Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
Tuesday, April 21, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

जेरोमी कोर्बिनहरु र फ्रान्सका पहेंलो भेष्टवालाहरुको संकेत : चलनचल्तीको पुँजीवाद कोरामिन नखुवाई चल्नेवाला छैन

टंक कार्की टंक कार्की
अशोज १४, २०७६
- विमर्शका लागि
A A
0
"Yellow vests" (gilets jaunes) protestors take part in an anti-government demonstration in downtown Lille, northern France, on January 5, 2019. - The "yellow vest" movement began in rural France over fuel taxes and quickly ballooned into a wider revolt against the 41-year-old president's pro-business policies and perceived arrogance by low-paid workers and pensioners. (Photo by Philippe HUGUEN / AFP)

"Yellow vests" (gilets jaunes) protestors take part in an anti-government demonstration in downtown Lille, northern France, on January 5, 2019. - The "yellow vest" movement began in rural France over fuel taxes and quickly ballooned into a wider revolt against the 41-year-old president's pro-business policies and perceived arrogance by low-paid workers and pensioners. (Photo by Philippe HUGUEN / AFP)

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    समाजवाद र नेपालको भावी दिशा –१

    टंक कार्की :  नेपाल कम्युनिष्ट पार्टिका संस्थापक महासचिव पुष्पलालले नेपालीमा अनुवाद गरेको कम्युनिष्ट पार्टीको घोषणापत्रलाई आधार मान्ने हो भने नेपाली जनमानस समाजवादबारे जानकार भएको ७० वर्ष नाघीसकेको छ। त्यस यता ऐतिहासिक महत्व राख्ने तीन ठुला राजनीतिक परिवर्तन ( २००७, २०४६ र २०६–२०६३) भएका छन् र यी परिवर्तनमा समाजवादका प्रभाव र छाप क्रमशः बढ्दै गएका छन्। यस बिचमा आर्थिक सामाजिक स्वरुपमा पनि उल्लेख्य परिवर्तन भएका छन्। २०६२/६३ को ऐतिहासिक परिवर्तनले संविधान सभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र परिभाषित र स्थापित गरिसकेको छ । र यस परिप्रेक्षमा मुलुक यतिखेर अर्काे युगीन संक्रमणमा गुज्रिरहेको छ।

    यस संक्रमणको स्वरुप र दिशा खुट्याउन आवश्यक भएकाले यहाँ मार्क्सवादी वैज्ञानिक समाजवादको आधारभूत सैद्धान्तिक प्रस्तावनाको आलोकमा  संक्षिप्त प्रयास गरेको छु। यो प्रयाशमार्फत् आजको संक्रमणकालीन अवस्थामा बहस चलाइनुपर्ने  समाजवाद र नेपालको भावी दिशा बारेमा केही प्रस्ताव राख्नेछु, जसको टिकाटिप्पणी हुनेछ भन्ने अपेक्षा राखेको छु। मेरो यो लेखोट चार वटा श्रृङ्खलामा हुनेछ। यस पटक म वैज्ञानिक समाजवादको सैद्धान्तिक प्रस्तावनाको उद्भव कम्युनिष्ट पार्टीको घोषणापत्र र समाजवादको बढ्दो सान्दर्भिकताबारे छोटकरीमा चर्चा गर्नेछु।

    वैज्ञानिक समाजवादको सैद्धान्तिक प्रस्तावनाको उद्भव कम्युनिष्ट पार्टीको घोषणापत्र 

    मार्क्सवाद र वैज्ञानिक समाजवादको सैद्धान्तिक प्रस्तावनाको उद्भव कम्युनिष्ट पार्टीको घोषणापत्र जारी भए देखि भएको हो। त्यसले पूँजीवादको विरुद्धमा एक न्यायपूर्ण, लोकतान्त्रिक सामाजिक मुक्तिको वैकल्पिक व्यवस्था प्रस्तुत गरेको हो। त्यसमा मार्क्सवादका आधारभूत प्रस्तावना समेटिएका छन्। त्यसले नै पहिलोपटक व्यवस्थित रुपमा श्रृङ्खलाबद्ध शोषणका सञ्जाललाई हटाएर समस्त मानव जातिको मुक्तिको ढोका खोलेको हो।

    कम्युनिष्ट घोषणापत्र लेखिएको बेलामा पुँजीवाद तुलनात्मक रुपमा सानो स्तरकै कारोवार, स्वतन्त्र बजार र प्रतिष्पर्धा मै आधारित थियो। पुँजीवादले आफ्नो युवा सौर्य गुमाइसकेको थिएन। फेरि पनि, मार्क्सले पुँजीवादमा अन्तरनिहित प्रवृत्तिलाई केलाउँदै धन र पुँजीको संकेन्द्रिकरण तथा वर्गीय ध्रुविकरण हुने विश्लेषण गरेका थिए। तथ्यहरु आफ्नै बोल्दछन्, अहिले समस्त पुँजीवादी दुनियाँको अर्थतन्त्र केही सिमित भीमकाय बहुराष्ट्रिय एकाधिकारी निगमको बर्चस्वमा चल्दछ।

    सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र जारी गर्दा त्यसका लेखकद्वय मार्क्स र एंगेल्स क्रमशः ३० र २८ वर्षका अल्लारे ठानिने युवा नै थिए। त्यतिबेला युरोप एउटा ठूलो उथल पुथलबाट गुज्रिरहेको थियो। पुरै युरोप ‘कम्युनिज्मको हाउगुजी’ ले काँपिरहेको थियो र त्यस हाउगुजीलाई पन्छाउन समस्त युरोपेली शासक वर्गले मोर्चा कसेको थियो। इतिहासमा पहिलो पटक पूँजीपति वर्गको दुमछल्ला नभइकन श्रमजीवि वर्ग संगठित रुपमा एक स्वतन्त्र राजनीतिक शक्तिको रुपमा उपस्थित भएको थियो। घोषणापत्रमा ऐतिहासिक विकास क्रममा पछिल्लो पटक विकसित पूँजीवादी व्यवस्थाको चिरफार गर्दै अनिवार्यतः हुने विकासको साम्यवादी सामाजिक व्यवस्थाको लक्ष्य किटान गरिएको थियो।

    घोषणापत्रको दुइटा कुराले भने विशेष महत्व राख्दछ–
    पहिलो कुरा त्यसको दूरदृष्टि हो। त्यतिखेर पूँजीवाद … को पनि पूर्ववर्ती समाजको जस्तै अर्को समाजले विस्थापित गर्नेछ भनेर परिकल्पना/दूरदृष्टि राख्नु लर्तरो कुरा थिएन। दोस्रो कुरा, पूँजीवादी उत्पादनको दिर्घकालीन ऐतिहासिक प्रवृत्तिको अनुवोध गर्नु ।

    त्यो दस्तावेज सारमा उदियमान सर्वहारा वर्गको गन्तव्य कार्यक्रम र रणनीतिको बकपत्र थियो। घोषणापत्रले जुन सर्वाधिक आधारभूत परिघटनाको बारेमा पूर्वकल्पना गरेको थियो त्यसले आज विश्वव्यापि रुप लिएको छ। त्यसबेला लेखिएको दस्तावेजले आजको एक्काइसौं शताब्दीको जीवन्त र तथ्यपरक चित्रण गर्न सक्ला भनेर कसले सोच्न सक्थ्यो र!

    आफ्ना विचार, दर्शन र सिद्धान्तलाई उनीहरुले त्यस पछिका समयमा अझ गहन र सूक्ष्म अध्ययन गरेर थप धारिलो, प्रभावकारी र वैज्ञानिक बनाए। राजनीतिक अर्थशास्त्र, दर्शन र समाजवादमा उनीहरुका विचारहरुको समष्टि नै मार्क्सवाद हो। मार्क्सवादको अर्को नाम बैज्ञानिक समाजवाद पनि हो।

    मार्क्सवादले पूँजीवादलाई अन्तर्निहित अन्तरविरोधले जेलिएको प्रणालीको रुपमा हेरेको थियो। त्यसले इतिहासको भौतिकवादी व्याख्या गर्‍यो र ऐतिहासिक चेतको आधारमा भन्यो, ‘आजसम्मको इतिहास (आदिम साम्यवादलाई छोडेर) वर्ग संघर्षको इतिहास हो। संक्षेपमा इतिहास भनेको उत्पीडक र उत्पीडित वर्गको अविराम रुपले एक अर्काको विरुद्धमा कहिले गुप्त कहिले खुला संघर्षको इतिहास हो। यस्तो संघर्ष समाजको क्रान्तिकारी रुपान्तरणमा या प्रतिष्पर्धी वर्गको साझा विनासमा अन्य भएको छ।’ (मार्क्स एंगेल्स कम्युनिष्ट पार्टीको घोषणापत्र)

    यो प्रणाली प्रमुख रुपमा दुइटा वर्गको रस्साकसिमा चल्दछ। एकातिर उत्पादनका साधनमा हालीमुहाली गरेको पूँजीपति वर्ग र अर्कातिर जीवन निर्वाहको निम्ति आफ्नो श्रम शक्ति बेच्न बाध्य हुने, उत्पादनका साधनविहीन आधुनिक जमानाको ज्यालादारी श्रमिक अर्थात् सर्वहारा वर्ग हुन्छन्। यो वर्गबीचको परस्परको विरोधलाई हेरेर मार्क्सले वर्ग संघर्षको सिद्धान्त प्रतिपादन गरे। उनको सपाट बिचार थियो– यी वर्गबीचको संघर्षमा अन्ततः सर्वहारा वर्ग विजयी हुन्छ र उत्पादनका साधनलाई आफ्नै हातमा लिन्छ। मार्क्सवादले पूँजीवाद पछिको विकसित हुने राजनैतिक प्रणालीको बारेमा पनि उतिखेरै आफ्नो विचार अगाडि सारेको थियो। यसका खातिर सर्वहारा वर्गलाई सत्ताधारी वर्गको रुपमा प्रतिस्थापित गर्नु र लोकतन्त्रको लडाइमा महारत हासिल गर्नुलाई क्रान्तिको पहिलो कदम भनेर घोषणापत्र मै दर्ज गरियो। उनीहरुको विचार थियो कि सर्वहारा वर्ग आफ्नो मुक्तिको निम्ति ‘आफैमा वर्ग र आफ्नै निम्ति’  (class-in-itself- class for itself) संगठित हुनुपर्दछ। घोषणापत्र मार्फत अघिल्ला युगहरुमा सम्भव भएको भन्दा बढ्ता वैयक्तिक स्वतन्त्रता र अझ भरपूर वैयक्तिक विकास गर्ने लक्ष्य किटान गरिएको थियो। त्यसले आफ्नो आदर्श त्यस्तो समाजको रुपमा घोषणा गर्‍यो‘जसमा व्यक्तिको स्वतन्त्र विकास समाजको स्वतन्त्र विकासको पूर्व शर्त’ रहने र “प्रत्येकबाट आफ्नो क्षमता अनुसार र प्रत्येकलाई आफ्नो आवश्यकता अनुसार” हुनेछ।

    घोषणापत्रको दुइटा कुराले भने विशेष महत्व राख्दछ– पहिलो कुरा त्यसको दूरदृष्टि हो। त्यतिखेर पूँजीवाद अझै आफ्नो यात्राको विजयोल्लासको प्रारम्भ मै थियो। त्यस्तो बेलामा पूँजीवादी उत्पादन पद्धति स्थायी, स्थिर र ‘इतिहासको अन्त्य होइन मानव जातिको इतिहासमा एउटा अर्को अस्थायी अवस्था मात्रै हो, त्यसको पनि पूर्ववर्ती समाजको जस्तै अर्को समाजले विस्थापित गर्नेछ भनेर परिकल्पना/दूरदृष्टि राख्नु लर्तरो कुरा थिएन। दोस्रो कुरा, पूँजीवादी उत्पादनको दिर्घकालीन ऐतिहासिक प्रवृत्तिको अनुवोध गर्नु । पूँजीवादी अर्थतन्त्रको क्रान्तिकारी सम्भावना जगजाहेर भइसकेको थियो। तर त्यसको विनासकारी लिला त्यति प्रष्ट भइसकेको थिएन । मार्क्स एङ्गेल्सले त्यस प्रवृत्तिलाई ठम्याउने आफु मात्रै हौं भनेर कहिल्यै दावी गरेनन्।

    मार्क्सवादको खेदो खन्ने र खिल्ली उडाउनेहरुको सुरु देखि अहिलेसम्म कुनै कमी छैन। मार्क्सवादको पछिल्लो प्रयोगशाला सोभियत संघ र पूर्वी युरोपको प्रचलित समाजवाद विसर्जनपछि पूँजीवादको दिग्विजयमा जति हर्षोल्लास मनाइयो त्यो भन्दा बढ्ता समाजवादको संहारमा हर्ष बढाइँ गर्नेहरुको भूइँमा खुट्टा थिएनन्। हुँदाहुँदा ‘इतिहासको अन्त्य’ भएको दुन्दुभी पनि बजाइयो। परन्तु ती फगत वर्षाका पानीका फोका सावित भए।

    समाजवादको बढ्दो सान्दर्भिकता

    पूँजीवादका पैरवीकर्ताहरुको मान्यता के रहँदै आएको थियो भने यदि बजारलाई विना हस्तक्षेप स्वतन्त्र रुपमा काम गर्न छोडियो भने सबै समस्याको हल हुनेछ, सम्पत्तिको वितरण फराकिलो रुपमा हुनेछ र राजनैतिक तथा आर्थिक शक्तिको विकेन्द्रिकरण हुनेछ। त्यसले तिलश्मी रुपमा माग र आपूर्ति बीच सन्तुलन कायम गर्दछ। सन् १९२९ को आर्थिक ‘महामन्दी’ जस्तो संकटको पुनरावृत्ति हुन सक्दैन। मार्क्सले गरेको अति उत्पादनले ल्याउने संकटको भविष्यवाणीलाई इतिहासको गर्तमा हाली दिनुपर्छ। परन्तु त्यस्ता दलिल गर्नेहरु अहिले प्रतिरक्षात्मक हुन पुगेका छन्। पूँजीवाद संकटको भड्खालोमा भासिन पुगेको छ। समाजवादले धक्का खाएको २० वर्ष वित्न नपाउँदै उतिखेर रंगारंगेली गर्नेहरुको तामस सेलाउन थालेको छ। यतिबेला भने मार्क्स र मार्क्सवादका आलोचकहरुको कर्कश स्वर सानो हुन थालेको छ।

    १९६० को दशकमा बेलायती प्रधानमन्त्री ह्रारोल्ड विल्सनले अब समस्या समाधानको निम्ति हाइगेट स्थित (मार्क्सको) समाधि स्थल खोज्नु पर्दैन भनेका थिए। समाधि स्थलमा त मार्क्सको हाडखोर मात्रै होलान् त्यसको महिमामा बाँसुरी बजाउने आग्रह कसैले गरेको पनि छैन तर कुरो मार्क्सका विचारको सान्दर्भिकताको हो।

    नोवेल पुरस्कार विजेता पौल क्रुजमेनले भनेका छन्, ‘समष्टि अर्थतन्त्रको सिद्धान्तको विगत ३० वर्षको विकास, बढीमा असाधारण रुपमा बेकार भएको छ या घटिमा प्रत्यक्षतः हानिकारक भएको छ।’ उदारवादको यहाँ भन्दा ठूलो धज्जी के नै हुन सक्छ र ?

    युविएस बैंकका वरिष्ट आर्थिक विश्लेषक जर्ज म्याग्नुसले त के सम्म लेख्न पुगेका छन् भने ‘आजको विश्व अर्थव्यवस्थाले मार्क्सको भविष्यवाणीलाई केही अलौकिक सादृश्यता भुक्तान गरिरहेको छ।’

    उनले लेखेका छन् : उदाहरणको निम्ति पूँजी र श्रम बीचको अन्तरनिहित द्वन्द्व कसरी अभिव्यक्त हुन्छ भन्ने मार्क्सको भविष्यवाणीलाई सोचौ त ! जस्तो कि उनले पूँजीमा लेखेका छन्, मुनाफा र उत्पादकत्वबारे कम्पनीहरुको आशक्तिले गर्दा स्वभाविक रुपमा उनीहरुलाई कम भन्दा कम श्रमिकहरुको आवश्यकता पर्दछ जसले गर्दा गरिब र बेरोजगारहरुको ‘औद्योगिक जगेडासेना’ सिर्जना हुन पुग्दछ : ‘एउटा ध्रुवमा सम्पत्तिको सञ्चय भन्नु नैै दरिद्रताको सञ्चय पनि हो ।’
    उनले अगाडि लेखेका छन् : ‘उन(मार्क्स)ले वर्णन गरेको प्रक्रिया सारा विकसित दुनियामा सादृश्य छ, खासगरी लागत घटाउने र नयाँ–नयाँ रोजगार भर्ति गर्नमा बच्ने अमेरिकी कम्पनीहरुको प्रयत्नले कुल आर्थिक उपजको दाँजोमा अमेरिकी कर्पोरेट मुनाफा विगत छ दशकमा उच्चतम स्तरमा ह्वात्तै बढेको छ जबकि बेरोजगारी दर ९.१ प्रतिशत पुगेको छ र वास्तविक ज्याला स्थिर रहन गएको छ।

    ‘यसै बीचमा अमेरिकी आय असमानता कुनै–कुनै मापदण्डको आधारमा १९२० को दशक यता उच्चतम स्तरको नजिक पुगेको छ। सन् २००८ अघि आय अन्तर सरल कर्जा जस्ता कारणले गर्दा दुरुह थियो, त्यस्तो कर्जाले गर्दा विपन्न घर परिवारले समेत सम्पन्न जीवनशैली धान्न मौका पाएका थिए। अहिले भने समस्याले जकड्न थालेको छ।’ (George Magnus, Give Karl Marx a Chance to Save World Economy)

    अरी पौलले द गार्जेनमा लेखेका छन्, अकुपाई वाल स्ट्रिट आन्दोलनले मार्क्सवादी सिद्धान्त माथिको चासोलाई पुनरजागृत गरेको छ। व्यवसायिक सञ्चार माध्यमले समेत वित्तिय अनियन्त्रणले उत्पन्न गराएको असमानतालाई अनावरण गर्न कुनै कसरत बाँकी राखेका छैनन्।… श्रमजीवी आन्दोलन… हरेक आर्थिक समस्याको उहीँ बजार समाधान दिइदा आजित भएका छन् ।(Ari Paul, the guardian, Tuesday 19 November, 2013)

    माइकल शुम्यानले लेखेका छन्, “वेरोजगारी र स्थिर आयको बोझले संसारभरिका श्रमजीवी आजित भई रहेको सन्दर्भमा पूँजीवाद आन्तरिक रुपले नै अन्यायपूर्ण र आत्मघाती हुन्छ भन्ने मार्क्सको आलोचनालाई त्यति सजिलै दुत्कार्न सकिंदैन।(Michael Schuman, Marx’s Revenge: How Class Struggle is Shaping the World <, Time, March 25, 2013)

    मार्क ह्वाइटहाउसले वाल स्ट्रिट जर्नलमा लेखेका छन्, “पूँजीमा मार्क्सले पूँजीवादी समाज क्रियाशिल हुँदा उनले देखेको समस्या बारे वर्णन गरेका छन्। जसै कम्पनीहरु कामदारहरुबाट झन झन ज्यादा असुल्न जति बढी सिर्जनशिल हुन्छन्, त्यति नै कम मात्रामा तिनीहरुलाई कामदारहरुको दरकार पर्दछ। यसले गर्दा बेरोजगार मानिसहरुको ‘औद्योगिक जगेडा सेना’” सिर्जना हुन पुग्दछ। काम नपाएकाहरुको कामको निम्ति हुने हताशाले काम पाइरहेकाहरु माथि दवाव उत्पन्न गर्न थाल्दछ र ज्यालालाई नियन्त्रित गर्दछ र परिणामस्वरुप, कामदारले सृजेको सारा कामको निम्ति हुने अधि-मूल्य कम्पनीका स्वामीहरुको खल्तीमा पुग्दछ। (Mark Whitehouse, The Wall Street Journal, May 8, 2010)

    १९६० को दशकमा बेलायती प्रधानमन्त्री ह्रारोल्ड विल्सनले अब समस्या समाधानको निम्ति हाइगेट स्थित (मार्क्सको) समाधि स्थल खोज्नु पर्दैन भनेका थिए। समाधि स्थलमा त मार्क्सको हाडखोर मात्रै होलान् त्यसको महिमामा बाँसुरी बजाउने आग्रह कसैले गरेको पनि छैन तर कुरो मार्क्सका विचारको सान्दर्भिकताको हो। उसका विचारले समयको परिक्षा पारगरेका छन् र तिनले विजय प्राप्त गरेको कुरा उनका विरोधीले समेत अनिच्छापूर्वक स्वीकार्नु परेको छ। पुँजीवादी दुनियाँमा सन् २००८ मा आएको वित्तीय संकट र आर्थिक मन्दीले प्रष्ट देखाएको छ कसका विचार सहि रहेछन् र कसका गलत। विगतमा दशकौंसम्म पूँजीवादका मतियारहरुले आर्थिक मन्दीसम्बन्धी मार्क्सका विचार कालातित भएको भनेर कम कोलाहल मच्चाएका होइनन्, उनका विचारलाई १९औं शताब्दीको विचार भनेर पन्छाइन्थ्यो र उनका विचारको प्रतिरक्षा गर्नेहरुलाई जडसुत्रवादी भनेर। दुनियादारलाई छर्लङ्ग भएको छ पुँजिवादका प्रतिरक्षकका विचारहरुको हावा खुस्केको छ जब कि मार्क्सका विचार खोटरहित सावित भएका छन्। हालैको युरो संकटले देखाएको छ ग्रिस, स्पेन र इटालीमा देखापरेको समस्यालाई समाधान गर्न पूँजीवादीहरु निरिह र निकम्मा भएका छन्। त्यसले युरोपेली साझा मुद्रा र स्वयम् युरोपकोे भविष्यलाई जोखिममा पारेको छ।

    बढ्दो आर्थिक उथलपुथल, वित्तिय उद्योगमा अनबरत रुपमा भै रहेका छलकपट, आकासिदो असमानता र विश्वव्यापी रुपमा देखापरेको राजनीतिक छटपटिका सामन्ने पश्चिमी दुनियामा समेत पुँजीवादको गुहार निष्प्रभावी हुन थालेकोे छ। अमेरिकामा बर्नी स्याण्डर्सहरु, बेलायतमा जेरोमी कोर्बिनहरु र फ्रान्समा पहेलो भेष्टवालाहरुले आखिर के संकेत गर्दछन? कम्तिमा चलन चल्तीको पुँजीवाद आफ्नै केन्द्रमा कोरामिन नखुवाई चल्नेवाला छैन।

    (लेखक नेपाली युवाविद्यार्थी आन्दोलनका प्रणेता टंक कार्की हाल नेपाल कम्युनिष्ट पार्टिका केन्द्रिय कमिटीका सदस्य तथा नेपाल वुद्धिजीवी परिषदका सहइन्चार्ज हुनुहुन्छ।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      टंक कार्की

      टंक कार्की

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.