Date
बुध, जेष्ठ ६, २०८३
Wed, May 20, 2026
Wednesday, May 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पूँजीवाद: मिथक, भ्रम र वास्तविकता

दशौँ हजार वर्षसम्म मानिसहरू ‘जनावर मार्ने र खाइहाल्ने’ शिकारीका रूपमा रहे। कुनैपनि प्रकारको ‘सामाजिक अतिरिक्त’ बचत वा सँग्रह नगरी उनीहरू प्रकृतिबाट जे चाहन्थे, त्यही लिन्थे। त्यस समयका मानिसहरू धेरै समाजवादी थिए, जोसँग निजी सम्पत्ति, सामाजिक वर्ग वा उनीहरूमाथि शासन गर्ने राज्यशक्ति थिएन। यसका अलावा लिङ्गआधारित असमानता र उत्पीडनका बारेमा उनीहरूलाई थाहा नै थिएन। ती त पछि गएर बनेका हुन्।

nepal_readers nepal_readers
बैशाख ५, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -जोन क्लार्क-

    स्वनिर्मित अर्बपतिहरूले कसरी व्यवसाय सुरु गरे र उनीहरू कसरी धनी बन्न सफल भए भन्ने बारेमा एउटा लोककथा छ: एउटा बालक स्याउको बँगैचानजिकै बस्ने गर्छ। एकदिन उ पर्खाल नाघेर बँगैचाभित्र प्रवेश गर्छ र आफ्नो कोटमा अट्ने जति स्याउ टिप्छ। स्याउहरू लिएर उ मानिसहरूको ढोका ढोका चाहर्छ र स्याउ बेचेर दिनको ३ डलर कमाउँछ। त्यो पैसा आफ्नो उपचारमा खर्च गर्नुको सट्टा उसले दुईवटा ठूला टोकरीहरू किनेर फर्किन्छ र टोकरीभरी स्याउ टिपेर राख्छ, जसको मूल्य जम्मा २७ डलर पर्छ। पछि एक दिन त्यस बालकका हजुरबुवाको मृत्यु हुन्छ। र, हजुरबाउले उसलाई २५० मिलिअन डलर पैतृक सम्पत्ति छोडेर जान्छन्।

    यो छोटो कथाले ‘र्याग्स् टु रिच’ मिथलाई न्यायिक उपहास गरेको छ। वास्तवमा अधिकांश पूँजीपतिहरूले धनाढ्य अभिभावकको विराशतकै जगमा टेकेर सम्पत्ति कमाएका हुन्छन्। तर, उनीहरूले जीवनमा कमाएका थप सम्पत्ति कहाँबाट आएका हुन् भन्ने प्रश्न खडा हुन्छ। अधिका‌श पूँजीपतिहरू के दावी गर्छन् भने- आफूले पूँजीको चलाखीपूर्ण लगानी तथा आफ्नो उद्यम कुशलतामार्फत सम्पत्ति कमाउन सफल भएको हो।

    धेरै मिडियाहरूले पनि अर्बपतिहरूले कसरी सफलताको सिँढी चढे भन्ने विषयमा स्टोरीहरू लेख्ने गर्छन्। जसका लागि उनीहरूको चतुर रोजाइ, कुशलता तथा तथा समझदारी नै कारक ठानिन्छ। तर, हामीले बिरलै ती मजदुर वर्गको जीवनका बारेमा पढ्छौँ, जसको श्रमबाट पूँजीपतिहरूका ढुकुटी भरिन्छन्। पूँजीपतिहरूले अपनाउने बुद्धिमत्तापूर्ण रणनीति वा बेइमानपूर्ण सम्झौताले नै उनीहरू आफ्ना प्रतिद्वन्द्वीको तुलनामा पूँजीको बढी हिस्सा लिन कसरी सफल भए भन्ने कुराको व्याख्या गर्छ। तर स्पष्ट हुनुहोस्-   तिनीहरुको सम्पत्ति  मानवको लुटिएको श्रमको उत्पादन हो।

    समाजको सम्पत्ति कहाँबाट आएको छ भन्ने विषयमा हाम्रो समाजमा पूर्णतः गलत दृष्टिकोण हावी छ। यस्तो दृष्टिकोणलाई सामान्य रूपमा पूँजीपति वर्गको आर्थिक, सामाजिक र राजनीतिक शक्तिको समर्थन रहेकोछ। कार्ल मार्क्स  तथा फ्रेडरिक एङ्गेल्‍सका अनुसार, ‘प्रत्येक कालमा शासक वर्गका विचारहरू नै समाजलाई शासन गर्ने विचारहरू हुन्।’ अर्थात्, सामाजले कसरी काम गर्छ भन्नेबारे आधिकारिक छलफल र सामान्य दृष्टिकोणहरू वर्तमान शासक वर्गको आवश्यकता अनुसार निर्माण र निर्धारण गरिन्छन्। र, यदि यसलाई सच्याउनु छ भने हामीले शासक वर्गको संकिर्ण स्वार्थबाट मुक्त र पूर्ण रूपमा स्वतन्त्र दृष्टिकोण अपनाउनुपर्छ।

    ऐतिहासिक भौतिकवाद

    वास्तविकतामा आधारित मानव समाजको दृष्टिकोण तय गर्नका लागि हामीले सामूहिक श्रमको माध्यमबाट प्राकृतिक विश्वलाई परिवर्तन गरेर हाम्रा आवश्यकताहरू पूरा गरेका हौँ भन्ने कुरा बुझ्नु पर्छ। यसले समाज कसरी गठन भएको छ भन्ने कुरा बुझाउँछ र त्यसपछि हाम्रो विचार, विश्वास तथा मूल्यहरूका लागि आधार तयार गर्छ। एंगेल्सले ‘ऐतिहासिक भौतिकवाद’को यो परिप्रेक्ष्यलाई सन् १८८० मा लेखिएको ‘समाजवादः काल्पनिक र वैज्ञानिक’मा उल्लेख गरेका छन्।

    एंगेल्स्‌ले लेखेका छन्, ‘इतिहासको भौतिकवादी अवधारणा मानव जीवनलाई सहज बनाउनका लागि साधनको उत्पादन र उत्पादनपछि उत्पादित वस्तुको आदानप्रदानको माध्यमबाट सुरु भएको हो। यो अवधारणा नै सबै सामाजिक संरचनाको आधार हो। इतिहासका प्रत्येक समाजमा के उत्पादन गरिन्छ, कसरी उत्पादन गरिन्छ तथा उत्पादनको आदानप्रदान कसरी गरिन्छ भन्ने आधारमा सम्पत्तिको वितरण गरिन्छ र समाजलाई वर्ग वा सानो र ठूलोमा विभाजित गरिन्छ। यही आधारमा सामाजिक संरचना बन्न पुग्यो। त्यसैले सबै सामाजिक परिवर्तन तथा राजनीतिक क्रान्तिका कारणहरूको खोज गरिनुपर्छ। यो खोज मानिसको मस्तिष्क तथा शाश्वत सत्य र न्यायमा मानिसको राम्रो अन्तरदृष्टिमा होइन, बरु उत्पादन र विनिमयको तौरतरिकामा गरिनुपर्छ।’

    मानव समाजको विकास क्रममा शोषक वर्गको अस्तित्व पछिल्लो विकास हो। दशौँ हजार वर्षसम्म मानिसहरू ‘जनावर मार्ने र खाइहाल्ने’ शिकारीका रूपमा रहे। कुनैपनि प्रकारको ‘सामाजिक अतिरिक्त’ बचत वा सँग्रह नगरी उनीहरू प्रकृतिबाट जे चाहन्थे, त्यही लिन्थे। त्यस समयका मानिसहरू धेरै समाजवादी थिए, जोसँग निजी सम्पत्ति, सामाजिक वर्ग वा उनीहरूमाथि शासन गर्ने राज्यशक्ति थिएन। यसका अलावा लिङ्गआधारित असमानता र उत्पीडनका बारेमा उनीहरूलाई थाहा नै थिएन। ती त पछि गएर बनेका हुन्।

    एंगेल्स्‌ले सन् १८८४ मा लेखेको ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ मा मानव विकासको यो सामान्य दृष्टिकोणलाई उल्लेख गरेका छन्। सुरुवाती मानव समाजको अध्ययनले उनको यो निष्कर्षलाई उनैको समयदेखि नै, खासगरी पछिल्ला दशकहरूमा पुष्टि भएको छ।
    करिब १० हजार वर्ष पहिले, जनसंख्या बढेसँगै मानव समाजले खेति किसानी गर्न थाल्यो। यसले ठूलो परिवर्तन ल्यायो। पशुपालन र अन्न उत्पादनको क्षमता वृद्धिले निजी सम्पत्तिको अवधारणालाई बढावा दियो र यसैबाट असमानता बढ्न थाल्यो। सामाजिक वर्गको उदय भयो।

    जमीन्दारहरूले आफ्नो सम्पत्ति र शक्तिलाई बढाएर आफूलाई शासक वर्गको तहसम्म पुर्‍याए। यस्तो खालको असमानताले समाजमा यति गहिरो विभाजन पैदा गर्‍यो कि जसबाट दासता विकसित हुनथाल्यो। दासहरूलाई नियन्त्रित गर्न तथा वशमा राख्न तथा जमिनका मालिकहरूको हितको रक्षाका लागि राज्यशक्ति विकसित भयो। मानव सभ्यतामा वर्गीय समाजको सुरुवात भयो।

    वर्गमा आधारित शोषणको नवीनतम (यद्यपि अन्तिम) रुप हो पूँजीवादी समाज। युरोपमा सामाजिक सम्पत्ति उत्पादन गर्ने बढ्दो क्षमता भूमिमाथिको सामन्ति स्वामित्वमा आधारित व्यवस्थासँग अतुलनीय छ। त्यो समाजलाई एकातर्फ धकेलियो, क्रान्ति भयो र राजाहरू हटाइए। पूरानो व्यवस्था अनुसार उत्पादन गर्ने किसानलाई जमीनबाट विस्थापित गरियो र नयाँ पूँजीपति वर्गका लागि काम गर्ने नियोजित श्रमिकमा बदलियो।

    यसरी उदाएको नयाँ मजदुर वर्ग पछि पनि शोषित नै थियो। तर जुन आधारमा शोषण भयो, त्यसलाई बुझाउन त्यति सजिलो छैन, जति पछिल्लो व्यवस्थामा थियो। दासहरूलाई शारीरिक रुपबाट आफ्नो मालिकका लागि श्रम गर्न बाध्य बनाइन्थ्यो र बदलामा उनलाई केही खाना, कपडा र आश्रय दिइन्थ्यो। यसरी किसानहरू सामन्तहरूको भूमिबाट बाँधिएका थिए र उनीहरूलाई केही जग्गा प्रदान गरिएको थियो, जुन उनीहरूको अस्तित्वको आधार थियो।

    केही समय यी भूखण्डमा काम गरे पनि उनीहरुले आफ्ना कामकाजी जीवनको एक अर्को हिस्सा मालिकको भूमिमा काम गरेर बिताउनु पर्थ्यो। नत्र भने उनीहरूले आफ्नो उत्पादनको एक हिस्सा फिर्ता गर्नुपर्थ्यो। तर आजका आधुनिक मजदुरका लागि कतिपय कुराहरू पहिले भन्दा अल्लि भिन्नै देखिन्छन्। वास्तविकताको गहिराइसम्म पुग्नका लागि यसको सावधानीपूर्वक निरिक्षण गर्नु आवश्यक छ।

    श्रम र मूल्य

    मार्क्सको पुस्तक ‘पूँजी’ को पहिले खण्डको शुरुवात वस्तुको केन्द्रीय भूमिकामा केन्द्रित छ। पहिले पनि समाजमा वस्तुहरूको उत्पादन हुन्थ्यो। तर पूँजीवाद सुरु भएपछि वस्तुको उत्पादन व्यापक हुन थाल्यो। मार्क्सले वस्तुको मूल्यको दोहोरो प्रकृतिप्रति इंगित गर्दै भनेका छन्, ‘हामी बाहिरको कुनै वस्तुमा एउटा यस्तो चिज हुन्छ, जसको आफ्नो गुणबाट कुनै न कुनै प्रकारको मानवीय आवश्यकताहरू पूरा गरिन्छ, त्यो चिज वस्तुको ‘उपयोग मूल्य’ हो। यद्यपि वस्तुहरू ‘विनिमय मूल्यको भौतिक निक्षेपहरू’ पनि हुन्।

    यसो भन्नुको अर्थ, वस्तुहरूलाई यसमाथि खर्च भएको श्रमको मात्रा अनुसार र पैसाको माध्यमबाट एकअर्काबीच किन्न, बेच्न र व्यापार गर्न सकिन्छ। वस्तुले एक निश्चित आवश्यकता पूरा गर्ने बनाउनका लागि विशेष प्रकारको श्रम त्यसमा हाल्नुपर्ने हुन्छ। र, जब श्रमको मूल्य अनुसार वस्तुको व्यापार गरिन्छ, तब त्यो मूल्य मानव श्रमद्वारा निर्धारित गरिन्छ।’

    पूँजीवादीहरूले निश्चित वस्तुहरू किन्नुपर्छ र त्यसलाई उत्पादन प्रक्रियामा प्रयोग गर्नुपर्छ। यी सबै श्रमका उत्पादन हुन्, जसमा मूल्यको मात्रा हुन्छ। कार्यस्थल, सामान, उपकरणहरू र कच्चा पदार्थ उपलब्ध गराउनका लागि पूँजीको लगानी गरिन्छ। यिनलाई ‘मृत श्रम’ को रुपमा लिइन्छ। किनभने यिनले कुनै नयाँ मूल्य उत्पन्न गर्दैनन्, तर आफ्नो मूल्यलाई निर्मित वस्तुहरूमा स्थानान्तरित गर्छन्। यद्यपि अब हामीलाई ‘जीवित श्रम’ मा ध्यान दिन आवश्यक छ, जुन तिनै श्रमिकहरूले गर्छन् र यसै ‘जीवित श्रम’ को प्रयोगबाट पूँजीपतिका लागि नयाँ वस्तुहरूको उत्पादन भइरहेको हुन्छ। अर्थात् उत्पादनहरूमा नयाँ मूल्य जोडिन्छ। यहाँ हामी पूँजीवाद मातहत शोषण कसरी हुन्छ भनेर प्रश्न उठाउन सक्छौँ।

    फेरि पूँजीवादलाई दासप्रथासँग तुलना गरौँ, दासले आफ्नो मालिकलाई के दिइरहेको छ र त्यसको बदलामा जीवनका आवश्यकताहरू पूरा गर्नका लागि मालिकबाट के लिइरहेको हुन्छ, राम्रोसँग जानेको हुन्छ। यद्यपि पूँजीवादमा कामदार निश्चित समयावधिमा निश्चित तलवमा काम गर्न तयार रहेको हुन्छ। पूँजीपतिले त्यो राशी प्रदान गर्छ र एउटा सम्झौता गरिएको हुन्छ। यो एक क्लासिक मोडलिटी अनुसारको सम्झौता हो। जसरी पूँजिपतिले कच्चा पदार्थ खरिद गर्थ्यो, त्यसरी नै कामदारबाट पनि केही खरिद गर्थ्यो। तर वास्तवमा त्यो के थियो ? स्पष्ट छ, पूँजिपतिले कामदारबाट श्रम लिन्छ। तर, यदि श्रमको परिणामअनुसार त्यसको मूल्य निर्धारण  गरिने हो भने पूँजिपतिले श्रमलाई कसरी किन्छ? उसले कसरी त्यो श्रमको उत्पादन त्यसको मूल्यमा बेच्छ र नाफा कमाउँछ?

    यहाँ मार्क्स ले तत्कालिन अर्थशास्त्रीहरूको विचारलाई चुनौती दिए र पूँजीवादमा शोषणको प्रकृतिलाई उजागर गरे। श्रमिकले जे बेचेको थियो, त्यो श्रम मात्र नभएर श्रम शक्ति प्रदान गर्ने क्षमता पनि हो भनेर मार्क्सले बुझेका थिए। कुनैपनि वस्तुको जस्तै श्रमशक्ति प्रदान गर्ने क्षमताको पनि एक मूल्य हुन्छ। यो त्यो वस्तुको मूल्य हो, जसलाई कामदारले आफूलाई जीवित राख्न र परिवारको पालनपोषका लागि उपभोग गर्छ। यसैगरी काम गर्ने क्षमतालाई कायम राख्न र पुनःउत्पन्न गर्नका लागि उपभोग गर्छ।

    त्यसैले श्रम शक्तिको एउटा मूल्य हुन्छ। तर यसलाई पूँजीवादी कार्यस्थलमा लगाइयो भने यसले गरेको श्रममार्फत मूल्य सिर्जना गर्ने वस्तुहरूमध्ये यसको अद्धितिय गुण हुन्छ। पूँजीपतिले दिएको तलव कामदारको श्रमको मुआब्जाको रुपमा प्रस्तुत गरिन्छ। तर वास्तवमा यो काम गर्ने क्षमता हो। काम गरेको दिनको एक भाग मात्र श्रम शक्तिको मूल्य प्राप्त गर्न व्यतीत हुन्छ। बाँकी समय पूँजिपतिका लागि मूल्य बनाउनका लागि दिइन्छ, जसका लागि कहिल्यै भुक्तान गरिँदैन। मार्क्सले त्यस भागलाई ‘अतिरिक्त मूल्य’ भनेका छन्। यस अतिरिक्त मूल्य नै पूँजीपतिका लागि मुनाफा कमाउने आधार हो र यो नै पूँजीवादको अक्सिजन हो।

    ‘पूँजी’को तेस्रो खण्डमा, मार्क्सले  पूँजीवादी अर्थव्यवस्थामा कुनैपनि कामको तौरतरिका व्यवहारिक रुपमा कस्तो हुन्छ भन्ने कुरा दर्शाउँछन्। यसो गर्ने क्रममा उनले पूँजीपतिहरू र अर्थशास्त्रीहरूले आफ्नो स्वार्थ पूरा गर्ने मामलाहरू कसरी देखा पर्छन् भन्ने कुराको उदाहरण प्रस्तुत गरेका छन्। अतिरिक्त मूल्यको दर भुक्तान गरिएको र नगरिएको श्रमको अनुपात अनुसार मापन गरिन्छ। त्यसैगरी लाभको दरको आकलन उपकरण र कच्चा पर्दाथसहित कुल पूँजी परिव्ययको प्रतिफलका अनुसार गरिन्छ। यसको मतलव, पूँजीपति उसको मुनाफालाई लगानीको परिणामको रुपमा देखाउँछ। तर, यो श्रमिकहरूबाट निचोरिएको कुरालाई उसले महशुस गर्दैन।

    कार्यस्थलमा अतिरिक्त मूल्य उत्पादन भइरहँदा प्रत्येक पूँजिपतिले उसको कार्यालयमा कति बेतलवी श्रम उत्पन्न भए भन्ने आधारमा शोषणको फल खल्तिमा राख्दैन। ‘पूँजी’ को तेस्रो खण्डमै मार्क्सले यो कुरा पनि प्रष्ट पार्ने कोशिस गरेका छन्। मुनाफाको औसत दरको अर्को एउटा सामान्य नियम हुन्छ, जसमा लगानी कम मुनाफा हुने उद्यमबाट त्यो भन्दा बढी नाफामुखी उद्यममा प्रवाहित गरिन्छ। र, यो प्रतिश्पर्धी प्रक्रियाले औसत लाभको रूपमा एउटा सन्तुलनको खोज गर्छ (तर कहिले पनि पूर्ण रुपमा प्राप्त हुँदैन)। आपूर्ति तथा माग र प्रतिस्पर्धामा कटौतिले पनि वस्तुहरूलाई तिनको वास्तविक मूल्य भन्दा भिन्न मूल्यमा बेच्ने कुराको सुनिश्चितता गर्छ। तपाईं सामाजिक सम्पत्तिको उत्पादकको रूपमा श्रमको भूमिका देख्न सक्नुहुन्छ, तर यसलाई पूँजीवादी अर्थव्यस्थाद्वारा लुकाइएको हुन्छ।

    लुटिएको सम्पत्तिको एक हिस्सा उत्पादक लगानीमा सहभागी नभएका पूँजिपतिहरूलाई जान्छ। यस तथ्यले गर्दा यो विषय धेरै जटिल बन्छ। व्यापारीहरू, बैंकरहरू र जमीनदारहरूद्वारा ‘भाग्य’ बनाइएको हुन्छ, जसको सम्बन्ध अतिरिक्त मूल्यको उत्पादनसँग हुँदैन। तर यसै अतिरिक्त मूल्यको फाइदा लिएर पूँजिपतिहरू आफ्नो सफलतालाई ‘भाग्यको नतिजा’ भन्न पनि पछि पर्दैनन्। हाम्रो समयमा मुनाफाको ठूलो हिस्सा सेयर बजार तथा रियल स्टेटजस्ता ‘सट्टाबाजी’ क्षेत्रमा जान्छ। यसबाट पुरानो जमानामा हुने शोषण नगरी उद्यमशीलताको कुशलताको माध्यमबाट धेरै भन्दा धेरै धन प्राप्त हुने गरेको कुरालाई जनाउँछ।

    खस्कँदो मुनाफा

    यदि पूँजिपतिहरू मूल्यको श्रम सिद्धान्तलाई अपनाउन चाहदैनन् भने उनीहरूसँग यो पूँजीवादी प्रणाली किन आर्थिक संकटबाट ग्रस्त छ भन्ने कुराको जवाफ दिनुको अलावा अरु उपाय छैन। यस सम्बन्धमा विभिन्न सिद्धान्तहरू अघि सारिएका छन्। तर पूँजीको तेस्रो खण्डले आधारभूत व्याख्याको प्रस्ताव गरेको छ, त्यो होः लाभदर गिर्ने प्रवृत्तिको नियम। यद्यपि मार्क्सले यो नियम धेरै तरिकाले प्रतिकूल प्रभावहरूको अधिनमा रहेको कुरा स्पष्ट पारेका छन्। तर, यसको प्रयोगले संकटग्रस्त वर्तमान समयमा धेरै महत्व राख्छ।

    हामीलाई जानकारी भएअनुसार उत्पादनका दौरान खर्च भएको वास्तविक श्रमबाट अतिरिक्त मूल्य निकान्छ। यसलाई गतिशील बनाउनका लागि श्रम शक्तिमा गरिने लगानीलाई ‘चल पूँजी’ भनिन्छ। त्यस्तै उपकरण, सामग्रीहरू र कच्चा पदार्थहरूको खर्चलाई ‘अचल पूँजी’ भनिन्छ। उत्पादक पूँजीको यो भाग कुनै नयाँ मूल्य नबनाई श्रमको नयाँ उत्पादनमा आफ्नो मूल्य स्थानान्तरित गर्छ। प्रविधिमा विकास गर्नुको अर्थ श्रमलाई गतिमा राख्नका लागि अचल पूँजीमा बढीभन्दा बढी लगानी गर्नु हो। ‘जीवित श्रम’लाई सक्रिय गर्नका लागि ‘मृत श्रम’को बढ्दो भागको आवश्यकता हुन्छ। जीवित श्रम ‘पूँजीको जैविक संरचना’ हो र अचल पूँजीको वृद्धिले मुनाफामा गिरावट आउँछ।

    पूजीवादीहरूबीचकै प्रतिस्पर्धाका दौरान कम श्रम लाग्ने प्रविधिहरूको आगमन र उपयोगसँगै एउटा पूँजीपतिले अत्यधिक धेरै सामान निर्माण गरेर अरुको भन्दा आफ्नो सामान सस्तो बनाएर क्षणिक रूपमा नाफा कमाउन सक्छ। पछिल्ला वर्षहरूमा मार्क्सवादी अर्थशास्त्रीहरूको एक श्रृंखलाले मार्क्सको यस नियमको गहिरोसँग अनुसन्धान गरेका छन्। पूँजीवादी अर्थव्यवस्थाहरूमा यसको अनुभवजन्य पुष्टिको खोजसहित उनीहरू अनुसन्धानमा जुटेका छन्। ‘पूँजीवादी संकटको अन्तिम कारण नै मार्क्सको लाभप्रदताको नियम हो’ भन्ने कुराको पुष्टि गर्ने धेरै प्रमाणहरू छन्।

    विनाशकारी, नाफा कमाउनका लागि प्रयोग गरिने तथा दिगो नहुने खालको यस्तो प्रणाली नै संकट र गरिबीको कारण बन्नसक्छ। एक तर्कसंगत र न्यायपूर्ण समाजवादी समाज, जसले मानिसहरूको आवश्यकता र प्राकृतिक स्रोतको संरक्षणमा ध्यान दिन्छ, उसैले मात्र प्राप्त नाफाहरूलाई सबैको जीवनलाई समृद्ध बनाउनका लागि उपयोग गर्न सक्छ।

    शोषणमा आधारित पूँजीवादी व्यवस्थामा शासक वर्गको नियन्त्रण हुन्छ, जो आफ्नो तर्कहीन र संकटग्रस्त व्यवस्थाको वास्तविकताहरूलाई स्वीकार गर्न सक्दैन। मजदुर वर्ग, जो बहुसंख्यक छ, यो वर्गले आफूलाई शोषण गर्ने विचारहरूसहितको यस पीडक व्यवस्थालाई चुनौती दिन सक्दैन। यस सम्बन्धमा हामी जुन समाजमा रहन्छौँ, त्यसलाई बदल्नुभन्दा पहिले पूँजीवादी अर्थव्यवस्थाको कामकाजको विश्लेषण गर्न जरुरी छ। मार्क्स र एंगेल्सले पनि त्यसै गरेका थिए। हिजोका दिनमा भन्दा आजको समय यसखालको विश्लेषण गर्नु धेरै महत्वपूर्ण छ।

    स्प्रिङम्याग डट सिएबाट मेनुका बस्नेतको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.