Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

आम मान्छेका कथा लेख्ने प्रेमचन्द : जसको कृति अंग्रेजले जलाइदिएका थिए

प्रेमचन्दले स्वतन्त्रता अघिको भारतको यथार्थलाई जसरी चित्रण गरे, अरु लेखकको साहित्यहरूमा त्यस्तो पाउन सकिँदैन।

मोहन लाल शर्मा मोहन लाल शर्मा
अशोज ७, २०७८
- विमर्शका लागि, समाज, साहित्य
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रेमचन्दको ‘ईदगाह’ शीर्षकको कथा एउटा यस्तो कथा हो, जसलाई सायद सबैले पढेका होलान्। यस कथाको एउटा पात्र, हामिद एक बालक हुन्। ती बालक आफू समानका साथीहरूजस्तै खेल तथा खेलौनाहरूको लोभ गर्दैन थिए। बरु उनले एकदिन आफ्नी हजुरआमाका लागि बजारबाट खेलौनाको सट्टा एउटा चिम्टा पो किनेर ल्याइदिए।

    तर चिम्टा नै किन? कारण थियोः रोटी सेक्ने क्रममा उनको हजुरआमाको हात जलेको देखेर उनी चिन्तित थिए। आगोले हजुरआमाको हात नजलुन् र रोटी सेक्न सजिलो होस् भनेर उनले बजारबाट चिम्टा किनेर हजुरआमालाई दिएका हुन्। लेखक प्रेमचन्दले यो छोटो कथाबाट ठूलो सन्देश दिएका छन्। त्यसले पाठकको मनमात्रै छुँदैन, पाठक त्यसलाई आत्मसात पनि गर्छन्। यो एउटा उदाहरण मात्र हो। प्रेमचन्द मानिसको मनोविज्ञानलाई बुझ्ने क्षमता भएका रचनाकार थिए।

    यथार्थको चित्रण

    प्रेमचन्दले स्वतन्त्रता अघिको भारतको यथार्थलाई जसरी चित्रण गरे, अरु लेखकको साहित्यहरूमा त्यस्तो पाउन सकिँदैन। प्रेमचन्दको जन्म ३१ जुलाई, १८८० मा बनारसभन्दा चार माइल टाढा लमही गाउँमा भएको थियो। बुवाको नाम अजायराब राय थियो र उनी डाकखानामा काम गर्दथे। प्रेमचन्दको वास्तविक नाम धनपत राय हो। प्रेमचन्द राय १५ वर्षको हुँदा उनको विवाह भयो। विवाहको करिब १ वर्षपछि उनको बुवाको मृत्यु भयो र घरको पूरै जिम्मेवारी प्रेमचन्दमाथि आइलाग्यो।

    गरीबीको कुचक्र

    सानैदेखि उर्दू भाषा राम्रोसँग जानेका प्रेमचन्दले १३ वर्षको उमेरदेखि नै लेख्न सुरु गरेका थिए। सुरुमा उनले केही नाटकहरू लेखे। पछि उर्दूमा उपन्यास लेख्न सुरु गरे। यसरी सुरु भएको उनको साहित्यिक यात्रा अन्तिम साससम्म निरन्तर रह्यो। उनले गरीबीले निम्त्याउने दुःख र गरीबको अवस्था झल्काउने कथा लेख्नुको पछाडिको कारण हो, उनको आफ्नै पृष्ठभूमि र देशको औपनिवेशिक शासन। उनको आफ्नै जीवनको अधिकांश समय पनि अभावमै बित्यो।

    दोस्रो विवाहपछि प्रेमचन्दका परिस्थितिहरू केही बदलिए। यसै दौरान उनको पाँच कथाहरूको संग्रह ‘सोजे वतन’ छापियो। यसमा उनले देश प्रेम र जनताको दुःख लेखे। अंग्रेज शासकहरूलाई यस कथामा विद्रोहको गन्ध आउन थाल्यो। यतिबेला प्रेमचन्द नवाब रायको नामबाट लेख्ने गर्थे। त्यसपछि नवाब रायको खोजी सुरु भयो। नवाब राय पक्राउ परे र उनकै आँखा अगाडि ‘सोजे वतन’ लाई जलाइयो। उनलाई आगामी दिनमा बिना अनुमति लेख्न नपाउनेगरी प्रतिबन्ध पनि लगाइयो।

    यसरी बने ‘प्रेमचन्द’

    त्यसपछि धनपत राय नवाब राय रहेनन्, उनी सधैंका लागि प्रेमचन्द बने। उनलाई यो नाम उनका नजिकका मुन्शी दया नारायण निगमले सुझाएका हुन्। प्रेमचन्दलाई मुन्सी प्रेमचन्दका नामले समेत चिनिन्छ।

    मुन्शी दया नारायण निगम बिसौं शताब्दिको सुरुवातका समय कानपुरबाट प्रकाशित हुने उर्दू पत्रिका ‘जमाना’ का सम्पादक थिए। उनले नै प्रेमचन्दको पहिलो कथा ‘दुनियाका सबसे अनमोल रतन’ प्रकाशित गरेका थिए। आफ्नो जिन्दगीको अन्तिम समयताका प्रेमचन्दले एउटा उपन्यास लेख्न सुरु गरे। यसको नाम थियो– मंगलसुत्र…तर यो कहिले पूरा हुन सकेन।

    फिल्मी दुनियाँमा प्रवेश

    परिवारको पालनपोषण गर्नका लागि प्रेमचन्द आफ्नो भाग्यको परीक्षा लिँदै सन् १९३४ मा मायानगरी मुम्बईमा पुगे। अजन्ता कम्पनीमा कहानी लेखकको रुपमा काम पनि गरे, तर वर्षभरीको अनुबन्ध पूरा हुनु अगावै उनी घर फर्किए। यद्यपि प्रेमचन्दको कथा र उपन्यासहरूमाथि धेरै फिल्महरू बने। तर दर्शकले उनीमाथि न्याय गरेनन्।

    यदि प्रेमचन्दको उपन्यास वा कथामाथि बनेका कुनै फिल्मले सफलताको मुख देखेका छन् भने त्यो होः सन् १९७७ मा बनेको ‘शतरञ्जके खिलाडी’। यसका निर्देशक सत्यजित रे हुन्। यस फिल्मले तीनवटा फिल्म फेयर अवार्ड जित्यो। यस फिल्मको कहानी अवधका नवाब वाजिद अली शाहका दुई धनाढ्यको वरिपरि घुम्छ।

    भारतीय फिल्ममाथि लेखिने साहित्यकार यतीन्द्र मिश्रका अनुसार प्रेमचन्दका तीन वटा कथामाथि फिल्म बन्यो। जसमा ‘सद्गति’ र ‘शतरञ्जके खिलाडी’ सत्यजीत रेले र ‘कफन’ माथि मृणाल सेनले फिल्म बनाए। यसको अलावा ‘गोदान’,‘ गबन’ र ‘हीरा मोती’ लाई सम्झिन सकिन्छ।

    फिल्मको असफलता

    हिन्दी साहित्यको दुनियाँमा प्रेमचन्दको नाम एउटा कथाकारको रुपमा चम्किसकेको थियो। ती कथामाथि बनेका फिल्मलाई भने दर्शकले खासै रुचाएनन्। प्रेमचन्दको रचनाहरूमा वामपन्थसँगको झुकावलाई खोजियो।

    प्रेमचन्दले सन् १९१९ मा दया नारायण निगमलाई भनेको कुरा उल्लेख गर्दै प्रेमचन्दको जीवनी ‘कलमका सिपाही’ का लेखक तथा प्रेमचन्दका छोरा अमृत राय भन्छन्–‘उनी वोल्शेविक उसूलहरूलाई मान्थे। यसको मतलब मात्र यो हो कि उनी यस धरतीमा शोषणको विरोध गरिरहेकाहरूको अभिनन्दन गर्छन्। तर यसको मतलब यो कदापी निकाल्न हुँदैन कि उनी वामपन्थी भए।’

    प्रेमचन्दका छोरा अमृत राय र प्रसिद्ध कवियित्री सुभद्रा कुमारी चौहानकी छोरी सुधा चौहानको विवाह भएको थियो। यो धेरै कमलाई थाहा छ। प्रेमचन्दको नाति आलोक रायका अनुसार त्रिपुरा कांग्रेसमा भाग लिन गएका बेला उनका बुवा अमृत राय र उनकी आमा सुधा चौहानको भेट भयो। त्यहाँ उनकी आमा कांग्रेस कार्यकर्ताको रुपमा सहभागी भएकी थिइन्।

    यसपछि उनीहरूको भेटको सिलसिला बढ्यो। यस सम्बन्धमा जातको विषयलाई लिएर परिवारमा विरोध भयो। तर अन्ततः उनीहरू विवाह बन्धनमा बाँधिए।

    सामाजिक सरोकार

    भारतको ग्रामीण जीवनलाई प्रेमचन्दले आम मानिसको भाषमा बयान गरे र ‘गोदान’, ‘गबन’, ‘निर्मला’, ‘कर्मभूमि’, ‘सेवासदन’, ‘कायाकल्प’, ‘प्रतिज्ञा’ जस्ता उपन्यासहरू र ‘कफन’, ‘पुस की रात’, ‘नमकका दारोगा’, ‘बडे घर की बेटी’, ‘घासवाली’ जस्ता कयौं कथाहरू लेखे।

    त्यतिबेलाका समस्याहरू आजपनि छन्। यद्यपि प्रेमचन्दपछिका लेखकहरू यस्ता सामाजिक सरोकारका विषयमा किन लेख्दैनन् ? जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व प्रोफेसर म्यानेजर पाण्डे भन्छन्, ‘आजको साहित्य शहरी मध्यम वर्गको साहित्य हुन्छ, जसमा उनैको जीवनशैली र उनैको समस्याहरूको कुरा हुन्छ। अहिले जो किसानको जीवनमाथि लेख्छ, उसलाई पिछाडिएको लेखक मान्ने गरेको पनि पाइन्छ। आजको जमानामा न त गाउँको कुरा गर्ने लेखक छन् न त विचारक।’

    परिवार

    प्रेमचन्दको परिवारको विषयमा एउटा प्रश्न उठ्ने गरेको छ, प्रेमचन्द जस्ता व्यक्तित्वको विरासत प्राप्त भएको उनको परिवारका लागि जनताको अपेक्षाहरूमा खरो उत्रिन कति कठिन काम हो? प्रेमचन्दको अगाडि उनकै छोराको आफ्नो स्वतन्त्र पहिचान बन्न सकेन। प्रेमचन्दका छोरा आफ्ना बुवाको छायाँमा परे। यतिमात्रै होइन, प्रेमचन्दपछि हिन्दी साहित्यमै उनीजस्ता जनताका लेखक आउन सकेनन्, जम्न सकेनन्।

    –बीबीसी हिन्दीबाट अनुवाद

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मोहन लाल शर्मा

      मोहन लाल शर्मा

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.