Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

महामारीमा रामदेवजस्ता पानी डाक्टरले ‘मुर्गा’ बनाउलान्, बच्नुहोस्

आजभन्दा सय वर्ष पहिले, १९२० मा भारतमा मान्छेको सरदर आयु २२ थियो। भारतको स्वतन्त्रतापछि सरदर आयु ३३ नापियो। अहिले भारतमा मान्छेको सरदर आयु ६९ वर्ष छ। १०० वर्षमै मान्छेको आयु ३ गुणा बढ्यो। यसको कारण के हो? अवश्य पनि चिकित्सा विज्ञान, त्यसले बनाएका आधुनिक औषधी, भ्याक्सिन तथा वैज्ञानिक शिक्षामै आधारित स्वास्थ्य चेतनाका कारण सय वर्षको अन्तरालमा मान्छेको सरदर आयु ३ गुणा बढ्यो।

प्रकाश अजात प्रकाश अजात
जेष्ठ १८, २०७८
- विमर्शका लागि
A A
0
रामदेव आफू र आफ्नो उत्पादनको प्रचारमा शिल्पा सेट्टीजस्ता ग्लेमरस सेलिब्रिटीहरुलाई समेत पैसा तिरेर बोलाउँछन्।

रामदेव आफू र आफ्नो उत्पादनको प्रचारमा शिल्पा सेट्टीजस्ता ग्लेमरस सेलिब्रिटीहरुलाई समेत पैसा तिरेर बोलाउँछन्।

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ३ हप्ताअघि भारतको एक धार्मिक च्यानलमा त्यहाँका ‘सेलिब्रिटी बाबा’ रामकृष्ण यादव उर्फ रामदेवले उनको सुपरिचित ‘हिँहिँहिँ’ भाकामा हाँस्दै, आफ्ना योगभक्तहरूलाई प्रवचन दिँदै भने, ‘भगवानले हामीलाई निशुल्क अक्सिजन दिइराखेका छन्। तर बाहिर मान्छेहरू भने अक्सिजनको सिलिण्डर खोजिरहेका छन्, जबकि मान्छेको शरीरमै दुईवटा सिलिण्डिर छन्। यही सिलिण्डरमै (नाकलाई संकेत गर्दै) अक्सिजन भरौँ। अझै सिलिण्डिर कम भयो भनेर मान्छेहरू गुनासो गर्दैछन्। यी गोडाहरू हाम्रा डाक्टरहरू हुन् भने यी हातहरू नै हाम्रा नर्सहरू हुन्। कसैलाई अक्सिजनको समस्या छ, मलाई भन्नू!’ रामदेवले ८० भन्दा कम अक्सिजन भएका मान्छेहरूलाई योग गराएरै तिनको अक्सिजन तह १०० पुर्‍याएको धक्कु पनि लगाए। स्मरणीय छ, अक्सिजन तह कम भएको र राम्रोसँग सास फेर्न नसक्ने मान्छेलाई अनुलोम बिलोमका गराउनै सम्भव हुन्न।

    प्रकाश अजात

    अक्सिजनको विज्ञान नबुझ्ने ‘डाक्टर रामदेव’

    कोरोनाका कारण बिरामीको फोक्सोले श्वास पम्प गर्न नसकेर कृतिम श्वासप्रश्वासका लागि आवश्यक अक्सिजनको सिलिण्डर खोज्न बिरामीका आफन्तहरू भौँतारिइरहँदा रामदेवले त्यस्तो अवैज्ञानिक र असंवेदनशील टिप्पणी गरेका थिए। भारतका मरणघाट र शव दाहस्थलहरूमा मान्छेका शव भरिएर कतिपयले मृत आफन्तका शव खोलामा सिधै फालेका बखत उनी टिप्पणी गर्दैथिए, ‘मान्छेहरू बेड पाइएन, औषधी कम भयो र मसानघाटमा पालो पाइएन भन्दैछन्। चारैतर्फ नकारात्मक वातावरण बनाइएको छ। यस्तो नकारात्मक वातावरण बनाउनु हुँदैन।’

    महामारीमा ज्यानको बाजी लगाएर बिरामीको उपचारमा खटिएका डाक्टरहरूप्रति समेत उनले भद्दा टिप्पणी गरेपछि भने यी अर्बपति बाबाका विरुद्ध भारतीय चिकित्सक जगतले मुख नै खोल्यो। रामदेवले भनेका थिए, ‘कस्ता खालका डाक्टर हुन् ती जसले आफैँलाई बचाउन सकेनन्। तपाईंहरू डाक्टर हुन चाहनुहुन्छ भने स्वामी रामदेवजस्तो हुनुहोस्। उसँग कुनै डिग्री छैन तर सबैको डाक्टर हो उ। विना कुनै डिग्री तर दिव्यता र सम्मानका कारण म डाक्टर हुँ।’ रामदेवले कोरोनाका कारण भारतभर कहिले १२ सय जना डाक्टरहरूको ज्यान गएको बताए त कहिले भने १० हजार।

    मोदी र भाजपा कनेक्सन

    लाखौँ मान्छेको ज्यान जोगाउन आफ्नै ज्यान धरापमा पारिरहेका डाक्टर र चिकित्सकहरूप्रति क्षुद्र टिप्पणी गरेपछि भारतका मेडिकल डाक्टर, नर्सलगायत आधुनिक चिकित्सासँग सम्बन्धी संघसंस्थाहरूले रामदेवको भर्त्सना गर्दै उनलाई कारवाही गर्न सरकारसँग माग गरे। त्यसो नगरे आफूहरू विरोधमा उत्रने बताएका छन्।

    भारतीय मेडिकल एसोसियएसनले रामदेवको प्रतिक्रियाप्रति निन्दा गर्दै भनेको छ, ‘रामदेवले अवैध र अप्रमाणित औषधी बेचेका छन्।’ हावादारी प्रचार गरेर र आधुनिक औषधीप्रति भ्रम फैलाएका कारण कतिपय सर्वसाधारणमा आधुनिक औषधीप्रति भ्रम फैलको एसोसिएसनको धारणा छ। जसको कारण कतिपयको स्वास्थ्यमा समेत खतरा आएको भारतीय मेडिकल एसोसिएसनको भनाइ छ। एसोसिएसनले उनलाई महामारीसम्बन्धी ऐनअनुसार रामदेबलाई कारवाही गर्न माग गरेको छ।

    डाक्टरहरूको प्रतिक्रियापछि त्यहाँको सरकार डरायो र लगत्तै त्यहाँका स्वास्थ्यमन्त्री हर्षवर्धनले रामदेवलाई चिठी लेख्दै यस्तो टिप्पणी नगर्न आह्वान गरे। अनि रामदेवले ‘आफूले कसैको चित्त दुखाउन नचाहेको’ बताए। तर, फेरि पनि आधुनिक चिकित्सालाई चुनौती दिनेगरी फेरि अर्को टिप्पणी गरे। यो विषयलाई लिएर त्यहाँको चिकित्सा जगत अहिले उद्वेलित छ र भ्रम फैलाएकोमा रामदेवविरुद्ध मुद्धा लगाउनु पर्ने माग चर्को रूपमा उठेको छ। योगका माध्यमबाट ‘पुरातन पुनर्जागरण’ ल्याएका र सोही कारण मोदी र बिजेपीका प्रिय बनेका यिनीविरुद्ध त्यहाँको सरकारले अहिलेसम्म कुनै केस दर्ज गराएको छैन।

    रोचक कुरो के छ भने गत फेब्रुअरीमा भारतीय स्वास्थ्यमन्त्री हर्षवर्धन र अर्का केन्द्रीय मन्त्री नितिन गडकरीलाई रामदेवले आफ्नो उत्पादनको प्रचार कार्यक्रममा बोलाएका थिए। र, सो कार्यक्रममा आफूले प्रवर्धन गरेको ‘कोरोनिल’ नामक उत्पादनलाई विश्वस्वास्थ्य संगठनले कोरोनाविरुद्धको औषधीको रूपमा मान्यता दिएको गुड्डीसमेत हाँकेका थिए। अघिल्लो वर्ष नै उनले कोरोनालाई लक्षित गरेर बजारमा ल्याएको कोरोनिल कुनै नयाँ आविस्कार भने होइन। गुर्जो, तुलसी र अश्वगन्धा(जिन्सेङ)को मिश्रण कोरोनिल। कोरोनासँग मिल्दोजुल्दो ‘कोरोनिल’ नाम राखेर आम मान्छेहरूलाई छक्याएर मुर्गा बनाउने उनको उदेश्य थियो।

    कपटी बाबाको ‘कोरोनिल’

    उनले कोरोनिललाई सार्वजनिक गर्दै यो उत्पादनले ७ दिनभित्र बिरामी सतप्रतिसत ठीक हुने बताएका थिए। जबकि अन्धविश्वास, जादुटुना, बाबाजी र माताजीका उडन्ते मन्त्र र अप्रमाणित बुटीमा विश्वास गरिने भारतमा कोरोनाका कारण गत एक वर्षमा ३ लाख तीस हजारको ज्यान गएको छ भने त्योभन्दा बढी जनसंख्या भएको चीनमा अहिलेसम्म मृत्युको संख्या ५ हजार पनि नाघेको छैन। भारतको औषधीसम्बन्धी विभागले कोरोनिललाई कोरोनाको उपचारका रूपमा नबेच्न भने पनि रोग प्रतिरोधात्मक शक्ति बढाउने नाममा, विना कुनै अवरोध अहिले पनि भारतमा कोरोनिल बिक्री भइरहेको छ। कतिपय राज्य सरकारहरूले त अनुदानमै सो बुटी वितरण गराएका छन्। तर खोइ त कोरोना संक्रमण भारतमा भित्रिएलगत्तै बनेको बाबाको अचुक बुटीको प्रभाव?

    आम रूपमा घरेलु उपचारका रूपमा नेपाल र भारतलगायतका दक्षिण एसियाली मुलुकहरूमा तुलसी, अश्वगन्धा र गुर्जोको पहिलेदेखि नै उपभोग भइराखेको थियो। यद्यपि, सर्वसाधारणले जडीबुटीको सही मात्रामा उपयोग गर्न नजान्दा जडीबुटीका नकारात्मक प्रभावहरू देखिने गरेका छन्। जस्तो कि यही महामारीमा पनि रोग प्रतिरोधात्मक शक्ति बढ्छ भन्ने नाममा अधिक गुर्जो सेवन गरेकाहरूमा कलेजो बिग्रेको र कतिपयले त ज्यान नै गुमाएका खबरहरू आएका थिए।

    नेपालमा पनि लुटुपुटु र लटीपटी

    सन् २००२ मा भुँडी घुमाएर संस्कार टिभीमार्फत भारतीय र नेपालीहरूका अगाडि देखिने गरेका रामदेव आजका दिनमा धर्म र राज्यशक्तिको आडमा अर्बौँ कमाएका एक कपटी व्यापारी हुन्। फरक यत्ति हो, सानातिना “बाबाहरु” आफ्नो कोठा वा घरबाटै धन्दा संचालन गर्छन्, यिनी टेलिभिजन प्रविधिको दुरुपयोग गरेर आफ्नो धन्दा फैलाउँछन्। र, उनले भारतीयको मनोविज्ञान राम्रोसँग बुझेका छन्।

    टेलिभिजनबाट सन् २००२ बाट आक्रामक राजनीतक भाषणसँगै ‘योग’ सिकाउँदै उदाएका रामदेवले पछि भारत र नेपालमा समेत योग शिविरहरू चलाउन थालेका हुन्। अवसरको खोजीमा नेपालबाट भारत पसेका वालकृष्ण आचार्यलाई समेत साथै लिएर जडिबुटीसमेत बेच्ने गरेका यिनले ‘योगलाई लोकप्रिय बनाएको’ चर्चा चलेपछि यिनमा आफूले पुर्वीय विज्ञानको पुनरुत्थान गरेको दावी गर्न थालेका हुन्।
    उनले नेपालमा राष्ट्रपति विद्या भण्डारीको हातबाट २०७३ सालमा आफ्नो पतन्जली आयुर्वेद प्रालि नामको कम्पनीको उद्घाटन गराएका थिए।

    पतन्जलीको नेपालस्थित व्यवसायमा व्यापारी उपेन्द्र महतोको लगानी रहेको छ। पूर्वीय सभ्यताको दुहाइ दिने यी मनुवाको नेपालस्थित प्राइभेट कम्पनीको पानसमा बत्ति बालेर विद्या भण्डारीले उद्घाटन गर्दा रामदेव र बालकृष्ण भने सोफामै ‘शासक शैली’ मा बसेका थिए, जबकि अन्य व्यक्तिहरू भने उभिएर ताली ठोकेका थिए। यिनकै कार्यक्रममा सामेल हुन तत्कालिन प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति विद्या भण्डारी सरकारी हेलिकोप्टर चढेर बिरगंज पुगेका थिए। कतिसम्म भने भारतको राजकीय भ्रमणका क्रममा सन् २०१६ मा प्रचण्ड रामदेवको हरिद्वारस्थित पतंजली योगपीठमा समेत पुगेका थिए।

    त्यसअघि, २०७२ सालमा राष्ट्रपति रामवरण यादवको कार्यकालमा पनि यिनी नेपाल आएर काठमाडौँको टुँडिखेलमा योग शिविर चलाएका थिए। त्यस बखत नेपालका धनीमानी र प्रायः सबैजसो राजनीतिक दलका नेताहरू उनका वरपर झुम्मिएका थिए। उनले चलाएको योगशिविरमा भाग लिनकै लागि अनेकौँ स्तरका टिकटहरू बेचिएका थिए। टुँडिखेलको शिविरमा उनले हजारौँ मुल्यमा टिकट बेचाएका थिए। आफू नजिक र आसपास बस्नेहरूलाई महंगो टिकट र परपर बस्नेलाई भने अलि कम मुल्य। हजारौँ मुल्यका थिए उनका शिविरका टिकट। रामदेवले नेपालमा गरेको लगानी अपारदर्शी र गैरकानुनी भएको भन्दै बेलाबेला प्रश्नसमेत उठेका छन्।

    ‘छोरो पाउने औषधी’

    सन् २०१४ मा दक्षिणपन्थी नरेन्द्र मोदीले चुनाव जितेपछि यिनको बार्गेनिङ शक्ति झनै बढको हो। पहिलेदेखि नै अवैज्ञानिक दावीहरू गर्दै आएका यिनले कोरोनिलभन्दा अघि ‘दिव्य पुत्रजीवक बीज’ नामको उत्पादनसमेत बजारमा ल्याए। पुत्रको अर्थ छोरा र बीजको अर्थ बिउ। नामैबाट त्यसको खाएमा ‘पुत्र प्राप्त हुने’ बीज बुझिने त्यो उत्पादनलाई उनका विक्रेताहरूले ‘छोरा पाउनका लागि खानुपर्ने औषधी’का रूपमा प्रचार गरे। पतन्जली औषधीका विक्रेताहरूले छोराको चाहना राख्नेहरूलाई यो उत्पादन राम्रैसँग बेचे।

    उतिखेर भारतको स्वास्थ्यसम्बन्धी मन्त्रालय रामदेवको यो भ्रमपूर्ण उत्पादनकै पक्षमा बोल्यो र भन्यो, ‘महिलाको मासिक धर्मलाई सन्तुलित बनाउन प्रयोग हुने जडिबुटीको नाम हो पुत्रजीवक।’ आखिर नरेन्द्र मोदीका सरकार न थियो। एड्स, पार्किन्सन, डायबिटिज, क्यान्सर र मुटुसम्बन्धी जटिल समस्या आफूले निको गर्ने दावी गर्ने र अनुलोम बिलोमबाटै धेरै रोग ठीक पार्ने दावी गर्ने उनलाई उनका कतिपय आलोचकहरू व्यंग्य गर्छन्, ‘उति डरलाग्दा रोगको उपचार गरेर ठीक पार्ने यिनी आफ्नो टेढो आँखाको उपचारचाहिँ किन गर्न सक्दैनन्?’

    ‘सनातन संस्कृति र धर्म’को आवरणमा बजार

    ‘स्वदेशी औ सनातनी अपनाओ’ भन्दै यिनी योग, आयुर्वेद र घरेलु उपचारमा जोड दिने उनी पहिले मल्टीनेसनल कम्पनीका उत्पादनहरूका विरोध गर्थे। अनौठो के छ भने चीनियाँ सामानहरूको उपभोगको भरमार विरोध गर्ने यिनी चीनमै बनेको आइफोन प्रयोग गर्छन् र यिनका कतिपय सामानहरू पनि चीनबाटै ल्याइन्छन्। र, त्यसमा पतन्जलीको स्टिकर टाँसिन्छ। रामदेबका सबैजसो उत्पादनहरू आउटसोर्सिङ गरिएका हुन्। उसो त सन् २०१८ मा रामदेवको कम्पनी र चीनको एड्मिनिस्ट्रेटिभ कमिटी अफ नान्दागाङबीच इन्डस्ट्रीयल पार्कबीच साझेदारीको सम्झौता समेत भएको थियो।

    आजका दिनमा यिनी आफ्नै ब्रान्डमा जस्तासुकै सामान बेच्छन्। आयुर्वेदका नाममा जडीबुटी, गाईमुत्रदेखि लिएर सौन्दर्य प्रसाधन, बिस्कुट, चाउचाउदेखि लिएर लुगाकपडालगायत २५ सय उत्पादनहरूसमेत बेच्छन्। भारतमा यिनका हजारौँ विक्रि केन्द्र छन्। नेपालमा पनि पतन्जली आयुर्वेदका प्रालिअन्तर्गत ‘औषधालय’का नाममा खोलिएका बिक्रीकेन्द्रहरु सयौं भन्दा बढि छन्।

    ‘एलोप्याथी एक ऐसी स्टुपीड और दिवालिया साइन्स है’ भन्ने रामदेव तिनै हुन्, आफू बिरामी पर्दा आधुनिक अस्पतालको उपचार लिने गरेका छन्। सन् २०११ मा भ्रष्टाचारविरुद्ध उनले गरेको भोक हड्तालका क्रममा ७ औँ दिनसम्म टिक्न नसकेपछि देहरादुनको आधुनिक अस्पतालमा यिनले उपचार गराएका थिए। उनका सहयोगी बालकृष्ण आचार्यलाई सन् २०१९ मा कृष्ण जन्माष्टमीमा पेडा खाएपछि फुड पोइजन भएको बताइएको थियो। र, ऋषिकेसको महंगो अस्पतालमा उनको उपचार गराइएको थियो। अचेत अवस्थामा अस्पताल पुर्याइएका आचार्यलाई आइसियुमा राखेर उपचार गरिएको थियो। बालकृष्ण आचार्य नेपालमा आएका बखत नेफ्रोलजिस्ट डा प्रमोद क्षेत्रीलाई जचाउँछन्।बालकृष्णलाई जडीबुटी र आयुर्वेदका माहिर ज्ञाताका रूपमा रामदेवले प्रस्तुत गर्ने गरेका छन्।

    आयुर्वेदिक औषधीमा मान्छेको हाड

    र, रामदेवले उत्पादन गरेका सामानहरूको गुस्तरीयताबारे त सधैँजसो विवाद उठेकै छन्। उनले उत्तरांचल राज्यमा संचालन गरेको दिव्य फार्मेसीमा कामदारहरूलाई उचित ज्याला दिएको सवाल छँदैछ, सन् २००६ मा उनको फार्मेसीले उत्पादन गरेर बेच्ने औषधीमा मान्छेका हाड मिलाइएको तथ्य पनि बाहिरिएको थियो।

    भारतकी कम्युनिष्ट नेता वृन्दा कराँतले त्यस विषयमा हस्तक्षेप गरेपछि रामदेवको दिव्य फार्मेसीले मजदुरहरूलाई न्युनतम ज्याला दिन सहमत भएको थियो। यता, ‘कुलीया भस्म’ र ‘यौनामृत बती’ नामको उत्पादनमा मान्छेको हाडको धुलो हालिएको प्रमाणित भएको विषयमा भने शक्तिको आडमा यिनीमाथि कारवाही चलाइएन। अहिले भाजपा र मोदीका अत्यन्त प्रिय यिनी आफ्नो व्यापारका लागि जोसँगै पनि सहजै हार्दिक सम्बन्ध गाँस्न सिपालु छन्।

    यिनले उत्पादन गरेको ‘अमला जुस’ उपभोगयोग्य नभएका कारण भारतीय सेनाले समेत आफ्नो क्यान्टिन स्टोर डिपार्टमेन्टमा यो उत्पादन नबेच्न निर्देशन दिएको थियो। सन् २०१७ मा उत्तराखण्ड सरकारले सार्वजनिक गरेको ल्याब रिपोर्टअनुसार रामदेवका कम्पनीका १८ उत्पादनहरू उपभोग्य देखिएका थिएनन्।

    एलोपेथीक औषधी खराब हो?

    महामारी र अनेकौँ सरुवा रोगहरूमाथि नियन्त्रण गरेर मानव मृत्युदर घटाउनमा आधुनिक चिकित्सा सफल भएपनि आयुर्वेदी, युनानी, होमियोपेथी र सिद्ध नामका उपचार विधीहरू दक्षिण एसियामा प्रचलित छन्। प्राकृतिक चिकित्साका आवरणमा विकसित देशहरूमा पनि छद्म उपचार पद्धतिहरूको जगजगी छँदैछ। उसो त हाम्रोमा अहिले पनि धामीझाँक्री जस्ता मनोवैज्ञानिक विधिहरू पनि छँदैछन्। र, आपतकालिन अवस्था र गम्भीर रोगहरूमा आधुनिक चिकित्सा अपनाएपनि आम मान्छेहरू पुराना उपचार विधीहरूको महिमामण्डन गरेर थाक्दैनन्।

    आजभन्दा सय वर्ष पहिले, १९२० मा भारतमा मान्छेको सरदर आयु २२ थियो। भारतको स्वतन्त्रतापछि सरदर आयु ३३ नापियो। अहिले भारतमा मान्छेको सरदर आयु ६९ वर्ष छ। १०० वर्षमै मान्छेको आयु ३ गुणा बढ्यो। यसको कारण के हो? गास वास कपासमा पहुँचबृद्धिले गरेको रोगको रोकथाम त हुँदै हो, त्यसमा चिकित्सा विज्ञान, त्यसले बनाएका आधुनिक औषधी, भ्याक्सिनका कारण सय वर्षको अन्तरालमा मान्छेको सरदर आयु ३ गुणा बढ्यो। १ हजारमा पहिले सरदर ३०० बच्चा मर्थे भने आज केवल ३२ मर्छन्। यो १२ गुणाको अन्तर हो।

    मलेरिया, दादुरा, क्षयरोग र पोलियोजस्ता अनेकौँ प्रलय र रोगहरूको निदानमा भूमिका निर्वाह गरेको सामाजिक विज्ञान र चिकित्सा विज्ञान निरन्तर अनुसन्धानमा छन् र सोहीअनुसारको प्रगति पनि गर्दैछ। र, मानव जगतले त्यसको पर्याप्त लाभ पनि लिइरहेको छ। तर हाम्रौ मौलिक र पुरानो उपचार पद्धति हो भन्ने नाममा हामीले त्यस्ता उपचार पद्धतिहरूको जयजयकार गरेर मात्र हुँदैन। कि हामी र हाम्रो राज्यले ठूलो बजेट लगानी गरेर हाम्रो पुरानो उपचार पद्धति र औषधीको गुणवत्ता स्थापित गर्नुपर्छ। होइन भने आयुर्वेदका नाममा जस्तासुकै अप्रमाणित औषधी बेचेर दुनियाँको स्वास्थ्यमा खेल्ने अधिकार कुनै पनि बाबा या मातालाई हुनुहुन्न।

    उसो त रामदेव नामको एउटा चुत्थो व्यापारीले खारेज गर्दैमा एलोप्याथी र विज्ञान खारेज हुँदैन। किनकि एलोप्याथी पनि रामदेवजस्ताहरूको अन्तिम शरण हो। आफ्नै तथाकथित औषधीको प्रमाणिकरणका लागि पनि उनी सेतो एप्रोन लगाएका डाक्टरहरूलाई मंचहरूमा उभ्याउँछन्। यसबाट पनि उनको आधार कति कमजोर छ भन्ने प्रमाणित हुन्छ।

    ‘पानी डाक्टर’हरूबाट मुक्त होउँ

    अनुमान गरिन्छ कि भारतमा कमसेकम एक करोड बाबा/माताहरू छन्। तीमध्ये एक हुन् रामदेव। अन्य धेरैजसो बाबाहरू झारफुक, उपदेश–प्रवचन तथा किताबहरू बेचेर पैसा कुम्ल्याउँछन् भने यीचाहिँ जेसुकै बेचिदिन्छन्। कथम्कदाचित् यी ‘क्वाक’ (पानी डाक्टर) अन्य देशमा हुन्थे महामारीका बीचमा भ्रम फैलाएको र नक्कली औषधी बेचेको आरोपमा जेल पुग्थे। तर शक्तिका कारण भारतका राज्य सरकारहरू समेत रामदेवका हौवामा दौडेका छन्।

    सडक र चौरहरूमा छोटामोटा प्रहसन र जादु गरेर आजका दिनमा पनि ‘झोलाछाप सडक डाक्टर’हरू सर्वसाधारणलाई अप्रमाणित औषधी बेच्छन्। एउटै बुटी या धुलोको मिश्रणले सैयौँ रोग निको हुने दावी गर्छन्। कतिपय धुलो औषधिमा एलोपेथिकको स्टेर्‍वाइड चक्की पिसेर राखिएको हुन्छ। उस्तै पर्दा, ‘निको भएको व्यक्ति यिनै हुन्’ भन्दै आफू निकट व्यक्ति खडा गरेर सर्वसाधारणलाई उल्लु बनाउँछन्। रामदेव पनि आफू निकटका, किनिएका माान्छेहरू खडा गरेर क्यान्सरजस्ता रोगमा आफूले सफलता पाएको भन्दै दुनियाँलाई उल्लु बनाउँछन्।

    गरीबी र अशिक्षामा रामदेवहरू उदाउनु र स्थापित बन्नु अनौठो होइन। किनकि महंगा अस्पतालमा उपचार गराउन जान डराउने सर्वसाधारणहरूका लागि रामदेव ‘एकै चुट्कीमा जादुगरी बुटी’ या ‘चमत्कारी चुर्ण’ निर्माण गरिदिन्छन्, त्यो पनि आधुनिक साजसज्जायुक्त प्याकेटमा। र, कुनै अनुसन्धान र वैज्ञानिक अनुसन्धानदेखि नडराउने एउटा हराम व्यापारीका लागि गरिबी र अज्ञानता आफैँमा उर्वर क्षेत्र हो। सर्वसाधारणको यही अज्ञानता र अवैज्ञानिक विश्वासहरूमा टेकेर रामदेवले गाईमुत्रलाई समेत बोतलमा हालेर बेचेका हुन्। र, अहिले पनि उनी बेलगाम छन्।

    तर रामदेवजस्ता कठवैद्य र झुट्टा चिकित्सकहरूको सार्वजनिक उदय र तिनको शक्तिको विस्तार डरलाग्दो हो। सुन्तले रङका तथाकथित पवित्र आवरणमा मानव स्वास्थ्यमाथि नै खेल्ने यस्ता व्यक्तिहरूले हाम्रो स्वास्थ्य चिन्तनमा पनि गलत असर पार्छ। सामान्य अवस्थामा, आजका दिनमा समेत सर्वसाधारण र विपन्नहरू बिरामी पर्दा धामीझाँक्रीका शरणमा जाने गरेका छन्। त्यसो गर्दा, समयै अस्पताल जान नपाएर कतिको ज्यानै गएको छ। र, टोले धामिझाँक्रीहरू र स्वघोषित वैद्यहरू रामदेवका साना संस्करणहरू हुन्। र, रामदेवचाहिँ टेलिभिजनबाट उदाएका मल्टिन्यासनल पानी डाक्टर हुन्। अन्धविश्वासी सत्ताको लसपसबाबाट मौलाएका यस्ता ठगहरूबाट बचौँ।

    (स्पष्टीकरण: शीर्षकमा उल्लेख गरिएकाे ‘मुर्गा'(कुखुरा) केबल बिम्ब हाे। लेखक कुनै प्राणी हिंसाकाे पक्षमा छैनन्।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रकाश अजात

      प्रकाश अजात

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.