Thursday, June 8, 2023
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » सामाजिक सञ्जालमा महिलामाथिको बुलिङ

सामाजिक सञ्जालमा महिलामाथिको बुलिङ

हाम्रो समाज स्त्रिद्वेषी र लिंगभेदी छ। समाजले तोकेको खास मापदण्ड र लैंगिक भूमिकाको विरोधमा यदि कोही उपस्थित हुन्छ वा कोही बोल्छ भने उ/उनीमाथि ठूलो संख्यामा मानिसहरू खनिन्छन्। सामाजिक सञ्जालमार्फत महिला र क्वियर समुदाय जति खुलेका छन्, त्यसको सयौं गुणा बढी प्रहार यो समूहमाथि हुने गर्छ।

नेपाल रिडर्स by नेपाल रिडर्स
May 8, 2023
in विमर्शका लागि, समाज
A A
1.2k
VIEWS
Share on FacebookShare on Twitter

महिलाको फरक उपस्थिति र फरक अभिव्यक्तिलाई स्वीकार गर्न नसक्ने समाजको प्रवृत्तिको छायाँ सामाजिक सञ्जालमा पनि देख्ने गरिन्छ। साइबर बुलिङको निशानामा खासगरी महिला तथा क्वियर समुदाय अर्थात लैंगिक तथा यौनिक अल्पसंख्यकहरू पर्ने गर्छन्। ठूलो संख्याका मानिसले सामाजिक सञ्जालमा विभिन्न कन्टेन्ट, कमेन्ट तथा मेसेजमार्फत यो समूहमाथि नकरात्मक टिप्पणी मात्रै गर्दैन, चरित्र हत्या गर्ने र हिंसात्मक धम्की दिनेसम्मका काम गर्छन्। अचम्म त के छ भने यसरी महिला र क्वियर समुदायलाई लक्षित गरिएका कन्टेन्टहरू बढी भन्दा बढी हेरिन्छन् र मनराइन्छन्। सामाजिक सञ्जालमा हुने गरेका बुलिङले एकातिर पीडित मानसिक ट्रमामा पुगिरहेको हुन्छन् भने यस्ता कन्टेन्ट सार्वजनिक गर्नेहरू बढ्दो भ्युज, लोकप्रियता र मुनाफामा रमाइरहेका हुन्छन्।

हाम्रो समाज स्त्रिद्वेषी र लिंगभेदी छ। समाजले तोकेको खास मापदण्ड र लैंगिक भूमिकाको विरोधमा यदि कोही उपस्थित हुन्छ वा कोही बोल्छ भने उ/उनीमाथि ठूलो संख्यामा मानिसहरू खनिन्छन्। सामाजिक सञ्जालमार्फत महिला र क्वियर समुदाय जति खुलेका छन्, त्यसको सयौं गुणा बढी प्रहार यो समूहमाथि हुने गर्छ। धेरै प्रयोगकर्ताहरू महिलाविरोधी सामाग्रीहरूको पछाडि दौडिने भएकाले यस्ता कन्टेन्ट बनाउनेहरू झनै बढी हौसिन्छन्, साथै सामाजिक सञ्जालको एल्गोरिदम, धेरै लाइक्स र भ्युजको आडमा प्रशस्त्र आम्दानी पनि गरिरहेका हुन्छन्।

सामाजिक सञ्जाल र इन्फ्लुएन्सर
इन्फ्लुएन्सरहरू नै आफ्ना पूर्वाग्रहको अधारमा महिलाविरोधी र होमोफोविक विचारहरूलाई फैलाउने काम गरिरहेका छन्। इन्फ्लुएन्सरहरूलाई धेरै सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले मनपराएका हुन्छन्। तपाईले एन्ड्रयू टेटको नाम सुनेको हुनुपर्छ, उनी एक अमेरिकी सोशल मिडिया इन्फ्लुएन्सर हुन्, जो महिला विरोधी कन्टेन्ट बनाउनका लागि प्रख्यात छन्। कुनै समय उनका महिलाविरोधी सामाग्रीहरू धेरै मनपराइए र हेरिए। पछि व्यापक विरोध भएका कारण उनका यस्ता सामाग्रीहरू सामाजिक सञ्जालमा ब्यान गरिएका छन्।

महिलाहरूमाथि बलात्कार हुनुको कारक महिला स्वयं भएको बताउने गरेका टेटले महिलाहरूमाथि कसरी आक्रमण गर्नुपर्छ भनेर विवरण समेत दिने गर्थे। उनका सामग्रीहरूमा मानसिक स्वास्थ्यको उपचार गर्ने मानिसहरूको मजाक उडाउने गरिन्थ्यो।

सन् २०२० मा भारतीय अभिनेता मुकेश खन्नाले मीटू अभियानका दौरान भनेका थिए, “महिलाहरू श्रमबजारमा सामेल हुनु र पुरुष समान पद माग्नु नै समस्या हो।” कुनै लोकप्रिय व्यक्तिबाट यस्तो अभिव्यक्ति आएको यो एउटा मात्रै उदाहरण होइन, कयौं छन्। खन्नाले महिलामाथि गरेका अरु पनि टिप्पणीहरू विवादमा आइरहन्छन्। जुन सामाजिक सञ्जालमा धेरै भन्दा धेरै भाइरल हुन्छ र ठूलो संख्याले समर्थन पनि गर्छ। अलग–अलग क्षेत्रमा काम गर्ने महिलाहरू र क्वीयर समुदायलाई लिएर यस प्रकारका टिप्पणी भइरहने गर्छन्।

फरक विचार राख्ने महिला बढी निशाना
कुनैपनि मुद्दामा यदि महिला आफ्नो विचार राख्छन् भने तिनलाई चूप गराउनका लागि मासिनको भीड आउँछ। खासगरी लैंगिक तथा यौनिक अल्पसंख्यकको हाउभाउ, महिलाहरूको नृत्य शैली, कपडा, कुनै खास मुद्दामा दिइएका फरक विचार लगायतमाथिको संकिर्ण मानसिकता सामाजिक सञ्जालमा विभिन्न कमेन्ट तथा सामाग्रीमार्फत पोखिन्छन्। नाबालिग बलात्कारका पछिल्ला केही घटनामा भिक्टिम व्लेमिङ तथा चरित्र हत्या र पीडितको पक्षमा बोल्ने जोसुकैमाथि हिंसात्मक धम्कीहरू यसका ज्वलन्त उदाहरणहरू हुन्।

तपाईंहरुलाई रुचि लाग्न सक्छ

देशको राजनीति बुझ्न महिला र सीमान्कृतको अवस्था हेरे पुग्छ

देशको राजनीति बुझ्न महिला र सीमान्कृतको अवस्था हेरे पुग्छ

June 7, 2023
एआई, लोकतन्त्र र विश्व व्यवस्था

एआई, लोकतन्त्र र विश्व व्यवस्था

May 26, 2023
ग्याँसलाइटिङः शोषणको एउटा हतियार

ग्याँसलाइटिङः शोषणको एउटा हतियार

May 18, 2023
मार्क्सवाद र महिला मुक्ति

मार्क्सवाद र महिला मुक्ति

May 16, 2023

पानस साउथ एसियाका अनुसार फेसबुक तथा ट्विटर स्त्रीद्वेषी अभिव्यक्तिहरूलाई प्रचारप्रसार गर्नेका लागि व्यापक रूपमा प्रयोग भइरहेका मञ्चका रूपमा पाइएको छ। प्रहरीको साइबर व्युरोका अनुसार नेपालमा पछिल्लो ५ वर्षयता साइबर अपराधका १६ हजार उजुरी आएका छन्। यस्तै मिडिया एड्भोकेसी ग्रुपले गत डिसेम्बरमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा ८८.६ प्रतिशत महिला पत्रकार अनलाइन हिंसामा परेका छन्।

सामाजिक सञ्जाल सामाजिक रुपले उपस्थिति जनाउने एउटा नयाँ मापदण्ड बनिसकेको छ। मानिसहरूले जीवनको छोटो-छोटो पल, उपलब्धि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने आवश्यकता जस्तै मान्न थालिसकेका छन्। यसै सामाजिक सञ्जालको दुनियाँ रुढीवादलाई नयाँ रुप दिएर मजजल गर्ने स्थान पनि बनिसकेको छ। महिला तथा ट्रान्स समुदायविरुद्ध हिंसा भड्काउने काम यी प्लेटफर्ममा समयसँगै लगातार बढिरहेको छ।

अभद्र शब्दको प्रयोग
‘मिसोजिन अन ट्विटर’ नामक एक रिपोर्टका अनुसार २६ डिसेम्बर २०१३ देखि ९ फेब्रुअरी २०१४ का दौरान ट्विटरमा महिलामाथि गाली गरिने एउटा शब्दको प्रयोग ६ मिलियन भन्दा धेरै पटक प्रयोग गरिएको थियो। अध्ययनले लगभग २० प्रतिशत ट्विट धम्की दिनेखालाका रहेको बताएको थियो।

‘दि एट्ल्यान्टिक’मा प्रकाशित एक लेखमा युनिभर्सिटी अफ मेरिल्यान्डकी प्रोफेसर एंव ‘हेट क्राइम इन साइबलस्पेस’ की लेखक डेनियल किट्स सिट्रान भन्छिन्, “महिलाहरू यो पनि थाहा पाउँदैनन् कि उनीमाथि कसले हमला गरिरहेको छ।” रिभेन्ज पोर्न (महिलालाई बिना जानकारी उनको अन्तरंग तस्वीर सार्वजनिक गर्नु) को १,६०६ केसमाथि गरिएको एउटा अध्ययनमा ९० प्रतिशतमा महिला निशानामा परेको देखिएको थियो। अर्को एक अध्ययनमा ७० प्रतिशत महिलाहरू अनलाइन गेम खेल्ने क्रममा यौन उत्पीडनबाट बच्नका लागि पुरुषको भूमिकामा देखिने गरेका छन्।

यसबाट नाफा हुन्छ?
सामाजिक सञ्चाल र इन्फ्लुएन्सर संस्कृति विश्वमा ठूलो बजार हो। ‘द टाइम्स’ मा छापिएको खबरका अनुसार सामाजिक कम्पनीहरूलाई महिलाको विरोधमा फैलाइएको विचारबाट फाइदा हुन्छ। काउन्टर हेट वेबसाइटमा छापिएको जानकारीका अनुसार युट्युबले एन्ड्रयू टेटका महिला विरोधी भिडयो पोस्ट गर्ने च्यानलहरूबाट ३.४ मिलियन युरोसम्म कमाए। यी भिडियोमा महिलाहरूविरुद्ध हिंसालाई बढवा दिइएको छ।

विभिन्न आँकडाअनुसार सोशल मिडिया र मिसोजिनी(स्त्रिद्वेषी) कल्चरले स्पष्ट रुपमा मुनाफा दिइरहेको छ। यी इन्फ्लुएन्सर र तिनका महिलाविरोधी कन्टेन्टमाथि प्रतिबन्ध लगाउने विषयमा स्वयं यस्ता प्लेटफर्महरूले नै ध्यान दिएको पाइँदैन। ‘द कन्भर्सेसन’मा छापिएको लेखमा भनिएको छ, “सोशल मिडिया प्लेटफर्मले टेटका विचारमाथि सार्वजनिक आक्रोश र आलोचना नभएसम्म उनका सामग्रीमाथि प्रतिबन्ध लगाउन कुनै रुची देखाएको थिएन।” यी प्लेटफर्म आफ्नो फाइदाका लागि भ्यूज बढाउनका चाहन्छन्, भलै यो समाजका लागि हानिकारक नै किन नहोस्। सोशल मिडिया प्लेटफर्मले यस्ता कन्टेन्टका लागि आम्दानीमा कटौति गर्ने र आफैंबाट निगरानीको पहल गर्ने हो भने धेरै महिला र लैंगिक तथा यौनिक अल्पसंख्यकहरू अनावश्यक मानसिक तनाव र यातनाबाट बच्न सक्छन्।

(एजेन्सीहरूको सहयोगमा)

 

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नेपाल रिडर्स

नेपाल रिडर्स

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Related Posts

देशको राजनीति बुझ्न महिला र सीमान्कृतको अवस्था हेरे पुग्छ

देशको राजनीति बुझ्न महिला र सीमान्कृतको अवस्था हेरे पुग्छ

by डा‍. अरुणा उप्रेती
June 7, 2023

पश्चिममा काम गरेको झण्डै २५ वर्षको मेरो अनुभवका क्रममा त्यहाँ तुलनात्मक परिवर्तनहरू भएको पाएको छु। तर, हामीले गर्नसक्ने अझै धेरै...

एआई, लोकतन्त्र र विश्व व्यवस्था

एआई, लोकतन्त्र र विश्व व्यवस्था

by म्यानुएल म्युनिज र समिर सरन
May 26, 2023

भविष्यमा इतिहासकारले २०२३ को मार्च महिनालाई आर्टिफिसियल इन्टेलिजेन्सको युग खास रुपमा सुरु भएको क्षणको रुपमा लिन सक्छन्। दुई हप्ताको अन्तरालमा...

ग्याँसलाइटिङः शोषणको एउटा हतियार

ग्याँसलाइटिङः शोषणको एउटा हतियार

by nepal_readers
May 18, 2023

ग्याँसलाइटिङ शब्द प्याट्रिक ह्यामिल्टनले सन् १९३८ मा लेखेको नाटकबाट आएको हो। सन् १९४४ मा यसमाथि फिल्म पनि बनेको थियो। यो...

मार्क्सवाद र महिला मुक्ति

मार्क्सवाद र महिला मुक्ति

by उमा सी
May 16, 2023

जनसङ्ख्याका हिसाबले हेर्दा महिलाको सङ्ख्या आधा रहेको छ। एकातिर धरतीको आधा जनसङ्ख्या उत्पीडित तथा शोषित रहेको छ भने अर्कोतिर हरेक...

हिमालहरूलाई कसले बचाउने?

हिमालहरूलाई कसले बचाउने?

by सोफिया कलान्त्जाकोस, कुन्द दिक्षित
May 15, 2023

‘हिमाल अर्थात् ‘संसारको छानो’, यो सुन्ने बित्तिकै हामी सबै चम्किलो, सेतो, निश्चल, कतै टाढाको र अर्को छुट्टै संसारको कल्पना गर्छौं।...

चीनको आर्थिक कायापलट कसरी भयो?

चीनको आर्थिक कायापलट कसरी भयो?

by नेपाल रिडर्स
May 4, 2023

विश्व बैंकका अनुसार सन् १९९० मा भारत र चीनको जीडीपी झण्डै उस्तै थियो। तर आज चीनको जीडीपी बढेर १८ ट्रिलियन...

Leave Comment

सिफारिस

एआई, लोकतन्त्र र विश्व व्यवस्था

एआई, लोकतन्त्र र विश्व व्यवस्था

2 weeks ago
हिमालहरूलाई कसले बचाउने?

हिमालहरूलाई कसले बचाउने?

3 weeks ago

सामाजिक सञ्जालमा पुग्नुहोस्

  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist