Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026
Thursday, June 25, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्रकृति र पर्यावरणबारे कार्ल मार्क्स

यी विश्लेषणहरूलाई आधार मानेर मार्क्सले आफ्नो तर्कमा पनि परिवर्तन गरे । उनले प्रविधि र विज्ञानमा केन्द्रित ‘उत्साहप्रद’ मत त्यागे । साइटोको शब्दमा मार्क्सले ‘नाफामुखी’ प्रविधिले माटोमा उर्वरताको कमी र प्राकृतिक स्रोतको अभावजस्ता अनपेक्षित र विनाशकारी परिणाम निम्त्याउने’ देखे ।

nepal_readers nepal_readers
बैशाख २३, २०७९
- यो हप्ता, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पछिल्ला दुई दसकमा प्रकाशित विभिन्न कृतिहरूले कार्ल मार्क्सका कृतिमा रहेका पर्यावरणसम्बन्धी कुरालाई सतहमा ल्याएका छन् । मार्क्सले पर्यावरणको प्रश्नलाई कुनै विचार दिएका थिएनन् भन्ने भनाइलाई ती कृतिले खण्डन गरेका छन् । पुँजीवादी व्यवस्था र प्रकृतिको विनाशबारे मार्क्सको क्रान्तिकारी विचारलाई तिनले अझ उजागर गरेको छ । तथापि केही प्रश्न भने अझै अनुत्तरित छन्ः मार्क्स कसरी ती विचारसम्म पुगे र उनको जीवनका विभिन्न चरणमा पर्यावरणसम्बन्धी विचारले कस्तो खालको प्रभाव पार्‍यो ?

    सन् १९९० दसकको अन्त्यसम्ममा मानव समाज र प्रकृतिबीचको अन्तरक्रियाबारे मार्क्सका कृतिहरूमा या त त्यति ध्यान गएको थिएन अथवा तिनलाई गलत ढङ्गले बुझिएको थियो । पल बुर्केटको ‘मार्क्स एन्ड नेचर’ (१९९९) र जोन बेलामी फोस्टरको ‘मार्क्स इकोलोजी’ (२०००) दुई वटा कृति प्रकाशित भएपछि भने यो विषयमा मानिसहरूको सोचाइमा केही भिन्नता आएको छ । दुवै कृतिले पर्यावरणसम्बन्धी मार्क्सका विचारलाई आधारभूतरूपमा प्रकाश पारेको छ । यसले नयाँ पुस्ताका मार्क्सवादीहरूलाई वातावरणको विषयमा चिन्तन गर्न र लेख्न उत्साहित गरेको छ ।

    कोहे साएटोले मार्क्सको हालै प्रकाशित नोटबुकहरूको विस्तृत अध्ययन गरी लेखेको नयाँ पुस्तकले पर्यावरणसम्बन्धी मार्क्सका विचारलाई अझ प्रस्ट बनायो । बुर्केट, फोस्टर र अन्य सोसम्बन्धी बुझाइलाई साएटोको कृतिले अझ फराकिलो बनायो । मार्क्सको कृतिको विस्तृत अध्ययन गरिएको त्यो महत्वपूर्ण पुस्तकले अर्थ–राजनीतिसम्बन्धी आफ्नो अध्ययनलाई हिस्साको रूपमा समकालीन विज्ञानमा मार्क्सको लामो संलग्नताबारे प्रस्ट पारिएको छ । यही लामो संलग्नताले नै पर्यावरणसम्बन्धी मार्क्सको विचार निर्माणमा टेवा पुर्‍यायो ।

    हालै इयान अन्गसले समाजवादी विचारको आधार बनाउन विज्ञानमा मार्क्स र एङ्गेल्सको संलग्नताको महत्वबारे प्रकाश पारेका छन् ।“(मार्क्स र एङ्गेल्सले) मजदुर आन्दोलनमा सक्रिय सहभागितामार्फत संसारले कसरी काम गर्छ र कसरी परिवर्तन हुन्छ भन्ने आफ्नो विचारको परीक्षण गरे । त्यसक्रममा इतिहास, अर्थशास्त्र र प्राकृतिक विज्ञानको गहन अध्ययन गरे । उनीहरूले यो काम आफ्नो बौद्धिक उत्सुकता मेटाउनमात्र गरेका थिएनन्… पुँजीवादको विकासका भौतिक परिस्थिति र भविष्यमा त्यसले पार्ने असरबारे विस्तृतरूपमा नबुझी पुँजीवादबारे बुझ्न र प्रतिरोध गर्न सम्भव नभएको कुरा उनीहरूलाई राम्ररी थाहा थियो ।” (इयान एन्गस, द रेड्डर सेड अफ ग्रिनः इन्टरसेक्सन्स अफ साइन्स एन्ड सोसिएलिजम् (न्यु योर्कः मन्थ्ली रिभ्यु प्रेस, २०१७, २६)

    पर्यावरणसम्बन्धी मार्क्सको अवधारणा बुझ्नुको अर्थ उनको भौतिकवादी तरिकाअनुसार नै उनको विचारधाराको विकासक्रमबारे बुझ्नु हो । त्यस अर्थमा सुरुको मार्क्स र उनका पछिका विचारबीच कुनै विखण्डन थिएन, बरु उनका अवधारणा र विचारको विकासको सिलसिला थियो । मार्क्सका आर्थिक लेखहरूमा यी कुरालाई ध्यान दिइएको भए पनि प्रकृतिबारे उनको यो विचारको हकमा यो सत्य भएको कुरा भने स्वीकारिएको थिएन । साइटोेले भनेका छन्ः “अलग वास्तविकतामा एउटा काल्पनिक आदर्श थोपर्ने मार्क्सअघिका दार्शनिक चिन्तनभन्दा अघि बढेर मार्क्सले मानिस र प्रकृतिबीचको मूर्त सम्बन्धको विश्लेषण गर्न सिके । मानिस र प्रकृतिबीचको मूर्त सम्बन्ध एकातिर ‘अन्ततः आवश्यकता’ को रूपमा शाश्वत कुरा हो भने अर्कोतिर मानव समाजको विकासक्रमका हरेक उत्पादनको चरणमा श्रमको भिन्नाभिन्नै आर्थिक भूमिकाको आधारमा यो सम्बन्धको सामाजिक आयाम पनि छ ।”

    डेभिड रिकार्डोमार्क्सले एउटा यस्तो समाजको आवश्यकतालाई जोड दिएका छ न् जसको ‘मूल काम’ भनेको ‘सम्बन्धित उत्पादकबाट मानिस र प्रकृतिबीचको भौतिक अन्तरक्रियालाई सचेत रूपमा नियमन गर्नसक्छ । साइटोेले यसलाई ‘अवधारणामै आएको परिवर्तन’ को रुपमा उल्लेखनीय परिवर्तन भनी व्याख्या गरेका छन् । तर, यसलाई मार्क्सको आफ्नो अर्थ–राजनीतिक सिद्धान्तबाट अलग बनाउन सकिन्न ।

    साइटोेले मार्क्स‘सुरुबाटै पर्यावरणबारे चिन्तन गर्ने’ थिएनन् । वास्तवमा उनलाई यस विषयमा सुरु–सुरुमा ‘जानकारीको कमी’ थियो । मार्क्सका सुरु सुरुका लेखनमा उल्लेखित प्रमिथसवादी सोचले उनमा विज्ञान र प्रविधिको अन्त्यहीन प्रगतिप्रतिको विश्वास थाहा पाउन सकिन्छ । कृषिको क्षेत्रमा विज्ञान र प्रविधिको प्रयोगले पृथ्वीको प्राकृतिक सीमिततालाई जित्न सकिने सोच्थे । मार्क्सले त्यत्तिबेला त्यस्तो विचार राख्नु कुनै आश्चर्यको कुरा थिएन किनभने त्यत्तिबेलाका नाम चलेका वैज्ञानिकहरू त्यसरी नै सोच्थे ।

    यो विषयमा मार्क्सलाई महत्वपूर्ण प्रभाव पारेका थिए–स्कटल्यान्डका कृषिविद् जेम्स एन्डरसन । उनी ‘उत्पादकत्व बढाउने प्रक्रियामा माटोको गुणस्तर वृद्धिको पनि भूमिका हुने’ तर्क गर्थे । ‘…उपयुक्त बन्दोबस्तअन्तर्गत माटोको गुणस्तर वृद्धिको लागि श्रमले पनि भूमिका खेलेको हुन्छ ।’ मार्क्सलाई उनको तर्कले दुई कोणबाट आकर्षित गर्‍यो । पहिलो एन्डरसनको विचारले श्रममा आधारित न्यायसङ्गत कृषिसम्बन्धी उनको धारणालाई समर्थन गरेको थियो । दोस्रो कारण, यो तर्कले थोमस माल्थस र डेभिड रिकार्डोको विचारको आलोचना गथ्र्यो जसले माटोको उर्वरतामा कमीले भविष्यको सङ्कटप्रति निराशाजनक धारणालाई उत्साहित गथ्र्यो ।

    मार्क्सले त्यस्ता वैज्ञानिकहरूको विस्तृत अध्ययन गरेका थिए, तिनका कृतिबारे बहस र छलफल गरेका थिए, तिनमाथि आलोचनात्मक अध्ययन गरेका थिए । त्यसले विषयवस्तुलाई विस्तृतरूपमा बुझ्न उनलाई सक्षम बनाएको थियो । मार्क्सले ‘प्रकृतिमाथि मनपरी दोहन गर्नु नहुने र प्राविधिक विकासमार्फत पनि प्रकृतिको रूप बिगार्न नहुने’ भनी आफ्नो दृष्टिकोण विकास गरेका थिए । निष्कर्षमा उनले भनेका छन्, “प्रकृतिमा पनि जित्न नसकिने सीमितताहरू हुन्छन् ।”

    यो विषयमा मार्क्सका विचारको विकासमा जर्मनीका कृषिविद् जस्टस भोन लेबिग (१८०३–१८७३) का कृतिहरूको महत्वपूर्ण भूमिका खेलेको छ । पर्यावरणसम्बन्धी मार्क्सका विचारबारे पुस्तकहरूमा लेबिगको भूमिकाबारे प्रकाश पारिएको छ । त्यतिबेलाको प्राकृतिक विज्ञानबारे आफ्नो सिद्धान्त विकास गर्न मार्क्सले लेबिगका कृतिहरू (धेरै स–साना परिवर्तनसहित लेविगका कृतिका धेरै संस्करण प्रकाशित छन्) र लेबिगका विचारमाथि भएका वैज्ञानिक बहसको मार्क्सले गरेको गम्भीर अध्ययनबारे साइटोेले विस्तृत रूपमा प्रकाश पारेका छन् ।

    सुरुमा मार्क्सले पर्यावरणसम्बन्धी आफ्नो विचार बनाउन लेबिगबारे अध्ययन गरेका थिएनन् । रिकार्डोजस्ता चिन्तकहरूबारे आलोचनात्मक धारणा बनाउन मार्क्सले लेबिगको अध्ययन गरेका थिए । विशेषतः मार्क्सले सीमान्त प्रतिफलको नियमबारे अध्ययन गरेका थिए । सीमान्त प्रतिफलको नियम भन्नाले माटोको सुधारको लागि रसायनिक मल वा पुँजीगत लगानी भए पनि त्यसको कृषि प्रतिफल क्रमशः घट्दै जाने नियम हो । भूमिको तिरोसम्बन्धी सिद्धान्त बुझ्न यो महत्वपूर्ण नियम थियो । यहाँ मार्क्सले ‘कृषिको उत्पादकत्वको अनुपातिक वृद्धि हुने’ विचार अघि सारेका थिए । उनले माटोको उर्वरतामा कमी र प्राकृतिक स्रोतमा सीमिततालाई प्रमुख प्रश्नको रुपमा लिएनन् किनभने उनले सरलतापूर्वक यसलाई ‘पुँजीवादमा मात्र आउने समस्या’ को रूपमा हेरेका थिए ।

    जस्टस फ्रेहर लिविग

    तर, ‘पुँजी’ लेख्न थाल्दासम्म मार्क्सले आफ्नो विचारमा परिमार्जन गरिसकेका थिए । “कृषिमा डकैती प्रणाली कृषि क्षेत्रमा भौतिक सीमितताको विशिष्ट आधुनिक परिणाम हो” भन्ने लेबिगको विचार मार्क्सले पछ्याए । लेबिगलाई मार्क्सले दुई वटा महत्वपूर्ण विचार दिएः पहिलो, पुँजीवादी कृषिमा प्रकृतिको सीमितता हुन्छ । जस्तैः माटोको प्रकार, स्थानीय मौसम आदि । एक नयाँ किसानले अथाह पुँजी लगानी गरे पनि लगानीको प्रतिफल भने त्यस्ता प्राकृतिक कुराले सधैँ अवरोध सिर्जना गरेको हुन्छ । दोस्रो, लेबिगले आधुनिक कृषि प्रणालीले संस्थागतरूपमै माटोको पोषक तत्व कमजोर बनाउँछ र त्यसको पुनःस्थापना भने गर्न सक्दैन । साइटोेले यो प्रक्रियाबारे जानकार भएपछि मार्क्सको ‘उत्साह’ बारे जोड दिएका छन् । यो प्रक्रियाले ‘सहर र गाउँबीचको आपसमा विरोधी सम्बन्धको वैज्ञानिक कारण’ प्रस्ट बनाएको छ ।

    लेबिग र अन्य कृषि वैज्ञानिकहरू न्यायसङ्गत कृषि सम्भव भएको कुरामा मार्क्सको चित्त बुझाउन सफल भयो । सँगै त्यस्तो कृषि प्रणाली पुँजीवादी कृषि सम्बन्धबाट सम्भव नभएको कुरा पनि प्रस्ट बनायो । पुँजीवादी व्यवस्थाअन्तर्गत जब माटोको उर्वरता घट्छ, लागत बढ्छ किनभने त्यसमा सुधार मानिसको श्रममार्फत मात्र गर्नसक्छ, ‘स्वतन्त्र प्राकृतिक शक्ति’ हद्पेर गर्न सकिन्न । साइटोेका अनुसार मार्क्समा ‘पुँजीवादी व्यवस्थाअन्तर्गत पुँजीमुखी कृषिले माटोको दिगो र दीर्घकालीन सुधार गर्न सम्भव नहुने र माटोको उर्वरता बढाउन पुँजी लगानी बढ्दै गएपछि उत्पादन लागत बढ्ने आलोचनात्मक दृष्टिकोण’ को विकास भइसकेको थियो । तर, पुँजीवादी कृषि नाफा बढाउन ‘प्रकृतिको स्वतन्त्र शक्ति’को अधिकतम प्रयोग गरेको हुन्छ । त्यस्तो सम्बन्धलाई व्यवस्थित गर्नसक्ने न्यायसङ्गत नयाँ आर्थिक प्रणालीले मात्र माटोको उर्वरताको ऐतिहासिक ह्रासलाई जित्न सक्नेछ ।

    लेबिग र अन्य वैज्ञानिकहरूको अध्ययनको निष्कर्षमा मार्क्सले ‘मेटाबोलिक खाडल’ को विकास गरे । पुँजीवादी कृषिको ‘डकैती प्रणाली’ बारे उनको बुझाइ अलि पछि मात्र आयो, सन् १८६० को दसकतिर । यसको कारण उनले त्यसअघि यो विषयमा अध्ययन गरेको थिएन भन्ने होइन । बरु त्यसअघि माटोको उर्वरतासम्बन्धी समस्या समाधान गर्न रसायनिक मलको क्षमतासम्बन्धी सकारात्मक विश्वासबारे लेबिगजस्ता लेखकका सकारात्मक धारणामा उनी केन्द्रित थिए ।

    मार्क्सले यो उपलब्धिलाई एक हदसम्म खुसीपूर्वक लिएका थिए । सन् १८५० को दसकमा आफ्नो लन्डन नोटबुकमध्ये एउटामा उनले लेबिगको भनाइ अघि सारेका छन् : “कृषिको यो पुनःस्थापना मल, खरानी वा हड्डीको कारण प्रभावित बन्छ वा बन्दैन भन्ने कुरा धेरै मात्रामा महत्वपूर्ण विषय होइन । त्यस्तो समय पनि आउनेछ, जब रसायन कारखानामा बनेको काँच बनाउने रसायन (पोटासको सिलिकेट) सँगै परालको खरानी र फोस्फोरस अम्ल मिलाइएको मलले माटोको उर्वरता बढाउनेछ ।” सन् १८५१ का नोटबुकमा उल्लेखित माटोको उर्वरा सङ्कटको पृष्ठभूमिमा यो विशुद्ध प्राविधिक समाधानप्रति मार्क्सको विश्वास ‘ज्यादै उत्साहप्रद’ भनी साइटोेले टिप्पणी गरेका छन् । सन् १८६३ भन्दाअघि लेबिगबारे मार्क्सको अध्ययन आधुनिक कृषिबारे वास्तवमा आलोचनात्मक भई नसकेको निष्कर्ष निकाल्नु उपयुक्त हुन्छ । तथापि, ‘पुँजी’ मा आएर यसमा परिवर्तन भएको देखिन्छ ।

    मार्क्सलाई आफ्नो बुझाइमा परिवर्तन गर्न के कुराले घच्घच्यायो ? ‘पुँजी’ लेख्दा मार्क्सको ध्यान पुँजीवादी व्यवस्थाअन्तर्गत श्रमलाई मानवीय आवश्यकता पूरा गर्न नभई पुँजीवादी व्यवस्थाको लागि अधिकतम धन सङ्कलन गर्न कसरी प्रयोग हुन्छ भन्नेमा केन्द्रित थियो । उनले त्यही बेला लेखेका छन्, “पुँजीवादी व्यवस्थाले श्रमिकको जीवनमा धेरै थरी समस्याहरू जस्तै धेरै काम, मानसिक तथा शारीरिक समस्या, बाल श्रम आदि निम्त्याउने गर्छ । … पुँजीको यो प्रभुत्व कारखानामा श्रमको पुनःसङ्गठनभन्दा पर पुग्छ । … मानिस र प्रकृतिबीचको प्राकृतिक अन्तरक्रियालाई खलल पुग्ने गरी भौतिक विश्वमा अनेक प्रकारका विकृति देखापर्छन् ।”

    नयाँ ज्ञानको खोजीमा मार्क्सले कृषि विज्ञानको अध्ययनलाई निरन्तरता दिए । सन् १८५६–६६ का मार्क्सका नोटबुकहरूको अध्ययनपछि साइटोेका अनुसार उनलाई लेबिगको विचारमाथि आलोचनात्मक धारणा विकास गर्न मद्दत पुग्यो । त्यत्तिञ्जेल लेबिगको विचारमा पनि परिवर्तन आइरहेको थियो । लेबिग आफैँ पनि पुँजीवादी कृषिको आलोचनामा प्रस्ट बन्दै थिए । कृषि उत्पादन बढाउने नाममा माटोको गुणस्तरमा सम्झौता गर्न नसकिनेमा उनी प्रस्ट थिए । उनले लेखेका थिए, “माटोको पोषक तत्वको कारणमात्र कृषि उत्पादन बढ्ने होइन । बरु माटोको गुणलाई क्षति पुर्‍याउने तौरतरिकाको कारण कृषि उत्पादन बढिरहेको छ ।” लेबिग पुँजीवादी कृषि ‘डकैतीको प्रणाली’ मा निर्भर हुने मतमा प्रस्ट भए । संसारभरका टापुमा जम्मा भएका जीवजन्तु र चराचुरुङ्गीको मलको प्रयोग अध्ययनपछि उनी यो मतमा दृढ बने । उनले बेलायतको कृषि उद्योगलाई बाँकी संसारको लागि रगत खाने राक्षस (भ्याम्पायर) को रूपमा व्याख्या गरे । बेलायती कृषि उद्योगले प्राकृतिक स्रोतसाधनको दोहनलाई लिएर उनले त्यस्तो उपमा दिएका थिए । त्यसरी प्राकृतिक स्रोतको दोहनले मूलतः कुनै दिगो उपलब्धि हासिल नहुने उनको विचार थियो ।

    यी विश्लेषणहरूलाई आधार मानेर मार्क्सले आफ्नो तर्कमा पनि परिवर्तन गरे । उनले प्रविधि र विज्ञानमा केन्द्रित ‘उत्साहप्रद’ मत त्यागे । साइटोको शब्दमा मार्क्सले ‘नाफामुखी’ प्रविधिले माटोमा उर्वरताको कमी र प्राकृतिक स्रोतको अभावजस्ता अनपेक्षित र विनाशकारी परिणाम निम्त्याउने’ देखे । लेबिगका लेखहरू माटोको उर्वरता सङ्कट समाधान गर्न वैज्ञानिकहरूबीच व्यापक छलफल भएको थियो । उर्वरता सङ्कटको समाधान ‘रसायनिक समाधान’ हुनुपर्ने र लेबिगको जस्तो ‘खनिज समाधान’ हुनुपर्ने तर्क गर्नेबीच त्यत्तिबेला गम्भीर बहस भएको थियो । मार्क्सले जर्मनीका वैज्ञानिक कार्ल फ्रासका कृतिहरूको पनि अध्ययन गरे । मार्क्सको विचारमा फ्रासका विचारले ‘अचेत सामाजिक झुकाव’ प्रदर्शन गरेको छ । फ्रासको विचारमा माटोमा कृत्रिम मलमार्फत रसायन मिसाउनुभन्दा माटोको उर्वरता बढाउने अरु नै उपायहरू भएको बताए । जस्तैः खेतको माटो र पोषकमा प्राकृतिकरूपमा फेरबदल गर्न बाढी हुल्ने उपाय । तर महँगो रसायनिक मलमा भरपर्न नहुने उनको धारणा थियो । त्यसले पनि न्यायसङ्गत कृषि सम्भव भएको मार्क्सको बुझाइमा अझ मलजल गर्‍यो ।

    फ्रासको अध्ययनले मार्क्सलाई जलवायु र त्यसले कृषि र सभ्यतामा पार्ने असरको विषयमा पनि अध्ययन गर्न हौस्यायो । मार्क्सले फ्रासको पुस्तक ‘क्लाइमेट एन्ड द प्लान्ट वल्र्ड ओभर टाइम्स’ (१८४७) पढे । त्यो पुस्तकमा वनविनाशले जलवायुमा पार्ने प्रभावबारे मार्क्सले अध्ययन गरे । फ्रासले आफ्नो पुस्तकमा वनविनाश र अन्य वनस्पतिको विनाशले कुनै पनि क्षेत्रको प्राकृतिक चरित्रमा ‘गहिरो फेरबदल’ ल्याउने कुरा लेखेका छन् । वनविनाश र मरुभूमीकरणबारे फ्रासका पुस्तकबाट मार्क्सले विस्तृत नोट बताए । जसबाट मानिस–प्रकृति मेटाबोलिज्मलाई कसरी पुँजीवादी व्यवस्थाले असर गर्छ भन्ने विषयमा मार्क्सको बुझाइलाई अझ व्यापक बनाउन मद्दत गर्‍यो । साइटोले निष्कर्ष निकालेका छन्ः

    “फ्रासको ऐतिहासिक अध्ययनले अघिल्लो लेबिगको माटोको उर्वता ह्राससम्बन्धी सिद्धान्तले भन्दा पर्यावरणसम्बन्धी मार्क्सको बुझाइलाई अझ फराकिलो बनायो । मानिसको कारण प्राकृतिक अन्तरक्रियामा निम्तिने दखलबारे मार्क्सको अध्ययनको लागि जलवायु परिवर्तन एउटा नयाँ र महत्वपूर्ण विषय थियो । ‘क्लाइमेट एन्ड द प्लान्ट वल्र्ड ओभर टाइम’ले मार्क्सलाई आधुनिक पुँजीवादी उत्पादनले मानिस र प्रकृतिबीचको अन्तरक्रियामा थप दखल पुर्‍याएको विषयमा मार्क्सलाई सचेत बनायो।”

    फ्रान्सले व्यापार र उद्योगले वातावरणमाथि अनिवार्यरूपमा क्षति पुर्‍याएको निराशावादी निष्कर्ष निकाले । तर, मार्क्सले उत्पादनका साधनमा प्रजातान्त्रिक नियन्त्रणमार्फत मानिस र प्रकृतिबीच अन्तरक्रियाको न्यायपूर्ण नियमनमार्फत उनीहरूबीच एकता कायम गर्र्नुका साथै मेटाबोलिक खाडल पुर्न सहयोग गर्ने निष्कर्ष निकाले । तर, त्यसको निम्ति पुँजीवादी व्यवस्थालाई भत्काउनुपर्ने उनको निचोड थियो।

    यसरी समकालीन वैज्ञानिकहरूको गम्भीर अध्ययन र त्यसमाथिको बहसको लामो सिलसिलापश्चात् मार्क्स आफ्नो मेटाबोलिक सिद्धान्तमा पुगे । तर, दिगो विश्वबारे अझ बढी स्पष्ट हुन हामीले पुँजीवादी व्यवस्था किन यति विनाशकारी हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ । यहाँ आएर साइटोले पर्यावरणसम्बन्धी विचारसामु मार्क्सको अतिरिक्त मूल्यको सिद्धान्तको केन्द्रीयतालाई उपेक्षा गर्न नसकिने तर्क गर्छन् ।

    पुँजीवादले नाफाको दौडको लागि मात्र पृथ्वीलाई ध्वस्त पार्छ भन्ने बुझाइ पूर्ण बुझाइ होइन । साइटोको बुझाइमा यो तर्क स्वयम् मार्क्सको भौतिकवादी विधिविपरीत हो । बरु हामीले यसको निम्ति मानिस र प्रकृतिबीचको अन्तरक्रियालाई बङ्ग्याउन पुँजीले कसरी भूमिका खेलेको हुन्छ भनी गहिराइमा अध्ययन गर्न जरुरी छ । पुँजीले सामाजिक उत्पादन र सञ्चार प्रकृति र मानिसबीचको अन्तरसम्बन्ध बिथोल्ने गरी हुने काम गरेको हुन्छ । साइटोले निकै जोडका साथ लेखेका छन्,“पुँजीवादी व्यवस्थामा श्रमको कुल मूल्यको निर्धारण र पुँजीवादी उत्पादनको कुल वितरण मूल्यले निर्धारण गर्ने भएकोले मानिस र प्रकृतिबीचको मेटाबोलिक अन्तरक्रिया अमूर्त श्रमले निर्धारण गर्ने गर्छ।”

    पुँजीवादले प्रकृति र समाजबीचको सम्बन्धको निर्धारण धन जम्मा गर्नसक्ने क्षमताले निर्धारण गर्ने गर्छ । त्यसले प्रकृतिको दोहन र ‘श्रमलाई क्षीण’ बनाउने अवस्था निम्त्याउँछ । त्यसकारण आज हामीले भोगिरहेको ठूलो पर्यावरणीय सङ्कटको मूल कारण हामीसँग प्रविधि वा विज्ञानसम्बन्धी ज्ञान नभएर होइन, बरु पुँजी परिचालनको तरिका नमिलेर हो । त्यसकारण विगत एकचौथाइ शातब्दीभरि जलवायु परिवर्तन समाधानको निम्ति भएका सबै प्रयास असफल बनिरहेका छन् । ती सबै प्रयासले प्राविधिक समाधानमात्र खोजिरहेका छन् अथवा बजार संयन्त्र मिलाउन खोजिरहेका छन् वा दुवैलाई मिलाउन खोजिरहेका छन् । तर, उनीहरूले प्रकृतिसँगको अन्तरक्रियालाई विकृत बनाउने आधारभूत तरिकाबारे बुझ्न असमर्थ भएका छन् । फलतः पुँजीवादी पर्यावरणीय सङ्कट समाधान गर्न उनीहरू असफल छन् ।

    कार्ल मार्क्सको ‘पर्या–समाजवाद’ (इकोसोसिएलिजम्) मा मानव समाज र प्रकृतिबीचको अन्तरक्रियाबारे मार्क्सको विचार अझै अपूर्ण रहेको देखाएको छ । बरु यसले विज्ञान र दर्शनबीचको गहिरो अध्ययनलाई जोड दिएको छ । मार्क्सको विचारले हामीलाई निःसन्देह पुँजीवादले वातावरणलाई कसरी ध्वस्त बनाउँछ भन्ने कुरालाई अझ स्पष्ट पार्छ । साइटोको पुस्तकले मार्क्सको पर्यावरणसम्बन्धी विचारमा क्रमिकरूपमा भएको प्रगतिलाई उजागर गरेको छ । उनको मेटाबोलिक खाडल सिद्धान्त र त्यसको महत्व बुझ्न यो उपयोगी छ र पढ्न जरुरी छ ।

    स्रोतः मन्थली रिभ्यु, २०१८ (पूर्णाङ्क ६९, अङ्क ११ अप्रिल, २०१८)
    नेपाली अनुवादः नीरज/onlinemajdoor

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.