Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘महिलावादी नहुनु’ भन्ने आदेशको बर्खिलाप पाण्डेको अर्को पुस्तक

डा. लिला न्याईँच्याईँ डा. लिला न्याईँच्याईँ
पुस ५, २०७८
- विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विन्दाजीको निजी अनुभव र अनुभुतिलाई समेटिएको यस पुस्तकको शिर्षक छनौट एकदम सटिक भएको छ । एक पुरुष माननियजीले एक समय हाँसो गर्दै भनेका थिए, ‘महिलाहरु आधा आकाश हो, आधा धर्ति भने होइन।’ उनले ठीकै भनेका थिए। त्यसको गतिलो जवाफ लाग्यो, विन्दाजीको जीवनी संघर्षहरूसमेत समेटिएको यो पुस्तक। महिलाको अधिकारको विषयमा हाँसो मजाक गर्नुहुने ती माननीयजीलाई यो पुस्तक अवश्य पनि एउटा उपहार हुनेछ। यो पुस्तक मलगायत धेरैका लागि सुन्दर उपहार हो।

    किताब पढेपछि मलाई लाग्यो, ‘मेरा अनुभूतिहरु समेत लेखकले यस किताबमा लेखिसक्नु भयो।’ मलाई पनि मान्छेहरू भन्थे, ‘तिमी महिलाबादी नहुनु।’ जब हामी समताका कुरा गर्थ्यौँ, महिला अधिकारबारे तर्क र बहस गर्थ्यौँ, ‘तिमी महिलावादी भयौ’ भन्दै टिप्पणी गर्थे। तर मेरो ठहर छ, महिलावादलाई समाजवादी सिद्धान्तको विपरित मान्नु नेपालका कम्युनिष्ट पार्टीका नेतृत्वकर्ताहरूको गल्ती हो। उहाँहरूले अध्ययनको दायरालाई बढाउनु आवश्यक देखिन्छ, म त्यसका लागि उहाँहरूलाई आग्रह गर्छु।

    यस पुस्तकका लेखकले २०४१ सालमै ‘महिलावादी नहुनु’ भन्ने आदेश पाउनुभएको रहेछ। मेरो पुस्तामा पनि त्यस्तै आदेशहरू दोहोरिनु विडम्बना हो। के हाम्रा नेताहरुको चेतनाको विकासक्रम अवरुद्ध भएको हो? या जानाजान उहाँहरूले आफैँ चेतनाको ढोका बन्द गर्नुभएको हो, शंकाकै विषय हो। मैले यसको उत्तर दिनु पर्यो भने म दोस्रो अवस्था देख्छु। बास्तवमा भन्ने हो भने हरेक समानताबादी सोचले महिलावादलाई नबोकी त्यो सोच र सिद्धान्त पूर्ण हुन्न। यो पुस्तकको पृष्ठ ११६, तेस्रो अनुच्छेदमा लेखक पाण्डेको पनि त्यही निचोड छ। म उहाँको निचोडसँग सहमत छु।

    यो पुस्तकको मूख्य सार नै महिला समानताको लडाईंको इतिहास हो। र, विन्दाजी यसको अटुट कार्यकर्ता हुनुहुन्छ। २०४१ सालमा महिलावादी नहुनु भन्ने आदेशलाई नाघेर २०५४ सालमा ‘म महिलाबादी हुँ’ भन्ने अवस्थासम्मको परिपक्वता हाँसिल गर्नु उहाँको अटुट कोशिसहरूकै परिणाम मान्छु म। अझ माझिएको कुरा त के छ भने उहाँले हरेक महिला राजनीतिकर्मी, कार्यकर्ता, श्रमिक, सामाजिक संघर्षकर्मीहरुको नाम पनि पुस्तकमा उल्लेख गर्नुभएको छ, जसमा विभिन्न समूदायका महिला तथा अनेकन् राजनीतिक दलका महिला पनि पर्नुहुन्छ। ती व्यक्तिहरूले न्यायको आन्दोलनमा एउटा इतिहास रचेता पनि इतिहास लेख्नेहरूले भने याद नगरेका नामहरू हुन ती।

    राजनीति पनि ज्ञान उत्पादनको एउटा क्षेत्र हो, तर हाम्रो राजनीति यस मामलामा पूर्वाग्रही छ। यस पुस्तकले त्यो अभावलाई पनि पुर्ने काम गरेको छ। नेपालको सामाजिक र राजनीतिक आन्दोलनमा महिलाहरूको भूमिका विश्लेषण गर्नेका लागि यो एक भरपर्दो सन्दर्भ सामग्री र तथ्यांक स्रोत पनि हुनेछ।

    नेपाली समाजका बेथिति बेग्रेल्ती
    पुस्तकमा लेखकले आफ्नै घरका सन्दर्भहरूसमेत कोट्याउनुभएको छ। लेखका रूपमा यो ठूलो आँट हो। एक औँला अरुतिर सोझ्याउँदा चार औँला आफँैतिर पनि सोझिन्छ भन्ने कुरालाई पुस्तक लेखनका क्रममा लेखकले मनन गर्नु भएको छ। त्यस मानेमा रोचक र सन्तुलित प्रस्तुति छ पुस्तकमा। पाण्डे एक जिम्मेवार परिवर्तनकामी छोरी भएकोको प्रमाणित हुन्छ किताब पढ्दा। उल्लेख्य र खतरनाक कुरा के छ भने महिलामाथि भएका विभेद र अन्यायको बहिखाता बताउदै जाँदा पाण्डेले आफ्नै पार्टीविरुद्धको दस्ताबेज पनि बनाउनु भएको छ यस किताबलाई। ‘महिलाका सवालबारे सिंगो नेतृत्व अझै संवेदनशील छैन’ भनेर सधैँ प्रश्न उठाउने पाण्डे गलतलाई गलत भन्ने खतरा सधैँ मोल्नुहुन्छ। त्यो उहाँको आँटको कुरा हो। पार्टीभित्र उहाँले खन्नु भएको जग बलियो नै भएको होला, अन्यथा त्यहाँ उहाँजस्ता आलोचनात्मक दृष्टिकोण राख्ने मान्छे टिकिरहने अवस्था म देख्दिनँ। र, उहाँको स्वभावले पनि संकेत गर्दछ, ‘असहजतामा रुमलिनुभन्दा बिदा लिनु राम्रो (पृष्ठ १०८।)

    नेपाली समाजमा रहेका धेरैथरी समूदायमा अनेक मान्यता र चलनहरू छन्। जति थरीका मान्यता भएता पनि सबैजासोमा महिलालाई ‘तल्लो दर्जाको हौ’ भन्ने चिन्तनबाट ती ग्रस्त छन्। त्यस्ता चलनहरूमध्ये केहीविरुद्ध आन्दोलन पनि चलेका छन्। छाउगोठ, आत्महत्या, दाइजो तथा पार्टीभित्रकै विभेदकारी चलन, महिला राजनीतिकर्मीप्रतिको असहिष्णु व्यवहार, असमान नागरिकता–अधिकार, सम्पत्तिमाथिको असमान अधिकार आदीबारे यहाँ अनेक कोणबाट बेलाबेला आन्दोलन र बहस हुने गरेका छन्। यो राम्रो पाटो हो।

    र, अनेकौँ मोर्चाहरूमा विन्दाजी लगायत अग्रणी महिलाहरूको संघर्षले नयाँ पुस्ताहरूको अधिकारप्राप्तिको लडाईंलाई सहज बनाइदिएको कुरा सत्य हो। यस्तै संघर्षहरूको परिणामस्वरूप २०७४ को निर्वाचन आयोगको तथ्यांकमा कूल जनप्रतिनिधि संख्यामा ४१.१ प्रतिशत महिलाहरु समाहित भए। पुस्तकमा यो कुरा उल्लेख छ। र, त्यसलाई ठूलो उपलब्धी मान्न सकिन्छ। त्यसो हुँदाहुँदै पनि महत्वपूर्ण र निर्णायक पदहरूमा अहिले पनि महिलाहरूको पहुँच र भूमिकामा अहिले पनि सन्तुष्ट हुने अवस्था छैन। महिला राष्ट्रपति, पहिलो महिला सभामुख र पहिलो महिला प्रधान्यायाधिसमामात्रै तृप्त भएर हामी बसेर हुँदैन। निरन्तर रूपमा त्यस्ता पदहरूमा नेपाली महिलाको पहुँच र भूमिका आवश्यक छ। लेखक पाण्डेले यस कुरालाई बझ्नुभएको छ।

    पाण्डेले संसदभित्र महिला प्रतिनिधिहरूले गरेका कामहरूको तथ्यांकगत प्रस्तुतिमार्फत महिला प्रतिनिधिहरूमाथि उठाइएका अनेकन् प्रश्नहरूको गतिलो जवाफ दिनु भएको छ। अर्को महत्वपूर्ण मुद्धाको उठान किताबमा गरिएको छ। महिला जनप्रतिनिधिहरुको भूमिका कमजोर भयो भनेर सवाल उठाइने गरेको छ, तर उनीहरूको गुणस्तर बढाउन चाल्नुपर्ने तयारीबारे कोही पनि सक्रिय भएका छैनन्। धेरै संख्यामा महिला प्रतिनिधिहरू उपस्थिति हुँदा विभिन्न किसिम र ‘स्तर’का पनि आउने भए। निर्वाचित भइसकेपछि र विभिन्न पदमा भर्ना भइसकेपछि पनि कार्यक्षेत्रमा भूमिका सबल बनाउन सम्बन्धित पार्टी या संस्थाले तयारी नै गर्ने गरेका छैनन्, त्यसतर्फ लेखकले पुस्तकमा औँल्याउनुभएको छ।

    सविधानसभा र संसदभित्रका गतिविधि
    पहिलो संविधानसभामा उहाँ ‘मौलिक हक अधिकार तथा निर्देशन सिद्धान्त समिती’को अध्ययक्ष। म त्यसको एउटा सदस्य। एउटा फरक मत दर्ज गर्ने सदस्य थिएँ म। नागरिकता पाउने सन्दर्भमा नेपाली नागरिकका लागि विभेद थिएन, तर विदेशी महिलाका लागि भने असमान प्रावधानहरू थिए। नेपालको राजनीतिक इतिहास र वर्तमान केलाउने हो भने पनि नेपाली महिलाभन्दा विवाह गरी नेपाली बनेका महिलाहरूको क्षमता र पहुँच द्रुत तवरले विकास हुने गरेको पाउँछौं। त्यसो त बहुसँख्यक महिलाका लागि भन्दा पनि निश्चित तप्कामा रहेका परिवारलाई यस्तो सुविधा मिल्ने गरेको छ। विन्दाजीको अध्यक्षताको शैली र विविध विज्ञहरूमार्फत विषयवस्तुमा स्पष्टता दिने प्रयासहरू राम्रो लाग्छ मलाई। संसदमा सार्वजनिक महत्वका प्रस्ताब दर्ताका रस्साकस्सीहरुको नालीबेलीबारे पुस्तकमा उहाँले उल्लेख गर्नुभएको छ।

    पहिलो संविधानसभामा मजस्ता कति सांसदहरू थिए, जसले आफ्नो अधिकारको विस्तृत प्रयोग गर्न पाएनन् वा गर्नै जानेनन्। यसको लागि किताबमा प्रस्तुत अनुभवहरू मार्गदर्शक सावित हुनेछन्। साँसदहरूलाई केबल भोट संख्याका रुपमा मात्र बुझ्ने र त्यसरी नै व्यवहार गर्ने गर्दा सांसदको गरिमा रहन्न। आजका दिनमा प्रत्येक जनप्रतिनिधि/सांसदहरूले त्यसबारे हेक्का राख्नु आवश्यक छ। किताबमार्फत ‘संघर्ष नै जीवन हो’ भन्ने कुरालाई आफ्नै अनुभवका किस्साहरूबाट लेखकले पुष्टी गर्नुभएको छ। मानव गरिमाका लागि लड्दै गर्दा आफ्नो जीवनको महत्ता र अर्थ आफैँले निर्माण गर्न खोज्नुभएको छ पाण्डेले किताबमार्फत। कसैले आफ्नो कुरा लेखिदेला भनेर भर नपरीकन आफैँले आफनो कुरा भन्ने र अरु बिर्सिएका महिला राजनीतिककर्मीहरूका कुरा पनि किताबमा समेटिएका छन्।
    एक दिन बसको सिटमा बसेर यो पुस्तक पढिरहँदा एक अर्को कुनै यात्रीले मलाई सोधे, ‘तपाईँ उपन्यास पढ्दै हो?’ मैले ‘होइन’ भनेँ। फेरि उनले पुस्तकको शिर्षक पढे र मलाई भने, ‘यो किताब त उपन्यासै हुनपर्ने हो।’ किन हो कुन्नि, उनलाई यो यथार्थ कुरा उल्लेख भएको किताब होझैँ लागेनछ। तर यो किताब कुनै उपन्यास होइन, आधा धर्तीको दावी गर्दै सैयौँ वर्षदेखि चलिरहेको एउटा लडाईंका एक योद्धाको जीवनको नालीबेली समेटिएको यथार्थपरक विवरण हो, जुन मलगायत सबै समानतापे्रमीहरूका लागि खुराक पनि हो।

     

    डा. विन्दा पाण्डेको गत आइतबार काठमाडौंमा सार्वजनिक गरिएको पुस्तक, ‘धर्ति माथिको दाबी: अधिकारको लडाईं’माथि सोही किताबको सार्वजनिकिकरण कार्यक्रममा संविधानसभा सदस्य डा. न्याईँचाईँले दिएको मन्तव्यको सम्पादित अंश। कम्युनिष्ट आन्दोलन तथा समता आन्दोलनमा विगत ४ दशकदेखि निरन्तर लाग्नुभएको पाण्डेको यो छैटौँ पुस्तक हो। पुस्तक सांग्रिला बुक्सले प्रकाशन गरेको हो।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      डा. लिला न्याईँच्याईँ

      डा. लिला न्याईँच्याईँ

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.