Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोभिड–१९ पश्चात्: पर्यटन उद्योगभित्र नेपालको उज्यालो पक्ष

भागिरथ सापकोटा भागिरथ सापकोटा
जेष्ठ १३, २०७७
- विमर्शका लागि, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मानिस जन्मजात नै घुमन्तु प्राणी हो । आदिम युगमा जीवनयापन गर्न गरिने यात्रा आजको दुनियाँमा पनि निरन्तर मात्र होइन सुविधाजनक, वेगवान र आवृत्तिमा बृद्धि भएको छ । आजको मानव कम जोखिमताका साथ पृथ्वीको एक कुनाबाट अर्को कुनामा फन्को मार्न सक्छ । भोक मेटाउनका लागि मात्र होइन, आफ्ना सोखलाई तृप्त गर्न र खोजलाई फेला पार्न एक कुनाबाट अर्को कुनामा चाहारी रहन्छ । यही क्रममा यात्रालाई सुविधाजनक, आरामदायी, कमजोखिमयुक्त र वेगवान बनाउन मानिसहरुले पर्यटन सेवा नै स्थापित गरेका छन्।

    यस पर्यटन सेवामा अरवको संख्यामा मानिसहरु, परिवहनहरु, होटलहरु, मनोरञ्जन केन्द्र तथा स्थलहरु संलग्न छन् । यी सबैको संलग्नताले पर्यटन सेवा अब कुनै व्यक्तिको पेशा मात्र होइन मुलुकको आर्थिक प्रणालीको एक पुर्जा बन्न पुगेको छ । यो पुर्जा नचली कुनै पनि मुलुकको आर्थिक प्रणाली चल्न असम्भवप्राय छ।

    कोभिड–१९ महामारीले निम्त्याएको परिदृश्य
    बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस–२ को संक्रमणको विस्तारले पर्यटन उद्योगमा ठूलो धक्का लागेकोछ। सन् २०२० को शुरुवातबाट विश्वव्यापी लकडाउनको अवधिमा, संसारभरिका अधिकांश सिमाना, ठूला, साना शहरहरु, पर्यटक क्षेत्र, होटल रेष्टुरेण्ट, रेल सेवा पूर्णरुपमा बन्द छन् । छोटा र लामा दुरिका सबै हवाई जहाजहरु ह्याङ्गरमा छन्। यात्रुबाहक पानी जहाज (क्रुजसिप) हरु पोर्टमा छन् । रेल र बसहरु चलेका छैनन् । यसले पुरै यातायात जगत ठप्प भएको छ।

    संसारका ठूला हवाई कम्पनीहरु एक पछि अर्को गर्दै बैंक करप्टमा गइरहेका समाचार आईरहेका छन् । यातायात जगतले दिइरहेको सेवा बन्द हुँदा करोडौंको संख्यामा प्रत्यक्ष–अप्रत्यक्षमा रोजगारी गुमेको छ र सो ज्यामितीयरुपमा बढ्ने क्रममा छ।

    पर्यटन उद्योगले विश्वभरीमा प्रत्यक्ष रुपमा ७७ मिलियन जनसंख्या (विश्व जनसंख्याको ३ प्रतिशत) र अप्रत्यक्ष रुपमा ३३४ मिलियन (विश्व जनसंख्याको १०.३ प्रतिशत) लाई रोजगारी र १०.३ प्रतिशत कुलग्राहस्थ उत्पादनमा योगदान पुर्याएको छ। नेपालमा सन् २०१९ को आंकडा अनुसार कुलग्राहस्थ उत्पादनमा ७.९ प्रतिशत योगदान पुर्याएकोछ । हालका केही दशकमा यस क्षेत्रले नेपालका कुना कुनामा पर्यटकीय स्थलहरु खोज र विस्तार गर्दै आएको छ। तथापि भूकम्पले पर्यटकिय स्थलहरु विनास गरेका र भारतीय नाकाबन्दीका कारणले खुम्चिएको यो क्षेत्र पुनः कोभिड–१९ को महामारीका कारणले धराशायी बन्न पुगेको छ।

    आइटाले नै भन्दैंछ– अन्तर्राष्ट्यि उडानहरु सन् २०२३ भन्दा अघि यथास्थितिमा सुचारु हुने सम्भावना देखिएको छैन। त्यसमाथि आर्थिक मन्दी र आउन सक्ने भनिएका भाइरस संक्रमणका अन्य लहरहरुका कारण हुनसक्ने प्रतिवन्धका कारणले अन्तर्राष्ट्यि उडानहरुलाई सुचारु गराउन बाधा पार्नेछ। यसैगरी अन्तर्राष्ट्यि यात्रुहरुमा गरिएको एक बृहत सर्वेक्षणले ६९ प्रतिशत यात्रुहरु असुरक्षा र १४ दिने क्वारेन्टाइनका कारण यात्रा गर्न नरुचाउने तथ्य सार्वजनिक भएको छ।

    यसर्थ आइटाका निर्देशक तथा सिइयो अलेक्जेण्डर द जुनियाकले आर्थिक पुनरजीवनका लागि सहयोगी बनाउन हवाइ उडानको सामथ्र्यलाई सुरक्षित गर्नुपर्ने बताएका छन्। यसर्थ पर्यटन उद्योगले यात्रुहरुलाई यात्रा सुरक्षित र विना झञ्झट हुनेछ भन्ने विश्वास दिलाउनु जरुरी छ। यसैगरी सरकारलाई पर्यटन उद्योगले पर्यटकको मात्र यात्रा गराउँछ भाइरसको गराउँदैन भन्ने सुनिश्चितता दिनुु पर्छ।

    यस्तो सुनिश्चितता भाइरसको भ्याक्सिनले मात्र गर्न सक्छ। यसकारण पर्यटन उद्योगले सन् २०२३ सम्मका लागि भौतिक दुरी कायम हुने सुरक्षित पर्यटन क्षेत्रको किटान गरीे विश्वमा परिचय गराउनु पर्छ। यसका लागि नेपाल एक उदाहरणीय मुलुक हुनसक्नेछ । यसैगरी नेपालले गर्न लागेको दशवर्षे पर्यटन अभियानका लागि पर्यटन क्षेत्रको नयाँ स्थलको पहिचान तथा निर्माण र भूकम्पबाट विनास भएका सांस्कृतिक धरोहरका निर्माणमा लाग्नु पर्छ। यसका लागि कोभिड–१९ ले हामीलाई समय र अवशर दिएको छ।

    कोभिड–१९ पश्चात्का लागि पर्यटक तथा पर्यटन क्षेत्रको पहिचान
    कोभिड–१९ पश्चात् विश्व व्यवस्था र परम्पराहरुका आयामहरुमा फड्को आउने आकलन गरिदैंछ। यसरी नै पर्यटन सेवा व्यवस्था र प्रणालीमा आउन सक्नेछ । यसले यात्रुहरुको चाहना र स्वादमा परिवर्तन हुनेछन् र एडभेन्चरका क्षेत्रहरुमा परिवर्तन आउने छन्। महामारीले शहरीया जीवनका कहालीलाग्दा भोगाईले प्रकृतिका छटा र सौन्दर्यतातर्फ मानिसले आकर्षित गर्दैछ। खचाखच र व्यस्त जिन्दगीलाई कोभिड–१९ ले एक पटक अर्थहिन बनाइदिएको छ। यसले कोलाहल दुनियाबाट भागेर शान्त दुनियामा विचरण गर्न मानिसलाई घचघचाएको छ। विश्वको धनी दुनिया अब हाम्रा मुलुकका परिवेश र व्यवस्थाप्रति आकृष्ट भएका छन् र हुनेछन्।

    भागिरथ सापकोटा।

    मुलतः विश्वमा पर्यटन सेवामा व्यवसायीक, माईस, लिजर, धार्मिक, नेचर, लक्जरी, सेल्फ ड्राईभ-रोड टिप्स, एड्भान्चर, सपिङ्ग, हनिमुन, ग्रुप ट्राभल्स, मेघा ईभेन्ट, योगा, स्वास्थ्य मेडिटेसन, बर्ड–वाचिङ्ग र आध्यात्मिक क्षेत्रमा पर्यटन गर्ने आम प्रवृत्ति देखिन्छ। यसमा झण्डै ५० करोड विश्व बजारमा आउने गरे छन् भने हाम्रा छिमेकी मुलुक भारत र चिनबाट मात्र १५ करोड पर्यटक आउटवण्ड बजारमा आउने गरेका छन्।

    यस्तो प्रवृत्तिलाई मध्येनजर गरेर हामीले कोभिड–१९ पश्चात् बजारलाई आकर्षित गर्न हामीले तत्कालै तयारी थाल्नु पर्छ। हामीकहाँ भएका पर्यटकीय क्षेत्र भनेका ठूला–साना हिमालहरु, पर्यटकीय ताल, मठमन्दीर, प्राकृतिक सम्पदा, अल्पसंख्यक जातजाती, तिनका रितिरिवाज, बस्ने मुख्य स्थानहरु कृषि, औद्योगिक फर्म, विश्व सम्पदा सुचिमा सुचिकृत क्षेत्र, बर्ड–वाचिङ्ग क्षेत्र, पर्यटकीय धार्मिक स्थानहरु हुन् । यी अधिकांशमा भाइरसको संचार ब्रेक हुने दुरिमा सुचारु गर्न सकिन्छन्। नेपालको पर्यटन सेवाको मौलिकता यही हो । जुन कोभिड–१९ पश्चात् अति नै उपयुक्त हुनेछन्।

    यी हाम्रा मौलिकतालाई विश्वका सामू पस्कन आवश्यक भौतिक संरचनाको निर्माण, पर्यटकीय क्षेत्रको ऐन विधेयकमा सुधार तथा सुदृढीकरण, बजारीकरण तरिकाहरु, निजिक्षेत्र तथा समुदायलाई पूर्णरुपमा प्रशिक्षित गरिहाल्नु पर्छ। यसो गर्न सकिए बिश्वको पर्यटन बजारबाट विरक्तिएको पर्यटकहरुलाई हामी तिर आकर्षित गर्न सकिन्छ। यस महामारीबाट सिर्जित चुनौतीलाई अवसरको रुपमा प्रयोग गरिन सकिन्छ।

    चुनौति सामना गर्दा हाता लाग्ने अवसरः
    हामीले पर्यटन उद्योगको पुनरजिवित गर्ने क्रममा नै हालको विश्वको लकडाउनको समयको फूर्सदमा अवसर छोप्नु पर्छ । यसैवीच हाम्रा नीति, ऐन, विधेयकमा परिमार्जन र भौतिक संरचनाहरु निर्माण गर्नुका साथै पर्यटकको प्रकृति र सम्पूर्ण क्षेत्रको पहिचान सहितको विस्तृत योजना बनाउनु पर्दछ।

    पर्यटन उद्योगको पर्यटन क्षेत्रमा अपनाईने नीति, नियम एकै खालका हुँदा सबै क्षेत्रलाई फाईदा नपुग्न सक्दछ र अपेक्षाकृत परिवर्तन नहुन सक्दछ । यसबारे विचरण गरिनु पर्छ।

    अहिले संसारका शक्ति राष्ट्रको बिचमा कोरोना राजनीति सतहमा आउनथालेको छ । यसको प्रभाव हाम्रा दुई छिमेकी राष्ट्रहरुबाट निस्कने लगभग १५ करोड पर्यटक, होटल तथा हवाई क्षेत्रमा परेको गहिरो चोट परेको छ। आर्थिक मन्दी, मुल्यबृद्धि, मध्यम वर्गमा आउने आर्थिक मन्दीले स्वेछिक यात्राहरुमा अत्यन्त कमी आउनेछ। यात्रुहरुमा लागत–क्षति तौलने प्रवृत्ति देखिने छ। यसमा स्वास्थ्य तथा सुरक्षामा पर्यटकले देखाउन सक्ने चासो प्रमुख क्षति हुनेछ । यस्तो क्षति कृतिम रुपमा बनाईएका पर्यटकीय क्षेत्र र तिनमा हुने भिडभाड र त्यसले पर्यटकको स्वास्थ्यमा पर्न सक्ने जोखिमको कारणले हुनेछ।

    तर हाम्रो मुलुकको पर्यटन सेवाको मेनुमा भाइरसको संचार ब्रेक भइहाल्ने पर्यटनस्थलहरु मात्र बढी देखिन्छन्। पहाड, हिमाल, तालतलैया र सास्कृतिक धरोहरका परिवेश हेर्नासाथ स्वास्थ्यमा पर्न सक्ने जोखिमका संकेतहरु देखिदैनन्।यसकारण हाम्रो जस्तो प्राकतिक सम्पदाले भरिपूर्ण र प्राकृतिक रुपमा निर्मित पर्यटकीय क्षेत्रमा पर्यटकको आकर्षण बढ्न जानेछ। यसलाई हामीले अवसरको रुपमा प्रयोग गर्न, यस क्षेत्रलाई प्राथमिकताको आधारमा चरणबद्ध (फेज वाईज) योजनाहरु तुरुन्त अगाडी बढाउन आवस्यक छ।

    माग पुर्तिको ग्राफ:
    एकातिर प्रतिवर्ष झण्डै ४० प्रतिशत होटलका कोठाहरु प्रयोगमा आउन नसकी खेर गएका छन। अर्काे तर्फे ठूला, मझौला र साना होटलहरु नियमितरुपमा थपिएका छन्। राज्य यसको आधिकारीक निकाय नेपाल पर्यटन बोर्ड, पर्यटन बिभागको मागको ग्राफलाई बढाउने प्रष्ट योजना देखिदैन। यस्तो एकोहोरो सप्लाई ग्राफको बृद्धिले अस्वस्थ प्रतिस्पर्धा बढ्न गई पर्यटन सेवाको समग्र गुणस्तरमा कमि भई दिर्घकालिन रुपमा यस उद्योगलाई कमजोर बनाउछ। यस अवस्थामा राज्यले मुल्य तथा सर्भिस गुणस्तरमा स्पष्ट नीति ल्याउन पर्दछ।

    राज्यले ठूला खालका भौतिक संरचना अन्तर्राष्ट्रिय विमानस्थल तथा ठूला पर्यटकीय मेघाहलहरु, पर्यटकीय स्थलको सुदृढीकरण र सरल पारवहन सुविधामा गरीने लगानीले दिर्घकालिन रुपमा मागको ग्राफलाई बढाईदिन्छ।

    फेरिएको जिम्मेवारी:
    केहि महिना अगाडी हामीले पर्यटन वर्ष २०२० मा जुटिरहेको समयमा पर्यटकले प्रयोग गर्ने बिभिन्न क्षेत्रहरुमा सरसफाई गर्नु पर्दछ भनेर अभियान शुरु गर्दै थियौं। अप्रत्यासित रुपमा आएको (कोभिड–१९ महामारीले हाम्रो जिम्मेवारीलाई फेरी दिएको छ। यसले भौतिक दुरी हुने गरी आवागमन, आवास प्रवन्ध र भोजन तथा स्वास्थ्यसुविधाको प्रबन्ध गर्ने सेवा स्थापित गर्नुपर्छ।

    यसले यातायात परिवहनमा दुरी र रेष्टुरेन्टभित्रमा दुरी र संक्रमणमुक्त भान्सा तथा त्यहाँ सेवारत रोजगारहरुको सुनिश्चित हुनु पर्छ। मास्क र सेवा केन्द्रको स्तर अनुसार स्यानीटाइजर वा सावुनपानीले हातमुख सरसफाइको व्यवस्था हुनु पर्छ। यसले सेवा शुल्कमा बृद्धि गर्दछ।

    त्यसमाथि संक्रमणलाई न्युनिकरण गर्न वातावरणीय सरसफाई मात्र हैन किटनासकसहितको सरसफाई (क्लिनिकली क्लिन) को माग बढ्दछ। यसो भएमा पर्यटकको चिन्तालाई दुर गरी आत्मविश्वास बढाउन सकिन्छ। यस कार्यको लागि प्रयोग हुने किटनासक औषधि तथा औजारमा हुने खर्चले पर्यटकको खर्चमा बृद्धि गरिदिन्छ। यसको लागि यस्मा प्रयोग हुने औषधि तथा औजारमा कम्तीमा २ वर्षको लागि संस्थाहरुको आवस्यकताको मापदण्डमा लाग्ने कर छुटको व्यवस्था राज्यले गरिदिन पर्दछ।

    साथै राज्यले यस समयमा निजि तथा सरकारी अस्पतालहरुलाई पर्यटनमैत्री वातावरण निर्माण गर्न सहजिकरण गरिदिनु पर्दछ। जस्ले पर्यटनलाई कुनै पनि स्वास्थ्य समस्या आउँदा तुरुन्त सरल र उचित खर्चमा उपचार हुन्छ भन्ने कुरामा विश्वास र आत्माबल बढ्नेछ र आम्रो देश पर्यटकको रोजाईमा पर्दछ।

    पर्यटन नीति तथा प्रविधि सुधार – पर्यटनको विकासः
    पर्यटन सेवाका लागि समर्पित ऐन, नियम, नीतिहरु पर्यटनमैत्री नै छन्। यसको नियमित अनुगमन र कार्यन्वयनमा अप्रभावकारी हुने कैयन अवस्थाहरु विद्यमान छन्। हाम्रो छिमेकी मुलुक भारतमा भएको साना प्रयासहरु, भिसाको अनुमतिलाई ईलेक्ट्रोनिक प्रबिधिमा (ई–भिसा) मा लैजादा पर्यटन आगमनमा डबल बृद्धि भएको देखिन्छ भने सिङ्गापुरले कर फिर्ता (टेक्स रिफण्ड) नीति, अडियो गाईड एप्स सुबिधा उपलब्ध गराउँदा पर्याप्त मात्रामा पर्यटकको आगमन संख्या बढेको देखिन्छ।

    हामीले पनि अध्यागमन कष्टममा सुधार, भिसा प्रणालीलाई ईलेक्ट्रोनिक माध्यममा रुपान्तरण, व्यवसायीले पर्यटन क्षेत्रको फरक बिधा तथा पर्यटन बिकास सम्बन्धी अनुसन्धानमा गरिन लगानी, बजार प्रबर्धन, आधुनिक प्रबिधि प्रयोग गर्दा दिईने सुविधा, हवाई क्षेत्र जस्ता निकै खर्चिला र कम सुरक्षित र दुर्गम क्षेत्रमा गरिने लगानी, अल्पसंख्यक जनजातीलाई केन्द्रीत गरी बनाईएका पर्यटन प्याकेजका, आन्तरीक पर्यटन प्रबर्धन जस्ता बिषयहरुमा स्पष्ट रुपमा राज्य स्थानीय तथा प्रादेशिक सरकारका नीति तथा ऐनहरु ल्याउन आवस्यक हुन्छ। यसले माग (डिमाण्ड) को ग्राफलाई माथि लान सक्छ।

    पर्यटन क्षेत्रको दिगो विकास:
    कुनै पनि देशको बिकासलाई त्यस देशमा प्राप्त रोजगारीको प्रतिशतबाट हेरिन्छ। कुनै क्षेत्र, पेशा, व्यवसायको दिगो बिकासको कुरा गर्दा त्यसमा संलग्न व्यवसायी, कर्मचारी र कामदारको संरक्षण र तिनिहरुमा प्राप्त खुसीलाई पनि मापदण्डको एउटा आधार मान्न सकिन्छ। पर्यटन क्षेत्रको दिगो बिकासलाई मुलतः ३ भागमा बांडेर हेर्न सकिन्छ।

    क) पर्यटन व्यवसाय र त्यसमा संलग्न व्यवसायी, कर्मचारी एवं कामदारको संरक्षण
    मुलतः हामीकहा ट्राभल एवं ट्रेकिङ्ग व्यवसायलाई शुरुवात देखिनै बिदेशी लगानीलाई बन्देज लगाएर संरक्षित क्षेत्रको रुपमा बिकास गरिएको क्षेत्र हो। यस क्षेत्रमा काम गर्न साना, मझौला र ठूला गरी ३ खालका व्यवसायी छन्। अहिले यिनिहरुको संरक्षण गर्न केहि नीतिगत सुधारहरुको आवस्यकता छ।

    प्रथमतः हामीकहाँ आएका पर्यटकको सुरक्षाको जिम्मेवारी राज्य र निजि क्षेत्रको हो। यसको लागि पर्यटकको निजि क्षेत्रको पहुँचबाट टाढा राख्ने खालका नीतिहरुमा परिवर्तन गरी सबै खालका पर्यटकको आगमन र आगमन पस्चात यहां गरिने ट्राभल तथा ट्रेकिङ्ग र अन्य पर्यटकीय गतिबिधिमा निजि क्षेत्रको पहुं भित्र ल्याई निजि क्षेत्रलाई जिम्मेवार बनाउने खालको बनाउनु पर्दछ।

    हाम्रा व्यवसाय तथा निजि क्षेत्रको बिकाससंग राष्ट्रको बिकास हुन्छ भन्ने कुरामा फरकमत नहुन सक्छ । पर्यटन क्षेत्रमा रहेको आन्तरिक व्यवसायीको विकासको लागि बिदेशबाट, कर नतिरी प्रत्यक्ष रुपमा सञ्चालन गरिने सवारी साधन तथा ट्राभल प्याकेजहरुलाई पनि करको दायरा भित्र ल्याउने नीति अवलम्बन गर्नुपर्दछ।

    यस क्षेत्रको दिगो बिकास गर्न पर्यटन व्यवसायी अहिले भन्दा एक श्रेणी माथि उठी क्षेत्रीय पर्यटन प्याकेजको अवधारणालाई पनि बोकेर भारत, चीनको स्वायत्त प्रदेश तिब्बत तथा भुटान जस्ता क्षेत्रमा गरिएको क्षेत्रीय प्याकेजहरुमा सहभागिताको मात्रा बढाउन आवस्यकता देखिन्छ।

    ख) नीति तथा कार्यक्रममा सुधार:
    कृषि तथा वन मन्त्रालयसंगको समन्वय र सहकार्यले कृषि पर्यटन तथा हामीसंग भएको वनको सहि उपयोग गर्न त्यस भित्र पर्यटन गतिबिधिलाई बढाउने खालको नीति तथा कार्यक्रम ल्याउन पर्दछ।

    ग) भौतिक संरचना निर्माण तथा सुधारः
    पर्यटन क्षेत्रको दिगो बिकास गर्न भौतिक संरचनालाई निर्माण र बनेका संरचनालाई पुन:निर्माणको कार्य अगाडी बढाउन आवस्यक छ।

    अहिले सम्म कुनै पनि पर्यटन व्यवसायी तथा यस सम्बन्धी अध्ययन गर्न खोज्ने ब्यक्तिको लागि सम्पूर्ण पुस्तकहरु पाईने एउटा पनि छुट्टै पुस्तकालयको व्यवस्था छैन। यस्तो खालको पुस्तकालयको निर्माणले यस क्षेत्र प्रतिको आम नागरिकको आकर्षण बढ्दछ।

    अहिले हामी कहाँ भएको विश्व सम्पदा सुचिमा संरक्षित तथा अन्य पर्यटकीयहरुमा छिटो भन्दा छिटो पुनरनिर्माण गरिसक्नु पर्छ। यसका साथै ठूला खालका मेघाहल, बिभिन्न खालका खेलहरु, स्टेडियम र मेघा पार्कहरु डिजनिलेण्डहरुको निर्माण र मनोरञ्जनात्मक गतिबिधि गरिने खालका भौतिक संरचनाहरुको निर्माण गर्नु पर्छ। तर यी संक्रमण गराउने सूक्ष्मजीवको संचारलाई ब्रेक हुनेगरी फराकिला हुनु पर्छ। यसो भएमा अहिलेको बदलिएको सन्दर्भमा पर्यटन सप्लाई ग्राफलाई बढाउंदै पर्यटन क्षेत्रको दिगो बिकासमा सहगोग गर्दछ।

    अहिले हामी कोभिड–१९ को कारण र त्यसले निम्त्याएको आर्थिक महामारीले पर्यटन क्षेत्रले व्यहोर्नु पर्ने क्षति र दिर्घकालिन असरले निराश र संत्रासमा छौं। तर वास्तवमा कोरोना भाईरस (कोभिड–१९) पछाडी पर्यटन नयाँ यूगमा प्रवेश गर्नेछ। यसले नेपाललाई निकै ठूलो र राम्रो सम्भावनाको ढोका पनि खोल्दैछ । यसबाट निराश नभई भविष्यमा हामीले गर्नुपर्ने स्वास्थ्य, व्यक्तिगत तथा वातावरणीय सरसफाइ र सर्भिस, अतिथि सत्कारमा संसारकै उत्कृष्ट देशको रुपमा स्थापित गर्न सकिने मौका आएको छ। यसर्थ हामीले यस कुरालाई दृष्टि गरी दिशा पक्री र संकल्प गरौं, नेपालमा कोभिड– १९ पश्चात पर्यटन क्षेत्रको भविष्य छ। हाम्रा अग्रजले उद्यमशीलता र ईमान्दारिताका साथ नेपालमा अनुपम ब्राण्ड स्थापित गरेका छन्। अव पर्यटन क्षेत्रका नयाँ पुस्ताको नम्रता र विनयमा अतिथी देवो भवः झल्कनु पर्नेछ । हृदयमा सेवाभावसहितको उद्यमले नै संसारकै नेपाली उत्कृष्ट नागरिक र नेपाल पर्यटनको नमुना देशका रुपमा विख्यात हुनेछन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      भागिरथ सापकोटा

      भागिरथ सापकोटा

      सापकोटा पर्यटन व्यवसायी तथा नेपाल राष्ट्रिय उद्योग–व्यवसाय महासंघको कार्यालय संयोजक हुन् ।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.