Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नयाँ औद्योगिक क्रान्तिको नेतृत्व गर्न चीनका तुलनात्मक लाभहरु

बेइजिङ, सांघाई, तिआनजिन, जियाङसु, झेजियांग, फुजियान र गुआंग्डोङको कुल जनसंख्या ३५ करोड छ, जब कि संयुक्त राज्य अमेरिकाको ३३ करोड छ। यो संख्या ती चिनिया शहरहरुको भन्दा कुल जनसंख्या भन्दा कम छ। क्रय शक्ति समानताको सन्दर्भमा, यी सात प्रान्त र शहरहरुमा प्रति व्यक्ति जीडीपी अमेरिकाको ५४.५% पुगेको छ।

जस्टिन यिफु लिन जस्टिन यिफु लिन
अशोज ३१, २०७८
- विमर्शका लागि, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    राष्ट्रिय जनादेशका रूपमा, चीनिया कम्युनिस्ट पार्टी (CPC) को १९ औं राष्ट्रिय पीपुल्स कांग्रेस २०१७ मा “दुई शताब्दी लक्ष्यहरु” को घोषणा गरिएको थियो: पहिलो सीपीसी को १०० औं वार्षिकोत्सव सन् २०२१ मा चीनको चौतर्फी क्षेत्रमा मध्यमस्तरीय समृद्ध समाज निर्माण गर्ने लक्ष्य हासिल गर्नु,  र दोस्रो २०४९ सम्म जनवादी गणतन्त्र चीनको स्थापना भएको १०० औं वार्षिकोत्सव सन् २०४९ मा एक आधुनिक समाजवादी शक्ति बन्नु रहेको थियो।

    त्यसबेला एक आधुनिक देशको रुपमा चीनका कैयन विशेषताहरु प्रकट हुनेछन्। ती मध्ये चीनको प्रतिव्यक्ति जीडीपी कम्तिमा अर्को सबैभन्दा शक्तिशाली मुलुक संयुक्त राज्य अमेरिकाको आधाउधी पुग्नु पर्छ।

    चीन एक विशाल आकारको देश हो। यसको पूर्वीतटीय क्षेत्रहरु अपेक्षाकृत उच्च आय स्तर र मध्य तथा पश्चिमी क्षेत्रहरु अपेक्षाकृत कम आय स्तरका छन्। करीव ३५ करोड भन्दा बढी जनसंख्या भएका बेइजिङ, सांघाई, तिआनजिन, जियाङ्सु, झेजियांग, फुजियान र गुआंग्डोङ्ग सहित चीनका धेरै विकसित प्रान्तहरु र शहरहरु अमेरिकाको प्रतिव्यक्ति जीडीपी बराबरकै हैसियतमा छन्।

    दुई अर्थव्यवस्थाहरुमा प्रतिव्यक्ति जीडीपी समान स्तर र जनसंख्या समेत बराबर छन् भने,  तिनीहरुको टेक्नोलोजी र औद्योगिक उपलब्धि पनि एउटै स्तरमा हुनुपर्छ। तेसैले, जब चीनको दोस्रो शताब्दी लक्ष्य हासिल हुन्छ,  तब अमेरिकाको जनसंख्या बराबर भएका चीनको अधिक विकसित क्षेत्रहरुमा उद्योग र टेक्नोलोजी अमेरिकाको समान स्तरमा हुनेछ।

    चौथो औद्योगिक क्रान्ति शुरू भइसकेको छ, र सन् २०४९ सम्ममा नयाँ उद्योगहरु हावी भएको एक युगको उदय हुनेछ। ३५ करोड जन भएका चिनियाँ क्षेत्रका नयाँ उद्योगहरुले संयुक्त राज्य अमेरिकासँगै लय मिलाउनु पर्छ। तर यसैबीच अमेरिकाले चीनसँगको सम्बन्धलाई हिजोको सुधार र खुलापनको युगताकाको साझेदार भन्दा एक प्रतिस्पर्धीको रुपमा परिवर्तन गरेको छ।

    १९ औं शताब्दीको उत्तरार्धमा अमेरिका विश्वको सबैभन्दा ठूलो र सबभन्दा बलियो अर्थतन्त्र बने लगत्तै, यसले बारम्बार आफ्नो आर्थिक स्थिति खतरामा पर्न नदिन विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्रलाई दबायो। त्यसको टडकारो उदाहरण १९८० को दशकको जापान हो। त्यसबेला जापानको आर्थिक मापन अमेरिकाको भन्दा ६०% बढी थियो र यसले प्रतिव्यक्ति जीडीपीको हिसाबले अमेरिकालाई उछिनेको थियो। यो सेमिकण्डक्टर क्षेत्रमा विश्वको उदयीमान नेता थियो। विश्वको नम्बर एक शक्ति भएको हुँदा अमेरिकाले जापानको सेमिकण्डक्टर उद्योगलाई दबाउन आफ्नो हेजेमोनिक लाभहरुलाई उपयोग गर्‍यो। हाल जापानको प्रतिव्यक्ति जीडीपी अमेरिकाको ६३% भन्दा कम रहेको छ अर्थात् यसको जीडीपी अमेरिकाको २४ प्रतिशत मात्र छ।

    बजार विनिमय दरको आधारमा, चीनको आर्थिक मापन अमेरिकाको ७०% मा पुगेको छ। चीनको ५ जी टेक्नोलोजी नयाँ औद्योगिक क्रान्तिको विश्व कै नेता हो। पछिल्ला केहि बर्षहरुमा, अमेरिकाले आफ्नो पुराना चाल चाल्न थालेको छ र, आफ्ना सबै राष्ट्रिय स्रोतहरु उपयोग गरी चिनियाँ कम्पनीहरुमाथि आधारहीन आरोप लगाउँदै दबाब बढाउँदैछ। यदि अमेरिका नयाँ औद्योगिक क्रान्तिमा नाकाबन्दी गरेर चीनलाई दबाउन सफल भयो भने चीनले आफ्नो दोस्रो शताब्दीको लक्ष्य हासिल गर्न सक्दैन।

    चीनले अमेरिकी नाकाबन्दी कसरी तोड्न सक्छ? यसले नयाँ औद्योगिक क्रान्तिको नेतृत्व गर्न कडा मेहनत गरेर मात्र सक्छ। नाकाबन्दी कायम नरहेमा यसका विकसित प्रान्तहरु संयुक्त राज्य अमेरिकाको टेक्नोलोजिकल स्तरसम्म पुगेका हुन्छन्, र २०४९ सम्ममा यसको राष्ट्रिय प्रतिव्यक्ति जिडिपी अमेरिकाको आधा बराबर भइसकेको हुनेछ। तसर्थ, आफ्नो दोस्रो शताब्दी लक्ष्य हासिल गर्न चीनले नयाँ औद्योगिक क्रान्तिको नेतृत्व गर्नु अति नै आवश्यक छ।

    नयाँ औद्योगिक क्रान्तिको नेतृत्व गर्ने चीनको क्षमता
    राष्ट्रिय पुनर्जीवनको यो महान लक्ष्य हासिल गर्न, चीनका लागि यस नयाँ औद्योगिक क्रान्तिको नेतृत्व गर्नु आवश्यक छ। तर, के यस कामका लागि केही अवस्थाहरु छन्? यस मामलामा, म झाओ चाङवान (राज्य परिषद विकास अनुसन्धान केन्द्र, औद्योगिक विकास विभागका महानिर्देशक) र जु झाओयुन (राज्य परिषद विकास अनुसन्धान केन्द्रका एसोसिएट शोधकर्ता) को रायसँग सहमत छु: आर्थिक र औद्योगिक जग कमजोर भएको मुलुकले औद्योगिक क्रान्तिको नेतृत्व गर्न सक्दैन। तर त्यसको अर्थव्यवस्था र उद्योगको स्तर उच्चतम भएको नै हुनुपर्छ भन्ने कुनै जरूरी छैन।

    उदाहरणका लागि: जब १९ औं शताब्दीको अन्त्यमा दोस्रो औद्योगिक क्रान्तिको नेतृत्व अमेरिका र जर्मनीले गर्दैथिए, त्यसबेला बेलायतको आय र टेक्नोलोजीको स्तर उच्चतम थियो। अमेरिका र जर्मनीले आय स्तरको मामलामा प्रगति गर्दै थिए। क्रय शक्ति समानता (purchasing power parity) को सन्दर्भमा, १८७० मा अमेरिकाको प्रतिव्यक्ति जीडीपी बेलायतको ७६.६% थियो जबकि जर्मनीको बेलायतको ५७.६ % थियो।

    झाओ चाङगवेन र जू झाओयुआनले आफ्नो पुस्तक “चाइना इन्डस्ट्रियल अपग्रेडिङ इन द ब्याकग्राउन्ड इन द न्यू इन्डस्ट्रियल रिभोलुसन” मा उल्लेख गरेका छन् कि चीनका शीर्ष पाँच नवीन शहरहरु शेन्जेन, बेइजिङ, शंघाई, गुआङजाउ र हांग्जो हुन्। यी शहरहरुको कुल जनसंख्या ८ करोड ४० लाख छ, जर्मनीको ८ करोड २० लाख भन्दा अलिकति धेरै छ। क्रय शक्ति समानताको सन्दर्भमा, ती शहरहरुको प्रतिव्यक्ति जीडीपी अमेरिकाको ७२.९% पुगेको छ। १८७० मा अमेरिकाले दोस्रो औद्योगिक क्रान्तिको नेतृत्व सम्हाल्दा बेलायतको प्रतिव्यक्ति जीडीपी र अमेरिकाको प्रतिव्यक्ति जीडीपीको यति कै अनुपातमा थियो।

    यसबाहेक, सात चिनियाँ प्रान्तहरु र प्रतिव्यक्ति उच्च जीडीपी भएका शहरहरु, अर्थात् बेइजिङ, सांघाई, तिआनजिन, जियाङसु, झेजियांग, फुजियान र गुआंग्डोङको कुल जनसंख्या ३५ करोड छ, जब कि संयुक्त राज्य अमेरिकाको ३३ ।करोड  छ। यो संख्या ती चिनिया शहरहरुको भन्दा कुल जनसंख्या भन्दा कम छ। क्रय शक्ति समानताको सन्दर्भमा, यी सात प्रान्त र शहरहरुमा प्रति व्यक्ति जीडीपी अमेरिकाको ५४.५% पुगेको छ। फेरि, यो अनुपात पनि जर्मनीले दोस्रो औद्योगिक क्रान्तिको नेतृत्व गर्नथालेपछि जर्मनीको प्रतिव्यक्ति जीडीपी बेलायतको जस्तै जस्तै छ।

    म त्यो पुस्तकको निष्कर्षसँग सहमत छु: जस्तो कि प्रति व्यक्ति जीडीपीको मामलामा, यसले उद्योग र टेक्नोलोजिकल स्तरहरु जस्ता भौतिक अवस्थाको प्रतिनिधित्व गर्दछ, चीनमा नयाँ दौरको औद्योगिक क्रान्तिको नेतृत्व गर्ने क्षमता अहिले नै पनि छ।

    म एउटा बूँदा थप्न चाहन्छु: नयाँ औद्योगिक क्रान्तिको नेतृत्व गर्न चीनसँग भौतिक अवस्था अनुकुल त छदैंछ विशेषगरी अहिलेको सबैभन्दा ठूलो र सबल अर्थव्यवस्था भएको संयुक्त राज्य अमेरिकासँग दाँज्दा, यो सँग तुलनात्मक लाभहरु समेत छन्। यसो हुनुका तीन कारणहरु छन्:

    पहिलो कारणः जी–२० हांग्जो शिखर सम्मेलन (G20 Hangzhou Summit) मा दिईएको परिभाषा अनुसार, नयाँ औद्योगिक क्रान्ति मानिसहरु, मेशिनहरु र संसाधनहरुबीचको चातुर्यतापूर्ण अन्तरसम्बन्ध (intelligent interconnection ) बाट चित्रण गरिन्छ। यो एउटा छोटो नयाँअन्वेषण चक्र भएको उद्योगबाट चित्रण गरिएको हुन्छ, वा जसलाई हामी “वक्रमार्गमा उछिन्ने उद्योग” (overtake-on-a-curve industry) भन्न सक्छौं। यस्तो प्रकारको उद्योग नयाँ संरचनात्मक अर्थशास्त्र ( new structural economics) मा चर्चा गरिने पाँच प्रमुख प्रकारका उद्योगहरु मध्येको एक हो। यस प्रकारको उद्योगको प्रमुख विशेषता के छ भने नयाँ उत्पादनहरुका लागि यसमा अनुसन्धान र विकास चक्र छोटो हुन्छ। यस कारणले, नयाँअन्वेषणमा सबैभन्दा महत्वपूर्ण तत्व मानव–पूँजी बन्न पुग्छ। मानव–पूँजीका दुई भागहरु हुन्छन्: शिक्षा र पुस्तान्तर प्रतिभा।

    हाल, किण्डरगार्टेन, प्राथमिक विद्यालय, निम्न माध्यामिक स्कूल, माध्यामिक स्कूल र विश्वविद्यालयको स्नातकोत्तरसम्मका चीनको पढाइ विकसित देशहरुभन्दा त्यति धेरै फरक छैन। प्राविधिक नवअन्वेषणका लागि, शिक्षा भन्दा पुस्तान्तर प्रतिभा धेरै महत्त्वपूर्ण हुन्छ। तथ्याङ्कमा कुनै खास जनसंख्यामा असाधारण प्रतिभाशाली व्यक्तिहरुको भार एक सामान्य वितरणबाट चित्रण गरिने गरिन्छ। निश्चित जनसंख्याभित्र हुने प्रतिभाशालीको अनुपात अरु देशका निश्चित जनसंख्याभित्र पनि समान नै हुनुपर्छ। जे होस्, नवअन्वेषणमा सफलता पाउनुको कारण जनसंख्यामा असाधारण प्रतिभाशाली व्यक्तिहरुको अनुपात मात्र हुनसक्दैन, तर त्यस्ता व्यक्तिहरुको आवश्यक संख्या सुनिश्चित हुनु पर्छ। जस्तो कि चीनको जनसंख्या अमेरिकाको भन्दा चार गुणा बढी छ, त्यसैले चीनमा असाधारण प्रतिभाशाली व्यक्तिहरुको संख्या अमेरिकाको भन्दा चार गुणा बढी हुनुपर्छ। यसकारण संयुक्त राज्य अमेरिकासहित अरु कुनै पनि देशहरुमा भन्दा चीनसँग मानव–पूँजीको विशाल भण्डार हुनुपर्छ। यही कारणले छोटो चक्रीय अनुसन्धान र विकासका लागि चीनलाई एउटा तुलनात्मक लाभ छ।

    दोस्रो कारणः चातुर्यतापूर्ण अन्तरसम्बन्धतायुक्त (intelligent interconnectivity) नयाँ टेक्नोलोजीको शुरूवात् पछि, यसको प्रयोगका लागि प्रविधिका मापदण्डहरु (technological standards) आवश्यक हुन्छन्। यी मापदण्डहरुलाई तोक्ने शक्ति नयाँ टेक्नोलोजी विकसित भएको देशको घरेलु बजारको आकारसँग सम्बन्धित हुन्छ। जब दुई देशहरु कुनै नयाँ टेक्नोलोजीको लागि प्रतिस्पर्धा गर्दैछन्,  ठूलो जनसंख्या र आकारमा ठूलो घरेलु बजार भएको मुलुकले  (अर्थव्यवस्थाको स्तरका कारण), कम सीमान्त लागतमा वस्तुको उत्पादन गर्नसक्ने फाइदा लिनेछ। यस्तो मुलुकको उत्पादनहरु अधिक प्रतिस्पर्धी हुनेछन् र यिनीहरुले अन्तर्राष्ट्रिय बजारमा वैश्विक मापदण्ड तोक्ने अधिक संभावना हुन्छ।

    १ अर्ब ४० करोड जनसंख्या भएको चीन संसारको सबैभन्दा धेरै जनसंख्या भएको देश हो। क्रय शक्ति समानताको मामलामा, चीन सन् २०१४ मा नै विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था बनिसकेको छ। यसैले, वैश्विक मापदण्ड तोक्न विकसित देशहरुसँग प्रतिस्पर्धा गरिरहँदा, चीनसँग जनसंख्या र बजारको आकारको कारण तुलनात्मक लाभ छ।

    तेस्रो कारणः संसारको अरु कुनै देशसँगको तुलनामा उद्योगहरुका दायरा चीनमा सबैभन्दा विस्तृत छ,  र चीनले नयाँ–अन्वेषणका लागि औद्योगिक उत्पादनहरुको सम्पूर्ण सुविधायुक्त हार्डवेयर उपलव्ध गराउन सक्छ। एक नयाँ–अन्वेषणात्मक टेक्नोलोजीकल विचार देखि तयारी–उत्पादनहरुको आम–उत्पादनसम्मको प्रक्रिया चीनमा सबभन्दा द्रूत गतिको र कम खर्चिलो हुनेछ।

    यी तीन कारणहरुले नयाँ औद्योगिक क्रान्तिको नेतृत्व गर्न अमेरिकासँग प्रतिस्पर्धा गर्दा चीनलाई एक अनुकूल स्थितिमा राख्छन्। चीनको अनुकूल स्थितिलाई 5G टेक्नोलोजीको लाभ भएको देशका कारणले मात्र होइन, “भिमकाय आकारमा बृद्धि भइरहेका” अनगिन्ति कम्पनीहरुको संख्याले समेत प्रमाणित गर्दछन्। चाइना इन्भेस्टमेन्ट रिसर्च इन्स्टिच्युटद्वारा प्रकाशित एक रिपोर्ट अनुसार, एक दशकभित्र स्थापित कैयन “भिमकाय आकारमा बृद्धि भइरहेका” कम्पनीहरु कैयन असूचित भएपनि, तिनीहरु निजी कम्पनी इक्विटी वा सार्वजनिक बजार लगानीकर्ताहरुद्वारा १ बिलियन अमेरिकी डलर भन्दा बढी मूल्यका छन्। तिनीहरु सन् २०१८ मा चीनमा १५० र अमेरिकामा १०७  थिए। यसको संख्याको प्रतिशतमा चीनमा ४६% र अमेरिकामा ३३% रहेको छ।

    चीनले यस्तो सम्भावनालाई कसरी वास्तविकतामा बदल्न सक्छ? झाओ चाङ्गवान र जू झायोनले आफ्नो पुस्तकमा तीनवटा सुझावहरु दिएका छन्: सम्पत्ति अधिकारको व्यवस्थालाई अझ सुधार गर्ने तथा बौद्धिक सम्पदाको सुरक्षालाई सुदृढ बनाउने; एक विवेकी र समावेशी नियामक वातावरण बनाउनमा ध्यान केन्द्रित गर्ने; र उद्यमको सम्पूर्ण तहको गतिशीलतालाई कायम राख्ने। नयाँ संरचनात्मक अर्थशास्त्रमा, यी तीन बूँदाहरुले एक निष्पक्ष र प्रतिस्पर्धी बजार वातावरणको स्थापनालाई बुझाउँछन्।

    म माथिका सबै बुँदाहरुसँग एकदमै सहमत छु। नयाँ संरचनात्मक अर्थशास्त्रको परिप्रेक्ष्यमा, “प्रभावकारी बजार” र “सहजकर्ता राज्य” दुबै महत्वपूर्ण हुन्छन्। म “सहजकर्ता राज्य” को बारेमा थप दुई बुँदाहरु चर्चा गर्नेछु।

    सर्वप्रथम, चीनले नयाँ औद्योगिक क्रान्तिलाई टेको दिन औद्योगिक नीतिहरुको आत्मविश्वासका साथ प्रयोग गर्नु पर्दछ। मुलुकले नयाँ टेक्नोलोजी र उद्योगको विकासमा शुरुवाति कदमको चरणमा रहेको वा नेतृत्व जे गरिरहेको भएपनि केही फरक पर्दैन, तर त्यहाँको सरकारले उद्यमहरुको नवअन्वेषणताको प्रयासमा बाधा पुर्‍याउने बजारका विफलताहरुलाई सफलतापूर्वक हटाउनु पर्छ। निस्सन्देह, बजारका असफलताहरु जुन शुरुवाति कदमको चरणमा हुन सक्छन् र नेतृत्वदायी चरणहरुमा फरक हुन्छन्, त्यसैले चरणअनुसार सरकारले आफ्नो नीति निर्देशन र सहयोग कार्यलाई समायोजित गर्नु पर्छ।

    शुरुवाति कदमको चरणमा, बजारका असफलताहरुमा निम्न हुन सक्छन् जस्तै नयाँ उद्योगहरुको प्रवेश र नयाँ टेक्नोलोजीहरुका कारण आवश्यक मानव पूँजीमा सुधार सँगसम्बन्धित बाह्य समस्याहरु; पूँजीको अभाव र वित्तीय प्रणालीबमोजिम जोखिम विविधीकरण; र उर्जा, यातायात, दूरसञ्चार तथा व्यापारिक वातावरणको एक अपूर्ण पूर्वाधार आदि। बजारका यस्ता असफलताहरु उद्यमहरु आफैंले हटाउन सक्दैनन् र यसकारण सरकारबाट नै समाधान गर्नु आवश्यक छ।

    सरकारसँग संसाधन र कार्यान्वयन परिचालन गर्नसक्ने क्षमताहरु सीमित हुन्छन्। यसकारण सरकारले औद्योगिक नीतिहरुलाई उपयोग गरी रणनीतिकरुपमा आफ्ना संसाधनहरु बाँडफाँड गरी नयाँ औद्योगिक उद्यमहरुलाई टेवा दिनु पर्छ। यसो भएमा रोजगारी सृजना र आर्थिक बृद्धिमा सबैभन्दा ठूलो योगदान पुग्न सक्छ।

    बजारलाई नेतृत्व गरिरहेको चरणमा, त्यसबेला पनि बजारको असफलताहरु व्यहोर्ने पर्ने हुन्छ। यस्तो किन हुन्छ भने नयाँ उत्पादनहरु र टेक्नोलोजीको अन्वेषणमा आधारभूत अनुसन्धान र विकासको आवश्यकता हुन्छ। उद्यमहरु नयाँ उत्पादनहरु र टेक्नोलोजीको विकास गर्नमा रुचि राख्छन् किनकि तिनीहरुले उत्पादनको पेटेण्ट प्राप्त गर्न सक्छन्, बजार एकाधिकार र कूत लिन सक्छन्। तर तिनीहरु शैक्षिक महत्वका नतीजा दिने आधारभूत अनुसन्धानमा लगानी गर्न रुचि राख्दैनन् जस्तो कि पेटेन्ट गर्न नसकिने सार्वजनिक उपभोग्य वस्तुको उत्पादनमा। तर आधारभूत अनुसन्धानमा महत्वपूर्ण खोज नगरेका उद्ययमहरुसँग नयाँ उत्पादनहरु र नयाँ टेक्नोलोजीको विकास गर्नसक्ने कुनै आधार नै हुँदैन।

    तसर्थ, बजारलाई नेतृत्व गरिरहेको चरणमा, सरकारले उद्यमहरुका नयाँ उत्पादनहरु र टेक्नोलोजीहरुलाई विकास गर्न गरिने तिनीहरुका आवश्यक आधारभूत अनुसन्धान कार्यमा सहयोग पुर्‍याउनमा ध्यान केन्द्रित गर्नुपर्छ। त्यसैगरी, सरकारले आधारभूत अनुसन्धानलाई सहयोग गर्न आफ्नो सीमित स्रोत र क्षमताहरुको बाँडफाँट गर्ने औद्योगिक नीतिहरु लिनुपर्ने हुन्छ। यस्ता नीतिहरु वास्तवमा उन्नत टेक्नोलोजी भएका विकसित देशहरु अमेरिकामा समेत लिइने गरिन्छ। यसैकारण युनिभर्सिटी कलेज लन्डनका प्रोफेसर मारियाना अमेरिका, साथै अन्य विकसित देशहरुलाई “उद्यमी राज्य” को रूपमा वर्णन गरेका हुन्। माथिका सन्दर्भलाई ख्यालमा राखेर, चीनिया सरकारले बजारको वातावरण निर्माण गर्नुपर्छ, साथसाथै सक्रिय भूमिका खेल्नुपर्छ। यसले “मेड इन चाइना २०२५” माथि अमेरिकी हमलाको जवाफमा नयाँ औद्योगिक क्रान्तिमा पार्ने प्रभावलाई अस्वीकार गर्नु हुँदैन, न त नवउदारवादी सोचका आधारमा औद्योगिक नीतिहरुको बिरोध गर्ने चिनियाँहरुको आपत्तिलाई ध्यान दिनु पर्छ। धेरै अवसरहरुमा र धेरै लेखहरुमा, मैले भनेको छु कुनै पनि विकासशील देशले औद्योगिक नीतिहरु बिना विकसित देशहरुलाई पछ्याउन सकेको मैले कहिल्यै देखेको छैन। न त मैले औद्योगिक नीतिहरु बिना कुनै विकसित देशले नयाँ उद्योगहरुको विकासको नेतृत्व गर्ने कार्यलाई जारी राख्न सकेको देखेको छु।

    हालको स्थितिमा नयाँ औद्योगिक क्रान्ति पहिले नै शुरू भैसकेका जर्मनीले आफ्नो “उद्योग ४.०” रणनीति ल्याइसकेको छ र अमेरिकाले आफ्नो “उन्नत उत्पादन–निर्माणमा अमेरिकी नेतृत्वको रणनीति” अख्तियार गरेको छ। चीनले आफ्नो अनुकूल नीति अनुशरण गर्नु पर्छ,आत्मविश्वासका साथ औद्योगिक नीतिहरु अपनाउनु पर्छ र नयाँ औद्योगिक क्रान्तिको नेतृत्व गर्न आफुसँग भएका तुलनात्मक लाभलाई उपयोग गर्नु पर्छ।

    दोस्रो, चीनले आफ्नो खुला अर्थतन्त्रलाई अझ विस्तृत बनाउनुपर्छ। खुल्लापन नयाँ औद्योगिक क्रान्तिका लागि धेरै महत्त्वपूर्ण हुन्छ। यो किन महत्वपूर्ण छ भने सबभन्दा पहिला, नयाँ उद्योगहरुको अर्थव्यवस्थाको दायरा विशाल छ। यद्यपि चीनसँग सबैभन्दा ठूलो एकल घरेलु बजार छ, यसको दायरा विश्व बजारसँग तुलना गर्न सकिदैन। यसबाहेक, चीनले नयाँ औद्योगिक क्रान्तिको नेतृत्व गर्ने अमेरिकी नाकाबन्दी तोड्नु पर्ने अवस्थामा चीनलाई हरेक टेक्नोलोजीको नवअन्वेषण गर्नु असम्भव नै छ। विगतमा जस्तै, चीनले ” घरेलु र विश्वव्यापी दुई बजार र दुई स्रोतहरु,” का साथै टेक्नोलोजिकल संसाधनहरुको उपयोग गर्नुपर्ने हुन्छ।

    यसैबीच,अमेरिकाले चीनलाई नियन्त्रण र दमन गर्ने प्रयास गर्न सक्छ। यदि अमेरिकाले नयाँ औद्योगिक क्रान्तिमा चीनका उद्योगहरुलाई रोक्न र दमन गर्न जारी राख्यो भने चीनले तुरुन्तै प्रतिकार गर्नुपर्छ। संयुक्त राज्य अमेरिका अहंकारी छ किनकि यो “विश्वको ठूलो भाई” जस्तो आफ्नो हैकमकारी स्थिति कायम राख्न चाहन्छ।

    जे होस्, चिनले अन्य विकसित देशहरुबाट सहयोग प्राप्त गर्न असफल भएको छ। ती देशहरुको पहिलो ध्यान नै आफ्नै अर्थव्यवस्था बढाउन र उनीहरुको जनताको जीविकोपार्जनमा सुधार गर्नु रहेको छ। यी विकसित देशहरुले नयाँ औद्योगिक क्रान्तिको केहि क्षेत्रहरुमा भाग लिन वा नेतृत्व लिनका लागि ठूलो रकममा लगानी गर्न पैशाको आवश्यकता छ। कुनै प्राविधिक सफलतापछि, ती मुलुकहरुलाई आफ्नो प्रारम्भिक लगानीलाई पुनर्बहाली र अर्को सफलताका लागि नयाँ पूंजी संचय गर्न एक विशाल बजारको आवश्यकता छ। “दुई बजार र दुई संसाधन” नै चीनको सफलताको एक नुस्खा हो, र यो अन्य देशहरुका लागि पनि हो।

    अन्तमा
    अमेरिकाले आफ्नो वर्चस्व कायम राख्न चीन र अन्य देशहरुलाई दबाउन नाकाबन्दी लगाएको छ। यस्तो अवस्थामा समेत चीनले आफ्नो खुलापनलाई विस्तार गर्ने क्रमलाई जारी राख्नु पर्छ र अन्य देशहरुलाई यसको टेक्नोलोजिकल नवअन्वेषण, द्रूत आर्थिक विकास र विशाल बजारबाट लाभ उठाउन दिनुपर्छ। खुला विश्व व्यापारमा,साना देशहरुले ठूलो देशहरु भन्दा बढी लाभ उठाउन सक्छन्। यदि चीनले आफ्नो खुलापनलाई विस्तार गर्न जारी राखिरहेमा,अमेरिका बाहेकका विकसित देशहरु चीन भन्दा धेरै लाभान्वित हुनेछन्। तिनीहरु नयाँ औद्योगिक क्रान्तिमा चीनको विशाल र द्रुत गतिमा बढिरहेको बजारबाट हुने फाइदालाई गुमाउन चाहदैनन्। तिनीहरुले अमेरिकाको आधिपत्यको रक्षा गर्ने स्वार्थमा सामेल भई आफ्ना हित त्याग्ने छैनन्, र चीनलाई अल्झाउने अमेरिकी नीतिबाट चीनको नयाँ औद्योगिक क्रान्तिलाई दबाउने अमेरिकी प्रयास सफल हुने छैन।

    साभारः अक्टूबर १५, २०२१ को एशियाटाइम्स अनलाइनबाट।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      जस्टिन यिफु लिन

      जस्टिन यिफु लिन

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.