Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

किन आवश्यक छ बहुध्रुवीयता?

बहुध्रुवीय विश्वमा ठूलो विविधता हुन्छ। यसमा भिन्न सँस्कृति तथा जीवनशैलीको सम्मान हुन्छ। बहुध्रुवीयतामा एकैखालको सँस्कृति र आर्थिक ढाँचालाई नै सफलताको सुत्र मानिँदैन। यसले लोकतन्त्र र जवाफदेहिताको प्रवर्धन गर्छ भन्नेमा यसका पक्षधरहरूको विश्वास छ।

इमरान बुक्कुस इमरान बुक्कुस
फाल्गुन २१, २०७९
- विमर्शका लागि, समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    युक्रेन युद्ध सुरु भएको एक वर्ष भइसकेको छ। गत साल २४ फेब्रुअरीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २ लाख सैनिकलाई युक्रेन पठाएका थिए। यो युद्ध सुरु भएको एक वर्ष बितिसक्दा पनि यसलाई रोक्नका लागि दुईतर्फी पहल हुन सकेको छैन। युक्रेनमा जारी युद्ध यथाशीघ्र अन्त्य गर्नका लागि सम्भावित सबै उपायहरू अवलम्बन गर्न जरुरी छ। युद्ध मैदानमा उत्पन्न गतिरोधको अवस्था र युद्ध अझै भड्किएमा मानवीयतामा हुने चुनौतीलाई मध्यनजर गर्दै अहिले नै वार्ता गर्नु अनिवार्य छ। यद्यपि रुसले वार्ता गर्ने इच्छा देखाएको छ, तर युक्रेनलाई समर्थन गरिरहेको अमेरिकाले भने यसखालको रुची देखाएको छैन। यो एउटा गहिरो दुर्भाग्य हो।

    साथमा यसलाई अरु युद्ध जस्तै एउटा भयानक घटनाको रुपमा मात्रै नहेरेर यो युद्धलाई एउटा व्यापक फ्रेममा राखेर बुझ्नुपर्ने हुन्छ। यो युद्ध रुस र युक्रेनबीचको मात्रै होइन, यसमा एकातर्फ रुस छ भने अर्कोतर्फ अमेरिका, यसका युरोपियन समर्थक र अमेरिकी वर्चश्वको सैन्य संगठन नेटो खडा भएको छ।

    नेटोको विध्वंशकारी निशान
    अवश्य पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एक दक्षिणपन्थी अधिनायकवादी राष्ट्रवादी हुन्, जसले एउटा ‘क्लेप्टोक्रेटिक’ राज्य चलाएका छन्। उनी एउटा निन्दा गर्न योग्य व्यक्ति हुन्। यता अमेरिका र नेटो पनि समस्याग्रस्त छन्।

    संसारको सबैभन्दा हिंस्रक राष्ट्र हो, अमेरिका। यसले कयौं देशहरूमा आक्रमण तथा बम प्रहार गरेको छ। निश्चित रुपमा अमेरिकाको हातमा पुटिनको तुलनामा बढी रगत लत्पतिएको छ। नेटो युरोप तथा उत्तर अमेरिकामा शान्ति र सुरक्षाको प्रवर्धन गर्ने दाबी गर्छ, तर यो जहाँ पुगेको छ उसले त्यहाँ विध्वंशकारी निशान छोडेको छ।

    नेटोको स्थापना पश्चिमाहरू र सोभियत युनियनबीचको शीतयुद्धका दौरान भएको थियो। यद्यपि, शीतयुद्धको अन्त्यपछि पनि यसले ‘लोकतन्त्र र मानवअधिकारको प्रवर्धन’ का नाममा विश्वका अरु देशहरूमा हस्तक्षेप गर्ने कार्य दोहोर्याइरहेको छ। वास्तवमा यी हस्तक्षेपहरू अमेरिकी स्वार्थहरूलाई अगाडि बढाउने र वैश्विक आर्थिक तथा राजनीतिक प्रणालीमा आफ्नो वर्चश्व जोगाईराख्ने अमेरिकाको लालसाबाट प्रेरित छन्।

    यी हस्तक्षेपका सबैभन्दा नराम्रा उदाहरणहरू मध्ये एउटा थियो, सन् २०११ मा लिवियामा नेटोको क्याम्पेन। मोहम्मर गद्दाफीको अधिनायकवादी शासनबाट जनतालाई सुरक्षा गर्ने भन्दै नेटोले लिवियामा बमबारी अभियान चलायो, जसबाट हजारौंको मृत्यु भयो भने ठूलो मात्रामा भौतिक क्षति भएको थियो।

    जसको परिणाम लोकतन्त्रको उत्कर्ष थिएन। बरु गद्दाफीको शासनको अन्त्यले एउटा भ्याकुमको सिर्जना गर्यो, जसमा अतिवादी समूहरूले छलाङ्ग मार्ने मौका पाए। यसले देशलाई एउटा अराजकताको स्थितिमा पुर्याइदियो र अन्ततः लिविया विनाशकारी स्थितिमा पुग्यो। गद्दाफी हानिकारक नेता थिए, तर नेटोले अवस्थालाई झनै खराब बनाइदियो।

    बहुध्रुवीय विश्वको सम्भावना
    पुटिनका विफलताहरूलाई राम्रोसँग पहिचान गरेका पश्चिमा समर्थक टिप्पणीकारहरू अमेरिका र नेटोले विश्वभर गरेको विध्वंशलाई भने देख्दैनन्। ग्लोबल साउथका अधिकांशको भावनासँग उनीहरूको कुनै तालमेल मिल्दैन। ‘ब्रिक्स्’ राष्ट्रहरूसहित ग्लोबल साउथको नेतृत्व गर्ने धेरै देशहरू युक्रेन युद्धका सम्बन्धमा तटस्थ छन्। ती देशहरू रुसी आक्रमणको निन्दा गर्न सक्थे, तर उनीहरूले आफूलाई अमेरिका र नेटोसँग गठजोड गर्न सक्दैनन्।

    शीतयुद्धका बेला दुईवटा मुख्य शक्तिहरू थिए, अमेरिका र सोभियत युनियन। तेस्रो विश्वले आफूलाई तेस्रो शक्तिका रुपमा विकास गर्ने कोशिस गर्दै थियो। यो तेस्रो शक्तिले सन् १९६० को दशकमा केही प्रगति हासिल गर्यो, तर विश्व बैंकले नव उपनिवेशिक आर्थिक व्यवस्था स्थापित गर्नमा विशेष रुपले नकरात्मक भूमिका निर्वाह गरेपछि तेस्रो विश्वको सम्भावित उभार तोडिन पुग्यो। सोभियत युनियनको विघटन हुनुका साथै तेस्रो विश्व शक्तिहीन भएपछि अमेरिका एक्लो वैश्विक शक्ति बन्न सफल भयो।

    तर पछिल्ला वर्षहरूमा चीन शक्तिशाली बन्दैछ। यता रुस पनि अमेरिकी अधिनायकत्वको अघि आफूलाई झुकाउन तयार देखिँदैन। ग्लोबल साउथका धेरैका लागि यसले नयाँ बहुध्रुवीय विश्वको सम्भावनाको ढोका खोलिदिएको छ। जसका लागि कैयौं तत्पर पनि छन्।

    बहुध्रुवीय विश्वमा के हुन्छ?
    बहुध्रुवीय विश्वको आवश्यकता महशुस गरिनुका केही कारणहरू छन्। पहिलो कारण हो, वर्तमानको एकल ध्रुवीय विश्व। अमेरिका प्राय अरु देशको हितसँग सम्बन्ध नै नराखी एकतर्फी र निजी स्वार्थमा काम गर्छ। यसले कयौं द्वन्द्व र अस्थिरतालाई निम्त्याएको छ, जस्तैः इराकको युद्ध र इरान तथा चीनसँगको जारी तनाव।

    एउटा बहुध्रवीय विश्वमा कुनै एकल शक्तिको बर्चश्व हुँदैन। शक्तिका केन्द्रहरू आपसी सहकार्य र सम्झौता गर्न तयार हुन्छन्। बहुध्रुवीय विश्वले ठूलो विविधता र बहुलवादलाई स्वीकार गर्ने तर्क गरिन्छ। अहिलेको एकध्रुवीय अमेरिकन साँस्कृतिक तथा आर्थिक अधिनायकत्वलाई नै सफलताको एकमात्र कारकका रुपमा चित्रित गर्ने गरिन्छ र यसले एकल सँस्कृतितर्फ लैजान्छ, जहाँ फरक सँस्कृति र जीवनशैलीको सम्मान गरिँदैन।

    बहुध्रुवीय विश्वमा ठूलो विविधता हुन्छ। यसमा भिन्न सँस्कृति तथा जीवनशैलीको सम्मान हुन्छ। बहुध्रुवीयतामा एकैखालको सँस्कृति र आर्थिक ढाँचालाई नै सफलताको सुत्र मानिँदैन। यसले लोकतन्त्र र जवाफदेहिताको प्रवर्धन गर्छ भन्नेमा यसका पक्षधरहरूको विश्वास छ।

    एकध्रुवीय विश्वमा अमेरिका एकतर्फी रुपमा अन्तराष्ट्रिय कानुनको पालना तथा अन्य देशको धारणाको सम्बोधन नगरी कार्य गर्छ। जसले गर्दा वैश्विक मामिलामा जवाफदेहिता र पारदर्शिताको अभाव खड्किन्छ। तर बहुध्रुवीय विश्वमा कुनै एकल शक्तिका लागि दण्डहिनताको सुविधा हुन सक्दैन। यस्तो व्यवस्थामा वैश्विक मामिलाका सम्बन्धमा पारदर्शिता र जवाफदेहिता हुन्छ।

    बहुध्रुवीयताको वकालत गर्नेहरू अमेरिकाको शक्ति ढल्दा अरु धेरै राष्ट्रहरू अमेरिकाको आक्रमण, बमबारी र ‘कू’ को जोखिम बिना नै आफ्नो विकासका मार्गहरू पछ्याउन सक्षम हुन्छन् भन्ने तर्क गर्छन्। शीतयुद्धका अनुभवहरूका आधारमा बहुध्रुवीयताका पक्षधरहरू भन्छन् कि- जब शक्ति राष्ट्रहरू आफ्नो प्रभावका लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन्, तब गरीब तथा कमजोर देशहरू एकआपसमा राम्रो सम्झौता र सकेसम्म स्वायत्तता खोजिरहेका हुन्छन्।

    यसका लागि जाम्बियाका पूर्व राष्ट्रपति केनेथ काउन्डा उत्कृष्ट थिए। दोस्रो विश्वयुद्ध देखि सोभियत युनियनको विघटनसम्मको अवधिमा कायम दुई ध्रुवीय विश्वको अन्त्य भएपछि ग्लोबल साउथका धेरै देशहरू आफ्नो महत्व गुमेको महशुस गर्छन्।

    बहुध्रुवीय विश्वको साथमा रहनु भनेको पुटिन वा उनको आक्रमणको समर्थनमा रहनु होइन। तर यसको मतलब अमेरिका र नेटोको पक्ष लिनु पनि होइन। त्यसैले ग्लोबल साउथका नेतृत्वकर्ता देशहरू वार्ताको माध्यमबाट यो युद्धको अन्त्यका लागि प्रयास गर्दै आएका छन्। जारी समस्याको निकासका लागि चीनले भर्खरै एउटा प्रस्ताव समेत अघि सारेको छ।

    अवश्य पनि, बहुध्रुवीयताको विचारमा महत्वपूर्ण आलोचनाहरू छन्, त्यसमाथि खुल्ला रुपमा र होसियारीपूर्वक छलफल गर्नुपर्छ। तर, यदि हामी ग्लोबल साउथका अग्रणी देशहरूको स्थितिलाई परिवर्तन गर्ने विषयलाई बुझ्न कुनै कष्ट गर्दैनौं भने हामी तर्कसंगत ढंगले कुराकानीको सुरुवात गर्न सक्दैनौं।

    (मेल एण्ड गार्जियनबाट भावानुवाद)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      इमरान बुक्कुस

      इमरान बुक्कुस

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.