Date
बुध, असार २५, २०८२
Wed, July 9, 2025
Wednesday, July 9, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्रविणको अकथ्य हाम्रा वरपरका कथ्यहरु

झलक सुवेदी झलक सुवेदी
जेष्ठ २९, २०८१
- पुस्तक, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रविण खतिवडा सुनेर बिर्सदै गएको या बिर्संदै गरेर फेरि सम्झनुपर्ने नाम हो मेरा लागि। आजकल एकाधपटक सुनेका नाम या भेटेका अनुहार बिर्सन मलाई सहजै हुन्छ। कहिले कहिले त अनुहार झलझली सम्झेर नाम नसम्झने पनि हुन्छ । प्रविण खतिवडालाई मार्क्स फर्किए नाटकको नेपाली रुपान्तरणमाथि भएको छलफलको क्रममा भएका कुराका आधारमा सम्झन्छु । नाटक पनि हेरेको थिएँ । त्यस अघि पनि कुनै नाटकमा हेरेको हुनुपर्छ। केही दिन अघि “मनसरा” सिनेमा हेर्न जाँदा पनि उनलाई भेटेको थिए। मनसरामा उनको तारिफयोग्य अभिनय हेरेको थिए। त्यो सिनेमामाथि तत्काल कुनै प्रतिक्रिया समिक्षा लेखिएन। मलाई यी खतिवडा थिएटरमा चुर्लुम्मै डुबेका कलाकार जस्तो मात्र लाग्थ्यो। रैछन् त कथाकार पनि। अलिपछि उनको कथासंग्रह हात लाग्यो ।

    यिनको पारिवारिक पृष्ठभूमि पनि अलिअलि जानकारीमा छ। कथामा उनको परिवारको पृष्ठभूमिबाट टिपिएका पात्र र उपकथाहरु पनि छन्। खासगरी वामपन्थी राजनीति, चुनाव, भूमिगत, जेल, मदन भण्डारी, आदि सन्दर्भमा ती मिसिएर आउँछन्।

    म समयभन्दा अघि नै बासी हुन थालेछु कि जस्तो लाग्छ। पछिल्लो समय कथासंग्रह पढेर सम्झेकोमा तिर्थ गुरुङ र श्याम शाहको होला। यी दुवै अब्बल कथा लेख्छन्। अरु कति नयाँनयाँ अनुहारहरु कथा, कविता, निवन्ध लेखेर हुर्केका होलान्। उपन्यासमा पनि सबै पढ्न सकिन्न। पढ्छु भन्दाभन्दै को कहिले कता छुटिसक्छ। अनि धेरै पुरानो भएपछि चर्चाबाट हराउँछ।

    केही महिना पहिले चन्द्रप्रकाश बानियाको उपन्यास “महारानी” पढें। एकदुइपटक समिक्षा लेख्नुपर्‍यो भनेर प्रयास पनि गरेको हो (यहाँ हामीले लेख्ने अखबारी समिक्षा भनेको जसोतसो रचनाको परिचयसम्म हो, समीक्षक त म हुँदै होइन)। महारानी वास्तवमा नेपालको राजनीतिक इतिहास, समाज र खस पर्वते भाषाको विकास, विभिन्न जाति जनजातिका अन्तर्घुलन र सम्बन्धहरुको बारेमा बुझ्न सान्दर्भिक छ । यो पर्वते मल्ल राजा र हुन नसकेकी रानीको कथा हो। गजवको छ।

    यता प्रविणको कथासंग्रह “अकथ्य” पनि लेखकप्रतिको आकर्षण या नपढी नहुने भनेर पढ्न थालेको चैं होइन। बजारमा आयो, चर्चा भयो, पढिहालौं न त भनेर घर अफिसको ओहोरदोहोरका क्रममा बसमा पढेको हो। अहिले पनि त्यो झोलामै होला ।

    तर कथा पढ्न थालेपछि त्यसले तान्दै लग्यो।

    सम्धी, बाँकी बिद्रोह, पुनर्जन्म, विचारको अन्त्य, प्रयोगशालाको बन्दी, न्याय हराएको, जिजीविषा, एन एक्टर्स स्टुडियो र सारा बन्धन तोडी गरि जम्मा नौवटा कथा समेटिएको यस संग्रहभित्र १६१ पेजमा कथा समेटिएका छन्। अलि बढी फुर्सद भए एक बसाइमा नभए दुई बसाइमा यी कथा पढेर सकिन्छ । तपाईं फिक्सन पढ्न रुची राख्नुहुन्छ भने यी कथा पढ्न बसेपछि छाडेर उठ्न मुस्किलै हुन्छ।

    कथाको ल्याण्डस्केप उनले अभिनय सिकेको र खेलेको नाटक घर (यो सुनिल पोख्रेलहरुले स्थापित गरेको पुरानो बानेश्वर चोक भन्दा अलिकति पश्चिमतिर रहेको गुरुकुल नाटकघरको डाँडो सम्झाउँछ) र पूर्वी तराइको सुनसरी मोरङको छ। कथाको पृष्ठभूमि भाषा, स्थाननामको चरित्र, पात्रहरुका सम्वाद समेत हेर्दा यसले प्रविण आफु हुर्केको ठाउँको बिम्व उत्रेको देखिन्छ। यसैगरि यसले पश्चिम तराईको थारुहरुको चित्रण पनि सहजसँग गरेको छ। पहाडे जमिन्दार र प्रशासकहरुले थारु र तिनका महिलाहरुमाथि गरेको शोषणको कथा भन्छ।

    उनका कथामा सिमान्त वर्ग, महिला, हत्या र बलात्कारमा पारिएका किशोरीहरु छन्। नेपालीहरुको राजनीतिमा नसामा परेको व्यक्ति आफ्नो चुनाव जित्न कसरी आफ्नै छोरोको हत्यासम्म गर्न पुग्छ भन्ने सन्दर्भहरु छन्। विचारको अन्त्य कथाले राजनीतिको क्रुरताको सन्दर्भ भन्छ। पूनर्जन्म, सारा बन्धन तोडी, एन एक्टर्स प्रिपरेशन, न्याय हराएको जस्ता कथामा महिलामाथि हिँसाका समाजमा घटिरहने घटनालाई विम्व बनाएर उनले पुरुष, सत्ता र महिलाहरुमाथिको शोषणका अनेक पाटा भन्छन्। उनको कथामा पाईने अर्को सन्दर्भ सिमान्तवर्गमाथिको शोषण र जाती व्यवस्थाको मारमा परिरहेकाहरुको कथा पनि हो। बाँकी विद्रोह, सारा बन्धन तोडी कथामा यी विषयलाई उठाइएको छ।

    म्याजिकल रियालीजमको प्रयोग पनि उनले रमाइलोसँग गरेका छन्। प्रयोगशालाको बन्दी उनको साइन्स फिक्सन हो। यसमा उनले कल्पनाशिलताको भरपूर प्रयोग गरेका छन्। कथा रमाइलो छ र मार्मिक पनि। एन एक्टर्स स्टुडियोमा पनि उनले भूतप्रेत, मेथडका नाममा कलाकारले पात्रसँग एकाकार हुने प्रक्रियागत अभ्यास र अभिनय जस्ता माध्यमबाट उनले जादुइ वास्तविकतालाई प्रयोग गरेका छन्।

    उनका कथामा पाइने अर्को पाटो राजनीतिमा वामपन्थी चरित्र र त्यसका प्रवृत्तिहरुको चर्चा पनि हो। यस्तो लाग्छ उनको गाउँमा वरपर लामो समय भूमिगत भएका मदन भण्डारी, पहिलेका एमालेबाट गाविस अध्यक्ष र पछि साँसद बनेका घनश्याम खतिवडाको छाप यसमा यत्रतत्र देखिन्छ।

    उनको कथाको अर्को विशेषता भनेको नेपाली समाजका भित्रि तहमा पसेर साधारण मानिसहरुका दुःखसुख केलाउनु हो। जिजिविषा कथा र पूनर्जन्म कथाका महिला पात्रहरुको दुःख समाजको पिँधमा परेकाहरुको कथा हो। उनको कथामा अन्तरजातीय विवाहका प्रसंग छन्। थारु महिलाहरु यत्रतत्र आउँछन्।

    धेरै कथामा उनले मृत्युलाई सामेल गराएका छन्। कतै हत्या गरिएका घटना छन् कतै मुलचरित्रले आत्महत्या गरेर कथा अन्त्य भएका छन्। किन उनी मृत्युप्रति त्यति आकर्षित भए? दशवर्षे जनयुद्ध, भुकम्प, कोरोना र समाजमा भइरहने हत्याका घटनाले उनलाई प्रभावित गरिरहेको पो हो कि भनेर अनुमान लगाउनुपर्ने हुन्छ।

    उनको कथामा नेपाली समाज, यसमा आउँदै गरेका परिवर्तन, पारिवारिक सामाजिक सम्बन्धका जटिलता केलाइएका छन्।

    जे होस् कथा अकथ्य मार्फत प्रविणले आफुलाई प्रभावशाली कथाकारका रुपमा उभ्याएका छन्। उनलाई बधाइ।

    कृतिः अकथ्य
    लेखकः प्रविण खतिवडा
    प्रकाशकः परिचय पब्लीकेशन
    मुल्यः ३५०

     

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      झलक सुवेदी

      झलक सुवेदी

      सुवेदी नेपाल रिडर्सका सम्पादक हुन्।

      Related Posts

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.