Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सत्तामै टाँसिई रहेर ओलीले अर्को साख गुमाए : बिनोद पहाडी

बिनोद पहाडी बिनोद पहाडी
फाल्गुन १७, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सम्मानित सर्वोच्च अदालतले नेपालको संविधान र कानूनहरूलाई आत्मसाथ गर्दै जुन फैसला गरेको छ, यसले नेपालको राजनीतिमा अत्यन्तै सकरात्मक र दुरगामी प्रभाव पार्छ । पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमले नेपालको राजनीति संवैधानिक धार भन्दा बाहिर जाँदै थियो । सर्वोच्चको फैसलाले त्यसलाई ट्रयाकमा ल्याउने काम गरेको छ ।

    सर्वोच्च अदालतको भूमिकाप्रति विगतमा धेरै आशंका गरिएको थियो । तर न्यायधिशहरूले जुन सर्वसम्मत फैसला गरे त्यसबाट संविधान सभाले बनाएको नेपालको संविधानको उच्च कदर र सम्मान भएको छ । राजनीतिक स्थायत्वि कायम गर्नका लागि ऐतिहासिक अवसर दिएको छ ।

    नयाँ आशा

    सर्वोच्च अदालतको फैसलाका कारण न्यायलयप्रति आम जनताको सम्मान भएको छ । विगतमा छिनछिनमा सरकार परिवर्तन गर्ने, अविश्वासको प्रस्ताव संसदमा ल्याउने र अविश्वासको माध्यमले सरकार बदल्ने अभ्यास थियो । संविधान सभाले संविधान बनाउँदा मुलुकमा राजनीतिक स्थायित्वका लागि त्यस्तो प्रवृत्तिलाई रोक लगाउनेगरी विभिन्न व्यवस्था गरेको छ ।

    राजनीतिक स्थायित्व भएन भने समृद्धि पनि हुँदैन भन्ने मान्यताका साथ संविधान सभाले लामो छलफल र बहसपछि यो संविधान जारी गरेको हो । अहिले सर्वोच्च अदालतको यो फैसलाले संविधानले सही मार्गदर्शन गरेको थियो र साँचो बहस र छलफलल सँगसँगै लोकतान्त्रिक शासन पद्धतिलाई दीर्घायु बनाउनका लािग संविधान जारी गरिएको थियो भन्ने कुरा प्रमाणित गरेको छ ।

    तर शासकहरूको असल नियत भएन भने संविधानले पनि दुर्गति भोग्नुपर्छ भन्ने उदाहरण विश्वमा धेरै छन् । हाम्रो मुलुक पनि त्यो दिशामा झण्डै गइसकेको थियो, सर्वोच्चको यो फैसलाले एउटा धारमा ल्याइदिएको छ । अब प्रतिनिधि सभा बस्नेछ, यसले मुलुकको भविष्यका बारेमा छलफल गर्ने छ र सरकारको बारेमा टुंगो लगाउने छ । यसले एउटा आशा जगाएको छ ।

    प्रधानमन्त्रीमा नैतिकताको खडेरी

    प्रधमनमन्त्री ओलीले आकस्मिक रुपमा संविधानमा व्यवस्था नै नभएको ठाउँमा टेकेर प्रतिनिधि सभा विघटन गरिदिए । यो नेपालको इतिहासमा अत्यन्तै दुर्भाग्यपूर्ण घटना थियो । उनले नेपालको राजनीतिमा जति धेरै योगदान गरे, प्रतिनिधि सभाको विघटनसँगै उनको अवसान सुरु भयो भनेर आँकलन गर्नेहरू थुप्रै छन् ।

    सर्वोच्च अदालतको पछिल्लो फैसलापछि ओलीले प्रधानमन्त्री पदबाट नैतिकताका आधारमा राजीनामा दिन्छन् र देशमा प्रतिनिभिसभाबाट नयाँ सरकार बन्नका लागि बाटो खोलिदिन्छन् भन्ने धेरैको अपेक्षा थियो । तर अदालतको फैसला आएको लामो समयसम्म पनि उनी सत्तामै छन् । आदालत आफूले चालेको कदमविरुद्ध जाँदा पनि उनले आफ्नो नैतिक जिम्मेवारी लिएर दायित्व बहन गर्ने काम गरेका छैनन् ।

    प्रतिनिधि सभा विघटनसम्बन्धी अदालतको फैसला नआउँदै प्रधानमन्त्री ओलीले सर्वोच्चले संसद पुनस्र्थापना गरेमा बेथिति हुन्छ, सांसद किनबेच हुन्छ भनेर आफूले पनि किनबेच गर्ने गरेको संकेत गरिसकेका छन् । यसले गर्दा लोकतन्त्र र संविधानको रक्षाका लागि जो प्रधानमन्त्री ओलीले चालेका कदमविरुद्ध उत्रिए र सर्वोच्च अदालतसम्म गए, त्यो समूह अझै पनि सचेत हुन जरुरी छ । प्रतिनिधि सभा विघटनको विरुद्धमा रहेका राजनीतिक दलहरू र नागरिक समाज सचेत हुनुपर्छ ।

    यस सँगसँगै विधि र प्रक्रियाबाट ओली नै आउँछन् भने पनि आपत्तिको विषय भएन । कम्तिमा राजनीति गर्नेले नैतिक जिम्मेवारी लिनुपर्छ । रेल दुर्घटना हुँदा मन्त्री वा प्रधानमन्त्रीले नै राजीनामा दिएका उदाहरणहरू विश्वमा छन् । भारतमा पनि छ । हाम्रो देशको प्रधभानमन्त्रीले यस्तो गम्भिर प्रकृतिको घटना घटाए, संविधानमा व्यवस्था नै नभएको ठाउँमा टेकेर संसदको हुर्मत लिने दुस्साहस गरे । तर सर्वोच्च अदालतको निर्णयले संसद पुनर्जीवित भएको छ र संसद पुनजीवित हुँदा पनि उनले त्यसको नैतिक जिम्मेवारी लिएनन् ।

    ‘केपी ओली षड्यन्त्र गर्नमै तल्लिन छन्’

    पुष ५ गतेपछिका राजनीतिक घटनाक्रमहरूलाई हेर्ने हो भने मुलुकले अर्बौको क्षति व्यहोरेको छ । आर्थिक विकासका हिसाबले दुर्गतितर्फ अगाडि बढिसकेको छ । यो बीचमा भ्रष्टचार चरम रुपले मौलाएको छ र प्रशासनिक क्षेत्रमा जनताका दैनिक कामहरू असहज भएका छन् । सरकार कामचलाउ भयो भनेर प्रशासनिक कामहरू ठप्प भइसकेका छन् । यो अवस्थामा पनि सत्तामा बस्ने व्यक्तिले विधिका लागि जुन प्रक्रिया अपनाउनुपथ्र्यो त्यहाँसम्म पनि नभएको देखियो ।

    अहिले प्रधानमन्त्री ओलीको निर्णयलाई सर्वोच्चले बदर गरिदिएपनि प्रचुर मात्रामा फेरि खतराका सूचकहरू छन् । किनभने उनलाई पाँच वर्षका लागि जनताले निर्वाचित गरेर पठाए, सरकार बनाउने जिम्मेवारी दिए, प्रधानमन्त्रीको हैसियतले उनले जुन अवसर पाएका थिए, त्यसलाई जनताको पक्षमा उपयोग गर्न सकेनन् ।

    आफ्ना निजि समूह, गुट र परिवारको मात्रै पक्षमा उपयोग गरे भन्ने आरोप छ । यो बीचमा उनले गम्भिरतापूर्वक आफ्नो राजनीतिक इतिहास र मुलुकको भविष्य सोचेर फेरि सहज वातावरण बनाइदिन अगुवाको भूमिका निर्वाह गर्नुपथ्र्यो । गुमेको साख फेरि जगाउनुपथ्र्यो । प्रतिनिभि सभा विघटन गरेर उनले एकपटक साख गुमाइसकेका थिए । सर्वोच्चको फैसलापछि पनि कुर्सीमा टाँसिरहेर अर्को साख गुमाएका छन् र जनताको आस्था गुमाएका छन् ।

    सर्वोच्चको फैसलापछि यो समयसम्म आइपुग्दा उनीनिकट राजनीतिकर्मीले बोलेका आवाज सुन्दा फेरि सत्तामा बस्ने र सत्ताको आडमा षड्यन्त्र गर्नमै तल्लिन छन् ।

    साख जोगाउने अवसर

    पार्टीलाई संस्थागत बनाउन नेताहरूले धेरै त्याग गर्नुपर्छ । जुन त्याग, तपस्या र बलिदानबाट नेकपा निर्माण भएको छ, नेकपासँग त्यस्तै त्यागको आशा नेपाली जनताले गरिरहेका छन् । पार्टीमा जुन प्रवृत्तिले पाँच वर्षका लागि प्राप्त गरेको बहुमतलाई अल्पायुमै विघटन गर्न नेतृत्व उन्मुख भयो यसले एउटा दुर्भाग्यपूर्ण अवस्था निम्त्यायो । नेपाल कम्युनिष्ट पार्टीले प्राप्त गरेको अवसर फेरि पाउन नेकपालाई धेरै गाह्रो छ ।

    फेरि पनि जनताको बीचमा जानका लागि नेतृत्वले पार्टीलाई संस्थागत हिसाबले सरकार चलाउने, जनताको पीर मर्का तथा समस्यालाई पहिचान गर्ने र समाधानतर्फ जान सकियो भने मात्रै पार्टीको साख जोगिन्छ । नेकपामात्रै होइन, २००६ सालदेखि कम्युनिष्ट पार्टीहरूले उठाउँदै आएका मुद्दा र जनताका बीचमा बाँडएका सपनाहरू पूरा गर्ने यो ऐतिहासिक अवसर हो । त्यो अवसर केही पार्टी नेतृत्वले गुमाइसकेको छ । तरपनि समय बाँकी छ ।

    यो बाँकी रहेको समयमा जनताका समस्यालाई समाधान गर्ने र पार्टीलाई व्यक्तिले होइन कि पार्टीले चलाउनेगरी संस्थागत ढंगले नीति र सिद्धान्त तथा जनताका भावनाको आधारमा पार्टी चलाउन नेतृत्व अझ बढी सचेत र गम्भिर हुनुपर्छ । होइन भने बचेखुचेको अवसरपनि गुमाउनेछौँ । जनताकोबीचमा जाने आधार समाप्त हुनेछ ।

    ‘जनतासँग माफी माग्दै अघि बढ्नुपर्छ’

    आम जनता र उत्पीडित समूहको समस्या समाधान गर्न म गम्भिर छु । उनीहरूको पक्षमा बोल्नुपर्छ र लड्नुपर्छ भनेरै म कम्युनिष्ट पार्टीमा लागेको हुँ । म त्यसप्रति सचेत छु र म जीवनपर्यत्न लाग्छु नै । व्यत्तिगत भन्दा पनि पार्टी संस्थागत हिसाबले नलागेसम्म समस्या समाधान हुँदैन ।

    शासकहरूले सत्तामा टेकेर जनताको समस्या सम्बोधन गर्ने र त्यसलाई एउटा अवसरमा बदल्नुपर्छ । जनताको गाँस, बास र कपासको व्यवस्था गर्ने, रोजगारको ग्यारेन्टी गर्ने, शिक्षा, स्वास्थ्य र रोजगरीलाई मौलिक अधिकार भनेर हिजो चुनावको बेलामा बोलेका छौँ, यो पूरा गर्ने अवसर अहिले हामीलाई प्राप्त भएको छ । त्यसलाई सदुपयोग गर्न सकेनौँ । त्यसका लागि जनतासँग माफी माग्दै फेरि सत्ताले बचेको समयलाई सदुपयोग गरेर जनतााको समस्या सम्बोधन गर्नुपर्छ ।

    यो समस्यालाई सम्बोधन गर्न नागरिक समाजले पनि पवित्र हिसाबले सडकबाट खबरदारी गरिरहेको छ । लोकतन्त्र र संवैधानिक व्यवस्थाप्रति खतरा हुँदा र संविधान कुल्चिने दुष्प्रयास हुँदा नागरिक समाजले निस्वार्थ ढंगले सडकमा उत्रिएर खबरदारी ग¥यो । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन गरेका राजनीतिक दललाई साथ दिने र संविधानलाई एउटा मूलधारमा ल्याउने काममा नगारिक समाजले योगदान गरेको छ ।

    त्यसैले नागरिक समाजलाई समेत साथमा लिएर सत्ता सञ्चालन गर्ने राजनीतिक शक्ति अब जनताका समस्यालाई गम्भिरतापूर्वक लिने र मुलुकको दुरगामी भविष्यलाई सुनिश्चित गर्नका लागि र संविधान तथा लोकतन्त्रलाई संस्थागत गर्नका लागि सचेत हुन जरुरी छ । सबै राजनीतिक दल सचेत भएन भने सत्तामा जो छ उ निरकुंश हुने खतरा हुन्छ । त्यसलाई खबरदारी गर्नका लागि पनि अरु राजनीतिक शक्ति सचेत ढंगले लाग्नुपर्छ । नागरिक समाज र सञ्चारकर्मीपनि सचेत ढंगले लाग्नुपर्छ ।

    (नेपाल रिडर्सका लागि नेता पहाडीसँग गरिएको कुराकानी)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      बिनोद पहाडी

      बिनोद पहाडी

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.