हाम्रो सरकारले कतै महिला बोल्न थाल्दा त्यसलाई ‘ट्याँउट्याँउ’ भन्छ । सरकारलाई लाग्छ, ,‘महिलाले उठेर बोल्न थाले भने त्यो अर्थहिन ट्याँउट्याँउ हो।’ के हामीले यस्तै प्रजातन्त्रको कल्पना गरेका थियौँ? जब देशमा प्रजातन्त्र आयो, त्यतिबेला हामी विभिन्न जातजाति, भाषाभाषी र विभिन्न वर्गका महिलाहरू, काठमाडौँदेखि विभिन्न दुरदराजका महिलाहरूलाई लागेको थियो कि प्रजातन्त्र हाम्रा लागि पनि आएको छ । तर त्यस्तो होइन रहेछ । जब देशले पहिलो महिला राष्ट्रपति पायो, त्यतिबेला खुशी हुँदै हामी सबैले उहाँको हौसला बढायौं ग-यौँ होला । हामीलाई लागेको थियो, अब राज्यको व्यवस्थाले महिलालाई हेर्ने दृष्टिकोण फरक होला । तर त्यस्तो पनि भएन ।
गृहमन्त्रीलाई त महिलाबारे चिन्तै छैन । उहाँका लागि बलत्कारको संख्या पनि चिन्ताजनक छैन । किनकी गृहमन्त्री थापाका अनुसार ‘सभ्य समाजमा पनि बलत्कार हुन्छ’ रे ! यस्ता अभिव्यक्तिले तपार्इँलाई लाग्दैन कि हाम्रो सरकार र राज्य बलत्कारी सँस्कृतिलाई प्रवद्र्धन गर्दैछ? आज जति पनि बलत्कार (करणी) देशमा भइरहेका छन्, यिनलाई हाम्रो बोली, अभ्यास, हाम्रा लेखन, हाम्रा विज्ञापन र उखानटुक्काले केही न केही सहयोग पु-याइरहेका छन् । जब सत्तामा बसेका र आफूलाई ‘प्रजातन्त्रका पहरेदार’ भन्नेहरूले नै बोल्ने बोली, भाषा र व्यवहार महिलाप्रति विभेदपूर्ण हुन्छन् भने त्यसले बलत्कार सँस्कृति बढाउनलाई अवश्य पनि मद्धत गर्छ ।
‘हामीले हेर्ने लेन्स बदल्नुपर्छ’
जब हामी बिहान उठेर समाचारका पाना पल्टाउँछौँ, त्यहाँ हत्याका घटनाका साथसाथै थप एकदुईवटा वाक्य थपिएको हुन्छ, ‘उनले मोबाइल बोकेकी थिइन्, उनको मोबाइलको अध्ययन हुँदैछ ।’ बलात्कारबाट पीडितको मोबाइलको अध्ययन हुँदैछ रे ! हाम्रो सरकारमा बसेको भ्रष्ट कर्मचारीतन्त्र, सुरक्षा निकायहरू र अदालतमा रहेका विज्ञहरूले जब कुनै बलत्कारका घटनाको अध्ययन गर्छन्, सायद हाम्रो देश र एशियाका अरु देशमा मात्रै होलान् जहाँ बलत्कारीलाई होइन, पीडितमाथि दोष थुपारिन्छ।
यहाँ लाजै नमानी भनिन्छ, ‘उसको लुगाले गर्दा बलत्कार भएको हो,’ ‘उ घरमा एक्लै थिई, त्यसैले बलत्कार भयो,’ ‘उ बाहिर एक्लै हिँडेकाले बलत्कार भयो,’ ‘उसको प्रेम सम्बन्ध थियो, त्यसैले बलत्कार भयो,’ ‘उ डेटिङमा गएकाले बलात्कार भयो,’ उ उत्ताउली भएकाले बलत्कार भयो ।’ अब त हामीले हेर्ने दृष्टिकोण नै बदल्नुपर्छ । यो पितृसत्तात्मक फ्रेमवर्कको दृष्टिकोण हो । जसले सबै दोष महिलामाथि वा पीडितमाथि नै थोपर्ने गरेको छ ।
सबै सञ्चारमाध्यममा आउँछ, तपाईहरुलाई के अनुरोध गर्न चाहन्छु भने बलत्कार घटनाका समाचार लेख्नुहुन्छ, ती समाचारसँगै आएका स्केचहरु फोटोहरु एउटा डराएकी महिला कुनामा आतंकित भएर बसेको स्केच किन राख्नुहुन्छ ? ती स्केच र बोल्ने भाषाले एउटा अर्थको निर्माण गर्छ । हामीले देख्ने दृश्यहरुले पनि एउटा अर्थको निर्माण गर्छ । यस्ता स्केचले के देखाउँछ भने महिला कमजोर हुन् । महिलामाथि बलत्कार गर्न सकिन्छ । साथै तपाईहरुको स्केटले बलत्कारीलाई मेटाएको हुन्छ । बलत्कारीलाई कहीँ देखिदैन । मानौँ सबै दोष त्यो बालिकाको हो । त्यो ६ वर्षे बालिकाको हो । ६ महिने बालिकाको हो अथवा ८० वर्षकी वृद्धाको हो । हामीले आफ्नो हेर्ने लेन्स परिवर्तन गर्नुपर्छ ।
महिलामाथि हुने हत्या, हिंसा र सबैखालका यौन हिंसाहरुको बारेमा उल्लेख गर्न अलि धेरै बोल्न धेरै समय लाग्ला । वर्षौँदेखि खेपेको यातनाहरुका अनुभवलाई यहाँ उभिएर बोल्न, दुई वा ५ मिनेटमा बोल्न सकिँदैन । तैपनि म एउटा सार्वजानिक ठाउँमा उभिएर हाम्रा नेताहरुले बोल्ने भाषणका बारेमा बोल्न चाहन्छु । गएका केही महिनादेखि मैले सुनेको भाषणहरु यहाँ उल्लेख गर्न चाहन्छु । नेताहरु भन्छन् : लोकतन्त्रमाथि बलत्कार भयो । के लोकतन्त्र महिला हो ?
‘संविधानको चिरहरण’?
यो बोल्ने मान्छेलाई थाहा छ, बलत्कारको पीडा के हुन्छ ? अर्को यस्तै भनाई, हालसालै सुनिन आएको छ । ‘संविधानको चिरहरण भयो’, संविधानको चिरहरणको मतलव के हो ? के संविधान पनि महिला हो ? बरु त्यसको सट्टा भन्नै मनलाग्छ भने भन्नुहोस् न, ‘संविधानको दौरा सुरुवालको इजार फुस्कियो ।’ त्यति भन्ने हिम्मत राख्न सक्छौँ भने राखौँ। नत्र हिंसालाई प्रवद्र्धन गर्ने शब्द र हिंसालाई प्रवद्र्धन गर्ने दृश्यहरूलाई हामीले आफैं पविर्तन नगरेसम्म बलत्कारको सँस्कृति बन्द हुँदैन ।
बलत्कारी सँस्कृति बन्द गर्नका लागि या यसलाई कम गर्नका लागि राज्यव्यवस्थाजत्तिकै उत्तरदायित्व संविधानको पनि छ । सायद केही न केही अभिभारा त हामीले पनि लिनुपर्छ। हामीले बोल्ने, मजाक गर्ने, हेर्ने फिल्न र गीतहरुमा जबसम्म हामीलाई महिलालाई एउटा शरीर र यौनजन्य वस्तुका रुपमा देखाइरहन्छौँ, तबसम्म हामी महिलालाई कमजोर रूपमा चित्रण गरिराखेका हुन्छौं । तबसम्म यो हिंसाको पुनरावृत्ति रोकिने छैन ।
भर्खरै हामीले साहित्यकार परिजातका कविता सुन्यौँ । ती कविताका वाक्यमा रहेका अर्थलाई घोत्लिएर हेर्ने हो भने महिला कहीँबाट पनि कमजोर छैन । तर नौ महिनासम्म एउटा शिशुलाई गर्भमा राखेर जन्म दिने महिलालाई मातृत्वको सम्मान अहिलेसम्म संविधानमा छैन । महिलाले आफ्नो सन्तानलाई एउटा सम्मानपूर्ण नागरिकको हैसियत दिनसक्ने अवस्था आजसम्म छैन । त्यसैले यो कुरा धेरै लामो छ ।
तर मलाई खुशी लागेको छ, महिला हिंसा र प्रतिगमनविरुद्ध तपाईहरु सबै आएर समर्थन जनाउनु भएको छ । आउन नसक्नेहरुले घरबाटै ऐक्यवद्धता जनाउनुभएको छ । अन्त्यमा, म के भन्न चाहन्छु भने हाम्रो नागरिक आन्दोलन जारी छ । हाम्रो यो आन्दोलन यहीँ टुँगिदैन । होला, राज्यसत्तामा बसेका मानिसहरूलाई महिलाले बोलेका कुरा ट्याँउट्याउँ नै लाग्ला । हामी ट्याँउट्याँउ गर्दै उहाँलाई बुझाउने प्रयास गछौँ । हामी ट्याँउट्याँउको अर्थ नै उहाँलाई बुझाउने कोशिस गर्छौँ । हाम्रो यो आवाज निभ्न नदिउँ । एउटा ख्याल राखौं, भोलि राम मन्दिर बन्ला तर सीता पहिलाजस्तो हुँदिनन् । अब सत्तामा बस्नेहरुले सीताजस्तो बनाएर महिलालाई ढोकाभित्र थुनेर राख्ने कुरा कल्पना नगरे हुन्छ।
पछिल्लो पटक गृहमन्त्रालअन्र्तर्गतको अध्यागमनले जुन नियम मस्यौदा बनाएको छ, त्यो हामी महिलालाई पहिलेकै कमजोर सीता बनाउने षड्यन्त्र नै हो । उनीहरुले बुझ्न, अब सीता पहिलाजस्ती अब हुँदिनन् । धन्यवाद ।
(गत माघ ३० गते प्रतिगमनविरुद्ध नागरिक आन्दोलनले गरेको महिला मार्चका क्रममा अभियन्ता थापाले दिएको मन्तव्य ।)