Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
Wednesday, April 22, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

समीर अमिन : नेपाली सम्झना र सम्मान (भिडियाेसहित)

नेपाल रिडर्स नेपाल रिडर्स
अशोज १६, २०७५
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रख्यात् बामपन्थी चिन्तक समीर अमिन ८७ वर्षको उमेरमा यसै साल बित्नुभयो । अमिनको सम्झना र सम्मान विषयमा नेपाल अध्ययन केन्द्रले २०७५ साल भाद्र १७ गते काठमाडौँमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो । त्यो कार्यक्रममा समीर अमिनको व्यक्तित्वमाथि राजनीतिशास्त्री हरि शर्मा, बामपन्थी चिन्तक तथा नेता घनश्याम भूषाल, लेखक झलक सुवेदी र त्रिभुवन विश्वविद्यालय केन्द्रीय समाजशास्त्र विभागकी उपप्राध्यापक विद्या भट्टराईले समीर अमिनका योगदानमाथि गहन प्रस्तुति दिनुभएको थियो । त्यो कार्यक्रममा प्रखर बामपन्थी व्यक्तित्व घनश्याम भूषाल र राजनीतिशास्त्री हरि शर्माले समीर अमिनमाथि राख्नुभएका विचारका प्रमुख अंशहरू आलेख र भिडियाेमा यहाँ प्रस्तुत छ।

    समीर अमिनको मृत्यु हुँदा हामीकहाँ खासै चर्चा भएन । अथवा भनौँ, नेपाली मिडियाले पनि यस विषयलाई खास महत्व दिएन । नेपालमा कम्युनिष्ट पार्टीले असाधारण बुहमत ल्यएर निर्वाचन जितेको यो सन्दर्भमा नेपालका मिडियाहरूले समीर अमिनलाई करिब–करिब सम्झेनन् । हरि शर्माजीले भनेको “कम्युनिष्टहरूमा सङ्कट” त म यस्ता कुरामा देख्न थालेको छु । समीर अमिनको अध्ययन, अभियान र प्रयत्नका हिसाबले अन्तिम अवस्थासम्म पनि सक्रिय व्यक्तिका रूपमा कति बेलाको समीर अमिन भनेर चर्चा गर्नु सान्दर्भिक हुन्छ होला । फरक–फरक समय सन्दर्भ हुनसक्छ । जतिबेला उनी आए र पढे, पछिपछि आएर नवउदारवाद र संसारको इतिहास अन्त्य भयो भन्नेदेखि फेरि पूँजीवादले धेरै हण्डर र ठक्कर खाँदै जाँदा धेरै कुरा परिवर्तन पनि भएको छ । यस सन्दर्भमा कुन घट्नालाई कसरी समीर अमिनले सम्बोधन गरे भनेर व्याख्या गर्न सकिँदैन होला । तर मोटो रूपमा भन्नुपर्दा उनले धेरै अनुभवका आधारमा विस्तारित बौद्धिक योगदान गरे भन्ने कुरा धेरै आई नै सकेको छ ।

    हाम्रो सङ्कट कहाँनेर छ भन्दा या त हामी सफल हुन्छौँ, यसको मतलब समाजवाद सफल हुन्छ, दलाल पूँजीवादलाई नियन्त्रण गरिने छ र समाजवाद सफल हुनेछ, या त दलाल पूँजीवादले (यसको प्रक्रिया जारी छ)बचेखुचेको र संविधानमा उल्लेख समाजवादलाई नै खाइदिन्छ ।आजको दुनियाँमा कम्युनिष्ट पार्टीका नाममा लोकप्रिय मत पाएको यो मुलुकमा समीर अमिनले करिब–करिब नेपाली सञ्चारमाध्यममा स्थान पाएनन् भन्दा पनि हुन्छ । यो साँच्चिकै चिन्ताको विषय हो । यो गाँठी कुरा हो भन्ने लाग्छ । समीर अमिनलाई सम्झनाका लागि यति मानिस जम्मा भएका छौँ । यसको अर्थ फेरि पनि हामीमा छट्पटी छ है भन्ने हो । त्यो छट्पटी नेपाली समाजमा आज पनि छ है भन्ने कुरा नै उनीप्रतिको सच्चा श्रध्दाञ्जली हो भन्ने मलाई लाग्छ । मैले स्नातकोत्तर गरेपछि जब राजनीतिक अर्थशास्त्रको बारेमा चासो बढ्दै गयो, त्यसपछि समीर अमिनलाई हेरेको हुँ । मेरो अध्ययन र लेखनमा समीर अमिनको ठूलो प्रभाव छ, तसर्थ समीर अमिनको ऋण कबुल गर्ने अर्थमा पनि आज यो विषयमा बोल्न खोजेको हुँ ।

    वि.सं २००७ सालको क्रान्ति कस्तो थियो भन्नेबारेमा हामीले कमै चर्चा गर्‍यौँ । अलिअलि पुष्पलाल र अलिअलि विपिले गर्नुभयो । यही सेरोफेरोमा चर्चा भयो । कम्युनिष्टहरूले यसलाई धोकापूर्ण क्रान्ति भनिदिए । पुष्पलालले क्रान्ति क्रान्ति नै थियो तर धोकापूर्ण भनिदिनुभयो । विपिले २००७ सालमा केही थाहा थिएन, के के भयो, के के भयो, थाहा नै भएन भनी २०१२ सालमा आएर भनिदिनुभयो । त्यही कारणले त्यो क्रान्तिले राम्रोसँग खुट्टा टेक्न सकेन । क्रान्तिको अन्तर्य के थियो भन्नेबारेमा हामी आफैंलाई थाहा नभएको कारणले क्रान्तिले खुट्टा नटेकेको कुरा २०१२ सालमा आएर विपिले स्वीकार गर्नुभएको छ ।

    त्यो त भयो २००७ सालको कुरा । अब २०४६ सालको परिवर्तन, जसलाई मैले भन्ने गरेको छु क्रान्ति । त्यो विषयमा पनि खासै छलफल भएन । त्यो विषयमा जति छलफल, विमर्श र अध्ययन हुनुपथ्र्यो, त्यो भएन । मलाई सम्झना छ – बेलायतका एकजना अनुसन्धानदाता छयालीसको परिवर्तनको लगत्तै नेपाल आएका थिए र उनको मसँग भेटघाट र छलफल भएको थियो । मलाई उनले पटक–पटक के प्रश्न सोधेका थिए भने के तिमीहरूकहाँ (नेपालमा) पेरु दोहोरिँदैन? पेरुमा आन्दोलन सुरु भइसकेको थियो । पेरु आन्दोलनको हामीकहाँ कुनै रङ्गरोगनको छिटो र बादलसम्म आएको थिएन । उनले दोहोर्याई–दोहोर्‍याई प्रश्न गरेका थिए । पछि मैले सुनेँ, उनले त्यो लेखे रे– नेपाल पेरुको सङ्घारमा छ भनेर । यो सन्दर्भ किन पनि मैले उठाएको हो भने म सत्ताधारी पार्टीको स्थायी समितिको सदस्य पनि हुँ, म सांसद पनि हुँ । नेकपा र यसको दिग्विजयको सक्रिय मानिस पनि हुँ । यस सन्दर्भमा समीर अमिनलाई सम्झँदै गर्दा गएको एक हप्तादेखि घोरिइरहेको छु । हाम्रो सङकट कहाँनेर छ भन्दा या त हामी सफल हुन्छौँ, यसको मतलब समाजवाद सफल हुन्छ, दलाल पूँजीवादलाई नियन्त्रण गरिने छ र समाजवाद सफल हुनेछ, या त दलाल पूँजीवादले (यसको प्रक्रिया जारी छ) बचेखुचेको र संविधानमा उल्लेखको समाजवादलाई नै खाइदिन्छ । हामीले यस्ता डरलाग्दा दिनहरू हेर्नुपर्ने छ, यदि हामी छयालीस सालको आन्दोलन जस्तै बेखबर रहने हो भने । किनभने छयालीस सालको परिवर्तनपछि बेलायती अनुसन्धानदाताले भने जस्तै मानिसहरूले स्वतन्त्रता पाए, राजतन्त्र छोडेर लोकतन्त्रमा रमाउँदैछौ, निर्वाध स्वतन्त्रताको उपभोग गर्दैछौ । मुलुकमा तर अभाव छ । यो स्वतन्त्रता र अभावका कारणले गर्दाखेरि आन्दोलन बढ्ने तर राज्यले पुर्‍याउन नसक्ने अवस्थामा तिमीहरूको के हुन्छ रु भनेर ती अनुसन्धाताले गरेको प्रश्नलाई अहिले पनि म सम्झन्छु । ‘आकांक्षा र समस्याहरू थामिनसक्नु छन् । स्वतन्त्रता व्यापक छ । मान्छे सङगठित हुन पाउँछ । नाराजुलुस गर्न पाउँछ । लड्न–भिड्न पाउँछ । संवैधानिक रूपमा सबै कुरा गर्न पाउने अधिकार ल्यायौ। त्यो पूरा गर्ने संरचना कसरी बनाउँछौ रु मानसिहरूको आकांक्षा पूरा गर्ने संरचना बनेन भने सङ्कट आउँदैनरु’ भनी सोधेका थिए ।

    हामी त जनताको बीचमा कसम खाएर आएका छौँ । यो नेकपा कसम खाएर आएको छ । हामी समाजवाद ल्याउँछौ भनेर स्थापनादेखि कसम खाएर आएको पार्टीले आफै क्रान्तिको एजेन्सी बन्नैपर्छ । यो भन्दा अर्को विकल्पै छैन । यदि नेकपा क्रान्तिको एजेन्सी बन्दैन भने यसको के काम छ रु कांग्रेस त छँदैछ नि । अर्को कांग्रेस किन चाहियो रु आज पनि औचित्यको हिसावले नेकपाले क्रान्तिको एजेन्सी बनेर देखाउनुपर्छ ।

    आज गणतन्त्र आयो । हाम्रो संविधान बन्यो । संविधानमा मौलिक हकदेखि सारा कुरा लेखेका छौँ । यो पूरा गर्ने राज्यको कुरा गर्दा चाहिँ धेरै ठूलो बहस जरुरी छ है । बहस सकिएको छैन । क्रान्तिको बहस सकिएको हैन, एउटा चरण सकिएको मात्र हो । क्रान्ति बाँच्छ कि बाँच्दैन, थाहा छैन । चीनमा माओले क्रान्ति भएको १२–१५ वर्षपछि ‘क्रान्ति वा प्रतिका्रन्तिले जित्छ, अझै फैसला भएको छैन’ भन्नुभएको थियो । मैले यसैलाई लिएर भन्ने गरेको छु, नेपालमा यो क्रान्तिले जित्छ कि जित्दैन, अझै फैसला भएको छैन । खासगरी नेपाली समाज कस्तो खालको समाज हो रु भन्ने प्रश्न हामी बामपन्थीहरू अर्थात् कम्युनिष्टहरूका लागि सधैँ प्रमुख रहँदै आएको छ । समाज के हो रु यसको चरित्र के होरु भन्ने प्रश्न हाम्रा लागि सधैँ महत्वपूर्ण रह्यो । त्यस आधरमा मात्रै हामी कहाँ छौ भनेर, समाज कस्तो छ भन्ने निचोडपछि मात्र राष्ट्रिय क्रान्ति, जनवादी क्रान्ति, नयाँ जनवादी क्रान्ति के आवश्यकता पर्छ, निधो हुन्छ । यदि समाज पूँजीवादी छ भने समाजवादी क्रान्तिको आवश्यकता हुन्छ । यो कुरा टुङ्याएर हामीले रणनीतिक कार्यनीति तय गर्ने हो । हामीकहाँ २०४६ सालपछि पनि धेरै ठूलो परिवर्तन भइसकेको छ वास्तवमा । मेरो अध्ययनका हिसाबले चुनौती पनि दिएको छैन । म पटक–पटक दोहोर्‍याउँदै आएको छु – नेपालमा भूमि सम्बन्धका हिसाबले भन्ने हो भने २०३० सालको वरिपरि जतिखेर नेपालमा नापी कार्य सकियो, त्यतिबेला सबै जमिन व्यक्तिको नाममा भयो । जमिन जमिन्दारको नाममा छ र जमिन्दारले नै शासन गर्छ भन्ने कुरा कानूनी र संवैधानिक रूपमा करिब–करिब टुङ्गियो । त्यही समयदेखि नै नेपाली समाज मूलरूपमा पूँजीवादी भएको हो भन्ने मेरो निष्कर्ष हो ।

    यस्ता प्रश्नहरू हाम्रो आन्दोलनका क्रममा समाज परिवर्तन सम्बन्धी प्रमुख प्रश्नहरू बनेनन् । पटक–पटक झलनाथ खनालले भन्ने गर्नुभएको छ, ‘२०४० सालतिर किसान आन्दोलन चल्दै चलेन भनेर धेरै जिल्लामा गएर तालिम नै सञ्चालन पनि गर्‍यौँ । धेरै जिल्लामा मानिसहरूलाई पठायौँ । फेरि पनि किसान आन्दोलन उठेन । पार्टीका केही मानिस जान्छन्, जुलुस नारा गर्छन, प्रहरी आउँछ । स–साना झडपहरू हुन्छन् र सकिन्छ । किसान आन्दोलन स–साना झडपमा सकिए । वास्तविक रूपमा आन्दोलन उठाउन सकिएन,’ भनेर बेलाबेलामा उहाँले संस्मरण सुनाउने गर्नुहुन्छ। वास्तवमा यो प्रश्न ठूलो प्रश्न थियो । किसान आन्दोलन र किसान क्रान्ति गर्ने भनेर अस्तिसम्म दस्तावेजमा हामीले लेखेका थियौँ । हामी भन्नाले एमालेको भन्न खोजेको हो । एमालेको आठौँ महाधिवेशनद्वारा पारित दस्तावेजको मुख्य थीम भनेको किसान क्रान्ति थियो । २२–२५ वर्षदेखि योजनावद्ध ढङ्गले लाग्दा पनि किसान आन्दोलन उठ्दै नउठेको ठाउँमा हामीले आन्दोलनको नाम किसान आन्दोलन र किसान क्रान्ति भनेर राख्यौं । राष्ट्रिय किसान क्रान्ति भनेर राखियो । यो किन राखियो भनेर कहिले पनि छलफल चलेन । हामीकहाँ क्रान्तिकारीहरू र ज्ञान उत्पादन हुने प्रक्रिया अबरुद्ध भयो भन्ने लाग्छ । २०४६ को कुरा गर्ने हो भने त्यही सङ्कटको कुरा थियो । त्यो सङ्कटको कुरा के हो भने एकातर्फ जनताको बीचमा हराउँदै, लतारिँंदै र भत्कँदै गरेको सामन्तवादबाट निस्केका त्यत्रा मानिसहरू कता जाँदैछन् भनेर हेर्नुपर्ने थियो । त्यो हेरेनौँ। त्यसको व्यवस्थापन राज्यले कसरी गर्छ भन्ने कुरा छोडेर, भएका उद्योगहरू वेच्न तम्सिएर, नवउदारवादको घोडा चढेर, हामी जानुपर्ने अपरिहार्य बाटोभन्दा गलत बाटोमा गयौँ ।

    त्यसो भएको हुनाले समीर अमिनका कुरा यस सन्दर्भमा ठीक छन् र यी कुराहरू महत्वपूर्ण हुन् भन्ने लाग्छ । खासगरी समीर अमिन स्वयंले कबूल गरेका थिए र लगातार करिब–करिब सबै लेख वा किताबहरूमा म ऐतिहासिक भौतिकवादलाई प्रस्थान विन्दु मान्छु भनेर सुरु गरेको पाइन्छ । यसै भएकोे हुनाले उनले उठाएका प्रश्नहरू हाम्रा लागि महत्वपूर्ण छन । यस अर्थमा हाम्रो समाज के हो रु भन्ने परिभाषित गर्ने वा तय गर्ने कुरा महत्वपूर्ण रह्यो । यस सन्दर्भमा नेपालको पूँजीवाद सामन्ती रहेन । यो अब पूँजीवादी हो भन्ने अध्ययन गर्दा टुङ्ग्याउने पाँचरसात वा १० वर्षको वरिपरि एकखालको समाधान दिने काम समीर अमिन वा उहाँले लेखेको ‘डिलिङ्किङ ९मभष्लिपष्लन० किताब ९१९८५ मा छापिएको० ले दिएको छ । सोभियत सङ्घको पतन त्यसको पाँचै वर्षमा भएपछि त्यो किताबको चर्चा हरायो । किनभने त्यसमा ठूलो अध्याय सोभियत सङ्घको थियो। त्यसपछि यो असान्र्दिर्भक भयो कि भन्ने हिसाबले त्यति चर्चा चलेन । तर त्यसमा समाजको विश्लेषण गर्दाखेरि कसरी तेस्रो विश्वका मुलुकहरूमा पूँजीवाद विकृत हुँदै जान्छ र त्यो चाहिँ दलालीकरणको प्रक्रियामा फस्दै जान्छ भन्ने सन्दर्भमा अच्छासँग व्याख्या गरिएको छ ।

    हामीकहाँ सङ्कट थियो । हामीकहाँ के सङ्कट थियो भने दलाल पूँजीवाद भनेको के हो रु यसको परिभाषको सङ्कट थियो । भन्दाखेरि सन् १९२६ तिर माओसेत्तुङ्गले अलिअलि व्याख्या गर्नुभएको थियो । चीनमा विदेशबाट सामान ल्याएर बेच्नेहरू पूँजीवादपतिहरूका एजेण्ट हुन् भन्ने कुरा उहाँले भनिदिनुभएको थियो । चिनियाँ क्रान्तिका दस्तावेजहरूमा त्यही नै रह्यो । त्यसलाई सारेर हामीले ल्याऔँ, करिब–करिब त्यसैलाई नै समातिरहयौँ । त्यसमा करिब–करिब पुर्नविचार गरेनौँ भन्दा पनि हुन्छ । इन्डियनहरू, ब्रिटिशहरू, जपानीहरू र तिनका समान बेच्नेहरू सबै र बाहिरबाट ल्याएर समान बेच्ने सम्पूर्ण व्यापार, सम्पूर्ण उद्योग, सम्पूर्ण लगानी र सम्पूर्ण वैदेशिक सहायता समेतलाई दलाल, औपनिवेशीकरणको प्रक्रियामा रहेको भन्यौँ । अझ त्यसको पूँजीवादको चरित्रलाई दलाल नोकरशाही पूँजीवाद भन्यौँ । त्यसमा नै हामी सन्तोष गरेर बस्यौँ । त्यसमा थप चर्चा गरेनौँ ।

    हामी कहाँ पूँजीवाद आइसकेको छ है, हाम्रो समाज सामन्ती हैन भन्ने कुरा टुङ्ग्याउँदा एउटा ठूलो अन्यौल थियो । त्यो अवस्थासम्म पुग्दा करिब–करिब मैले समीर अमिनको ‘डिलिङ्किङ’ पुस्तक पढेको थिइन । सोझै विदेशी स्वामित्व वा तिनसँग जोडिएका सबै पूँजीवाद दलाल हुन्छन् भनेपछि त क्रान्ति झन् अप्ठ्यारोमा पर्छ । त्यसो भएको हुनाले यसलाई कसरी बुझ्न सकिन्छ भनेर खोज्दै जाँदा समीर अमिनको ‘डिलिङ्किङ’ पुस्तकमा कसरी दलालीकरण बढ्छ, यसको प्रक्रिया के हो भन्नेबारेमा धेरै सन्दर्भको व्याख्या रहेछ । यसलाई व्याख्या गर्दा समीर अमिन के भन्छन् भने, ‘जब बुर्जुवा वर्गले वा पूँजीवादी वर्गले पूँजीवाद उत्पादनको प्रक्रिया तथा पूँजीवाद निर्माण प्रक्रियामा न्यूनतम स्वतन्त्रताका साथ आफनो नियन्त्रणमा राख्न सक्दैन त्यस्तो अवस्थामा त्यो दलाल हुन्छ ।’ थप व्याख्या गर्दा उनी के भन्छन् भने, ‘त्यसले हाम्रो उद्योगलाई, हाम्रो अर्थतन्त्रलाई र हाम्रो कृषिलाई हाम्रो उद्योगसँग जोडने प्रक्रियामा निरन्तर लागि रहँदैन भने त्यो पूँजीवाद दलाल हो । विदेशी वा स्वदेशी भन्ने कुरा होइन ।’ त्यो कुराले वास्तवमा माओसेत्सुङ्गपछिको दलाल पूँजीवादको व्याख्या गर्न समीर अमिनको परिभाषा हाम्रा लागि सान्दर्भिक छ भन्ने मलाई लाग्छ ।

    मैले यसैलाई केन्द्र बनाएर ‘नेपालको अर्थराजनीति’ पुस्तकमा यो विषय उठाएको हुँ । हाम्रो दलाल पूँजीवादको परिभाषालाई समीर अमिनको परिभाषामा आधारित बनाएर ब्याख्या गरिएको हो । आज हामी जुन दलाल पूँजीवाद भन्छौँ, त्यसको परिभाषा गर्दा चाहिँ समीर अमिनमा ठोक्किएका हौँ । व्यक्तिगत रूपमा भन्दा म यो ऋण कबूल गर्न यहाँ उभ्भिएको छु । दलाल पूँजीवाद भनेपछि त्यसमा अहिले सामन्तवाद भत्केको तर पूँजीवाद पनि भन्न लायक नभएको अवस्था हो । किनेभने उद्योगधन्दा र ठूल्ठूला कलकारखाना खुलेपछि मात्रै, ठूल्ठूला मेसिनहरू राखेपछि, रेल र पानीजहाज चलेपछि मात्र पूँजीवाद आउँछ भन्ने पुरानो इतिहास अध्ययनको मान्यताका करणले यो हामीकहाँ जबरजस्ती रहिरह्यो । मैले बेलाबेलामा डा. प्रकाशचन्द्र लोहनीले भन्ने गरेको सुनेको छु– म युवा माक्र्सवादी भएर नेपाल फर्केको थिएँ भनेर । डा. लोहोनी भन्नुस् वा डा. देवेन्द्रराज पाण्डेहरू पनि खोज्दै हुनुहुन्थ्यो, सामन्तवाद भत्किराखेको र पूँजीवाद नआइसकेको अवस्थालाई ३०/४० को दशक वरिपरि उहाँहरूले नवसामन्तवाद भन्नुभएको छ । नवसामन्तवादलाई पछि त अरुले कुत खाने पूँजीवाद समेत भने । हिजो सामन्तवादले कुत खान्थ्यो, आज यसले खान थाल्यो । यो यस्तो पूँजीवाद हो, जसले कुत उठाएर मात्र खान्छ । यसले आफैंले उत्पादन गर्दैन भनेर व्याख्या गरे । प्रदीप गिरीले त यसलाई ‘भाते पूँजीवाद’ भन्नुभएको छ– टन्न खाएर बस्छ, काम गर्दैन ।

    अहिले चाहि क्रोनी पूँजीवाद भनेर केही साथीहरूले भनिरहनुभएको छ । खासगरी यसलाई डा। बाबुराम भट्टराईले क्रोनी पूँजीवाद भनेको सुनिन्छ । सीपी मैनालीले त आसेपासे पूँजीवाद भनेर भन्नुभएको छ । यहाँनेर समीर अमिनलाई सम्झिँदा राख्नैपर्ने कुरा के छ भने दलाल पूँजीवादको परिभाषाभित्र नै हाम्रो अर्थतन्त्रलाई सबैभन्दा बढी व्याख्या गर्न सकिन्छ भन्ने लाग्छ । २०४६ सालपछि जुन सङ्कट आउनेवाला थियो, त्यसका बारेमा हामी गम्भीर हुन सकेनौँ । त्यसैले गर्दा एउटा सङ्कट ब्यहोरेर आएका छौँ । आज पनि दलाल पूँजीवादलाई नै बुझ्ने मामलामा केही अन्योलहरू छन् । ठीक छ, छलफल गरेर नै के हो रु भनौला । तर छलफल त हुनुपर्‍यो । टुङ्गो त लाग्नुपदलाल पूँजीवादको बारेमा हामी बेखबर रहन्छौ । आज दलाल पूँजीवाद भन्नाले त्यहाँ पूँजीवादको मात्र कुरा हुँदैन । यसमा धेरै भनिरहनुपर्दैन । किनभने यसबारेमा धैरै भन्दै पनि आएका छौँ, यसमा धेरै साहित्यहरू पनि छन् । पूँजीवादले अन्तत राजनीतिक संरक्षण खोज्छ । त्यो अवस्थामा राजनीति र पूँजीवाद जोडिन थाल्छन् । राजनीति जोडिएपछि यसमा राज्य जोडिन्छ । सुरक्षा र राज्यका सबै अङ्गहरू जोडिँदै जान्छन् ।यो । छलफल नै हुँदैन, अध्ययन नै हुँदैन भनेदेखि हामी ठक्कर खाने बाटोतिर जाँदै छौ । हाम्रो जहाज ठूलो हिम–पहाडसँग ठोक्किनका लागि हान्निँदैछ है, हाम्रो भवितव्य त्यही हो है, यो विषयमा हामी गम्भीर भएनौँ भने भन्ने मेरो भनाइ हो।

    खासगरी नेकपाका नेता, कार्यकर्ता, बौद्धिक र बुद्धिजिवी यो कुरामा जुटौँ है, आजको समाज बुझने कुरामा । किन अहिलेको अवस्था दलाल पूँजीवाद नै हो भनेर मैले भन्न खोजेँ भन्दा यसलाई जे नाम राखे पनि हुन्थ्यो होला । यसलाई नवसामन्तवाद भन्ने कुरा एकदमै विशुद्ध अर्थशास्त्रीय कुरा त होला । तर राजनीतिक अर्थशास्त्रको हिसाबले वा हामीले चर्चा गरे जस्तो ऐतिहासिक भौतिकवादको हिसाबले भन्ने हो भने त्यो नवसामन्तवादले अब थेग्दैन । किनभने सामन्तले महिना÷महिनामा कुत लिन्थ्यो, अब वर्षमा लिन थाल्यो । त्यस्तोलाई नवसामन्तवाद भनिएको भए एउटा कुरा हुन्थ्यो । यहाँ त सामन्तवाद एउटा उत्पादन प्रणाली हो, यहाँ अर्को उत्पादन प्रणली चलिरहेको छ भन्दाखेरि नवसामन्तवाद भन्ने कुराले धेरै चल्दैन । डा। लोहनी अहिले पनि ‘मैले नवसामन्तवाद भनेको त्यही हो’ भनेर बेलाबेलामा लेख्नुहुन्छ । तर त्यसले यो विषयलाई बोक्दैन । यसमा प्रष्ट हुनुपर्छ भन्ने मलाई लाग्छ । मैले धेरै ठाउँमा भन्ने पनि गरेको छु, क्रोनी पूँजीवाद जसलाई भनिएको छ, त्यो डा। बाबुराम भट्टराईजीको अहिलेको सिद्धान्त जस्तो लाग्छ । यताबाट अलिकति माक्र्सवाद लिने उताबाट अलिकति उदारवाद लिने र सिद्धान्त बनाउने भन्नुभएको छ । खासगरी पूँजीवादीहरूले क्रोनी पूँजीवादलाई पूँजीवाद नै मान्दैनन् । क्रोनी पनि पूँजीवाद हुन्छ रु नातापाता, आसेपासे पूँजीवाद हुन्छ ? पूँजीवादले त यो केही पनि हेर्दैन । उसले त पैसा मात्र हेर्छ । नाफाको मात्र कुरा गर्छ । उदारवादीहरूको व्याख्या यस्तो छ । यता समाजवादीहरू के व्याख्या गर्छन् भने पूँजीवाद भनेको सधैँ क्रोनी हो । यसले सम्बन्धहरू बनाउँछ, अर्को सम्बन्ध, अर्को नयाँ सम्बन्ध । मूलतः आर्थिक सम्बन्धका आधारमा सम्बन्ध निमाण गर्दै जान्छ र समाजलाई जकड्याउँछ । र क्रोनी भन्ने कुरा जन्मजात नै क्रोनी हो । क्रोनी पूँजीवाद र पूँजीवादमा केही फरक छैन भन्ने नै समाजवादी विश्लेषणको निष्कर्ष देखिन्छ । सामान्यतया क्रोनी पूँजीवाद भन्नाले आसेपासे, चिनजानको आधारमा गरिने सेवाको कुरा गर्दा पूँजीवाद खासगरी दलाल पूँजीवादको प्रतिक्रियावादी चरित्रलाई यसले ढाकछोप गर्छ । यो कुरा मैले जोड दिएर किन भन्दैछु भने दलाल पूँजीवाद भन्ने कि नभन्ने भनेर एमालेको नवौँ महाधिवेशनको डकुमेण्ट तयार गर्दाखेरि धेरै नेताहरू तयार भएनन् किनभने सबै विदेशीसँग लड्नुपर्ने हुन्छ, त्यसो भएको हुँदा यो नभनौँ, सबै विदेशी पूँजीवादसँग लड्नुपर्छ, सबैसँग लड्नुपर्ने भएपछि नभनौँ भनियो । एकोहोरो हिसाबले लड्नुपर्छ भनियो, लड्न जरुरी छ कि छैन भनिएन। यो विषयमा छलफल नै भएको छैन । दलाल पूँजीवाद भनेको के हो भन्ने थाहा छैन । दलाल पूँजीवादको चरित्रलाई नबुझिकन अगाडि बढ्याँै भने क्रान्ति यसैले सक्छ । क्रान्ति सक्नुभन्दा पहिला यसले पार्टी सक्छ ।

    आज क्रान्तिको एजेन्सी भनेको पार्टी नै हो । हो, कोही त अघि लाग्नुपर्‍यो भन्ने सन्दर्भ होला । पपुलर मुभमेण्टको कुरा समीर अमिनले पनि धेरै ठाउँमा गरेका छन् । संसारमा आन्दोलन धाराशायी भयो । सोभियत सङ्घ संशोधनवादी भयो । अहिले संसारमा क्रान्तिको कित्ता छैन । अमेरिका र युरोप एउटा कित्तामा छन् । उदारवादले सारा संसारलाई दपेटिरहेको यस्तो अवस्थामा के हुन्छ रु कसरी अगाडि जाइएला भन्दा कहीँ न कहीँ ठक्कर खान्छ । पूँजीवादको विश्वव्यापीकरणको विरुद्धमा कहीँ न कहीँ पपुलर मुभमेण्ट सुरु हुन्छन । समीर अमिनले पनि भनेको कुरा हो यो । उहाँले धेरै ठाउँमा यो कुरा गर्नुभएको छ । तर यो त खास परिस्थितिमा आन्दोलनको ज्वारभाटाको कुरा पो समीर अमिनले गरेका हुन् । हामी त जनताको बीचमा कसम खाएर आएका छौँ । यो नेकपा कसम खाएर आएको छ । हामी समाजवाद ल्याउँछौ भनेर स्थापनादेखि कसम खाएर आएको पार्टीले आफै क्रान्तिको एजेन्सी बन्नैपर्छ । यो भन्दा अर्को विकल्पै छैन । यदि नेकपा क्रान्तिको एजेन्सी बन्दैन भने यसको के काम छ रु कांग्रेस त छँदैछ नि । अर्को कांग्रेस किन चाहियो रु आज पनि औचित्यको हिसावले नेकपाले क्रान्तिको एजेन्सी बनेर देखाउनुपर्छ । अब रह्यो, यसलाई राष्ट्रिय रूपमा स्थापित गर्ने पपुलर आन्दोलनमा रूपान्तरण गरेर जाने कुरा । यो स्वाभाविक कुरा हो । यसो गरेमा मात्र यो अगाडि बढ्न सक्छ । फेरि पनि मुख्य कुरा भनेको वर्गको कुरा हो । वर्ग भनेपछि आजको समाजको चरित्र र यसको बुझाइमा समझदारी कायम गर्नुपर्नेहुन्छ । कुरा यहाँबाट सुरु गर्नुपर्छ । यसो भएन भने दलाल पूँजीवादको बारेमा हामी बेखबर रहन्छौ । आज दलाल पूँजीवाद भन्नाले त्यहाँ पूँजीवादको मात्र कुरा हुँदैन । यसमा धेरै भनिरहनुपर्दैन । किनभने यसबारेमा धैरै भन्दै पनि आएका छौँ, यसमा धेरै साहित्यहरू पनि छन् । पूँजीवादले अन्तत राजनीतिक संरक्षण खोज्छ । त्यो अवस्थामा राजनीति र पूँजीवाद जोडिन थाल्छन् । राजनीति जोडिएपछि यसमा राज्य जोडिन्छ । सुरक्षा र राज्यका सबै अङ्गहरू जोडिँदै जान्छन् ।

    यसलाई सानो रूपमा हेर्नुहुन्छ भने गाउँमा प्रहरी जोडिन्छ, गाउँपालिका÷नगरपालिकाको प्रमुख जोडिन्छ । त्यहाँको व्यापारी जोडिन्छ । सबै मिलेर एउटा स्काभेटर किन्छन् । एउटा एनजीओकर्मी हुन्छ । गाउँमा ‘घ’ वर्गको लाइसेन्स भएको एउटा ठेकदार हुन्छ । सुरक्षा निकाय हुन्छ, इन्जिनियर हुन्छ । सबै मिलिभगतमा कामहरू हुन्छन् । तलैदेखि पार्टीलाई सक्दै जान्छ यसले । कम्युनिष्ट पार्टीको वरिपरि रहेर २०र२२ हजार फौज, जो स्थानीय सरकारमा पठाएका छौँ, ती सबै दलाल पूँजीवादका बाहक हुन्छन् । र, क्रान्ति तिनले नै सकिदिन्छन् । त्यसैले सुरुमा मैले भनेको थिएँ, हाम्रो क्रान्ति दलाल पूँजीवादले सक्छ या दलाल पूँजीवादलाई क्रान्तिले सक्छ । आज पनि हामी यसको तानातानीमा छौँ । मैले स्थानीय तहको उदाहरण दिएँ । यसको प्रक्रिया चाहिँ माथिबाट सुरु हुन्छ । माथि नहुने हो भने त तल सजिलै सुधारिहाल्थ्यौँ । एउटा मेयरले राम्रोसँग काम गरिरहेको छैन । त्यसले दलाल पूँजीवादसँग लगनगाँठो कस्दैछ भन्ने थाहा पाउनेवित्तिकै हाम्रो माथिको नेतृत्व दलाल पूँजीवादप्रति साँच्चिकै सचेत छ भने एक मिनेटमा कलब्याक गर्न सक्छ । भनेको मानेन भने राजीनामा गराउँछ । त्यसो भन्दा पनि मानेन भने आजदेखि ऊ हाम्रो रहेन भन्छ । किनभने ‘नेकपा भनेको इमान्दारहरूको राष्ट्रिय उद्यमशील पूँजीवादको विकास गर्ने समाजवादीहरूको पार्टी हो । तर यो मेयर चाहिँ क्रान्तिको धोकेवाज निस्कियो, आजदेखि हाम्रो रहेन’ भन्दाखेरि त्यसलाई जनताले नै ठीक पारिहाल्छन् नि । तर त्यसो किन भइरहेको छैन भन्दाखेरि त्यसको संरक्षक म छु यहाँ माथि स्थायी समितिमा । मेरो संरक्षण छ जोसँग धेरै पूँजीवाद छ । जसरी तल गाउँको साथीहरू (जनप्रतिनिधि) साना ठेकदार, व्यापारी, साना दलालहरू र स्काभेटरसँग गठबन्धन गर्छन्, माथि म भने नेपालभरि दशौँ हजार एक्साभेटर, तिनका पार्टपुर्जाहरू आयात–निर्यात गर्ने व्यापारीहरूसँग गठबन्धन गरेर निर्णय लिने ठाउँमा छु । मेरो गठबन्धन प्रहरीको आइजीसँग हुन्छ । त्यो कहिलेकाहिँ फरक हुन्छ, कहिले आइजीले नेतालाई चलाउँछ । अली ठूलो भयो भने नेताले आइजी चलाउँछ । यसको सम्बन्ध भनेको द्वन्द्वात्मक हुन्छ । कहिले उसले, कहिले उसले चलाउँछ । अनि यिनका व्यवहार सोचाइ, जीवन पद्धति कसरी आए र कसरी गए, हेर्न जरुरी छ । यसरी हेर्दा व्यापारी राजनीतिक नेता–नेता जस्तो देखिन्छ । ऊ राजनीतिक कुरा गरिराखेको हुन्छ । सांसद कसलाई बनाउने, मन्त्री कसलाई बनाउने, कसलाई कुन ठाउँमा राख्ने, कसलाई ल्याउँदा सबै खोलानालाको ठेक्का हातपार्न सकिन्छ । यी सबै मिलाइराखेको हुन्छ । उसँग कुरा गर्नुभयो भने राजनीतिको यस्तो खरो कुरा गर्छ कि उसले सबैलाई चिनेको छ, उसले सबैलाई खुवाएको छ । यी सब कुरा गरिरहेको हुन्छ । अनि तपाईले नेतासँग कुरा गर्नुभयो राजनीतिको भन्दा अरु कुरा बढी गरिरहेको हुन्छ । उसले जनताको कुरा गरिरहेको छैन । आफन्त वा छोरीलाई कहाँ लगाउने, सालीलाई कहाँ लगाउने कुरा गरिहेको हुन्छ । यसरी मिसमास भयो । राजनीति र समाज यसरी मिसमास हुँदैछ । राजनीति, सुरक्षा निकाय स्वार्थका हिसाबले यसरी मिल्दैछन् । एकआपसमा यस्तो गठबन्धन बन्दैछ । यस्तो गठबन्धनबाट आजको नेकपा अलग छ त ?

    समीर अमिनलाई सम्झिदाखेरि नेकपाले के भन्न सक्नुपर्छ भने हामी फरक छौँ । हामी त्यो गठबन्धनमा छैनौँ। किनभने तपाईको समाज दलाल पूँजीवादी छ । यो समाजमा जन्मेको मानिस दलाल पूँजीवादी हुनलाई बाउआमाले जन्माएको होइन । तर जीवनको प्रक्रियाले, आर्थिक प्रक्रियाले उसलाई दलाल पूँजीवादी बनाउने हो । उसले बाँच्नुपर्छ, बाँचनका लागि कमाउनुपर्छ । कमाउनको लागि आम्दानी हुने काम गर्नुपर्दछ । त्यस्ता क्षेत्रहरू कहाँ छन् भन्दा स्काभेटर लगायतका दलाल पूँजीवादका क्षेत्रमा छन् । यसरी मानिस क्रमशः फस्दै गइरहेको हुन्छ । उसले जान्नु पर्दैन । मेरो जीवनको उद्देश्य दलाल पूँजीवादी हुनु हो भन्ने कुरा कसैले भन्नु पर्दैन । नभनीकनै ऊ यसरी दलाल पूँजीवादको सिकञ्जामा फस्दै जान्छ । यस अर्थमा समाज कस्तो बन्दै जान्छ भन्ने कुरा महत्वपूर्ण कुरा हो । सामाजिक प्रक्रिया यस्तो हो भने फेर्ने कुनै एजेन्सी त आवश्यक होला नि? फेरि एजेन्सीको कुरा आउँछ । एजेन्सी चाहिन्छ कि चाहिँदैन ? त्यो एजेन्सी भनेको पार्टी हो कि होइन रु पार्टी त्यसमा पनि जनसङ्गठनलाई समेत अझ फैलावट गर्ने हो भने समर्थक समेत पर्ला नि । त्यसलाई हामीले ठीक पार्न र ठीकसँग परिचान गर्न सकेनौँ भने समाजवलाई दलाल पूँजीवादवाट स्वतन्त्र राख्न सम्भव छैन । पार्टीले समाजको एउटा स्वतन्त्र मान्छेलाई आफ्ना कर्मले, क्रियाकलापले, प्रशिक्षणले र शिक्षा–दीक्षाले क्रमशः समाजवादी बनाउँदै जान्छ । यस्तो समाजवादी मान्छे बनाउने साँचो छ है भनेर आज निश्चित गर्न सक्छौँ कि सक्दैनौँ । क्रान्ति अगाडि बढ्छ कि बढ्दैन भन्ने कुराको निर्धारण यसैले गर्छ । हामीले समीर अमिनलाई सम्झँदा यही कुरामा ध्यान केन्द्रित गरौँ भन्ने लाग्छ । हाम्रो समाज हेर्दा मलाई के लागिरहेको छ भन्दा, कम्युनिष्ट पार्टीले गरेपछि यो समाजवादी भइहाल्यो! यो कार्यक्रममा २०६४ को निर्वाचनको बेलामा एकजना साथीले भनेको कुरा सुनाउन चाहन्छु ।

    हामी नै नेपालको सबैभन्दा क्रन्तिकारी पार्टी हौँ भनेर बुद्धिजीवीहरूको भेलामा भन्नुभयो । किन त, भनेर उहाँले कारण बताउनुभएन । अन्तिममा उहाँले भन्नुभयो– किनभने यो हामीले निर्णय गरिसकेका छौँ । सुन्ने मानिसहरूका लागि यो एकखालको डरलाग्दो प्रश्न थियो वास्तवमा । कम्युनिष्ट पार्टीको नेताले भनेपछि त्यो समाजवादी भइहाल्यो भन्ने सङ्कीर्णताबाट नउठ्ने हो भने हामी खतरामा पर्छौँ । त्यसै भएको हुनाले यो एजेन्सी (पार्टी) लाई ठीकठाक पार्नुपर्छ । अब कहाँबाट समाजवाद सुरु हुन्छ भन्दा मबाट सुरु हुन्छ, पार्टीवाट सुरु हुन्छ, त्यो नेकपाबाट सुरु हुन्छ । यो यहाँभित्रबाट हुनुपर्छ । यहाँ हामी कसरी नेता हुन्छौँ भन्दा दलाल पूँजीवाद र औद्योगीक पूँजीवादबीच फरक छ । दलाल पूँजीवाद हिँड्दैहिँड्दै थियो, के के गर्दै थियो, जग्गामा लगानी गर्‍यो, के के गर्‍यो, धेरै पैसा कमायो, अलिकति राजनीति गर्‍यो अनि उम्मेद्वारको टिकट किन्यो, सांसद बन्यो, मन्त्री पड्काइहाल्यो । कतिजना मन्त्रीलाई हेर्नुहोस् त – कति जना हिजोसम्म जग्गा बेच्दै थिए । हामी सांसदहरूलाई नै हेर्नुहोस् न– जसरी दलाल पूँजीवादमा रातारात पूँजीवाद माथि पुग्छ, दलाल पूँजीवादको करिश्मा पनि त्यस्तै रहन्छ । यसले सबै थोक गर्छ । राजनीति बाहेक सबैथोक गर्छ । यो खालको नेतृत्व बन्छ । समाज र राजनीतिलाई दलालीकरणबाट बचाउनका लागि वा दलाल पूँजीवादवाट बचाउनका लागि नेकपाले शायद कसम खानुपर्छ भन्ने मलाई लाग्छ ।

    समीर अमिनप्रति श्रदाञ्जली दिइरहँदा उनले परिभाषा गरेको दलाल पूँजीवाद र हाम्रो पूँजीवाद फरक छ भने छलफल गरौँ । खोजौँ – हो कि होइन ? तिनीमाथि पनि शङ्का गरौँ । उनले भने अनुसारको हाम्रो समाज होइन भने होइन भन्ने निष्कर्षमा पुगौँ । तर आज कस्तो सन्नाटा छ भने कोही बोल्दैन, कोही चर्चा पनि गर्दैन यसरी समाजवाद आउँदैन भन्यो भने पनि चूप लागेर बस्छ । कस्तो विडम्बना !

    हेर्नुहाेस् भिडियाेमाः

    https://youtu.be/XfErAUKJ5Sc

    निरन्तर संवाद्को खाँचोः हरि शर्मा

    समीर अमिनको सन्दर्भको कुरा गर्दा कपाल फुलेका, ठूलो निधार भएका मानिस, जो नेपाल पनि आएका रहेछन् । मैले यहाँ देख्ने मौका भने पाइँन । अमेरिकाको एक विश्वविद्यालयमा भएको ‘इन्भाइरन्मेन्ट अफ पोपुलेसन साइन्स’ भन्ने विषयमा भएको कार्यक्रममा उनीसँग प्रत्यक्ष भेट भएको थियो । सन् १९९४ तिरको कुरा हो । धेरै ‘लेफ्ट’ र ‘राइटिष्ट’ विद्यार्थीहरूलाई उनले सम्बोधन गर्ने क्रममा परैबाट सुन्ने मौका पाएको थिएँ । त्यो कार्यक्रम राजनीतिकभन्दा पनि धेरै हिसावले प्राज्ञिक कार्यक्रम थियो । विद्याजीले भनिसक्नुभएको छ – तीनवटा ‘स्कूल अफ थट’ छन् परनिर्भरताको सिद्धान्तमा । तीनवटामध्ये समीर अमिन एउटा हुन् भन्दै हुनुहुन्थ्यो विद्याजी । एउटा चाहिँ परनिर्भरताको सिद्धान्तभित्रै फ्र्याङ्कदेखि लिएर ल्याटिन अमेरिकाको अनुभवबाट आएको, अर्को युरोपियन अनुभवबाट आएको ‘स्कूल अफ थट’ छ । यसले विश्व व्यवस्थामा अन्तरसम्बन्ध कसरी परिवर्तन गर्‍यो अनि यो चीनसँग कसरी जोडिँदै गयो । त्यसले कस्तो खालको अन्तरसम्बन्ध विश्वव्यावस्थामा विकास ग भन्ने हो ।

    फ्र्याङ्कको मोडल चाहिँ बढी चाखलाग्दो छ । यद्यपि आजको कुरा गर्दा समीर अमिनले उनको सिद्धान्तको आलोचना गरेका छन् । त्यो के हो भन्दा हामी जस्ता धेरैजसो मुलुकहरूले स्वतन्त्रताको कल्पना नै नगरिसक्दा उपनिवेशवाद र साम्राज्यवादको अभ्यास ल्याटिन अमेरिकामा भइसकेको थियो । आजभन्दा करिब ३०० वर्षअघिको स्वतन्त्रता सम्बन्धी सङ्घर्षको ल्याटिन अमेरिकी अनुभव छ । हैटीको क्रान्ती सबैभन्दा पहिलो स्वतन्त्रतापूर्वक संविधान मस्यौदा गर्ने स्वतन्त्रतासम्बन्धी आन्दोलन हो । तथापि परनिर्भरताको पहिलो कोटीमा परेका मुलकहरू किन गरिब भएका छन् अथर्वा गरिब नभनाँै, किन फरक देखिएका छन् । त्यो समय र परिभाषा गरेभन्दा किन फरक छन् भन्न खोजेको हो ।

    नेपाली समाजको विकासक्रमको सबैभन्दा ठूलो कुरा मुक्तिको कामनाको कुरामा कसरी संवाद गर्न सक्छौँ । विभिन्न क्षेत्र, वर्ग, समुदायमा विचार प्रवाह कसरी गर्छौँ । सबै एउटै मेसिनबाट काटिएका र एउटै मोडलमा भाँचिएका मानिस हामी छैनौँ । विचारको विविधता छ । भावनाको विविधता छ । यसलाई माक्र्सवादले कसरी प्रस्फुटित गर्न सक्छ रु यसमा चर्चा गरौँ ।

    यहाँनेर अघि पनि धेरै कुरा आइसकेका छन् । विकासलाई कसरी हेर्ने रु जब हामीले विकासको कुरा गर्न थालेपछि प्रगति वा ‘प्रोगेस’ भन्ने शब्द नै हराएर गयो । यसले हाम्रो अर्थराजनीतिलाई मात्र होइन, समग्र सामाजिक चिन्तनलाई पनि प्रभावित गर्‍यो । अघि मैले कुरा गरेको – पहिला–पहिला जुन स्वतन्त्रताका आन्दोलनहरू चले, तिनलाई विकासको मोडलले हेर्न सक्दैनौँ । प्रगति र आइडियाको मोडलबाट हेर्‍यौँ भने हैटीको क्रान्ति पहिलो हो, जसले फ्रान्सभन्दा पहिला संविधान जारी गरेको थियो । विकास मोडेलका पक्षबाट हेर्नुभयो भने हैंटीमा हामीले समेत हैजा पुर्‍यायौँ भन्ने कुरा आएको छ । चेतनाका हिसाबले भन्ने हो भने हामीलाई पाठ सिकाउने खालको छ । यस कारण आजभोलि हामीले पढेर वा दीक्षित भएर जाने–बुझेको विकासको मोडलले हैंटीको विकास मोडलको अनुभवलाई व्यक्त गर्न सकिँदैन । त्यस कारण समीर अमिन पढ्दाखेरि कहाँबाट हेर्छौँ, आइडियालाई कसरी हेर्छौँ, संस्थालाई कसरी हेर्छौँ । आइडिया र संस्थाहरूको सम्बन्ध हुन्छ, संस्थाले कति आइडियालाई ग्रहण गर्छ, आइडिया अनुसार संस्थाहरू कति सक्षम बनेका छन् भन्ने कुरामा निर्भर गर्दछ । समीर अमिनलाई हेर्दाखेरि यसरी हेर्नुपर्छ किनभने आज यहाँ हामी उनलाई सम्झन जम्मा भएका छौँ । त्यसको प्राज्ञिक, सैद्धान्तिक विश्लेषण र ब्यवहारको कुरा पनि गरौँला । उनी पनि हामी जस्तै समयको उत्पादन पनि हुन् । ‘हामी आज यसो यहाँ हेर्दा अघिल्लो पुस्ताभन्दा २०३२ सालको विद्यार्थी आन्दोलन हुँदै २०३६, आसपासका पुस्ताका मानिसहरू धेरै छौँ जस्तो लाग्छ । हाम्रो त्यो समयको चेतना, त्यो बेलाको संस्थाप्रतिको बुझाइ, त्यो बेलाको अर्थशास्त्रको अवस्था, सामाजिक परिवेश, अन्तराष्ट्रिय सन्दर्भ हेर्नुपर्ने हुन्छ । समीर अमिनको समय चाहिँ के थियो भने अहिलेको जस्तो खुल्ला युरोप थिएन । तर संसारमा धेरै खुल्ला ठाउँ थियो । पासपोर्टको कुरा गर्‍यो भने उहाँ इजिप्टबाट युरोप पढ्न जाँदाखेरि त्यहाँ देशकोे सीमामा कडा व्यवस्था थियो होला त रु त्यसरी सोच्यो भने त्यति धेरै प्रतिबन्धै लगाउने अवस्था थिएन ।

    अहिले जान्न र बुझ्नलाई हामीलाई सिकाएको विकासे मोडलले के भन्छ भने हार्डबर्ड, प्रिन्सर्टन कि अक्सफोर्ड पढ्नुपर्छ । हुन त उनले पनि सोर्वोन युनिभर्सिटीमा पढेका थिए । त्यहाँको संस्कृति, संस्कार र पृष्ठभूमिको सन्दर्भमा कि पढेर सिकिन्छ कि परेर सिकिन्छ भन्ने कुरालाई मान्नुपर्छ । समीर अमिनले पढेर सिक्ने सन्दर्भमा सामाजिक र राजनीतिक परिवेशको सन्दर्भ के थियो भने तेस्रो विश्वको सन्दर्भ नै थियो। उनमा आजीवन अध्ययन, चिन्तन मनन् र लेखन गर्ने सङ्घर्षशील जाँगर कहाँबाट आयो? पेशामा अगाडि बढ्दै अथवा प्रगति गर्दै जाँदा यसलाई तपाई जसरीसुकै परिभाषित गर्नुस्, त्यसमा एउटा कुरा विर्सनु हुँदैन रहेछ, त्यो के हो भने म कहाँबाट र कुन पृष्ठभूमिबाट आएको हुँ ? व्यक्ति स्वंयको स्रोत के हो? नेपालको सन्दर्भमा कुरा गर्ने हो भने हाम्रो स्रोत वनावटी देखिन्छ । जतिसुकै अहिले हामीले राष्ट्रवादलाई परिभाषित गर्दैछौं, राष्ट्रवादको परिभाषा सांस्कृतिक परम्परावाद र सङ्कीर्ण मान्यतामा आधारित भएर आएको छ। उदारवादी ढाँचामा बन्नुपर्ने र आफैँलाई उदार बनाउँदै लैजानुपर्नेमा उल्टै हामी साँघुरिँदै गइरहेका छौँ । समिर अमिनको खोजी के थियो भने माक्र्सवाद भनेको वैज्ञानिक अध्ययनको विषय हो । समाजलाई कसरी हेर्ने? समाजको उत्पति कसरी भएको हो रु त्यसैले सामिर अमिनले भनेका छन्, ऐतिहासिक भौतिकवाद एउटा दृष्टिकोण हो – जसले म कहाँबाट आए? मेरो परिवेश के हो ? मेरो समाज कता बढ्दैछ? यस्ता चिन्ताहरू लिने कुरा हो । आजभोलि हामी यस्ता चिन्ता र परिचर्चा हुन छोडेको छौँ । यो किन छोडेको छौँ भन्दा हामी कता, कता निश्चिन्त भएका छौँ। किनभने हामीले प्रश्न गर्न छोडिसकेका छौँ। आजको सन्दर्भमा समिर अमिनलाई सम्झने किन हो भने जुन सांस्कृतिक परिवेशमामा आफूलाई विकास गर्दै लगे । सङ्घर्ष गर्दै गए । बाँच्नुको जीजिविषा के हो भने समाज परिवर्तन हो । आजसम्म (८५ वर्ष सम्म त लेख्दै थिए) निरन्तर लागिरहेको देखिन्छ । उनले जीवनमा धेरै कुरा देखे, सङ्घर्ष गरे । उनको यो एउटा जिज्ञासा थियो, खोजी थियो अथवा जीवन बाँच्नुको जीजिविषा समाज परिवर्तनको कामना थियो । म कहाँबाट आएँ? मैले समाजलाई कहाँ लैजाने ? कता, कता जतिसुकै भौतिकवादको कुरा गर्दा मान्छे स्वयंलाई हेर्दा अध्यात्मवादको कुरालाई पच्छयाउँछ । त्यहाँनेर हेगेललाई सम्झन्छु – ‘स्पिरिट उइथ डिटरमिनिज्म’, त्यो भाव, जोश, जाँगर कहाँबाट आउँछ ? त्यो सङ्घर्षको भाव र जोश कहाँबाट आउँछ ? राम्रो विश्वविद्यालयमा पढाएका थिए । फर्किएर गएर इजिप्टमा काम गरे । इजिप्टमा उनी हुँदा फ्रान्समा क्रान्तिको प्रतिक्रन्ति भयो । फर्किएर मालीमा गए । मालीको योजना आयोगमा काम गरे । हुँदाहुँदा परामर्शदाता समेत भएर काम गरेको देखिन्छ । काम खोज्दै गएको देखिन्छ । बाँच्नका लागि जेजे गरे पनि उनले चुरो प्रश्नलाई चाहिँ कहीँ पनि छोडेनन् । समिर अमिनबाट हामीले सिक्ने भनेको के हो भने हामीले हाम्रो राजनीतिक जीवन र सामाजिक जीवनलाई सार्थक बनाउने हो भने केले हामीलाई बल दिन्छ र प्रेरित गरिरहन्छ त ?

    साथीहरूलाई यो कुरा पनि भनौँ, यहाँहरूको भन्दा मेरो राजनीतिक पृष्ठभूमि फरक होला । तर, प्रश्न हुन छोड्यो भने मानिसमा अन्योल र नैराशय विकास भएर जानेरहेछ । यस्तै हो, सबै गर्न सकिएन भन्ने हुने रहेछ । सबै मान्छे निरन्तर लागि रहन्छन् भन्ने पनि छैन । मानिसलाई थाक्ने पनि अधिकार छ । कताकता समाजमा हामी बढी कामना गर्छौँ कि यो मानिस सँगसँगै हिँडेको थियो । कतै सम्झौता गर्‍यो या के गर्‍यो भनेर हेर्छौ । एउटा कुरा के बुझनु पर्‍यो भने हाम्रो स्पिरिट वा आफ्नोपन र शाखलाई राम्रोसँग बचाउन सकेनौँ भने त्यो आफैँ हराएर जान्छ । समिर अमिन के रहेछन् भन्दा उनी थाकेनछन् । निरन्तर–निरन्तर विश्लेषणमा लागेछन् । यहाँ धेरै माक्र्सवादी स्कूलका साथीहरू हुनुहुन्छ । भौतिकवादको विश्लेषण गर्दा उनले अभ्यासको कुरा गरे त्यो धेरै महत्वपूर्ण कुरा थियो सिद्धान्त र व्यबहारको बारेमा । मलाई उनी बन्दुक बोकेर हिँडे जस्तो लाग्दैन । यसको अर्थ एक्टीभिष्ट थिएनन भन्ने होइन। विचारका चाहिँ उनी ठूलो एक्टीभिष्ट रहेछन् । यो कार्यक्रममा आउने भएपछि मैले यसो खोजखाज गरे । म दिल्लीमा पढ्न बस्दा पनि मेरो त्यस्तै साथीहरूसँग सङ्गत थियो । कुरा सुन्दा पनि एकदमै सुनिन्थ्यो । साथीहरूलाइ भन्न खोजेको के हो भने उनको जीवनवाट सिक्ने के हो भने ‘स्पिरिट’ नै हो । अर्को कुरा के भने मेरो चासो भौतिकवादी विश्लेषण के हो त ? यथार्थमा मक्र्सवादको इतिहास के हो रु यसको विश्वव्यापी प्रयोग सम्भव छ कि छैन रु विद्याजीले पनि भन्नुभयो। जहाँबाट आइडिया बने, विकास भयो अथवा औद्योगिकीकरण भयो, त्यसको उत्पादन प्रणालीले पेरिफेरीलाई प्रभाव पार्‍यो । किनभने क्रमबद्धतामा पेरिफेरी (आसपासको प्रभावित क्षेत्र) भन्दा सेन्टर (केन्द्र) पहिला थियो। त्यसले गर्दा हामी जहाँबाट प्रभावित भएका छौँ, हामी प्रकारान्तरले पेरिफिरीमा पर्‍यौं भन्ने कुरा नै हो । समिर अमिनको वारेमा विद्याजीबाट हामीले सुन्यौं। सेन्टरले मात्र प्रभावित गर्ने होइन, पेरिफेरीको गतिविधिले पनि सेन्टरको चरित्रलाई परिवर्तन गर्दै लैजानसक्छ। अन्यथा नलिनुहोला कता–कता माक्र्सवादको बैधानिकतालाई उनले चुनौती दिएका छन् । उनले माक्र्सवादको सरल रेखाकार र तहगत विकासको अवधारणालाई परिवर्तन गरी गोलाकार अवधारणाको परिकल्पना गरिरहेका हुन्छन् । रेखामा सेन्टर पहिले अनि पेरिफेरी पछि आउँछ, तर गोलाकारमा पहिले पेरिफेरि आउँछ, सेन्टर त भित्रपट्टि छ नि। सेन्टर भनेको नै गोलाकार अवधारणा हो। मलाई लाग्छ सेन्टर र पेरिफेरीको अवधारणाले कताकता माक्र्सवादी स्टेट र विकासको मोडलले माक्र्सवादलाई नै सीमित गर्‍यो । माक्र्सवादको सम्भावनालाई खुला गर्‍यो । नेपालमा समिर अमिनको दोस्रो पुस्ता कहाँबाट आयो भने जब सोसोलोजी डिपार्टमेण्ट बन्यो र सोसोलोजी पढाउन कोर्स डिजाइन गर्दा, पढाउँदा समाजलाई कसरी बुझने भन्ने क्रममा सन् १९७० को दशकको ‘क्राइसिस थियरी’ बाट आएको हो। भूमण्डलीकरण, स्थानीय उत्पादन र सम्बन्धलाई माक्र्सले भने अनुसार नै त्यहाँ सोसाइटी बन्यो, सोही अनुसर संस्था बन्यो । आइडिया त्यसले अगाडि सार्‍यो । पूँजीवाद र उपनिवेशवाद सँगसगै गयो । सँगसँगै साम्राज्यवाद आयो । त्यो पश्चिमबाट नै आयो । त्यसका पछिपछि हामीले पनि विकासको नाममा मोडलहरूलाई त्यतैत्यतै लैजान थाल्यौं । तर सत्य के हो भने हरेक समाज फरक छ । हरेक परिवेश फरक छ । म्याकडोलाण्डकै विविधताका कुरा गरौँ न । अमेरिकामा खाने र दिल्लीमा खाने म्याकडोनाल्डको स्वाद फरक छ । विश्वव्यापीकरणको अर्थात् बहुराष्ट्रिय कम्पनीहरूको एउटा मानक त पक्कै होला नि? जुन ‘मे आई हेल्प यु’, एउटै भाषा बोल्छ । तर म्याकडोनाल्डको मसला फरक हुन थाल्यो । इन्डियनहरूलाई चटपटा चाहियो । म्याकडोनको चरित्र र स्वाद नै परिवर्तन गरिदियो । त्यो कसले गर्यो भने लोकप्रिय स्वादले गर्‍यो । इन्डियामा ‘बिफ’ को म्याकडोनाल्ड पाइँदैन। तर म्याकडोनाल्डको मानकको कुरा गर्ने हो भने त्यो एउटा तहमा भएको तपाई पाउनुहुन्छ।

    अब हाम्रो समयमा आउँदा विश्वव्यापीकरण यति धेरै विश्वव्यापीकरण भएको छ, तपार्इको कुनै बेलाको सर्वहारा कम्युनिष्टको पेरिसमा, फ्रान्समा अहिले फेशन सो हुन थालेको छ । फेशनलाई डिजाइन गर्ने माध्यम भएको छ । समिर अमिनको तीनवटा स्कुल अफ थट’ मा विश्वव्यापीकरकण र विश्वपुँजीवादले स्थानीयपनलाई पुनः आकार दिन्छ भन्छन् । मानिसको छनोट र रोजाइको कुरा हेर्नुभयो भने पूँजीवाद नाफामा त छ । तर उसले के गर्छ रु ऊ समायोजित भएर जान्छ । तपाईलाई जे चाहिन्छ, त्यो बनाउँछ । सेन्टर र पेरिफेरीमा अलि फरक छ । त्यो के भने, एक खालका मानिस के भनिरहेका छन् भने यसले निर्देश मात्र गर्छ, यसले शोषण मात्र गर्छ । हामी विस्थापित भएर जान्छौ । तर समिर अमिन के भन्छन् भने त्यस्तो अवस्थामा हामी विस्थापनमा होइन, प्रतिरोधमा जान्छौँ। मेरो विचारमा उहाँको ‘डिलिङ्किङ’ वा ‘रूल अफ ल’ को जुन तह छ, त्यसले के गर्छ भने छुट्याइदिन्छ अर्थात् अन्तरसम्बन्धलाई टुटाइदिन्छ ।

    समीर अमिनबाट यस सन्दर्भमा हामीले सिक्ने के हो भन्दा, तपाईहरूले सच्चा कम्युनिष्ट कसरी बन्ने भनेर सिक्ने । मैले सिक्ने भनेको लेफ्ट कसरी बन्ने भन्ने हो । म लेफ्ट बन्न चाहन्छु । खासगरी मुक्तिकामी जनताको धारणालाई कसरी म प्रतिनिधित्व गर्नसक्छु इमान्दारीका साथ, भाषा प्रयोगका साथ, विचार प्रयोगका साथ, रणनीतिका साथ । तर यसमा अन्तिम निर्णय गर्ने अधिकार तपाईहरूमा छ । नेपाली समाज स्वायत्तताको पक्षमा छ, स्वतन्त्रताको पक्षमा छ समानताको पक्षमा छ । यो कसैको एकहोरो वादको पक्षमा छैन । त्यसै कारण विविधता हाम्रो वास्तविकता हो ।

    अर्को, समिर अमिन पढ्दा र हामीलाई पनि महत्वपूर्ण हुने कुरा के हो भने एउटा चरणबाट अर्को चरणमा जाँदाखेरि जुन सङ्क्रमण हुन्छ, त्यो सङ्क्रमणमा चाहिँ के ले प्रभावित गर्छ त रु माक्र्सवादी विज्ञान र परम्परागत माक्र्सवादले जुन चरण आउँछ त्यसमा एजेन्सीको रूपमा पार्टी हुन्छ भन्छ। पार्टी बलियो हुने वितिकै संरचनाको कुरा चाहि गौण भएर जान्छ पनि भन्छ । एजेन्सी (पार्टी) र संरचनाको कुरा बढी महत्वपूर्ण छ । समिर अमिनले जे भनेका छन्, त्यसमा हामी खास छलफल पनि गर्दैनौँ । उनले भनेका छन्, समाज वा राष्ट्र एक चरणवाट अर्को चरणमा जाँदा कस्ता खालका ‘नेगोसियसन’ हरू हुन्छन् त रु कस्ता खालका खाडल वा पर्खालहरू तयार हुन्छन्। उदारवादी दर्शनमा आधुनिकतामा पनि उत्तम आधुनिकताको मोर्डनलजमो कुरा गर्छ । माक्र्सवादमा यो कुरा हुँदैन । त्यसो भएको हुँदा सङ्क्रमणलाई बुझन सङ्क्रमणकाल प्रवेशका आधारहरू के हुन ? एक चरणबाट अर्को चरणमा जाँदा त्यसलाई बल पुर्‍याउने तत्त्व के हो रु त्यो तत्त्व पार्टी होइन । बरु, सामाजिक आन्दोलन र अभियानहरू हुन् । किनभने विविध र व्यापक छ, बहुल छ र त्यसबाट निस्कने प्रतिरोधका आवाजहरू पनि बहुल छन् । मलाई लाग्छ, समिर अमिन एक बहुलवादी विद्वान हुन् । समिर अमिनले विविधतालाई स्वीकारेका छन् । मेरो अध्ययनमा हामीले यहाँ सामाजिक आन्दोलनका विविध पक्षबारे धेरै कम छलफल गरेका छौँ । श्रमजीवी आन्दोलनको कुरा छ । पूँजीवादका कारण सामाजिक आन्दोलनको कुरा गरिएको छ । जस्तो, वातावरणको कुरा छ । परम्परागत माक्र्सवादले वातावरणीय आन्दोलनको कल्पनै गर्दैन । हाम्रो ठाउँमा आएर दलित आन्दोलन ‘प्रोएक्टिभ मुभमेण्ट’ हो कि होइन ? यी यस्ता पहिचानका आन्दोलनलाई कसरी हेर्ने रु नेपालमा हामीलाई चुनौती यही भएको छ । बीचमा हामीले पहिचानका आन्दोलनहरूलाई बढी गौरवका विषय बनायौँ । अहिले सङ्कीर्ण सामाजिक मान्यता(कन्जरभेटिभ) यति बलियो भएको छ, पहिचानको आन्दोलनको नाम सुन्न पनि नसक्ने ठाउँमा हामी आइपुगेका छौँ। यसमा मेरो भनाइ के हो भने नेपालको माक्र्सवाद सङ्कटमा छ । समिर अमिन के भन्छन् भने आन्दोलनहरू बहुल हुन्छन् । हरेक व्यक्तिले बोल्न पाउँछ । त्यसो भएको हुँदा हामी साँघुरो समृद्धिको नारामा फसेका छौँ । समृद्धिको नारामा बहुलवादीहरूका आवाजहरू कसरी अँटाउन सक्छन् रु एक चरणबाट अर्को चरणमा जाँदा बहुलवादीहरूका अपेक्षाहरूलाई कसरी सम्बोधन गरिन्छ रु त्यसले फरक खालको विषयलाई सतहमा ल्याउने सम्भवना हुन्छ । मेरो विचारमा हामीले खोजेको मात्र सम्भावना हो भन्न थाल्यौँ भने हामी समिर अमिनभन्दा फरक र गलत बाटोमा गएका हुन्छौँ । सम्भावना धेरै छन् । सङ्क्रमण र सम्भावनाका कुरा गरौँ न । उदाहरणका लागि म यहाँवाट बाहिर जानुछ । म यहाँबाट कपन जान्छु । बाहिर निस्केपछि घनश्यमजीले भन्नुभयो, हरिजी कहाँ हुनुहुन्छ भन्दा कपन जान हिड्नु भएको छ । त्यहाँ जानका लागि थुप्रै बाटाहरू छन् । कुन वाटो जाने, छनोट मेरो हो । तर उहाँ लिडर भएको हुँदा ‘हरिजी, यता ट्राफिक छ, यताबाट जानुस् न भन्न सक्नुहुन्छ । बाहिर निस्केको मेरो मनै त हो । रत्नपार्क जान्छु, अनि गाडी चढेर जान्छु, बागबजारमा भीड छ भने के हुन्छ रु मान्छे भन्ने जातको जुन् स्वायत्तता छ, त्यसलाई आर्थिक स्वामित्वले कति नियन्त्रण गर्न सक्छ रु मलाई लाग्छ, सामाजिक आन्दोलनको ‘डिलिङ्क’ को कुरा पनि त्यही हो । हामीले समिर अमिन पढ्दा र माओवादको किताब लेख्दा, ओहो! यो त माओवादी भएछ भनेर कराउने गरेको पनि देखें। ‘माओइज्म्’ भन्ने सानो किताब पढ्दा मैले कहीँ पनि माओ पाइँन । उनले केमा चुनौती दिएका थिए भने गैरराजनीतिक समाज अथावा स्थानीय सङ्घर्षबाट चाइनिज क्रान्ति सम्भव भयो । यो माक्र्सवादको अर्को पाटो हो । त्यहाँ राज्यले सबै मानिसलाई औद्योगोकीकरणमा लैजान्छु भनेको भए माओले पर्खनुपर्ने नै थिएन। तर उनले के गरे भन्दाखेरि क्रान्तिका सम्भावनाहरूलाई स्थानीयकरण गरे । उनले पनि पढ्न चाहिँ सोभियत सङ्घ, माक्र्स र लेनिन नै पढेका हुन् । तर क्रान्तिको रणनीति के बनाए भन्दा स्थानीयपनको रणनीति बनाए । त्यसकारण क्रान्तिको सम्भावना जहाँ पनि हुन्छ । परिवर्तन सम्भव छ कि छैन, सम्भव छ यदि हाम्रो वैयक्तिक प्रश्न नगर्ने हो भने । तर स्वयत्ततालाई प्रश्न गर्‍यो भने यो बडा टेन्सनको विषय हुन्छ। यदि मैले आफूलाई प्रणालीको दास सम्झेर प्रणालीले मलाई बनाउँछ र उसले निर्देश गर्छ भन्ने सम्झेँ भने त मैले प्रणाली पर्खिनुपर्ने हुन्छ। त्यस्तो प्रणाली कसले बनाउँछ त ?

    अब विश्व पूँजीवादको यो रूपमा आइरहेको सन्दर्भमा हामीलाई कुन प्रणालीले हामीलाई थिच्यो त रु मले देख्ने गरेको छु कम्युनिष्ट पार्टीका दस्तावेजहरूमा वर्षौँ लगाउनुभएको छ त्यसलाई व्याख्या गर्न । पार्टी विभाजनदेखि जुटाउने गरी जीवन बिताउनु भएको छ । जसरी यसका ३ वटा सिद्धान्त हुँदाहुँदै पनि ऐतिहासिक भौतिकवाद महत्वपूर्ण परिघटना हो भने जस्तै हामीहरूको वीचामा (कम्युनिष्टको विचामा होइन, लेफ्टको विचमा) खास समझदारी हुनपर्‍यो कि हाम्रा सामाजिक आवश्यकताहरू के हुन् र यिनलाई कसरी सम्बोधन गर्छौँ। एउटा कम्युनिष्ट घनश्यामजी हुनुहुन्छ उहाँको वास्तविक जिम्मेवारी के हो भने व्यक्तिमा भएको परिवर्तनको चाहानालाई अङ्कुरित गराउने काम उहाँको हो । महिलाको होस्, दलितको होस् । त्यो कम्युनिष्ट हुनुपर्छ भन्ने जरुरी छैन । म कसरी स्वायत्त हुन्छु भन्ने सबैको कल्पना हुन्छ । मैले जोगीको कुरा गरेको होइन । दासताबाट मुक्त हुने सबैको कामना हुन्छ । लिडर कम्युनिष्ट हुनसक्छ तर मुभमेण्ट लेफ्ट हुनुपर्छ । त्यसैले समिन अमिनले भनेका हुन्– ‘हरेक मानिसको जुन स्वतन्त्रताको चाहना छ, दसताबाट उन्मुक्तिको चाहना छ, समानताको चाहना छ, सच्चा कम्युनिष्टको काम के हो भने त्यसलाई अङ्कुरित गरौँ ।’ तर हामी विचारका नाममा बन्देज लगाउने काम गरिरहेका छौँ । आज पनि हामी एकोहोरो कुरा सुनिरहेका छाँै । मेरो जिज्ञासा भनेको हाम्रो कानमा रहेको कानेगुजीलाई कसरी खोल्न सक्छौँ ? त्यो खोलिदिनुपर्ने भएको छ । सबैभन्दा महत्वपूर्ण कुरा के भएको छ भने वर्तमान सन्दर्भमा बडेबडे कम्युनिष्ट साथीहरू सत्ता दम्भका कारण अन्धो र कानो हुनुभएको छ । आँखा देख्ने र कान सुन्ने बनाउनुपर्‍यो । म यो कुरा कुनै पार्टीको सदस्य छैन र भन्न सक्छु । यदि दम्भ आएको छ भने त्यो कहाँबाट आयो भन्दा कुर्सीबाट आएको हो । कुरा नै नसुन्ने समय छ । समिर अमिनवाट यस सन्दर्भमा हामीले सिक्ने के हो भन्दा, तपाईहरूले सच्चा कम्युनिष्ट कसरी बन्ने भनेर सिक्ने । मैले सिक्ने भनेको लेफ्ट कसरी बन्ने भन्ने हो । म लेफ्ट बन्न चाहन्छु । खासगरी मुक्तिकामी जनताको धारणालाई कसरी म प्रतिनिधित्व गर्नसक्छु इमान्दारीका साथ, भाषा प्रयोगका साथ, विचार प्रयोगका साथ, रणनीतिका साथ । तर यसमा अन्तिम निर्णय गर्ने अधिकार तपाईहरूमा छ । नेपाली समाज स्वायत्तताको पक्षमा छ, स्वतन्त्रताको पक्षमा छ समानताको पक्षमा छ । यो कसैको एकहोरो वादको पक्षमा छैन । त्यसै कारण विविधता हाम्रो वास्तविकता हो । त्यसलाई कसरी बढाउन सक्छौँ भन्ने बरेमा विश्लेषण गर्नु जरुरी छ । उत्तरमा को छ, दक्षिणमा को छ, दायाँ को छ, बायाँ को छ, हाम्रो स्वतन्त्राको इतिहास कस्तो छ, हेरौँ । कराएर मात्र स्वतन्त्र हुने हाइन रहेनछ । अहिले बडा भावनाको समय छ । मैले पनि चर्को कुरा गरेँ होला । यसको लागि माफी चाहन्छु । नेपाली समाजको विकासक्रमको सबैभन्दा ठूलो कुरा मुक्तिको कामनाको कुरामा कसरी संवाद गर्न सक्छौँ । विभिन्न क्षेत्र, वर्ग, समुदायमा विचार प्रवाह कसरी गर्छौँ । सबै एउटै मेसिनबाट काटिएका र एउटै मोडलमा भाँचिएका मानिस हामी छैनौँ । विचारको विविधता छ । भावनाको विविधता छ । यसलाई माक्र्सवादले कसरी प्रस्फुटित गर्न सक्छ ? यसमा चर्चा गरौँ

    हेर्नुहाेस् भिडियाेमा हरि शर्मा

    https://youtu.be/bFmGw-baetY

    हेर्नुहाेस् भिडियाेमा झलक सुवेदी

    https://youtu.be/0M6BT_FIcuc

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.