Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ओलीको सत्ताको जहाज डुब्न थाल्दा मुसाहरू पहिले भाग्नेछन्

केपी ओलीले जन्माउने भनेको दास मात्र हो, फरक मत राख्ने मान्छे उनको टिमभित्र अट्न सक्दैनन्।

अरबिन्द सिंह अरबिन्द सिंह
चैत्र ८, २०७७
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेकपा एमालेको नवौँ महाधिवेशनबाट जुन नेतृत्व निर्वाचित भयो, त्यही नेतृत्व नवौँ महाधिवेशनले नै पारित गरेका दस्तावेजविरुद्ध उत्रियो र त्यहीँबाट समस्याको सुरुवात भयो। त्यो नेतृत्व महाधिवेशनले पारित गरेका दस्तावेज, पार्टीको कार्यदिशा, कार्यभार र राजनीतिक प्रतिवेदनलाई लागु गर्ने गराउने कुरामा इमान्दार भएन । जसका कारण हामी समस्यामा फस्यौँ र फसिरहेका छौँ । त्यसको मूलभूत कारण भनेको हामीले नेतृत्वलाई पार्टीको विधि र पद्धति अनुसार चलाउन नसक्नु हो ।

    खासगरी अध्यक्ष केपी शर्मा ओलीका सबै कुराहरू मान्दै जानु, कुनै बहस र छलफल चलाउन नसक्नु र उनलाई पार्टीको विधि र पद्धतिअनुसार हिँडाउन नसक्नु नै हाम्रो ठूलो कमजोरी भयो । केपी ओली नेतृत्वमा अरु सबैका कमिकमजोरीहरू पहिचान गर्ने र कसलाई के कुरा गर्दा गिराउन सकिन्छ भनेर सहजै खेलाउन सक्ने मान्छे हुन् । यसकारण अरु नेताहरू पनि सहजै फस्ने र उनको शिकार हुने भएकाले यो समस्या झन् चाँडै र अझ बढी झाँगिदै गएको हो।

    हामी कहाँ चुक्यौँ ?

    पछिल्लो घट्नाले यो पुष्टि गरेको छ कि हामी बारम्बार जुन विचारबाट निर्देशित छौं, त्यसलाई पुनर्परीक्षित गरिरहेका छैनौँ । हाम्रा बीचमा विचार र व्यवहार मिलिरहेको छ कि छैन भनेर परिक्षण गर्ने काम गरेनौँ । जुन महाधिवेशनबाट यो नेतृत्व निर्वाचित भयो, त्यही महाधिवेशनले पास गरेका दस्तावेज लागु गर्न नेतृत्व इमानदार छैन भन्ने कुरा थाहा हुँदा हुँदै पनि हामीले यिनबाट आशा गरिरह्यौँ ।
    नेकपा एमालेको भर्खरै सम्पन्न राष्ट्रिय भेलामा कम्युनिष्ट आन्दोलनको सुरुवाती समयका नेताहरू पनि सहभागी हुनुभएको थियो ।

    उहाँहरूले पनि बारम्बार सचेत गराउँदै आउनुभएको थियो। भेलामा सहभागी उहाँहरूमध्ये एकजनाले यतिसम्म भन्नुभयो ‘यदि ओलीलाई विधि विधान मान्ने मान्छेका रूपमा मान्ने हो र मानिदिन्छन् भनेर कल्पना गर्ने हो भने हिटलर पनि डमोक्रेट् थिए भन्दा भयो।’ उनी त्यति अराजक र विधि विधानको उल्लघंन गर्ने व्यक्ति हुन्। तर तिनैबाट हामीले शालिनता र नैतिकताको अपेक्षा गर्छौ । त्यसैले हामी साच्चिकै कहीँ न कहीँ चुकिरहेका छौँ ।

    अवसरवादी राजनीति र प्रशिक्षण नहुनुको परिणाम

    हाम्रो समाजभित्रको एउटा तप्का जसरी अहिले तयार हुँदैछ, त्यसअनुसार त्यो तप्काले साँच्चिकै केपी ओली र उनका प्रवृत्तिलाई रुचाएको छ । किनभने विगत लामो समयदेखि हामी उचित स्कुलिङ्गमा छैनौँ । हामीले हाम्रा कार्यकर्तालाई प्रशिक्षित गर्ने गरेका छैनौँ र अध्ययनका लागि पनि प्रेरित गरिरहेका छैनौँ । नेताहरूमै अध्ययन नगर्ने प्रवृत्ति मौलाएको छ । चलनचल्तीका हिसाबले वा चल्तापुर्जा ढंगले राजनीति गर्ने ट्रेण्डको विकास भयो ।

    ठूला नेताकै आसपास घुमिरहने नेताकार्यकर्ताहरूले नै अवसर पाउने र छिटै अगाडि बढ्ने भएकाले बाँकी मानिसहरूको पनि बुझाई के भयो भने पढ्ने र माक्र्सवादको कुरा गर्नेहरूको भविष्य छैन । नेताहरूलाई बिहान बेलुका नै सलाम ठोक्ने र उनकै अघिपछि घुमिरहनेले मात्रै अवसर पाएको देखेपछि पछिल्लो पुस्ता पनि माक्र्सवादका कुरा पढेर, प्रशिक्षण लिएर र कम्युनिष्ट पार्टीका आधारभूत सिद्धान्तका बारेमा जानकारी राखेर केही हुँदैन भन्ने निश्कर्षमा पुगिसकेको छ । चाकडी गरेर नै अवसर र पद पाइन्छ भन्ने कुरामा उत्साािहत भएको छ।

    सत्तासिन समूहमा रहेको नेतृत्वले कतिसम्म गरे भने फरक विचार रहेका व्यक्ति र समूहको सत्तोसराप गरे । केपी ओलीलाई जसले विधि र विधानमा चलाउन खोजे र विधि विधान उल्लघंनको विरुद्धमा उत्रिए, तिनलाई ओली निकटका नेता तथा कार्यकर्ताले न्वारानदेखिको बल निकालेर गालीगलौज गरे । यतिमात्र होइन, विरोधमा लाग्नेहरूलाई बोलाएर अवसर दिनेसम्मका काम गरे ।

    कम्युनिष्ट पार्टीभित्र एउटा पुस्ता यसरी हुर्कियो कि त्यो पुस्ता फरक विचार राख्नेलाई गालीगलौज गर्न क्रियाशील छ। त्यस्ता व्यक्तिले अवसर पाएपछि बाँकीका लागि पनि उनीहरू प्रेरणाका स्रोत भएका छन् कि यसो गर्दा अवसर पाइन्छ भन्ने भ्रम उनीहरूमा छ । अवसर पाउनका लागि जुनसुकै तहसम्म गिर्न र अर्कालाई गालीगलौज गर्न तयार छन् उनीहरू । त्यो खालको सिकाईमा हामी र हाम्रो पुस्ता हुर्किएको छ र त्यो कम्युनिष्ट पार्टी अनुकुलको हुर्काइ र सिकाई हो कि होइन भन्ने कुरामा अन्त्यन्त संवेदनशील हुनुपर्छ ।

    पार्टी विभाजनमा सेटिङ !

    हामी सबैभन्दा ठूलो भ्रममा कहाँ थियौँ भने केपी ओलीले एकिकृत कम्युनिष्ट आन्दोलनको निर्माण गर्न सक्छन् र उनले कम्युनिष्ट आन्दोलनको नेतृत्वको अगुवाई गर्न सक्छन्। अहिले त्यो भ्रम विस्तारै च्यातिएको छ । उनले आफ्नो प्रधानमन्त्री पदको सुनिश्चितताका लागि मात्रै दुई तिहाई बहुमत हाँसिल गर्नेगरी कसैलाई थाहा नदिई रातारात सहमति गरेर माओवादी केन्द्रसँग एकता गरे ।

    माओवादीको पनि आफ्नै खालको मनोविज्ञान थियो । उनीहरूलाई आफ्नो पार्टी कति दिन नै रहला भन्ने त्रास थियो । प्रचण्डलाई पनि कम्युनिष्ट आन्दोलन एकिकृत भयो भने आफू एउटा ठूलो पार्टीको अध्यक्ष बन्छु भन्ने लागेको थियो र रातारात सहमति गरियो । दुई पार्टीका तल्लो तहका कार्यकताबीच व्यापक अन्र्तविरोध थियो । त्यसको पनि आधारभूत हल नगरी एकता भएको थियो । यसका बावजुद सिंगो एकिकृत कम्युनिष्ट आन्दोलनको पक्षमा जनमत सिर्जना गर्न चाहनेहरूले यसमा खासै प्रश्न गरेन। र, हामी सबै एकता गर्न तयार भयौँ, होमियौँ र परिणाम पनि अपेक्षा गरे अनुरुपकै आयो ।

    त्यसपछि जुन खालको राजनीतिक सहमति हिजोको दिनमा गोप्य पर्दा पछाडि गरिएको थियो, त्यो पालना नहुँदा समस्या चर्किदै गयो र हामी विभाजित हुँदै गयौँ । अन्ततोगत्वाः अदालतले समेत राजनीतिक विषयमा प्रवेश गरेर र माग दाबी भन्दा अगाडि बढेर फैसला दिएपछि हामी विभाजित भयौँ ।

    त्यसरी फैसला दिने न्यायाधिशका पृष्ठभूमिका विषयमा धेरैलाई थाहा छ । मागदाबी भएको भन्दा अगाडि बढेर फैसला गरेपछि सेटिङ यता भएको रहेछ भन्ने देखियो । संसद विघटनलाई अदालतले सदर गरिदिन्छ कि भन्ने डर हुँदाहुँदै सेटिङ अन्तै होला भन्ने कल्पना पनि गरेका थिएनौँ ।

    एकिकृत कम्युनिष्ट आन्दोलन के हुन्छ?

    नेपालका जनता अहिले पनि एकिकृत कम्युनिष्ट आन्दालनको पक्षमा छन् । असहजताका बीच पनि जनता यसका लागि अत्यन्तै बढी उत्साहका साथ लागिरहेका छन्। केपी ओलीको नेतृत्वले अब कम्युनिष्ट आन्दोलन निर्माण गर्ने सम्भावना छैन ।

    त्यतिमात्रै होइन, हामीभित्र रहेको नेतृत्वले पनि यो महशुस गर्नुपर्ने हो कि पार्टीका दोस्रो पुस्ताका नेतापनि अहिले ६० वर्ष उमेरको हाराहारीमा पुगेको अवस्थामा नवौँ महाधिवेशनले पास गरेको उमेर हदका आधारमा यो पुस्ताले नेतृत्व गर्न पाउँछ भने सुनिश्चित छैन । राष्ट्रिय भेलाले पनि यो विषयलाई सुनिश्चित गर्ने कुरा कहीँ गरेन । न राजनीतिक प्रतिवेदनमा उल्लेख थियो, न अवधारणा पत्रमा आयो, न छलफल नै भयो।

    जुन पुस्ताले राजनीतिक रुपमा सबै खालका अवसर प्राप्त गरिसके, त्यो पुस्तालाई आन्दोलनको भविष्यसँग खासै सरोकार हुन्छजस्तो लाग्दैन । त्यसैले हामी पछिल्लो पुस्ता, जो कम्युनिष्ट आन्दोलनलाई जिवित राख्नका लागि, एकिृकत कम्युनिष्ट आन्दोलनलाई जोगाई राख्नका लागि र समाजवादको यात्रा तय गर्नका लागि सिंगो जीवन उत्सर्ग गर्न तयार छ, यो पुस्ताले नै अबको एकिकृत कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्न सक्छ ।

    शीर्ष नेतृत्व अभिभावक बनोस्

    र, शीर्ष नेताले विस्तारै आफूलाई अभिभावकका रुपमा रुपान्तरण गर्ने र आन्दोलनलाई एकिकृत ढङ्गले अघि बढाउने कामको अभिभारालाई दोस्रो र तेस्रो पुस्तालाई दिनुपर्छ । त्यसो भयो भने अरु कम्युनिष्ट पार्टीसँगको एकिकरणको सम्भावना जीवित रहन्छ ।
    अदालतको फैसलाले हामीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा पुर्‍याएको छ । त्यो भनेको नेकपा एमालेको ९ औँ महािवधेशनबाट स्थापित भएको केन्द्रीय कमिटी सक्रिय हुनु हो ।

    त्यो महाधिवेशनले पारित गरेको विधान, प्रतिवेदन र दस्तावेजलाई आधार बनाएर एमालको बैठक सुचारु रुपमा सञ्चालन हुनुपथ्र्यो । तर त्यसको विपरित गएर मनोमानी ढङ्गले ओली जे बोल्छन् त्यो नै विधान हुन्छ र जसलाई नियुक्त गर्छन् उ नै सदस्य हो जस्तो गरिँदैछ।
    केही समयअघि नियुक्त गरेका भनिएका ती ११/१२ सय जना केन्द्रीय कमिटी सदस्य अझै पनि तल्लो तहमा आफूलाई केन्द्रीय सदस्य भन्दै हिँडिरहेका छन्।

    जब हिजोको दिनमा निर्वाचन आयोगले साविक नेकपा एउटै ठाउँमा हुँदा ४ सय ४१ को केन्द्रीय कमिटी नै आधिकारिक हो र त्यो भन्दा अरुलाई चिन्दैनौँ भन्दै गर्दा पनि ‘हजारीलाल’ साथीहरू आफूलाई केन्द्रीय सदस्य बताउँदै आफैं मक्ख परिरहेका छन् । यो अवस्थामा पार्टीभित्र पार्टीलाई विधि र पद्धति अनुसार चलाउने कुरामा संघर्ष जारी राख्नुपर्छ। तल्लो तहसम्म केपी ओलीले नेतृत्व गरेको सरकार र केपी ओली नेतृत्वमा रहेको समूहले गरेका गलत क्रियाकलापको भण्डाफोर गर्न सकेनौँ र कम्युनिष्ट पार्टीको बीचमा अत्यन्तै एकताबद्ध गर्ने र आधारहरू निर्माण गर्न सक्ने काम गर्न सकेनौँ भने हामी चुक्छौँ । अरु कम्युनिष्ट पार्टीहरूसँग पनि एक तहसम्मको एकता गर्ने काममा गम्भीर ध्यानाकर्षण हुनुपर्छ।

    कम्युनिष्टहरूबीच न्युनतम एकता

    यसरी शान्तिपूर्ण राजनीतिमा अवतरण गरिसकेको कम्युनिष्ट पार्टीका बीचमा व्यापक एकताका लागि न्यूनतम आधार तय गर्नुपर्छ । दोस्रो तहका वैचारिक नेताहरूले पनि एक खालको विमर्श र छलफल राखेर न्यूनतम आधार तयार गर्नुपर्छ । यी सर्तमा एउटै कम्युनिष्ट पार्टी बनेर अथवा निर्वाचनको अवधिसम्मका लागि सहकार्य गरेर अघि बढ्नुपर्छ । जसरी भारतीय पार्टीहरू फरक भएपनि चुनावका बेला मोर्चाबन्दी गर्छन्, चुनाव जित्छन् र सरकार चलाउछन्।

    केपी ओलीको समूहमा एउटा यस्तो पंक्ति छ, जसले उनको कदम प्रतिगामी हो भनेर स्वीकारर्छन् तर उनको सामुन्ने गएर विरोध गर्न सक्दैनन् । त्यस्ताखालका दास मनोवृत्तिका नेताहरू हामीले जन्माएका छौँ । त्यो हाम्रो लागि दुर्भाग्यपूर्ण अवस्था हो ।  म केही नेताका नामै किटानी गरेर भन्न सक्छु, सुवास नेम्वाङ्ग, प्रदिप ज्ञवाली र शंकर पोखरेल जस्ता नेताहरू जसले एकातिर कुरा गर्दा ओलीले डुबाए, सिंगो संरचना ध्वस्त बनाए र संविधानमै भएको व्यवस्थामा टेकेर सबै व्यवस्था तहसनहस बनाए भनेर भन्छन्।

    तर ओलीको सामुन्ने गएर यो कुरा बोल्न सक्दैनन । यसरी केपी ओलीले जन्माउने भनेको दास मात्र हो । उनका कुरामा फरक मत राख्ने मान्छे उनको टिमभित्र अट्न सक्दैनन् । जो टिमभित्र गएको छ, उसले सहज ढङ्गले केपी ओलीको बोली नै आफ्नो लाइन हो भनेर बुझ्ने गर्छन् । त्यसैले, यो बेठिक कुरा हो, कम्युनिष्टहरूको न्यूनतम मूल्य र मापदण्डको कुरा उनीसँग छैन भन्ने कुरा बुझाउन सक्यौँ भने अझ बढी एकिकृत ढङ्गले लैजान सक्छौँ।

    अर्को कुुरा एकिकरणको अभ्यास हतारोमा गरेर फुर्सदमा पछुताउने र गाली गर्नुपर्ने अवस्थामा जानुहुँदैन । ओलीले रातारात एकता गर्दा हामीले विरोध गर्‍यौँ । त्यतिबेला बिरोध गर्दा हामी एकताविरोधी देखिन्थ्यौँ । तर अहिले अदालतले फैसलाका कारण विभाजन हुनुपर्दा हामी नेकपा एउटै हुनुपर्छ भनेर भनिरहेका छौँ । यसरी कुरा गर्दा हामीलाई एमालेकोबिरुद्ध बोलेको आरोप लगाइन्छ । ‘साइबर स्याल’ ले हामीमाथि प्रहार गरिरहेका छन्।

    यसरी नयाँ पुस्ताले कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्न दिने, गलत के हो, बुझ्ने/बुझाउने र सैद्धान्तिक रुपमा एकिकरण गर्ने हो भने कम्युनिष्ट आन्दोलनलाई एकिकृत गरेर जाने सम्भावना जीवित राख्न सकिन्छ।

    ‘ओली टिकेकै सत्ताको बलमा’

    कम्युनिष्ट पार्टीको नेतृत्वले साँच्चिकै कम्युनिष्ट पार्टीका न्यूनतम आधारभूत कुराहरू लागु गर्न सक्यौँ र समाजवादको यात्रा तय गरेर जान सक्यौँ भने आम जनतालाई जोड्न सक्छौँ । केपी ओलीको कार्यशैली हेर्दा यिनले चाँडै सत्ता छोड्छन्जस्तो लाग्दैन । ओलीबाट नैतिकताको आशा गर्न सकिँदैन ।

    संसद पुनर्स्थापन गर्ने अदालतको फैसलापछि प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिइहाल्छन् भन्ने सोचाई थियो । तर उनले राजीनामा दिएनन् । ओलीले संविधानमा नभएको व्यवस्थामा टेकेर यो कदम चाले र त्यसलाई प्रमाणित गरिदिने काम राष्ट्रपतिबाट भयो, यो अवस्थालाई हेर्दा उनले अझै छोड्छन् जस्तो लाग्दैन ।

    ओली टिकेको भनेकै सत्ताको बलमा हो र उनका आसेपासे पनि सत्ताकै बलमा उनीसँग छन् । सुरुदेखि नै जसरी राज्यका सम्पूर्ण संस्थालाई र संरचनालाई आफू मातहत ल्याएर र आफूलाई मात्र केन्द्र बनाएर शक्तिशाली बन्ने अभ्यास सुरु गरे, त्यतिबेला नै हामीले प्रतिवाद गर्नुपथ्र्यो । त्यतिबेला यिनले आफूसँगैका अरु नेताहरूलाई पेले । माधवकुमार नेपाललाई प्रयोग गरेर झलनाथ खनाललाई पेले, खनाल र प्रचण्डलाई प्रयोग गरेर नेपाललाई पेले । यस्तै प्रचण्डलाई प्रयोग गरेर नेपाल र खनाललाई पेले । यसरी सबैलाई पालैपालो पेलिरहे ।

    यसरी सताएपछि अन्तिममा मात्र नेतृत्वको चेत खुल्यो र उनका विरुद्ध वैचारिक बहस चलाउने कामको सुरुवात भयो । यो धेरै पहिले सुरु हुनुपथ्र्यो । तर अझै बिग्रिसकेको छैन । रात रहे अग्राख पलाउँछ भनेझैँ अझैपनि कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा छ । राष्ट्रिय भेलामा आएका साथीहरूलाई पनि हेर्दा अझै सम्भावना जीवित रहेको पाइयो ।

    पछिल्लो पुस्ता जो देशलाई साँच्चिकै समाजवादको यात्रामा डोहो-याउन सक्छ, न्यूनतम आधारभूत आवश्यकताहरू यो पछिल्लो पुस्ताले पुरा गर्न सक्छ भन्ने आशाको त्यान्द्रो जोडिएको छ । र, हामी त्यो ढङ्गले तलसम्म गएर लाग्नुपर्छ। ओलीको हठ, दम्भ र अहंकार सत्तामा रहुन्जेल मात्र हो । जसरी एउटा समुन्द्रमा जहाज डुब्न थाल्दै गर्दा सबैभन्दा पहिले त्यहाँ रहेका मुसाहरू भाग्छन्, त्यसैगरी उनीसँग रहेका मान्छेपनि उनी सत्ताबाट बाहिरिएपछि भाग्न थाल्छन्।

    भिडियो –

    (नेपाल रिडर्सले नेता सिंहसँग गरेको कुराकानीमा आधारित ।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      अरबिन्द सिंह

      अरबिन्द सिंह

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.