Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ओली सरकार, सिताहरू अब ट्याउँट्याउँ बोल्नेछन्

अर्चना थापा अर्चना थापा
जेष्ठ ३१, २०७८
- विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हाम्रो सरकारले कतै महिला बोल्न थाल्दा त्यसलाई ‘ट्याँउट्याँउ’ भन्छ । सरकारलाई लाग्छ, ,‘महिलाले उठेर बोल्न थाले भने त्यो अर्थहिन ट्याँउट्याँउ हो।’ के हामीले यस्तै प्रजातन्त्रको कल्पना गरेका थियौँ? जब देशमा प्रजातन्त्र आयो, त्यतिबेला हामी विभिन्न जातजाति, भाषाभाषी र विभिन्न वर्गका महिलाहरू, काठमाडौँदेखि विभिन्न दुरदराजका महिलाहरूलाई लागेको थियो कि प्रजातन्त्र हाम्रा लागि पनि आएको छ । तर त्यस्तो होइन रहेछ । जब देशले पहिलो महिला राष्ट्रपति पायो, त्यतिबेला खुशी हुँदै हामी सबैले उहाँको हौसला बढायौं ग¥यौँ होला । हामीलाई लागेको थियो, अब राज्यको व्यवस्थाले महिलालाई हेर्ने दृष्टिकोण फरक होला । तर त्यस्तो पनि भएन ।

    गृहमन्त्रीलाई त महिलाबारे चिन्तै छैन । उहाँका लागि बलत्कारको संख्या पनि चिन्ताजनक छैन । किनकी गृहमन्त्री थापाका अनुसार ‘सभ्य समाजमा पनि बलत्कार हुन्छ’ रे ! यस्ता अभिव्यक्तिले तपाईंलाई लाग्दैन कि हाम्रो सरकार र राज्य बलत्कारी सँस्कृतिलाई प्रवद्धन गर्दैछ? आज जति पनि बलत्कार (करणी) देशमा भइरहेका छन्, यिनलाई हाम्रो बोली, अभ्यास, हाम्रा लेखन, हाम्रा विज्ञापन र उखानटुक्काले केही न केही सहयोग पुर्‍याइरहेका छन् । जब सत्तामा बसेका र आफूलाई ‘प्रजातन्त्रका पहरेदार’ भन्नेहरूले नै बोल्ने बोली, भाषा र व्यवहार महिलाप्रति विभेदपूर्ण हुन्छन् भने त्यसले बलत्कार सँस्कृति बढाउनलाई अवश्य पनि मद्धत गर्छ ।

    ‘हामीले हेर्ने लेन्स बदल्नुपर्छ’

    जब हामी बिहान उठेर समाचारका पाना पल्टाउँछौँ, त्यहाँ हत्याका घटनाका साथसाथै थप एकदुईवटा वाक्य थपिएको हुन्छ, ‘उनले मोबाइल बोकेकी थिइन्, उनको मोबाइलको अध्ययन हुँदैछ ।’ बलात्कारबाट पीडितको मोबाइलको अध्ययन हुँदैछ रे ! हाम्रो सरकारमा बसेको भ्रष्ट कर्मचारीतन्त्र, सुरक्षा निकायहरू र अदालतमा रहेका विज्ञहरूले जब कुनै बलत्कारका घटनाको अध्ययन गर्छन्, सायद हाम्रो देश र एशियाका अरु देशमा मात्रै होलान् जहाँ बलत्कारीलाई होइन, पीडितमाथि दोष थुपारिन्छ।

    यहाँ लाजै नमानी भनिन्छ, ‘उसको लुगाले गर्दा बलत्कार भएको हो,’ ‘उ घरमा एक्लै थिई, त्यसैले बलत्कार भयो,’ ‘उ बाहिर एक्लै हिँडेकाले बलत्कार भयो,’ ‘उसको प्रेम सम्बन्ध थियो, त्यसैले बलत्कार भयो,’ ‘उ डेटिङमा गएकाले बलात्कार भयो,’ उ उत्ताउली भएकाले बलत्कार भयो ।’ अब त हामीले हेर्ने दृष्टिकोण नै बदल्नुपर्छ । यो पितृसत्तात्मक फ्रेमवर्कको दृष्टिकोण हो । जसले सबै दोष महिलामाथि वा पीडितमाथि नै थोपर्ने गरेको छ ।

    सबै सञ्चारमाध्यममा आउँछ, तपाईहरुलाई के अनुरोध गर्न चाहन्छु भने बलत्कार घटनाका समाचार लेख्नुहुन्छ, ती समाचारसँगै आएका स्केचहरु फोटोहरु एउटा डराएकी महिला कुनामा आतंकित भएर बसेको स्केच किन राख्नुहुन्छ ? ती स्केच र बोल्ने भाषाले एउटा अर्थको निर्माण गर्छ । हामीले देख्ने दृश्यहरुले पनि एउटा अर्थको निर्माण गर्छ । यस्ता स्केचले के देखाउँछ भने महिला कमजोर हुन् । महिलामाथि बलत्कार गर्न सकिन्छ । साथै तपाईहरुको स्केटले बलत्कारीलाई मेटाएको हुन्छ । बलत्कारीलाई कहीँ देखिदैन । मानौँ सबै दोष त्यो बालिकाको हो । त्यो ६ वर्षे बालिकाको हो । ६ महिने बालिकाको हो अथवा ८० वर्षकी वृद्धाको हो । हामीले आफ्नो हेर्ने लेन्स परिवर्तन गर्नुपर्छ ।

    महिलामाथि हुने हत्या, हिंसा र सबैखालका यौन हिंसाहरुको बारेमा उल्लेख गर्न अलि धेरै बोल्न धेरै समय लाग्ला । वर्षौँदेखि खेपेको यातनाहरुका अनुभवलाई यहाँ उभिएर बोल्न, दुई वा ५ मिनेटमा बोल्न सकिँदैन । तैपनि म एउटा सार्वजानिक ठाउँमा उभिएर हाम्रा नेताहरुले बोल्ने भाषणका बारेमा बोल्न चाहन्छु । गएका केही महिनादेखि मैले सुनेको भाषणहरु यहाँ उल्लेख गर्न चाहन्छु । नेताहरु भन्छन्: लोकतन्त्रमाथि बलत्कार भयो । के लोकतन्त्र महिला हो ?

    यो बोल्ने मान्छेलाई थाहा छ, बलत्कारको पीडा के हुन्छ ? अर्को यस्तै भनाई, हालसालै सुनिन आएको छ । ‘संविधानको चिरहरण भयो’, संविधानको चिरहरणको मतलव के हो ? के संविधान पनि महिला हो ? बरु त्यसको सट्टा भन्नै मनलाग्छ भने भन्नुहोस् न, ‘संविधानको दौरा सुरुवालको इजार फुस्कियो ।’ त्यति भन्ने हिम्मत राख्न सक्छौँ भने राखौँ। नत्र हिंसालाई प्रवद्धन गर्ने शब्द र हिंसालाई प्रवद्धन गर्ने दृश्यहरूलाई हामीले आफैं पविर्तन नगरेसम्म बलत्कारको सँस्कृति बन्द हुँदैन ।

    बलत्कारी सँस्कृति बन्द गर्नका लागि या यसलाई कम गर्नका लागि राज्यव्यवस्थाजत्तिकै उत्तरदायित्व संविधानको पनि छ । सायद केही न केही अभिभारा त हामीले पनि लिनुपर्छ। हामीले बोल्ने, मजाक गर्ने, हेर्ने फिल्न र गीतहरुमा जबसम्म हामीलाई महिलालाई एउटा शरीर र यौनजन्य वस्तुका रुपमा देखाइरहन्छौँ, तबसम्म हामी महिलालाई कमजोर रूपमा चित्रण गरिराखेका हुन्छौं । तबसम्म यो हिंसाको पुनरावृत्ति रोकिने छैन ।

    भर्खरै हामीले साहित्यकार परिजातका कविता सुन्यौँ । ती कविताका वाक्यमा रहेका अर्थलाई घोत्लिएर हेर्ने हो भने महिला कहीँबाट पनि कमजोर छैन । तर नौ महिनासम्म एउटा शिशुलाई गर्भमा राखेर जन्म दिने महिलालाई मातृत्वको सम्मान अहिलेसम्म संविधानमा छैन । महिलाले आफ्नो सन्तानलाई एउटा सम्मानपूर्ण नागरिकको हैसियत दिनसक्ने अवस्था आजसम्म छैन । त्यसैले यो कुरा धेरै लामो छ ।

    तर मलाई खुशी लागेको छ, महिला हिंसा र प्रतिगमनविरुद्ध तपाईहरु सबै आएर समर्थन जनाउनु भएको छ । आउन नसक्नेहरुले घरबाटै ऐक्यवद्धता जनाउनुभएको छ । अन्त्यमा, म के भन्न चाहन्छु भने हाम्रो नागरिक आन्दोलन जारी छ । हाम्रो यो आन्दोलन यहीँ टुँगिदैन । होला, राज्यसत्तामा बसेका मानिसहरूलाई महिलाले बोलेका कुरा ट्याँउट्याउँ नै लाग्ला । हामी ट्याँउट्याँउ गर्दै उहाँलाई बुझाउने प्रयास गछौँ । हामी ट्याँउट्याँउको अर्थ नै उहाँलाई बुझाउने कोशिस गर्छौँ । हाम्रो यो आवाज निभ्न नदिउँ । एउटा ख्याल राखौं, भोलि राम मन्दिर बन्ला तर सीता पहिलाजस्तो हुँदिनन् । अब सत्तामा बस्नेहरुले सीताजस्तो बनाएर महिलालाई ढोकाभित्र थुनेर राख्ने कुरा कल्पना नगरे हुन्छ।

    पछिल्लो पटक गृहमन्त्रालअन्तर्गतको अध्यागमनले जुन नियम मस्यौदा बनाएको छ, त्यो हामी महिलालाई पहिलेकै कमजोर सीता बनाउने षड्यन्त्र नै हो । उनीहरुले बुझ्न, अब सीता पहिलाजस्ती अब हुँदिनन् । धन्यवाद ।

    (गत माघ ३० गते प्रतिगमनविरुद्ध नागरिक आन्दोलनले गरेको महिला मार्चका क्रममा अभियन्ता थापाले दिएको मन्तव्य ।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      अर्चना थापा

      अर्चना थापा

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.