Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

औकस : चीन घेर्न अमेरिकाले रचेको चक्रव्यूह

यस सन्धीका कारण चीन चिन्तित हुनु स्वभाविक हो किनकि चीनलाई घेर्नकै लागि यो सबै गरिएको हो। चीनले त्यसको जवाफ कसरी दिन्छ भनेर अहिले पूरै विश्वको नजर केन्द्रित छ।

प्रमोद मल्लिक प्रमोद मल्लिक
कार्तिक ४, २०७८
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    के दुनियाँ अर्को नयाँ शीत युद्धतर्फ अघि बढेको हो? र, त्यस शितयुद्धलाई केन्द्रमा राखेर नयाँ राजनीतिक समीकरण बनिरहेको हो? के अब दुनियाँको प्रमुख चासो एसियातर्फ र त्यसमा पनि खासगरी चीनतर्फ होला? यी प्रश्नहरूको तात्तातो जवाफ त नमिल्ला तर हालैका घट्नाले केही संकेतहरू भने अवश्य गरेका छन्।

    पछिल्लो र ताज घटना हो, ब्रिटेन, अमेरिका र अस्ट्रेलियाबीच एक सैन्य सन्धिको घोषणा। र, त्यस सन्धीको उदेश्य घोषित रूपमै ‘एशिया प्रशान्त क्षेत्रको सुरक्षालाई मजबूत गर्नु’ हो। अघिल्लो महिना त्यस सन्धीको विधिवत घोषणा गरियो। त्यस सन्धीलाई एयुकेयुएस भनिएको छ।

    यस सन्धीमार्फत अस्ट्रेलियाले अमेरिकी सहयोगमा परमाणु पनडुब्बि बनाउनेछ। यस चक्करमा अमेरिकाले यसअघि फ्रान्सलाई पनडुब्बीका लागि भनेर दिएको ४० अर्ब डलरको ठेक्का नै रद्ध गरिदिएको छ। यसबाट फ्रान्स रिसाएको छ र फ्रान्सले अमेरिकी कदमलाई ‘पीठमा छुरी रोपेको’ बताएको छ।

    अस्ट्रेलियाका प्रधानमन्त्री टनी मरिसन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अमेरिकी राष्ट्रपति जो बाइडनले यस सन्धीमा हस्ताक्षर गर्दै भने, ‘हामी सबै यस कुरामा सहमत छौँ कि एशिया–प्रशान्त क्षेत्रमा दीर्घकालिक शान्ति स्थापित गर्नु आवश्यक छ।’ बाइडनले भने, ‘हामीले मौजुदा रणनीतिक स्थितिलाई ख्याल गर्नु त पर्छ नै, भविष्यको पनि ख्याल गर्नुपर्छ किनभने पूरा संसारको शान्तिका लागि एसिया प्रशान्त क्षेत्रमा शान्ति कायम राख्ने कुरा सबैका लागि आवश्यक हुँदै गइरहेको छ।’

    तर चीनले भने यसमा तिखो प्रतिक्रिया जनाएको छ। अमेरिकी राष्ट्रपतिले चीनको नाम त लिएनन् तर त्यस सन्धिमा दस्तखत भएपछि सबैभन्दा पहिलो प्रतिक्रिया दिने देश भने चीन नै थियो। चीनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले त्यस सन्धिलाई ‘अति गैरजिम्मेबार’ मात्रै होइन, ‘एशिया प्रशान्त क्षेत्रको स्थिरताकै लागि खतरनाक’ बताए।

    त्यसका साथै ‘यी तीन देशहरू ‘शीत युद्ध तथा वैचारिक र सैद्धान्तिक पूर्वाग्रहहरू’ बाट बाहिर निस्कनु आवश्यक छ’ भन्दै वासिङ्गटनस्थित चीनियाँ दूतावासका एक प्रवक्ताले अपील गरे।

    चीन घेर्ने रणनीति

    चीनको प्रतिक्रिया न अनपेक्षित थियो, न अनुचित। अमेरिकाको लामो समयदेखिको यही रणनीति रहेको छ कि कुनै पनि तरिकाले चीनलाई घेर्न सकियोस्। अघिल्ला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई व्यापारिक तरीकाबाट घेर्नेतर्फ प्रयास गरेका थिए। र, उनले चीनबाट अमेरिकामा हुने आयातमा अव्यावहारिक आयात शुल्क लगाएका थिए। त्यसको प्रतिक्रियामा चीनले पनि अमेरिकी उत्पादनमाथि आयात शुल्क लगाएको थियो।

    दुबै देशको बीच व्यापार प्रभावित हुँदै गयो र त्यसले अन्ततः अमेरिकालाई नै ज्यादा नोक्सान पुर्यायो। त्यसकारण दुबै देश मिलेर बैठक नै गरेर अन्ततः बीचको बाटो निकालियो। र, फेरि एउटा अर्को सन्धी गरेर पहिले लगाइको उत्पादन करमा थोरै कमी गरियो र दुबै पक्षले एक अर्कालाई छुट दिए। तर जो बाइडनको मार्ग अलग छ। उनी ट्रम्पझैँ आक्रामक छैनन् तर उनी चीनलाई यत्तिकै छोड्न पनि सक्दैनन्। त्यही भएर उनले सिधै सैन्य सन्धि गरेर चीनको मात्रै नभएर पूरै दुनियाँमाझ बेग्लै संकेत दिएका छन्।

    चीनको अर्थव्यवस्था

    चीनलाई रोक्ने कोशिशको ठूलो कारण यो हो कि सन् १९८० को दशकमा जब तत्कालीन चीनीया नेता देङ सियाओ पिङले चीनियाँ अर्थनीतिमा आधारभूत रूपमा परिवर्तन ल्याए, त्यसको २० सालभित्र चीनको आर्थिक वृद्धिदर १० प्रतिशतको आसपास रह्यो। यस्तो समयसमेत आयो, जब चीनले २० प्रतिसतसम्मको आर्थिक वृद्धि गरायो।

    यसको नतीजास्वरुप चीनियाँ अर्थव्यवस्था आज दुनियाँको दोस्रो नम्बरको अर्थव्यवस्था बनिसक्यो। आजका दिनमा चीनसँग आफ्नो आवश्यकताभन्दा बढी उत्पादन छ र त्यत्तिकै पैसा पनि। यो पैसा र उत्पादन चीन आफैँले उपभोग गरिभ्याउँदैन। त्यसकारण, अरु देशलाई त्यो उत्पादन र प्रविधि दिएर अन्य देशको व्यापारमाथि समेत कब्जा जमाउने अवसर छ चीनलाई।

    चीनको सपना

    यससँग जोडिएको मामला हो, ‘चीनीया सपना’ अथवा ‘चाइनीज ड्रीम।’ यस नाराले पूरै दुनियाँको निद उडाएको छ। शी जिनपिङले आफू राष्ट्रपति बनेको केही दिनपछि, सन् २०१४ मा ‘चाइनीज ड्रीम’को घोषणा गरेका थिए। सामान्य शब्दमा भन्ने हो भने त्यो सपना चीनलाई ‘पुनर्जीवित’ गरेर ‘आर्थिक, सैन्य र राजनीतिक मामलामा दुनियाँको सबैभन्दा समृद्ध देश’ बनाउनु हो।

    शी जिनपिङले भनेका थिए कि त्यो काम सन् २०४९ सम्ममा हुनुपर्छ। चीनियाँ क्रान्ति सन् १९४९ मा भएको थियो। अर्थात् उक्त कृषक क्रान्ति अथवा समाजवादी क्रान्तिले जब सय साल पूरा गर्नेछ, त्यसबखत चीन दुनियाकै ‘सबैभन्दा समृद्ध, प्रतिष्ठित र सुरक्षित देश’ हुनेछ। यसको अर्थ यसरी लगाइयो कि सन् २०४९ मा पूरै दुनियाँभर चीनकै बोलबाला हुनेछ।

    शीतयुद्ध

    यो त्यही कुरा हो, जुन रूसका तत्कालिन नेता जोसफ स्टालिन भन्ने गर्थे। यद्यपि स्टालिन या सोवियत संघ कम्युनिस्ट पार्टी (सीपीएसयू) ले कहिले पनि यो भनेनन् कि उनीहरू रसियालाई संसारकै शक्तिशाली देशका रूपमा स्थापित गर्न चाहन्छन्। रूसको बुझाई थियो कि पूँजीवादी देशहरूले साम्यवादी सरकारहरूलाई टिक्न दिनेछैन र पूँजिवादी देशको सामना गर्नका लागि साम्यवादी देश यानकि सोभियत संघ आर्थिक, सामरिक, राजनीतिक र सामाजिक रूपबाट यति मजबूत हुनुपर्छ कि पूँजिवादी देशले सहजै उखेलेर फ्याँक्न नसकोस्।

    सोभियत संघको विकास र उसको बढ्दो तागतबाट चिन्तित अमेरिकाले उसलाई रोक्नका लागि हरतरहका उपायहरू अवलम्बन गर्यो। तिनै कोशिशहरूको नतिजास्वरूप उत्तर अटलान्टिक सन्धि संगठन (नेटो) जस्तो सामरिक गठबन्धन बन्यो। यूरोपीय संघजस्तो व्यापारिक गठबन्धनको जन्म पनि त्यसैका कारण भयो। दोस्रोतर्फ, सोभियत संघले पनि कम्युनिस्ट देशहरूसँग मिलेर आफ्नो अलग सैन्य संगठन र आर्थिक गुट बनायो। यसले शीत युद्धको शुरुआत भयो र पूरै दुनियाँ दुई खेमामा बाँडियो।

    र, आज दुनियाँ पुनः एक पटक त्यसैतर्फ उन्मुख भएझैँ देखिएको छ। तर यो त प्रष्टै छ कि चीनलाई रोक्न भने गार्है छ। तर उसकै इलाकामा उसलाई आर्थिकदेखि सैन्य रूपले नै घेर्न सक्दा उसलाई कमजोर पार्न सकिन्छ या उसलाई अल्झाउन सकिन्छ भन्ने सोच अमेरिकीहरूमा देखिन्छ।

    दक्षिण चीन सागर

    दक्षिण चीन सागर चीनको इलाका हो। यो एशिया प्रशान्तको त्यो क्षेत्र हो जुन प्रशान्त महासागरको ठूलो हिस्सा र हिन्द महासागरको एक हिस्सा मिलेर बन्दछ। यसमा दक्षिण चीन सागर पनि पर्छ, जसको अलग–अलग स्थानमा कैयौँ देशहरुले आफ्नो दावी पेश गर्ने गर्छन्। र, यसैलाई लिएर कतिपय देशसँग चीनको सीमा विवाद पनि छ। यसको मूलमा त्यो काल्पनिक इलाका छ, जसलाई ‘नाइन ड्यास लाइन’ भनिन्छ। चीनको भनाई छ कि ‘नाइन ड्यास लाइन’भित्र पर्ने इलाकाको उसको नियन्त्रण चीनीयाँ सभ्यताको शुरुआतबाटै रहेको थियो। चीन यो तर्कलाई बलियो बनाउन दुई हजार पहिले लेखिएको किताबको उद्धरणको सहारा लिने गर्छ।

    सीमा विवाद

    चीनको सीमा विवाद जापान, इण्डोनेसिया, मलेशिया, ब्रुनेई, फिलिपिन्स, थाईल्याण्ड, भियतनाम, सिंगापुर र लाओसजस्ता सानासँग समेत छ। इण्डोनेसिया र फिलिपिन्ससँग चीनियाँ नौसेनाको छोटा–मोटा झडपहरू कैयौँ पटक भइसकेको छ। भियतनामसँग सन् १९७८ मा युद्धसमेत भएको थियो। र, अमेरिकाको दिलचस्पीचाहिँ दक्षिण चीन सागरको विवादमा यिनै देशहरूको काँधमा राखेर बन्दुक चलाउनुमा छ। अमेरिका स्वयंले यस क्षेत्रको बारेमा कुनै मतलब नै नराख्दा हुने हो किनकि अमेरिका आफैँ यस क्षेत्रको होइन। तर उ यस क्षेत्रमा जापानलाई अघि उचाल्न चाहन्छ।

    अमेरिकाको नजर अस्ट्रेलियातर्फ समेत यसकारण छ कि त्यो देश दक्षिण चीन सागरमा नपरे पनि एशिया प्रशान्त क्षेत्रमै पर्छ। एशिया प्रशान्तमा अमेरिकाको नौसैनिक अड्डा पहिलेदेखि नै छ। सबैभन्दा महत्वपूर्ण फिलीपीन्स र जापानका नौसैनिक अड्डा हुन्। यदि यसमा अस्ट्रेलियालाई जोडियो र अलि अघि बढेर डिएगो गार्सियामा पहिलेदेखि नै मौजूद रहेको नौसैनिक अड्डालाई सामेल गरियो भने अमेरिकी दबदबा एशिया प्रशान्तदेखि हिन्द महासागर तथा अफ्रीकासम्म कायम हुनेछ।

    उसका लागि अस्ट्रेलियाको महत्व यस कारण पनि छ कि अस्ट्रेलियाको बन्दरगाह चीनमाथि हमला गर्नका लागि सधैँ तयारी अवस्थामा होस्। उसको पनडुब्बीले पूरै एशिया प्रशान्त क्षेत्रलाई मथिरहोस्, चीन र दक्षिण चीन सागरका अन्य देशहरूको जासूसी गरिरहोस् र जति नै खेर पनि केही घण्टाकै सूचनाकै आधारमा चीनको कुनै बन्दरगाह या सैनिक अड्डामा हमला गर्न सक्षम रहोस्।
    अस्ट्रेलिया–अमेरिका–यूके अथवा AUKUS (एयूकेयूएस) सन्धि यसै कुरालाई ध्यानमा राखेर गरिएको हो।

    यस सन्धिका कारण चीन चिन्तित हुनु स्वभाविक हो किनकि चीनलाई घेर्नकै लागि यो सबै गरिएको हो। चीनले त्यसको जवाफ कसरी दिन्छ भनेर अहिले पूरै विश्वको नजर केन्द्रित छ। -सत्य हिन्दीबाट प्रकाश अजातको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रमोद मल्लिक

      प्रमोद मल्लिक

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.