Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पूँजीवाद र साम्राज्यको संक्षिप्त इतिहास

विश्वभर अमेरिकी साम्राज्यका सयौं सैनिक बेसहरू छन्, जसले रणनीतिक रुपमा र नियतवस रुस र चीनलाई घेरेका छन्।  विश्वमा अमेरिका मात्रै त्यस्ता सैन्य बेसहरू भएको देश हो, जसले आफूले चाहेको ठाउँमा ठूलो संख्यामा टुकडीहरू पठाउन सक्छ। अमेरिकीहरू प्यालेस्टाइन, यमनी तथा ग्वाटेमालाका मानिसका जीवनप्रति चिन्तित छन् भन्ने धारणा जति हाँस्यास्पद छ, तिनले युक्रेनियन, ताइवानी, जिङ्जियाङ्का मानिसको जीवनमा चिन्ता राख्छन् भन्ने कुरा पनि त्यति नै अविश्वनीय छ।

डेभिड रोभिक्स डेभिड रोभिक्स
चैत्र ४, २०७९
- विचार, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

हाम्रा बालबालिकाहरूको बुद्धि भुट्ने पाठ्यसामग्रीहरु लेख्ने कल्पनाकारहरु छ्यासछ्यास्ति भएपनि ‘हुने र नहुने’,’धनी र गरीब’, ‘शासक र शासित वर्ग’ बीचको द्वन्द्वको इतिहास नै सभ्यताको इतिहास हो भनेर बुझाउन कैयन इतिहासकारहरू अनवरत प्रयाश गरिरहेका पाइन्छन्। जहाँ स्पष्ट असमानता छ, जहाँ एउटा सानो संख्याको शासक, मालिक, जमिनदारले सधैं मजदुर तथा गरीबहरूको ठूलो समूहलाई नियन्त्रित गर्ने कोशिस गरिरहन्छ। त्यस्ता समाजका यी द्वन्द्वहरुलाई निरन्तर गतिशील बनाइराख्ने तत्व सधैं नयाँ रुपमा आउँछ। यसैगरी यस्तो खालको असमानतासहितको राज्य कायम राखिराख्नका लागि कुनै साम्राज्य जस्तैः अमेरिका समाज र वर्गलाई विभाजन गरी आधिपात्यमा राख्ने खेल खेल्ने गर्छन्।

अमेरिकाको दोहोरो भूमिका
अमेरिका बेलायतको उपनिवेश हुँदाको समय र त्यसपछिको स्वतन्त्र अमेरिकाका शासकहरूले सधैं ठूलो संख्याका किसान, साना जमिनदारी, शहरी मजदुर र भाडामा बस्नेहरू, आप्रवासी तथा मूल निवासी रेड नश्ल, दासी तथा मुक्तदासीहरूबीच साझा शोषकविरुद्ध लड्नका लागि एक बनाउनुको सट्टा आपसमा लडाइँ गर्न उक्साइरहेका पाइन्छन् र घातक संघर्ष चलाइदिने गरेका छन्। स्थानीय तथा वैश्विक रुपमा हुने गरेका ती विभाजनमाथि टेकेर अमेरिकी जस्ता साम्राज्यका शासकहरुले शोषण गर्ने तरिकाहरू समयसँगसँगै विकसित गर्दै गरेका छन्। जसरी अन्य कुराहरू विकसित गरिए जस्तैः प्रविधि, विभिन्न प्रकारका संगठनहरू, निगमहरू, संगठनहरू, संसदहरू र जसरी भयानक अमेरिकी सैन्य उद्योग कम्प्लेक्स् आदि, त्यसरी नै शोषणको रुप र तरिकाहरूमा परिवर्तन हुने गरेका छन्।

यस्तो वास्तविकताले हामीलाई केही पछिल्ला दृश्यहरू बुझ्न कठिन हुँदैन। एउटा दृश्यः अमेरिकी राष्ट्रपति जो बाइडेन केही दिनअघि अमेरिकाको दक्षिण पश्चिम राज्य अलाबामा पुगे, जहाँ उनले सन् १९६३ मा श्वेत वर्चश्ववादीले चर्चमा गरेको बमबारीमा परी मृत्यु भएकाहरूको सम्झना गरे। जबकि प्यालेस्टाइनविरुद्ध संगठित भिडद्वारा गरिएको नरसंहारका बारेमा भने उनले कतै बोलेका छैनन्। अमेरिकी सैन्य सहायता सबैभन्दा बढी ग्रहण गर्ने शक्तिहरुले प्यालेस्टाइनलाई जलाइरहेको छ। यस्तै अर्को दृश्यः युक्रेन पुगेका अमेरिकी महान्याधिवक्ताले अन्तर्राष्ट्रिय अपराध अदालतमा रुसी युद्ध अपराधको बारेमा मुद्दा चलाउने विषयमा कुरा गरिरहेका छन्। जबकि अमेरिकीहरू साउदी तथा इजरायलीहरूले गरेको युद्ध अपराधको विषयमा भने केही बोल्दैनन्।

यता अमेरिकी विदेश मन्त्रालय चीनले रुसलाई सशस्त्र हतियार दिनसक्ने भन्दै सार्वजनिक रुपमा चीनमाथि खनिन्छ भने सोही दिन उसले ताइवानलाई अमेरिकाको सबैभन्दा उच्चस्तरको युद्धक विमान बेच्ने घोषणा गर्छ। यदि हामीले अमेरिकाको बर्चश्ववादी र शोषक प्रवृत्तिलाई बुझ्ने हो भने उसको यस्तो दोहोरो भूमिकाको दृश्यलाई बुझ्न सजिलो हुन्छ।

अमेरिकामा समाचार सुन्नु भनेको रुसी र चिनियाँ विरोधी बयानको ढोलबाजी सुन्नु जस्तै हो। जुन इतिहासका कुनैपनि घटना र परिघटनासँग मेल खाँदैनन्। र, तिनका यी बयानवाजीहरू वस्तुनिष्ठता जोगाउनमा कमजोर देखिन्छन्।

बर्वरताको इतिहास
अमेरिकी नेताहरुले भ्लादिमिर पुटिन र चिनियाँ कम्युनिष्ट पार्टीलाई दानवीकरण गरेकोपुटिन र सी सत्तामा आएपछि नै गरिएको हो भान पर्न सक्छ । यसैगरी अमेरिकी नेताहरुले गरेका यस्ता वयानवाजी र कामहरु रुसी र चिनियाँ जनताहरूकै लागि  गरिरहेका छन्भन्ने भ्रम पर्न सक्छ। तर कुरा यस्तो होइन, यस्तो काम अमेरिकी तथा युरोपी साम्राज्यहरुले इतिहासदेखि नै गर्दै आएका हुन्। रुसमा सन् १९१७ र चीनमा १९४९ मा भएको क्रान्तिपछि मात्रै अमेरिका लगायतका देशहरू तीमाथि खनिन थालेको कुरा पनि गलत हो। ऐतिहासिक वास्तविकता यो भन्दा धेरै फरक र छलकपटपूर्ण छ।

कुनै खास रुसी वा चिनियाँ नेताहरू वा सरकारका बारेमा गरिएका कुनै बहानाबाजीबाट भ्रममा नपर्नुहोस्। जबकि ती साम्राज्यहरूले एकातिर तिनीहरूको श्रमबाट पर्याप्त फाइदा लिँदै आए भने  अर्कातिर १९ औं शताब्दीदेखि नै रुस र चिनलाई कमजोर पार्न र नियन्त्रण गर्नका लागि सक्रिय रुपमा काम गर्दै आएका छन्। सत्तामा पुग्ने जो कोहीले पनि रुसी तथा चिनियाँ आप्रवासीप्रति तिरस्कारपूर्ण व्यवहार गर्दै आएका छन्। रुस, चीन र रुसी तथा चिनियाँहरूमाथि अमेरिकी नीतिहरूसँग यसको कुनै सम्बन्ध नै छैन। यी नीतिहरू विश्वमा कसरी आफ्नो वर्चश्व कायम राख्ने भन्ने बारेमा भू राजनीतिक चासोसहित देशभित्र र बाहिर ‘डिभाइड एण्ड रुल’ का विधिहरूसँग मात्रै सम्बन्ध राख्छन्।

मैले यहाँ बताउन खोजेको कुरा १९औँ शताब्दीदेखिको इतिहास हेर्दा प्रष्ट हुन्छ। दुर्भाग्यवस, यी इतिहासहरू जो बाइडेन, एन्टोनी ब्लिन्केन, मेरिक गेरल्यान्ड लगायतलाई फाइदा हुनेगरी गायब पारिएका छन्। ।

१९औं शताब्दीमा अमेरिकी अधिकारीहरू र व्यापारीहरूले सक्रिय रुपमा युरोपका साथसाथै चीन, जापान र अन्यत्रबाट कामदार ल्याउन आह्वान गरे। चिनियाँ तथा जापानी मजदुरको हकमा भने परिवारलाई लिएर आउने सुविधा थिएन। अमेरिकाको आप्रवासन नीतिले रेलमार्ग निर्माणका लागि ल्याइएका चिनियाँ मजदुरलाई समेटेको थिएन। अमेरिकामा रेलमार्ग निर्माणताका ठूलो संख्यामा चिनियाँ मजदुर ल्याइयो र पछि फिर्ता पठाइएको थियो। अमेरिकी इतिहासमा एसियन कामदारहरू अधिक शोषित भएका थिए। तिनीहरूले सबै खालका विभेदहरूको सामना गर्नुपरेको थियो भने तिनीहरू मध्ये कतिको संहार गरिएको थियो। चिनियाँ मजदुरहरू आधा तलवमा पनि काम गर्न तयार हुन्छन् भन्नेखालका प्रचारबाजी गरिएको थियो, त्यसलाई पनि उनीहरू स्वीकार गर्न बाध्य थिए।

एसियनलाई लक्षित गरेर पारित गरिएका केही नीतिहरूले मजदुरलाई आफ्नो परिवारलाई ल्याउन प्रतिबन्ध गरेको थियो भने कर्पोरेटका मालिकलाई तिनीहरूको आवश्यकता हुन छोडेपछि मजदुरलाई घर फर्किन बाध्य बनाउँथ्यो। एसियन आप्रवासी कामदारविरुद्धको यी बहिस्करण नियमहरू सन् १९४३ सम्म कायम रहेको थियो।

यसबीचमा अमेरिकी सहित बेलायती, फ्रान्सेली र रुसी लगायत अरु देशका सेनाले अफिम युद्धमा भाग लिए। जलिरहेको चीनमा तिनले दश हजारौं मानिसलाई मारेका थिए। तत्कालिन चिनियाँ सरकारलाई भारतमा बेलायतले सञ्चालन गरेका अफिम फार्मबाट अफिमहरू आयात गर्नका लागि दबाब दिइएको थियो। यो आक्रमण,जसले चीनलाई अफिमको दुर्व्यसनको राष्ट्रव्यापी महामारीका लागि ढोका खोल्न बाध्य बनायो, जसलाई बेलायती र अमेरिकी अधिकारीहरू ‘स्वतन्त्र व्यापार’ को ‘सुरुवात’को रुपमा व्याख्या गर्थे।

अमेरिकाको खासगरी पूर्वी तटमा १९ औं शताब्दीको मध्यतिर आयरल्यान्डदेखि रुस लगायत विभिन्न ठाउँका कामदारहरूको ठूलो संख्या थियो। अमेरिकी उद्योगका मालिकहरूको आह्वानमा ती मजदुर त्यहाँ कार्यरत थिए। खासगरी पूर्वी तथा दक्षिणी युरोपबाट गएका मजदुरहरूले विध्वशंकको छवि बनाएका थिए। र, अवश्यपनि त्यो छवि तयार हुनमा तत्कालिन सत्ताको हात थियो। जुन शासकहरूका लागि आफ्नो नाफाको स्रोत, आफ्नो वर्ग शत्रु, मजदुर वर्गहरूबीच विभाजन गर्ने अर्को एउटा तरिका थियो।

वास्तवमा, १९ औं शताब्दीमा अमेरिकाका फ्याक्ट्री, खनिज तथा मिलहरूमा भएका भयावह अवस्थाले केही मानिसअमेरिकीका पिठ्ठू भए। ती मानिसहरु तिनको जात, लिंग या राष्ट्रियताका कारण मारिएनन्। तर, इटालियन, जर्मन र रुसी तथा अरु देशका मानिसहरु संगठित मजदुर तथा विद्रोहीका अगुवाहरूथिए। त्यसैकारण अमेरिकी साम्राज्यबाट बहिस्करणका नियमहरू पूर्वी तथा दक्षिणी युरोपियनहरूलाई लक्षित गरी पारित गरिएको थियो। जुन १९४४ सम्म हटाइएन। ती नियमहरूले १९२०, ३० र ४० को दशकमा यहुदीहरूसहित जर्मन तथा रुसीहरूलाई सिधा अमेरिका बसाइँ सर्न प्रतिबन्ध लगाएका थिए। जर्मन, रुसीहरूसहित इटालियनहरू(यहुदी र गैरयहुदी)लाई खासगरी त्यतिबेलाका शक्ति र तिनका मुखपत्रहरूले फरक व्यवहार गर्ने गर्थे। यो समूहमथिको पूर्वाग्रह रुसी क्रान्ति जस्ता घटनाहरूपछि मात्रै बढेको थियो।

यस दौरान पहिलो विश्वयुद्धको अन्त्यतिर बोल्सेभिकहरूले शक्ति कब्जा गरेपछि, अमेरिका, बेलायत र अरु समर्थक देशहरू सयौं हजार सैनिकहरू सहित रुसको आक्रमणमा सहभागी भएका थिए। यो आक्रमण लालसेनाबाट सत्ता फिर्ता ल्याउने जारवादी बलको समर्थनमा गरिएको थियो। पछि यो प्रयास विफल भयो।

सन् १९४९ को चिनियाँ क्रान्तिपछि अमेरिका र अन्य देशहरूबाट सहभागी बलहरू कोरियातिर प्रवेश गरे। त्यसबेला कोरियालीहरू जापानको सहयोगमा सत्तामा आएको तानाशाहविरुद्धको आन्दोलनमा थिए। चीनले कोरियाको क्रान्तिकारी शक्तिलाई समर्थन गरेको थियो, अमेरिका समर्थित तानाशाहको विरोधमा थियो चीन। तीन वर्षको सक्रिय द्वन्द्वका क्रममा सयौं हजार चिनियाँ सैनिकहरू मारिएका थिए भने दशौं हजार अमेरिकी सैनिकको पनि ज्यान गएको थियो।

विश्वभर अमेरिकी साम्राज्यका सयौं सैनिक बेसहरू छन्, जसले रणनीतिक रुपमा र नियतवस रुस र चीनलाई घेरेका छन्।  विश्वमा अमेरिका मात्रै त्यस्ता सैन्य बेसहरू भएको देश हो, जसले आफूले चाहेको ठाउँमा ठूलो संख्यामा टुकडीहरू पठाउन सक्छ। अमेरिकीहरू प्यालेस्टाइन, यमनी तथा ग्वाटेमालाका मानिसका जीवनप्रति चिन्तित छन् भन्ने धारणा जति हाँस्यास्पद छ, तिनले युक्रेनियन, ताइवानी, जिङ्जियाङ्का मानिसको जीवनमा चिन्ता राख्छन् भन्ने कुरा पनि त्यति नै अविश्वनीय छ।

अमेरिकाको भविष्य कस्तो?
म एउटा रुसी यहुदी आप्रवासीहरूको सन्तान हुँ, जसले मिन्स्क छोड्नु अघि र पछि अमेरिकाको उत्तरपूर्वमा धेरै प्रकारको भेदभावको सामना गर्नुपरेको थियो। म अहिले एउटी जापानी महिलासँगको सम्बन्धमा जोडिएको छु, र हाम्रा बच्चाहरू बढी एसियन जस्ता देखिन्छन्। एशियन जस्तो देखिनु पनि भेदभावमा पर्नु हो।

कसैलाई देशको भविष्य कस्तो देखिन्छ भन्नेमा चिन्तित हुनका लागि रुसी तथा एसियनहरूमाथि विगतमा भएका हिंसामा उसको व्यक्तिगत संलग्नता हुनुपर्छ भन्ने छैन, जसरी अमेरिकाका दुवै पार्टीका नेताले उदाउँदो चीनलाई अमेरिकाको लागि खतराको रुपमा चित्रित गर्छन्। जस्तै जलवायु परिवर्तनका कारक बनिरहेका चिनिया कोल प्लान्ट्हरू, हाम्रा डाटा चोरिरहेका चिनियाँ सर्भिलिएन्स एपहरू, अमेरिकी उद्योगलाई कमजोर बनाइरहेका चिनियाँ उद्योगका लागि आउने अनुदानहरू, अमेरिकी मजदुरहरूको मूल्यलाई तल पारिरहेका चिनियाँ मजदुरहरू, हाम्रा गोपनियता चोर्न खोजिरहेका एकेडेमिया तथा सिलिकन भ्यालीमा रहेका चिनियाँ जासुसहरू र चिनियाँ भाइरसहरूका बारेमा हामीले सुनिरहेकै छौँ।

बाइडेनहरु अश्वेत अमेरिकीहरूमाथिको भेदभावको सवाल उठ्न थालेपछि नयाँ स्थापित नश्लीय समानताको कुरा गर्ने गर्छन्। बाइडेनको अलाबामा भ्रमणका खास कुरा मध्ये एउटा यो पनि हो। त्यहाँ उनले अश्वेतहरूको अधिकारको कुरा गरे। तर यसो भन्दै गर्दा उनले अर्कोतर्फ चिनियाँ तथा रुसीहरूलाई पनि तर्साउन खोजे। साथै हामीमध्येका त्यस्ता व्यक्तिहरुलाई जो अमेरिकाका तरिकाहरूप्रति अपेक्षित वफादारी प्रदर्शन गर्नमा विफल भएका छौं र पूर्वाग्रही सरकार र तिनका पक्षमा खडा हुँदैनौं।

(काउन्टरपन्चबाट भावनुवाद)

डेभिड रोभिक्स

डेभिड रोभिक्स

Related Posts

हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

घनश्याम भूसाल
माघ ११, २०८२

चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

तीर्थ कोइराला
साउन ४, २०८२

विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

भुइँमान्छेः धेरै पात्र एउटै कहानी

भुइँमान्छेः धेरै पात्र एउटै कहानी

झलक सुवेदी
असार २३, २०८२

मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

नेपाल रिडर्स
असार १७, २०८२

समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

विश्वबन्धु भण्डारी
बैशाख ९, २०८२

नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

नेकपामा विभाजनको कारक डा. रायमाझी

नेकपामा विभाजनको कारक डा. रायमाझी

विश्वबन्धु भण्डारी
फाल्गुन १८, २०८१

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • प्रवासी नेपाली
  • रिडर्स डिस्कोर्स
  • अन्तर्वार्ता
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

गुगल मार्फत साइन इन गर्नुहोस्
Sign In with Linked In
वा

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

गुगल मार्फत साइन अप गर्नुहोस्
Sign Up with Linked In
वा

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share via
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

Add New Playlist

नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • प्रवासी नेपाली
  • रिडर्स डिस्कोर्स
  • अन्तर्वार्ता
  • मल्टिमिडिया
  • ब्लग

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.