Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

केट मिलेटको ‘सेक्सुअल पोलिटिक्स्’: नारीवादको दोस्रो लहरको आधार

मिलेट पुरुषले अर्को कुनै दोस्रो लिंगलाई कम आँक्नु र आफूलाई केन्द्रमा राखेर नियम बनाउनुलाई पनि राजनीति भन्छिन्। सत्ता केवल पुरुषको हातमा छ र महिलालाई एउटा निश्चित घेराभित्र राखिनु राजनीति हो। मिलेटले लैंगिक परिप्रेक्ष्यमा मात्रै होइन, जाति नश्ल, वर्गको आधारमा हुने दमन पनि राजनीति अर्थात् शक्ति संरचना भित्र रहेर हुने उल्लेख गरेकी छिन्।

नेपाल रिडर्स नेपाल रिडर्स
असार ३, २०८०
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नारीवादी आन्दोलनको दोस्रो लहरको समय(१९६०–७०) लाई महिला आन्दोलनको महत्वपूर्ण चरणका रुपमा लिइन्छ। दोस्रो विश्वयुद्ध ताका घरबाहिर निस्केर काम गरेका महिला शान्तिकालको अवस्थामा फेरि घरभित्रै धकेलिएका थिए। अर्कोतर्फ बजारले सौन्दर्यलाई पूँजीमा बदलेर महिलाको शरीर र स्वतन्त्रतालाई आफ्नो अनुकूल बनाउन प्रयास गर्न थालेको थियो। एउटा लामो समयसम्म महिलावादीहरूमा मौनता छाएको थियो। यस्तो अवस्थामा दोस्रो लहरको नारीवादी आन्दोलन एउटा महत्वपूर्ण टर्निङ् प्वाइन्ट सावित भयो। महिलाहरू आवेगमा थिए, उनीहरू सडक उत्रिएका थिए, उनीहरू पितृसत्ताको पूर्णरुपमा अन्त्य भएको हेर्न चाहन्थे।

    नारीवादको दोस्रो लहर
    महिलाहरू एकातर्फ आन्दोलनका लागि सडकमा थिए, अर्कोतर्फ प्राज्ञिक महिलावादी यस आन्दोलनको वैचारिक आधार तयार गरिरहेका थिए। केट मिलेटको ‘सेक्सुअल पोलिटिक्स्’ एउटा यस्तै किताब थियो, जसले त्यस समयको महिलावादी आन्दोलनका लागि वैचारिक आधार तयार पार्‍यो।

    आज हामी नारीवादी आन्दोलनको चौथो लहरमा छौं। महिला आन्दोलन अझै बाँकी छ। यद्धपि अहिले महिलाहरूको अवस्था जुन ठाउँमा छ, त्यसमा अघिल्ला पुस्ताका महिलाहरूले गरेको योगदान अतुलनीय छ।

    दोस्रो लहरसम्म महिलाहरू आफ्नो अधिकार प्राप्तिका लागि जागरुक हुँदै घरको चार घेराबाट बाहिर आउन थाले। पितृसत्तात्मक सोच भएका पुरुषहरू महिलाको यस बदलिँदो रुपलाई सहन सकिरहेका थिएनन्। महिलाको यो कदम र यी बदलावहरूलाई पुरुषहरूले आफ्नो सत्ता, शक्ति, र सम्पतिविरुद्धको युद्धको रुपमा लिइरहका थिए। परिमाणतः सम्बन्धविच्छेदको श्रृंखलाले गति लिन थाल्यो। महिलाहरूले विवाहलाई पुरुषहरूको सहुलियत अनुसार बनाइएको एउटा व्यवस्थाको रुपमा बुझ्न थाले। उनीहरू विवाह संस्थामा पुरुषहरूको सत्ता हुन्छ महिला यस सत्तालाई पुरुषको वंशमा निरन्तरता दिनका लागि प्रयोग गरिने माध्यम मात्र हुन् भन्ने कुरामा प्रष्ट हुन थाले।

    केट मिलेट, एक अमेरिकी लेखक, शिक्षक र कलाकार हुन्, उनको किताब ‘सेक्सुअल पोलिटिक्स’ ले १९७० को दौरान भएको नारीवादी आन्दोलनलाई दृढता र मजबुती दियो। मिलेटका अनुसार पोलिटिक्स् भनेको राजनीतिक दलहरूबीच सत्ता प्राप्तिका लागि हुने संघर्ष मात्रै होइन, यसको दायरा यो भन्दा फराकिलो छ। मिलेट पुरुषले अर्को कुनै दोस्रो लिंगलाई कम आँक्नु र आफूलाई केन्द्रमा राखेर नियम बनाउनुलाई पनि राजनीति भन्छिन्। सत्ता केवल पुरुषको हातमा छ र महिलालाई एउटा निश्चित घेराभित्र राखिनु राजनीति हो। एक व्यक्तिले दोस्रो व्यक्तिमाथि आधिकार स्थापित गर्नु राजनीति हो। पुरुषले आफ्नो शक्ति र सत्तालाई स्थापित गर्न र निरन्तरता दिनका लागि कसरी महिलामाथि अधिकार जमाउँछ भन्ने कुरा यस किताबमा व्याख्या गरिएको छ।

    शक्ति संरचनाभित्रको प्रेम
    मिलेटले लैंगिक परिप्रेक्ष्यमा मात्रै होइन, जाति नश्ल, वर्गको आधारमा हुने दमन पनि राजनीति अर्थात् शक्ति संरचना भित्र रहेर हुने उल्लेख गरेकी छिन्। एक श्वेत मालिक र उसका अश्वेत नोकरकाबीचको सम्बन्ध निजी विषय मात्रै नभएर एक नश्लबाट दोस्रो नश्लमाथिको नियन्त्रणको रुपमा हेर्न सकिने तर्क उनको छ। यस्तै श्रीमान श्रीमतिबीचको झगडा, एकले अर्कोमाथि गर्ने हिंसालाई कतिले व्यक्तिगत वा निजी विषय मानिरहेका हुन्छन्, उनले यसको कडा विरोध गरेकी छिन्। यदि कसैले आफ्नी श्रीमतिमाथि हिंसा गर्छ भने त्यो उसको निजी सवाल हुन सक्दैन।

    मिलेट भन्छिन्, “प्रेम यस्तो होस्, जसमा दमनको राजनीति नहोस्, जहाँ असुरक्षाहरू नहुन्, दुई व्यक्ति समान हुन् र जहाँ सम्बन्धहरूको निर्धारण नियन्त्रणबाट तय नहोस्।” मिलेटले यस पुस्तकमा डीएच लरेन्सको आलोचना गरेकी छिन्। उनले भनेकी छिन्, “महिलालाई प्रताडित गरेर नै पुरुषत्वको प्रदर्शन लरेन्सको लेखको संवेदना हो।” केटले प्रेमको प्रसंगमा लरेन्ससँगै नर्मन मेलर र हेनरी मिलरको आलोचना गर्दै कसरी प्रेममा लैंगिक विभेदको नियमले काम गर्छ भन्ने कुरा उल्लेख गरेकी छिन्। महिला–पुरुषबीचको प्रेमलाई कतिले रोमान्टिक प्रेम भन्छन्, तर उनले यहाँ पनि एक राजनीतिले काम गर्ने बताउँछिन्, एउटा यस्तो राजनीति जुन हाम्रो नसा–नसामा कुदेको छ।

    महिलावादी प्रेममा पर्दैनन् भन्ने एक आम धारणा छ। तर यो एउटा भ्रम हो। महिलावादी प्रेमले भरिएका हुन्छन्। तर जब प्रेममा सामाजिक संरचना हाबी हुन्छ, जब प्रेमले महिलाको त्याग चाहन्छ र उनलाई एउटा आदर्शको मूर्तिका रुपमा मात्र स्वीकार गर्न खोजिन्छ, तब त्यो प्रेम नभएर राजनीति हुन्छ। मिलेट आफ्नो पुस्तक ‘सेक्सुअल पोलिटिकस्’को माध्यमबाट प्रेममा समानताको कुरा गर्छिन् र प्रेममा दमनको राजनीतिको विरोध गर्छिन्। मिलेटले आफ्नो पूरा जीवन समान प्रेम र दमनको राजनीतिको अन्त्यको लागि वकालत गरिरहिन्। उनको जीवन कुनै एक व्यक्तिका लागि होइन, बरु सम्पूर्ण मानिसको लागि समर्पित छ।

    विवाह संस्थामाथि प्रश्न
    विवाह संस्थालाई महिलामाथि शोषणको माध्यमका रुपमा पहिचान गर्नु केट मिलेटको मात्रै होइन, दोस्रो लहरको नारीवादी आन्दोलनको विशेषता थियो। जर्मेन ग्रिअर र शुलमिथ फारस्टोन पनि यस मान्यताको समर्थन गर्थे। ग्रिअरले भनेकी छिन् कि यदि महिलाले विवाह नगर्ने र आफ्नो सारा श्रम फिर्ता लिने हो भने सम्पूर्ण अर्थव्यवस्था नै ढल्नेछ। शुलमिथ फायरस्टोन पनि यस लैंगिक अन्तरद्वन्द्वमा महिला – पुरुषको सम्बन्धमा ‘प्रेम’ लाई अराजनीतिक र पवित्र श्रेणीमा राख्नुको विरुद्धमा थिइन्। विवाह संस्थामाथि सवाल उठाउनु नै द्वितीय चरणको आन्दोलनमाथि आलोचनाको सबैभन्दा ठूलो कारण बन्यो। मतदानको अधकिार दिइनुले मात्रै पनि महिलाहरूको आवेग शान्त भएको थिएन। महिला आन्दोलनका कारण महिलालाई तुलनात्मक स्वतन्त्रता, शिक्षाको अधिकार लगायतका उपलब्धि त प्राप्त भयो। तर संरचनाबाटै बाहिर निस्कनु चाहिँ पितृसत्ताका लागि खतरनाक थियो।

    आलोचित थिइन केट
    मिलेटले आफ्नो प्रेम सम्बन्धी विचारलाई लिएर सधैं आलोचनाको सामना गर्नुपर्‍यो। उनी एक महिला भएर महिलासँगै प्रेममा रहेका कारण उनको आलोचना भइरहन्थ्यो। मिलेटको किताब पढेर एक मानिसको मानसिकता सकरात्मक रुपमा विकसित हुन्छ। उनको पुस्तक पढेको पुरुष होस् वा महिला, उसले समानताको कुरा गर्छ। प्रेममा सम्झौता र असमानताको कुरा गर्दैन। मिलेट आफैं पनि प्रेमले भरीपूर्ण थिइन्।

    (एजेन्सीको सहयोगमा)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.