Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कम्युनिष्ट एकताः कति सम्भव कति असम्भव?

मैले केही महिना यता जे जति कम्युनिष्ट कार्यकर्ता र जिल्लास्तरका नेतालाई भेटेको छु तिनमा एउटा समान धारणा देखिन्छः कम्युनिष्टहरुका बीच एकता नहुँदा काँग्रेसलाई फाइदा पुग्छ।

झलक सुवेदी झलक सुवेदी
चैत्र ५, २०७८
- राजनीति, रिडर्स डिस्कोर्स
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेकपाएमालेका नेता घनश्याम भूसालको कान्तिपुर दैनिकमा चैत्र २ गते प्रकाशित एक लेखले नेपालका कम्युनिष्ट पार्टीहरुबीच एकता हुन नसके आसन्न निर्वाचनमा पराजय मात्र होइन , नेपालको कम्युनिष्ट आन्दोलन नै सत्यानास तर्फ लाग्ने सम्भावना देखाइएको छ। सो लेखपछि भूसालले इमेज च्यानलको हटसिट कार्यक्रममा वामपन्थीहरुको एकताका बाधा र बाधकहरु बारे केही आग्रह गरेका छन्। यसपछि उनको आग्रहको पक्षमा कार्यकर्ताहरु र विपक्षमा नेतृत्व बहसमा उत्रिएका छन्। यो बहस कुन दिशामा डोहोरिन्छ या कता डोहोर्‍याउनु पर्ने हो, त्यसको निष्कर्ष निस्कियोस् भनेर नेपाल रिडर्सले मतअभिमतमा बहस चलाउन चाहेको छ। सोही अनुसार यो चर्चा यहाँ प्रस्तुत गरिएको छ (सं.)।

    कान्तिपुर दैनिकमा चैत्र २ गते प्रकाशित कमरेड घनश्याम भूसालको लेखले नेपालका कम्युनिष्ट पार्टीहरुका बीच एकताको सम्भावना बारे फेरि बहसको माग गरेको छ। (यहाँ कम्युनिष्टहरुका कुरा नगरेर कम्युनिष्ट पार्टीहरुका कुरा मात्र गरिने छ) २०१९ यता निरन्तर विभाजन र एकताको गोलचक्करबाट गुज्रिरहेका कम्युनिष्टहरुका बीच सबैभन्दा शक्तिशाली ध्रुविकरण २०७४ को आम निर्वाचनका समयमा भएको थियो। नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी मसालको खुला मोर्चा राष्ट्रिय जनमोर्चाका बीच चुनावी तालमेल गरेर जाने सहमतिले कम्युनिष्ट पार्टीलाई मत दिने र दिदै आएका मतदाताहरु, ती पार्टीका समर्थक, शुभेच्छुक र कार्यकर्ताका बीच उत्साह छाएको थियो। निर्वाचन परिणामले यो सहकार्यको औचित्य पुष्टि गरेको थियो। कम्युनिष्ट पार्टीकै झण्डा बोकेर संघीय संसद र सात मध्ये ६ प्रदेशमा बहुमत हासिल भएको थियो। यो समकालीन विश्वका कम्युनिष्ट पार्टीहरुका लागि र तिनको राजनीति हेरिरहेकाहरुका लागि पनि आश्चर्यजनक सफलता थियो। नेपालमा त्यसको पर्याप्त आधार थियो। 

    निर्वाचनको ६ महिनापछि एमाले र माओवादी केन्द्रका बीच एकता भयो। एकता पछिका अनुभवहरु त्यति उत्साहजनक रहेनन्। गतवर्ष माओवादी र एमाले फेरि आफ्नै घर—गोठमा फर्के। एमालेमा समेत विभाजन आयो र अहिले नेकपा एकिकृत समाजवादी बनेको छ। कठिन देखिएको एकता हुन जति सजिलरी भयो, विभाजन त्यतिकै सहज ढंगले भयो।

    यसले दुइवटा कुरा देखाउँछः
    पहिलो, नेपालका कम्युनिष्ट घटकका समर्थक, कार्यकर्ता र तिनका मतदाता कम्युनिष्टहरुका बीच एकता होस्, मिलेर आउन् भन्ने चाहन्छन्। एकताबद्ध भएर जाँदा तिनको तागत ह्वात्तै बढ्छ।

    दोस्रो, कम्युनिष्ट पार्टीको नेतृत्व एकतामा भन्दा विभाजनमा बढी रमाउँछ, विचारधारा भन्दा वैयक्तिक आग्रह, दिर्घकालीन हित भन्दा अल्पकालीन स्वार्थले कम्युनिष्ट नेताहरुलाई हिँडाउँछ।

    अहिले निर्वाचनको मुखमा नेकपा एमाले नेतृत्व एक्लै निर्वाचन सामना गर्ने रनाहामा छ, दौडाहामा छ। अरु कम्युनिष्ट पार्टीहरु कतै न कतै चुनावी गठबन्धनको खोजीमा छन्। दुवैतिरको मनोविज्ञान बुझ्न सकिन्छ।

    तर मैले केही महिना यता जे जति कम्युनिष्ट कार्यकर्ता र जिल्लास्तरका नेतालाई भेटेको छु तिनमा एउटा समान धारणा देखिन्छः कम्युनिष्टहरुका बीच एकता नहुँदा काँग्रेसलाई फाइदा पुग्छ। नेपालका कम्युनिष्ट पार्टीहरुलाई वामपन्थी मान्ने हो भने उनीहरुको विकल्प दक्षिणपन्थी या मध्य दक्षिणपन्थी शक्तिहरु नै हुन्। यद्यपि विचार र व्यवहारले नेपालका मुख्य कम्युनिष्ट घटकहरु मूलतः मध्यपन्थी अथवा मध्य दक्षिणपन्थीजस्ता देखिन्छन्। तैपनि नेपाल र विश्वभर नै यिनीहरुलाई कम्युनिष्ट नाम भएकै कारणले पनि होला वामपन्थी नै मानिन्छ।

    विश्वभरको प्रवृत्ति केलाउँदा के देखिन्छ भने हरेक देशको जनमतको ४० देखि ४५ प्रतिशत वरपर यस्ता अनेक रङका वामपन्थी भनिनेहरुको पक्षमा र अर्को ४० देखि ४५ प्रतिशत चाँही उदारवादी, या दक्षिणपन्थी अनुदारवादीहरुको पक्षमा रहेको हुन्छ। बाँकी जनमत एजेण्डाले या लोकप्रियताले डोहोरिन्छ र निर्वाचन परिणाम बदलिइरहन्छ।

    नेपालका कम्युनिष्ट पार्टीहरुले गत निर्वाचनमा ल्याएको मत र गैरवामपन्थीले ल्याएको मत हेर्दा देखिएको/देखिने पनि त्यही हो। हालै इञ्जिनीयरहरुको संगठनको निर्वाचनमा आएको मतको प्रवृत्तिले त्यही कुरालाई पुष्टि गर्छ।

    यसरी हेर्दा अहिले एमाले सबैभन्दा ठूलो राजनीतिक दलका रुपमा रहेको र एक्लै निर्वाचन लड्न हिँडेको भएपनि गत आम निर्वाचनमा उसले पाएको मतको हिस्सा त्यही ४० देखि ४५ प्रतिशत हो । स्मरण गर्नुपर्ने के छ भने त्यो हिस्सा वरपरबाट अरु कम्युनिष्ट घटकलाई पनि हिस्सा दिएर प्राप्त भएको हो। अहिले एमाले अध्यक्ष कमरेड केपी शर्मा ओली अरु राजनीतिक दलका नेता भन्दा लोकप्रिय रहेको देखिएका छन्। उनको नेतृत्वकै कारण गैरवामपन्थी मतदाताको एउटा हिस्साले पनि एमालेको पक्षमा मतदान गर्न सक्छ। दक्षिणपन्थी शक्तिले पाउने मत घट्न सक्छ।

    यसमा ध्यान दिनु पर्ने कुरा गत निर्वाचनमा प्राप्त शक्ति सुरक्षित राख्न नसकेको र विभाजित पनि भएकोले त्यसको मार एमालेलाई पर्ने निश्चित छ। यसको परीक्षण यसै निर्वाचनले गर्नेछ। अरु कम्युनिष्ट पार्टीले पनि राम्रो प्रदर्शन गरेर एक्लै शक्ति आर्जन गर्ने सम्भावना देखिन्न। यसको अर्थ हुन्छ कमसेकम कम्युनिष्ट पार्टीहरु एउटै मोर्चामा उभिए भने तिनले सहजै जीत हासिल गर्लान्। अन्यथा सोलोडोलोमा दक्षिणपन्थीहरुको हात माथि पर्छ।

    तर भूसालले भन्नुभए जस्तो तत्काल कम्युनिष्ट एकता र सहकार्यको सम्भावना म चाहीं देख्दिन। स्थानीय निर्वाचनका सन्दर्भमा पालिकास्तरमा कतै कतै तालमेल होला, हुन सक्ला तर विभाजनका मुख्य कारण र अन्तर्यहरुले देखाउने कुरा चाहीं के हो भने अहिलेकै नेतृत्वका बीच तत्काल एकीकरण असम्भव छ। भूसालको भाषामा ‘काँग्रेस चढेको सुनको पाल्की बोकिरहेका कम्युनिष्ट नेताहरु र पाल्की अर्कालाई चढ्न दिएर परबाट जिस्क्याइरहेका’ एमालेका नेतृत्वबाट कथंकदाचित एकताका कुरा भइहाले भने पनि त्यो अल्पकालीन स्वार्थका लागि एक अर्कालाई उपयोग गर्ने हदसम्म सिमित हुनेछ। मेरो विचारमा विगतमा एमाले र माओवादीमा आएका विभाजन र एकता पछिका प्रवृत्तिहरुलाई हेर्दा, आगामी निर्वाचनसम्म यी सबैले अलग अलग बाटो हिँड्ने र ठक्कर खाएकाहरुले एकताको बाटोको  उपाय खोज्लान्।

    तर एकता गरेर बाहेक यी सबैले लामो समय कम्युनिष्ट झण्डा बोकेरै राष्ट्रिय राजनीतिमा भूमिका पाइरहने कुरामा मलाई चाहीं विश्वास छैन। यसकारण पार्टी बाहिरबाट भएपनि कम्युनिष्टका बीच एकताको बहस चाहीं अहिले नै थालेको राम्रो।

    यो पनि पढ्नुहोस् –

    ०७४ को जनमतले वाम एकता सही थियो भन्ने प्रमाणित गरिसकेको छ 

    वामपन्थी विभाजनले अन्य शक्तिहरूलाई नै खुदो पल्टने अवस्था छ 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      झलक सुवेदी

      झलक सुवेदी

      सुवेदी नेपाल रिडर्सका सम्पादक हुन्।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      गण्डकीमा माले निर्माण – केशवलाल श्रेष्ठसँग शिव कुमार पौडेलको संवाद (भिडियो)

      गण्डकीमा माले निर्माण – केशवलाल श्रेष्ठसँग शिव कुमार पौडेलको संवाद (भिडियो)

      नेपाल रिडर्स
      कार्तिक २२, २०८१

      लमजुङबाट माओवादी विचारबाट प्रेरित बिद्रोहको बाटो हिडेका केशवलाल श्रेष्ठको राजनीतिक उतारचढावबारे नेपाल रिडर्सका लागि शिव कुमार पौडेलसँग केशवलाल श्रेष्ठको संवाद...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.