Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बाहुनभित्रका अछुत र साना-बाहुनबारे

प्रकाश अजात प्रकाश अजात
जेष्ठ २८, २०७७
- विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    छुवाछुत र विभेदका बहस हुँदै गर्दा ‘हामीले मात्र विभेद गरेका हौं र, उनीहरूका बीचमा पनि विभेद छ नि’ भन्ने सुतुरमुर्गे-तर्क सतहमा आउने गर्छ। जति बुट्टा भरेपनि त्यस तर्कको निचोड हो-आफू र आफ्ना समुदायले अर्को सिमान्तकृत समुदायमाथि गरेको अमानवीय कर्तुत खासै गलत होइन। त्यतिसम्म त भइहाल्छ नि! ‘हामी र उनीहरू अर्थात् कथित उच्च र कथित निचको यो विभेद ठीकै हो! प्राचीन कविलाहरूले कहिल्यै नभेटेको अर्को कविला(समूह) भेट्नेवित्तिकै एकअर्काप्रति ‘हामी र उनीहरू’को बाइनरी अपोजिसन (दोहोरो प्रतिद्वन्द्वी) को अवधारणा बनाउँथे र एकले अर्कोलाई सिध्याउने वा कमजोर पारेर आफ्नो अधिनस्थ पार्थे। र, त्यही कविलाई सोच मानवसमाजमा हस्तान्तरित छ। चर्चित किताब ‘सेपियन्स’मा युवल नोहा हरारीले यो विषय उल्लेख गरेका छन्।

    तर हाम्रो दक्षिण एसियाली हिन्दू समाजमा चाहिँ एउटै कविला (आर्य ठानिने) कै समुदायले आफ्नै समुदायभित्रका मान्छेहरूबीच पनि ‘हामी र उनीहरू’ को प्रतिद्वन्द्वि निर्माण गरेको छ। र, करिब ३ हजार बर्षदेखि शुद्ररअछुतका नाममा एउटा समुदायको मान्छेले अर्कोमाथि निरन्तर अत्याचार गरिराखेको छ। शोषणको सब‌भन्दा तल परेको समुदाय मनोवैज्ञानिक, आर्थिक,सामाजिक र सांस्कृतिक रूपमा सदा कमजोर छ। यद्यपि, ठूलो ठानिने बाहुनहरूबीच नै पनि अनेक दर्जाका अछुतरशुद्र बाहुनहरू छन्। हाइरार्कीको अहं र अन्धविश्वासकै कारण समाज पछौटे छ, विकाश प्रायस् अवरूद्ध छ।

    संसारको रहस्य बुझ्ने या ब्रम्हाण्डको अनेकन् ज्ञान हुने व्यक्तिलाई ‘ब्राम्हण’ भन्ने तर्क केही सनातनी धार्मिक किताबहरूमा उल्लेख भएपनि आजको दक्षिण एशियाली समाज वैज्ञानिक, अध्येता र चिन्तकहरूलाई ब्राम्हण उपाधी दिँदैन। प्राधिकार, सरकार र अनेक खालका सामाजिक व्यवस्थामाथि प्रश्न गर्ने, चिन्तन गर्ने र नयाँ आविस्कार गर्ने चिन्तकहरूलाई यो समाज बरू ूअधर्मीरधर्मछाडारसमाजभँडुवाू भन्छ। जबकि तिनै भौतिकवादीरअनिश्वरवादीहरूकै वैज्ञानिक आविस्कारहरू प्रयोग गर्न अलिकति पनि संकोच मान्दैन समाज। बरू जन्मरवंशका आधारमा मात्र मान्छेले ब्राम्हणको उपाधि पाउँछ। जन्मैले शुद्र कहलाउँछ। र, विभेद जन्मैबाट प्रारम्भ हुन्छ।

    नेपालका ब्राम्हण (वंशीय बाहुन) को रगत पुजारी हुनका लागि योग्य छैन भन्ने ठानेर नेपालको सबैभन्दा ठूलो हिन्दू तिर्थ पशुपतीमा भारतको कान्यकुब्जबाट मूलपुजारी ल्याइएको छ। श्रेणीको कुरा गर्दा नेपालमा ‘बाहुन’लाई ठूलो जात मानिन्छ। नेपालका ठूला बाहुनमा उपाध्याय बाहुन र पुर्वीया बाहुन छन्। ठूलो बाहुन को भन्ने विषयमा यी दुईबीच पनि द्वन्द चल्छ। यता कुमाईं बाहुन आफूलाई शुद्ध ठान्छन्। जैशी बाहुनले भने आफूलाई दोस्रो बाहुनका रूपमा स्विकारेको छ। उल्लेखित सबै कथित ठूला बाहुनले जैसी(बाहुनलाई अशुद्ध(अछुतसमेत) ठान्छन्। अझै पनि प्राय: बुढापाका ठूला बाहुनहरू जैसीले छोएको खाँदैनन्। बिहेबारी बार्छन्, हेलाँ, तिरस्कार र छुवाछुतको समेत व्यवहार गर्छन्।

    अहिले पनि कर्मकाण्ड र श्राद्धआदि गर्न जैसीका घरमा बडे बाहुन पुग्छन्। श्रद्धाले ओतप्रोत कतिपय जैसीहरू बडे बाहुनका गोडा धोइवरी ढोग्छन् समेत। जैसीको घरभित्र कर्मकाण्ड आदि कामका सन्दर्भमा बडे बाहुन छिर्छ तर जैसीले पकाएको खाँदैन। बरू आफैं जैसीको भान्छामा उक्लेर खाना बनाउँछ। ‘म भान्छामा खान पकाउन थालें, तिमीहरू सरसामान तयार गरिदेउ। तर खबरदार! मलाई नछोऊ’ भनेर बडे बाउन शुद्र(जैसीकै चुलोमा बसेर हुकुम जारी गर्छ।(घिउसखर, फलफूल, खीर, दहीदूधमा भने बाहुनले छोइछिटो मान्दैनन्।) घर अछुत(जैसीको, हुकुम बडेबाहुनको!

    माथि उल्लेखित बाहुन र जैसीहरू क्षेत्रीलाई अछुत व्यवहार गर्छन्। तर क्षेत्रीहरू बाहुनलाई उही सम्मान र खातिरदारी गर्छन्। बुढाखाडा क्षेत्रीहरूले बाटामा पुरोहित खलकका बडे बाहुन भेटेमा खुट्टामा ढोगिहाल्छन्। तर क्षेत्रीहरू नेवार, मंगोल आदिलाई असुद्ध भन्छन्। पानी चलेपनि अपमान गर्छन्। नेवार र मंगोलहरू प्रायस् सबै बाहुनक्षेत्रीलाई सम्मान गर्छन्। तर दलित ९शिल्पी जाति० लाई भने अशुद्ध ठान्छन्। नेवार र मंगोलहरूसँग यस्तो जातीय विभेद पहिले थिएन। उनीहरूले छुवाछुत गर्नै जानेका थिएनन्। जंगबहादुरले मुलुकी ऐन बनाएर जातका आधारमा समाज वर्गिकरण र सोही आधारमा दण्ड व्यवस्था गर्न थालेपछि नेवार-मंगोलहरू पनि एउटा वर्गिकरणमा परे। यदि मंगोलले पनि जातीय व्यवस्था नमाने मंगोल स्वयंले राज्यको दण्ड भोग्नु पर्ने भयो। यसरी उसले भेदभाव सिक्यो र त्यो फैलँदै गयो। अहिले पनि मंगोलहरूबीच आपसमा छुवाछुत र विभेद छैन। भएपनि त्यो जंगे-ऐनको प्रभाव हो।

    विभेदको अर्को पाटो पनि छ। उल्लेखित सबै जातिमा मात्र होइन, संसारका प्रत्येक घरमा महिला छन्। तर सर्वत्र महिला पुरुषभन्दा कमजोर र बुद्धिहिन ठानिन्छन्। प्रायजसो धर्मान्ध व्यक्ति महिलालाई दोस्रो दर्जाको मान्छे ठान्छन्। किनभने शास्त्र लेख्ने शताब्दियौं अघिका पुरुषदृष्टिले अहिलेको युगको चेतना बोक्दैनथे। सनातनी हिन्दू धर्मले पनि महिलालाई कमजोर र विवेकहिन ठानेको छ। तुलसीदासले लेखेको रामचरितमानसमा उल्लेख छस् गवार,ढोल, पशु, शद्र, नारी, यी सब ताडनका अधिकारी। यसको अर्थ हो- बुद्धिहिन मान्छे, महिला, ढोलक, शुद्रलाई यातना दिनुपर्छ। नत्र यिनीहरु समाजको अनुशासनमा बस्दैनन्।

    यता, हिन्दू समाजमा अझै महिलाहरूलाई महिनावारी हुँदा छोइछिटो गर्ने चलन छ। पश्चिम नेपालमा त महिनावारी हुँदा अलग्गै छाप्रोमा बस्नुपर्छ युवतीरमहिलाले। छुई भएका महिलालाई मन्दिर र पुजाकोठा छिर्न मनाही छ। मनोवैज्ञानिक रूपमै ‘म कमजोर हुँ, भगवानले नै हामीलाई कमजोर बनाएर पठाएको हो’ भनेर दिमाग भुटिएको छ। जसरी कतिपय जेलका भित्री व्यवस्थापनमा कैदीहरूले नै अर्को क‌ैदीलाई नियन्त्रण गर्ने व्यवस्था हुन्छ। समाजमा पनि महिनावारी बारेको छ कि छैन, ‘आइमाई भएर आफ्नो धर्ममा रहेको छ कि छैन’ भनेर रेखदेख गर्ने महिला नै हुन्छन्। हिन्दू धर्म मान्ने बाहुन होस् या दलित, उसका घरका महिलाहरू अर्को अछुत-उत्पीडित भएर बाँच्न बाध्य छन्। मंगोलहरूमा पनि महिलामाथि विभेद छ तर मासिक धर्मको विषयलाई लिएर छुवाछुत प्रायस् शून्य छ। यस अर्थमा महिलाहरू, प्रत्येक घरका महादलित हुन्। तर, धेरैलाई म यसकारण अपमानित भएको छु भन्ने ज्ञान नै छैन।

    उता, एक दलितले अर्को दलितलाई असुद्ध भन्छन्रठान्छन्। किनभने सनातन हिन्दू धर्मका कतिपय शास्त्रको प्रभाव र जंगबहादुरको मुलुकी ऐनका विभेदी प्रावधानका कारण समाजले त्यही सिकाएको छ। (उल्लेखनीय छ, हिन्दू धर्मका कारण विभेद भयो भन्दै नेपाल दुर्गम र पिछडिएका गाउँहरूमा क्रिश्चियन धर्म फैलाइएको छ। तर क्रिश्चियन धर्मबीच पनि आपसी द्वन्द र विभेद डरलाग्दो छ। इतिहासमा पश्चिमा क्रिश्चियन इन्भेडरहरूले संसारका प्रायस् सबै महादेशमा पुगेर करोडौंको शंख्यामा स्थानीय जातिको हत्या गरेका छन्। तिनले बच्चा, बुढा र बिरामी कसैले छाडेका छैनन्। क्रिश्चियन प्रोटेस्टेन्ट र क्रिश्चियन क्याथोलिकबीचको झगडामा युरोपमा लाखौंको संख्यामा मान्छे मारिएको ईतिहास छ।)

    स्मरणीय छ, दलित भनिने जातिहरू यिनै बाहुन-जैशी-क्षेत्रीकै खलक हुन्। उही खस-आर्य हुन्। बाहुन-क्षेत्री-ठकुरी-दशनामीजस्तै वेद-पुराण मान्छन्। शिव,विष्णु, कृष्ण, राम, विश्वकर्मा, लक्ष्मी र सरस्वती पुज्छन्। बाहुन र दलित भनिनेका गोत्रसमेत उस्तै छ।

    जन्मनेवित्तिकै जात र धर्मको बिल्ला लगाइदिने मानव समाज कमजोरलाई हेप्नुपर्छ र बलियाका अघि झुक्नुपर्छ भन्ने मान्यता राख्छ। उनीहरू नराम्रो, हामी राम्रो। उनीहरू अपवित्र, हामी पवित्र। हामी सभ्य, उनीहरू असभ्य। हामी छुत, उनीहरू अछुत। हामी ईश्वरका सन्तान, उनीहरू सैतान(राक्षस)का।

    मधेसमा पनि दुई प्रकारका बाहुन छन्स् पञ्चगौड बाहुन (उत्तर भारत मूलका बाहुन) र पंचद्रविड (दक्षिणभारत मूल भएका बाहुन)। झा, मिश्र, पण्डित, त्रिपाठी, ठाकुर, भट्ट, तिवारी, पाठक आदि आदि मधेसका ब्राम्हण हुन्। ठाकुरलाई पंचद्रविड अन्तर्गतको बाहुन ठानिन्छ। नेपालका पहाडे बाहुनहरू पञ्चगौड बाहुन नै हुन् किनभने मधेसी बाहुनसँग यिनको गोत्र मिल्दछ। तर पहाडी बाहुन र मधेसी बाहुनबीच दुई ठूला पर्खाल छन्। एउटा पहाडीयाले मधेसीलाई गर्ने विभेद, अर्को जातै नचिन्ने विभेद।

    भन्नुको मतलव पहाडिया बाहुनले तराईको बाहुनलाई बाहुन हो कि होइन भनेरै शंका गर्छ। अल्मलिन्छ। किनभने उसले बाहुन भनेको पहाडीमात्रै हुन्छ भनेर सिकेको छ। जसरी पहाडको दलित तराईमा पुग्दा पहिला पहाडे पहिचानअनुसार व्यवहार गरिन्छ।

    जातपातको कुरा दोस्रो प्राथमिकतामा हुन्छ। र, जातपातकै कुरा उठेपनि पहाडको दलितलाई कसरी छुवाछुत र विभेद कसरी गर्ने भन्ने कुरामा तराईको झा बाहुन अलमलिन्छ। त्यसैगरि मधेसको झा पहाडमा आउँदा उ पहिले मधेसीको पहिचानमा हुन्छ। मधेसी भएका आधारमा उसमाथि पहिलो विभेद गरिन्छ। जात र छुवाछुतको सम्बन्ध नियमति अभ्याससँग सम्बन्धित छ। पहाडको उपाध्याय बाहुन तराईको मुसहरको घरमा कुनै कारणवश पुगिहाल्यो भने उसले मुसहरलाई पहाडको दमाई(कामीजसरी व्यवहार गर्न जान्दैन। किनभने उपाध्याय बाहुनको मनमा दमाई-कामी-सार्की-गन्धर्व आदिमात्रै ‘अछुत’ हुन् भनेर सिकेको हुन्छ। तराईमा विभेद गर्ने कुरामा उ अलमलिन्छ। यता नेवारमा पनि भट्ट,मिश्र र झाहरू छन्। काठमाडौं उपत्यकामा ब्राम्हणका रूपमा छिरेका उनीहरूको पहिचान नेवार बनेको छ।
    यसर्थ, जातीय विभेद र छुवाछुत प्राकृतिक विषय होइन। यो कृतिम हो, सिकाइएको हो।

    पुराना शासकहरूले हाम्रा पुर्खालाई र हाम्रा पुर्खाले हामीलाई सिकाएको यस्तो कुहिगन्धे सोचलाई ूउच्च जातीय अहंकारू भनिन्छ। जात व्यवस्थाको टाउकोमा बाहुन राखिएकाले कतिले यसलाई बाहुनवाद पनि भन्छन्। मनु नामको राजाले यस्ता विभेद र अत्याचारलाई आफ्नो किताबमा उल्लेख गरेकाले त्यसलाई ‘मनुवाद’ पनि भन्न सकियो। नेपालमा जयस्थिति मल्लले काठमाडौैको तत्कालिन नेवार समुदाय र  जंगबहादुरले हिन्दु समाजको वर्गीकरणमा नपरेका ‘मतवाली’ लाई  जातियरुपमा  वर्गीकरण गरे,  जसलाई क्रमशः  ‘जयस्थितिवाद’ या ‘जंगेवाद’ भन्दा भयो।

    यस्तै कस्मेटिक अहंकारका आधारमा जातीय अपमान र तिरस्कार समाजमा जारी छ। हजुरबा-हजुरआमाहरूले दिमागमा हालिदिएको कुहिगन्धे जातीय हाइरार्की (श्रेणीवाद)को सोचलाई उखेलेर फ्याँक्न सके भावनात्मक रूपमा हामी केवल  नेपाली हुनेथियौं। यो जातीय क्यान्सर रहेसम्म नेपाल भौगोलिक रूपमा एक होला, भावनात्मक रूपमा हुँदैन

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रकाश अजात

      प्रकाश अजात

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.