Date
बिहि, जेष्ठ ७, २०८३
Thu, May 21, 2026
Thursday, May 21, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

तराईमा गोरु नहुनू, पहाडमा महिला भएर नजन्मनू !

nepal_readers nepal_readers
फाल्गुन १७, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अरुणा उप्रेती। एक जना महिलाले हात जोडेर भनिछन्, ‘म मरेपछि मेरो लुगा नफुकालेर नै मलाई जलाई दिनुहोला।’ ‘किन र ? मृत्युपछि त लुगा फुकालेर, सफा गरेर मात्र चितामा राख्ने संस्कार छ । फेरि मृत्युपछि त तिमीलाई केही थाहा पनि हुन्न नि’ भनेर सोध्दा उनले जवाफ दिइछन्, ‘मैले अहिलेसम्म लुकाएर राखेको मेरो खसेको पाठेघर सबैले देख्छन् अनि त मेरो आत्मालाई पनि शान्ति हुनेछैन त्यसैले।’
    एक संस्थामा कार्यरत कल्पनाले मलाई उनको दुःखद कथा सुनाइन्।

    यी सुदूर पश्चिमकी एक महिलाले जस्तै मृत्युपछि पनि आफ्नो खसेको पाठेघर देखाउन नचाहने, लाज र पीडाको भार बोकेर बसेका धेरै महिलाहरू नेपालमा छन्। तर तिनीहरूको कथाव्यथा सुन्ने र तिनलाई समाधान गर्ने फुर्सद र धैर्यता स्वास्थ्य मन्त्रालय र अन्य सरोकारवाला स्थानीय निकाय र स्वास्थ्य संस्थाहरूसँग छैन।

    पहाड र तराईको महिलामा यस्ता वेदना थुप्रै छन्। कसैले पोख्छन्, कोही लुकाएर बस्छन् र त्यसैसँग चितामा जान चाहन्छन्। महिलाको पाठेघर झर्ने समस्याको बारेमा छलफल गर्दा उनीहरूको बेदनाको अर्थात पाठेघर खस्ने कारण वा मूल जरो खोज्न छाडेर केवल ‘पाठेघर खसेको समस्या मात्र’ समाधान गर्नुपर्छ भन्दै शल्यक्रिया गरिन्छ।

    समस्या भएपछि शल्यक्रिया र उपचार त अवश्य नै चाहिन्छ। तर समस्याको जरो नहटाए आउँदा वर्षसम्म खसेको पाठेघरको शल्यक्रिया मात्रै गरेर समस्या सामाधान हुँदैन। पाठेघर खस्ने समस्या केवल औषधि, अस्पताल, शल्यक्रिया भएर मात्र ठिक हुँदैन। यसलाई महिलाको सामाजिक अवस्थासँग नै जोडेर हेर्नुपर्छ। स्वास्थ्य मन्त्रालय रोगको उपचार मात्र गर्न खोज्छ तर रोगको जरो निमिट्यान्न पार्न खोज्दैन।

    गाउँघरमा त महिलालाई ‘गोरू जस्तै जोतेर’ काममा लगाउने प्रवृत्ति विद्यमान छ। महिलाले कम खाए पनि हुन्छ भनेर बच्चा र किशोरी उमरेमा तिनीहरूलाई टन्न पोषिलो खाने कुरा खान पनि दिइन्नँ । यसरी किशोरीको शरीर कमजोर हुन्छ र यहीँबाट शुरू हुन्छ उनको पाठेघर झर्ने समस्या।

    करिब १५ वर्ष अघिको कुरा हो, हामी अछामको मंगलसेनमा हिँडिरहेका थियौं। बाटोमा धेरै महिलाहरू सिमेन्ट बोकेर उकालो लागिरहेका देखिन्थे। त्यो बेलामा लाहुरे पुरूषहरू हातमा रेडियो लिएर सुन्दै थिए।

    ‘ओहो तपाईँहरू यस्तो सिमेन्ट लिएर ५–६ घण्टा हिँडेर आउनुभयो। गाह्रो हुन्न र?,’ ती श्रमिक महिलामध्ये एकलाई मैले सोधेँ। ‘गाह्रो भए पनि के गर्नु, हाम्रो जिन्दगी नै यस्तै छ,’ खुइय सास फेर्दै ती महिलाले जवाफ दिइन्।

    त्यहीँ भेटिएका एक जना भद्र भलाद्मी जस्तो देखिने मानिसलाई सोध्यौं, ‘यति माथिसम्म यस्तो भारी ल्याउन त खच्चर लगाए पनि हुन्छ होला नि?’ रेडियो कानमा लगाएर, एउटा छाता ओडेर ती भलादमीले सहजै जवाफ दिए, ‘खच्चरले ल्याउँदा महंगो पर्छ। घरकै आइमाईहरूले बोके सस्तो पर्छ। फेरि यी महिलाहरूको खासै काम पनि त छैन। त्यति भारी त बोकिहाल्छन् नि।’

    ती भलादमीको कुराले मन झसंग भयो। महिलाहरूको जीवनको मुल्य त खच्चरको भन्दा पनि कम रहेछ। यसरी सुदूर पश्चिममा महिलाले भारी बोकेको देखेरै भनिएको होला, ‘तराईमा गोरू नहुनू, पहाडमा महिला नबन्नू।’ खच्चडभन्दा बढी भारी बोक्नुपर्ने महिलाको सामाजिक मानसिकताले महिला, किशोरी, युवतीहरू गर्भवती हुँदा सुत्केरी हुँदा पनि कठोर शारीरिक काम गरिरहनुपर्ने बाध्यता छ, अनि पाठेघर खसिरहन्छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.