि पनि आमा बन्न लागेकी विधवा ब्राह्मण महिला काशीबाईलाई आत्महत्या गर्नबाट रोकिन्। आफ्नै घरमा ब्राह्मणीबाट जन्मेको छोरा यशवन्तलाई धर्मपुत्र बनाइन्। यशवन्तलाई हुर्काएर पछि डाक्टर यशवन्त बनाइन्। यतिमात्र होइन, यशवन्तको अन्तरजातीय विवाह गराइन्। महाराष्ट्रमा यो पहिलो अन्तरजातीय विवाह थियो।

महेश पाण्डेय महेश पाण्डेय
पुस २०, २०७८
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    शिक्षा कुनै पनि देश वा समाजको विकासको आधारभूत संरचना हो। जुन देशको शिक्षा प्रणाली उच्च गुणस्तरको हुन्छ, त्यो देशको विकास तीव्र गतिमा हुन्छ । शिक्षाले हरेक नागरिकको पूर्ण विकास गर्छ भन्ने कुरा आज विश्वभर प्रमाणित भएको छ। जुन देशमा साक्षरता बढी छ, त्यो देशको सामाजिक चेतना र विकास बढी छ। र, जुन देशमा साक्षरता कम छ त्यो राष्ट्रको विकास कम भएको आजको तथ्य हो।

    भारतमा नारीवादको पहिलो प्रणेता, पहिलो महिला शिक्षिका, सामाजिक कार्यकर्ता तथा शिक्षाविद् सावित्रीबाई फुलेको जन्म ३ जनवरी १८३१ मा पुणेको सातारा जिल्लाको नाइगाउँको शूद्र समुदायको परिवारमा पहिलो सन्तानको रूपमा भएको थियो। सावित्रीबाई फुलेका पिताको नाम खान्डोजी नेभसे र आमाको नाम लक्ष्मी थियो। सन् १८४० मा सावित्रीबाई फुलेको विवाह ज्योतिबा फुलेसँग भएको थियो। सावित्रीबाई फुले भारतको पहिलो बालिका विद्यालयको पहिलो प्रधानाध्यापक र पहिलो किसान विद्यालयको संस्थापक बनिन्। यिनी आधुनिक मराठी कवि समेत हुन्, जसले १ जनवरी १८४८ मा (१७ वर्षको उमेरमा) केटीहरूका लागि पहिलो विद्यालय पुणेको भिडेवाडामा स्थापना थिइन्। यो दिनलाई अहिले भारतमा राष्ट्रिय शिक्षक दिवसका रूपमा मनाउने गरिएको छ।

    अठोट
    त्यो समय १९औं शताब्दीको थियो, जतिबेला समाजमा बालविवाह हुनु ठूलो कुरा थिएन। सावित्रीबाईको पनि ९ वर्षको उमेरमा माली जातका १३ वर्षीय ज्योतिरावसँग विवाह भयो। तिनै ज्योतिराव गोविन्दराव फुले जसले सावित्रीबाईसँग मिलेर केटीहरूको लागि १८ वटा विद्यालय खोले र जो पछि ज्योतिबा फुलेको नामले चिनिन थाले। त्यस समय छोरीलाई शिक्षा दिने कुरा अनौठो थियो। छोरीलाई पढाउने कुरा गर्दा समाज भँडुवाको आरोप लाग्ने समयमा सावित्री बाई फुलेले शिक्षाको ज्योती प्रज्वलित गरिन्। पति र पत्नी नै मिलेर नारी शिक्षाको कामलाई अन्तिम चरणमा पुर्याए र त्यसपछि मात्रै समाजबाट निराश वर्गका महिलाहरू पनि शिक्षा प्राप्त गर्न अगाडि आउन थाले।
    विवाह गर्दाको समय सावित्री अशिक्षित थिइन्। पति ज्योतिबा फुलेले पनि तीन कक्षासम्म मात्रै पढेका थिए। जुन समय सावित्री बाई फुलेले पढ्ने सपना देख्दै थिइन्, त्यसबेला भारतीय समाजमा छुवाछुत र भेदभावजस्ता विकृति चरम सीमामा थिए। त्यसबेलाको एउटा घटना अनुसार एक दिन सावित्रीले एउटा अंग्रेजी किताबको पाना पल्टाउँदै थिइन्, जब उनका बुवाले उनलाई देखे, दौडेर आएर उनको हातबाट किताब खोसेर घर बाहिर फालिदिए। किनभने त्यतिखेर शिक्षाको अधिकार उच्च जातका पुरुषलाई मात्र थियो। दलित र महिलाले शिक्षा लिनु पाप हो भन्ने विश्वास गरिन्थ्यो।

    त्यसै दिनदेखि उनले त्यही पुस्तक समातेर जे भए पनि एक न एक दिन अवश्य पढ्छु भनी आफैँसँग वाचा गरिन्। यही जोसका साथ उनले श्रीमान् ज्योतिबासँगै आफैँले पनि पढिन् र केटीका लागि १८ वटा विद्यालयहरू खोलिन्। उनले सन् १८४८ मा महाराष्ट्रको पुणेमा देशकै पहिलो छात्रा विद्यालय स्थापना गरिन् र २८ जनवरी, १८५३ मा अठारौं विद्यालय पनि पुणेमा नै खोलियो। उनले विधवा भएपछि बलात्कारमार्फत गर्भवती भएका पीडितहरूको लागि बालहत्या रोकथाम गृह स्थापनासमेत गरिन्।

    दुर्व्यवहार भए पनि विद्यालय जान छाडिनन्
    सावित्रीबाई फुले जब पढ्नका लागि विद्यालयतर्फ जाँदै हुन्थिन्, उनलाई मानिसहरूले ढुङ्गा र गोबरले हान्थे। जसका कारण उनको फरिया फोहर हुन्थ्यो। त्यसो हुँदा उनले अतिरिक्त साडी पनि बोक्न थालिन् र विद्यालय नजिकै पुगेर अर्को सफा साडी लगाएर विद्यालय जान थालिन्।

    सावित्रीबाई फुले र ज्योतिबाले २४ सेप्टेम्बर १८७३ मा सत्यशोधक समाजको स्थापना गरेका थिए। उनले विधवा विवाहको प्रचलन पनि सुरु गराए र यस संस्थाले २५ डिसेम्बर १८७३ मा पहिलो विधवा पुनर्विवाह गरिएको थियो। ज्योतिबाको मृत्युपछि सत्यशोधक समाजको जिम्मेवारी सावित्रीबाई फुलेको काँधमा आयो। सावित्रीबाईले आफ्नो जीवन विधवा पुनर्विवाह, छुवाछुत उन्मूलन, महिला मुक्ति र शिक्षित गर्ने उद्देश्यका रूपमा बिताइन्।

    अन्धविश्वासविरुद्ध लड्ने क्रममा सावित्रीबाई र ज्योतिबा फुलेमाथि विभिन्न खालका घातक आक्रमण हुनथाले। सावित्री र ज्योतिबाले दिएको शिक्षाको ज्वाला निभाउन ज्योतिबाका बुवा गोविन्दरावलाई उक्साएर सावित्रीबाई र ज्योतिबाललाई घरबाट समेत निकालियो। घरबाट निकालिएपछि पनि सावित्री र ज्योतिबाले आफ्नो काम जारी राखे। सावित्रीबाई फुले केटीहरूलाई पढाउन घरबाहिर निस्कँदा सनातनीहरूले उनलाई गाईको गोबर र ढुङ्गा हाने। उनीहरुलाई बाटोमा रोकेर उच्च जातका गुण्डाहरुले गाली गरे, ज्यान मार्ने धम्की दिए। तर यी पति पत्नी समाज बदल्ने महान यात्रा रोकिएन।

    बालिकाहरूका लागि सञ्चालित विद्यालय बन्द गराउन धेरै प्रयासहरू भए। सावित्रीबाईलाई त्रस्त बनाएर घरमै राख्न सकिन्छ भन्ने सोचका कारण सनातनीहरूले उनलाई विभिन्न तरिकाले सताउन थाले। एक बदमाशले त सावित्रीबाई फुलेलाई दिनहुँ खेद्ने र दुर्व्यवहार गर्ने काम गर्न थाल्यो। एक दिन उसले अचानक सावित्रीबाईको बाटो अवरुद्ध गर्दै उभियो र उनीमाथि शारीरिक आक्रमण गर्यो। सावित्रीबाई फुलेले त्यसविरुद्ध बहादुरीका साथ लडिन् र तिनलाई उल्टै थप्पड हानिन्।

    जुन समाजमा गुरु दक्षिणा खोज्नेको नाममा एकलव्यको औँला कटाइन्छ, जहाँ शम्बुकजस्ता विद्वानलाई मार्ने चलन छ, जुन समाजमा शूद्र–अतिशुद्र र नारीले शास्त्र सुनेमा तिनका काममा सिसा पगालेर हाल्नुपर्ने कथन गरिन्छ र जुन देशमा ब्राह्मणवादी कविले दलित शोषित–वंचित जनतालाई ‘ढोल गंवार शूद्र र नारी यी सबै यातनाको हकदार हुन’ भनी लेखेका छन्, करीब २ सय वर्षअघिको त्यस्तो समाजमा दलित समाजकी एक महिलाले अन्धविश्वास तोडेर निडर र बहादुरीका साथ घर–घर, गल्ली गल्ली घुमेर सम्पूर्ण नारी र दलित समाजका लागि शिक्षाको क्रान्तिलाई फलाउने काम आफैँमा संसारको सातौं आश्चर्यभन्दा कम थिएन।

    धार्मिक अन्धविश्वास, रुढीवाद, छुवाछुत, दलित विभेद र महिलामाथिका मानसिक र शारीरिक अत्याचार चरम सीमामा हुँदा सावित्रीबाईले समाज सुधारको अगुवाई गरेकी थिइन्। त्यसबेलाको समाजमा बालविवाह, सती, छोरी जन्मिनेबित्तिकै मार्ने चलन, विधवा महिलामाथि हुने अमानवीय व्यवहार, अनमेल विवाह, बहुविवाहलगायतका कुप्रथा व्याप्त थियो। समाजमा ब्राह्मणवाद र जातिवादको वर्चस्व थियो। त्यस्तो बेला सावित्रीबाई फुले र ज्योतिबाजस्ता तल्लो जातिका भनिने व्यक्तिहरू सामाजिक अत्याचारविरुद्ध खडा हुँदा शताब्दीयौंदेखि अस्तव्यस्त र सडेको समाजमा हलचल मच्चियो। यस्तो सामाजिक क्रान्तिकारी र परिवर्तनकारी कदम सावित्री–ज्योतिबाभन्दा पहिले भारतमा अरु कसैले पनि उठाएका थिएनन्।

    विधुवा महिलाहरूका पक्षमा
    सावित्रीबाई फुलेले शिक्षाको क्षेत्रमा मात्र अभूतपूर्व काम गरिनन्, भारतीय महिलाहरूको अवस्था सुधार्ने उद्देश्यले उनले सन् १८५२ मा ‘महिला मण्डल’ गठन गरिन्। र, भारतीय महिला आन्दोलनको पहिलो नेता बन्न पुगिन्। सो महिला मण्डलले बालविवाह र विधवापनका कारण महिलामाथि हुने अत्याचारका विरुद्ध लडेको थियो ।

    भारतमा श्रीमान बितेपछि हिन्दू महिलाहरूले कपाल खौरने चलन थियो। यस प्रथाविरुद्ध लड्नका लागि सावित्रीबाई फुलेले एकल भएका महिलाहरूको कपाल नकाट्न नाइँलाई आग्रह गर्ने आन्दोलन सुरु गरिन्, जसमा ठूलो संख्यामा नाइहरूले समर्थन जनाए। इतिहासमा विरलै यस्ता शक्तिशाली आन्दोलनहरू देखिएका छन्, जसमा पुरुष जातिले महिलामाथि हुने शारीरिक र मानसिक अत्याचारविरुद्ध प्रत्यक्ष रूपमा महिलालाई साथ दिएका छन्। सावित्रीबाई फुलेद्वारा गठित महिला मण्डलसँग नाईका धेरै संस्थाहरू आबद्ध थिए। सावित्रीबाई फुले र ‘महिला मण्डल’का सहकर्मीहरूले वर्षौंसम्म यस्ता धेरै आन्दोलनहरू गरे र त्यसमा अभूतपूर्व सफलता हासिल गरे।

    आजको आधुनिक समाजमा त महिलाहरू दोस्रो दर्जाकै भएर बाँचिरहेका छन् भने आजभन्दा करीब २ सय वर्षअघिको समाज महिलाको वास्तविकता कल्पना गर्दा पनि आङ जिरिङ्ग हुन्छ। पुरुषको साहाराबिना महिलाको अस्तित्व नदेख्ने यो समाजमा एउटी महिला श्रीमान बितेपछि वा उनी कुनैपनि प्रकारले एकल भएपछि उनीमाथि घरभित्रकै सदस्यबाट पनि दुर्व्यवहार हुने गर्छ। घरभित्रकै सदस्य अर्थात् देवर, जेठाजु, ससुरा र अन्य आफन्तहरूबाट यौन दुर्वव्यहारको शिकार बन्न पुगेका महिलाहरूमाथि नै सामाजिक निन्दा पनि हुने गर्छ। यो प्रवृत्ति पहिलेको समाजमा झनै व्याप्त थियो। त्यस्ता महिलाहरू या त आत्महत्या गर्थे वा ‘अवैध’ सन्तानको हत्या गर्न वाध्य हुन्थे। सावित्रीबाई फुलेले भारतको पहिलो ‘बाल हत्या प्रतिबन्धक गृह’ खोलेर त्यस्ता महिलाहरूलाई सहायता दिइन्।

    सावित्रीबाई फुले आफैँले आदर्श समाजसेविकाको जीवन अँगालेकी थिइन्। विधवा भएपछि पनि आमा बन्न लागेकी विधवा ब्राह्मण महिला काशीबाईलाई आत्महत्या गर्नबाट रोकिन्। आफ्नै घरमा ब्राह्मणीबाट जन्मेको छोरा यशवन्तलाई धर्मपुत्र बनाइन्। यशवन्तलाई हुर्काएर पछि डाक्टर यशवन्त बनाइन्। यतिमात्र होइन, यशवन्तको अन्तरजातीय विवाह गराइन्। महाराष्ट्रमा यो पहिलो अन्तरजातीय विवाह थियो।

    सावित्रीबाई फुले र ज्योतिबा फुलेले परिवर्तनको सम्पूर्ण कार्य आफ्नै घरबाट सुरु गरी समाजसामु आदर्श प्रस्तुत गरेका थिए। सावित्रीबाई फुलेले आफ्नो जीवनभर अन्तरजातीय विवाहको आयोजना गरी जातीय र वर्गविहीन समाज स्थापना गर्ने प्रयास गरिन्। सावित्रीबाई फुलेले दलित, उत्पीडित महिलालाई करिब ४८ वर्षसम्म सम्मानपूर्वक बाँच्न प्रेरित गर्दै स्वाभिमान र सम्मानको जीवन जिउन प्रेरित गरिन्।
    उनको सम्पूर्ण जीवन समाजका विपन्न वर्ग, विशेषगरी महिला र दलितको अधिकारका लागि संघर्षमा बित्यो। उनको एउटा प्रसिद्ध कविता छ, जसमा उनले सबैलाई पढ्न र लेख्न प्रेरित गर्दै जात तोड्ने कुरा गर्छिन्ः

    ‘आउनुहोस्, लेखपढ गरेर आत्मनिर्भर बनौँ
    लगनशील बनौँ, परिश्रम गरौँ, ज्ञान र धन जम्मा गरौँ
    ज्ञानविनाको धन हराउँछ,
    ज्ञानविना हामी पशुसरह बन्छौं
    त्यसैले खाली नबस्नुस्, आउनुहोस्
    शिक्षा लिनुहोस्,
    उत्पीडित र अपहेलितहरूको दुःखको अन्त्य गर्नुहोस्।
    तपाईंसँग सिक्ने सुनौलो अवसर छ,
    त्यसैले सिक्नुहोस् र जातको बन्धन तोड्नुहोस्।’

    स्वार्थी र सत्तासिनहरूले बनाए जात
    भगवानले मान्छेलाई ठूलो र सानोका रूपमा सिर्जना नगरेको कुरामा सावित्रीबाई विश्वास गर्थिन्। बरु, समाजलाई विभदेकारी बनाउनमा स्वार्थी व्यक्तिहरूको हात रहेको उनको ठहर थियो। स्वार्थी र सत्तासिनहरूले आफ्नो भावी पुस्ताको भविष्य सुरक्षित गर्न र आफ्नो जीवन आरामसँग बाँच्नका लागि जातको सिर्जना गरेको उनको बुझाइ थियो।

    अन्तरजातीय विवाहको समर्थन गर्दा सावित्रीबाई फुलेका भाइ स्वयंले उनको विरोध गर्दै लेखेका थिए– ‘तिमी र तिम्रो श्रीमानलाई बहिष्कार गरिएको छ। न्यायका लागि भन्दै गरेको काम पूरै भ्रष्ट छ। त्यसैले म भन्छु कि जातीय मान्यता अनुसार भट्टले भनेजस्तै व्यवहार गर्नुपर्छ।’ सावित्रीबाई फुलेले भाइको भनाइको जवाफ दिँदै भनिन्– ‘भाइ तिम्रो बुद्धि कम छ, भट्ट जातिले तिमीलाई गलत कुरा पढाएकाले तिम्रो चेतना स्तर कमजोर भएको छ।’

    सावित्रीबाई मराठी विद्रोही जागरण कविताको पहिलो कवि हुन्। उनले जम्मा दुईवटा कविता संग्रह लेखेकी छन्। सन् १८५४ मा प्रकाशित पहिलो काव्यसंग्रह ‘काव्यफुले’ हो, जसमा सामाजिक प्रचलन र प्रकृति विषयका ४१ वटा रचना समेटिएका थिए। यो कविता संग्रह प्रकाशित हुँदा सावित्रीबाई २३ वर्षकी थिइन् । महिलाले पढ्न नपाएको बेला सावित्रीबाई फुलेको सम्पूर्ण काव्य संग्रहको प्रकाशनले साहित्यिक जगतमा महिलाका लागि नयाँ बाटो खोल्ने आशा जगाएको थियो।

    उनको दोस्रो कृति संग्रह, ‘बावनकाशी सुबोधरत्नाकर’ (वास्तविक मोतीको सागर) सन् १८९१ मा प्रकाशित भएको थियो, जसमा ज्योतिराव फुलेको जीवनी र मराठी इतिहास पनि समावेश छ। यसबाहेक सावित्रीबाईले ज्योतिरावलाई लेखेका तीनवटा पत्र पनि भारतका साहित्यिक सम्पदा हुन्। इन्टरनेटमा उपलब्ध उनका कविताहरू पढ्दा हामीले उनलाई कविको रूपमा चिन्न सक्छौंः

    ‘ज्ञान नै उत्तम धन हो
    सबै धन सम्पतिभन्दा
    जससँग ज्ञानको भण्डार छ
    उही ज्ञानी जनताको नजरमा छ।’

    सावित्रीबाईले शिक्षालाई सर्वश्रेष्ठ धन भन्दै ज्ञानले भरिपूर्ण व्यक्ति नै ज्ञानी तथा अरूको नजरमा सम्मानको योग्य हुने बताएकी छिन्। जातीय वर्चस्वका कारण पुस्तादेखि पुस्तासम्म सम्मानित/ज्ञानी हुने समाजमा सावित्रीबाईले शिक्षाका माध्यमबाट त्यो वर्चस्व तोड्न भनेकी छिन। कविको हैसियतमा उनले सामाजिक असमानता मात्र देखाउँदिनन्, सामाजिक समस्याहरूको समाधानको उपाय पनि बताइरहेकी छिन्। कुनै पनि लेखकले समाजको अध्ययन गर्छ, त्यसको हरेक पक्षलाई छुन्छ। सावित्रीबाईको कवितामा हरेक पक्षलाई छोएको देखिन्छ। अन्धविश्वासविरुद्ध उनि लेख्छिन्ः

    ‘यदि ढुङ्गाको पूजा गरेर बच्चा जन्मने हो भने,
    महिला र पुरुषले आखिर विवाह नै किन गर्छन्?’

    तर आजका दिनमा भारतका अधिकांश महिलालाई उनको नाम पनि थाहा छैन। शैक्षिक जगतले उनलाई सीमान्तकृत गरेको छ। न्याय र शिक्षाका लागि लडेकी महिलालाई भारतीय शैक्षिक जगतले सजिलै सिमान्तकृत गर्नु कति अन्यायपूर्ण छ। भारतीय साहित्य जगतले पनि उनको साहित्यिक योगदानको बारेमा शायदै थाहा पाएको छ। जुन समाजले आफ्नो इतिहासका महत्वपूर्ण व्यक्तित्वहरूलाई बिर्सन्छ, त्यो समाजलाई अगाडिको बाटो बुझ्न गाह्रो हुन्छ, त्यसैले हामीले क्रान्तिज्योति सावित्रीबाई फुलेको मार्गलाई पढ्नुपर्छ, बुझ्नुपर्छ र पछ्याउन जरुरी छ।

    मृत्यु र विभेद
    सन् १८९० मा ज्योतिबा फुलेको मृत्युपछि पनि सावित्रीबाई फुलेले पहिलेझैँ खटेर अर्को सात वर्षसम्म समाजका लागि काम गरिन्। सन् १८९७ मा महाराष्ट्रमा प्लेगको महामारी फैलियो। त्यस समयमा पनि फुलेले बिना डर प्लेग पीडितहरूलाई सहयोग गरिरहिन्। प्लेग पीडित दलित बालकलाई बचाउने क्रममा उनी आफैँ प्लेगको सिकार भइन्। अन्ततः सावित्रीबाई फुलेको १० मार्च १८९७ मा धर्मपुत्र यशवन्तले डाक्टरी गर्ने अस्पतालमा नै मृत्यु भयो।

    पिछडिएको समाजको आत्मसम्मान र मानवअधिकारका लागि उनले जीवनभर लडिन्, सोही समाजले विगत दुई-तीन दशकदेखि सावित्रीबाईको जन्मजयन्तीमा भारतभर उनीप्रति कृतज्ञता र सम्मान प्रकट गर्दै आएको छ। तर अफसोस ‘साधुको जाति नसोध्नुस्, उसको ज्ञान सोध्नुस्’जस्ता रटान लगाइने यही समाजमा कथित उच्च जातकै मानिस बढी सम्मानित हुन्छ। यदि त्यसो होइन भने आज पनि भारतमा सावित्रीबाई फुलेको नाममा ‘शिक्षक दिवस’ नमनाएर सर्वपल्ली राधाकृष्णनको नाममा किन मनाइन्छ ? जबकि महिला शिक्षाको क्षेत्रमा सावित्रीबाई फुलेले देशलाई दिएको योगदान अरु सबैको भन्दा अतुलनीय छ।

    सावित्रीबाई फुलेले आफ्ना कवितामार्फत पढ्न र लेख्न प्रेरणा दिने, जात तोड्न र ब्राह्मण ग्रन्थहरूबाट टाढै बस्न सुझाव दिएकी छिन्। उनको मार्गदर्शन लाई अँगाल्दा समाज झनै न्यायपूर्ण र समतामुलक हुनेछ। सम्मान विरंगना।

    गत जनवरी ३ सामाजिक योद्धा सावित्रीबाई फुलेको जन्मदिन पनि हो। विभिन्न एजेन्सीको सहयोगमा नेपाल रिडर्सका लागि महेश पाण्डेयको लेखन/अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      महेश पाण्डेय

      महेश पाण्डेय

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.