Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चिनियाँको नेपाल नजर

फ्रान्सेली शासक नेपोलियन बोनापार्टले भनेथे- चीन एसियामा सुतिरहेको सिंह हो । सन् २०१४ मा, चीन-फ्रान्स कुटनीतिक सम्बन्धको पचासौं वर्षगाँठको दिन सि जिनपिङले त्यहीँ नेपोलियन भूमिमा टेकेर भने- सुतिरहेको चीन अब उठिसकेको छ ।

संघर्ष दाहाल संघर्ष दाहाल
भदौ २, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सुतिरहेको चीन उठेपछि…
    फ्रान्सेली शासक नेपोलियन बोनापार्टले भनेथे- चीन एसियामा सुतिरहेको सिंह हो । यो कहावत त्यो कालको हो जतिबेला औद्योगिक क्रान्ति उर्वराइरहेको थियो । अनि पश्चिमा देशहरु स्रोत दोहनको होडबाजीमा विश्वभरि दौडिरहेका थिए । ती मध्येका एक फ्रान्सेली शासक थिए नेपोलियन बोनापार्ट । चीन आफ्नो विशाल उर्वर भूमि र प्रचुर स्रोतको साथ धर्तीमा विराजमान थियो भने पश्चिमाहरु त्यो भूमि, त्यो बजार र त्यो स्रोतमाथि र्‍याल चुहाउँदै परबाट हेरिरहेको थियो ।

    त्यही सुतिरहेको चीनमाथि करिब सय बर्ष पश्चिमा र जापानले दोहन गरे । दोस्रो विश्वयुद्धको अन्त्य अनि विश्वभरि चलेका स्वतन्त्रता र स्वाधीनताका क्रान्तिहरुको लहरसँगै चिनियाँ कम्युनिस्ट पार्टीले समेत सन् १९४९ मा चिनियाँ जनवादी क्रान्ति सम्पन्न गर्‍यो । त्यसैको निरन्तरता स्वरुप पछिल्लोकाल चीनको नेतृत्व राष्ट्रपति सि जिनपिङले गरिरहेका छन् ।

    सन् २०१४ मा, चीन-फ्रान्स कुटनीतिक सम्बन्धको पचासौं वर्षगाँठको दिन सि जिनपिङले त्यहीँ नेपोलियन भूमिमा टेकेर भने- सुतिरहेको चीन अब उठिसकेको छ । त्यही उठेको चीन आज विश्वको शक्तिशाली अर्थतन्त्र बनेको छ । उसको उठाइ र हिडाइले विश्व हल्लाइरहेको छ । त्यससँगै उसको विगतका सम्बन्ध, गतिविधि र चासोहरुमा समेत फेरबदल आइरहेको पनि छ । त्यही फेरबदलको एक पहलु हो ‘नेपाल, सुधार वा समाप्त होऊ’ पुस्तक, जसका लेखक हुन चाउ सेङफिङ ।

    सन् २०१४ मा, चीन-फ्रान्स कुटनीतिक सम्बन्धको पचासौं वर्षगाँठको दिन सि जिनपिङले त्यहीँ नेपोलियन भूमिमा टेकेर भने- सुतिरहेको चीन अब उठिसकेको छ ।

    चाउ करिब १० वर्ष चिनियाँ सञ्चार माध्यम सिन्ह्वाका प्रमुख भएर नेपालमा काम गरिसकेका पत्रकार हुन् । चाउ सेङपिङले आफ्नो नेपाल बसाइको क्रममा देखेका, अध्ययन गरेका, अनुभव गरेका विषय र तथ्यहरुको आधारमा उसले देखेको नेपाल विवरण र सुझावको फेहरिस्त हो उक्त पुस्तक ।

    पुस्तकमा, चाउले नेपाल-चीन सम्बन्धका मुख्य पहलुहरु उजागर गरेका छन् । जसमा, उनको मूल चासो भनेको नेपाल-चीन सम्बन्धको आयाम फराकिलो मात्रै हैन सघन हुनुपर्दछ भन्ने नै छ । जसका लागि नेपालको तर्फबाट जुन भूमिकाको अपेक्षा चीनले गरेको छ त्यसमा नेपाल स्थिर हुन नसकेकोमा उनको चिन्ता देखिन्छ । अवश्यपनि, नेपालको आन्तरिक राजनीतिक समीकरण फेरबदलले ल्याउने सरकारको नीति भन्दापनि कार्यप्रणालीमा फेरबदलले हुनेगरेको छ ।

    नेपाल-चीन सम्बन्धको इतिहास र आयाम

    १ अगस्ट १९५५ मा तत्कालीन शाही सल्लाहकार गुञ्जमान सिंह र चिनियाँ राजदूत युआन जोङसियाङबीच भएको हस्ताक्षरद्वारा नेपाल-चीन दौत्य सम्बन्धको सुरुवात भएको थियो । दोस्रो विश्वयुद्धपछि उपनिवेशकाल समाप्त भयो । त्यसपछि विश्वभरिका देशहरुबीचको सम्बन्धमा नयाँ आयाम आवश्यक भयो । त्यही आयाम अनुरुप विश्वभरिका देशहरु एकअर्का बीचको सम्बन्धलाई वैधता दिन र त्यसमार्फत एकअर्काको साझा हितप्रति प्रतिबद्ध रहन यस्ता सम्बन्ध-सन्धि मार्फत ती देशहरु अघि बढे । त्यसैको कडी थियो नेपाल-चीन दौत्य सम्बन्धको दस्तावेज ।

    पछि, सन १९६० मा तत्कालीन प्रधानमन्त्री बिपि कोइराला चीन भ्रमणमा गएपछि प्रधानमन्त्रीको तहबाटै ‘शान्ति तथा मैत्री सन्धि’ गरियो । त्यसपछि पनि मुस्ताङ लगायत केही क्षेत्रहरुमा सिमा विवाद समाधान सहित राजा महेन्द्र र राष्ट्रपति ल्यू शाओचीबीच समेत ‘शान्ति तथा मैत्री सन्धि’को पुनरावलोकनसहित हस्ताक्षर गरियो ।

    १३८९ किलोमिटर दुरीमा सिमाना जोडिएको देश भएपनि भौगोलिक विकटताका कारण लामो समयसम्म चीनको लागि नेपाल प्राथमिकताको देश परेको थिएन । नेपालको आन्तरिक शक्तिसंघर्ष होस् वा भारतको विभिन्न खालका हस्तक्षेपविरुद्ध नेपालको राज्यतहबाटै पनि चीनतिर नजर तेस्र्याउँदा होस्, चीनले नेपाललाई अपेक्षाकृत प्राथमिकतामा राखेको इतिहास विरलै पाइन्छ । तर, जब पछिल्लोकालमा चीन विश्वशक्तिको रुपमा उदाउँदै गएको छ, उसको शक्तिको तरंग नेपालतिर समेत फैलिनु स्वभाविक छ । त्यसकारण नेपालसँग चीनको चासो बढ्दै गएको छ । त्यही चासोको कडी हो चाउ सेङफिङको उक्त पुस्तक ।

    लेखक – संघर्ष दाहाल

    चिनियाँ साँस्कृतिक क्रान्ति काल वरपर जुन भोकमरीले चीनलाई सताएको थियो, त्यो भोक मार्न उसले अपनाएको कडा परिश्रम, एकाग्रता, कडा नीति र त्यसले उत्पादन गरेको मान्छे र उसको मनोविज्ञानको तहबाट हेर्दा विभिन्न कालका नेपाली शासकहरुका नालायकीहरु अनेकौं देखिन्छन् । किनकि, त्यो भोकमरीबाट उठेर आजको विश्वशक्ति बनेको चीन सानो मिहनेत र कडा राज्यनीति बिना किमार्थ सम्भव थिएन/छैन । त्यसकारण, लोकतन्त्रको नाममा आफ्नो जमिन जर्जर छाडेर विदेशीको भूमि सिञ्चन गर्न दौडिरहेको नेपाली र उसलाई लखेट्न तम्तयार राज्ययन्त्रप्रति एक औसत चिनियाँको नजर जस्तो हुनुपर्ने हो, ठ्याक्कै त्यस्तै छ चाउका शब्द संयोजन र वाक्य गठनहरु ।

    चाउको चिन्ता
    पुस्तकको पहिलो अध्यायमा, चाउले नेपाल-चीन सम्बन्धलाई नेपालले कम महत्व दिएको हो कि, भन्ने शंकाबाट सुरुवात गरेका छन् । नेपाल चीन बिच परापूर्व कालदेखिको सम्बन्ध रहँदै आएको छ । यो सम्बन्ध पराम्परागत सम्बन्धको रुपमा विकसित भएको सम्बन्ध हो । झिनामसिना बाहेक विवादरहित सम्बन्ध हो । तर, नेपालको सम्बन्धको आयामभित्र भारत एउटा महत्वपूणर् पक्ष हो भन्ने कुरालाई चीनले सदैव स्वीकार्दै आएको छ । चाउ शङफिङ भन्छन्, ‘नेपालले चीन र भारतसँगको सम्बन्धलाई सन्तुलन गरेर अघि बढ्नुपर्छ । तर, नेपालको चीनसँगको सम्बन्ध संकटग्रस्त अवस्थामा आइपुगेको छ ।’

    हालको सरकारले चीनसँगको सम्बन्धलाई महत्व नदिएको उनको बुझाइ छ । चीनलाई नेकपाको सरकारले पनि धोका दिएको र चीन त्यसमा चुकेको उनको बुझाइ छ । यसलाई प्रष्ट्याउँदै उनी लेख्छन्,‘चीनलाई सबैभन्दा ठूलो पश्चाताप नेकपालाई कसले पोषण गरिरहेको छ भन्ने लेखाजोखा नगरीकन उसमाथि अत्यधिक विश्वास गर्नु हो ।’

    चाउ शङफिङ भन्छन्, ‘नेपालले चीन र भारतसँगको सम्बन्धलाई सन्तुलन गरेर अघि बढ्नुपर्छ । तर, नेपालको चीनसँगको सम्बन्ध संकटग्रस्त अवस्थामा आइपुगेको छ ।’

    पुस्तकमा, चीनले नेपाललाई दर्शनको आधारमा नभई, समग्र हितलाई केन्द्रमा राखेर सबै पार्टीहरुसँग सम्बन्ध विकास गर्न चाहेको कुरा प्रष्ट्याएका छन् । नेपालको सबै पार्टीहरुसँग सम्बन्ध राम्रो भयो भने, नेपाल-चीन सम्बन्ध झन् बलियो हुने भन्दै उनले लेखेका छन्, ‘संकटग्रस्त समयमा अन्तर्राष्ट्रिय ह्रासोन्मुख सम्बन्धलाई लिएर नेपाल र चीनले निकट भविष्यमा पहिलेभन्दा बिल्कुल फरक अवस्थामा आफ्ना आवश्यकतालाई महसुस गर्ने छन् । उनीहरुले नयाँ ढंगबाट सम्बन्धको निकास निकाल्नुपर्ने छ । सम्बन्ध राम्रो बनाउनको लागि दर्शन, कम्युनिष्ट सिद्धान्तलाई छायाँमा राख्न समेत चीन तयार छ ।’

    पुस्तकमा, विश्वशक्ति राष्ट्रहरुको शक्ति संघर्षको थलो कतै नेपाल त बन्ने होइन ? भन्ने उनको चिन्ता देखिन्छ । चीनको विकासको गतिमाथि नियन्त्रण गर्न पश्चिमी मूलतः अमेरिका र स्थानीय भारतले कुनै न कुनै प्रकारको भूमिका खेलिरहेको उनको बुझाइ छ । त्यो शक्ति संघर्षमा अमेरिकाले भारत र नेपाललाई प्रयोग गर्नसक्ने खतराबाट नेपाल सदैव सचेत रहनुपर्ने उनको सुझाव समेत छ ।

    नेपाली समाज र राजनीति
    लामो समय नेपालमा बसेर सबै क्षेत्रको जानकारी राखेका चिनियाँ पत्रकार चाउ नेपालको सार्वजनिक क्षेत्रप्रति चिन्ता र चासो देखाउदै लेख्छन्, ‘नेपालको सबै क्षेत्रमा चरम राजनीतिकरण भएको छ । विषयगत ज्ञानको क्षमताले नभई राजनीतिक पहुँचको आधारमा मानिसहरुले रोजगार प्राप्त गरिरहेका छन् । जसको प्रत्यक्ष असर नेपालको शिक्षा क्षेत्रमा पनि परेको छ…नेपालको शिक्षा प्रणालीलाई इतिहासमै नभएको दुर्दान्त र प्रत्युत्पादक अवस्थामा पुर्‍याएको छ ।’

    चाउ लेख्छन्- ‘राजनीतिबाट छुटकरा पाउनका लागि धेरै युवा विदेश पलायन भएका छन् । अधिकांशलाई कृषि उत्पादन तुच्छ काम लाग्दछ । कतिपयले राजनीतिलाई पैसा फल्ने रुख सरह मान्दै यसलाई हल्लाउने सपना बोकेर कुनै न कुनै राजनीतिक दलको हिस्सा बन्ने गरेका छन् ।’

    यसैगरी, नेपालको युवाहरु जो व्यक्तिवादी सोचबाट अभिप्रेरित छन र आफ्ना भविष्य प्रति चिन्तित छन् तर देशप्रति कुनै दायित्व बोध छैन उनीहरुको यो संस्कृतिले देश बन्न नसक्ने उनको चिन्ता छ । नेताहरुका नालायकीका कारण एकातर्फ पढेलेखेका युवाहरुको राजनीतिप्रति रुचि ह्रास हुँदै गइरहेको छ । अर्कोतर्फ, राजनीतिलाई पैसा कमाउने उद्यम बनाउनेहरुको कमी छैन, जसमा कुनै राजनीतिक सुझबुझ देखिँदैन । उनीहरु राजनीतिलाई धन्दाको रुपमामात्र देख्छन् । अर्कोतर्फ आम सर्वसाधारण जनतामा ठूलो निराशा छ । यही नेपाली परिवेशबारे चाउ लेख्छन्- ‘राजनीतिबाट छुटकरा पाउनका लागि धेरै युवा विदेश पलायन भएका छन् । अधिकांशलाई कृषि उत्पादन तुच्छ काम लाग्दछ । कतिपयले राजनीतिलाई पैसा फल्ने रुख सरह मान्दै यसलाई हल्लाउने सपना बोकेर कुनै न कुनै राजनीतिक दलको हिस्सा बन्ने गरेका छन् ।’

    एमसीसी सम्झौता
    पुस्तकको अर्को खण्डमा, उनले अर्थतन्त्र र राजनीतिसँग सम्बन्धित भएर लेखेका छन् । पुस्तकमा अमेरिकी सहयोग भनिएको एमसीसीलाई कडा रुपले प्रस्तुत गरिएको छ । पुस्तकमा उनले एमसीसीलाई नेपालको सम्प्रभुता माथिको अतिक्रमण भनेर समेत टिप्पणी गर्न भ्याएका छन् । यसमा उनले बलियो तर्कहरु समेत पेश गरेका छन् । सम्झौताको भाग ७.१ जहाँ, ‘हस्ताक्षर गर्ने पक्षहरु यसमा पूणर् सहमत छन् । सम्झौता लागू भएको मितिदेखि एमसीसी कार्यान्वयनका सम्बन्धमा अमेरिकी कानुनद्वारा निरुपण गरिनेछ ।’ एमसीसी सम्झौता लागू भएको खण्डमा यसबारेका कानुनी निरुपणका लागि नेपालको संविधान आकर्षित हुन नसक्ने तर्क प्रस्तुत गरेका छन् । ‘नेपालको संविधान यो देशको मूल कानुनका रुपमा रहेता पनि यो आन्तरिक कानुन हो । त्यसकारण यस सम्झौताले यो कानुनलाई खारेज गर्दछ । ५०० मिलियन अमेरिकी डलर सहायताको बदलामा नेपालले भुक्तान गर्नुपर्ने मूल्य यही हो ।’ उनले यो सम्झौतालाई बेलायतसँग गरिएको सुगौली सन्धि, भारतसँगको सन् १९५० को शान्ति तथा मैत्री सन्धिसँग तुलना गरेका छन् ।

    एमसीसी सम्झौता चीन र भारतमाथि खतरा
    चाउले एमसीसी सम्झौताले नेपालको सार्वभौमसत्तालाई मात्र चुनौती नभई यसका छिमेकीहरुलाई समेत खतरामा पारेका जिकिर गरेका छन् । सम्झौता नेपालको कानुनभन्दा माथि भएकोले नेपालका छिमेकीहरु यसबारे सजग हुनुपर्नेमा उनको जोड देखिन्छ ।

    एमसीसी भारत विरुद्ध समेत रहेको उनको बुझाइ छ । यस परियोजनाले भारतको क्षेत्रीय प्रभावलाई चुनौती दिने उनको जिकिर छ ।

    उनको प्रष्ट्याई छ, ‘अमेरिकी सरकारको अधिनमा रहेको कम्पनी नेपालको सबै कानुनभन्दा माथि रहन्छ, जसले नेपालको कानुन अनुसार कार्य सम्पादन गर्ने छैन । यस परिस्थितिमा नेपालका निकटवर्ती छिमेकी चीन र भारतले एमसीसीका गतिविधि र यसबाट उत्पन्न हुने नतिजाहरुप्रति चनाखो हुनैपर्छ ।’
    एमसीसी भारत विरुद्ध समेत रहेको उनको बुझाइ छ । यस परियोजनाले भारतको क्षेत्रीय प्रभावलाई चुनौती दिने उनको जिकिर छ ।

    बिआरआई
    एमसीसी सम्झौता चीन विरुद्ध लक्षित रहेको औँल्याउदै यसले एक चीन नीति विरुद्ध नेपालमा काम गर्ने तथा चीनको विआरआई परियोजना रोक्नका लागि काम गर्ने उनको विश्लेषण रहेको छ । यही नियतका साथ नेपालले बिआरआई सम्झौता गरेको केही महिनामा एमसीसी सम्झौतामा हस्ताक्षर गराएको दलील पेश गरेका छन् । चाउ थप्छन्, ‘केही पर्यवक्षेकका अनुसार बिआरआईको कारणले अमेरिकालाई यस्तो अनुदान प्रदान गर्ने कदम उठाउन बाध्य पारिएको हो । नेपालले चीनसँग सन् २०१७ मे १२ मा बिआरआई सम्झौतामा हस्ताक्षर गरेको थियो । यसको पाँच महिना नपुग्दै सेप्टेम्बर १४, २०१७ मा नेपालले अमेरिकासँग पाँच वर्षपछि मात्रै सुरु हुने एमसीसी सम्झौता हतार हतारमा समय अगावै हस्ताक्षर गर्‍यो ।’

    नेपालको जटिल र विशिष्ट ‘भूराजनीतिक’ कारण र त्यसलाई सहि गन्तव्य दिन नसक्ने नेतृत्वका कारण बिआरआईले कार्यान्वयनको रुप लिन नसकेको उनको ठम्याई छ ।

    संविधान निर्माणको प्रक्रियालााई लिएर असन्तुष्ट बनेको भारतले नेपालमाथि ४ महिना भन्दा लामो समय अघोषित नाकाबन्दी लगायो । भारत माथि पूणर् निर्भर रहेको नेपालले सन् २०१७ मे १२ मा चीनको बिआरआई सम्झौतामा हस्ताक्षर गर्‍यो । सम्झौतापछि नेपालले ३५ वटा परियोजनाको सूची पठाएको थियो । चीनले एक अंकमा पठाउन सुझाव दिएपछि त्यसलाई छोट्याएर ९ वटा योजनाहरु पठाएको थियो । कुनै प्रगति बिना नै सन् २०२० मा यसको म्याद सकिएर स्वतः सन् २०२३ सम्मको लागि सम्झौता नविकरण भएको छ । तर यसको प्रगति शून्य छ । पुस्तकमा यसबारे लेखकले बिआरआई कार्यान्वयन हुन नसक्नुका पाटाहरु केलाउने प्रयास गरेका छन् । उनले लेखेका छन्, ‘अवसरवाद र समग्रमा राजनीतिक इच्छा-शक्तिको कमी बिआरआई अभियान अन्तर्गतका यी परियोजनालाई कार्यान्वयन गर्ने मार्गमा विशिष्ट अड्चन हुन् ।’ त्यस्तै नेपालको जटिल र विशिष्ट ‘भूराजनीतिक’ कारण र त्यसलाई सहि गन्तव्य दिन नसक्ने नेतृत्वका कारण बिआरआईले कार्यान्वयनको रुप लिन नसकेको उनको ठम्याई छ ।

    पुस्तक विवरण
    यस पुस्तकमा नेपालमा बेरोजगारकिो अवस्था, पर्यटन, जलविद्युत राजनीति,वैदेशिक लगानी, कृषिको विषयमा समेत सामान्य विश्लेषणहरु गरिएको पाइन्छ । अ‌ंग्रेजीमा MEND OR END शिषर्कमा लेखिएको पुस्तकलाई नेपाली ‘नेपाल सुधार वा समाप्त होऊ’ अनुवाद गरिएको छ। जनता सञ्चार गृहले सन् २०२१ मा प्रकाशित गरेको यो पुस्तक २७२ पृष्ठको छ । पुस्तकलाई पाँच भागमा विभाजन गरिएको छ । पहिलो राजनीति, दोस्रो अर्थशास्त्र, तेस्रो संस्कृति र शिक्षा, चौथो समाज र पर्यावरण र अन्तिम अध्यायमा यात्रा तथा पर्यटनको विषय समेटिएको छ । यो पुस्तक, चीनको नेपाल नजर बुझ्न मात्रै हैन हालको नेपाल संकट, यसको भूराजनीतिक खतरा, छिमेकी देशहरुसँगको सन्तुलित सम्बन्ध र पश्चिमाको नेपाल नीतिप्रति अपनाउनुपर्ने सजगता के के हुन् ? भन्नेबारे सामान्य ज्ञान राख्न पनि यो पुस्तक उपयोगी हुनेछ । साथै, हाल नेपाल-चीनको सम्बन्धबारे बुझ्न र त्यसबारे अनुक्रियाका लागि समेत यो पुस्तक एउटा सन्दर्भ सामग्री हुनेछ ।

    अन्त्यमा, नेपाल-चीन सम्बन्ध निकै लामो छ । छिमेकीसँगको सम्बन्ध आफू अनकुल हुन जरुरी छ । दुई देशको आन्तरिक मामिलामा तेस्रो देशको स्वार्थ हुनु आफैमा खतराको विषय हो । हामीले मित्र फेर्न सक्छौ तर छिमेकी फेर्न सक्दैनौ । मित्र राष्ट्र र सहयोगको नाममा छिमेकी प्रतिको षड्यन्त्र गर्ने भूमिको रुपमा हाम्रो भूमिलाई प्रयोग हुनसक्ने खतराप्रति नेपाल पक्ष सदैव सचेत हुन जरुरी छ । देशको राजनीतिदेखि जनताको जीवन स्तरसम्मको अवस्थालाई सुधार गर्नको लागि चिनीयाँ पत्रकार चाउले जुन सुझाव सुझाएका छन् यो मननयोग्य विषय हो ।

    यो पनि –

    सिल्क रोड र अन्तर्राष्ट्रिय आयामहरु 

    वान बेल्ट, वान रोड र नेपाल – श्रृङ्खला १ 

    वान बेल्ट, वान रोड र नेपाल – श्रृङ्खला २

    वान बेल्ट वान रोड र नेपाल श्रृङ्खला – ३

    वान बेल्ट वान रोडमा भारत सामेल भएन भने के गर्ने? श्रृङ्खला-४ 

    वान बेल्ट वान रोड र पर्यावरण (श्रृङ्खला-५) 

    बिआरआइको राजनीतिक अर्थशास्त्र र नेपाल- १ 

    बिआरआइको राजनीतिक अर्थशास्त्र र नेपाल : २ 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      संघर्ष दाहाल

      संघर्ष दाहाल

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.