Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
Wednesday, June 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

लि खछ्याङः निष्ठाले आर्जन गरेको उचाइ

अमेरिकासँगको व्यापार युद्ध, ताइवानमा बढ्दो तनाव, कोरोना महामारी र उच्च प्रविधिमाथि अमेरिकी प्रतिवन्धका समयमा चिनको अर्थतन्त्रलाई चलायमान बनाइराख्न, चिनमा आर्थिक सुधारका प्रयासहरुलाई प्रभावकारी बनाउन र गरिबी निवारण गर्दै साधारण जनताको जीवनस्तर उठाउनमा चिनीयाँ सरकारका तर्फबाट गरिएका प्रयासहरुको नेतृत्व गरेका लिको निधनले चिनीयाँ नेतृत्ववर्गको आन्तरिक शक्तिसन्तुलनमा अवश्य प्रभाव पार्नेछ।

झलक सुवेदी झलक सुवेदी
कार्तिक ११, २०८०
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भूतपूर्व चिनीयाँ प्रधानमन्त्री लि खछ्याङ (१९५५–२०२३) को अक्टोबर २७ मा निधन भएको छ। उनी ६८ वर्षका थिए। चिनीयाँँ समाचार स्रोतहरुमा जनाइए अनुसार उनलाई हृदयाघात भएको थियो। गत मार्चमा मात्रै प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकाल पूरा गरेर अवकास लिएका ली क्रान्तीपछि जन्मेका र साँस्कृतिक क्रान्तिका समयमा किसानसँग काम गर्न गाउँ पठाइएका किशोरहरुमा पर्छन् जसले चिनको उथलपुथललाई नजिकबाट नियालेका थिए।

    राष्ट्रपति तथा पार्टी महासचिव सि चिन फिङजस्तै लि पनि चिनीयाँ कम्युनिष्ट पार्टीमा पाँचौ पुस्ताका नेता थिए। सन् २००७ मा चिनीयाँ कम्युनिष्ट पार्टी पोलिट व्युरो सदस्य र पछि स्थायी समितिका सदस्य तथा वरिष्ठ उपप्रधानमन्त्री बनेका लि साधारण परिवारबाट आएर कम्युनिष्ट युथ लिगबाट उदाएका पढालिखा नेता थिए। उनले कानूनमा स्नातक र अर्थशास्त्रमा पिएचडी गरेका थिए। लि आफ्ना समकालीन नेताहरुमध्ये उदारवादी अर्थनीतिका पक्षधर र खुला हृदयका मानिन्थे।

    उनको उत्थान चिनमा तङ सियाओ पिङको नेतृत्वमा आर्थिक उदारीकरण र बाहिरी सँसारसँग खुला सम्बन्ध विकास गर्ने लहर चलेको समयमा भएको थियो। उनले कम्युनिष्ट पार्टीको सदस्यता चैं साँस्कृतिक क्रान्तिकालमा सुदुर गाउँमा कृषि कर्ममा लागेको बेला लिएका थिए र त्यहाँको उत्पादन ब्रिगेडको पार्टी प्रमुख भएका थिए। १९७७ बाट शिक्षा व्यवस्थालाई पुनस्र्थापना गरिएको थियो। त्यही लहरमा उनी पेकिङ विश्वविद्यालयमा कानून पढ्न भर्ना भएका थिए जहाँ उनी विद्यार्थी युनियनको सभापनि चुनिएका थिए। विस्तारै कम्युनिष्ट युथ लिगमा सामेल भएर त्यहीँबाट आफ्नो राजनीतिक करियर बनाएका थिए। विभिन्न प्रान्तको कम्युनिष्ट पार्टी सचिव, गभर्नर र अरु भूमिकामा रहेर आर्थिक सुधार र जनताको जीवनस्तर उकास्न खेलेको भूमिकाका कारण उनको छिटै स्तरोन्नति हुँदै गयो।

    चिनमा युवा लिगबाट राजनीतिक नेतृत्वमा पुग्नेहरुलाई उदारवादी र पश्चिमा बजार अर्थनीतिसँग नजिक रहेका मानिन्छन्। कानून र अर्थशास्त्र पढ्ने समयमा नै लि पश्चिमा विचारबाट प्रभावित भएका थिए भन्ने गरिन्छ। तर उनले कहिल्यै कुनै राजनीतिक निर्णयमा आफ्ना दरो अडान र वक्तव्य दिने काम गरेनन्। पार्टीका निर्णयहरु लागू गर्न आफ्नो योग्यताको प्रदर्शन गरे र सत्ताको सिँढी चढ्दै गए । कतिपयले उनलाई २०१२ मा चिनीयाँ कम्युनिष्ट पार्टीको महासचिव हुने अनुमान गरेका थिए तर सि ले बाजी मारेपछि उनी सिपछिको दोस्रो बरियताका नेता बने र मन्त्रीपरिषदको नेतृत्व गरे।

    चिनीयाँ कम्युनिष्ट पार्टीले जारी गरेको उनको अविच्युरीमा भनिएको छः सँधै चिनका विशेषताहरुलाई ध्यान दिदै लि ले चिनको आधारभूत समाजवादी विशेषता र आर्थिक सुधारको कामलाई अघि बढाइरहे। समाजवादी बजार अर्थतन्त्रलाई बलियो बनाउने गरी राज्य र बजारका विच सन्तुलन ल्याउन प्रयास गरिरहे। यसले स्रोतको उचित वितरणमा बजारको भूमिकालाई सक्रिय बनाउन र सरकारको कामलाई प्रभावकारी बनाउन योगदान दियो।

    उनको लोकप्रियताबाट सन् १९७६ मा प्रधानमन्त्री चाउ एनलाई र सन् १९८९ अप्रिलमा पार्टी महासचिव हु याओ वाङको निधन पछि भएका जस्ता जनप्रदर्शन हुनसक्छन् भनी कतिपय पश्चिमा चिनविज्ञहरुले गरेको अनुमान विपरित चिनीयाँ कम्युनिष्ट पार्टीले लिप्रति पूर्ण सम्मान व्यक्त गर्दै वक्तव्य निकाल्यो, लि वैचारिक रुपले सि चिन फिङसँगै रहेको बतायो र कतिपय अड्कलवाजीलाई खण्डन गर्‍यो। अविच्युरीमा भनिएको छः लिको जीवन एउटा क्रान्तिकारी जीवन थियो, परिश्रमी र उच्च प्रशंसायोग्य थियो तथा जनता र साम्यवादी सिद्धान्तलाई दिलै देखि सेवा गर्ने भावनाले ओतप्रोत थियो।

    उनको निधनपछि विश्वभरबाट उनको प्रसंसा गरिएका सन्देशहरु पठाइएको छ। र खासगरी पश्चिमा उदारवादीहरुले उनको प्रशंसा गर्दै अहिलेको चिनीयाँ नेतृत्वको आलोचना गरेका छन्।

    पेकिङ विश्वविद्यालयमा उनको सहपाठी रहेका याङको भनाइ कोट गर्दै एकजनाले ट्विटरमा लेखेका छन्ः उनी (युवावस्थामा) कहिल्यै रक्सी खादैनथे, बाहिर गीत गाउन या अरु त्यस्ताउस्ता (उमेरजन्य) गतिविधिमा सामेल हुँदैनथे, किनभने उनको लक्ष्य धेरै माथि थियो । उनी राजनीतिज्ञ हुन चाहन्थे । र चिनमा राजनीति गर्नेहरुका कोही साथी हुँदैनन् किनभने साथीले लतारेर तल खसाल्न सक्छन्।

    लि प्राज्ञ र अध्यता थिए। आफ्नो वरपर र सार्वजनिक रुपमा भूँइतहका जनतासँग सम्वाद गर्दा आफ्नो छाप छाड्न सक्थे। सि चिन फिङ सत्तामा आएपछि उनको भयानक व्यक्तित्वका अगाडि लि छायाँमा परेका जस्ता देखिन्थे। परराष्ट्र सम्बन्ध र सुरक्षा क्षेत्र राष्ट्रपतिले हेर्ने तथा आर्थिक विकासका सबै पक्ष प्रधानमन्त्रीले हेर्ने गरी कार्यविभाजन गरिएकाले हुनसक्छ उनका बारेमा बाह्य जगतलाई धेरै सूचना हुँदैनथ्यो। आर्थिक मामिलासँग जोडिएका विदेशमा फोरममा भने उनको सक्रिय सहभागी देखिन्थ्यो।

    अमेरिकासँगको व्यापार युद्ध, ताइवानमा बढ्दो तनाव, कोरोना महामारी र उच्च प्रविधिमाथि अमेरिकी प्रतिवन्धका समयमा चिनको अर्थतन्त्रलाई चलायमान बनाइराख्न, चिनमा आर्थिक सुधारका प्रयासहरुलाई प्रभावकारी बनाउन र गरिबी निवारण गर्दै साधारण जनताको जीवनस्तर उठाउनमा चिनीयाँ सरकारका तर्फबाट गरिएका प्रयासहरुको नेतृत्व गरेका लिको निधनले चिनीयाँ नेतृत्ववर्गको आन्तरिक शक्तिसन्तुलनमा अवश्य प्रभाव पार्नेछ।

    नेपालका पछिल्लो छिमलका नेताहरुसँग सम्वादमा रहेका भएपनि पूर्व प्रधानमन्त्री लि ले चिनीयाँ सरकारको उपप्रधानमन्त्री तथा प्रधानमन्त्रीका रुपमा विताएका झण्डै १५ वर्षमा एकपटक पनि नेपालको भ्रमण भने गरेनन्। वेन जिया पाओले जनवरी २०१२ मा केही घण्टाको लागि काठमाडौं भ्रमण गरेको बाहेक चिनीयाँ प्रधानमन्त्रीले लामो समय देखि नेपाल भ्रमण गरेका छैनन्।

    उनी प्रधानमन्त्री भएकै समयमा चिनमा दुईवटा महत्वपूर्ण काम भएका छन्। एउटा चिनमा आधारभूत गरिबीको अन्त्य भएको छ। यो चिनका लागि मात्र नभएर समग्र मानवजातिका लागि उल्लेखनीय उपलब्धी हो। दोस्रो यही कार्यकालमा चिनमा ३० वर्षको लगातारको आर्थिक समृद्धिसँगै आएको चरम असमानताका अन्त्य गर्न महत्वपूर्ण काम भएका छन्।

    एउटा कम्युनिष्ट पार्टीको नेता र समाजवादी अर्थतन्त्र हाँकेको प्रधानमन्त्रीका रुपमा लि ख छियाङले मानव जातिका हितमा गरेको योगदान सम्मानयोग्य छ, सम्झनायोग्य छ। लि प्रति हार्दिक श्रद्धाञ्जली।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      झलक सुवेदी

      झलक सुवेदी

      सुवेदी नेपाल रिडर्सका सम्पादक हुन्।

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.