Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

आफूलाई मार्क्सवादी–लेनिनवादी भन्ने, लेनिनवाद नमान्ने?

नेपालमा कम्युनिष्टहरूले कहिले सत्ता कब्जा गरे? लोभ लालचका कारण कम्युनिष्टहरू कठपुतलीका रुपमा सरकारमा गए, तर सत्ता भने अर्कैको हातमा थियो।

रोशन जनकपुरी रोशन जनकपुरी
साउन २०, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पञ्चायतकालमा काठमाडौँमा हातहतियारको चर्चा भइरहेको थियो, तराईका कम्युनिष्टहरूले भरुवा बन्दुक लिएर आलीको पछाडिबाट प्रहरीविरुद्ध फाइरिङ गरिरहेका थिए। नेपाली कम्युनिष्ट आन्दोलमा सशस्त्र क्रान्तिको सिद्धान्त तथा नीतिअनुसार तराईवासीहरू थोरै भएपनि त्यतिखेर लडिरहेका थिए। सामाजिक अन्तरविरोधहरूका बीच कम्युनिष्टहरू मजदुर वर्ग तथा ज्यामीहरूका लागि लडिरहेका थिए। उनीहरू जमिनदारहरू विरुद्ध लडिरहेका थिए।

    सर्वहाराको पक्षमा

    तर अहिले समय बदलिएको छ। हामी यहाँ वामपन्थको चर्चा गर्दैछौँ। त्यतिबेला हामी समाजवादको कुरा गर्थ्यौँ, नयाँ जनवादका कुरा गर्थ्यौँ र जनमुक्ति सेनाका कुरा पनि हुन्थे। यतिबेला हाम्रो मुख्य विषय समावेशी लोकतन्त्र हो। अब ती मजदुरहरू हाम्रा विषय रहेनन्। न गाउँका किसानहरू, न शहरीया मजदुरहरूका विषय नै हाम्रा विषय भए। हाम्रो टार्गेटमा अब एउटा अमूर्त वर्ग: जनता मात्रै हुन थालेको छ। अब सर्वहारा होइन, श्रमिक हुन थालेका छन्।

    वर्गसंघर्ष कम्युनिष्टहरूले मात्रै जानेका छैनन्, पूँजीपतिले पनि जानेका छन्। त्यसका नियम र ट्याक्टिसहरू कम्युनिष्टले भन्दा बढी पूँजीपतिले नै जानेका छन्। त्यसैकारण पूँजीवादले चतुरतापूर्वक मजदुरहरूको शोषण गर्छ। तरपनि मजदुरहरू उनैप्रति आश्रित हुन्छन्। यो पूँजीवादी ट्याक्टिसको एउटा विशेषता हो।

    कम्युनिष्टहरू को हुन् त? वर्ग संघर्षको एउटा पक्षमा सर्वहारा र कमजोरहरू हुन्छन् भने अर्को पक्षमा पूँजीपति र शासकहरू हुन्छन्। यो वर्ग संघर्षमा जसले आफूलाई सर्वहाराको पक्षमा उभ्याउँछ र एकदिन सर्वहाराको जित निश्चित छ भन्ने कुरामा जसले विश्वास गर्छ उ नै कम्युनिष्ट हुन्छ।

    लेनिनको राजनीति

    राम कार्कीले लेनिनवाद अपूरो भएकाले यसमा संशोधन गर्नुपर्छ भन्ने कुरा गर्नुभयो। उहाँले लेनिनवादमा राजनीति थप्ने कुरा सुझाउनुभयो। तर मलाई लाग्छ, कम्युनिष्ट विचारभित्र लेनिनजत्तिका राजनीतिक व्यक्ति अरु कोही छैन। माक्र्सले त वर्गसम्म मात्रै स्वीकारेका थिए। उनी भन्थे, ‘विश्वका मजदुरहरू एकजुट होऔँ।’ तर लेनिनले त्यसमा थपेर ‘विश्वका मजदुर र उत्पीडित जातिहरू एकजुट हौँ’ भनेका थिए। यो वर्ग संघर्षमा जातिलाई स्वीकार गर्नु पनि त राजनीति नै हो। कम्युनिष्ट त माक्र्सवादी नै हुनुपर्छ। तर, जातिहरू उत्पीडनमा रहेकाले जातका लागि बोल्नुपर्छ। यति मात्र होइन, वर्ग संघर्षप्रति विश्वास जित्नका लागि पनि जातीय संघर्ष गर्नुपर्छ।

    अहिले हामीले वामपन्थको कुरा गरिरहेका बेला हामी जातीय आन्दोलनलाई एकल आन्दोलनका रुपमा हेर्दैछौँ। महिला आन्दोलन एकातिर छ भने दलित आन्दोलन अर्कोतिर। यसरी यी विषयहरू छुट्टाछुट्टै हेरिनुले हामीलाई अन्धता सिकाउँछ। लेनिनले २ वटा जनवादका बारे कुरा गरेका छन्ः असंगत जनवाद र अर्को सुसंगत जनवाद। जुन जनवादले समाजवादतर्फ जाने बाटोमा अवरोध गर्छ, त्यो असंगत जनवाद हो र समाजवादतर्फको बाटोमा डोहोर्याउने जनवादचाहिँ सुसंगत जनवाद हो। असंगत जनवादबाट हामीले तत्कालै सम्बन्ध विच्छेद गर्नुपर्छ। तर, हामीले त्यसो गरेनौँ। हामी अहिले कहाँ पुगेका छौँ? हाम्रो आन्दोलन लेनिनसम्म पुग्न सकेको छ त? यदि हामी कम्युनिष्ट वा माक्र्सवादी हो भने हामीले सत्ता कब्जा गर्ने तरिका पो सिक्ने हो त।

    माओ र माओवाद

    वामपन्थमा माओलाई किनारा लगाउने कोशिस पनि गरिन्छ। घनश्यामजी ‘दलाल पूँजीपति वर्ग’को चर्चा गर्नुहुन्छ। माओले दलाल पूँजीपतिको चर्चा गरेसँगै नयाँ जनवादी क्रान्तिको अवधारणा पनि ल्याए। ग्राम्ची पनि योभन्दा भिन्न थिएनन्। ग्राम्चीहरू सांस्कृतिक चर्चा गर्छन्, उनले भनेका कुराहरू माओले पनि प्रयोग गरेका थिए। उनले किसानहरूको नेसनल पपुलर थ्योरी ल्याएका हुन्। हामी ग्राम्चीको ‘वर्चश्ववाद’का कुरा गछौँ, राजनीतिक समाज र नागरिक समाजका भिन्नताका कुरा गछौँ।

    तर आज किन कम्युनिष्ट आन्दोलन असफल भयो? सिद्धान्तमा अपूरो भएर हो ? सिद्धान्त अपूरो भएर त होइन, सिद्धान्तलाई प्रयोग नगरेर आन्दोलन असफल भएको हो। माओवादीले जनयुद्धमा कम्युनिष्ट विधिहरूको प्रयोग गर्यो र सत्ता निर्माणसम्म पुग्यो। तर जहाँबाट उसले कम्युनिष्ट विधिहरू छोड्न थाल्यो, उ भ्रष्ट हुँदै गयो। उसले नयाँ जनवाद छोड्यो र समाजवाद समात्यो। उ लोकतान्त्रिक आकर्षणमा गयो। यस्तो वस्तुस्थितिले उसको आधारभूत संरचना बिग्रियो। अहिले हामी हाम्रा सफलतालाई एकातिर किनारा लगाउँदैछौँ र असफल बनिसकेको पूँजीवादी लोकतन्त्रलाई आदर्श मानेर यसैलाई वामपन्थको नाममा स्वीकार गरिरहेका छौँ।

    तपाईँ आफूलाई माक्र्सवादी होइन भन्नु हुन्छ भने त्यो तपाईँको स्वतन्त्रताको कुरा हो। तर आफूलाई माक्र्सवादी भन्ने, लेनिनवादी भन्ने र माओवादी पनि भन्ने तर माओवादका ती प्रयोगहरूसम्म नपुगेर बीचैमा छोडेर हिँड्ने छुट भने तपाईँलाई छैन।

    कहाँ छ कम्युनिष्ट आन्दोलन ?

    यहाँ संसदीय राजनीति असफल भइरहेको छ। यहाँ कम्युनिष्टहरू कम्युनिष्ट जस्तै छैनन्। पार्टीहरू जब एउटा विचार र संघर्षको मिसनसम्म पुग्दैनन् र तीसँग जनतामा लैजाने फरक कार्यक्रम पनि छैन भने जनताले तपाईँलाई किन स्वीकार गर्छ? सरकार त अरुले पनि चलाउँछन्। तर हामीले सत्ता कब्जा गर्न सकेका छैनौँ। हामीले सोच्ने तरिका वा संस्कारमा यथेष्ट परिवर्तन ल्याउन सकेका छैनौँ। कम्युनिष्टहरूले सोच्ने तरिकामा एउटा सैद्धान्तिकरण गरौँ। यहाँ त युरो कम्युनियजम, नियो कम्युनिजम र अमेरिकन कम्युनिजमबाट आएका सिद्धान्तहरूको खिचडीमात्रै पाकिरहेको छ।

    अब नेपालमा कुनैपनि पार्टी कम्युनिष्ट छैनन्। किनभने उनीहरू विचारबाट अलग छन्, उनीहरूसँग न कार्यक्रम छ, न योजना छ। उनीहरू यतिसम्म निरिह छन् कि सिके राउतले मजदुर र किसानको पक्षमा आन्दोलन गर्छन् तर कम्युनिष्ट आन्दोलनको त्यति पनि ह्याउ छैन। सोभियत संघ ढलेपछि अमेरिकाबाट त्यहाँ एउटा टोली पुराना दस्तावेजहरू खोज्न आइपुग्यो। त्यस क्रममा ख्रुस्चेभले सोभियत संघको इतिहास उल्टो पढाएका रहेछन् भन्ने कुरा अमेरिकीहरूले थाहा पाए। तपाईँहरू आफूलाई कम्युनिष्ट भन्नु हुन्छ। तर तपाईँलाई स्टालिन विरोधीका किताबहरू याद छ, तर स्टालिनका पक्षम लेखिएका किताबहरूको किन याद छैन ?

    हामीले तराईबाट समाजवादसहितका धेरै कुरा सिक्न सक्छौँ। अरु क्षेत्र र जातिबाट पनि सिक्न सकिन्छ। तर, माक्र्सवादी समाज निर्माणका लागि माक्र्सवादका आधारभूत मान्यताबाट भने हामी पछि हट्न सक्दैनौँ। यो छुट हामी कम्युनिष्टहरूलाई छैन। नेपालमा कम्युनिष्टहरूले कहिले सत्ता कब्जा गरे? लोभ लालचका कारण कम्युनिष्टहरू कठपुतलीका रुपमा सरकारमा गए, तर सत्ता भने अर्कैको हातमा थियो।

    कम्युनिष्टहरूले विभिन्न ठक्करहरू सहँदै अघि बढ्दै गएका हुन्। मधेशमा उत्पीडन छ।अन्यत्र पनि उत्पीडनहरू छन्। र, हाम्रो कम्युनिष्ट आन्दोलनभित्र राष्ट्रवाद बलियोसँग जरा गाढेर बसेको छ। तर कम्युनिष्ट भएका नाताले राष्ट्रवादबाट तपाईँ मुक्त हुनुहोस्। राष्ट्र होइन देशको कुरा गरौँ, किनभने देश बन्दा हामी माक्र्सवादीहरू एउटा मोर्चाको रुपमा रहन सक्छौँ। राष्ट्र हावी भयो ‘जन्मजन्मान्तर’ यही राष्ट्रमा सिद्धिन्छौँ। हामी योभन्दा माथि उठ्न सक्दैनौँ। कम्युनिष्ट आन्दोलन यहाँ भन्दा माथि उठ्नुपर्छ।

    (नेपाल अध्ययन केन्द्रले साउन १४ र १५ गते काभ्रेको पनौतीमा आयोजना गरेको ‘आजको वामपन्थ’ विषयक अन्तरसंवाद कार्यक्रममा वाम विश्लेषक रोशन जनकपुरीले गरेको सम्बोधनमा आधारित रहेर यो सामग्री तयार पारिएको हो।)

    यो पनि  –

    नेपाली समाजका ७ अन्तरविरोध – पीताम्बर शर्मा 

    आजको वामपन्थ – घनश्याम भूसाल 

    पतित–वामपन्थीहरूबाट वामपन्थलाई जोगाउँ – खगेन्द्र संग्रौला

    बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिँदैन – राम कार्की ‘पार्थ’ 

    सिद्धान्तबिहिन हुनु भनेको कुहिराको काग बन्नु हो – टंक कार्की 

    वर्ण व्यवस्थाले बनाएको वर्गलाई हल गर्न कुन मार्क्सवाद प्रयोग गर्ने? – भूपाल राई 

    कम्युनिष्टहरुमा ‘डिकोडिङ’को समस्या छ – उमेश चौहान

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      रोशन जनकपुरी

      रोशन जनकपुरी

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.