Date
बुध, जेष्ठ ६, २०८३
Wed, May 20, 2026
Wednesday, May 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

जादुमयी ढङ्गले कम्युनिष्ट एकता भएमा फेरि पनि पानीको फोकाझैँ फुट्नेछ

वस्तुनिष्ठ आधारहरूमा टेकेर राजनीतिक तथा वैचारिक छलफल गर्दै उत्पीडितहरूको अधिकारको रक्षा गर्ने सन्दर्भमा कम्युनिष्ट एकता आवश्यक छ।

nepal_readers nepal_readers
साउन ३, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    स्थानीय तहको निर्वाचनपछि माओवादी केन्द्रले आफ्नो शक्तिलाई मजबूद बनाएको छ भने नेकपा एमालेले शक्ति गुमाएको छ । यता नेपाली कांग्रेस माओवादी केन्द्रकै समर्थनका कारण पहिलो शक्तिमा उक्लियो। प्रत्यक्ष रुपमा हाम्रो समर्थनले कांग्रेसलाई फाइदा भयो, तर अप्रत्यक्ष रुपमा हामीलाई पनि गठबन्धनका कारण केही फाइदा भएको छ।
    कस्तो एकता टिक्छ ?

    आर्थिक परिवर्तनको नेतृत्व गर्ने सन्दर्भमा आज पनि कम्युनिष्टहरूबीच एकताको भूमिका महत्वपूर्ण छ। तर तत्कालका लागि कम्युनिष्ट पार्टीहरूबीचको एकता काल्पनिकतामा मात्रै सीमित रहने देखिन्छ। अहिलेका लागि कम्युनिष्ट एकताको कुरा गर्नु भनेको उखुमा फल र सुनमा सुगन्धको अपेक्षा गर्नु जस्तै हो। वस्तुनिष्ठ आधारहरूमा टेकेर राजनीतिक तथा वैचारिक छलफल गर्दै उत्पीडितहरूको अधिकारको रक्षा गर्ने सन्दर्भमा कम्युनिष्ट एकता आवश्यक छ। तर, कुनै सीमित नेताहरूका लेनदेन वा प्रधानमन्त्रीको मूल्यमा वा कुनै तात्कालिन प्रश्नहरूको सम्बोधन गर्न गरिएका एकताहरूले तात्विक अर्थ राख्दैनन्। तर, राजनीतिक र वैचारिक आधारमा संगठित भएर दीर्घकालिन योजना बनाएर जाने कुराले युगान्तकारी परिवर्तन ल्याउन सक्छ।

    र, कुनै चमत्कारिक ढङ्गले एकता हुन्छ भन्नेमा मलाई विश्वास लाग्दैन। यदि कसैले जादुमयी ढङ्गले एकता गर्छ भने त्यो एकता पानीको फोका जस्तो तत्कालै फुट्नेछ। राजनीति, दर्शन, विचार र संगठनका कुरा नटुंग्याइकन कुनै नेताहरूको आकस्मिक एकताले कम्युनिष्ट आन्दोलमा कस्तो धक्का पुग्यो त्यो इतिहासमा जगजाहेर छ।सबैभन्दा सुरुमा राजनीतिक र वैचारिक विषयलाई टुंग्याइनुपर्छ, त्यसका आधारमा संगठन निर्माण गर्नुपर्छ र त्यो संगठनले नेपाली नागरिकहरूको आर्थिक हैसियत उकास्ने खालको एजेण्डा बोक्नुपर्छ। अनिमात्रै त्यो एकता टिकाउ हुन्छ।

    अस्पष्ट मुद्दाहरू

    हामीले हिजोको एकतामा ‘जनताको बहुदलीय जनवाद’ र ‘२१ औँ शताब्दीको जनवाद’लाई स्थगन गरेका थियौँ। त्यो एकता टुटिसकेपछि अब हामी कुन राजनीतिक मुद्दामा उभिएका छौँ भन्ने कुरा टुंग्याउनुपर्छ, अनि मात्रै हाम्रो दिशा तय हुन्छ। राजनीतिक र वैचारिक मुद्दा नै अस्पष्ट राखेर हिजो एकता गरिएको थियो। हाम्रो राजनीतिक र वैचारिक मुद्दा टुंगिएपछि त्यसको आधारमा कस्तो सांगठनिक विधि बनाउने, कस्तो नीतिगत योजना र कार्यक्रमिक योजना बनाउने भन्ने कुराको निर्धारण गरिन्छ। नीतिगत योजनाले दीर्घकालिन पक्षपोषणको कुरा गर्छ भने कार्यक्रमिक योजनाले नीतिगत योजनाको समर्थन गर्नका लागि गृहकार्य गर्छ। कम्युनिष्ट एकताको सन्दर्भमा यिनै मुख्य कुरामा त्रुटी रहेकाले अझै पनि केही प्रश्नहरू अनुत्तरित छन्। र, अब यिनको समाधान गर्न जरुरी छ।

    अहिले त धेरै सन्दर्भमा एमाले र माओवादीबीच बिवाद छ। यी दुईबीच राजनीतिक र वैचारिक प्रश्नमा भिन्नता छ। आर्थिक एजेण्डामा पनि अस्पष्टता छ। यी विषयमा दुवै पार्टीभित्र अस्पष्टता छ। त्यसैगरी राष्ट्रिय पूँजी निर्माण लगायतका सन्दर्भमा यति जटिल प्रश्नहरू छन् कि जसमाथि विचारको तहमा मात्रै होइन, व्यवहारको तहमा पनि भिन्नता देखिन्छ।

    सरकार चलायौँ, सत्ता चलाउन सकेनौँ

    कम्युनिष्टहरूले वस्तुत सामूहिक उत्पादन प्रणाली र सामूहिक जीवनको अभ्यास गर्नुपर्छ। सामूहिक उत्पादन प्रणाली र सामूहिक जीवनको अभ्यास गर्नु भनेको लोभ र अपराध मुक्त समाजको निर्माण हो। तर, पछिल्लो कालखण्डमा सामान्य अन्तर्यहरु पनि कमजोर हुँदै गएका छन्। कम्युनिष्टहरूले आफू मेटाएर अरुलाई जागृत गर्ने काम गर्नुपर्छ। तर यो बढी काल्पनिकता मात्रै सीमित छ। पछिल्लो समय कम्युनिष्ट नेताहरू नै भौतिक सुखसुविधा र निजी सम्पत्तिमा लिप्त भएका छन्। विद्यमान राजनीतिक र निर्वाचन प्रणालीले नै कम्युनिष्ट नेताहरूलाई कम्युनिष्ट दर्शन र आर्दशबाट च्युत बनाएको छ। त्यसैले कम्युनिष्ट दर्शन एकातिर र व्यवहार अर्कोतिर छ। मानिसहरूले यी दुईबीचको संगति पाउन सकिरहेका छैनन्।

    कम्युनिष्ट पार्टीहरूले आफ्नो दर्शन र विचारलाई संरचनागत परिवर्तन गर्दै जान सकेनन्। हामीले विभिन्न समयमा सरकार त निर्माण गर्यौँ। तर सत्ता निर्माण गर्न सकेनौँ। पुरानै आर्थिक संरचना, कर्मचारीतन्त्र, जीवन दर्शन र पुरानै सांस्कृतिक संरचनाभित्र काम गर्नुपर्यो। हस्तक्षेप गर्न सकेनौँ। बरु नेताहरू त्यही पुरानै संरचनाभित्र घुलमिल भएका छन्। साँच्चिकै सत्ता प्राप्तिको तहमा जाने हो भने हामीले हाम्रा एजेण्डाहरू लागु गर्न सक्थ्यौँ।

    कम्युनिष्ट पार्टीले शासन गर्ने राज्य भन्ने वित्तिकै कुनै सुनसान टापुजस्तो हुनुपर्छ भन्ने छैन। आजको समयमा कुनैपनि मुलुक उत्तर कोरिया जस्तो हुन सक्दैन। पूँजीवादका असल पक्षलाई ग्रहण गर्दै कार्यनीतिक रणनीति राख्न सकिन्छ। त्यसरी आम नागरिकको हितका निम्ति त्यही अनुसार बृहत्तर योजना बनाउन सकिन्छ।

    सरकारको नेतृत्व र सत्ताको नेतृत्व गर्नु फरक कुरा हो। कम्युनिष्टहरू सरकारमा गएर निर्वाचित कुलिनका रुपमा जन्मिए। सरकारमा पुगेपछि कम्युनिष्टहरूले गरीब, दलित र सीमान्तकृतहरूका लागि कार्यक्रम ल्याउनुपथ्र्यो। तर ती सम्पूर्ण जिम्मेवारीलाई लत्याउँदै उनीहरू आफैँ नवधनाढ्य बनेर आए। कम्युनिष्टहरूमा भएको यो एउटा प्रमुख समस्या हो,।

    कम्युनिष्टले के गर्ने ?

    कम्युनिष्टहरू अन्याय, अत्याचार र शोषण विरुद्ध लड्नुपर्छ। कम्युनिष्टहरू आफैँले उद्यमशीलताको काम गर्ने, समान शिक्षा दिने र सादा जीवनको अभ्यास गर्ने गर्नुपर्छ। तर, यहाँ बढी आदर्शवादी र बढी प्रदर्शनकारी हुने काम बढी भएको छ। यो विरोधाभाषपूर्ण छ। हाम्रो निर्वाचन प्रणालीमा बार्गेनिङ र दलालीले मात्रै स्थान पाइरहेको छ। कम्युनिष्टहरूले साँच्चै नै आधारभूत तहका मान्छेलाई संगठित बनाउँदै तिनलाई माथि ल्याएर विचौलियालाई च्युत गर्न सक्नुपर्छ। तर हामी कम्युनिष्ट दर्शन र कार्यक्रमबाट पूर्ण रुपमा अलग भइसक्यौँ। अब हामीले आफूलाई पूँजीवादी र दलालहरूको पार्टी हो भनेर घोषणा गर्न मात्रै बाँकी छ।

    यसो हुन नदिनका लागि, गरीब, दलित र सीमान्तकृतहरूको हित हुने तथा उत्पादन बढाउने खालको कार्यक्रम ल्याउनुपर्छ। त्यो कार्यक्रम कम्युनिष्ट पार्टीहरूले जितेका पालिकाहरूबाट सुरु गर्न सकिन्छ। सामान्य काम नै किन नहोस्, हामीले कम्युनिष्ट दर्शनमा आधारित कार्यक्रम ल्याउन सक्नुपर्छ। यसैगरी उत्पीडितहरू स्वयम् संगठित हुने वातावरण बनाउनुपर्छ र तिनलाई एक÷दुई हजारमा बिकाउ नगरी गेम चेन्जरको भूमिकामा ल्याउनुपर्छ। त्यसो गर्दा मात्रै दलहरू असल मान्छे छान्न बाध्य हुनेछन्। यदि दलहरूले कमसल मान्छे ल्याए भने पनि जनताले तिनलाई पराजित गरेर दण्डित गर्ने काम गर्छन्।

    विचारको खडेरी

    कम्युनिष्ट पार्टीहरूमा विचार निर्माणको प्रश्न अहिले भुत्ते भएको छ। विचार निर्माणको प्रश्नमा एकजनाले मात्रै चिन्तन गरेर हुँदैन। यो उत्पादन, संगठन र परिवर्तनसँग जोडिएको विषय हो। तर कम्युनिष्ट पार्टीमा यी सबै विषय कमजोर भइसकेका छन्। विचारको निर्माण, उत्पादन र वितरण गर्ने चक्र नै खल्बलिएको अवस्था छ। यस कार्यक्रममा राजनीतिक दल र तिनका नेता निस्क्रिय बनेका छन् ।

    तल्लो तहका नेता तथा कार्यक्रर्तामा नेतृत्वले विचार बनाउँछ र त्यसैलाई पछ्याउँला भन्ने सोचले डेरा जमाएको छ। तर यहाँ नेतृत्व तहबाटै पनि विचार निर्माण हुन सकेको छैन। र, काल्पनिक ढङ्गले ल्याएको विचार पनि व्यवहारको मैदानमा नगई निकम्मा भइरहेका छन्।

    माओवादी केन्द्रका नेता अजम्बर राई काङमाङसँग नेपाल रिडर्सले गरेको कुराकानीमा आधारित।

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.