Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ विचार चाहिएको छ

हामीसँग नयाँ विचार नभएका कारण आन्दोलन खुम्चिएको हो। कसरी अगाडि बढ्ने भन्नेबारे नयाँ विचार नभएका कारण हामी कमजोर भएका हौँ। अतः अहिलेको कार्यभार त्यही नयाँ विचार हो भन्ने लाग्छ मलाई।

रोशन जनकपुरी रोशन जनकपुरी
बैशाख २, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कम्युनिष्ट आन्दोलन केवल निरन्तर क्रान्तिमात्र होइन र सत्ता प्राप्ति मात्रै पनि होइन। क्रान्ति र सत्ता दुईवटै केवल साधन हुन्। मूलतः कम्युनिष्ट क्रान्ति भनेको सामाजिक परिवर्तन हो। क्रान्तिका सन्दर्भमा माओले एउटा वर्गले अर्को वर्गको तख्ता पल्टाउने कुरा गरेका छन्। उनले ‘क्रान्ति भोजभतेर होइन र सामान्य गफगाफ पनि होइन’ पनि भनेका छन्। एउटा वर्गले अर्को वर्गको सत्ता कब्जा गरेरै मात्रै क्रान्ति सम्पन्न हुँदैन। अर्थात् त्यस्ता क्रान्तिमार्फत् के प्राप्त हुन्छ भन्ने कुरा महत्वपूर्ण हो। मार्क्सले त साम्यवादलाई नै क्रान्तिको अन्तिम उदेश्य मानेका छन्।

    क्रान्तिपछि सत्ता प्राप्ति पनि हुन्छ, सामाजिक परिवर्तन वा सर्वहारा वर्गको राज्य निर्माणको प्रक्रियामा जान्छ। क्रान्तिमा अन्तरविरोधहरू पनि हुन्छन्। तर क्रान्तिले अन्तरविरोधकहरूको समाधान पनि गर्दै जान्छ। क्रान्तिपछि स्थापित कम्युनिष्ट सत्ताले समाजमा भएका पूँजी अर्थात् नाफाका स्रोतहरूलाई सामूहिकतातर्फ लैजान्छ। अवसरहरूलाई समान बनाउँछ र अन्ततः समाजवाद हुँदै साम्यवादसम्मको लक्ष्यमा पुर्‍याउँछ। यो लक्ष्यको सम्पूर्ण प्रक्रिया नै कम्युनिष्ट क्रान्ति हो। लेनिन भन्छन्, ‘साम्यवादसम्म पुग्नलाई हजारौँ क्रान्ति गर्नुपर्ने हुन्छ। विभिन्न क्रान्तिहरूको योगमा साम्यवादमा पुगिन्छ।’ क्रान्तिलाई प्रक्रियामा बुझ्ने हो भने सजिलै बुझ्न सकिन्छ।

    पहिले सत्ता अनि परिवर्तन?

    तर कस्तो सत्ता प्राप्ति गर्ने भन्ने प्रश्न आउँछ। सत्ता त अनेकौँ प्रकारका हुन्छन्। कम्युनिष्टहरूले प्राप्त गर्ने भनेको यस्तो सत्ताचाहिँ समाजवादतिर विकसित हुँदै जाने सत्ता हो। त्यो यस्तो सत्ता होइन, जुन सधैँ एउटै वर्गका लागि हुन्छ। अहिलेको सत्ताको स्वरूप र यसको दिशाचाहिँ पूँजिवादतर्फ लक्षित छ। नाफातिर जाँदै नीजि सम्पत्तिलाई प्रोत्साहन गर्छ आजको सत्ताले। कम्युनिष्ट सत्ताचाहिँ अलग हो। अहिलेका जति पनि राजनीतिक, सामाजिक र आर्थिक स्रोतहरू छन्, ति सबैले नाफा उत्पादन र निजि सम्पत्तिको विकास गरिरहेका छन्। सामूहिक भन्दा पनि खासखास व्यक्तिको हितमा काम गरिरहेको छ अहिलेको सत्ताले। नारा जेसुकै दिए भने पनि परिणाममा त्यही देखिन्छ।

    रणनीति र संसदीय भास

    कम्युनिष्टहरू सत्तामा जानु र नजानु एउटा प्रश्न हो। कम्युनिष्टहरू व्यवहारिक रूपमा सत्तामा जान पनि सक्छन्। कम्युनिष्टहरूले कुनै बेला संसदीय राजनीतिको भोग गर्छन् त कुनै बेला बहिस्कारसमेत गर्छन्। कम्युनिष्टहरू संसदीय सत्तामा जानुको अर्थ अस्तित्वमा रहेको पुरानो सत्तालाई भंग गर्ने उदेश्यका साथ जानु हो। उनीहरू पुरानै सत्तामा मिसिनु भनेको चाहिँ कम्युनिष्ट आन्दोलनको विसर्जन हो। अतः उनीहरूले त पुरानो सत्तालाई ध्वस्त गर्ने हो। लेनिनले भनेका छन् नि, ‘राष्ट्रिय क्रान्तिकारी संकटको स्थिति निर्माण गर्दै जाने र एउटा समग्र संरचनालाई क्रान्तिकारी संकटमा धकलिदिने उद्देश्यका साथ कम्युनिष्टहरू सत्तामा जाने हो भने त्यस्तो कदम ठीक हो।’

    सत्तामा छिरेर आफ्नो फरक चरित्र निमार्ण गर्ने हो भने त कम्युनिष्ट सत्तामा जानु ठीक छ। तर अहिले नेपालका कम्युनिष्टहरू सत्तामा छिर्नेवित्तिकै संसदीय दलदलमा गइरहेका छन्। संसदीय राजनीतिमा गए पनि उनीहरूले क्रान्तिको तयारी गरिरहेका छन् कि छैनन् भन्ने कुरा महत्वपूर्ण हो। संसदीय राजनीतिमा लागेर यदि राष्ट्रिय स्तरमा कम्युनिष्टहरूले एउटा क्रान्तिकारी संकट निर्माण गरिरहेका छन् भने ठीक हो। यदि आफैँ संसदीय भासमा जाकिइरहेका छन् भने कम्युनिष्टहरू सत्तामा बस्नु ठीक छैन। त्यहाँबाट उनीहरू फर्किनुपर्छ। उनीहरूले नयाँ तरिकाबाट क्रान्तिको तयारी गर्नुपर्छ।

    लेनिनले पनि यस्ता दुई अवस्थालाई ‘असंगत जनवाद र सुसंगत जनवाद’ भनेका छन्। उनका अनुसार कम्युनिष्टहरूले समाजलाई समाजवादको दिशामा अगाडि लैजाने जनवादको प्रयोग गर्नुपर्छ। समाजवादतर्फ लागि बाटो सफा गर्दै लैजान्छ भने त्यस्तो जनवादलाई कम्युनिष्टहरूले प्रयोग गर्नुपर्छ। यदि प्रजातन्त्र वा लोकतन्त्रले समाजवादी बाटोमा अवरोध ल्याउँछ भने त्यस खालको जनवाद काम छैन। कम्युनिष्टहरुलाई खुम्च्याउँदै लैजाने वा निरिह बनाउने जनवाद नै असंगत जनवाद हो। त्यस्तो असंगत जनवादसँग कम्युनिष्टहरूले तुरुन्तै सम्बन्ध विच्छेद गर्नुपर्छ र नयाँ दिशा खोज्नुपर्छ भनेर लेनिनले सुझाएका छन्।

    असंगत जनवाद

    अहिले सत्ताको राजनीतिमा रहेका कम्युनिष्ट पार्टी र नेताहरूको व्यवहार र आचरण पूँजीवादी रूपमा व्यक्त भइरहेको छ कि छैन? उनीहरूको वर्गोत्थान भइरहेको छ कि छैन? आज हेर्दा उनीहरूको वर्गोत्थान भइरहेको छ। उनीहरूमा विचारको वहस सक्किँदै गइरहेको छ। शक्तिमा जानेवित्तिकै राजनीतिमै संलग्न नभएका आफन्तहरूलाई लाभका पदमा अगाडि सारिरहेका छन् उनीहरू। संसदमा गएर विरोधी पक्षविरुद्ध सैद्वान्तिक बहसहरू चलाउनुपर्नेमा उनीहरू उल्टै दलाल पूँजीपतिहरू र बिरोधी वैदेशिक शक्तिहरुसँग हिमचिम बढाइरहेका छन्। यता जनतासँग यी कम्युनिष्टहरूको सम्बन्ध पनि टुट्दै गइरहेको छ। अहिले जो सत्तामा छन्, यिनीहरू कम्युनिष्ट आन्दोलन गरिरहेका छैनन्, बरु आन्दोलनका नाममा जनतालाई धोका दिइरहेका छन्। त्यसकारणले यो गलत दिशा हो भनेर हामीले बुझ्नुपर्छ।

    दुई तिहाइको सरकारको बिघटन

    सिद्वान्तहरूलाई एक छेउ लगाएर अवसरहरूको आधारमा बनाइएको नेकपाको सरकार थियो झण्डै दुई तिहाइको सरकार। त्यसको एउटै उद्देश्य सरकारमा दुई तिहाईसहित जानुमात्रै थियो। जनताको दृष्टिकोणबाट हेर्दा त त्यस सरकारले कुनै फल दिएन। क्रान्तिकारी रूपमा त्यस सरकारले जनतालाई कुनै फरक परिरहेको थिएन। कम्युनिष्ट आन्दोलनको दृष्टिकोणले त्यो नेकपा बन्नु र नबन्नुको खासै कुनै अर्थ थिएन।

    ब्यानरका रूपमा कम्युनिष्ट ब्यानरमा केही धेरै थोरै मानिसहरू जम्मा हुनु एउटा कुरा होला। कुनै संसदीय कम्युनिष्टहरुले चुनाबमा २–४ सिट तल माथि गर्ला, त्यो फरक कुरा हो। तर कम्युनिष्ट आन्दोलन र समाजवादी आन्दोलनबारे हामीले फरक किसिमले नसोचेसम्म यी कुनै पार्टी, कुनैमा मिसिएर केही फरक पर्नवाला छैन।

    बिरामी र डाक्टर

    कम्युनिष्टहरू सधैं क्रान्तिका कुरामात्रै गर्छन् भनेर मान्छेहरू आलोचना पनि गर्छन्। तर कोही बिरामी छ भने उसले खोज्ने त आखिर डाक्टर नै हो। एउटा डाक्टरले भएन भने अर्को डाक्टर खोज्ने हो। क्रान्तिको हकमा पनि त्यही हो, पछिल्लो क्रान्तिले भएन भने अर्को उन्नत क्रान्ति गर्ने हो। रोगको उपचार नभएसम्म बिरामीले डाक्टरको खोजी गरिरहन्छ। समाजमा समस्या रहेसम्म क्रान्ति त निरन्तर आवश्यक भइरहन्छ। मार्क्सवादी दृष्टिकोणबाट हेर्ने हो भने कम्युनिष्ट पार्टीले मजदुर, किसान र उत्पीडित वर्ग समुदायको प्रतिनिधित्व गर्ने हो। सर्वहारा वर्गकै राज्य निर्माण गर्ने हो।

    त्यो भनेको मजदुर, किसान, उत्पीडित समुदाय र निम्न मध्यम वर्गको प्रतिनिधित्व नै हो। समायोजनको स्थितिमा संघर्षको स्थिति निर्माण गर्ने हो। यदि हामी मार्क्सवादी हो भने हाम्रो विश्वास हो : क्रान्तिका निम्ति हिंसा एउटा अनिवार्य सर्त हो। तर त्यसका लागि एउटा स्थिति निर्माण गर्नुपर्छ। साम्यवादको तयारीमा जाने हो भने लडाईं त लड्नै पर्छ। समय भन्दा अगाडि नै लडियो भने पनि क्रान्ति फाल्तु हुनजान्छ। हाम्रो स्थिति हेर्ने हो भने यहाँ आन्दोलनको पटक–पटक तयारी भयो तर एउटा बिन्दुमा गएर आन्दोलन बिसर्जन भयो। हामीले क्रान्तिमार्फत चाहेको त्यस्तो नयाँ राज्यले कमजोरहरुको हित गर्छ। यो त्यस्तो संरचना हो, जसले सबैभन्दा कमजोर वर्गको हक अधिकारको सुरक्षा राज्यले गर्छ। र, तिनै कमजोर वर्गको लागि नै क्रान्तिको तयारी गर्ने कुरा हामी गर्छौँ।

    धेरथोर परिवर्तन र आन्दोलनका समस्या

    हामीले आशिंक उपलब्धि त पाएका छौँ। हिजोसम्म क्रान्तिको कुरा गर्दा एक्लै लुकेर कोठामा गर्नुपर्थ्यो। तर आज हामी सडकमा जताततै क्रान्तिका बारेमा बहस र छलफल गर्नसक्छौँ। तर यी यतिमात्रै सामाजिक रुपान्तरण पर्याप्त छैनन्। त्यसैले हामी अब नयाँ तयारीमा जानुपर्छ।

    र, अहिले जनयुद्व सक्किएपछि कम्युनिष्टको वैचारिक केन्द्र नै ध्वस्त भएको छ। पहिले कता जाने या केन्द्रित हुन्नेबारे दुई–तीन वटा विन्दुहरु थिए : मालेको वैचारिक विन्दु, जनयुद्व गरेकै माओवादीहरूको अर्को विन्दु र मोहनविक्रमहरूको अर्को विन्दु थियो। तर अहिले ती छैनन्। र, गणतन्त्र आइसकेपछि थुप्रै नयाँ चीजहरू पनि जन्मिएका छन्। जस्तैः संघियताको प्रश्न, दलित आन्दोलन, पहिचान र अस्मिताको प्रश्न तथा धर्मनिरपेक्षता। यसमा केही सकारात्मक कुराहरू पनि छन र जडता पनि छन्। पहिचान र दलितकै आन्दोलनले पनि एक किसिमले कम्युनिष्ट आन्दोलनमाथि प्रहार गरेको छ।

    त्यसले कम्युनिष्ट आन्दोलनलाई प्रभावित पनि पारेको छ। हिजोसम्म हाम्रा आदर्शहरू मार्क्स र एंगेल्स हुने गर्थे। आज कम्युनिष्ट आन्दोलनमा एउटा हिस्सा छ, जसले आफ्नो आदर्श राममनोहर लोहिया र डा. भिमराव अम्बेडकरलाई मान्न थालेको छ। माथिबाट हेर्दा भिमराव अम्मेडकर जतिसुकै दलित चिन्तक देखिए पनि सारमा उनी कम्युनिष्ट विरोधी हुन् भनेर तिनको सही मूल्यांकन गर्न सकेका छैनन् उनीहरूले। अम्मेबडकरको जीवन र विचारलाई गहिरो रूपमा अध्ययन गर्ने हो भने उनले कम्युनिष्ट विरोधी समूह खडा गर्न खोजेको देखिन्छ।

    नयाँ वैचारिक केन्द्रको आवश्यकता

    भारतीय स्वतन्त्रता आन्दोलनताक अम्बेडकर त्यहाँको कंग्रेस पार्टी नजिक भए तर कम्युनिष्टहरूको नजिक गएनन्। उनी किन कम्युनिष्टहरूसँग निकट भएनन् त भन्ने त प्रश्न उठ्छ नि! नेपालको जनयुद्वले भने समग्र सबै आन्दोलनहरूलाई आफूमा समेटेको थियो। वर्गीय, लैंगिक, क्षेत्रीय र जातीय सबै आन्दोलनलाई त्यसले सम्बोधन गर्न खोजेको थियो। एउटा साझा आन्दोलन खडा गर्न खोजिएको थियो। तर अहिले दलित आन्दोलनले एकल आन्दोलन खडा गर्न खोजेको जस्तो देखिन्छ। दलितको नेता दलित मात्रै र महिलाका नेता महिला मात्रै भन्ने दृष्टिकोण निर्माण हुन थालेको देखिन्छ। तर यो चिन्तन समस्याग्रस्त छ।

    आन्दोलनमा अन्य समस्याहरू पनि छन्। तर सबै समस्याग्रस्त चिन्तन र जडताहरूबाट मुक्त भएर मार्क्सवाद, लेलिनवाद र माओवादभित्रै एउटा क्रान्तिकारी अवधारणा विकास गर्नुपर्छ। नवमार्क्सवादी र उत्तर मार्क्सवाद आजको गम्भिर वैचारिक समस्या हो।* यस विरुद्व लड्न एउटा वैचारिक केन्द्र निर्माण गर्नुपर्छ। यो नै नयाँ किसिमको क्रान्तिको एउटा कार्यभार हो।

    वि.सं. २००६ सालदेखि अहिलेसम्म नेपालमा जति आन्दोलनहरू भए, त्यसको एउटा सत्र सक्कियो जस्तो लाग्छ मलाई। अब नयाँ पुस्ता आउनपर्छ र बहसहरू चलाउनुपर्छ। यी बहसहरूले नयाँ वैचारिक केन्द्रको निर्माण गर्नुपर्छ। फेरि, एक खालका नयाँ लक्ष्यहरू निर्धारण गरेर नेपालको मार्क्सवादी आन्दोलनमा नयाँ वैचारिक केन्द्र निर्माण गर्नुपर्छ। त्यो नभएसम्म अरु उपाय छैन। हामीसँग नयाँ विचार नभएका कारण आन्दोलन खुम्चिएको हो। कसरी अगाडि बढ्ने भन्नेबारे नयाँ विचार नभएका कारण हामी कमजोर भएका हौँ। अतः अहिलेको कार्यभार त्यही नयाँ विचार हो भन्ने लाग्छ मलाई।

    वामपन्थी लेखक रोशन जनकपुरीसँग नेपाल रिडर्सले गरेको कुराकानीमा आधारित अन्तर्वार्ता।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      रोशन जनकपुरी

      रोशन जनकपुरी

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.