Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

विधान महाधिवेशनले जुन दस्तावेज पास गरेको छ, त्यो आधारभूत रुपले सही छ

हामीले हाम्रो संस्थागत जीवनलाई, सामूहिकतालाई स्थापित गरेर जानुपर्छ भन्ने कुरालाई विधान महाधिवेशनले अझ जोडका साथ पारित गरेको छ। त्यसको अर्थ कटुता कम भएको पक्कै हो।

nepal_readers nepal_readers
अशोज २२, २०७८
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भर्खरै सम्पन्न विधान महाअधिवेशनका कारणले नेकपा एमालेमा के परिवर्तन भयो?
    पहिलोे, पहिले पहिले राष्ट्रिय महाधिवेशनहरूमा सबैको ध्यान प्रतिवेदनमा के लेखेको छ, विधान संशोधनमा के लेखेको छ र संगठनात्मक प्रस्तावमा के लेखेको छ भन्ने कुरामा सबैको ध्यान हुँदैनथ्यो। कसलाई जिताउने र कसलाई हराउने भन्ने कुरामा मूल रूपमा ध्यान हुन्थ्यो। यो विधान महाधिवेशनमा कसलाई जिताउने र हराउने भन्नेमा कसैको ध्यान थिएन। डकुमेन्टमा आधारित भएर त्यसमा रुची राख्नेहरुले चासो राख्नेहरूले त्यसमा केन्द्रित भएर बहस छलफल गर्ने एउटा अवसरको रूपमा यो विधान महाधिवेशन भयो। यसअर्थमा यो विधान महाधिवेशन विशेष हुनगयो।

    विधान महाधिवेशनले तात्विक रूपमा के–के कुराहरू परिवर्तन भए?
    वैचारिक हिसाबले हेर्नुहुन्छ भने नवौं महाधिवेशनले जे डकुमेन्ट पास गरेको थियो, मुलतः त्यही नै सहि हो भन्ने कुरालाई यो विधान महाधिवेशनले पुनः पुष्टि गरेको छ। र, सँगै त्यसलाई अझ समृद्व बनाउने हिसाबले र दलाल पूँजीलाई निरुत्साहित गर्ने तथा राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादको आधार तयार गर्ने कुरा नै आजको मूल बिषय हो। त्यसका लागि ठोस कार्यक्रम के हो भन्ने खोजी यो महाधिवेशनमा भएको छ। र, त्यसलाई आगामी समयमा समाजवादको तयारीको ठोस कार्यक्रम, राष्ट्रिय पूँजीको विकासको उद्यमशीलताको विकास, शोषण र उत्पीडनरहित समाज निर्माण, न्याय र समानता आधारित समाज निर्माणको खोजी यो विधान महाधिवेशनले गरेको छ।

    विधान महाधिवेशन एउटै व्यक्तिलाई झनै बलियो बनाउनेतर्फ उन्मुख देखियो होइन? पोष्टर र शालिकहरू ठड्याइए। त्यसो हुँदा पार्टीको वैचारिक धार झनै कमजोर भयो र ओली पार्टीमा ‘राजा’ बनेको भन्ने किसिमको टिप्पणी पनि भयो। विधान महाधिवेशनले कुनै एक व्यक्तिलाई झन बलियो बनाएको हो?
    भाष्य त जे बनाउन खोजियो भन्दा पनि हुन्छ। यो महाधिवेशनमा कति गहिराइमा गएर छलफल भयो या भएन भन्ने कोणबाट प्रश्न गर्नुभयो भने त्यसले एउटा निचोड दिएला। विधान महाधिवेशनमा मुलतः तीनवटा दस्तावेज प्रस्तुत भएका थिए। हामीले आगामी दिनमा नेकपा एमालेलाई कसको र कस्तो पार्टी बनाउँछौं भन्ने नै यो महाधिवेनको मुल बिषय थियो र त्यो बिषयमा भएको छलफल पर्याप्त भयो कि भएन भन्ने विषयमा चाहिँ प्रश्न अवश्य उठाउन सकिन्छ र त्यसले आगामी दिनमा थप छलफलको माग गर्न सक्छ।

    अवश्य पनि, हामीले जुन लक्ष्य र उद्देश्य लिएका छौं, त्यो लक्ष्य र उद्देश्य प्राप्त गर्नका लागि ठोस कार्यक्रम त हामीले बनाउनु नै पर्नेछ। तर कार्यदिशा निर्माणको हिसाबले नवौं महाधिवेशनमा हामीले जुन समाजको चरित्रको विश्लेषण गरेका छौँ, नेपालको क्रान्तिका लागि नेपालको आर्थिक र सामाजिक रुपान्तरणको लागि तयारी गर्ने शिलशिलामा हामीले लिने नीति के हुन्छ, कार्यदिशा के हुन्छ, कार्यभार के हुन्छ भन्ने कुरामा यो विधान महाधिवेशनले जे डकुमेन्ट पास गरेको छ, त्यो आधारभूत रुपले सही छ।

    पारित प्रतिवेदन सही छ भन्नुभयो तर विधि विधानबारे छलफल हुने महाधिवेशनमा संसद विघटन सहि वा गलत भन्ने कुराको चाहिँ विश्लेषण किन गरिएन?
    जनताले आफैँले लेखेको संविधानमा हामीले के व्यवस्था गरेका थियौं भने हामीले बनाएको संविधानसभाबाट लेखिएको संविधानको व्याख्या गर्ने अन्तिम व्याख्याता सर्वोच्च अदालत हुन्छ। यो बीचमा तपाईँले इंगित गरेका दुई पटकका संसद विघटनका घटनालाई लिएर सर्वोच्च अदालतले गरेको व्याख्यालाई सिंगो देशले स्वीकार गरेको छ। एउटा यो पाटो हो।

    हामीले करिब दुई तिहाईको बहुमतको सरकार गुमायौं। हामीले दुई पार्टी मिलाएर बनाएको नेकपा पार्टी पनि गुमायौं। नेकपा एमाले पनि विभाजित भयो। यो समग्र घटनाको मूल्याकंन एउटा राजनीतिक पार्टीले कसरी गर्छ? अरुले यसबारे मूल्याकंन गर्लान् तर हामी स्वयंले यसको कस्तो मूल्याकंन गर्छौँ ? त्यसको मूल्याकंन उचित समयमा अवश्य नै हुन्छ। हामीले मूल्यांकन गरेनौं भने पनि समाज र परिस्थितिले गर्छ। कम्युनिष्ट पार्टी निमार्णदेखि कति घटना आज पनि निरुत्तरित छन् भनेपछि विधान महाधिवेशनमा यसको मूल्याकंन हुनुपर्छ भन्ने कुरा स्वयम् प्रतिवेदनले बोकेको छ। महाधिवेशनमा पनि यो बिषय बनेको छ र म आशा गर्छु, भोलिका दिनमा पनि यो बिषयमा सही मूल्याकंन हुने नै छ।

    यो बिषयलाई पार नलगाई विधान महाधिवेशन सम्पन्न गर्नुभयो। कर्ता स्वयं भने आत्मआलोचना नगरिकन उल्टै न्यायलयको फैसलालाई गलत भन्दै हिँड्नुभएको छ नि?
    हामीबीचमा आ–आफ्ना मान्यताहरु छन्। सो कदम ठिक हो भन्ने मान्यता पनि हामीभित्र छ, सो कदम बेठिक हो भन्ने पनि छन्। दुवै मतको बीचको मार्ग खोज्न, एउटै साझा मान्यता बनाउनका थप छलफल र अन्तक्रियाको आवश्यक छ। उचित समयमा छलफल र अन्र्तक्रिया हुनेछ।

    तेस्रो धार भनिने तपाईँहरूलाई पार्टीभित्र पनि सकस भएको टिप्पणी छ। गोदावरीको हलमा पनि तपाईँहरूको उपस्थिति साह्रै निम्छरो भएको देखियो नि?
    यसलाई अर्को कोणबाट हेरौैँ। एउटै समाजमा एउटै लक्ष्य र उद्देश्य राखेर अलग–अलग पार्टी निर्माण आवश्यक हो कि होइन? त्यसको औचित्य छ कि छैन? दोस्रो कुरा, आज नेकपा एमाले जुन रुपमा छ यो सम्पूर्ण रूपले ठिक छ अथवा यसका नीति तथा विचारहरूलाई समायानुकुल परिवर्तन गर्दै जानुपर्छ। त्यो प्रकृयामा हामी अवश्य पनि द्वन्द्ववादी छौँ किनकि हामी मार्क्सवादमा विश्वास गर्छौं। हाम्रो यात्रामा र समाजलाई हेर्ने तथा बदल्ने दृष्टिकोणहरुमा अवश्य पनि मान्छेका सोच र मान्यताहरू अलगअलग हुन्छन्। र, हाम्रा अलग मतहरूलाई पार्टीको आन्तरिक संस्थागत प्रणालीभित्र बसेर त्यसलाई थप छलफल बहस गर्दै संस्थागत बनाउनुपर्छ। यो नै मार्क्सवादी तरिका हो ।

    एमाले बाहेकका देशका सबै पार्टीहरु र देश बाहिरका पूँजीवादी दुनियाँ नेकपा एमालेलाई सिध्याउन लागिरहेको बेला हामीले एमालेको एकता जोगाउने र कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने कुरा नै मूल आवश्यकता हो। त्यसमा नेतृत्व तहमा उच्च तहको समझदारी र कमरेड्ली वातावरणमा छलफलको सिर्जना गर्न हामी लाग्यौँ। त्यसमा हामी सफल भएका छौँ, निम्छरो पटक्कै भएका छैनौैँ। यस्तो हल्ला गलत हो।

    अब पार्टीभित्र कमरेड्ली वातावरण बनेको हो?
    बनाउनुपर्छ, बनाउँदै जानुपर्छ। लामो समयसम्म पार्टीको अन्तरसंघर्षमा हामी फसेका थियौँ। अन्तरसंघर्षलाई हामीले मित्रवत् बनाउन सक्नुपर्थ्यो। एकता, संघर्ष र रुपान्तरणको नियमलाई बुझेर अन्तरसंघर्षलाई मित्रवत् बनाउनुपर्थ्यो। तर कतिपय सन्दर्भमा त्यो हुन सकेन। त्यो ठाउँबाट हामीले नेकपा एमालेको एकता जोगाउने र कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्य हासिल गर्नका लागि हामीले आज जे निर्ण गरेका छौ, त्यो निर्णय सही छ।

    र, त्यसलाई दस बुँदेले गाइड गरेको छ। दस बुँदेको सहमतिलाई केन्द्रीय कमिटी र स्थायी कमिटीले, यो विधान महाधिवेशनले समेत अनरसिप लिएर अघि बढ्ने बाचा गरेको छ। त्यसलाई पार्टीभित्र कमरेड्ली वातावरण बनेको रूपमा मैले बुझेको छु।

    पहिलाभन्दा तपाईँहरूका बीच कटुता कम भएको हो?
    कटुतालाई हामीले सधैँ बोकेर बस्नुभएन। हिजो कसैले बोकेको मान्यताका आधारमा पार्टीभित्र विभेदको वातावरण हुनुभएन। पार्टीभित्र यो विधान महाधिवेशनले जोड दिएर पारित गरेको कुरा हो कि हामी अहिले पनि एउटा कार्यकर्ता बेस्ड पार्टीका छौँ। आज पनि हाम्रो मुल विषय सिद्धान्त र विचार नै हो। नीति र कार्यक्रम नै हाम्रो मूल पक्ष हो। मार्गदर्शक सिद्धान्तले नै हामीलाई गाइड गर्छ भन्ने कुरालाई यो विधान महाधिवेशनले जोड दिएको छ। विधानभन्दा माथि कोही पनि छैन र हामी सबै विधानको मातहतमा छौँ। हामीले हाम्रो संस्थागत जीवनलाई, सामूहिकतालाई स्थापित गरेर जानुपर्छ भन्ने कुरालाई विधान महाधिवेशनले अझ जोडका साथ पारित गरेको छ। त्यसको अर्थ कटुता कम भएको पक्कै हो।

    त्यसो भन्दैगर्दा खेरी पार्टीभित्र पहिले तस्रो धार भनिने र अहिले दोस्रो धारका नेताहरूको प्रतिनिधित्व महाविेशनमा कहीँ पनि देखिएन, न मंचमा, न प्रतिवेदन प्रस्तुत गर्ने ठाउँमा। त्यहाँ एकलौटी कुनै व्यक्तिको, पार्टी अध्यक्षकै हालिमुहाली भएको जस्तो देखियो र आम रूपमा त्यही नै चित्र बाहिर गयो। त्योचाहिँ के हो?
    ती सहायक कुरा हुन्। मूल कुरा महाधिवेशनमा पेश गरेका डकुमेन्टहरू के थिए र के पास भए भन्ने हो। त्यसमा त्यो पर्याप्त भयो कि भएन भन्ने हो। हामीले पार्टी नेतृत्वको उमेर हद ७० वर्ष त कायम राख्यौँ तर ७० वर्षको व्याख्या ‘७० वर्ष पुग्नुभन्दा नै महाधिवेशन भयो भने उमेद्वार बन्न पाउने’ भन्ने भयो। उमेद्वार भएर विजय हाँसिल गर्दा बाँकी कार्यकालचाहिँ पूरा गर्ने व्याख्यामा हामी गयौँ। हामीले पदाधिकारी तहमा एउटै व्यक्ति एउटै पदमा दुर्य कार्यकालभन्दा बढी नदोहोर्याउने कुरा गर्यौँ। तेस्रो कार्यकाल पनि त्यही पदमा निरन्तरता दिन नपाउने कुरा गर्यौँ। यो हामीले पास गरेको विधान हो। यो आफैँमा पर्याप्त हो कि होइन? यो पूर्ण भयो कि भएन? यसमा छलफल गरौँ न।

    हाम्रो पार्टीभित्र ७० को प्रावधान राख्नै पर्दैन भन्ने मत पनि थियो पार्टीमा। ७० वर्ष पुगेकै दिन पद छाडेर हिँड्नुपर्छ भन्ने मान्यता थियो। यो कुरा भोलि हामीले व्यवहारिक रूपमा लागू गर्दा यो कति उचित, कति अनुचित भन्ने कुरामा भोलिका दिनहरूमा फेरि पनि बहस हुनेछ। र, आगामी दिनमा करेक्सन गर्नुृपर्ने भयो भने मंसीरमा हुने महाधिवेशनले तथा अर्को पटक हुने विधान महानधिवेशले त्यसलाई करेक्सन गर्नसक्छ।

    नेकपा एमाले तत्काललाई शक्तिशाली बन्ने देखिँदैन। फेरि एउटा शक्तिशाली कम्युनिष्ट पार्टी बन्नका लागि हामीले अब सबै कम्युनिष्ट पार्टीहरूको लज्जाजनक पराजय हेर्नुपर्ने हो?
    एमाले फेरि शक्तिशाली हुनसक्ने सम्भावना छैन भनेर निस्कर्ष निकाल्नु गलत हुन्छ। नेकपा एमालेको आन्तरिक जीवनमा भएका कमी तथा त्यसमा सुधार्नुपर्ने कुराहरू निरन्तर बहस गर्दै जानुपर्छ। र, आजचाहिँ नेकपा एमालेको एकतालाई जोगाउने, एमालेलाई बलियो बनाउने र यसको नेतृत्वमा सिंगो देशको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नेतर्फ हामी लाग्नुपर्छ। सबै कम्युष्ष्टिहरूलाई फेरि एक ठाउँमा ल्याएर एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने उदेश्यको नेतृत्व एमालले मात्रै गर्न सक्छ।

    दोस्रो कुरा, नेपालको कम्युनिष्ट आन्दोलनमा हामीले दुईवटा ठूला, अलग अलग ठीक विपरित दृष्टिकोण राखेका पार्टी मिलाएर एउटै कम्युनिष्ट पार्टी बनायौँ। तर ३ वर्ष पुग्दा नपुग्दै त्यो चाहिँ जोगाउन सकिएन, जोगिएन। भने यसबाट हामीले लिनुपर्ने शिक्षा के हो? भोलिका दिनमा अर्को क्षति नहुने गरी कम्युनिष्ट पार्टीको एकतालाई कसरी अघि बढाउन सकिन्छ? त्यसतर्फ हामी लाग्नुपर्छ, जसको कारणले नेपालको कम्युनिष्ट आन्दोलनको रक्षा पनि हुन्छ र यसको विकासका लागि टेवा पनि पुर्याउँछ। र, सँगै म के पनि भन्छु भने आज नेकपा एमालेको विकल्प देशमा छैन। त्यसका लागि कम्युनिष्ट पार्टीभित्र देखा परेका दक्षिणपन्थी अवसरवाद र दलाल पुँजिवादको प्रभावलाई मुक्त गर्दै अघि बढ्नुपर्छ। त्यसतर्फ हामीले धेरै मेहेनत गर्नुपर्ने आवश्कयता देखिन्छ।

    तपाईँहरू अब आउँदो चुनाबमा जनतामा जाँदा के भनेर भोट माग्नुहुन्छ?
    हाम्रा नीति र कार्यक्रमहरूकै आधारमा हामीले भोट माग्ने हो। अहिले हामी समाजवादको तयारीको प्रक्रियामा छौँ, गर्ने ठाउँमा छोँ। त्यो भनेको दलाल पूँजिवादलाई निरुत्साहित गर्ने, राष्ट्रिय पूँजिको विकाश गर्ने कुरा हो। र, त्यसका लागि ठोस कार्यक्रम कस्तो हुन्छ भन्ने कुरा हामीले जनतालाई बताएर नै जाने हो। कम्युनिष्ट आन्दोलनको विकल्प छैन, पार्टीको विकल्प छैन, अन्य पार्टीले राष्ट्रियता जोगाउन पनि सक्दैनन्, स्वभिमान निर्माण गर्न पनि सक्दैनन्, कम्युनिष्ट पार्टी बाहेक अन्य दलले जनतालाई श्रमको शोषणबाट मुक्त पनि गर्न सक्दैनन्, गरिखानेहरूको हित गर्न सक्दैनन्, र सिंगो जनता र राष्ट्रको पनि प्रतिनिधित्व पनि गर्न सक्दैनन् भन्ने कुरा बताउनुपर्छ। त्यसकारण, फेरि पनि एमालेको विजय आवश्यक छ भन्ने कुरालाई लिएर हामी जनतामा जान्छौँ।

    अस्ति भर्खरै हामीले तपाईँहरूलाई दिएको झण्डै दुई तिहाई बहुमत खोइ, दुई तिहाई बहुमत के गरेर खायौं भनेर जनताले सोधे भने के गर्ने?
    त्यसमा हामीले जनतालाई प्रष्ट बताउन सक्नुपर्छ कि संसारमा एउटा पहिलो नुमुनको रुपमा, कम्युनिष्ट पार्टीले जनमतबाटै अपार सफलता प्राप्त गरेको थियो। त्यो सफलताबाट कम्युनिष्ट आन्दोलनका बिरोधी शक्तिहरू अत्यन्त चिन्तित र मुर्छित थिए। उनीहरूले नेकपा एमालेलाई विभाजित बनाउने अवसरको खोजी रहेका थिए।

    त्यो अवस्थामा हामीले हाम्रो अन्र्तसंघर्षलाई व्यवस्थित गरेर तथा त्यसलाई मित्रवत् बनाएर बिरोधी शक्तिहरूलाई त्यो अवसरबाट बन्चित गर्न सकेनौँ। हामीले त्यसतर्फ ध्यान दिन सकेनौँ। हाम्रो कम होसियारी हुनगयो। जसले गर्दा उनीहरू हामीभित्र प्रवेश पाउने र हामीलाई अलग–अलग प्रायेग गर्ने र उपयोग गर्ने अवसर उनीहरूले प्राप्त गरे। आगामी दिनमा यसो हुन दिइने छैन भन्नेबारे जनतालाई आश्वस्त तुल्याउने काम हो हाम्रो।

    देशमा विद्यमान भ्रष्टाचार, कमिसनतन्त्रको अन्त्यका लागि, शोषण उत्पिडन र गरीबीको अन्त्य गर्नका लागि, वर्गीय असमानताको अन्त्य गर्नका लागि हामीले आगामी दिनमा प्रस्तुत गर्ने कार्यक्रम नै जनतासँग मत माग्ने विषय नै मुख्य कुरा हो। त्यसैअनुसार नै हामी अघि बढ्नुपर्छ।

    भिडियो –

    नेकपा एमालेको भर्खरै सम्पन्न विधान महाधिवेशनको सन्दर्भमा केन्द्रित रहेर नेपाल रिडर्सले एमाले नेता ठाकुर गैरसँग गरेको कुराकानी।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.