Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पूँजीको भूमरीमा मान्छेका सम्भावनाहरूको अन्त्य

केयूर पाठक केयूर पाठक
बैशाख २४, २०७८
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रत्येक मानिस सम्भावनाहरूको संयोजन हो। र, यो सम्भावना मानिसभित्रको बहुआयामिकताबाट निस्किन्छ। मानिसको बहुआयामिकता उसको प्रकृतिसँगै उसको जीवनको सार्थकता पनि हो। यो सम्झनुस् कि हरेक मानिस आफैंमा एउटा सानो ‘लियोनार्दो दा भिन्ची’ हो। उ केही रचना गर्न चाहन्छ, जसले भोलिको पुस्तालाई लाभ दिन सकोस्। तर निरन्तर परिवर्तित समय र समाजमा उभित्रको ‘भिन्ची’ मर्दै जानथाल्छ। जीवनमा अब उबड–खाबड धरातल पनि रहँदैन, जहाँ तपाईं थकाईपछि केहीबेर आराम गर्न सक्नुहुन्छ या यात्रा अगाडि बढाउन सक्नुहुन्छ। अब त यहाँ गर्जिदो नदीमा निरन्तर तैरिने प्रयासमात्र बाँकी छ। तपाईंले त्यस नदीमा तैरिन बन्द गर्नुभएन भने तपाईँको यात्रा ‘महायात्रा’बन्छ। अथवा तपाईं त्यहाँ डुब्नु हुनेछ।

    जीवनको यस्तो गर्जिँदो नदीमा डुबाउनेवाला सँस्कृतिमा मानिसको भित्रको भिन्ची कसरी बच्न सक्छ र? यदि उसले सौन्दर्यलाई उजागर गर्छ भने पनि उसमा मोनालिसाको मुस्कुराहट आउन सक्दैन। यदि उसले गीत गाउँछ भने बिथोवनको संगीत आउन सक्दैन। भिन्ची हुनका लागि, बिथोवन या पिकासो हुनका लागि त समय चाहिन्छ। तर आजको समयको विडम्बना हो, यहाँ त न समय छ, न यसका लागि स्वीकृति। यसकारण शायद अब भिन्ची हुँदैनन्, पिकासो या बिथोवन हुँदैनन्, यदि हुन्छन् भने पनि ती ज्यूँदै मर्ने छन्।

    त्रासदी

    एमानुएल कैसेलले यस्तै समाजको सन्दर्भमा भनेकाछन्–समयबिनाको समय। समयलाई आफ्नो अस्तित्वका लागि पनि संघर्ष गर्नु परिरहेको छ। समयलाई अनुभव गर्नका लागि पनि मान्छेसँग समय छैन। यहाँ बस् बितिरहेको छ र त्यो बित्नुमा एक त्रासदी छ, त्यो त्रासदी ऐतिहासिक हो। योभन्दा पहिले कहिल्यै पनि यस्तो समय बितेको थिएन। उसको अतित र भविष्यको साथ एक सन्तुलन थियो, अब त्यस्तो सन्तुलन बाँकी रहेन। अतित मेटिएको छ र भविष्य मेटिने संघारमा छ, बस समय मात्रै बितिरहेको छ।

    समयहिनताले अलगाव (एलिनेशन)लाई जन्म दियो, एक एक्लोपन(अलगाव)लाई जन्म दियो। अहिलेको यो एक्लोपना मार्क्सको आद्योगिक समाजको अलगाव (एलीनेशन) भन्दा धेरै क्रुर छ। त्यसमा एक्लोपनलाई अनुभव गर्न सकिन्थ्यो, अब त्यो एक्लोपनको बोध पनि रहेन, किनकी समयको अभाव छ।

    मानिस समाजबाट त छुट्टियो नै, अब आफैंसँग पनि छुटिरहेको छ। हामी को हौँ, हामी किन बाँचेका छौँ, कसरी बाँचेका छौँ, यी सबै यक्ष प्रश्न हुन्। र, यक्ष प्रश्न नै रहिरहने छन्। यस्तो प्रश्नमाथि विचार गर्ने समय पनि छैन। यो प्रश्न सार्थक हो वा होइन, यहाँ प्रश्न पनि निरर्थक छ। कतै एकछिन रोकिएर सोच्नु थाल्नु हुन्छ भने तपाईँको अगाडिको यात्रा रोकिनेछ। दौडिरहनुपर्छ तर यो दौडको कुनै अन्त्य छैन। किनकी समय छैन। तपाईंको दिशा तय गरिएको छ, निर्धारित दिशा भन्दा बाहिर नसोच्नू, विचार नगर्नू। यहाँ तपाईं भित्रको मानवीय सम्भावनाको कुनै जरुरत छैन। यहाँ मानवनिर्मित यन्त्रले निश्चित गरेको नियति तय गर्नुपर्ने छ।

    एकांगी मानव

    हर्बर्ट मार्कुजले यस्तै समाज र व्यक्तिका लागि ‘वान डायमन्शनल म्यान’ या ‘एकांगी मानव’ को अवधारणा दिएका छन्। मानिसले आफू भित्रको अनिगिन्ति मानवीय पक्षलाई कुल्चिरहेको छ। पूँजीको अधिक र प्रचण्ड प्रभावले मानिसलाई दैनिकी चलाउन मै अल्झाइरहेको छ, उसले आफूभित्रको सम्भावनालाई एक किसिमले सम्झौता नै गरिसकेको छ। उ बाँचेको छ, केवल बाँच्नका लागि। उसको जीवन र मृत्युकाबीचमा न केही अन्तर त छ न यसको कुनै सार्थकता।

    पूँजीको दुनियामा हरेक सफल देखिएको मानिस पनि भित्रको असफलताका साथ बेचैनी रुपमा भट्किरहेको छ। उ कवि हुनसक्थ्यो, लेखक हुन सक्थ्यो, गायक पनि हुन सक्थ्यो, उ दुनियाँ घुम्न सक्थ्यो, आफूलाई मन पर्ने किताब पढ्न सक्थ्यो, खेल खेल्न सक्थ्यो, आफ्नो घरमा आफ्नो परिवार र साथीहरूबीच गफगाफ गरेर समय बिताउन सक्थ्यो, नदी र पहाडमा गएर अनन्त सृष्टिसँग संवाद गर्न सक्थ्यो र, थाहा छैन जीवनमा अरु कति रंगलाई उसले देख्न सक्थ्यो। तर, अब उ त्यस्तो केही पनि गर्न सक्दैन। भागदौडको दिनचर्याको जीवन कुनै पनि गतिशील जीवन होइन। दौडिरहेको यो दुनियामा सबै रोकिएको वा अचलजस्तो लाग्छ।

    हामी ‘गोल्डन –स्ट्रेटज्याकेट’ अथवा ‘कस्सिएको स्वर्ण– वस्त्र’ मा कैद भएका छौँ। हिँडडुल गर्न सक्दैनौँ, हलचल गर्न सक्दैनौँ, शरीर अड्किरहेको छ तर हामी यो ज्याकेटलाई कसरी उतार्न सक्छौँ र? किनकी ज्याकेट त सुनको हो ! अब घुम्न बन्द गछौँ र टोलाउन बन्द गर्छौँ। यस्तो अवस्थामा हामी हाम्रो मानवताभित्रको सामाजिकता, भित्रै कतै भड्किरहेको छ।

    कतै कुनै ठाउँ छैन जहाँ तपाईंको मन विचारलाई एकछिन रोकेर केही सिर्जना गर्न सक्नुहुन्छ, केही योजना बनाउन सक्नुहुन्छ। स्थायित्वको अन्त्य भइसकेको छ, यहाँ केही सिर्जना हुनै लाग्दा बिग्रिन थाल्छन्, र यसै मेटिन्छन्। यसकारण कार्ल पोल्यानी लेख्छन् कि पहिले समाजको किनारमा बजार हुने गर्दथ्यो, अब सर्वत्र बजार नै बजार छ, यसमा समाज काहीँकाहीँ मात्रै सास लिइरहेको छ, यहाँ प्राणबिहिन मनुष्यको समय छ।

    भविष्य

    विश्वमा तेज आर्थिक विकासको मोडलले एक ‘तेस्रो–विश्व’(विकासशील देशहरूको दुनियाँ) को निर्माण गरेको तथ्य हामीमाझ छ, जुन दुनियाँ भोक र बिमारीसँग आज पनि जुधिरहेको छ। भोकमरी यो दुनियाँको इतिहास थिएन, यसको धरोहर पनि थिएन। यो उसमाथि थोपरिएको पहिचान हो।

    उ आफ्नो ज्ञान, परम्परा र अर्थतन्त्रलाई गुमाएर एक जीवनविहिन भू–खण्डजस्तै रहन्छ, जहाँ पश्चिमी देशको इशारामा उसको आर्थिक दोहन भइरहेको छ। तर यहाँ प्रश्न उठ्छ कि हामीले विगतका गल्तिहरूबाट केही सिकेका छौँ वा छैनौँ? शायद छैन। किनकी सरकारी आर्थिक नीति जुन बाटोबाट चल्दैछ, उसमा नियमित विकास र समावेशी विकासको सम्भावना पटक्कै देखिँदैन। यस्तो लाग्छ कि ऐतिहासिक गल्तिलाई दोहोर्‍याउने एउटा विशाल परियोजना तयार हुँदैछ।

    स्मार्ट सिटी परियोजना होस्, या कुनै बुलेट ट्रेन चलाउने पहल, या कुनै शहर केन्द्रित नीति या फेरि कर्पोरेटको हितलाई ध्यानमा राखेर बनाइएका कानून, या त बजारलाई प्रदान गरिएको असिम शक्ति, लेबर कानून, नयाँ कृषक बिद्येयक, यी सबैको साहारामा एक समावेशी र स्वस्थ समाज या राष्ट्र निर्माण सम्भव हुने संकेत देखिंदैन।

    आम मानिस नीतिगत अनुदारताका शिकार छन्। विकासको मूलभूत सिद्धान्त ‘ट्रिकल–डाउन–थ्योरी’ मा टिकेको छ, मतलब कोही अधिक धनी हुँदा त्यस समाजका अरु निर्धनहरूको निर्धनता घट्ने छ। तर यसबाट जे प्राप्त भएको छ, त्यसले त उल्टै विश्वमा चारैतिर भोकमरी र गरीबीलाई चित्रित गरिहरेको छ।

    एक पश्चिमी विद्वान मिलानोविकले सन् २००९ को आफ्नो एक अध्ययनमा यो देखाएका छन् कि सन् १८२० देखि २००२ को बीच विश्वमा विषमता घट्नुको सट्टा बढीरहेको छ। यो त्रासदीको अन्तिम स्वरुप: निर्धनता र विषमताको अतिरिक्त अरु पनि धेरै छन्, जसले समाज र व्यक्तिभित्र रहेका अनगिन्ति सम्भावना र उसको मानवीय पक्षको संहार गरिदिन्छन्। हुनसक्छ हामी निर्धतना घटाउँछौ। हुनसक्छ, हामी भोकमरीको अन्त्य गर्छौँ तर मनुष्यको मन र विचारको भोकलाई के गर्न सक्छौँ? जो रचना गर्न चाहन्छ, उसका लागि के गर्न सक्छौँ? जो आफू भित्रको भिन्ची, पिकासो र बीथोवनको साथमा बाँच्न चाहन्छ, उसका लागि के गर्न सक्छौँ? के यहाँ पूँजीको भूमरीमा मानवीय सम्भावनाहरू अन्त्य भएको छैन र? मनुष्यताको सृजनशीलतालाई सुनुयोजित तरिकाले मारिएको छ र अन्ततः यहाँ मृत्यु मानवताकै भइरहेको छ।

    –’सत्यहिन्दी’बाट नेपाल रिडर्सका लागि मेनुका बस्नेतको अनुवाद

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      केयूर पाठक

      केयूर पाठक

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.