Date
बुध, जेष्ठ ६, २०८३
Wed, May 20, 2026
Wednesday, May 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कार्ल मार्क्सको समाधिस्थलमा एंगेल्सको भाषण

निरंकुशतावादी र जनतन्त्रवादी दुवै तर्फका सरकारहरूबाट उनलाई राज्य निकाला गरियो। रुढिवादी हुन् या घोर जनवादी बुर्जुवाहरू, उनीहरूले मार्क्सलाई बदनाम गर्नमा एक अर्कासित प्रतिष्पर्धा गर्दथे। तर मार्क्स यी सबैलाई वेवास्ता गर्दै आफू केही छुट्टै गरिदिन्थे। अति आवश्यकता परेको अवस्थामा मात्रै तिनीरूको उत्तर दिन्थे।

nepal_readers nepal_readers
बैशाख २२, २०७९
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    १४ मार्चको दिउँसो पौने तीन बजे, संसारका एक महान विचारकको चिन्तन-क्रिया रोकियो । उनलाई मुस्किलले २ मिनेटका लागि एक्लै छोडिएको थियो होला। तर जब हामीहरू फर्किएर आयौँ, हामीले देख्यौँ कि उनी आराम गर्ने कुर्सीमा शान्तिले सुतेका थिए, सधैँका लागि। उनको मान्छेको मृत्युले युरोप र अमेरिकाका जुझारु, सर्वहारा वर्ग र ऐतिहासिक विज्ञानका लागि अपार क्षति भएको छ । यो ओजस्वी आत्माको महा–प्रस्थानले पैदा भएको अभाव मानिसहरुले छिट्टै नै अनुभव गर्नेछन्।

    जीव प्रकृतिको क्षेत्रमा जसरी डार्विनले ‘विकास अथवा अर्ग्यानिक प्रकृतिको सिद्धान्त’ पत्ता लगाएका थिए, उसैगरी मानव इतिहासमा मार्क्सले विकासको नियम पत्ता लगाएका थिए । मार्क्सले सिधा सादा यो सत्य पत्ता लगाएका थिए। त्यतिन्जेलसम्म, विचारधाराको अतिबृद्धिले यसरी छोपेको थियो कि राजनीति, विज्ञान, कला, धर्म आदिमा लाग्नुपूर्व मानव जातिलाई गाँस, बास र कपास चाहिन्छ भन्ने अवधारणा थियो।

    त्यसैले जीविकाका लागि निर्माण गरिने तत्कालिन भौतिक साधनहरुको उत्पादनकै आधारमा राजकीय संस्था, कानूनी संस्था, कला र यहाँसम्मकी धर्मसम्बन्धी धारणाहरू पनि विकसित हुने गरेका थिए। यसकाे अर्थ कुनै युगमा अथवा कुनै जातिले हासिल गरेकाे आर्थिक विकासको मात्राले राजकीय संस्था, धर्म, कला, राजनीति आदि सम्बन्धी अवधारणा बन्थ्याे। यिनै आधारको प्रकाशमा यी सबैको व्याख्या गर्न सकिन्छ। न कि यसको उल्टो, जस्तो कि अहिलेसम्म भइरहेको थियो। तर यति मात्रै होइन, मार्क्सले गतिको त्यस बिशेष नियमको खोजी गरे, जसले उत्पादनको वर्तमान पूँजीवादी प्रणाली र यस प्रणालीले उत्पन्न गराएका बुर्जुवा समाज दुवै नै नियन्त्रित छन्। अतिरिक्त मूल्यको आविष्कारले एकपटक त्यो उत्पादनको त्यस समस्याबारे प्रकाश पार्‍यो। र, सो विषयको जटिलता हल गर्ने कोसिसमा यस अघिका अन्वेषणहरू खेर गएका थिए। पूँजीवादी अर्थशास्त्रीहरूले गरेको प्रयास हुन् या समाजवादी समीक्षकहरूले, ती सबै अन्धअन्वेषण सावित भएका थिए।

    केवल दुईवटा आविष्कार मात्रै पनि एउटा जीवन सार्थक हुन्छ। त्यो मानिस भाग्यशाली हो, जसलाई यस प्रकारको एक पनि आविष्कार गर्ने सौभाग्य प्राप्त हुन्छ । तर जुनजुन क्षेत्रमा मार्क्सले खोजी गरे, ती खोजीमध्ये कुनै पनि क्षेत्रको खोजी सतही थिएन। यहाँसम्म कि मार्क्सले गणितमा समेत स्वतन्त्र रूपमा अध्ययन गरे।  त्यस्ता वैज्ञानिक थिएमार्क्स। तर उनको वैज्ञानिक रूप उनको जीवनको आधा अंश पनि थिएन। मार्क्सका लागि विज्ञान ऐतिहासिक रूपले एक गतिशील र क्रान्तिकारी शक्ति थियो ।

    वैज्ञानिक सिद्वान्तहरूमा, कुनै नयाँ खोजको व्यवहारिक प्रयोगबारे अनुमान लगाउन तत्कालै सम्भवै नभएपनि उनी नयाँ खोजीहरूमा आनन्द मान्थे। तर त्यस्ता खोजहरूमा मार्क्स साह्रै खुशी हुन्थे, जसको आविस्कारका कारण समाजमै तत्कालै प्रभावहरू देखिन्थे। खासगरी ऐतिहासिक विकासका कुरामा ! त्यस्ता अवस्थामा भने उनलाई बिल्कुलै फरक खालको प्रसन्नताको अनुभव हुन्थ्यो। उदाहरणका लागि विजुलीका क्षेत्रमा भएका आविष्कारको विकास क्रम र खासगरी त्यतिखेरसम्म मर्सेल देप्रेले गरेको आविष्कारबारे मार्क्सले निकै गहिरोसँग अध्ययन गरिरहेका थिए।

    मार्क्स सर्वोपरि क्रान्तिकारी थिए। जीवनमा उनको खास उद्देश्य कुनै न कुनै किसिमले पूँजीवादी समाज र त्यसबाट पैदा हुने राजकीय संस्थाको ध्वंस गर्नमै थियो। आधुनिक सर्वहारा वर्गलाई स्वतन्त्र गर्नमा उनको योगदान थियो। र, सर्वहाराहरूलाई सबैभन्दा पहिले मार्क्सले नै आफ्नो स्थिति र आवश्यकताहरूप्रति सचेत गर्दै बताएका थिए कि, किन र कुन अवस्थामा उनीहरूको मुक्ति हुनसक्छ? संघर्ष गर्नु मार्क्सको स्वभाविक गुण थियो। र, उनले त्यस्तो जोस, लगन र यस्तो सफलताका साथ संघर्ष गरे, जसको कुनै प्रतिद्वन्दी नै छैन।

    सबैन्दा पहिले उनले सन् १८४२ मा पेरिसको राइनिस जाइटुङ, १८४४मा पेरिसको वोरवार्ट्स, १८४७ मा डायचे ब्रसलेर जाइटुङ, १८४८–१८५१ मा न्यु राइनिस जाइटुङ र १८५२–१८६१ मा न्यूवोर्क डेली ट्रव्युनमा उनले गरेका काम र तीसँगै अनेकौंजोशिला पुस्तकको रचना तथा पेरिस, ब्रेसेल्स र लण्डनका संगठनहरूमा उनको काम लोभलाग्दो थियो। अन्ततः उनको चरम उपलब्धीका रूपमा ‘महान अन्तर्राष्ट्रिय मजदुर संघ’को स्थापना हुनपुग्यो। यो आफैंमा यति ठूलो उपलब्धि थियो कि यस सँगठनका संस्थापले अरु केही पनि कामै नगरेको भए पनि यो विषयमा त्यति धेरै गर्व गर्न सकिन्थ्यो। यो सबको फलस्वरुप मार्क्स आफ्नो युगका सबैभन्दा बढी विद्वेष र लाञ्छनाहरुका शिकार पनि भए।

    निरंकुशतावादी र जनतन्त्रवादी दुबै तर्फका सरकारहरूबाट उनलाई राज्य निकाला गरियो। रुढिवादी हुन् या घोरजनवादी बुर्जुवाहरू, ती सबैले मार्क्सलाई बदनाम गर्नमा एक अर्कासित प्रतिष्पर्धा गर्दथे। तर मार्क्स यी सबैलाई वेवास्ता गर्दै आफू आफ्नै कार्य गरिरहन्थे। अति आवश्यकता परेको अवस्थामा मात्रै तिनीरूको उत्तर दिन्थे।

    र, ती महान पुरुष अब यस संसारमा रहेनन्। साइबेरियाका खानीदेखि लिएर क्यार्लिफोनियासम्म, युरोप र अमेरिकाका सबै क्षेत्रमा उनका लाखौं क्रान्तिकारी मजदुर साथीहरू जो मार्क्सलाई माया गर्थे, उनीप्रति श्रद्वा राख्थे, आज उनको निधनमा आँशु बगाइरहेका छन्। म यतिसम्म भन्न सक्छु कि उनका धेरै बिरोधीहरू भए पनि  व्यक्तिगत शत्रु बिरलै थियो होला।
    उनको नाम युगौँयुगसम्म अमर रहनेछ, त्यसरी नै उनको काम पनि अमर रहनेछ।

    एंगेल्सले हाइगेट समाधिस्थल, लण्डनमा १७ मार्च १८८३ मा अंग्रेजीमा गरेको भाषण।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.