Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चीनको सत्तारूढ पार्टीको आन्तरिक चुनावी प्रक्रिया

प्रिंसलिंग्सका नेता सि जिनफिंग र शंघाई पक्षका नेता नेता जियांग जेमिनहरु बाहेक तेस्रो पक्ष पनि छ। यसका नेता पूर्व राष्ट्रपति हू जिन्ताओ हुन्।

नेपाल रिडर्स नेपाल रिडर्स
कार्तिक २, २०७९
- राजनीति, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    चीनका राष्ट्रपति शी जिनफिंगलाई यस पटक पनि चिनीयाँ कम्युनिस्ट पार्टी (CCP) का महासचिव बनाइने निश्चित नै छ। १६ अक्टूबर देखि पार्टीको २०औं महाधिवेशन (Communist Party Congress) शुरू भएको छ।  यसमा सि जिनफिंगलाई लगातार तेस्रो पटक महासचिव बनाउन विधि पूरा हुनेछ। यस महाधिवेशनसँगै चिनको कम्युनिस्ट पार्टीमा ग्रासरूट लेभलबाट शुरू भएको चुनाव प्रक्रियाको समापन  हुनेछ। चीनमा कम्युनिष्ट पार्टीका  साथै अन्य केही लोकतन्त्रवादी र राष्ट्रवादी पार्टी पनि छन्।राज्य सञ्चालनमा तिनीहरुको भूमिका गौण हुन्छ।  अब कुरा गरौं– करीव डेढ अरब जनसंख्या भएको चीनको सत्तारूढ पार्टीमा चुनाव प्रक्रिया कसरी चल्छ।

    हाल बेजिंगमा जुन महाधिवेशन शुरू भएको छ, त्यसमा २ हजार २९६ निर्वाचित डेलिगेट भाग लिई रहेका छन्। यस बाहेक ८५ जना  विशेष आमंत्रित डेलिगेट छन्। यी डेलिगेटहरुले नै पार्टीको सेन्ट्रल कमिटी छनोट गर्छ। सेन्ट्रल कमिटीले यसपछि पोलिट ब्यूरो, त्यस्को स्ट्याण्डिङ् कमिटी र जनरल सेक्रेटरीका बारेमा निर्णय गर्नेछ। यी डेलिगेटलाई पनि केही व्यक्तिहरुले चुनेर पठाएका हुन्छन्। यो पूरै प्रक्रियाको सबभन्दा शुरू चिनीयाँ कम्युनिस्ट पार्टीको प्राथमिक मेम्बरको तहबाट हुन्छ। यस्ता मेम्बर बनाउने काम बाल्यावस्थाबाट नै हुन्छ।

    चिनीयाँ कम्युनिस्ट पार्टीको इकाइहरु देशभर ४० लाखभन्दा बढि छन्। जसमा ९ करोड़ ७० लाखभन्दा बढी सदस्य छन्। करीव १४७ करोड जनसंख्या भएको देशमा पार्टी सदस्यहरु १० करोड भन्दा कम छन्।  

    चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य बन्ने शुरुवाती इकाइ कम्युनिस्ट यूथ लीग हो। यसै लीगको मातहत चिनियाँ यंग पायनियर्स नामक एक इकाइ काम गर्दछ। भनिन्छ कि चीनका स्कूलहरुमा चिनियाँ यंग पायनियर्सका  २ लाख भन्दा बढी इकाइहरु छन्।

    यंग पायनियर्सले समाजवाद र साम्यवादका विषयहरुमा युवाहरुलाई बुझाउने गर्दछ। १४ वर्ष पूराभएपछि मात्र कम्युनिस्ट यूथ लीगको सदस्य बन्न योग्य हुन्छ। यसमा सबै युवाहरु सदस्य हुनैपर्ने बाध्यता छैन र केही अंशमात्र सामेल हुने गरेका देखिन्छन्। भनिन्छ कि चिनियाँ यूथ लीगमा हाल करीव १० करोड सदस्य छन्।

    चिनियाँ कम्युनिस्ट पार्टीको सदस्यता 
    चिनियाँ यंग पायनियर्स र कम्युनिस्ट यूथ लीग भइसकेपछि चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य बन्न सकिन्छ। शुरुका सदस्यहरुलाई प्राथमिक सदस्य भनिइन्छ जुन ९ करोड ७० लाख छन्। अब यसको प्राथमिक सदस्य को को हुन्छन् ती बारे कुरा गरौं।

    चिनियाँ कम्युनिस्ट पार्टीले यिनै प्राथमिक सदस्यहरुलाई संगठित गरेर  गाउँदेखि शहरहरुसम्म, स्कूलदेखि विश्वविद्यालयहरु र पीपल्स लिबरेशन आर्मी अर्थात् चीनको सेनासम्ममा आफ्ना इकाइहरु बनाएको छ। यी इकाइहरु प्रान्त, नगर निगम, जिल्ला, शहर र गाँउ स्तरमा काम गर्छन्। यी इकाइहरुका पदाधिकारीहरुबाट नै डेलिगेट तोकिन्छन्।

    हाल कम्युनिस्ट पार्टीको जुन २० औं नेशनल कांग्रेस भइरहेको छ, त्यसमा एक रिपोर्ट पेश गरिएको छ। त्यसमा भनिएको छ कि ९९.५ प्रतिशत प्राथमिक सदस्यहरुले निर्वाचन प्रक्रियामा भाग लिएका छन्। तिनीहरुले नै २  हजार २९६ डेलिगेटहरुलाई चुनेका हुन्। यी डेलिगेटहरुमा किसानहरुका नेता छन्, मजदुरका नेता छन् र सैन्य अधिकारी पनि छन्। यी डेलिगेटहरुमा लगभग एक चौथाई महिलाहरु छन्। डेलिगेटहरुमा ११ प्रतिशत विशेष अल्पसंख्यकहरु पनि छन्। यिनै डेलिगेटहरुका छलफलबाट नै कम्युनिस्ट पार्टीको सेन्ट्रल कमिटी बनाइने छ। जसको पदावधि पाँच वर्षको हुन्छ। गत १९ औं पार्टी कांग्रेसले २०४  सदस्यीय सेन्ट्रल कमिटी बनाएको थियो। यसका अतिरिक्त १७६ वैकल्पिक सदस्यहरु चुनेको थियो ताकि कुनै सदस्यको मृत्यू भएको वा हटाइएको अवस्थामा उनीहरुलाई केन्द्रीय सदस्य बनाउन सकियोस्।

    पोलिट ब्यूरोको गठन 

    पोलिट ब्यूरो चिनियाँ कम्युनिस्ट पार्टीको प्रमुख शक्ति केन्द्र हो। यसमा हाल २५ जना छन्। यिनीहरु केन्द्रीय कमिटीबाट नै चुनिन्छन्। पोलिट ब्यूरोको सदस्यबारे निर्णय लिइसकेपछि पोलिट ब्यूरोको स्थायी कमिटी बनाइन्छ। यसमा कति सदस्यहरु रहन्छन् त्यसको संख्या तोकिएको छैन। हाल सात जना रहेका छन्। सन् २०१२ मा जब शी जिनफिंग पहिलोपटक पार्टीको जनरल सेक्रेटरी बनेका थिए, त्यसबेला स्थायी कमिटीमा ९ जना थिए। २०१७ मा सदस्य संख्यालाई ७ मा सिमित गरियो। हालको ७ सदस्यीय स्थायी कमिटी मध्ये सि जिनफिंग पनि एक हुन्। पोलिट ब्यूरो र स्थायी कमिटीमा रहने उमेर हद ६८ वर्ष तोकिएको छ।

    यो पनि पढ्नुहोस् –
    सीपीसीको २० औँ महाधिवेशनः भ्रम छर्दैछन् पश्चिमा मिडिया, अघि बढ्दैछ चीन 

    पोलिट ब्यूरोमा नयाँ सदस्य ल्याउने कुरा पोलिट ब्यूरो र स्थायी कमिटीका सदस्यहरुको मतले प्रभाव पार्छ। नेशनल कांग्रेसमा केन्द्रीय कमिटीले नै विधिवत निर्णय लिन्छ वा चुनाव गर्छ।

    महासचिवको छनोट
    प्राथमिक सदस्यदेखि पोलिट ब्यूरोसम्मको छनोट सामान्यरुपमा चलेको जस्तो देखिन्छ, तर भित्रभित्रै शक्ति संघर्ष भइरहेको हुन्छ। पार्टीभित्रका विभिन्न पक्षको शक्ति संघर्ष  बेलाबेला सतहमा आएका छन्। उदाहरणका लागि, सि जिनफिंग जुन पक्षबाट आएका हुन्, त्यसलाई ‘प्रिंसलिंग्स (Princelings)’ भनिन्छ। यसको मतलव यिनीहरु पार्टीको शुरुआतकालिन क्रांतिकारीहरुका सन्तान हुन्। सि जिनफिंगका पिता शी जॉन्गशुन चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक सदस्य थिए। सांस्कृतिक क्रान्तिकालमा उनलाई जेलमा हालिएको थियो। तथापी सन् १९७४ मा सि जिनफिंग पार्टीको प्राथमिक सदस्य बनेका थिए।

    यसरी नै वंशवादी पक्षभन्दा अर्को पक्ष पनि छ। त्यो ‘शंघाई पक्ष’ भनेर परिचित छ। यसका नेता जियांग जेमिन मानिइन्छन्। चीनको तटीय इलाकहरु तथा ठूला शहरका  व्यापारिक वर्गमा यो पक्षको पकड छ। हालै मात्र यो पक्षका दुई नेताहरुलाई भ्रष्टाचार विरोधी अभियानमा गिरफ्तार गरिएको थियो। सुरक्षासम्बन्धी उपाध्यक्ष सुन लिजुन र कानून मन्त्री  फू जेन्हुआलाई जेल पठाइएको छ। प्रिंसलिंग्स र शंघाई पक्षहरु बाहेक तेस्रो पक्ष पनि छ। यसका नेता पूर्व राष्ट्रपति हू जिन्ताओ हुन्। यिनको पकड कम्युनिस्ट यूथ लीगमा रहेको छ।

    केन्द्रीय कमिटी देखि पोलिट ब्यूरोसम्म यी पक्षहरुबीच संघर्ष चलिरहेको हुन्छ। यस संघर्षमा पोलिट ब्यूरोमा जसको पकड हुन्छ त्यसै पक्षको जनरल सेक्रेटरी बन्छ। २०१७ मा जस्तै सि जिनफिंग हुनेमा कुनै शंका नै छैन। अब त उनी माओ त्से तुंग र देंग श्याओफिंग जस्तै पार्टीको एक मात्र नेता मानिन्छन्। ६८ वर्षको हदम्याद पनि यसैकारण परिवर्तन गरिएको हो।

    स्रोतः विभिन्न एजेन्सीबाट

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      गण्डकीमा माले निर्माण – केशवलाल श्रेष्ठसँग शिव कुमार पौडेलको संवाद (भिडियो)

      गण्डकीमा माले निर्माण – केशवलाल श्रेष्ठसँग शिव कुमार पौडेलको संवाद (भिडियो)

      नेपाल रिडर्स
      कार्तिक २२, २०८१

      लमजुङबाट माओवादी विचारबाट प्रेरित बिद्रोहको बाटो हिडेका केशवलाल श्रेष्ठको राजनीतिक उतारचढावबारे नेपाल रिडर्सका लागि शिव कुमार पौडेलसँग केशवलाल श्रेष्ठको संवाद...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.