Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चीनको आगामी कदम : पूँजीवाद वा समाजवाद?

एक जमाना थियो, चीनमा यति गरीबी थियो कि त्यहाँ एउटा ‘केक’ लाई समान वितरणका बारेमा कुरा हुने गर्दथ्यो। उत्पादनमा तीव्र वृद्धि हुँदामात्रै यो अवस्थामा परिवर्तन हुन सक्थ्यो। तर आज परिस्थिति अलग भइसकेको छ। चीनले आफ्नो देशबाट गरीबीको अन्त्यको घोषणा गरेको छ। उसको अगाडि अब एउटा ‘केकको वितरण’ को समस्या छैन।

अरुण माहेश्वरी अरुण माहेश्वरी
कार्तिक २४, २०७८
- विमर्शका लागि, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    चीनियाँ राष्ट्रपति सी जिन पिङले एकाधिकार जमाएका पूँजीमाथि लगाम लगाउने गरी सुरु गरेको कारवाही आर्थिक क्षेत्रमा मात्रै होइन, चीनको समग्र समाजलाई नै नयाँ शिराबाट निरुपण गर्ने उनको अभियानको एउटा हिस्सा पनि हो। सीले ठूला टेक कम्पनीहरूबाट यो अभियान सुरु गरेका हुन्। यसमार्फत उनले आगामी दिनमा पनि गहिरो र सुनियोजित उथलपुथल गर्न सक्ने संकेत पनि दिइरहेका छन्।

    देङले तोकेको ‘५० वर्ष’

    ४४ वर्ष पहिले अर्थात् सन् १९७७ मा चीनका नेता देङ सिआओ पिङले ‘चार आधुनिकीकरण’ मार्फत ‘खुल्लापन’को कार्यक्रम अपनाएका बेला देङले भनेका थिए,‘अबको ५० वर्षपछि चीनको अगाडिको दिशा के हुन्छ भन्ने कुरा हामी देख्नेछौँ: चीन समाजवादको बाटोमै रहन्छ या यसले पूँजीवादका लागि ठाउँ छोडिदिनेछ!’

    यो ५० वर्ष पूरा हुन अब ६ वर्ष मात्र बाँकी छ। यसै वर्षको जुन महिनामा चीनको कम्युनिष्ट पार्टीको १०० वर्ष पूरा भएको छ। आगामी वर्षको जुन महिनामा उसको २१ औँ पार्टी सम्मेलन आयोजना हुँदैछ भने यो सम्मेलनले आउँदो ५ वर्षमा पनि पार्टी र राज्यको कमाण्ड सी जिन पिङकै हातमा सुम्पिने अपेक्षा राजनीतिक वृत्तमा छ।

    सन् २०२७ मा जब देङको आर्थिक उदारवादको पचास वर्ष पूरा हुनेछ, हालसम्मको अनुमानअनुसार चीनको आगामी बाटोको विषयमा, त्यस निर्णायक समयमा चीनको नेतृत्व सीकै हातमा रहेको हुनेछ। सीको अहिलेको कदम देङको त्यो परिकल्पनासँग सम्बन्धित छ या छैन, यो अहिले नै भन्न सकिँदैन। तर यो एउटा प्रस्थान बिन्दु पनि बन्न सक्छ।

    सीले ठूला टेक कम्पनीहरूको आर्थिक दुराचारहरू र बैंकहरूको कर्जामा भइरहेको ठूला धाँधलिहरूमाथि हतगडी कस्ने कुरा गर्दैगर्दा मार्क्सवाद र माओका विचारको सम्झना गरे। र, चीन समाजवादको बाटोमा नै दृढताका साथ अडिग रहनुपर्ने कुरा पनि दोहोर्‍याए। यस अर्थमा पनि उनको यो कारवाहीलाई देङको त्यतिबेलाको कथनसँग जोडेर हेर्न सकिन्छ।

    असमानताको खाडल

    पूँजीवादको मूल तात्पर्य हो– बजार अर्थ व्यवस्था। यस्तो अर्थव्यवस्था जसमा सिद्धान्ततः राज्यको हस्तक्षेपका लागि कुनै ठाउँ हुँदैन। कथित प्रतिश्पर्धा र बजारको माग तथा आपूर्तिको सिद्धान्त नै पूँजीवादको एकमात्र चालक सिद्धान्त हो। समाजको आवश्यकतालाई होइन, पूँजीको आत्म–विस्तारको खेललाई खुलेर खेल्न दिनु र पूँजीका आवश्यकताहरूले नै समाजको नियमको निर्धारण गर्नु नै पूँजीवाद सञ्चालनको मूल मन्त्र हो।

    पूँजीवादमा सामाजिक विषमतालाई कुनै अभिशाप होइन, बरु विकासको एक महत्वपूर्ण कारक मानिन्छ। एकातर्फ धेरैथोरैको हातमा सम्पत्तिको केन्द्रिकरण र दोस्रोतर्फ अभावको निरन्तर विस्तार हुनु नै विषमताको अर्थ हो। यहाँ अभावको निरन्तरताले नै पूँजीको गतिशीलताको इन्जिन र इन्धनको काम गर्छ।

    यस मापदण्डमा रहेर यदि चीनलाई हेर्ने हो भने पछिल्लो ४० वर्षमा उत्पादनमा भएको सामान्य वृद्धिबाट त्यहाँको जीवनको सामान्य समृद्धिमा स्पष्ट सुधार आएको देखिन्छ। तर यसका बावजुद यसै दौरान सामाजिक असमानताको अनुहार यति विकराल बनिसकेको छ कि यसले समानतामाथि आधारित न्यायपूर्ण समाजको वकालत गर्ने मार्क्सवाद र मार्क्र्सको समाजवादी परिकल्पनालाई जिस्क्याइरहेको भान हुन्छ। आज चीन र अमेरिकामा सम्पत्तिको वितरणको स्वरूपमा कुनै तात्विक फरक छैन। अमेरिकामा माथिल्लो स्तरका एक प्रतिशत मानिससँग राष्ट्रको सम्पत्तिको ३० प्रतिशत भाग सम्पत्ति छ। यता चीनमा पनि यसको अनुपात हुबहु छ। त्यहाँ पनि तीस प्रतिशत सम्पत्तिको मालिक एक प्रतिशत मान्छे छन्।

    सीले चिन न्यायपूर्ण समाज (फेयर सोसाइटी) को दिशामा सुनियोजित ढंगलले बढ्ने कुरा लगातार बताउँदै आएपनि त्यहाँ यो असमानता विद्यमान छ। अर्थात् गत चालीसभन्दा बढी वर्षमा पूँजीवादले चीनको अर्थ व्यवस्थामाथि यस्तो गाँठो बनाइराखेको छ, यसले आफ्नो पूर्ण स्वतन्त्र स्नायुतन्त्रलाई यति राम्ररी विकसित गरिदिएको छ कि पूँजीवादमाथि राज्यको नियन्त्रणले काम गरेको नै देखिँदैन। पूँजीवादको सारा नीति–नैतिकताहरूले नै समाजको तन्त्रलाई लगभग आफ्नो सर्तमाथि चलाउन सुरु गरिदियो।

    अर्थशास्त्रीका चासो र शंका

    यो अवस्थामा आज सी जिन पिङले सबै स्तरबाट भ्रष्टाचारलाई निरुत्साहित गर्ने, ठूलो पूँजीको अपहरणकारी अभियानमाथि नियन्त्रण गर्ने, ‘चिट फन्ड’को जस्तो व्यापारको ‘पोंजी मोडल’माथि प्रहार गर्ने र समाजको हरेक स्तरमा समाजवादको पक्षमा एक व्यापक विचारधारात्मक नैतिक संघर्ष चलाउनुलाई वैश्विक स्तरमै पूँजीवाद र समाजवादीको सनातन द्धन्द्धको कोणबाट धेरै दूरगामी महत्वको मानिएको छ।

    सीको यस नयाँ अभियानलाई विश्वका तमाम पूँजीवादी अर्थशास्त्रीहरूले गहिरो शंकाको दृष्टिले हेरिहेका छन्। चीनले पछिल्लो ४० वर्षमा अपनाएको बाटोमाथि कुनैपनि प्रकारको हस्तक्षेप हुँदा विश्वमै के कस्तो परिणाम देखिन सक्छ भन्ने विषयलाई यदि चिन्तन र बहसको विषय बनाइँदैन भने कुनैपनि आर्थिक चिन्तनको अर्थ नै रहनेछैन।

    चीनको अर्थव्यवस्था विश्वको दोस्रो ठूलो र सबैभन्दा तीव्र रूपमा बढ्दै गएको अर्थव्यवस्था हो। कोरोनाजस्तो महामारीले उसको जनस्वास्थ्य सेवा र समग्र रूपबाट जनकल्याणको संरचनालाई मजबुत मात्रै बनाएन, एक प्रतिकूल विश्व राजनीतिक परिवेशमा उसको अर्थव्यवस्थालाई समेत बलियो बनाइदियो। यस अवस्थामा राष्ट्रपति सीले अलग बाटो अघि बढ्नु जो कोहीका लागि पनि सन्देहको विषय हुनसक्छ।

    असमानताको बलमा पूँजीवाद

    सी चीनको यस नयाँ परिस्थितिमा मार्क्सवाद र समाजवादको शक्तिलाई देखाउन र एक प्रकारले परीक्षण गर्न पनि चाहन्छ। मार्क्सवाद तथाकथित बजारको नियमको ‘स्वभाविकता’लाई कुनै प्राकृतिक घटनाचक्रको रुपमा लिँदैन। बरु मार्क्सवादले अर्थव्यवस्थाको आफ्नो स्वभाविकतामा अप्राकृतिक हस्तक्षेपभन्दा कम मान्दैन। यो समाजको सामूहिक स्वभाविकतामा असमानता र एक विचलन सिवाय अरु केही होइन।

    सामाजिक गतिशीलताका बीचमा असमानताहरूको उन्मूलनको निरन्तर प्रयास नै सभ्यता र संस्कृतिको विकास हो। तर सभ्यताको विकासको एक यस्तो चरण हो पूँजीवाद, जसले समाजका असमानताहरूलाई नै प्रगतिको कारक मान्छ र सचेत रूपमा यसलाई सामान्यीकरण गरिदिन्छ। मानिसहरूको दुनियाँविरुद्ध पूँजीले आफ्नो मात्रै एक स्वतन्त्र संसार तयार गर्छ र आफ्ना नियमहरूलाई समाजको नियममाथि बलपूर्वक लाद्ने गर्छ। समाजविरुद्ध पूँजीको यो आक्रमण हो। तमाम पूँजीवादी विचारधारात्मक अभियानहरूको सार हुन्छ : असमानता र गैरबराबरीको साधना।

    यहाँसम्म कि त्यहाँ स्वतन्त्रताहरूले पनि दासत्वको बिउ धारण गरेका हुन्छन्। यसका विरुद्ध मार्क्सले देखाएको समाजलाई उसको स्वभाविक विकासको गतिमाथि लैजाने र असमानताहरूको अन्त्य गर्दै जाने निरन्तर क्रान्तिकारी संघर्षको जुन बाटो देखाएका थिए, समाजवाद त्यसै सभ्यता र संस्कृतिको प्राकृत रूप हो।

    पूँजीवाद र अर्थव्यवस्थाको स्वभाविकता

    चीनका राष्ट्रपति सी जब मार्क्सवाद र समाजवादको शक्तिलाई पूँजीवादविरुद्ध लगाउने एउटा नयाँ र सचेत अभियानको कुरा गर्छन्, तब अर्थव्यवस्थालाई उसको स्वभाविक गतिमा राखिन्छ अर्थात् उसलाई पूँजीवादी विचलनसँग यथासम्भव बचाउनु नै उनको आशय हुन्छ। साथै सम्पत्तिको प्रमुख स्रोत प्रकृति र श्रमको बीचको अटूट योगको पूर्ण संरक्षण गर्दै ‘सर्वजन हिताय सर्वजन सुखाय’ को स्वभाविक गतिमा अप्राकृतिक बाधाहरूबाट समाजलाई मुक्त राख्नु उनको तात्पर्य हुन्छ।

    यसै वर्षको अर्थनीतिको नोबेल पुरस्कार प्राप्त गरेका अमेरिकी अर्थशास्त्री डेभिड कार्डले अर्थ–व्यवस्थाको प्राकृतिक स्वरुपमाथि आफ्नो शोधबाट न्यूनतम तलबमा वृद्धिमार्फत रोजगारमा कहिले कुनै कमी नहुने सावित गरे। यसबाट पूँजीको मुनाफाको दरमा कमी भने आउनसक्छ। कार्ल मार्क्सले आफ्नो ‘पूँजी’को तेस्रो खण्डमा सामान्य लाभदरको अध्ययन गर्दै स्पष्ट भनेका छन्, ‘जब ज्याला बढ्छ, लाभदर घट्छ।’ यस अर्थमा भन्न सकिन्छ: जब लाभदर घट्छ, आम मानिसको आम्दानी बढ्छ।

    बजारमा वस्तुको मूल्यमा वृद्धिको सम्बन्ध पूँजीको लाभदर अर्थात पूँजीवादसँग छ। यसको सम्बन्ध अर्थव्यवस्थाको आफ्नो स्वभाविकतासँग छैन, जसका लागि दुनियाँको सारा पूँजीवादी सरकारहरू अत्यन्त संंकटपूर्ण अवस्थामा पनि जनतालाई नै करको भार थोपर्छन्, उनीहरू पूँजपतिहरूको ‘अर्थव्यवस्था’मा हस्तक्षेप गर्न चाहँदैनन्। यद्यपि, एक जमाना थियो, चीनमा यति गरीबी थियो कि त्यहाँ एउटा ‘केक’ लाई समान वितरणका बारेमा कुरा हुने गर्दथ्यो। उत्पादनमा तीव्र वृद्धि हुँदामात्रै यो अवस्थामा परिवर्तन हुन सक्थ्यो।

    तर आज परिस्थिति अलग भइसकेको छ। चीनले आफ्नो देशबाट गरीबीको अन्त्यको घोषणा गरेको छ। उसको अगाडि अब एउटा ‘केकको वितरण’ को समस्या छैन। चीनको ‘केक’ यति ठूलो भइसकेको छ कि उसका लागि सामान्य समृद्धिको लक्ष्य सामान्य भइसकेको छ। अब त्यहाँ ‘केक’ को बहस पछाडि छुटिसकेको छ। र अब ‘समानतापूर्ण वितरण’ र न्यायपूर्ण समाज निर्माणको समस्या प्रमुख भएको छ।

    आगामी कदम कति जटिल?

    समयका साथ उत्पन्न परिस्थितिहरूले न्यायपूर्ण समाजको लक्ष्य बनाउने बाटोलाई धेरै जटिल बनाइदिएको छ। चीनमा निजी पूँजीको अन्त्यको मार्क्सवादी लक्ष्य प्राप्त गर्न सहज छैन। चीनको समाजको यस यथार्थलाई बुझेर नै सीले मार्क्सवाद र माओको विचारधाराको आधारमा बनेको पार्टीको गठन कुन उद्देश्यबाट भएको थियो भन्ने कुरा कम्युनिष्ट पार्टीलाई सम्झाएका छन्। उनी प्रश्न गर्छन्, ‘आज यस लक्ष्यको अगाडि पहाडसमान बाधकका रूपमा के चीज खडा भएको छ?’ उनी यी सबै बाधाहरूको पहिचान गर्दै यस्तो गाँठोबाट देशको अर्थव्यवस्था र पूरै समाजलाई मुक्त गर्न चाहन्छन्।

    यस दिशामा चीनले आगामी दिनमा कस्तो ठोस कदम चाल्छ भन्ने कुरा हेर्न बाँकी छ। चीनको कम्युनिष्ट पार्टीलाई अबसम्म नियन्त्रित ढंगबाट व्यापक सामाजिक उथल–पुथललाई सञ्चालित गर्ने र यसको बीचबाट राष्ट्रलाई मजबूत गर्ने लामो अनुभव मिलिसकेको छ।

    ठूलो पूँजी र उसको तन्त्रमाथि नियन्त्रणको तमाम प्रयोगहरूमा चीनको कम्युनिष्ट नेतृत्व यस प्रकारको बलियो सिसालाई तयार गर्ने सचेत प्रयोगहरूको सीमाप्रति पनि पूर्ण रूपमा जागरुक रहनुपर्ने हुन्छ। वैज्ञानिक जर्जिया पैरिसीकै अध्ययनले भनेको छ कि यो जगतमा कुनैपनि वस्तु असम्बन्धित छैन। मानिसको स्नायुतन्त्रदेखि लिएर पूरै ब्रह्माण्डीय व्यवस्थासम्म सबै एक खालको सुत्रमा बाँधिएका छन्। स्ट्रिंग सिद्धान्तका अनुसार पुतलीको पखेटाको फड्फडाहटबाट नै उसमा सधैं एक खलबली मच्चिरहेको हुन्छ।

    पूँजीवादी हस्तक्षेपको प्रतिकार

    चीनमा प्रहरी, गुप्तचर विभाग, न्यायपालिका र जेलको व्यवस्थामा व्यापक भ्रष्टाचारलाई निरुत्साहित गर्नका लागि हजारौं कर्मचारीविरुद्ध कडा कारवाही गर्न सुरु गरिएको छ। लोकप्रिय अभिनेत्री फेन शुआंगमाथि ४६ मिलियन डलरको जरिवाना, भीमकाय रीयल स्टेट कम्पनीहरूको वित्तीय अनियमितताको खानतलासीजस्ता बहुचर्तित कदमका साथै राष्ट्रपति सीले संकेत गरेको विचारधारात्मक संघर्षको व्यापक अभियानको एक रूपरेखाले अब सीको नजरमा पूँजीवादको आर्थिक प्रसारदेखि लिएर त्यसबाट उत्पन्न भइरहेका सांस्कृतिक चुनौतिहरूको पनि एक पूरा परिदृश्य स्पष्ट छ।

    यो आधार र अधिरचनाको द्धन्द्धात्मक सम्बन्धको सत्यलाई सी जान्दछन् र यो विषयलाई अर्थव्यवस्थाको कुनै एउटा सवालमा मात्र सीमित राख्न चाहँदैनन्। यस द्धन्द्धको बीचमा जीवनको सबै क्षेत्रमा जमेर रहेको धुलोमैलोभित्र समाजवाद चम्किरहेको छ। सी त्यही धुलो झार्ने अभियान चलाउन चाहन्छन्। यसमा धेरैलाई पार्टीभित्र, ‘पूँजीवादी बाटोका यात्रीहरू’विरुद्ध माओको सांस्कृतिक क्रान्तिको एक झलक पनि देखाउन सकिन्छ भन्ने कुरा स्पष्ट छ।

    सी जिन पिङको पूँजीवादी बजारवादविरोधी र एक प्रकारको समाजवादी–आर्थिक–प्रकृतिवादको नाराले हामीलाई पनि धेरै समर्थन गरेको छ। प्रकृतिको नियम कसैको जबरदस्तीबाट चल्दैन। प्रकृतिमा पूरै समाजको समान भागीदारीको नियम छ। यो समाजको मूल मन्त्र हो। यो नियम आफैँमा प्रकृतिमा पूँजीवादको बलपूर्वक हस्तक्षेपको प्रतिकार हो। चीनको समाजवादलाई यदि कतैपनि खतरा छ भने त्यो भनिरहन आवश्यक छैन। खतरा ‘त्यहीँ’बाटै छ।

    सबलोग डट इनबाट मेनुका बस्नेतको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      अरुण माहेश्वरी

      अरुण माहेश्वरी

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.