Date
शनि, बैशाख २६, २०८३
Sat, May 9, 2026
Saturday, May 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सामाजिक सञ्जालमा महिलामाथिको बुलिङ

हाम्रो समाज स्त्रिद्वेषी र लिंगभेदी छ। समाजले तोकेको खास मापदण्ड र लैंगिक भूमिकाको विरोधमा यदि कोही उपस्थित हुन्छ वा कोही बोल्छ भने उ/उनीमाथि ठूलो संख्यामा मानिसहरू खनिन्छन्। सामाजिक सञ्जालमार्फत महिला र क्वियर समुदाय जति खुलेका छन्, त्यसको सयौं गुणा बढी प्रहार यो समूहमाथि हुने गर्छ।

नेपाल रिडर्स नेपाल रिडर्स
बैशाख २५, २०८०
- विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    महिलाको फरक उपस्थिति र फरक अभिव्यक्तिलाई स्वीकार गर्न नसक्ने समाजको प्रवृत्तिको छायाँ सामाजिक सञ्जालमा पनि देख्ने गरिन्छ। साइबर बुलिङको निशानामा खासगरी महिला तथा क्वियर समुदाय अर्थात लैंगिक तथा यौनिक अल्पसंख्यकहरू पर्ने गर्छन्। ठूलो संख्याका मानिसले सामाजिक सञ्जालमा विभिन्न कन्टेन्ट, कमेन्ट तथा मेसेजमार्फत यो समूहमाथि नकरात्मक टिप्पणी मात्रै गर्दैन, चरित्र हत्या गर्ने र हिंसात्मक धम्की दिनेसम्मका काम गर्छन्। अचम्म त के छ भने यसरी महिला र क्वियर समुदायलाई लक्षित गरिएका कन्टेन्टहरू बढी भन्दा बढी हेरिन्छन् र मनराइन्छन्। सामाजिक सञ्जालमा हुने गरेका बुलिङले एकातिर पीडित मानसिक ट्रमामा पुगिरहेको हुन्छन् भने यस्ता कन्टेन्ट सार्वजनिक गर्नेहरू बढ्दो भ्युज, लोकप्रियता र मुनाफामा रमाइरहेका हुन्छन्।

    हाम्रो समाज स्त्रिद्वेषी र लिंगभेदी छ। समाजले तोकेको खास मापदण्ड र लैंगिक भूमिकाको विरोधमा यदि कोही उपस्थित हुन्छ वा कोही बोल्छ भने उ/उनीमाथि ठूलो संख्यामा मानिसहरू खनिन्छन्। सामाजिक सञ्जालमार्फत महिला र क्वियर समुदाय जति खुलेका छन्, त्यसको सयौं गुणा बढी प्रहार यो समूहमाथि हुने गर्छ। धेरै प्रयोगकर्ताहरू महिलाविरोधी सामाग्रीहरूको पछाडि दौडिने भएकाले यस्ता कन्टेन्ट बनाउनेहरू झनै बढी हौसिन्छन्, साथै सामाजिक सञ्जालको एल्गोरिदम, धेरै लाइक्स र भ्युजको आडमा प्रशस्त्र आम्दानी पनि गरिरहेका हुन्छन्।

    सामाजिक सञ्जाल र इन्फ्लुएन्सर
    इन्फ्लुएन्सरहरू नै आफ्ना पूर्वाग्रहको अधारमा महिलाविरोधी र होमोफोविक विचारहरूलाई फैलाउने काम गरिरहेका छन्। इन्फ्लुएन्सरहरूलाई धेरै सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले मनपराएका हुन्छन्। तपाईले एन्ड्रयू टेटको नाम सुनेको हुनुपर्छ, उनी एक अमेरिकी सोशल मिडिया इन्फ्लुएन्सर हुन्, जो महिला विरोधी कन्टेन्ट बनाउनका लागि प्रख्यात छन्। कुनै समय उनका महिलाविरोधी सामाग्रीहरू धेरै मनपराइए र हेरिए। पछि व्यापक विरोध भएका कारण उनका यस्ता सामाग्रीहरू सामाजिक सञ्जालमा ब्यान गरिएका छन्।

    महिलाहरूमाथि बलात्कार हुनुको कारक महिला स्वयं भएको बताउने गरेका टेटले महिलाहरूमाथि कसरी आक्रमण गर्नुपर्छ भनेर विवरण समेत दिने गर्थे। उनका सामग्रीहरूमा मानसिक स्वास्थ्यको उपचार गर्ने मानिसहरूको मजाक उडाउने गरिन्थ्यो।

    सन् २०२० मा भारतीय अभिनेता मुकेश खन्नाले मीटू अभियानका दौरान भनेका थिए, “महिलाहरू श्रमबजारमा सामेल हुनु र पुरुष समान पद माग्नु नै समस्या हो।” कुनै लोकप्रिय व्यक्तिबाट यस्तो अभिव्यक्ति आएको यो एउटा मात्रै उदाहरण होइन, कयौं छन्। खन्नाले महिलामाथि गरेका अरु पनि टिप्पणीहरू विवादमा आइरहन्छन्। जुन सामाजिक सञ्जालमा धेरै भन्दा धेरै भाइरल हुन्छ र ठूलो संख्याले समर्थन पनि गर्छ। अलग–अलग क्षेत्रमा काम गर्ने महिलाहरू र क्वीयर समुदायलाई लिएर यस प्रकारका टिप्पणी भइरहने गर्छन्।

    फरक विचार राख्ने महिला बढी निशाना
    कुनैपनि मुद्दामा यदि महिला आफ्नो विचार राख्छन् भने तिनलाई चूप गराउनका लागि मासिनको भीड आउँछ। खासगरी लैंगिक तथा यौनिक अल्पसंख्यकको हाउभाउ, महिलाहरूको नृत्य शैली, कपडा, कुनै खास मुद्दामा दिइएका फरक विचार लगायतमाथिको संकिर्ण मानसिकता सामाजिक सञ्जालमा विभिन्न कमेन्ट तथा सामाग्रीमार्फत पोखिन्छन्। नाबालिग बलात्कारका पछिल्ला केही घटनामा भिक्टिम व्लेमिङ तथा चरित्र हत्या र पीडितको पक्षमा बोल्ने जोसुकैमाथि हिंसात्मक धम्कीहरू यसका ज्वलन्त उदाहरणहरू हुन्।

    पानस साउथ एसियाका अनुसार फेसबुक तथा ट्विटर स्त्रीद्वेषी अभिव्यक्तिहरूलाई प्रचारप्रसार गर्नेका लागि व्यापक रूपमा प्रयोग भइरहेका मञ्चका रूपमा पाइएको छ। प्रहरीको साइबर व्युरोका अनुसार नेपालमा पछिल्लो ५ वर्षयता साइबर अपराधका १६ हजार उजुरी आएका छन्। यस्तै मिडिया एड्भोकेसी ग्रुपले गत डिसेम्बरमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा ८८.६ प्रतिशत महिला पत्रकार अनलाइन हिंसामा परेका छन्।

    सामाजिक सञ्जाल सामाजिक रुपले उपस्थिति जनाउने एउटा नयाँ मापदण्ड बनिसकेको छ। मानिसहरूले जीवनको छोटो-छोटो पल, उपलब्धि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने आवश्यकता जस्तै मान्न थालिसकेका छन्। यसै सामाजिक सञ्जालको दुनियाँ रुढीवादलाई नयाँ रुप दिएर मजजल गर्ने स्थान पनि बनिसकेको छ। महिला तथा ट्रान्स समुदायविरुद्ध हिंसा भड्काउने काम यी प्लेटफर्ममा समयसँगै लगातार बढिरहेको छ।

    अभद्र शब्दको प्रयोग
    ‘मिसोजिन अन ट्विटर’ नामक एक रिपोर्टका अनुसार २६ डिसेम्बर २०१३ देखि ९ फेब्रुअरी २०१४ का दौरान ट्विटरमा महिलामाथि गाली गरिने एउटा शब्दको प्रयोग ६ मिलियन भन्दा धेरै पटक प्रयोग गरिएको थियो। अध्ययनले लगभग २० प्रतिशत ट्विट धम्की दिनेखालाका रहेको बताएको थियो।

    ‘दि एट्ल्यान्टिक’मा प्रकाशित एक लेखमा युनिभर्सिटी अफ मेरिल्यान्डकी प्रोफेसर एंव ‘हेट क्राइम इन साइबलस्पेस’ की लेखक डेनियल किट्स सिट्रान भन्छिन्, “महिलाहरू यो पनि थाहा पाउँदैनन् कि उनीमाथि कसले हमला गरिरहेको छ।” रिभेन्ज पोर्न (महिलालाई बिना जानकारी उनको अन्तरंग तस्वीर सार्वजनिक गर्नु) को १,६०६ केसमाथि गरिएको एउटा अध्ययनमा ९० प्रतिशतमा महिला निशानामा परेको देखिएको थियो। अर्को एक अध्ययनमा ७० प्रतिशत महिलाहरू अनलाइन गेम खेल्ने क्रममा यौन उत्पीडनबाट बच्नका लागि पुरुषको भूमिकामा देखिने गरेका छन्।

    यसबाट नाफा हुन्छ?
    सामाजिक सञ्चाल र इन्फ्लुएन्सर संस्कृति विश्वमा ठूलो बजार हो। ‘द टाइम्स’ मा छापिएको खबरका अनुसार सामाजिक कम्पनीहरूलाई महिलाको विरोधमा फैलाइएको विचारबाट फाइदा हुन्छ। काउन्टर हेट वेबसाइटमा छापिएको जानकारीका अनुसार युट्युबले एन्ड्रयू टेटका महिला विरोधी भिडयो पोस्ट गर्ने च्यानलहरूबाट ३.४ मिलियन युरोसम्म कमाए। यी भिडियोमा महिलाहरूविरुद्ध हिंसालाई बढवा दिइएको छ।

    विभिन्न आँकडाअनुसार सोशल मिडिया र मिसोजिनी(स्त्रिद्वेषी) कल्चरले स्पष्ट रुपमा मुनाफा दिइरहेको छ। यी इन्फ्लुएन्सर र तिनका महिलाविरोधी कन्टेन्टमाथि प्रतिबन्ध लगाउने विषयमा स्वयं यस्ता प्लेटफर्महरूले नै ध्यान दिएको पाइँदैन। ‘द कन्भर्सेसन’मा छापिएको लेखमा भनिएको छ, “सोशल मिडिया प्लेटफर्मले टेटका विचारमाथि सार्वजनिक आक्रोश र आलोचना नभएसम्म उनका सामग्रीमाथि प्रतिबन्ध लगाउन कुनै रुची देखाएको थिएन।” यी प्लेटफर्म आफ्नो फाइदाका लागि भ्यूज बढाउनका चाहन्छन्, भलै यो समाजका लागि हानिकारक नै किन नहोस्। सोशल मिडिया प्लेटफर्मले यस्ता कन्टेन्टका लागि आम्दानीमा कटौति गर्ने र आफैंबाट निगरानीको पहल गर्ने हो भने धेरै महिला र लैंगिक तथा यौनिक अल्पसंख्यकहरू अनावश्यक मानसिक तनाव र यातनाबाट बच्न सक्छन्।

    (एजेन्सीहरूको सहयोगमा)

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.