Wednesday, January 27, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
    • All
    • विषय प्रवेश
    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    छिन्नभिन्न झापा आन्दोलन सीपी मैनालीको अगुवाईमा कसरी राष्ट्रव्यापी बन्यो ?

    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धि पुनरावलोकनका विषयहरु श्रृङ्खला-३

  • सामयिक
    कम्युनिष्ट सँगठनको संरचनाबाट त्रसित जर्ज अर्वेल पार्टीभित्र संघर्ष गर्न जोड दिन्थे

    कम्युनिष्ट सँगठनको संरचनाबाट त्रसित जर्ज अर्वेल पार्टीभित्र संघर्ष गर्न जोड दिन्थे

    अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण  (सारसंक्षेप)

    अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण (सारसंक्षेप)

    क्यापिटल हिल हिंसा:  यो अन्य मुलुकका लागि पनि चेतावनी हो,  होसियार!

    क्यापिटल हिल हिंसा:  यो अन्य मुलुकका लागि पनि चेतावनी हो,  होसियार!

    अमेरिकी संसदको हिंसा र ट्रम्प–ओली प्रवृत्ति

  • अर्थ
    • All
    • उद्योग
    • सेवा
    बिटक्वाइन : पूँजीवादी संकटको भूमरीमा पानीको एउटा फोका

    बिटक्वाइन : पूँजीवादी संकटको भूमरीमा पानीको एउटा फोका

    खाद्यान्न, कृषिब्यवसायका श्रृङ्खलामा कोरोनाभाइरसको असर

    खाद्यान्न, कृषिब्यवसायका श्रृङ्खलामा कोरोनाभाइरसको असर

    अमेरिकाले व्यापार युद्धमा चिनियाँ मेडिकल उत्पादनहरूमा लगाएको कर छूट गर्‍यो

    अमेरिकाले व्यापार युद्धमा चिनियाँ मेडिकल उत्पादनहरूमा लगाएको कर छूट गर्‍यो

    थोमस पिकेटी: असमानता समाधान गर्ने कुरामा वर्तमान आर्थिक प्रणालीले काम गर्दैन

    थोमस पिकेटी: असमानता समाधान गर्ने कुरामा वर्तमान आर्थिक प्रणालीले काम गर्दैन

    कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

    कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

    बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-१

    बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-१

  • सुशासन
    • All
    • आधारभूत संरचना
    सुरक्षण मुद्रण सम्बन्धी उपकरण खरिदमा ७ अर्ब रुपैयाँ भ्रष्टाचारको आशंका

    सुरक्षण मुद्रण सम्बन्धी उपकरण खरिदमा ७ अर्ब रुपैयाँ भ्रष्टाचारको आशंका

    जीटुजीका नाममा नीतिगत भ्रष्टाचार!

    जीटुजीका नाममा नीतिगत भ्रष्टाचार!

    बिआरआइको राजनीतिक अर्थशास्त्र र नेपाल- १

    बिआरआइको राजनीतिक अर्थशास्त्र र नेपाल- १

    टोनी हेगनको बुझाईमा अरुण जलविद्युत तेस्रो

  • स्वास्थ्य /शिक्षा
    कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

    कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

    दर्शनशास्त्रीहरुले महामारीलाई कसरी अनुक्रिया गरे?

    दर्शनशास्त्रीहरुले महामारीलाई कसरी अनुक्रिया गरे?

    कोभिड भ्याक्सिनको खेल नै परिवर्तन गरिदिनेछ, चिनीया भ्याक्सिनले

    कोभिड भ्याक्सिनको खेल नै परिवर्तन गरिदिनेछ, चिनीया भ्याक्सिनले

    मेयर दण्डपाणीले गर्भवती भएपछि के के गरे?

    मेयर दण्डपाणीले गर्भवती भएपछि के के गरे?

  • समाज
    • All
    • इतिहास
    • कृषि
    • समाज राजनीति
    • सँस्कृति
    समताको कथाः मिस पिंक र मिस्टर ब्लुको कथा

    समताको कथाः मिस पिंक र मिस्टर ब्लुको कथा

    ट्रम्प त गए भने ओली के टिक्लान् ?

    ट्रम्प त गए भने ओली के टिक्लान् ?

    अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

    अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

    खड्गप्रसाद ओलीले बालकजस्तो संविधानको घाँटी निमोठ्ने काम गरेका छन्: देवी खड्का

    खड्गप्रसाद ओलीले बालकजस्तो संविधानको घाँटी निमोठ्ने काम गरेका छन्: देवी खड्का

  • विचार
    एनसेल कर प्रकरण: पुँजीगत लाभकर फेरि निर्धारण गर्नुपर्ने सर्वोच्च अदालतको फैसला

    संसद विघटन किन असंवैधानिक छ? समृत खरेलको बहसको सारसंक्षेप

    यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

    यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

    दलितको भूमि, श्रम र सीपको व्यवस्थापनको प्रश्न

    दलितको भूमि, श्रम र सीपको व्यवस्थापनको प्रश्न

    कोभिड–१९ तानाशाह र दलाल पूँजीको शिकञ्जामा

    कोभिड–१९ तानाशाह र दलाल पूँजीको शिकञ्जामा

  • दस्तावेज
    आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

    आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

    नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

    नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

    इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

    इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

  • कोभिड–१९
  • हाम्रोबारे

Home विमर्शका लागि

जेरोमी कोर्बिनहरु र फ्रान्सका पहेंलो भेष्टवालाहरुको संकेत : चलनचल्तीको पुँजीवाद कोरामिन नखुवाई चल्नेवाला छैन

by टंक कार्की
December 13, 2020
in विमर्शका लागि
0 0
0
जेरोमी कोर्बिनहरु र फ्रान्सका पहेंलो भेष्टवालाहरुको संकेत : चलनचल्तीको पुँजीवाद कोरामिन नखुवाई चल्नेवाला छैन

"Yellow vests" (gilets jaunes) protestors take part in an anti-government demonstration in downtown Lille, northern France, on January 5, 2019. - The "yellow vest" movement began in rural France over fuel taxes and quickly ballooned into a wider revolt against the 41-year-old president's pro-business policies and perceived arrogance by low-paid workers and pensioners. (Photo by Philippe HUGUEN / AFP)

2
VIEWS
Share on FacebookShare on TwitterEmail

समाजवाद र नेपालको भावी दिशा –१

टंक कार्की :  नेपाल कम्युनिष्ट पार्टिका संस्थापक महासचिव पुष्पलालले नेपालीमा अनुवाद गरेको कम्युनिष्ट पार्टीको घोषणापत्रलाई आधार मान्ने हो भने नेपाली जनमानस समाजवादबारे जानकार भएको ७० वर्ष नाघीसकेको छ। त्यस यता ऐतिहासिक महत्व राख्ने तीन ठुला राजनीतिक परिवर्तन ( २००७, २०४६ र २०६–२०६३) भएका छन् र यी परिवर्तनमा समाजवादका प्रभाव र छाप क्रमशः बढ्दै गएका छन्। यस बिचमा आर्थिक सामाजिक स्वरुपमा पनि उल्लेख्य परिवर्तन भएका छन्। २०६२/६३ को ऐतिहासिक परिवर्तनले संविधान सभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र परिभाषित र स्थापित गरिसकेको छ । र यस परिप्रेक्षमा मुलुक यतिखेर अर्काे युगीन संक्रमणमा गुज्रिरहेको छ।

यस संक्रमणको स्वरुप र दिशा खुट्याउन आवश्यक भएकाले यहाँ मार्क्सवादी वैज्ञानिक समाजवादको आधारभूत सैद्धान्तिक प्रस्तावनाको आलोकमा  संक्षिप्त प्रयास गरेको छु। यो प्रयाशमार्फत् आजको संक्रमणकालीन अवस्थामा बहस चलाइनुपर्ने  समाजवाद र नेपालको भावी दिशा बारेमा केही प्रस्ताव राख्नेछु, जसको टिकाटिप्पणी हुनेछ भन्ने अपेक्षा राखेको छु। मेरो यो लेखोट चार वटा श्रृङ्खलामा हुनेछ। यस पटक म वैज्ञानिक समाजवादको सैद्धान्तिक प्रस्तावनाको उद्भव कम्युनिष्ट पार्टीको घोषणापत्र र समाजवादको बढ्दो सान्दर्भिकताबारे छोटकरीमा चर्चा गर्नेछु।

वैज्ञानिक समाजवादको सैद्धान्तिक प्रस्तावनाको उद्भव कम्युनिष्ट पार्टीको घोषणापत्र 

मार्क्सवाद र वैज्ञानिक समाजवादको सैद्धान्तिक प्रस्तावनाको उद्भव कम्युनिष्ट पार्टीको घोषणापत्र जारी भए देखि भएको हो। त्यसले पूँजीवादको विरुद्धमा एक न्यायपूर्ण, लोकतान्त्रिक सामाजिक मुक्तिको वैकल्पिक व्यवस्था प्रस्तुत गरेको हो। त्यसमा मार्क्सवादका आधारभूत प्रस्तावना समेटिएका छन्। त्यसले नै पहिलोपटक व्यवस्थित रुपमा श्रृङ्खलाबद्ध शोषणका सञ्जाललाई हटाएर समस्त मानव जातिको मुक्तिको ढोका खोलेको हो।

कम्युनिष्ट घोषणापत्र लेखिएको बेलामा पुँजीवाद तुलनात्मक रुपमा सानो स्तरकै कारोवार, स्वतन्त्र बजार र प्रतिष्पर्धा मै आधारित थियो। पुँजीवादले आफ्नो युवा सौर्य गुमाइसकेको थिएन। फेरि पनि, मार्क्सले पुँजीवादमा अन्तरनिहित प्रवृत्तिलाई केलाउँदै धन र पुँजीको संकेन्द्रिकरण तथा वर्गीय ध्रुविकरण हुने विश्लेषण गरेका थिए। तथ्यहरु आफ्नै बोल्दछन्, अहिले समस्त पुँजीवादी दुनियाँको अर्थतन्त्र केही सिमित भीमकाय बहुराष्ट्रिय एकाधिकारी निगमको बर्चस्वमा चल्दछ।

सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र जारी गर्दा त्यसका लेखकद्वय मार्क्स र एंगेल्स क्रमशः ३० र २८ वर्षका अल्लारे ठानिने युवा नै थिए। त्यतिबेला युरोप एउटा ठूलो उथल पुथलबाट गुज्रिरहेको थियो। पुरै युरोप ‘कम्युनिज्मको हाउगुजी’ ले काँपिरहेको थियो र त्यस हाउगुजीलाई पन्छाउन समस्त युरोपेली शासक वर्गले मोर्चा कसेको थियो। इतिहासमा पहिलो पटक पूँजीपति वर्गको दुमछल्ला नभइकन श्रमजीवि वर्ग संगठित रुपमा एक स्वतन्त्र राजनीतिक शक्तिको रुपमा उपस्थित भएको थियो। घोषणापत्रमा ऐतिहासिक विकास क्रममा पछिल्लो पटक विकसित पूँजीवादी व्यवस्थाको चिरफार गर्दै अनिवार्यतः हुने विकासको साम्यवादी सामाजिक व्यवस्थाको लक्ष्य किटान गरिएको थियो।

घोषणापत्रको दुइटा कुराले भने विशेष महत्व राख्दछ–
पहिलो कुरा त्यसको दूरदृष्टि हो। त्यतिखेर पूँजीवाद … को पनि पूर्ववर्ती समाजको जस्तै अर्को समाजले विस्थापित गर्नेछ भनेर परिकल्पना/दूरदृष्टि राख्नु लर्तरो कुरा थिएन। दोस्रो कुरा, पूँजीवादी उत्पादनको दिर्घकालीन ऐतिहासिक प्रवृत्तिको अनुवोध गर्नु ।

RelatedPosts

अदालत जनताको निगरानीमा छ : डा. गोविन्द केसी

अदालत जनताको निगरानीमा छ : डा. गोविन्द केसी

January 26, 2021
33
नागरिक आन्दोलनमाथि निर्मम प्रहरी दमन (फोटो फिचर)

‘तेस्रो जनआन्दोलन’ लड्नै पर्ने हो?

January 26, 2021
40
ट्रम्प त गए भने ओली के टिक्लान् ?

ट्रम्प त गए भने ओली के टिक्लान् ?

January 26, 2021
201
अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

January 24, 2021
222

त्यो दस्तावेज सारमा उदियमान सर्वहारा वर्गको गन्तव्य कार्यक्रम र रणनीतिको बकपत्र थियो। घोषणापत्रले जुन सर्वाधिक आधारभूत परिघटनाको बारेमा पूर्वकल्पना गरेको थियो त्यसले आज विश्वव्यापि रुप लिएको छ। त्यसबेला लेखिएको दस्तावेजले आजको एक्काइसौं शताब्दीको जीवन्त र तथ्यपरक चित्रण गर्न सक्ला भनेर कसले सोच्न सक्थ्यो र!

आफ्ना विचार, दर्शन र सिद्धान्तलाई उनीहरुले त्यस पछिका समयमा अझ गहन र सूक्ष्म अध्ययन गरेर थप धारिलो, प्रभावकारी र वैज्ञानिक बनाए। राजनीतिक अर्थशास्त्र, दर्शन र समाजवादमा उनीहरुका विचारहरुको समष्टि नै मार्क्सवाद हो। मार्क्सवादको अर्को नाम बैज्ञानिक समाजवाद पनि हो।

मार्क्सवादले पूँजीवादलाई अन्तर्निहित अन्तरविरोधले जेलिएको प्रणालीको रुपमा हेरेको थियो। त्यसले इतिहासको भौतिकवादी व्याख्या गर्‍यो र ऐतिहासिक चेतको आधारमा भन्यो, ‘आजसम्मको इतिहास (आदिम साम्यवादलाई छोडेर) वर्ग संघर्षको इतिहास हो। संक्षेपमा इतिहास भनेको उत्पीडक र उत्पीडित वर्गको अविराम रुपले एक अर्काको विरुद्धमा कहिले गुप्त कहिले खुला संघर्षको इतिहास हो। यस्तो संघर्ष समाजको क्रान्तिकारी रुपान्तरणमा या प्रतिष्पर्धी वर्गको साझा विनासमा अन्य भएको छ।’ (मार्क्स एंगेल्स कम्युनिष्ट पार्टीको घोषणापत्र)

यो प्रणाली प्रमुख रुपमा दुइटा वर्गको रस्साकसिमा चल्दछ। एकातिर उत्पादनका साधनमा हालीमुहाली गरेको पूँजीपति वर्ग र अर्कातिर जीवन निर्वाहको निम्ति आफ्नो श्रम शक्ति बेच्न बाध्य हुने, उत्पादनका साधनविहीन आधुनिक जमानाको ज्यालादारी श्रमिक अर्थात् सर्वहारा वर्ग हुन्छन्। यो वर्गबीचको परस्परको विरोधलाई हेरेर मार्क्सले वर्ग संघर्षको सिद्धान्त प्रतिपादन गरे। उनको सपाट बिचार थियो– यी वर्गबीचको संघर्षमा अन्ततः सर्वहारा वर्ग विजयी हुन्छ र उत्पादनका साधनलाई आफ्नै हातमा लिन्छ। मार्क्सवादले पूँजीवाद पछिको विकसित हुने राजनैतिक प्रणालीको बारेमा पनि उतिखेरै आफ्नो विचार अगाडि सारेको थियो। यसका खातिर सर्वहारा वर्गलाई सत्ताधारी वर्गको रुपमा प्रतिस्थापित गर्नु र लोकतन्त्रको लडाइमा महारत हासिल गर्नुलाई क्रान्तिको पहिलो कदम भनेर घोषणापत्र मै दर्ज गरियो। उनीहरुको विचार थियो कि सर्वहारा वर्ग आफ्नो मुक्तिको निम्ति ‘आफैमा वर्ग र आफ्नै निम्ति’  (class-in-itself- class for itself) संगठित हुनुपर्दछ। घोषणापत्र मार्फत अघिल्ला युगहरुमा सम्भव भएको भन्दा बढ्ता वैयक्तिक स्वतन्त्रता र अझ भरपूर वैयक्तिक विकास गर्ने लक्ष्य किटान गरिएको थियो। त्यसले आफ्नो आदर्श त्यस्तो समाजको रुपमा घोषणा गर्‍यो‘जसमा व्यक्तिको स्वतन्त्र विकास समाजको स्वतन्त्र विकासको पूर्व शर्त’ रहने र “प्रत्येकबाट आफ्नो क्षमता अनुसार र प्रत्येकलाई आफ्नो आवश्यकता अनुसार” हुनेछ।

घोषणापत्रको दुइटा कुराले भने विशेष महत्व राख्दछ– पहिलो कुरा त्यसको दूरदृष्टि हो। त्यतिखेर पूँजीवाद अझै आफ्नो यात्राको विजयोल्लासको प्रारम्भ मै थियो। त्यस्तो बेलामा पूँजीवादी उत्पादन पद्धति स्थायी, स्थिर र ‘इतिहासको अन्त्य होइन मानव जातिको इतिहासमा एउटा अर्को अस्थायी अवस्था मात्रै हो, त्यसको पनि पूर्ववर्ती समाजको जस्तै अर्को समाजले विस्थापित गर्नेछ भनेर परिकल्पना/दूरदृष्टि राख्नु लर्तरो कुरा थिएन। दोस्रो कुरा, पूँजीवादी उत्पादनको दिर्घकालीन ऐतिहासिक प्रवृत्तिको अनुवोध गर्नु । पूँजीवादी अर्थतन्त्रको क्रान्तिकारी सम्भावना जगजाहेर भइसकेको थियो। तर त्यसको विनासकारी लिला त्यति प्रष्ट भइसकेको थिएन । मार्क्स एङ्गेल्सले त्यस प्रवृत्तिलाई ठम्याउने आफु मात्रै हौं भनेर कहिल्यै दावी गरेनन्।

मार्क्सवादको खेदो खन्ने र खिल्ली उडाउनेहरुको सुरु देखि अहिलेसम्म कुनै कमी छैन। मार्क्सवादको पछिल्लो प्रयोगशाला सोभियत संघ र पूर्वी युरोपको प्रचलित समाजवाद विसर्जनपछि पूँजीवादको दिग्विजयमा जति हर्षोल्लास मनाइयो त्यो भन्दा बढ्ता समाजवादको संहारमा हर्ष बढाइँ गर्नेहरुको भूइँमा खुट्टा थिएनन्। हुँदाहुँदा ‘इतिहासको अन्त्य’ भएको दुन्दुभी पनि बजाइयो। परन्तु ती फगत वर्षाका पानीका फोका सावित भए।

समाजवादको बढ्दो सान्दर्भिकता

पूँजीवादका पैरवीकर्ताहरुको मान्यता के रहँदै आएको थियो भने यदि बजारलाई विना हस्तक्षेप स्वतन्त्र रुपमा काम गर्न छोडियो भने सबै समस्याको हल हुनेछ, सम्पत्तिको वितरण फराकिलो रुपमा हुनेछ र राजनैतिक तथा आर्थिक शक्तिको विकेन्द्रिकरण हुनेछ। त्यसले तिलश्मी रुपमा माग र आपूर्ति बीच सन्तुलन कायम गर्दछ। सन् १९२९ को आर्थिक ‘महामन्दी’ जस्तो संकटको पुनरावृत्ति हुन सक्दैन। मार्क्सले गरेको अति उत्पादनले ल्याउने संकटको भविष्यवाणीलाई इतिहासको गर्तमा हाली दिनुपर्छ। परन्तु त्यस्ता दलिल गर्नेहरु अहिले प्रतिरक्षात्मक हुन पुगेका छन्। पूँजीवाद संकटको भड्खालोमा भासिन पुगेको छ। समाजवादले धक्का खाएको २० वर्ष वित्न नपाउँदै उतिखेर रंगारंगेली गर्नेहरुको तामस सेलाउन थालेको छ। यतिबेला भने मार्क्स र मार्क्सवादका आलोचकहरुको कर्कश स्वर सानो हुन थालेको छ।

१९६० को दशकमा बेलायती प्रधानमन्त्री ह्रारोल्ड विल्सनले अब समस्या समाधानको निम्ति हाइगेट स्थित (मार्क्सको) समाधि स्थल खोज्नु पर्दैन भनेका थिए। समाधि स्थलमा त मार्क्सको हाडखोर मात्रै होलान् त्यसको महिमामा बाँसुरी बजाउने आग्रह कसैले गरेको पनि छैन तर कुरो मार्क्सका विचारको सान्दर्भिकताको हो।

नोवेल पुरस्कार विजेता पौल क्रुजमेनले भनेका छन्, ‘समष्टि अर्थतन्त्रको सिद्धान्तको विगत ३० वर्षको विकास, बढीमा असाधारण रुपमा बेकार भएको छ या घटिमा प्रत्यक्षतः हानिकारक भएको छ।’ उदारवादको यहाँ भन्दा ठूलो धज्जी के नै हुन सक्छ र ?

युविएस बैंकका वरिष्ट आर्थिक विश्लेषक जर्ज म्याग्नुसले त के सम्म लेख्न पुगेका छन् भने ‘आजको विश्व अर्थव्यवस्थाले मार्क्सको भविष्यवाणीलाई केही अलौकिक सादृश्यता भुक्तान गरिरहेको छ।’

उनले लेखेका छन् : उदाहरणको निम्ति पूँजी र श्रम बीचको अन्तरनिहित द्वन्द्व कसरी अभिव्यक्त हुन्छ भन्ने मार्क्सको भविष्यवाणीलाई सोचौ त ! जस्तो कि उनले पूँजीमा लेखेका छन्, मुनाफा र उत्पादकत्वबारे कम्पनीहरुको आशक्तिले गर्दा स्वभाविक रुपमा उनीहरुलाई कम भन्दा कम श्रमिकहरुको आवश्यकता पर्दछ जसले गर्दा गरिब र बेरोजगारहरुको ‘औद्योगिक जगेडासेना’ सिर्जना हुन पुग्दछ : ‘एउटा ध्रुवमा सम्पत्तिको सञ्चय भन्नु नैै दरिद्रताको सञ्चय पनि हो ।’
उनले अगाडि लेखेका छन् : ‘उन(मार्क्स)ले वर्णन गरेको प्रक्रिया सारा विकसित दुनियामा सादृश्य छ, खासगरी लागत घटाउने र नयाँ–नयाँ रोजगार भर्ति गर्नमा बच्ने अमेरिकी कम्पनीहरुको प्रयत्नले कुल आर्थिक उपजको दाँजोमा अमेरिकी कर्पोरेट मुनाफा विगत छ दशकमा उच्चतम स्तरमा ह्वात्तै बढेको छ जबकि बेरोजगारी दर ९.१ प्रतिशत पुगेको छ र वास्तविक ज्याला स्थिर रहन गएको छ।

‘यसै बीचमा अमेरिकी आय असमानता कुनै–कुनै मापदण्डको आधारमा १९२० को दशक यता उच्चतम स्तरको नजिक पुगेको छ। सन् २००८ अघि आय अन्तर सरल कर्जा जस्ता कारणले गर्दा दुरुह थियो, त्यस्तो कर्जाले गर्दा विपन्न घर परिवारले समेत सम्पन्न जीवनशैली धान्न मौका पाएका थिए। अहिले भने समस्याले जकड्न थालेको छ।’ (George Magnus, Give Karl Marx a Chance to Save World Economy)

अरी पौलले द गार्जेनमा लेखेका छन्, अकुपाई वाल स्ट्रिट आन्दोलनले मार्क्सवादी सिद्धान्त माथिको चासोलाई पुनरजागृत गरेको छ। व्यवसायिक सञ्चार माध्यमले समेत वित्तिय अनियन्त्रणले उत्पन्न गराएको असमानतालाई अनावरण गर्न कुनै कसरत बाँकी राखेका छैनन्।… श्रमजीवी आन्दोलन… हरेक आर्थिक समस्याको उहीँ बजार समाधान दिइदा आजित भएका छन् ।(Ari Paul, the guardian, Tuesday 19 November, 2013)

माइकल शुम्यानले लेखेका छन्, “वेरोजगारी र स्थिर आयको बोझले संसारभरिका श्रमजीवी आजित भई रहेको सन्दर्भमा पूँजीवाद आन्तरिक रुपले नै अन्यायपूर्ण र आत्मघाती हुन्छ भन्ने मार्क्सको आलोचनालाई त्यति सजिलै दुत्कार्न सकिंदैन।(Michael Schuman, Marx’s Revenge: How Class Struggle is Shaping the World <, Time, March 25, 2013)

मार्क ह्वाइटहाउसले वाल स्ट्रिट जर्नलमा लेखेका छन्, “पूँजीमा मार्क्सले पूँजीवादी समाज क्रियाशिल हुँदा उनले देखेको समस्या बारे वर्णन गरेका छन्। जसै कम्पनीहरु कामदारहरुबाट झन झन ज्यादा असुल्न जति बढी सिर्जनशिल हुन्छन्, त्यति नै कम मात्रामा तिनीहरुलाई कामदारहरुको दरकार पर्दछ। यसले गर्दा बेरोजगार मानिसहरुको ‘औद्योगिक जगेडा सेना’” सिर्जना हुन पुग्दछ। काम नपाएकाहरुको कामको निम्ति हुने हताशाले काम पाइरहेकाहरु माथि दवाव उत्पन्न गर्न थाल्दछ र ज्यालालाई नियन्त्रित गर्दछ र परिणामस्वरुप, कामदारले सृजेको सारा कामको निम्ति हुने अधि-मूल्य कम्पनीका स्वामीहरुको खल्तीमा पुग्दछ। (Mark Whitehouse, The Wall Street Journal, May 8, 2010)

१९६० को दशकमा बेलायती प्रधानमन्त्री ह्रारोल्ड विल्सनले अब समस्या समाधानको निम्ति हाइगेट स्थित (मार्क्सको) समाधि स्थल खोज्नु पर्दैन भनेका थिए। समाधि स्थलमा त मार्क्सको हाडखोर मात्रै होलान् त्यसको महिमामा बाँसुरी बजाउने आग्रह कसैले गरेको पनि छैन तर कुरो मार्क्सका विचारको सान्दर्भिकताको हो। उसका विचारले समयको परिक्षा पारगरेका छन् र तिनले विजय प्राप्त गरेको कुरा उनका विरोधीले समेत अनिच्छापूर्वक स्वीकार्नु परेको छ। पुँजीवादी दुनियाँमा सन् २००८ मा आएको वित्तीय संकट र आर्थिक मन्दीले प्रष्ट देखाएको छ कसका विचार सहि रहेछन् र कसका गलत। विगतमा दशकौंसम्म पूँजीवादका मतियारहरुले आर्थिक मन्दीसम्बन्धी मार्क्सका विचार कालातित भएको भनेर कम कोलाहल मच्चाएका होइनन्, उनका विचारलाई १९औं शताब्दीको विचार भनेर पन्छाइन्थ्यो र उनका विचारको प्रतिरक्षा गर्नेहरुलाई जडसुत्रवादी भनेर। दुनियादारलाई छर्लङ्ग भएको छ पुँजिवादका प्रतिरक्षकका विचारहरुको हावा खुस्केको छ जब कि मार्क्सका विचार खोटरहित सावित भएका छन्। हालैको युरो संकटले देखाएको छ ग्रिस, स्पेन र इटालीमा देखापरेको समस्यालाई समाधान गर्न पूँजीवादीहरु निरिह र निकम्मा भएका छन्। त्यसले युरोपेली साझा मुद्रा र स्वयम् युरोपकोे भविष्यलाई जोखिममा पारेको छ।

बढ्दो आर्थिक उथलपुथल, वित्तिय उद्योगमा अनबरत रुपमा भै रहेका छलकपट, आकासिदो असमानता र विश्वव्यापी रुपमा देखापरेको राजनीतिक छटपटिका सामन्ने पश्चिमी दुनियामा समेत पुँजीवादको गुहार निष्प्रभावी हुन थालेकोे छ। अमेरिकामा बर्नी स्याण्डर्सहरु, बेलायतमा जेरोमी कोर्बिनहरु र फ्रान्समा पहेलो भेष्टवालाहरुले आखिर के संकेत गर्दछन? कम्तिमा चलन चल्तीको पुँजीवाद आफ्नै केन्द्रमा कोरामिन नखुवाई चल्नेवाला छैन।

(लेखक नेपाली युवाविद्यार्थी आन्दोलनका प्रणेता टंक कार्की हाल नेपाल कम्युनिष्ट पार्टिका केन्द्रिय कमिटीका सदस्य तथा नेपाल वुद्धिजीवी परिषदका सहइन्चार्ज हुनुहुन्छ।)

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
टंक कार्की

टंक कार्की

Connect with us

Recommended

हिन्दु धर्म होइन, संस्कृति हो ! नेपाली समाजको प्रारम्भिक इतिहासको खोजी

हिन्दु धर्म होइन, संस्कृति हो ! नेपाली समाजको प्रारम्भिक इतिहासको खोजी

3 years ago
3

जनवादी केन्द्रियता कि सर्वसम्मति?

2 months ago
1

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • अर्थ
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • विचार
    • दस्तावेज
    • कोभिड–१९
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Sign In with Facebook
    Sign In with Linked In
    OR

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Sign Up with Facebook
    Sign Up with Linked In
    OR

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.