Friday, May 20, 2022
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » युद्ध-अपराध र अपराधीहरू

युद्ध-अपराध र अपराधीहरू

यी अपराधमा अमेरिकी मिडियाहरूको पनि उत्तिकै भूमिका छ। उनीहरूले आफ्नो सरकारको दाबीलाई कहिले पनि चुनौती दिएनन्, बरु उसका युद्ध गर्नुपर्ने अनेकौ बहानाहरू बनाए, युद्धको झ्याली पिटे। तिनले अमेरिकन जनतामा युद्धको ‘उन्माद’ फैलाए। आज पुटिनको निन्दा गर्ने ‘पण्डित’हरू उतिखेर ‘अन्य देश’का जनतालाई बमले उडाइदिन आफ्नो अमेरिकी सरकारसँग उग्र रूपमा माग गर्थे।

जोसेफ स्क्यालिस by जोसेफ स्क्यालिस
March 31, 2022
- विमर्शका लागि, सामयिक
A A
1.4k
VIEWS
Share on FacebookShare on Twitter

अघिल्लो साता अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधीको आरोप लगाए। उनको यो ऐतिहासिक आरोप आपत्तिजनक छ। एक कार्यक्रमबाट फर्किने क्रममा भिडभाडका बीचमा बाइडेनलाई एक रिपोर्टरले सोधेका थिए, ‘के तपाईंलाई पुटिन वास्तवमै युद्ध अपराधी हुन् भन्ने लाग्छ?’ ‘होइन,’ बाइडेनले जवाफ दिए र उनी क्यामेराको विपरिततर्फ फर्किए। प्रश्न दोहोर्‍याउन आग्रह गर्दै बाइडेन पुनः क्यामेरातिर फर्किए र भने, ‘मलाई लाग्छ, उनी एउटा युद्ध अपराधी हुन्।’

बाइडेनको यो भनाई ‘आगो झोस्ने खालको’ र उत्तेजक भाषासहित आएको थियो। यस्तो भाषा विगतमा पनि वासिङ्टनले युक्रेनको विषयलाई लिएर रुससँग द्वन्द्व तीव्र बनाउने उद्देश्यसहित दोहोर्‍याउने गर्दथ्यो। बाइडेनले पुनः क्यामेरातिर फर्किएर यस्तो भनाइ राख्नुले प्रोपागान्डा मच्चाउने उद्देश्यका साथ तनावलाई झनै बढाउन र यसलाई निजीकृत गर्नका लागि सोची सम्झी नै उनले त्यस्तो बोलेको बुझ्न सकिन्छ। यस्तो भाष्य आउनुमा अमेरिकाको अपरीवर्तनीय चरित्र जिम्मेवार छ।

बाइडेनद्वारा लगाइएको यो आरोप सबैभन्दा गम्भीर आरोपहरूमध्ये एक हो। एउटा देशको राष्ट्रपतिलाई ‘अपराधी’ करार गर्दै लगाइको आरोपमात्रै होइन यो, हस्तक्षेपकारी युद्ध छेडेको र शान्तिविरुद्ध अपराध गरेको आरोप पनि छ। यस्तैप्रकारको सुरुवात नै धेरैजसो रक्तपात र युद्ध अपराधको अन्तिम कारण हो। यदि यही कठोर मानकलाई आधार मान्ने हो भने त पछिल्ला ३० वर्षमा शासन गरेका हरेक अमेरिकी राष्ट्रपतिहरू युद्ध अपराधी नै हुन्।

दोस्रो विश्वयुद्धको अन्त्यमा न्युरमवर्गमा नाजी जर्मनीका नेता र जापानी साम्राज्यका पूर्व नेताहरूलाई युद्ध अपराधको आरोप लगाइएको थियो। यसै आधारमा टेकेर हस्तक्षेपकारी युद्धको योजना बनाउने र युद्ध गर्नेहरूविरुद्ध अन्तराष्ट्रिय वैध सिद्धान्तको स्थापना गरियो, र, त्यस सिद्धान्तले त्यस्ता युद्धहरूलाई ‘विश्वशान्ति विरुद्धका अपराध’ मान्यो।

युद्धविरोधी त्यस खालको सिद्धान्तलाई सन् १९५० मा संयुक्त राष्ट्र मानवअधिकार घोषणापत्रद्वारा न्युरमवर्ग सिद्धान्त ६(ए) द्वारा स्थापित गरिएको थियो। सन् १९४६ मा न्युरमवर्ग मुद्दाका मुख्य अभियोजनकर्ता रबर्ट एच ज्याक्सनले लेखेका थिए, ‘सन्धीहरूको उल्लघंन हुने खालका केही निश्चित कार्यहरू नै अपराध हुन्, चाहे त्यो अमेरिकाले गरेको होस् वा जर्मनीले। जसले गरेको भएपनि त्यो अपराध हो र हामी आफूविरुद्ध लागु गर्न नसक्ने आपराधिक आचरणको नियमकानून अन्यका विरुद्ध समेत बनाउन तयार छैनौँ।’

आफैँले त्यस सार्वभौम र बाध्यकारी अन्तर्राष्ट्रिय नजिर तयार गर्न महत्वपूर्ण भूमिका निभाएको भएपनि वासिंगटनले सो वाध्यकारी सिद्धान्त/नियमलाई आफूलाई भने नलाग्ने कुराको सुनिश्चित गर्न हरसम्भव प्रयास गर्‍यो।

RelatedPosts

आवश्यकता, उपभोक्तावाद र शोषण

आवश्यकता, उपभोक्तावाद र शोषण

May 19, 2022
अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

May 16, 2022

मुलुक दुई दलीयतातिर होइन, यिनीहरुका विरुद्ध नयाँ एलाइन्स या मुभमेन्ट खोज्दैछ

May 12, 2022

प्रकृति र पर्यावरणबारे कार्ल मार्क्स

May 6, 2022

नरसंहार, युद्ध अपराध र आक्रमणको अपराधको मुद्दा चलाउनका लागि रोम सन्धिमा हस्ताक्षर गरिएसँगै सन् १९९८ मा अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी)–हेगको स्थापना भएको हो। अमेरिकाले वर्षौंसम्म यस अदालतको निर्माणमा ढिलाई गर्‍यो र त्यसमा बाधा अड्चन खडा गर्‍यो। र, यस अदालतको आधिकारिकतामा हस्ताक्षर गर्न पहिले इन्कार गरेको थियो। एकातर्फ अमेरिका पुटिन तथा यसका भूराजनीतिक शत्रुहरूलाई ‘युद्ध अपराधी’ र ‘नरसंहारक’ सम्मको आरोप लगाइरहेको हुन्छ, अर्कोतर्फ त्यही अमेरिका आइसीसीको आधिकारिकतालाई अस्वीकार गर्छ र आफ्ना राजनीतिक तथा सैन्य नेताहरू र यसका कुनै पनि लडाकुहरूमाथि आइसीसीको अधिकार रहनुहुन्न भन्छ। वासिङ्टन एउटा घमण्डी र कुटिल न्यायधिशलेझैँ ‘अन्तर्राष्ट्रिय व्यवस्थामा आधारित नियमहरूको’ कुरा गर्छ। उ विश्वका बाँकी कानुनमाथि मनोमानी ढंगले हावी हुन खोज्छ, फेरि उसैले त्यही कानूनको खुल्ला रुपले उल्लघंन पनि गरेको हुन्छ।

अमेरिकाले न्युरमवर्ग परिभाषाको माध्यमबाट पछिल्ला ३० वर्षमा इराक, युगोस्लाभिया, अफगानिस्तान, फेरि इराक, सिरिया, यमन, लिवियामा गरेका सबै युद्धहरू, युद्धअपराधीबाट रचिएकै आक्रमण र युद्धहरू हुन्। न्युरमवर्ग सिद्धान्तको उल्लघंनलाई अमेरिकी नीतिका रूपमा सन् २००२ मा बुस प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिमा संहिताबद्ध गरिएको छ। त्यसले अमेरिकालाई दोस्रो देशविरुद्ध एकतर्फी सैन्य कारवाही गर्नका लागि अधिकार दिने कुरामा जोड दिन्छ। आत्मरक्षाको कुनै विश्वासिलो प्रमाण पेश नगरी कारवाही गर्ने अनुमति दिन्छ। वासिङ्टनले दुईवटा विश्वयुद्धहरूको जगमा टेकेर अब आफूहरूले स्थापित मानकहरूलाई पूरा गर्न आवश्यक नरहेको घोषणा गर्‍यो। आसन्न आक्रमणको त्रास देखाएर उ आफ्ना सैन्य कारवाहीलाई सही ठहर्‍याउन थाल्यो। अमेरिकी नीतिको नाङ्गो साधन नै युद्ध थियो।

‘वर्ल्ड सोसलिस्ट वेबसाइट’का अन्तर्राष्ट्रिय सम्पादकीय बोर्डका प्रमुख डेभिड नर्थले सन् २००४ मा डब्लिनको ट्रिनिटी कलेजमा भनेका थिए, ‘सेप्टेम्बर २००२ मा निवारक युद्ध सिद्धान्तको घोषणा र मार्च २००३ मा इराकविरुद्ध आक्रामक युद्ध थालेसँगै यसको कार्यान्वयनले न्युरनवर्गमा नाजी नेताहरूविरुद्व लागु गरिएको कानुनी सिद्धान्तको अस्विकृतिलाई स्पष्ट पार्छ। अर्थात्, यसबाट अमेरिकाकी विदेश नीतिको पूर्ण र सबैभन्दा गहिरो कानुनी अर्थको रूपमा अपराधीकरणलाई बुझ्न सकिन्छ।’ भन्नुको अर्थ अमेरिकन विदेश पूर्णतः दोहोरो मापदण्डमा आधारित छ।

नभएका नरसंहारकारी हतियारबारे अमेरिकाको हावा दाबी र ‘वार अन् टेरर’को विश्वव्यापी ‘जनादेश’का साथ वासिङ्टनले मध्यपूर्व र मध्य एसियाको पूरै सभ्यतालाई भग्नावशेषमा परिणत गरायो, दशौँ लाख मानिस मरे र दशौँ लाखले घरबार छोडे। यी प्रत्येक युद्धहरू विश्वशान्ति विरुद्धका अपराध थिए। यी मध्ये कुनै पनि देशले अमेरिकालाई सुरक्षा चुनौति दिएका थिएनन्। तपाईंले हस्तक्षेपकारी युद्धका परिभाषाका पुस्तकहरू अन्यत्र उति भेट्न सक्नुहुन्न, जति युद्धहरू वासिङ्टनले गत ३० वर्षयता गरेको छ।

सन् १९४५ मा न्युरेम्बर्गको अन्तर्राष्ट्रिय न्यायाधिकरणले घोषणाा गरेको थियो, ‘युद्ध अनिवार्य रुपमा गलत काम हो, यसको परिणाम केवल लडाइँमा भाग लिने देशहरूले मात्रै भोग्दैनन्, यसबाट पूरै विश्वलाई नै असर पर्छ। यसकारण अतिक्रमणकारी युद्ध सुरु गर्नु अन्तर्राष्ट्रिय अपराध मात्रै होइन, यो सर्वोच्च र अन्तर्राष्ट्रिय अपराध पनि हो। यसले आफूभित्र समग्र दुष्टता समाहित गरेकाले यो अन्य युद्ध अपराधभन्दा पनि फरक छ।’
क्लिन्टन, बुस, ओबामा र ट्रम्पले गरेका हस्तक्षेपकारी युद्धहरूमा अबु घ्राइब र ग्वान्टानामोका यातना दुष्टताहरू स्मरणीय छन्, जसमा खेलिरहेका बच्चाहरूमाथि ड्रोन आक्रमण, एकैचोटीको मिसाइल आक्रमणबाट निमिट्यान्न पारिएका गाउँ र भूमध्य सागरमा डुबाइएका शरणार्थीहरूका घट्ना पर्छन्। अमेरिकी बमबारीको घाउ र विस्मयको घेराभित्र बगदाद बर्बाद बनेको थियो। इराकको फाजुला शहर सेतो फस्फोरसबाट जलेको थियो।

यी अपराधमा अमेरिकी मिडियाहरूको पनि उत्तिकै भूमिका छ। उनीहरूले आफ्नो सरकारको दाबीलाई कहिले पनि चुनौती दिएनन्, बरु उसका युद्ध गर्नुपर्ने अनेकौ बहानाहरू बनाए, युद्धको झ्याली पिटे। तिनले अमेरिकन जनतामा युद्धको ‘उन्माद’ फैलाए। आज पुटिनको निन्दा गर्ने ‘पण्डित’हरू उतिखेर ‘अन्य देश’का जनतालाई बमले उडाइदिन आफ्नो अमेरिकी सरकारसँग उग्र रूपमा माग गर्थे। जर्ज विलले वासिंगटन पोस्टमा अप्रिल ७, सन् २००४ मा लेखेका थिए, ‘व्यवस्था परिवर्तन, आधिपत्य र राष्ट्र निर्माणहरू रक्तपातपूर्ण काम हुन्। अब अमेरिकनहरू यति बलियो बन्नुपर्छ कि इराकका शहरी लडाकालाई खतम गर्ने स्तरको हिंसा मच्चाउनेगरी बलियो हुनुपर्छ।’

थोमस फ्रेइडम्यानले न्युयोर्क टाइम्समा सन् १९९९ मा क्लिन्टनले सर्बियामा बमबारी गरेको विषयमा लेखेका थिए, ‘बेलग्रेडमा अध्याँरो हुनुपर्छ, प्रत्येक बिजुलीको ग्रिड, पानीको पाइप, पुल, सडक र यद्धबाट सम्बन्धित कारखानालाई लक्षित गरेर हमला गर्नु आवश्यक छ। हामी तिमिलाई कुल्चिएर तिम्रो देशलाई पुनः पछाडि धकेलिदिन सक्छौँ। के तिमी १९५० मा फर्कन चाहन्छौ? हामी त्यहाँ पुर्‍याइदिन सक्छौँ। के तिमी १३८९ मा फर्कन चाहन्छौँ? हामी त्यहाँ फर्काइदिन पनि सक्छौँ।’ अमेरिकाको युद्ध उन्माद यति नाङ्गो थियो।

मिडिया उत्तेजनाकाबीच बाइडेनले पुटिनलाई युद्ध अपराधी करार गरिदिए। तर अमेरिकाका कदमलाई कहिँ र कतै पनि उल्लेख नगरीकन र सासैसमेत फेर्न नभ्याउने गरी अमेरिकी मिडियाहरू युद्धका लागि अहिले पनि उक्साइरहेका छन्। यदि पुटिनविरुद्ध यस्तो आरोप लगाउनु जायज लाग्छ भने उनीमाथि लागु भएका मापदण्डहरू अन्य नेता तथा अमेरिकी राष्ट्रपतिहरू विरुद्ध पनि लागु हुनुपर्छ, होइन र? वासिङ्टनका हरेक कथनहरूमा दुस्साहसका साथै घमण्डीपन र पाखण्डको धब्बा लागेको हुन्छ। विश्व इतिहासमा यस कुरालाई सायद, अद्वितीय मान्नुपर्ने हुन्छ। अमेरिकाको हातको कुहिनासम्मै रगत लत्पतिएको छ तर अमेरिकी साम्राज्य आफ्ना विरोधीहरूतिर औँला उठाउँछ र युद्ध अपराधको आरोप लगाउँछ।

वर्ल्ड सोसलिस्ट वेभसाइटबाट नेपाल रिडर्सका लागि मेनुका बस्नेतको अनुवाद।

 

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
जोसेफ स्क्यालिस

जोसेफ स्क्यालिस

Related Posts

आवश्यकता, उपभोक्तावाद र शोषण

आवश्यकता, उपभोक्तावाद र शोषण

by nepal_readers
May 19, 2022

-संजय राय- आवश्यकता र वस्तुबीचको एउटा स्थानको नाम हो बजार। वास्तवमा आवश्यकताका वस्तुहरू आपूर्तिका लागि बजार अस्तित्वमा आएको हुनुपर्छ। बजारको...

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

by मीना पौडेल
May 16, 2022

नेपालको अहिलेको राजनीतिलाई निस्पक्ष र आलोचनात्मक रुपले हेर्दा यहाँ विचारको शुन्यता देखिन्छ। कुनैपनि पार्टीले एउटा निश्चित विचार दिन सकेका छैनन्।...

मुलुक दुई दलीयतातिर होइन, यिनीहरुका विरुद्ध नयाँ एलाइन्स या मुभमेन्ट खोज्दैछ

by सरिता तिवारी
May 12, 2022

हाम्रो राजनीतिमा एउटा वामपन्थ, अर्को दक्षिणपन्थ पक्ष तथा वाम र दक्षिणपन्थीबीचको अर्को पक्ष छ। समाजलाई प्रगतिशील बनाउनका लागि फरक शक्तिहरूबीच...

प्रकृति र पर्यावरणबारे कार्ल मार्क्स

by nepal_readers
May 6, 2022

पछिल्ला दुई दसकमा प्रकाशित विभिन्न कृतिहरूले कार्ल मार्क्सका कृतिमा रहेका पर्यावरणसम्बन्धी कुरालाई सतहमा ल्याएका छन् । मार्क्सले पर्यावरणको प्रश्नलाई कुनै...

कार्ल मार्क्सको समाधिस्थलमा एंगेल्सको भाषण

कार्ल मार्क्सको समाधिस्थलमा एंगेल्सको भाषण

by nepal_readers
May 6, 2022

१४ मार्चको दिउँसो पौने तीन बजे, संसारका एक महान विचारकको चिन्तन-क्रिया रोकियो । उनलाई मुस्किलले २ मिनेटका लागि एक्लै छोडिएको...

संयमित भयौँ भने कम्युनिष्टहरूबीच एकता हुने परिस्थिति आउँछ

by दिनानाथ शर्मा
May 5, 2022

राजनीतिबाट आफूलाई केही फाइदा हुन्छ भनेर होइन, बरु राष्ट्रलाई केही दिनुपर्छ भनेर हामी जनयुद्ध पहिलेदेखि नै कम्युनिष्ट आन्दोलनमा लागेका हौँ।...

Leave Comment

Recommended

नेकपा एमाले धुलो टक्टक्याएर भएपनि अगाडि बढ्छ

9 months ago
प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति सार्वजनिक, मन्त्रीहरु सुनका पारखी (पूर्ण विवरणसहित)

लकडाउनको ८३ दिनपछि दुई सिफ्टमा खुले सरकारी कार्यालयहरु

2 years ago

Connect with us

Popular Post

  • बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

    बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

    0 shares
    Share 0 Tweet 0
  • पितृसत्तालाई मन नपर्ने ‘थुतुनो’

    0 shares
    Share 0 Tweet 0
  • भुत्ता कम्युनिष्ट, विज्ञान र भौतिकवाद

    0 shares
    Share 0 Tweet 0
  • अघिल्लो पटक जहाँ महिलाहरूले नेतृत्व गरे, त्यहाँ भ्रष्टाचार र बेरुजु कम भयो

    0 shares
    Share 0 Tweet 0
  • चिन्तनका हिसाबले मार्क्सवाद धेरै अगाडि छ

    0 shares
    Share 0 Tweet 0
  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In