Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

रुस–युक्रेन युद्ध : पश्चिमाहरूद्वारा सबै कोणबाट रुसमाथि प्रहार

रुस–युक्रेन युद्धको सुरुवाती दिनहरूमा पश्चिमले किभलाई सहयोग गर्नका लागि सैन्य टुकडीहरू पठाउँछ भनेर हौसिरहेका मान्छेहरू थिए तर आज तिमध्ये धेरै मान्छे निराश छन्।

nepal_readers nepal_readers
चैत्र ७, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -सेमुर मम्माडोव-

    रुस–युक्रेन युद्धका क्रममा पश्चिमाहरूका तर्फबाट विभिन्न प्रतिबन्धहरू तथा युक्रेनमा हतियार आपूर्ति मात्रै रुसी अभियानलाई रोक्ने ‘पश्चिमी उपकरणहरूको एक पूरा प्याकेज’ होइन। रुसी अभियान रोक्नका लागि उल्लेखित उपायहरू प्रभावकारी हुन नसकेपछि पश्चिमले रुसी संस्कृति र रुसी मूलका जनतामाथि नै युद्ध गर्ने निर्णय ग¥यो। पश्चिमले महान् रुसी लेखक फ्योदोर दोस्तोयब्स्कीबारे उल्लेख गरिएको पाठलाई मिलानको बिकोका विश्वविद्यालयको पाठ्यक्रमबाट हटायो। यसैगरी बेलायतमा कार्डिफ फिलहार्मोनिक अर्र्केस्ट्राले आयोजना गर्न लागेको शास्त्रीय सांगितिक कार्यक्रमबाट रुसी कम्पोजर प्योतोर् चाइकोभ्स्कीको प्रस्तुतीलाई हटाइदियो।

    टर्कीका राष्ट्रपति तैयप एर्दोगनले शुक्रबार एन्टालियामा आयोजित कूटनीतिक मञ्चको उद्घाटन कार्यक्रममा रुसी मूलका नागरिक र पश्चिममा रहेका रुसी संस्कृतिका प्रतिनिधिमाथिको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ र ‘फासिस्ट’ रहेको बताए। उनले म्युनिक फिलहार्मोनिक अर्केस्ट्रकाका मुख्य सञ्चालक भ्यालरी जर्गिभको बर्खास्तीको घटना उल्लेख गर्दै भने, ‘जर्मनीमा फिलहार्मोनिक अर्केस्ट्राका सञ्चालक जर्गिभलाई उनी पुटिनका साथी भएकै कारणले निकाला गरियो। के चाला हो यो? दोस्तोयब्स्कीलाई प्रतिबन्ध लगाइयो, कस्तो बकवास हो यो?’

    एर्दोगानले आफ्नो भाषणमार्फत धेरैलाई आश्चर्यचकित तुल्याए। किनभने उनी तिनै रुसी लेखकको साथमा अहिले उभिएका थिए, जो रुसी साम्राज्यले इस्तानाबुल कब्जा ग।िदिए हुन्थ्यो भन्ठान्थे, त्यस्तो सपना देखेका दिए। विगतमा रुसी साम्राज्यवादी अलेक्जेन्डर २, निकोलस २ र अन्यले इस्तानाबुल कब्जा गर्ने सैन्य अभियानलाई अघि सारेका थिए।

    टर्किस शहरलाई कब्जा गर्ने स्लाभोफाइल (रुसी साम्राज्यलाई विस्तार गर्ने अभियान्ताहरू) देशभक्तहरूमध्ये प्रसिद्ध रुसी लेखक फ्योडोर दोस्तोयब्स्की पनि एक थिए। तिनै लेखकका विषयमा बनेको पाठलाई बिकोका विश्वद्यिालयले हटाएकोमा टर्किस नेता भने असन्तुष्ट छन्। एर्दोगानले राजनीतिसँग संस्कृति मिसाउन नहुने तर्क गरेका छन्। यसका अलावा उनले मृतकहरूसँग लड्नु अति अस्वीकार्य हुने टिप्पणीसमेत गरे।

    ‘रुसी संस्कृति र मृतकहरूसँग युद्ध लडिरहेको पश्चिमले रुससँग युद्ध गर्न सक्ला भन्ने लाग्छ तपाईँलाई? मलाई त त्यसमा शंका लाग्छ। जर्मनीका ‘आइरन चान्स्लर’ ओट्टोभान बिसमार्क भन्थे, ‘रुसीसँग कहिल्यै लडाईँ नगर, तिम्रो प्रत्येक चालमा उनीहरूले अनपेक्षित जवाफ फर्काउँछन्।’

    यद्यपि, पश्चिम जेसुकै गर्नका लागि तयार छ। रुसको हार निश्चित गर्नु र यसको सैन्य क्षमतालाई कमजोर बनाउनु नै अमेरिका र युरोपका लागि महत्वपूर्ण कुरा हो। र, आज रुसविरुद्व युरोपियनहरू एउटै मुठ्ठीजस्तै भएर लागिपरेका छन्। रुसविरुद्व युरोपियन एकताको यस्तै अवस्था रुसी इतिहासमा दोहोरिँदै आएका छ। र, ठ्याक्कै त्यस्तै अवस्थामा रसियन सेना पनि सफल भएका उदाहरणहरू हाम्रा अघि छन्।

    यसको प्रमुख उदाहरणका लागि पिटर दि ग्रेटको नेतृत्वमा भएको रुस–स्विडेन उत्तरी युद्धलाई लिन सकिन्छ। त्यस युद्धका कारण बेलायतले रुस–स्विडेन बीच शान्ति कायम गर्ने मात्रै होइन, स्वीडेनसँग गठबन्धन गर्ने निष्कर्षमा समेत पुगेको थियो। बेलायतका अलावा अस्ट्रेलियाले पनि पूर्ण अस्वीकृत सर्तहरूमा स्विडेनसँग शान्ति कायम गर्नका लागि रुसलाई दबाब दिएको थियो।

    त्यसपछि उनीहरूले पोल्यान्डमा लाट्भियाको ऐतिहासिक क्षेत्र काउरल्यान्ड खाली गर्ने आवश्यकताका विषयमा वार्ता गरे। यो क्षेत्र पोल्यान्डलाई दिलाउनका लागि त्यहाँका रुसी लडाकुहरूलाई त्यहाँबाट हटाउने विषयमा छलफल भएको हो। यसो हुँदा काउरल्यान्ड पोल्याण्डमाथि आश्रित हुनसक्थ्यो। युरोपियन देशहरू मध्ये खासगरी बेलायतले रुससँग लड्नका लागि स्विडेनलाई संशाधनहरू दिएर नै उक्साउने काम गरेका थिए। त्यस युद्धको विषयमा सबैभन्दा चाखलाग्दो कुरा के छ भने युरोपियनहरू उतिखेर स्विडेनलाई नैतिक र कुटनीतिक रूपमा त समर्थन गर्थे, तर प्रत्यक्ष रूपमा सैन्य सहयोग गरेका थिएनन्।

    युद्धका क्रममा पिटरको कमाण्डमा रहेको रुसी युद्धक पानी जहाज स्विडिस किनारातर्फ गयो, बेलायतले त्यहाँ सैन्य विमान र सैनिकहरू उतार्यो तर उ सामुन्द्रिक युद्धमा भने सामेल भएन। रुसीले ग्रेनगम टापुनजिकै ब्रिटिस सैन्य फौजकै अगाडि स्विडिस सैनिकहरूलाई आक्रमण गरे र जिते पनि।

    र, ठ्याक्कै, रुस–युक्रेन युद्धको सुरुवाती दिनहरूमा पश्चिमले किभलाई सहयोग गर्नका लागि सैन्य टुकडीहरू पठाउँछ भनेर हौसिरहेका मान्छेहरू थिए तर आज तिमध्ये धेरै मान्छे निराश छन्। र, अमेरिका तथा युरोपले आज अस्वीकार नगर्ने एउटामात्रै तथ्य हो, त्यो हो युक्रेनमा हतियारको आपूर्ति। यस्तो अवस्थामा उनीहरूका लागि युक्रेनले कुनैपनि तरिकाले रुससँगको प्रतिरोध जारी राखोस् र रुसको तर्फबाट राखिएका कुनैपनि माग र सर्तहरूलाई स्वीकार नगरोस्। यसकारण, रुससँग लडाईँको जारी राख्ने कुरा युक्रेनी अधिकारीहरूको स्वायत्त निर्णय हो भन्ने कुरामा शंका छ। किनभने युक्रेनसँग यो स्तरको प्रतिरोध र संघर्षका लागि कुनै संशाधन नै थिएन। हो, त्यहाँ निश्चित संशाधनहरू थिए। तर त्यो मात्रा रुसको संशाधनसँग कहिल्यै पनि तुलनीय छैन।

    युद्ध सुरु भएसँगै यसलाई कायम राख्नका लागि अमेरिका र युरोपबाट युक्रेनतर्फ सैन्य तथा अन्य संशाधनहरू आउन थाले। यदि दुईमध्ये एकातर्फका संशाधनहरू समाप्त भए मात्र यो युद्ध रोकिने छ। रुससँग यस्ता संशाधनहरू भारी मात्रामा छन्, तर युक्रेनका सम्बन्धमा यसो भन्न सकिने अवस्था छैन। आज रुस हिजोको आफ्नै साधनस्रोत(युक्रेन)सँग युद्ध गरिरहेको छ जबकि युक्रेन भने आफ्ना लागि नभएर पूर्व सोभियत क्षेत्रमाथि अमेरिकाको भू–राजनीतिक स्वार्थ प्राप्तिका लागि गोटी बनेर लडिरहेको छ। दुर्भाग्यवश, पश्चिम र रुसबीचको लडाईँको पीडित युक्रेन हो। र, जुन उत्साहका साथ पश्चिम युक्रेनमा हतियार उपलब्ध गराइरहेको छ, यो सायद छिट्टै समाप्त हुने देखिँदैन।

    सीजीटीएन डट कमबाट नेपाल रिडर्सको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.