Friday, May 20, 2022
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » कम्युनिष्ट एकताः कति सम्भव कति असम्भव?

कम्युनिष्ट एकताः कति सम्भव कति असम्भव?

मैले केही महिना यता जे जति कम्युनिष्ट कार्यकर्ता र जिल्लास्तरका नेतालाई भेटेको छु तिनमा एउटा समान धारणा देखिन्छः कम्युनिष्टहरुका बीच एकता नहुँदा काँग्रेसलाई फाइदा पुग्छ।

झलक सुवेदी by झलक सुवेदी
March 29, 2022
- मत-अभिमत, समाज राजनीति
A A
1.4k
VIEWS
Share on FacebookShare on Twitter

नेकपाएमालेका नेता घनश्याम भूसालको कान्तिपुर दैनिकमा चैत्र २ गते प्रकाशित एक लेखले नेपालका कम्युनिष्ट पार्टीहरुबीच एकता हुन नसके आसन्न निर्वाचनमा पराजय मात्र होइन , नेपालको कम्युनिष्ट आन्दोलन नै सत्यानास तर्फ लाग्ने सम्भावना देखाइएको छ। सो लेखपछि भूसालले इमेज च्यानलको हटसिट कार्यक्रममा वामपन्थीहरुको एकताका बाधा र बाधकहरु बारे केही आग्रह गरेका छन्। यसपछि उनको आग्रहको पक्षमा कार्यकर्ताहरु र विपक्षमा नेतृत्व बहसमा उत्रिएका छन्। यो बहस कुन दिशामा डोहोरिन्छ या कता डोहोर्‍याउनु पर्ने हो, त्यसको निष्कर्ष निस्कियोस् भनेर नेपाल रिडर्सले मतअभिमतमा बहस चलाउन चाहेको छ। सोही अनुसार यो चर्चा यहाँ प्रस्तुत गरिएको छ (सं.)।

कान्तिपुर दैनिकमा चैत्र २ गते प्रकाशित कमरेड घनश्याम भूसालको लेखले नेपालका कम्युनिष्ट पार्टीहरुका बीच एकताको सम्भावना बारे फेरि बहसको माग गरेको छ। (यहाँ कम्युनिष्टहरुका कुरा नगरेर कम्युनिष्ट पार्टीहरुका कुरा मात्र गरिने छ) २०१९ यता निरन्तर विभाजन र एकताको गोलचक्करबाट गुज्रिरहेका कम्युनिष्टहरुका बीच सबैभन्दा शक्तिशाली ध्रुविकरण २०७४ को आम निर्वाचनका समयमा भएको थियो। नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी मसालको खुला मोर्चा राष्ट्रिय जनमोर्चाका बीच चुनावी तालमेल गरेर जाने सहमतिले कम्युनिष्ट पार्टीलाई मत दिने र दिदै आएका मतदाताहरु, ती पार्टीका समर्थक, शुभेच्छुक र कार्यकर्ताका बीच उत्साह छाएको थियो। निर्वाचन परिणामले यो सहकार्यको औचित्य पुष्टि गरेको थियो। कम्युनिष्ट पार्टीकै झण्डा बोकेर संघीय संसद र सात मध्ये ६ प्रदेशमा बहुमत हासिल भएको थियो। यो समकालीन विश्वका कम्युनिष्ट पार्टीहरुका लागि र तिनको राजनीति हेरिरहेकाहरुका लागि पनि आश्चर्यजनक सफलता थियो। नेपालमा त्यसको पर्याप्त आधार थियो। 

निर्वाचनको ६ महिनापछि एमाले र माओवादी केन्द्रका बीच एकता भयो। एकता पछिका अनुभवहरु त्यति उत्साहजनक रहेनन्। गतवर्ष माओवादी र एमाले फेरि आफ्नै घर—गोठमा फर्के। एमालेमा समेत विभाजन आयो र अहिले नेकपा एकिकृत समाजवादी बनेको छ। कठिन देखिएको एकता हुन जति सजिलरी भयो, विभाजन त्यतिकै सहज ढंगले भयो।

यसले दुइवटा कुरा देखाउँछः
पहिलो, नेपालका कम्युनिष्ट घटकका समर्थक, कार्यकर्ता र तिनका मतदाता कम्युनिष्टहरुका बीच एकता होस्, मिलेर आउन् भन्ने चाहन्छन्। एकताबद्ध भएर जाँदा तिनको तागत ह्वात्तै बढ्छ।

दोस्रो, कम्युनिष्ट पार्टीको नेतृत्व एकतामा भन्दा विभाजनमा बढी रमाउँछ, विचारधारा भन्दा वैयक्तिक आग्रह, दिर्घकालीन हित भन्दा अल्पकालीन स्वार्थले कम्युनिष्ट नेताहरुलाई हिँडाउँछ।

अहिले निर्वाचनको मुखमा नेकपा एमाले नेतृत्व एक्लै निर्वाचन सामना गर्ने रनाहामा छ, दौडाहामा छ। अरु कम्युनिष्ट पार्टीहरु कतै न कतै चुनावी गठबन्धनको खोजीमा छन्। दुवैतिरको मनोविज्ञान बुझ्न सकिन्छ।

RelatedPosts

फाइदा हुन्छ भने नेताहरू पार्टीको आइडोलोजी नै साट्न तयार छन्

फाइदा हुन्छ भने नेताहरू पार्टीको आइडोलोजी नै साट्न तयार छन्

April 20, 2022
आजको युगमा धर्मको नाममा त राजनीति गर्नै हुँदैन

आजको युगमा धर्मको नाममा त राजनीति गर्नै हुँदैन

March 24, 2022

०७४ को जनमतले वाम एकता सही थियो भन्ने प्रमाणित गरिसकेको छ

March 30, 2022
अहिलेसम्म माओवादी आन्दोलन मात्रै थियो, अब ‘पार्टी’ बन्दैछ

अहिलेसम्म माओवादी आन्दोलन मात्रै थियो, अब ‘पार्टी’ बन्दैछ

January 18, 2022

तर मैले केही महिना यता जे जति कम्युनिष्ट कार्यकर्ता र जिल्लास्तरका नेतालाई भेटेको छु तिनमा एउटा समान धारणा देखिन्छः कम्युनिष्टहरुका बीच एकता नहुँदा काँग्रेसलाई फाइदा पुग्छ। नेपालका कम्युनिष्ट पार्टीहरुलाई वामपन्थी मान्ने हो भने उनीहरुको विकल्प दक्षिणपन्थी या मध्य दक्षिणपन्थी शक्तिहरु नै हुन्। यद्यपि विचार र व्यवहारले नेपालका मुख्य कम्युनिष्ट घटकहरु मूलतः मध्यपन्थी अथवा मध्य दक्षिणपन्थीजस्ता देखिन्छन्। तैपनि नेपाल र विश्वभर नै यिनीहरुलाई कम्युनिष्ट नाम भएकै कारणले पनि होला वामपन्थी नै मानिन्छ।

विश्वभरको प्रवृत्ति केलाउँदा के देखिन्छ भने हरेक देशको जनमतको ४० देखि ४५ प्रतिशत वरपर यस्ता अनेक रङका वामपन्थी भनिनेहरुको पक्षमा र अर्को ४० देखि ४५ प्रतिशत चाँही उदारवादी, या दक्षिणपन्थी अनुदारवादीहरुको पक्षमा रहेको हुन्छ। बाँकी जनमत एजेण्डाले या लोकप्रियताले डोहोरिन्छ र निर्वाचन परिणाम बदलिइरहन्छ।

नेपालका कम्युनिष्ट पार्टीहरुले गत निर्वाचनमा ल्याएको मत र गैरवामपन्थीले ल्याएको मत हेर्दा देखिएको/देखिने पनि त्यही हो। हालै इञ्जिनीयरहरुको संगठनको निर्वाचनमा आएको मतको प्रवृत्तिले त्यही कुरालाई पुष्टि गर्छ।

यसरी हेर्दा अहिले एमाले सबैभन्दा ठूलो राजनीतिक दलका रुपमा रहेको र एक्लै निर्वाचन लड्न हिँडेको भएपनि गत आम निर्वाचनमा उसले पाएको मतको हिस्सा त्यही ४० देखि ४५ प्रतिशत हो । स्मरण गर्नुपर्ने के छ भने त्यो हिस्सा वरपरबाट अरु कम्युनिष्ट घटकलाई पनि हिस्सा दिएर प्राप्त भएको हो। अहिले एमाले अध्यक्ष कमरेड केपी शर्मा ओली अरु राजनीतिक दलका नेता भन्दा लोकप्रिय रहेको देखिएका छन्। उनको नेतृत्वकै कारण गैरवामपन्थी मतदाताको एउटा हिस्साले पनि एमालेको पक्षमा मतदान गर्न सक्छ। दक्षिणपन्थी शक्तिले पाउने मत घट्न सक्छ।

यसमा ध्यान दिनु पर्ने कुरा गत निर्वाचनमा प्राप्त शक्ति सुरक्षित राख्न नसकेको र विभाजित पनि भएकोले त्यसको मार एमालेलाई पर्ने निश्चित छ। यसको परीक्षण यसै निर्वाचनले गर्नेछ। अरु कम्युनिष्ट पार्टीले पनि राम्रो प्रदर्शन गरेर एक्लै शक्ति आर्जन गर्ने सम्भावना देखिन्न। यसको अर्थ हुन्छ कमसेकम कम्युनिष्ट पार्टीहरु एउटै मोर्चामा उभिए भने तिनले सहजै जीत हासिल गर्लान्। अन्यथा सोलोडोलोमा दक्षिणपन्थीहरुको हात माथि पर्छ।

तर भूसालले भन्नुभए जस्तो तत्काल कम्युनिष्ट एकता र सहकार्यको सम्भावना म चाहीं देख्दिन। स्थानीय निर्वाचनका सन्दर्भमा पालिकास्तरमा कतै कतै तालमेल होला, हुन सक्ला तर विभाजनका मुख्य कारण र अन्तर्यहरुले देखाउने कुरा चाहीं के हो भने अहिलेकै नेतृत्वका बीच तत्काल एकीकरण असम्भव छ। भूसालको भाषामा ‘काँग्रेस चढेको सुनको पाल्की बोकिरहेका कम्युनिष्ट नेताहरु र पाल्की अर्कालाई चढ्न दिएर परबाट जिस्क्याइरहेका’ एमालेका नेतृत्वबाट कथंकदाचित एकताका कुरा भइहाले भने पनि त्यो अल्पकालीन स्वार्थका लागि एक अर्कालाई उपयोग गर्ने हदसम्म सिमित हुनेछ। मेरो विचारमा विगतमा एमाले र माओवादीमा आएका विभाजन र एकता पछिका प्रवृत्तिहरुलाई हेर्दा, आगामी निर्वाचनसम्म यी सबैले अलग अलग बाटो हिँड्ने र ठक्कर खाएकाहरुले एकताको बाटोको  उपाय खोज्लान्।

तर एकता गरेर बाहेक यी सबैले लामो समय कम्युनिष्ट झण्डा बोकेरै राष्ट्रिय राजनीतिमा भूमिका पाइरहने कुरामा मलाई चाहीं विश्वास छैन। यसकारण पार्टी बाहिरबाट भएपनि कम्युनिष्टका बीच एकताको बहस चाहीं अहिले नै थालेको राम्रो।

यो पनि पढ्नुहोस् –

०७४ को जनमतले वाम एकता सही थियो भन्ने प्रमाणित गरिसकेको छ 

वामपन्थी विभाजनले अन्य शक्तिहरूलाई नै खुदो पल्टने अवस्था छ 

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
झलक सुवेदी

झलक सुवेदी

झलक सुबेदी: सन् ८० को दशकमा वामपन्थी बिद्यार्थी राजनितीमा सक्रिय झलक सुबेदी आजकल स्तम्भ लेखन, बिश्लेषण, अध्ययन –अनुसन्धानमा ब्यस्त हुनुहुन्छ ।

Related Posts

फाइदा हुन्छ भने नेताहरू पार्टीको आइडोलोजी नै साट्न तयार छन्

फाइदा हुन्छ भने नेताहरू पार्टीको आइडोलोजी नै साट्न तयार छन्

by nepal_readers
April 20, 2022

स्थानीय चुना नजिकिँदै गर्दा नेपालमा दक्षिणपन्थी शक्तिहरू सक्रिय भएको जस्तो देखिन्छ। तर यो सत्ताको दौडमात्रै हो। यस्तो खास अवशरमा सत्ता...

आजको युगमा धर्मको नाममा त राजनीति गर्नै हुँदैन

आजको युगमा धर्मको नाममा त राजनीति गर्नै हुँदैन

by मिलन पाण्डे
March 24, 2022

वैकल्पिक राजनीति सेलायो कि जुर्मुराउँदैछ या हरायो भन्ने चिन्ता अचेल व्यक्त हुन थालेको छ। तर ख्याल गर्नुपर्ने कुरा यो छ...

०७४ को जनमतले वाम एकता सही थियो भन्ने प्रमाणित गरिसकेको छ

by युवराज ज्ञवाली
March 30, 2022

०५४ सालमा पनि नेकपा एमाले विभाजित भएको थियो। मूलतः ‘२ जना केन्द्रीय सदस्य दिने कि नदिने’ भन्ने विवाद मात्रै त्यो...

अहिलेसम्म माओवादी आन्दोलन मात्रै थियो, अब ‘पार्टी’ बन्दैछ

अहिलेसम्म माओवादी आन्दोलन मात्रै थियो, अब ‘पार्टी’ बन्दैछ

by टंक राई
January 18, 2022

मेरो जन्म २०१८ साल चैत्र ७ गते खोटाङ जिल्लाको साविक जाल्पा गा वि स– ४ र अहिलेको दिक्तेल रुपाकोट मझुवागढी...

‘राजनीतिमा चासो नराख्ने’हरूलाई प्रश्न

‘राजनीतिमा चासो नराख्ने’हरूलाई प्रश्न

by सारान्या प्रभाकरण
March 13, 2022

युवा पुस्ताका धेरैजसोले आफू राजनीतिबाट टाढा रहेको र यसैमा खुसी रहेको जिकिर गरिरहेका हुन्छन्। यसबारे उनीहरूमध्ये धेरैका केही साझा वक्तव्य...

सावित्रीबाई फुले: दलन र शोषणविरुद्धको योद्धा

by महेश पाण्डेय
January 25, 2022

शिक्षा कुनै पनि देश वा समाजको विकासको आधारभूत संरचना हो। जुन देशको शिक्षा प्रणाली उच्च गुणस्तरको हुन्छ, त्यो देशको विकास...

Leave Comment

Recommended

छाङरु र तिङ्कर जाेडने ४६० मिटर गाेरेटाे बन्याे, भदौभित्रै पूरा हुने

छाङरु र तिङ्कर जाेडने ४६० मिटर गाेरेटाे बन्याे, भदौभित्रै पूरा हुने

2 years ago
व्यवस्थापन

व्यवस्थापन

2 years ago

Connect with us

Popular Post

  • बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

    बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

    0 shares
    Share 0 Tweet 0
  • पितृसत्तालाई मन नपर्ने ‘थुतुनो’

    0 shares
    Share 0 Tweet 0
  • भुत्ता कम्युनिष्ट, विज्ञान र भौतिकवाद

    0 shares
    Share 0 Tweet 0
  • अघिल्लो पटक जहाँ महिलाहरूले नेतृत्व गरे, त्यहाँ भ्रष्टाचार र बेरुजु कम भयो

    0 shares
    Share 0 Tweet 0
  • चिन्तनका हिसाबले मार्क्सवाद धेरै अगाडि छ

    0 shares
    Share 0 Tweet 0
  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In