Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
Wednesday, April 29, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

राजनीतिमा लागेको ‘नयाँ पुस्ता’लाई एउटा चिठी

कुनै गन्तव्य नभइकन कतै हिँडियो भने कहाँ पुगिन्छ? अतः मोहनदास करमचन्द गान्धीले भनेको कुरो यतिखेर पनि सही लाग्छःसिद्धान्तबिनाको राजनीति महापाप हो।

झंकेश्वर दास झंकेश्वर दास
माघ ९, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रिय नयाँ पुस्ता,
    परिवार/आफन्त या कुनै आदर्श व्यक्तिको प्रभावका कारण अथवा आफ्नै अन्र्तचेतनाका कारण राजनीतिमा संलग्न हुनुभएका यहाँहरूलाई सर्वप्रथम त धन्यवाद छ। किनकि ‘राजनीति फोहोरी खेल हो’ भन्ने एउटा ‘न्यारेटिभ’ आम टिनएजर र युवा पुस्तामा हुँदा पनि तपाईँहरू सक्रिय रूपमा राजनीतिमा संलग्न हुनुहुन्छ। त्यसो भन्दै गर्दा तपाईँहरूमध्ये कतिपय केबल शक्ति र सम्पत्ति आर्जनकै लागि पनि राजनीतिमा लाग्नुभएको होला। राजनीतिमै लागेर तपाईँमा ‘सेलिब्रिटी’का रूपमा स्थापित हुने रहर पनि होला। ‘दुनियाँ आफ्नाअघि झुक्छन्, समाजका अन्य शक्ति, प्रहरी–प्रशासनदेखि सैनिकहरूसमेतले राजनीतिक नेताका कुरा काट्न सक्दैनन्, नेताको आदेश मान्छन् या समाजमा एक खालको सम्मान पाइन्छ’ भन्ने तृष्णाले पनि तपाईँ राजनीतिक दलमा संलग्न हुनुभएको होला।

    त्यही लोभकै कारण कतिपय आन्दोलनमा लागेर नेताका रूपमा तपाईँ उदाउनुभएको पनि होला। यो भयो व्यक्तिगत तृष्णाको कुरो। शान, शक्ति र व्यक्तिगत महत्वाकांक्षा मानवीय स्वभाव हो। तर शक्तिको मोहमाथि नियन्त्रण कायम गरेर राजनीतिलाई समग्र समाजको स्वभिमान र गरीमा बढाउनेतर्फ लाग्नुचाहिँ उत्कृष्ट मानवीय कृत्य हो। र, त्यस्तो राजनीतिलाई आदर्श मानिन्छ, सम्मान गरिन्छ। त्यसो हुँदा राजनीति विशुद्ध समाजसेवा हो। पुण्यको काम हो।

    तपाईँ केबल व्यक्तिगत शक्तिआर्जनकै लागि राजनीतिमा संलग्न हुनुहुन्छ भने, त्यसबाट समाजले तपाईँबाट अत्यन्त कम पाउनेछ। हिजो राणाशाही र पंचायती शासनमा भएको पनि त्यही हो, राज्य र प्रशासनका थोरै व्यक्तिहरूमात्रै समाजमा हावी हुन्थे। मुखिया, पंच, अंचलाधिस, पुरोहित, प्रहरी, सैनिक अधिकृत र राजा तथा राजाआसपासका नाम र तिनका छायाँले मात्रै सर्वसाधारणहरू डराउँथे। यस्तो व्यवस्थाभित्र पनि जनकल्याण्का लागि कतिपयले केही काम गरे होला, तर उतिखेर त्रासका भरमा शासन चल्थ्यो। विधि, विधान होइन, हुकुम र आदेशको रवाफ थियो। शक्ति र सेटिङका भरमा शासन चल्ने त्यस्तो प्रणालीलालाई निरंकुश शासन व्यवस्था भनिन्छ। जनताका आवाजहरू सुनाउने ठाउँ नै नहुने, निम्छराहरूको आवाज सत्ता संचालकसम्म या सबै जनतामाझ पुग्न नपाउने त्यस्तो व्यवस्थालाई एकतन्त्रीय व्यवस्था भनियो।

    राणाशासनमा त श्री ३ राणाप्रधानमन्त्रीको स्वविवेक र मुख नै सम्पूर्ण कानून थियो। तर नेपालमा प्रजातन्त्रको घोषणा हुनु पहिले अर्थात् वि.सं. २००४ मा राणाहरूले समेत कानून जारी गराएका थिए। अतः त्यस्तो समयमा यातायात र संचारको अभाव भएका दुर्गम गाउँठाउँका मुखिया र स्थानीय सामन्त, धनीमानी र ठूलाठालु नै श्री ३ को हैसियतमा थिए। पंचायतमा व्यवस्थित संविधान र कानूनहरू थिए। न्यायालयले निस्पक्ष न्याय सम्पादन गर्ने हो भने राजाबाहेक अन्य मान्छेहरूलाई कानुन लाग्थ्यो। तरैपनि राजाकै सिको गर्दै दुरदराजका गाउँहरूमा छोटेमोटे राजाहरू शक्ति र आवाजविहिनर गरीबहरूमाथि शोषण गर्थे। संचार र खुला संचारमाध्यमको अभावमा समाज अँध्यारो कोठाजस्तो थियो।

    विद्रोह

    नेपाली समाजमा रहेको छुवाछुत र असमानताविरुद्ध राणाकालमै भगत सर्वजित विश्वकर्माले १९९७ सालमै छुवाछुत र विभेदविरुद्ध संगठित रूपमा आन्दोलन थालेका थिए। १९९७ सालमै भोजपुरकी योगमाया न्यौपानेसहित ६८ जनाले तत्कालिन् राणा शासकले आफ्ना मागहरूको सुनुवाई नगरेको भन्दै महिला तथा अन्य सामाजिक विभेदविरुद्ध नदीमा हेलिएर ज्यान फालेका थिए। प्छि राणा शासनव्यवस्थाको अन्याय र अत्याचारविरुद्ध गंगालाल, धर्मभक्त, शुक्रराज शास्त्री, दशरथचन्द ठाकुर, टंकप्रसाद आचार्य, रामहरी जोशी, विपी, पुष्पलाल, गणेशमान, साहना, मंगलादेवीलगायतले जनताको ठूलो साथ र समर्थनसहित सत्ताविरुद्ध लडे। कैयौँ शहीद भए २०४६ परिवर्तनपछि पनि पनि समाज व्यवस्था असन्तुलित रहेको ठहर गर्दै बाबुराम, प्रचण्ड, मोहन वैद्य, हिसिला यमी र पम्फा भूसालहरूले दुरदराजका गाउँहरूबाट जनयुद्ध उठाए र राज्यविरुद्ध डरलाग्दो युद्ध लडे।

    यी आन्दोलनहरूमा फेरि हजारौँ नेपालीहरूको ज्यान गयो। अन्ततः नेपाली समाजको प्रमुख सामन्ती शत्रु राजतन्त्र परास्त भयो र कमसेकम महिला, अल्पशंख्यक र दलितहरुको सहअस्तित्वलाई स्वीकार गर्ने, पहिलेभन्दा उदार व्यवस्था, गणतान्त्रिक शासन व्यवस्था स्थापित भयो। यहाँनिर युवा मित्रहरूलाई प्रष्ट पारौँ, कतिपय आजका नवयुवाहरू हिजोको राजतन्त्र र यसका शोषण र षड्यन्त्रहरूका बारेमा बेखबर छन्। ‘आइ हेट् पोलिटिक्स’को पपुलर भाष्यका कारण या डिजिटल ग्याजेटका जालोहरूमै अल्झेका कारण उनीहरूले राणा शासताकको राजतन्त्र र राणा शासन ढलेपछिको ३० वर्षे पंचायतको असली अनुहार देखेका छैन। त्यसबारे बेखबर छन्। तिनका लागि राजतन्त्र या राजसंस्था भन्नु धेरैजसो सामाजिक संजालमा देखिने, राजदरबार हत्याकाणडमा मारिएका राजपरिवारको तस्वीर, ज्ञानेन्द्रको दौरा सुरुवाला हँसिलो मुस्कानवाला तस्वीर र हिमानी तथा हिमानीका छोरीहरूका ‘सम्भ्रान्त तस्वीर’हरू मात्रै छन्।

    भाइरलवालाहरूबाट बचौँ

    फेसबुक र टिकटकमा ‘पंचायत व्यवस्था अथवा राजाको शासनमा देशैभरी उद्योगधन्दा खुलेको थियो र अहिले देशमा केही पनि छैन’ भनेर ज्ञानेन्द्र शाहीलगायतका भाइरलवाला हावावादीहरूले फैलाएका हौवा नयाँ पुस्ताले टन्नै सुनेका छन्। ‘नेपालमा राजसंस्था भएको भए अहिले सबै कुरा ठीकठाक हुन्थ्यो’ भन्ने खालका ठसठसे गन्थनहरू मोबाइलहरूमा तिनले पर्याप्त सुनेका छन् तर राजा र राजसंस्थाका हिजोका अशंख्य कर्तुतहरूबारे सुन्न पाएका छैनन्। खासगरी गणतान्त्रिक व्यवस्थाले खुला समाजमा हुर्कँदो अपेक्षा र बढ्दो रोजगारीका चाहनालाई सम्बोधन गर्न नसक्दा ज्ञानेन्द्र शाहीजस्ता ‘भाइरल मसलावालाहरू’ अहिले पनि सामाजिक संजालमा ट्ेन्डिङमा छन्।

    युट्युब, टिकटक र फेसबुकमा भाइरल हुँदा त्यसैमार्फत समेत राम्रो पैसा कमिन्छ, त्यसमाथि सामाजिक संजालमा फोसामा गफ चुटेरै नाम कमाउन पनि सजिलो छ। उडन्ते गफ लडाउनेहरूका लागि फेसबुक र टिकटक चर्चाका राम्रा प्लेटफर्म भएका छन्। यस्ता मनुवाहरू जे बोल्दा बढी वाहवाही पाइन्छ, त्यही बोल्छन्। धुर्मुससुन्तलीले चितवनमा क्रिकेट स्टेडियमका लागि पैसा उठाउने कुरा गर्दा यिनीहरू धुर्मस र सुन्तलीकै पक्षमै चर्का स्वरमा बोले, अहिले धुर्मस सुन्तलीको अतिमहत्वाकांक्षा असफल हुँदा तिनैलाई दुत्कारेर सामाजिक संजालमा भ्युज् बटुलिरहेका छन्। अतः यस्ता ‘पपुलिस्ट’हरूका पासोमा नपर्न पनि युवा पंक्तिलाई म आग्रह गर्छु।

    कलाकारितामा ठूलो क्रेज भएका धुर्मस–सुन्तलीको लोकप्रियता ‘क्रिकेट स्टेडियम काण्ड’बाट र अवसान भएबाटै पनि हामी नेपालीहरूले आफ्नो चेतनाको खुट्टी छाम्नुपर्छ। एउटै व्यक्ति वा कुनै अमुक ‘इश्वरदूत’ आएर पृथ्वीवासीहरूका सबै दुःखबाट मुक्त गरिदिन्छ
    भन्ने सन्देश बोकेका आध्यात्मिक–कथाहरू सुनेर ‘त्यस्तो पनि हुन्छ होला’ भन्ठान्नेहरूले धुर्मुस सुन्तलीको महत्वाकांक्षा र असफलताबाट केही सिक्नैपर्छ। प्रणालीले सबैलाई नियन्त्रण गर्ने हो, एउटा व्यक्ति केही हो, तर एउटै व्यक्तिबाट सर्बथोक सम्भव हुँदैन भन्ने कुरा हामीले बुझ्नैपर्छ।

    अपिनियन

    विश्वभर सामाजिक संजाल प्रचलित हुनुपूर्व पत्रिका, रेडियो र टेलिभिजनमार्फत खासगरी समाजका थोरै शिक्षित मान्छेहरूले पहिले समाज, धर्म, विज्ञानलगायत अनेक विषयमा धारणा बनाउँथे। ति पढैयाहरूकै धारणा सुनेर अन्य सर्वसाधारणले आफ्नो धारणा बनाउँथे। तर अचेल समाजमा धारणा बन्नुमा अचेल धुर्मुस सुन्तलीजस्ता सामाजिक संजाल या मिडियाबाटै जन्मेका ‘पपुलिस्ट भाइरलवाला’हरूको भूमिका हुने गरेको छ। गम्भीर अध्ययनमा रुची नहुनेहरूले अचेल फेसबुकलगायत समाजिक संजालबाटै आएका यस्तै भाइरलवालाहरूबाट आफ्नो धारणा बनाउने गर्छन्।

    तर मैले माथि नै उल्लेख गरिसकेँ, युट्युब वा फेसबुकमा धेरै भ्युज् बटुल्न गरिएका स्टन्ट वा बोलिएका चर्का भाषणहरूले हाम्रो समाजको यथार्थ अवस्था बताउँदैन। अतः यस्ता पपुलिस्ट अनुहारभन्दा पनि गम्भीर चेहेरालाई पच्छयाउन सिकौँ। ‘चकलेटी सेलिब्रिटी’ होइन, वैचारिक राजनीति गर्नेहरूलाई चिनौँ। अलि पढैया र समाज विश्लेषकहरूसँग सोधेर समाजसम्बन्धी राम्रा किताबहरूको गम्भीर अध्ययन गरौँ। समाज विकाशबारे निरन्तर आफू अपडेटेड होउँ। खासगरी समाज विज्ञान, अर्थशास्त्र र समाजशास्त्रसम्बन्धी किताबहरू पढौँ। किनकि तपाईँले राजनीति गर्ने समाजको लागि हो। ठूलो भनिएको कुनै नेतासँग बसेर फोटो खिचेर सामाजिक संजालमा स्यर गर्दा समाजमा रवाफ त झल्केकला तर त्यसरी समाज बुझिन्नँ। र, त्यसो हुँदा तपाईँबाट देश र समाजले पनि सारमा उही पुरानै ढर्राको छुद्र र ‘चर्चा खोज्ने’ औसत नेता पाउनेछ।

    समाज विज्ञान बुझ्नुहोस्

    अतः राजनीति गर्नुपूर्व राम्रोसँग विश्व जगतको समाज–विज्ञान बुझ्नुहोस्। कोही किन धनी हुन्छ र किन गरीब हुन्छ, त्यो राम्ररी जान्नुहोस्। शासनसत्ता र त्यसको वरपर रहने धनी र शासनसत्ता पर रहने मान्छेहरू किन गरीब हुन्छन् भन्ने विज्ञान पनि राजनीति गर्नेले बुझ्नैपर्छ। अहिलेसम्म संसारभर किन प्रायः पुरुषहरूकै दबदबा छ?, अमेरिकाजस्ता देशमा पनि महिलालाई नेताका रूपमा किन स्विकारिँदैन भनेर जान्न लैंगिक सवालहरूमा घोत्लनुहोस्। समाजमा आफ्ना बैनी, आमा, श्रीमती र छोरीहरूको सामाजिक पहुँचलाई ख्याल गर्दै लैंगिक मुद्धालाई गम्भीरताका साथ अध्ययन गर्नुहोस्। सडक, बिजुली र भव्य बिल्डिङहरूलाई विकाश र समृद्धि भनिने गरेको छ। अहिले पनि विकाशको त्यस्तै परिभाषा हाम्रो राजनीतिमा व्याप्त छ, त्यसभित्रको मनोविज्ञान के होला, जान्नुहोस्। जीवन सहज बनाउन सडक, बिजुली र भवनहरू आवश्यक छन् तर लोभलाग्दा सडकहरूमात्रै किन विकाशका मानक होइनन् भनेर बुझ्नुहोस्। देशमा रेल र सडक आउँदा त्यसले कति प्रतिसत र कुन तहको मान्छेको जीवन बढी लाभान्वित हुन्छ, सो कुरा बुझ्ने प्रयत्न गर्नुहोस्।

    शक्ति के हो र कसरी बन्छ भन्ने जान्न सम्पत्ति र सामाजिक पहिचानका सम्बन्धलाई जोड्नुहोस्। भाषा, धर्म, भूगोल र राजनीतिको अन्र्तसम्बन्ध बुझ्नुहोस्। जातका आधारमा निर्माण भएको सोपान (हाइरार्की) हेर्नुहोस् तथा जात–छुवाछुतकै कारण हाम्रो समाज किन पछाडि पर्यो, त्यसको कारण खोतल्नुहोस्। समाजका एकथरी मान्छेहरू अचेल ‘आरक्षण(समावेशिता)ले गर्दा क्षमतावानहरूले जागिर खाने अवसर गुमाए’ भन्दै डं्रका पनि पिट्ने गरेका छन्। तर हजारौँ वर्षदेखि दक्षिण एसियामा खास जातिले मात्रै जातीय र धार्मिक हाइरार्कीकै कारण स्वतः आरक्षण कसरी पाउँदै आएको थियो भन्ने जान्न बिआर अम्बेडकर र नेपाली लेखकहरूका जात र छुवाछुतसम्बन्धी गम्भीर पुस्तकहरू खोतलेर हेर्नुहोस्। समाजमा खास कुनै जातिका मान्छे किन ‘स्वतः क्षमतावान’ किन हुन्छ र कोही किन ‘स्वतः असक्षम’ हुनपुग्छन् भन्नेबारे नजानिकन निम्छराहरूको पक्षमा भोलि तपाईँले कसरी आवाज उठाउन सक्नुहोला, कानूनहरू बनाउन सक्नुहोला? अतः आफूलाई एक गम्भीर अध्येता बनाउनुहोस् र मात्रै राजनीतिमा सहभागी हुनुस्।

    सिद्धान्तको राजनीति गर्नुहोस्

    समाज आफैँमा एक जटिल संरचना हो। समाजको यही जटील संरचनालाई उपयोग गरेर कतिपय ‘भाग्यमानीहरू’ लाभ हाँसिल गरिरहेका छन्। ‘एकबारको जीवन हो, जसरी हुन्छ शक्ति र सम्पत्ति दोहन गरेर मोज गरौँ’ भन्ने धन्दामा छन्। माथि नै उल्लेख गरियो, तानाशाह र बादशाहहरूको उदेश्य त्यही होः अनन्त शुखभोग। तर तानाशाह र छोटेमोटे मुखियाभन्दा माथि उठेर मानव र समग्र जगत कल्याणका लागि राजनीति गर्नु असल राजनीतिको कर्तव्य हो। र, त्यसका लागि समाजका जटिलतम् समस्याहरू बुझेर हरदम चिन्तन र मननमा लाग्ने नेताहरू तपाईँहरूले आफूभित्र हुर्काउन सक्नुहोस्। राजनीति गरेर शक्ति र सम्पत्ति धेरैले कुम्ल्याएका छन् तर समग्र जगत्कै लागि राजनीति गर्ने चिन्तन यहाँहरूमा लागोस्।

    यसका लागि आफैँ उदाहरणीय बन्नुहोस्, सरल जीवन जिउनुहोस्। अति उपभोक्तावादी र देखावटी संस्कृतिले समाजमा ढर्रा र स्वाङ बढेको छ। त्यसले वातावरण र मानव संस्कृति नै प्रदुसित भएको छ। फूलमाला, झाँकी, डोली, भोजभतेर, फुर्तिफार्ती र भिडभाड सामन्तवादको द्योतक हो, त्यसको पछि नलाग्नुहोस्। अन्यायमा परेका र निम्छराहरूसँग विनम्र बन्नुहोस्, अन्याय गर्नेहरूसँग नझुकीकन न्यायको भाषा बोल्नुहोस्। खुकुरी बनेर पीडकको पक्षमा होइन, अचानो बनेर पीडितका पक्षमा उभिनुहोस्। पीडितकै ठाउँमा आफूलाई उभ्याएर उनीहरूको हितका खातिर लड्नुहोस्। झण्डा बोक्ने, नारा भट्याउने र शक्तिका धाक लगाउनेहरू राणाशाही र राजशाहीमा पनि थिए, आज पनि टन्नै छन्। तिभन्दा फरक बन्नुहोस्। न्याय र समताको वकालत गर्ने एउटा सरल र विनम्र राजनीतिज्ञ बन्नुहोस्।

    र, अन्त्यमा, गणतन्त्र आएपछि नेपालमा ‘हामी नयाँ खालको राजनीति गर्छौ’ँ भन्दै एक दुई जना सुकिला र सम्भ्रान्तहरू बोकेर रविन्द्र मिश्रलगायतकाहरू आए। ‘बिबिसीको कुस्त पैसा भएको जागिर छाडेर म नेपालका लागि केही गरिदिन आएको हुँ’ भनेर केही समय मिश्रले युवाहरूको बुद्धी भुटे। तर अन्ततः तिनको खुट्टी देखियो। ‘विचार भनेको केही होइन, विचारभन्दा माथि केही हुन्न’ भन्ने अनौठो विचार बोकेर आएका तिनले आफ्नै पार्टीका फरक विचारहरूलाई समेट्न सकेनन्। र, अहिले एक्लिएका छन् । र, पनि पंचायती/राजावादीहरूसँग हिमचिम बढाएर राजतन्त्रको वकालत गर्दैछन्। मिश्रका पिता मनुजबाबु मिश्र ‘पंचायत नफर्केसम्म घरबाट बाहिर निक्लन्न’ भन्थे। पंचायत ढलेपछि नमरुन्जेलसम्म घरभित्रै थुनिएर जीवन बिताए।

    बाउकै बिँडो थाम्दै आज मिश्र इतिहासको चिहानमा गाडिएको पंचायत र राजतन्त्र ब्युँताउने सपना देख्दैछन्। अतः यस्तो विचारविहिन राजनीतिबाट युवाहरूले पाठ सिक्नुहोस्। मानव कल्याण र मुक्तिका लागि कसैले राजनीति गर्छ भने त्यो अवश्य नै विचार, सिद्धान्त वा दर्शनबाट निर्देशित हुन्छ। राजनीति गर्ने आजका युवाहरूले यो आदर्शलाई बुझ्नैपर्छ। किनकि विचार भन्नु बाटो हो, विचार भन्नु गन्तव्य पनि हो। कुनै गन्तव्य नभइकन कतै हिँडियो भने कहाँ पुगिन्छ? अतः मोहनदास करमचन्द गान्धीले भनेको कुरो यतिखेर पनि सही लाग्छःसिद्धान्तबिनाको राजनीति महापाप हो। मेरो विनम्र आग्रह छ, आफूलाई नयाँ पुस्ता ठान्ने राजनीतिज्ञहरूले यी सामान्य आदर्श र तथ्यहरूलाई ख्याल गरेमा तपाईँहरूको राजनीति मूल्यसहितको हुनेछ।

    उही तपार्ईँहरूको हितैसी,
    झंकेश्वर दास

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      झंकेश्वर दास

      झंकेश्वर दास

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.