Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Thursday, December 11, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सर्वोच्चले के निर्णय गर्छ भनेर हामी कुरेर बस्दैनौं : आरती लामा

आरती लामा आरती लामा
माघ २३, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपालको इतिहासमा हरेक व्यवस्था परिवर्तनका लागि भएका आन्दोलनहरुमा युवा तथा विद्यार्थीहरुले मुख्य भूमिका निर्वाह गरेका छन् । राणा शासनको विरोधदेखि २०६२/६३ सालको जनआन्दोलनसम्म युवा तथा विद्यार्थीहरुको भूमिकाको इतिहास साक्षी छ । हामी सँधै सरकारको प्रतिपक्षमा र जनता तथा राष्ट्रको पक्षमा निरन्तर सडक आन्दोलनमा छौँ र निरन्तर जागरण पैदा गरिरहेका छौँ ।

    कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जुन ढंगले असंवैधानिक बाटो अपनाएर प्रतिनिधि सभा विघटन गर्नुभयो, यसबाट हिजो हामीले रगत र पसिनासँग साटेर ल्याएको संविधानमाथि प्रहार भएको छ । त्यसैले हामी विद्यार्थीहरु, जो आलोचनात्मक चेत बोक्छौँ र राष्ट्रका लागि सदैव सडकमा उत्रिन्छौँ, हामी हाम्रो यो गर्विलो इतिहास र चरित्रलाई मर्न दिँदैनौँ । हामी यो प्रतिगमनको साक्षी र मतियार होइन, त्यसकारण प्रतिगमनविरुद्ध उत्रिन्छौँ ।

    ‘प्रहरीसँग पौँठेजोरी खेल्ने रहर होइन’

    हामीले गरीरहेको आन्दोलन कहाँबाट र कसरी भयो भन्ने कुरा महत्वपूर्ण होइन । हाम्रो आन्दोलनको मुद्दा महत्वपूर्ण हो । यो आन्दोलन हाम्रो लागि मात्रै होइन । देश, जनता र देशलाई स्थिरतातिर लगेर समृद्ध नेपाल निर्माण गर्नका लागि हो । यसमा हामी सबै नेपालीहरु लाग्नुपर्छ ।

    यो हाम्रो अन्तिम लडाईं हुनुपर्छ । लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुद बनाउनका लागि र हामीले ल्याएको संविधानलाई अझ बलियो बनाएर यस अन्तरगत चल्ने प्रणाली विकास गर्नका लागि निरन्तर आन्दोलन जरुरी छ । त्यसकारण विद्यार्थीले मात्रै होइन, सम्पूर्ण जनता आन्दोलनलाई समर्थन गर्दै सडकमा ओर्लिनुपर्छ भनेर म यहीँबाट अनुरोध गर्न चाहन्छु ।

    प्रधानमन्त्री ओलीको प्रतिगमनविरुद्ध हामीले बालुवाटार केन्द्रित आन्दोलन गरिकसकेका छौँ । सोमबार संसद भवन अगाडि निषेधित क्षेत्र तोडेर पनि आन्दोलन ग¥यौँ । त्यहाँ हाम्रो प्रहरीसँग झडप भयो र केही साथीहरु घाइते पनि हुनुभयो । प्रहरीसँग पौँठेजोरी खेल्ने हाम्रो रहर होइन । हाम्रो बाध्यता हो । प्रहरी हाम्रो साथी भनेर हामीले नारा लगाउँदै गर्दा, प्रहरीले जुन हस्तक्षेप र दमन गर्‍यो, हामी त्यसविरुद्ध ओर्लिरहेका छौँ । प्रहरीलाई पनि अनुरोध गर्न चाहन्छौँ कि हिजो ०६२/६३ को आन्दोलन त्यत्तिकै सफल भएको होइन ।

    सबै तह तप्काका जनता र कर्मचारीहरुले सहयोग गरेका कारण २ सय ४० वर्ष पुरानो राजतन्त्र फाल्न सफल भएका हौँ ।
    मुलुकलाई अहिले अँध्यारो र अस्थिरतातिर लगिँदैछ । त्यसकारणले पनि सबैखालको तह र तप्काका जनताहरु अहिलेको कू विरुद्ध उठ्नुपर्छ । प्रहरी हाम्रो दुश्मन होइन, प्रहरी हाम्रो साथी नै हो भनेर बुझ्छौँ । हाम्रो आन्दोलन प्रहरीविरुद्ध होइन कि कामचालाउ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको कू विरुद्ध हो ।

    ‘हामी सदैव सरकारको प्रतिपक्षमा छौँ’

    सुखको बाटो रोज्नका लागि केही दुःख गर्नुपर्छ । हिजो हाम्रा बुवा र हजुरबुवा पुस्ताले यही व्यवस्था परिवर्तन गर्न निरन्तर आन्दोलन गर्नुभयो । आज हामीपनि लडिरहेका छौँ । १६ वर्ष अघिको आन्दोलनमा ‘राजतन्त्र मुर्दावाद’ भनेर राजतन्त्रलाई उखेल्दै गर्दा र ज्ञानेन्द्र शाहलाई नागार्जुन पु¥याउँदा हामीलाई लागेको थियो, फेरि पनि शिरमा कफन बाँध्नु पर्दैन । फेरि पनि हामीले मुर्दावाद र जिन्दावादको नारा लगाएर सडकमा जानुपर्दैन भन्ने अपेक्षा थियो । तर विडम्बना भन्नुपर्छ, हामीले नै बनाएको प्रधानमन्त्रीले जनताको संविधानमाथि प्रहार गरेका छन् । यसलाई हामीले सामान्यरुपमा बुझ्नु हुँदैन । यो आन्दोलन हामीले निरन्तर उठाउनु जरुरी छ । यो आन्दोलनले यस्ता प्रवृत्ति र दुस्साहसलाई परास्त गर्न जरुरी छ ।

    हामी कुनै नेताबाट उचािलएको वा कसैको निर्देशनमा अगाडि बढेको भन्ने कुरालाई म किमार्थ स्वीकार गर्दिन । इतिहासमा हेर्नुहुन्छ भने हामी हाम्रै सरकार र उसका कतिपय निर्णयविरुद्ध सडकमा उभिरह्यौँ र सडक आन्दोलनबाट सरकारलाई घुँडा टेकाउने काम पनि ग¥यौँ । हामी सरकारको पक्षमा होइन र सदैव सरकारको प्रतिपक्षमा रहेर ‘राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो’ भनेर आलोचनात्मक चेत राख्ने विद्यार्थी हौँ । त्यसकारण सडकमा हामी छौँ ।

    हामीमध्ये पनि केही साथीहरु छन्, जो संगठनको मूल चरित्रलाई भुलेर अहिले प्रतिगमनको मतियार बनिरहनुभएको छ । जसरी ऐन महर विद्यार्थीको हकहितमा बोल्नुपर्ने मूल उद्देश्यलाई लतार्दै अहिले केपी ओलीको प्रवक्ता र रक्षाकवचका रुपमा मात्रै उभिएका छन् । त्यसकारण उनले आफूलाई विद्यार्थी नेता भनेर जसरी परिचय दिइरहेका छन्, त्यो गलत छ । किनभने ऐन महरहरुले आफ्नो चरित्र र मूल उद्देश्य भुलेर प्रतिगमनको मतियार बन्ने बाटो रोजेका छने । हामी उनीहरुलाई विद्यार्थी नेता मान्दैनौँ । त्यसकारण, रञ्जित तामाङले नेतृत्व गरेको संगठनमा आवद्ध भएर हामी निरन्तर सडकमा छौँ र प्रतिगमनलाई मुर्दावाद भनिरहेका छौँ । त्यसकारण हामी सच्चा अनेरास्ववियु हौँ ।

    ‘फैसला कुरेर बस्दैनौँ’

    अदालतलाई प्रभाव पार्नेगरी वा अदालतमाथि शंका व्यक्त गर्नेगरी हामीले यो आन्दोलन गरेको होइन । ओलीले पुष ५ मा गरेको कू विरुद्ध अहिले केपी ओली र उसका केही समूह बाहेक सबै शक्ति र दलहरु लागेका छन् । विचाराधिन मुद्दामा बोल्नुहुन्न भन्ने कुरा हामी मान्दैनौँ । तर त्यसको यसको अर्थ हामीले अदालतप्रति अविश्वास गरेको होइन । अदालतप्रति हाम्रो सम्मान छ । संविधान मै नभएको व्यवस्थामा टेकेर केपी ओलीले गरेको कू लाई समान्य नागरिकले पनि गलत भनेर बुझिरहेको अवस्थामा सर्वोच्च अदालतले हामीले सोचेको भन्दा फरक निर्णय गर्छ भन्ने लाग्दैन । यसको अर्थ सर्वोच्चले के निर्णय गर्छ भनेर हामी कुरेर बस्ने होइन ।

    ‘बा’ प्रवृत्तिको विरोध

    हाम्रो उद्देश्य जनताको बीचमा ओलीको गलत कामका बिषयमा जागरण पैदा गर्नुपर्छ र दबाब दिनुपर्छ भन्ने हो । हाम्रो चरित्र पनि यही भएकाले हामी निरन्तर आन्दोलनमा छौँ । म फेरि पनि भन्छु, हामी विद्यार्थीहरुमा आलोचनात्मक चेत छ र अहिले प्रतिगमनविरुद्ध सडकमा छौँ । यदि यो अलोचनात्मक चेत नभएको भए आज हामी केपी ओलीको पछि हुन्थ्यौँ ।

    त्यसकारण हामी व्यक्ति होइन, विधिलाई स्थापित गर्न लागिरहेका छौँ । नेतालाई होइन, नीतिलाई स्थापित गर्न लागिरहेका छौँ । हामी ‘बा’ प्रवृत्तिको विरुद्धमा छौँ । संगठन ठूलो कुरा हो, व्यक्ति होइन, भन्ने मूल्य र मान्यतालाई समातेर अघि बढिरहेका छौँ । त्यसकारण प्रधानमन्त्री प्रचण्ड वा माधव को बन्ने भन्ने विषय हाम्रो सरोकारको विषय होइन । मुद्दा प्रमुख हो ।

    हामी मुद्दा र एजेण्डामा रहेर अघि बढिरहेको छौँ । यसकारण प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बनाउनका लागि हामी यो आन्दोलनमा आएको आरोपलाई म अस्वीकार गर्छु । त्यसकारण संविधानप्रतिको आस्था र जनताले जुन ढंगले विश्वास गरेर दुई तिहाईको मत दिएर पठाएका थिए, त्यो विश्वास कायम राख्नका लागि हामी यो अन्दोलनमा छौँ ।

    ‘पुरुष प्रहरीसँग जुध्नुपरेको छ’

    २०६२÷६३ मा कमरेड रामकुमारी झाँक्री लगायतले महिलाहरुले पनि आन्दोलनको नेतृत्व गर्न सक्छन् भन्ने कुराको उदाहरण प्रस्तुत गरिसक्नुभएको छ । धेरै महिला योद्धाहरु हुनुहुन्छ, जसले जनयुद्धमा पनि बच्चा बोकेर कमाण्डरको भूमिकामा युद्ध लडे । तर १६ वर्षअघि महिलालाई हेर्ने दृष्टिकोण जस्तो थियो, त्यो अझै परिवर्तन भएको छैन । अहिले पनि महिलाले आन्दोलनको नेतृत्व गर्न सक्दैनन् कि भनेर शंका व्यक्त गरिन्छ ।

    आन्दोलनको नेतृत्व महिलाले गरिरँहदा ‘पोथी’ बासेको र अराजक बनेको आरोप लगाइन्छ । सिट्ठी बजाउने आन्दोलनमा ‘महिलाले सिट्ठी बजाउन सक्दैनन्’ भन्ने खालका कुरा पनि आए । समाजिक सञ्जालमा सचेत र जिम्मेवार युवाहरुबाटै यस्ता प्रतिक्रियाहरु आउने गरेका छन् । यो भालेवादी चिन्तन हो ।

    आन्दोलन गर्न सजिलो छैन, चुनौतीपूर्ण छ । आन्दोलनका क्रममा हाम्रो लागि महिला प्रहरी नै हुँदैनन् । पुरुष प्रहरीसँग लडिरहनुपर्ने अवस्था छ । सोमबार हामी निषेधित क्षेत्रमा प्रदर्शन गर्न गएका बेला पुरुष प्रहरीले हामीलाई हस्तक्षेप ग¥यो । त्यतिबेला हामीले महिला प्रहरीको माग गरेका थियौँ । तर हामी प्रहरीसँग जुध्नुपरेको छ । एउटी महिलालाई समाजले हेर्ने दृष्टिकोणको सामना गर्नुपर्ने र आन्दोलनमा पुरुष प्रहरीसँग जुध्नुपर्ने बाध्यात्मक अवस्था छ । यसमा परिवर्तन हुन जरुरी छ ।

    ‘हस्तक्षेपकारी भूमिकामा आउनुपर्छ महिला’

    दक्षिण एशियाको राजनीति हेर्दा नेपालको कानूनी व्यवस्था प्रगतिशील छ । निकै लामो संघर्षपछि प्राप्त भएको संविधानमा ३३ प्रतिशत महिला सहभागी हुनुपर्ने उल्लेख गरिएको छ। त्यसपछि स्थानीय तह लगायत राज्यका विभिन्न तहमा महिलाहरुको संख्या हेर्दा निराशाजनक छ जस्तो मलाई लाग्दैन । तर हामी संविधानको बल र कानूनमा टेकेरमात्रै नेतृत्वमा आयौँ । अब महिलाहरु हस्तक्षेपकारी भूमिकामा वा कार्यकारी पदहरुमा आउनुपर्छ ।

    महिलाहरुलाई कठपुतलीका रुपमा मात्रै नेतृत्वमा अगाडि बढाइएको छ । महिला आफैं पनि कठपुतलीका रुपमा आइरहेका छन् कि ? भन्ने प्रश्न खडा भएको छ । किनकी कति महिलाहरुमा आफ्नो क्षमतामाथि विश्वास नगर्ने, अरुबाट निर्देशित हुने र अरुले भनेका कुराहरु सुनेर अघि बढ्ने समस्याहरु छन् । भालेवाद चिन्तनविरुद्ध लामो लडाईं हुन्छ । पितृसत्तात्मक समस्यालाई तोड्न हामीले चेतनालाई नै विकास गरेर अगाडि बढाउनुपर्छ । त्यसका निम्ति राज्य पनि अघि बढ्नुपर्छ ।

    राजनीतिक दलहरुमा पनि विभेद छ । संविधानले ३३ प्रतिशत महिलाको सहभागिता भनिरहेका बेला हाम्रौ पार्टी लगायत अरुमा महिलाको सहभागिता कहाँनिर छ ? कुनैमा ७ र कुनैमा ९ प्रतिशत महिला सहभागिता छ । बढीमा २१ प्रतिशत महिला सहभागी छन् । महिला सहभागिता बढाउन राजनीतिक दलहरु सचेत हुनुपर्छ ।

    महिलाहरु पनि दलहरुभित्रै हावी हुनुपर्छ । हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्छ । हामी महिलाहरु आन्दोलनमा सहभागी मात्रै हुने, ताली बजाउने र कार्यक्रमको शोभा बढाउने मात्रै भएर हुँदैन । जनयुद्ध र १९ दिने जनआन्दोलनमा थुप्रै महिलाहरु शहिद हुनुभएको छ । त्यसकारण हामीले योगदान दिनेमात्रै होइन कि हस्तक्षेप गरेर पनि नेतृत्वमा आउन हामी सक्षम छौँ र यो गर्नुपर्छ ।

    राजनीति दलकै विभिन्न कार्यक्रमहरुमा महिला सहभागिता देखिन्छ, तर मञ्चमा महिलाहरु देखिदैनन् । मैले आफ्नै कार्यक्रममा पनि मञ्चमा महिला सहभागितको कुरा उठाएको छु । महिलालाई व्याज वितरण गर्न लगाउने मात्रै प्रवृत्ति छ । यस्ता कार्यक्रमहरु मैले बहिस्कार नै गर्ने गरेको छु । त्यसकारण पनि हामीले पार्टीभित्रै संघर्ष गर्न जरुरी छ ।

    यो कुरा भनिरहँदा हामी आफैंले आफैंलाई विश्वास नगर्ने र अरुबाट मात्रै निर्देशित गर्ने हुनु हुँदैन । अब हामी त्यसरी अगाडि बढ्न सक्दैनौँ । राजनीतिक दलहरुले पनि महिलालाई प्रयोग मात्रै गर्ने होइन । महिलालाई देखाउन र समावेशी बनाउनका लागि मात्रै सहभागी गराउने होइन कि कसरी नेतृत्व दिन सकिन्छ भन्ने एजेण्डा र योजना बनाउनुपर्छ ।

    अबको आन्दोलनहरुमा महिला वा पुरुषमात्रै होइन, समृद्धिको बाटोमा जानका लागि हामी सँगसँगै अगाडि बढ्नुपर्छ । यसरी अघि बढ्दा मात्रै हामी गन्तव्यमा पुग्न सक्छौँ र समाज परिवर्तन गर्न सक्छौँ ।

    (नेपाल रिडर्सले नेता लामासँग गरेको कुराकानी ।)

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      आरती लामा

      आरती लामा

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.