Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
Wednesday, April 29, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

युद्ध-अपराध र अपराधीहरू

यी अपराधमा अमेरिकी मिडियाहरूको पनि उत्तिकै भूमिका छ। उनीहरूले आफ्नो सरकारको दाबीलाई कहिले पनि चुनौती दिएनन्, बरु उसका युद्ध गर्नुपर्ने अनेकौ बहानाहरू बनाए, युद्धको झ्याली पिटे। तिनले अमेरिकन जनतामा युद्धको ‘उन्माद’ फैलाए। आज पुटिनको निन्दा गर्ने ‘पण्डित’हरू उतिखेर ‘अन्य देश’का जनतालाई बमले उडाइदिन आफ्नो अमेरिकी सरकारसँग उग्र रूपमा माग गर्थे।

जोसेफ स्क्यालिस जोसेफ स्क्यालिस
चैत्र १७, २०७८
- विमर्शका लागि, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अघिल्लो साता अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधीको आरोप लगाए। उनको यो ऐतिहासिक आरोप आपत्तिजनक छ। एक कार्यक्रमबाट फर्किने क्रममा भिडभाडका बीचमा बाइडेनलाई एक रिपोर्टरले सोधेका थिए, ‘के तपाईंलाई पुटिन वास्तवमै युद्ध अपराधी हुन् भन्ने लाग्छ?’ ‘होइन,’ बाइडेनले जवाफ दिए र उनी क्यामेराको विपरिततर्फ फर्किए। प्रश्न दोहोर्‍याउन आग्रह गर्दै बाइडेन पुनः क्यामेरातिर फर्किए र भने, ‘मलाई लाग्छ, उनी एउटा युद्ध अपराधी हुन्।’

    बाइडेनको यो भनाई ‘आगो झोस्ने खालको’ र उत्तेजक भाषासहित आएको थियो। यस्तो भाषा विगतमा पनि वासिङ्टनले युक्रेनको विषयलाई लिएर रुससँग द्वन्द्व तीव्र बनाउने उद्देश्यसहित दोहोर्‍याउने गर्दथ्यो। बाइडेनले पुनः क्यामेरातिर फर्किएर यस्तो भनाइ राख्नुले प्रोपागान्डा मच्चाउने उद्देश्यका साथ तनावलाई झनै बढाउन र यसलाई निजीकृत गर्नका लागि सोची सम्झी नै उनले त्यस्तो बोलेको बुझ्न सकिन्छ। यस्तो भाष्य आउनुमा अमेरिकाको अपरीवर्तनीय चरित्र जिम्मेवार छ।

    बाइडेनद्वारा लगाइएको यो आरोप सबैभन्दा गम्भीर आरोपहरूमध्ये एक हो। एउटा देशको राष्ट्रपतिलाई ‘अपराधी’ करार गर्दै लगाइको आरोपमात्रै होइन यो, हस्तक्षेपकारी युद्ध छेडेको र शान्तिविरुद्ध अपराध गरेको आरोप पनि छ। यस्तैप्रकारको सुरुवात नै धेरैजसो रक्तपात र युद्ध अपराधको अन्तिम कारण हो। यदि यही कठोर मानकलाई आधार मान्ने हो भने त पछिल्ला ३० वर्षमा शासन गरेका हरेक अमेरिकी राष्ट्रपतिहरू युद्ध अपराधी नै हुन्।

    दोस्रो विश्वयुद्धको अन्त्यमा न्युरमवर्गमा नाजी जर्मनीका नेता र जापानी साम्राज्यका पूर्व नेताहरूलाई युद्ध अपराधको आरोप लगाइएको थियो। यसै आधारमा टेकेर हस्तक्षेपकारी युद्धको योजना बनाउने र युद्ध गर्नेहरूविरुद्ध अन्तराष्ट्रिय वैध सिद्धान्तको स्थापना गरियो, र, त्यस सिद्धान्तले त्यस्ता युद्धहरूलाई ‘विश्वशान्ति विरुद्धका अपराध’ मान्यो।

    युद्धविरोधी त्यस खालको सिद्धान्तलाई सन् १९५० मा संयुक्त राष्ट्र मानवअधिकार घोषणापत्रद्वारा न्युरमवर्ग सिद्धान्त ६(ए) द्वारा स्थापित गरिएको थियो। सन् १९४६ मा न्युरमवर्ग मुद्दाका मुख्य अभियोजनकर्ता रबर्ट एच ज्याक्सनले लेखेका थिए, ‘सन्धीहरूको उल्लघंन हुने खालका केही निश्चित कार्यहरू नै अपराध हुन्, चाहे त्यो अमेरिकाले गरेको होस् वा जर्मनीले। जसले गरेको भएपनि त्यो अपराध हो र हामी आफूविरुद्ध लागु गर्न नसक्ने आपराधिक आचरणको नियमकानून अन्यका विरुद्ध समेत बनाउन तयार छैनौँ।’

    आफैँले त्यस सार्वभौम र बाध्यकारी अन्तर्राष्ट्रिय नजिर तयार गर्न महत्वपूर्ण भूमिका निभाएको भएपनि वासिंगटनले सो वाध्यकारी सिद्धान्त/नियमलाई आफूलाई भने नलाग्ने कुराको सुनिश्चित गर्न हरसम्भव प्रयास गर्‍यो।

    नरसंहार, युद्ध अपराध र आक्रमणको अपराधको मुद्दा चलाउनका लागि रोम सन्धिमा हस्ताक्षर गरिएसँगै सन् १९९८ मा अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी)–हेगको स्थापना भएको हो। अमेरिकाले वर्षौंसम्म यस अदालतको निर्माणमा ढिलाई गर्‍यो र त्यसमा बाधा अड्चन खडा गर्‍यो। र, यस अदालतको आधिकारिकतामा हस्ताक्षर गर्न पहिले इन्कार गरेको थियो। एकातर्फ अमेरिका पुटिन तथा यसका भूराजनीतिक शत्रुहरूलाई ‘युद्ध अपराधी’ र ‘नरसंहारक’ सम्मको आरोप लगाइरहेको हुन्छ, अर्कोतर्फ त्यही अमेरिका आइसीसीको आधिकारिकतालाई अस्वीकार गर्छ र आफ्ना राजनीतिक तथा सैन्य नेताहरू र यसका कुनै पनि लडाकुहरूमाथि आइसीसीको अधिकार रहनुहुन्न भन्छ। वासिङ्टन एउटा घमण्डी र कुटिल न्यायधिशलेझैँ ‘अन्तर्राष्ट्रिय व्यवस्थामा आधारित नियमहरूको’ कुरा गर्छ। उ विश्वका बाँकी कानुनमाथि मनोमानी ढंगले हावी हुन खोज्छ, फेरि उसैले त्यही कानूनको खुल्ला रुपले उल्लघंन पनि गरेको हुन्छ।

    अमेरिकाले न्युरमवर्ग परिभाषाको माध्यमबाट पछिल्ला ३० वर्षमा इराक, युगोस्लाभिया, अफगानिस्तान, फेरि इराक, सिरिया, यमन, लिवियामा गरेका सबै युद्धहरू, युद्धअपराधीबाट रचिएकै आक्रमण र युद्धहरू हुन्। न्युरमवर्ग सिद्धान्तको उल्लघंनलाई अमेरिकी नीतिका रूपमा सन् २००२ मा बुस प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिमा संहिताबद्ध गरिएको छ। त्यसले अमेरिकालाई दोस्रो देशविरुद्ध एकतर्फी सैन्य कारवाही गर्नका लागि अधिकार दिने कुरामा जोड दिन्छ। आत्मरक्षाको कुनै विश्वासिलो प्रमाण पेश नगरी कारवाही गर्ने अनुमति दिन्छ। वासिङ्टनले दुईवटा विश्वयुद्धहरूको जगमा टेकेर अब आफूहरूले स्थापित मानकहरूलाई पूरा गर्न आवश्यक नरहेको घोषणा गर्‍यो। आसन्न आक्रमणको त्रास देखाएर उ आफ्ना सैन्य कारवाहीलाई सही ठहर्‍याउन थाल्यो। अमेरिकी नीतिको नाङ्गो साधन नै युद्ध थियो।

    ‘वर्ल्ड सोसलिस्ट वेबसाइट’का अन्तर्राष्ट्रिय सम्पादकीय बोर्डका प्रमुख डेभिड नर्थले सन् २००४ मा डब्लिनको ट्रिनिटी कलेजमा भनेका थिए, ‘सेप्टेम्बर २००२ मा निवारक युद्ध सिद्धान्तको घोषणा र मार्च २००३ मा इराकविरुद्ध आक्रामक युद्ध थालेसँगै यसको कार्यान्वयनले न्युरनवर्गमा नाजी नेताहरूविरुद्व लागु गरिएको कानुनी सिद्धान्तको अस्विकृतिलाई स्पष्ट पार्छ। अर्थात्, यसबाट अमेरिकाकी विदेश नीतिको पूर्ण र सबैभन्दा गहिरो कानुनी अर्थको रूपमा अपराधीकरणलाई बुझ्न सकिन्छ।’ भन्नुको अर्थ अमेरिकन विदेश पूर्णतः दोहोरो मापदण्डमा आधारित छ।

    नभएका नरसंहारकारी हतियारबारे अमेरिकाको हावा दाबी र ‘वार अन् टेरर’को विश्वव्यापी ‘जनादेश’का साथ वासिङ्टनले मध्यपूर्व र मध्य एसियाको पूरै सभ्यतालाई भग्नावशेषमा परिणत गरायो, दशौँ लाख मानिस मरे र दशौँ लाखले घरबार छोडे। यी प्रत्येक युद्धहरू विश्वशान्ति विरुद्धका अपराध थिए। यी मध्ये कुनै पनि देशले अमेरिकालाई सुरक्षा चुनौति दिएका थिएनन्। तपाईंले हस्तक्षेपकारी युद्धका परिभाषाका पुस्तकहरू अन्यत्र उति भेट्न सक्नुहुन्न, जति युद्धहरू वासिङ्टनले गत ३० वर्षयता गरेको छ।

    सन् १९४५ मा न्युरेम्बर्गको अन्तर्राष्ट्रिय न्यायाधिकरणले घोषणाा गरेको थियो, ‘युद्ध अनिवार्य रुपमा गलत काम हो, यसको परिणाम केवल लडाइँमा भाग लिने देशहरूले मात्रै भोग्दैनन्, यसबाट पूरै विश्वलाई नै असर पर्छ। यसकारण अतिक्रमणकारी युद्ध सुरु गर्नु अन्तर्राष्ट्रिय अपराध मात्रै होइन, यो सर्वोच्च र अन्तर्राष्ट्रिय अपराध पनि हो। यसले आफूभित्र समग्र दुष्टता समाहित गरेकाले यो अन्य युद्ध अपराधभन्दा पनि फरक छ।’
    क्लिन्टन, बुस, ओबामा र ट्रम्पले गरेका हस्तक्षेपकारी युद्धहरूमा अबु घ्राइब र ग्वान्टानामोका यातना दुष्टताहरू स्मरणीय छन्, जसमा खेलिरहेका बच्चाहरूमाथि ड्रोन आक्रमण, एकैचोटीको मिसाइल आक्रमणबाट निमिट्यान्न पारिएका गाउँ र भूमध्य सागरमा डुबाइएका शरणार्थीहरूका घट्ना पर्छन्। अमेरिकी बमबारीको घाउ र विस्मयको घेराभित्र बगदाद बर्बाद बनेको थियो। इराकको फाजुला शहर सेतो फस्फोरसबाट जलेको थियो।

    यी अपराधमा अमेरिकी मिडियाहरूको पनि उत्तिकै भूमिका छ। उनीहरूले आफ्नो सरकारको दाबीलाई कहिले पनि चुनौती दिएनन्, बरु उसका युद्ध गर्नुपर्ने अनेकौ बहानाहरू बनाए, युद्धको झ्याली पिटे। तिनले अमेरिकन जनतामा युद्धको ‘उन्माद’ फैलाए। आज पुटिनको निन्दा गर्ने ‘पण्डित’हरू उतिखेर ‘अन्य देश’का जनतालाई बमले उडाइदिन आफ्नो अमेरिकी सरकारसँग उग्र रूपमा माग गर्थे। जर्ज विलले वासिंगटन पोस्टमा अप्रिल ७, सन् २००४ मा लेखेका थिए, ‘व्यवस्था परिवर्तन, आधिपत्य र राष्ट्र निर्माणहरू रक्तपातपूर्ण काम हुन्। अब अमेरिकनहरू यति बलियो बन्नुपर्छ कि इराकका शहरी लडाकालाई खतम गर्ने स्तरको हिंसा मच्चाउनेगरी बलियो हुनुपर्छ।’

    थोमस फ्रेइडम्यानले न्युयोर्क टाइम्समा सन् १९९९ मा क्लिन्टनले सर्बियामा बमबारी गरेको विषयमा लेखेका थिए, ‘बेलग्रेडमा अध्याँरो हुनुपर्छ, प्रत्येक बिजुलीको ग्रिड, पानीको पाइप, पुल, सडक र यद्धबाट सम्बन्धित कारखानालाई लक्षित गरेर हमला गर्नु आवश्यक छ। हामी तिमिलाई कुल्चिएर तिम्रो देशलाई पुनः पछाडि धकेलिदिन सक्छौँ। के तिमी १९५० मा फर्कन चाहन्छौ? हामी त्यहाँ पुर्‍याइदिन सक्छौँ। के तिमी १३८९ मा फर्कन चाहन्छौँ? हामी त्यहाँ फर्काइदिन पनि सक्छौँ।’ अमेरिकाको युद्ध उन्माद यति नाङ्गो थियो।

    मिडिया उत्तेजनाकाबीच बाइडेनले पुटिनलाई युद्ध अपराधी करार गरिदिए। तर अमेरिकाका कदमलाई कहिँ र कतै पनि उल्लेख नगरीकन र सासैसमेत फेर्न नभ्याउने गरी अमेरिकी मिडियाहरू युद्धका लागि अहिले पनि उक्साइरहेका छन्। यदि पुटिनविरुद्ध यस्तो आरोप लगाउनु जायज लाग्छ भने उनीमाथि लागु भएका मापदण्डहरू अन्य नेता तथा अमेरिकी राष्ट्रपतिहरू विरुद्ध पनि लागु हुनुपर्छ, होइन र? वासिङ्टनका हरेक कथनहरूमा दुस्साहसका साथै घमण्डीपन र पाखण्डको धब्बा लागेको हुन्छ। विश्व इतिहासमा यस कुरालाई सायद, अद्वितीय मान्नुपर्ने हुन्छ। अमेरिकाको हातको कुहिनासम्मै रगत लत्पतिएको छ तर अमेरिकी साम्राज्य आफ्ना विरोधीहरूतिर औँला उठाउँछ र युद्ध अपराधको आरोप लगाउँछ।

    वर्ल्ड सोसलिस्ट वेभसाइटबाट नेपाल रिडर्सका लागि मेनुका बस्नेतको अनुवाद।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      जोसेफ स्क्यालिस

      जोसेफ स्क्यालिस

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.