Friday, May 20, 2022
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » कार्ल मार्क्सको समाधिस्थलमा एंगेल्सको भाषण

कार्ल मार्क्सको समाधिस्थलमा एंगेल्सको भाषण

निरंकुशतावादी र जनतन्त्रवादी दुवै तर्फका सरकारहरूबाट उनलाई राज्य निकाला गरियो। रुढिवादी हुन् या घोर जनवादी बुर्जुवाहरू, उनीहरूले मार्क्सलाई बदनाम गर्नमा एक अर्कासित प्रतिष्पर्धा गर्दथे। तर मार्क्स यी सबैलाई वेवास्ता गर्दै आफू केही छुट्टै गरिदिन्थे। अति आवश्यकता परेको अवस्थामा मात्रै तिनीरूको उत्तर दिन्थे।

nepal_readers by nepal_readers
May 6, 2022
- विमर्शका लागि
A A
1.2k
VIEWS
Share on FacebookShare on Twitter

१४ मार्चको दिउँसो पौने तीन बजे, संसारका एक महान विचारकको चिन्तन-क्रिया रोकियो । उनलाई मुस्किलले २ मिनेटका लागि एक्लै छोडिएको थियो होला। तर जब हामीहरू फर्किएर आयौँ, हामीले देख्यौँ कि उनी आराम गर्ने कुर्सीमा शान्तिले सुतेका थिए, सधैँका लागि। उनको मान्छेको मृत्युले युरोप र अमेरिकाका जुझारु, सर्वहारा वर्ग र ऐतिहासिक विज्ञानका लागि अपार क्षति भएको छ । यो ओजस्वी आत्माको महा–प्रस्थानले पैदा भएको अभाव मानिसहरुले छिट्टै नै अनुभव गर्नेछन्।

जीव प्रकृतिको क्षेत्रमा जसरी डार्विनले ‘विकास अथवा अर्ग्यानिक प्रकृतिको सिद्धान्त’ पत्ता लगाएका थिए, उसैगरी मानव इतिहासमा मार्क्सले विकासको नियम पत्ता लगाएका थिए । मार्क्सले सिधा सादा यो सत्य पत्ता लगाएका थिए। त्यतिन्जेलसम्म, विचारधाराको अतिबृद्धिले यसरी छोपेको थियो कि राजनीति, विज्ञान, कला, धर्म आदिमा लाग्नुपूर्व मानव जातिलाई गाँस, बास र कपास चाहिन्छ भन्ने अवधारणा थियो।

त्यसैले जीविकाका लागि निर्माण गरिने तत्कालिन भौतिक साधनहरुको उत्पादनकै आधारमा राजकीय संस्था, कानूनी संस्था, कला र यहाँसम्मकी धर्मसम्बन्धी धारणाहरू पनि विकसित हुने गरेका थिए। यसकाे अर्थ कुनै युगमा अथवा कुनै जातिले हासिल गरेकाे आर्थिक विकासको मात्राले राजकीय संस्था, धर्म, कला, राजनीति आदि सम्बन्धी अवधारणा बन्थ्याे। यिनै आधारको प्रकाशमा यी सबैको व्याख्या गर्न सकिन्छ। न कि यसको उल्टो, जस्तो कि अहिलेसम्म भइरहेको थियो। तर यति मात्रै होइन, मार्क्सले गतिको त्यस बिशेष नियमको खोजी गरे, जसले उत्पादनको वर्तमान पूँजीवादी प्रणाली र यस प्रणालीले उत्पन्न गराएका बुर्जुवा समाज दुवै नै नियन्त्रित छन्। अतिरिक्त मूल्यको आविष्कारले एकपटक त्यो उत्पादनको त्यस समस्याबारे प्रकाश पार्‍यो। र, सो विषयको जटिलता हल गर्ने कोसिसमा यस अघिका अन्वेषणहरू खेर गएका थिए। पूँजीवादी अर्थशास्त्रीहरूले गरेको प्रयास हुन् या समाजवादी समीक्षकहरूले, ती सबै अन्धअन्वेषण सावित भएका थिए।

केवल दुईवटा आविष्कार मात्रै पनि एउटा जीवन सार्थक हुन्छ। त्यो मानिस भाग्यशाली हो, जसलाई यस प्रकारको एक पनि आविष्कार गर्ने सौभाग्य प्राप्त हुन्छ । तर जुनजुन क्षेत्रमा मार्क्सले खोजी गरे, ती खोजीमध्ये कुनै पनि क्षेत्रको खोजी सतही थिएन। यहाँसम्म कि मार्क्सले गणितमा समेत स्वतन्त्र रूपमा अध्ययन गरे।  त्यस्ता वैज्ञानिक थिएमार्क्स। तर उनको वैज्ञानिक रूप उनको जीवनको आधा अंश पनि थिएन। मार्क्सका लागि विज्ञान ऐतिहासिक रूपले एक गतिशील र क्रान्तिकारी शक्ति थियो ।

वैज्ञानिक सिद्वान्तहरूमा, कुनै नयाँ खोजको व्यवहारिक प्रयोगबारे अनुमान लगाउन तत्कालै सम्भवै नभएपनि उनी नयाँ खोजीहरूमा आनन्द मान्थे। तर त्यस्ता खोजहरूमा मार्क्स साह्रै खुशी हुन्थे, जसको आविस्कारका कारण समाजमै तत्कालै प्रभावहरू देखिन्थे। खासगरी ऐतिहासिक विकासका कुरामा ! त्यस्ता अवस्थामा भने उनलाई बिल्कुलै फरक खालको प्रसन्नताको अनुभव हुन्थ्यो। उदाहरणका लागि विजुलीका क्षेत्रमा भएका आविष्कारको विकास क्रम र खासगरी त्यतिखेरसम्म मर्सेल देप्रेले गरेको आविष्कारबारे मार्क्सले निकै गहिरोसँग अध्ययन गरिरहेका थिए।

मार्क्स सर्वोपरि क्रान्तिकारी थिए। जीवनमा उनको खास उद्देश्य कुनै न कुनै किसिमले पूँजीवादी समाज र त्यसबाट पैदा हुने राजकीय संस्थाको ध्वंस गर्नमै थियो। आधुनिक सर्वहारा वर्गलाई स्वतन्त्र गर्नमा उनको योगदान थियो। र, सर्वहाराहरूलाई सबैभन्दा पहिले मार्क्सले नै आफ्नो स्थिति र आवश्यकताहरूप्रति सचेत गर्दै बताएका थिए कि, किन र कुन अवस्थामा उनीहरूको मुक्ति हुनसक्छ? संघर्ष गर्नु मार्क्सको स्वभाविक गुण थियो। र, उनले त्यस्तो जोस, लगन र यस्तो सफलताका साथ संघर्ष गरे, जसको कुनै प्रतिद्वन्दी नै छैन।

RelatedPosts

आवश्यकता, उपभोक्तावाद र शोषण

आवश्यकता, उपभोक्तावाद र शोषण

May 19, 2022
अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

May 16, 2022

प्रकृति र पर्यावरणबारे कार्ल मार्क्स

May 6, 2022

संयमित भयौँ भने कम्युनिष्टहरूबीच एकता हुने परिस्थिति आउँछ

May 5, 2022

सबैन्दा पहिले उनले सन् १८४२ मा पेरिसको राइनिस जाइटुङ, १८४४मा पेरिसको वोरवार्ट्स, १८४७ मा डायचे ब्रसलेर जाइटुङ, १८४८–१८५१ मा न्यु राइनिस जाइटुङ र १८५२–१८६१ मा न्यूवोर्क डेली ट्रव्युनमा उनले गरेका काम र तीसँगै अनेकौंजोशिला पुस्तकको रचना तथा पेरिस, ब्रेसेल्स र लण्डनका संगठनहरूमा उनको काम लोभलाग्दो थियो। अन्ततः उनको चरम उपलब्धीका रूपमा ‘महान अन्तर्राष्ट्रिय मजदुर संघ’को स्थापना हुनपुग्यो। यो आफैंमा यति ठूलो उपलब्धि थियो कि यस सँगठनका संस्थापले अरु केही पनि कामै नगरेको भए पनि यो विषयमा त्यति धेरै गर्व गर्न सकिन्थ्यो। यो सबको फलस्वरुप मार्क्स आफ्नो युगका सबैभन्दा बढी विद्वेष र लाञ्छनाहरुका शिकार पनि भए।

निरंकुशतावादी र जनतन्त्रवादी दुबै तर्फका सरकारहरूबाट उनलाई राज्य निकाला गरियो। रुढिवादी हुन् या घोरजनवादी बुर्जुवाहरू, ती सबैले मार्क्सलाई बदनाम गर्नमा एक अर्कासित प्रतिष्पर्धा गर्दथे। तर मार्क्स यी सबैलाई वेवास्ता गर्दै आफू आफ्नै कार्य गरिरहन्थे। अति आवश्यकता परेको अवस्थामा मात्रै तिनीरूको उत्तर दिन्थे।

र, ती महान पुरुष अब यस संसारमा रहेनन्। साइबेरियाका खानीदेखि लिएर क्यार्लिफोनियासम्म, युरोप र अमेरिकाका सबै क्षेत्रमा उनका लाखौं क्रान्तिकारी मजदुर साथीहरू जो मार्क्सलाई माया गर्थे, उनीप्रति श्रद्वा राख्थे, आज उनको निधनमा आँशु बगाइरहेका छन्। म यतिसम्म भन्न सक्छु कि उनका धेरै बिरोधीहरू भए पनि  व्यक्तिगत शत्रु बिरलै थियो होला।
उनको नाम युगौँयुगसम्म अमर रहनेछ, त्यसरी नै उनको काम पनि अमर रहनेछ।

एंगेल्सले हाइगेट समाधिस्थल, लण्डनमा १७ मार्च १८८३ मा अंग्रेजीमा गरेको भाषण।

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Related Posts

आवश्यकता, उपभोक्तावाद र शोषण

आवश्यकता, उपभोक्तावाद र शोषण

by nepal_readers
May 19, 2022

-संजय राय- आवश्यकता र वस्तुबीचको एउटा स्थानको नाम हो बजार। वास्तवमा आवश्यकताका वस्तुहरू आपूर्तिका लागि बजार अस्तित्वमा आएको हुनुपर्छ। बजारको...

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

by मीना पौडेल
May 16, 2022

नेपालको अहिलेको राजनीतिलाई निस्पक्ष र आलोचनात्मक रुपले हेर्दा यहाँ विचारको शुन्यता देखिन्छ। कुनैपनि पार्टीले एउटा निश्चित विचार दिन सकेका छैनन्।...

प्रकृति र पर्यावरणबारे कार्ल मार्क्स

by nepal_readers
May 6, 2022

पछिल्ला दुई दसकमा प्रकाशित विभिन्न कृतिहरूले कार्ल मार्क्सका कृतिमा रहेका पर्यावरणसम्बन्धी कुरालाई सतहमा ल्याएका छन् । मार्क्सले पर्यावरणको प्रश्नलाई कुनै...

संयमित भयौँ भने कम्युनिष्टहरूबीच एकता हुने परिस्थिति आउँछ

by दिनानाथ शर्मा
May 5, 2022

राजनीतिबाट आफूलाई केही फाइदा हुन्छ भनेर होइन, बरु राष्ट्रलाई केही दिनुपर्छ भनेर हामी जनयुद्ध पहिलेदेखि नै कम्युनिष्ट आन्दोलनमा लागेका हौँ।...

भुत्ता कम्युनिष्ट, विज्ञान र भौतिकवाद

भुत्ता कम्युनिष्ट, विज्ञान र भौतिकवाद

by रोशन जनकपुरी
April 29, 2022

कम्युनिष्ट विचार विचार जान्नु र त्यसलाई आत्मसात गर्नु दुई भिन्न चिज हुन्। जबसम्म हामी वैज्ञानिक विचारलाई आत्मसाथ गर्दैनौँ, हामीभित्रका समस्याहरू...

चिन्तनका हिसाबले मार्क्सवाद धेरै अगाडि छ

by nepal_readers
April 27, 2022

भोट आउँछ भने नेपालका राजनीतिक नेता कार्यकर्ताहरू धर्मनिरपेक्षता छोड्न तयार छन्। भारतका प्रधानमन्त्री मोदी त व्यक्तिगत जीवनमै धार्मिक अभ्यास गर्छन्।...

Leave Comment

Recommended

पार्टी एकताको बाधक ओली हुन् – वामदेव गौतम

पार्टी एकताको बाधक ओली हुन् – वामदेव गौतम

1 year ago
मेडिकल कलेजले बढी रकम फिर्ता नगरे ठगी मुद्दा चलाउने निर्णय

मेडिकल कलेजले बढी रकम फिर्ता नगरे ठगी मुद्दा चलाउने निर्णय

3 years ago

Connect with us

Popular Post

  • बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

    बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

    0 shares
    Share 0 Tweet 0
  • पितृसत्तालाई मन नपर्ने ‘थुतुनो’

    0 shares
    Share 0 Tweet 0
  • भुत्ता कम्युनिष्ट, विज्ञान र भौतिकवाद

    0 shares
    Share 0 Tweet 0
  • अघिल्लो पटक जहाँ महिलाहरूले नेतृत्व गरे, त्यहाँ भ्रष्टाचार र बेरुजु कम भयो

    0 shares
    Share 0 Tweet 0
  • चिन्तनका हिसाबले मार्क्सवाद धेरै अगाडि छ

    0 shares
    Share 0 Tweet 0
  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In