Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

दुई-तीन वर्षमै चुनाव गर्दा देश कंगाल हुन्छ

रेखा शर्मा रेखा शर्मा
माघ २२, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    म संविधान निर्माणकर्ता पनि हो, बाबुराम भट्टराई नेतृत्वमा भएको राजनैतिक संवाद सहमति समितिको सदस्य पनि थिएँ । संविधान बनाउदै गर्दा हामीले शासकीय स्वरुप बदल्ने विषयमा राम्रोसँग छलफल गरेका थियौँ । अस्थिरताको राजनीति भइरहेका बेला शासकीय स्वरुप बदल्नुपर्छ भन्ने हाम्रो मत थियो । शासकीय स्वरुप बदलेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाने तत्कालिन माओवादीको थियो भने तत्कालिन नेकपा एमालेको मत प्रत्यक्ष प्रधानमन्त्रीमा जानुपर्छ भन्ने थियो । तर संविधान बन्दै गर्दा कांग्रेसले त्यो व्यवस्था मानेन र त्यसपछि हामीले अस्थिरताको अन्त्य कसरी गर्ने भनेर छलफल ग-यौँ ।

    त्यसक्रममा हामीले दुइवटा कुरा राख्यौँ । एउटा प्रधानमन्त्री निर्वाचित भएको दुईवर्षसम्म संसदमा अविश्वासको प्रस्ताव ल्याउन नपाउने र अर्को बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने व्यवस्था राख्यौँ । विगतमा जसरी प्रधानमन्त्रीहरूले अफूलाई अप्ठ्यारो पर्ने बित्तिकै संसद विघटन गर्ने गर्थे त्यसबाट राजनीतिक अस्थिरता निम्तिन्थ्यो । त्यस्तो नहोस् भनेर हामीले संविधानमा यो व्यवस्था राख्यौँ । बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने र सांसदहरूले प्रधानमन्त्री निर्वाचित भएको दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने गरी संविधानमा व्यवस्था ग-यौँ ।

    यो व्यवस्थाले सापेक्षिक रुपमा संविधानमा स्थायित्व कायम हुन्छ भनेर हामीले विश्वास गरेको थियौँ । तर अहिले संविधानको परिकल्पनाभन्दा बाहिर गएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुभएको छ । यो गलत छ भनेर यसविरुद्ध हामी आन्दोलनमा छौँ ।

    कानूनीसँगै राजनीतिक लडाई

    देशको प्रधानमन्त्रीले संविधानमै नभएको घटना घटाउँदा राजनीतिक पार्टी चूप लागेर बस्नु हुँदैन । उसले एउटा प्रतिक्रिया व्यक्त गर्छ । हाम्रो आन्दोलन त्यही प्रतिक्रिया हो । हामीले कानूनी लडाईसँगै राजनीतिक लडाई पनि लड्नुपर्छ ।

    एकातिर प्रधानमन्त्री ओलीले संसद विघटनलाई आफ्नो राजनीतिक अधिकार भनेका छन् । कानूनमा नभएपनि प्रधानमन्त्रीलाई यो अधिकार छ भनिएको छ । त्यसकारण हामीले यो संवैधानिक विषय हो, यो अलोकतान्त्रिक र असंवैधानिक छ भनेर जनतालाई पनि बुझाउनुपर्छ। यो संविधान कुन आशायमा निर्माण गरिएको हो भन्ने कुरा जनताले पनि थाह पाउनुपर्छ भन्ने उद्देश्यले पनि हामी आन्दोलन गरिहेका छौँ ।

    यो आन्दोलन अदालतलाई प्रभाव पार्नेगरी गरिएको होइन । अदालतले संविधान र कानून हेरेर निर्णय गर्ने हो । त्यसकारण स्वभाविक रुपमा यो प्रतिगमनका विरुद्ध नै निर्णय हुन्छ भन्ने अपेक्षा छ । तरपनि एउटा राजनीतिक दलको नेता तथा कार्यकर्ता हुनुको नाताले आम जनतालाई संविधानको मर्म र स्पिरिट के हो र किन हामीले विरोध गरेको छौँ भन्ने कुरा बुझाउनुपर्ने भएकोले हाम्रा कार्यक्रमहरू भएका हुन् ।

    ‘चुनाव गर्नका लागि घोषणा गरिएको होइन’

    निर्वाचन आयोग अहिले चुनावी तयारीमा छ । सरकारले घोषणा गरेपछि तयारी गर्नु एउटा संवैधानिक आयोगको कर्तव्य हो र त्यो उसले पूरा गरिहेको छ । तर हामीले अहिले जे परिस्थिति देखिरहेका छौँ, यसबाट चुनाव गर्ने मनाशायका साथ यो चुनावको घोषणा भएको हो जस्तो लाई लाग्दैन ।

    अस्ति भर्खरै गृहमन्त्री कालिकोट पुगेर चुनाव हुन सक्दैन भनेर बोलिसक्नुभएको छ । प्रधानमन्त्री भएको दुई तिहाई गुमाएर अर्को दुई तिहाई खोज्न हिँड्नुभएको छ । चुनाव गर्ने भनिएको छ, तर यो विश्वसनीय छैन । यो चुनाव हुँदैन र यो चुनाव गर्नका लागि घोषणा गरिएको होइन, यसमा हामी विश्वस्त छौँ । त्यसकारण आयोगले जे तयारी गरेपनि स्वयं सरकारका मन्त्रीहरूले नै यो चुनाव हुँदैन भनिरहेको अवस्थामा यसमा थप बोलिरहनुपर्ने अवस्था छैन । असंवैधानिक बाटो प्रयोग गरेर चुनाव गरिनु प्रतिगामी कदम हो । त्यसकारण चुनाव हुँदैन ।

    प्रतिगमनकारीहरूले हामीलाई ताजा जनादेशमा जान डराएको भनिरहेका छन् । खासमा डराउने वा नडराउने भन्ने विषय नै होइन । यहाँ ‘ताजा जनादेशमा किन ?’ भन्ने चाहिँ प्रश्न छ । हामीले संविधानमै नभएको र प्रणाली नै ढाल्नेगरी अगाडि बढ्न उपयुक्त हुन्छ ? चुनाव त पाँच वर्षपछि हुन्छ । पाँच वर्षमा आवधिक निर्वाचन भइहाल्छ । आवधिक निर्वाचनमा गएर जनादेश लिए भइहाल्छ । मानौँ प्रधानमन्त्रीको कदम अनुसार भोलि चुनाव नै भयो भने अर्को पार्टीको नेता प्रधानमन्त्री बन्नुहोला । उहाँलाई पनि पार्टीमा अप्ठ्यारो पर्नेबित्तिकै फेरि संसद विघटन गर्ने त ?

    हाम्रो देशले हरेक दुई वर्षमा चुनाव धान्न सक्छ ? यसले त कति धेरै अस्थिरता निम्त्याउँछ । त्यसकारण अस्थिरताको अन्त्य र सापेक्षिक रुपमा स्थायित्व कायम गर्न यो चुनाव हुनुहुँदैन । दुई/तीन वर्षमै चुनाव गर्दा देशले थेग्न सक्दैन । त्यसैले डराउने भन्दा पनि हाम्रो देश र ढुकुटीको रक्षा र जनताले पाँच वर्षका लागि दिएको म्यान्डेडको सम्मानको लागि चुनाव गरिनु हुँदैन ।

    ‘नभोगेकाहरूले तानाशाही व्यवस्था चाहेका छन्’

    हामीले लामो राजनीतिक लडाई लडेका छौँ । कम्युनिष्ट स्थापना भएदेखि ७० वर्षसम्मको लडाई, जनयुद्ध र जनआन्दोलनपछि हामीले केही राजनीतिक उपलब्धिहरू हासिल ग-यौँ । जनआन्दोलनपछि हामी सबैलाई के विश्वास थियो भने अब राजनीतिक लडाई सक्यौँ । कम्तिमा पनि गणतन्त्र आयो, सयौँ वर्षदेखिको राजतन्त्र फालियो र जनताका छोराछोरीले शासन गर्ने भए । त्यसैले अब देश समृद्धिमा जान्छ भन्ने कुरामा हामी विश्वस्त थियौँ ।

    अब हामी समृद्धिमा जान्छौँ भनिरहदा के फेरि गणतन्त्रको लागि लड्ने ? फेरि संघियताका लागि लड्ने ? फेरि समानुपातिक समावेशिताका लागि लड्ने ? यि प्रश्नसहितको परिस्थिति हामीमाझ छ । यो वास्तवमा दुःखदायी छ । हाम्रा बुवाआमाले राजनीतिक लडाई लडे, हामीले पनि लड्यौँ र अब हाम्रो छोराछोरीले पनि राजनीतिक लडाई लड्नुपर्ने हो कि भन्ने कुराले हामी सबै चिन्तित नै छौँ । त्यसकारण यो थप नबिग्रिदै यसलाई करेक्सन गर्ने उद्देश्यले हामी तत्काल आन्दोलनमा लाग्यौँ ।

    ‘देशमा एउटा तानाशाह चाहिन्छ’ भनेर तानाशाही शासन नभोगेकाहरूले भन्ने विषय हो । उनीहरूले भोगे भने बल्ल चाल पाउँथे। अहिले हामी जसरी केपी ओलीले चालेको असंवैधानिक कदमविरुद्ध सडकमा छौँ, यो गणतन्त्रकै कारणले संभव भएको हो । हिजो राजाले जे गर्थे त्यसको सडकमा विरोध गर्न पाईदैन थियो । हिजोको त्यो तानाशाही शासन र निरकुंशता नभोगेका मान्छेले एउटा तानाशाह भइदिएपनि हुन्थ्यो भन्छन् ।

    पात्र खराब हुँदैमा प्रणालीलाई दोस दिन मिल्दैन

    ‘हिजो एउटा राजाले खान्थ्यो, आज यति धेरै मान्छेले खाइरहेका छन्’ भन्ने कुरा पनि उठ्छ । यो स्वभाविक होला । तर हामीले बुझ्नुपर्ने कुरो के छ भने हिजोको त्याग र बलिदानकै कारण आज सडकमा आएर सरकारको विरोध गर्न पाइएको छ । व्यक्ति वा पात्रहरू खराब हुन सक्लान् । तर पात्र खराब भए भन्दैमा सिस्टमलाई दोष दिन मिल्दैन । पात्र खराब भयो भने पात्र बदलिन्छ । जस्तैः घरको एउटा छोरो बिग्रिए, अर्को छोरो राम्रो हुनसक्छ । तर हाम्रो घरै बिग्रियो भने जति राम्रो सन्तान भएपनि केही अर्थ छैन । त्यसकारणले हिजो कुनैपनि तानाशाही वा अप्ठ्यारो नभोगेका मान्छेहरूले भन्ने कुरा एउटा होला । तर आजका युवाहरूले यो भन्दा तानाशाही ठिक भनेर सोच्नुहुँदैन ।

    युवाहरूले हिजोका इतिहासहरू पल्टाएर पढ्नुपर्छ । हिजोका दिनमा समाज कस्तो थियो र आज जनताको त्याग र बलिदानले समाजमा कति परिवर्तन आयो भन्ने कुरा विचार गर्न जरुरी छ। त्यसैले अहिले जुन गलत काम गरिएको छ, यसलाई समयमै सच्याउने कुरामा युवाहरू अगाडि आउनुपर्छ ।

    ‘पछि हट्ने कुरा कल्पनापनि गर्दैनौँ’

    अहिले केपी ओलीको पक्ष को छ र प्रचण्ड–माधवको पक्षमा को भन्ने कुरा मुख्य विषय होइन । अहिलको विषय भनेको प्रतिगमनको पक्ष कि विपक्ष भन्ने हो । लोकतन्त्र र गणतन्त्रको पक्ष वा विपक्ष भन्ने कुरा नै मुख्य विषय हो । यसमा कोको पात्र जुटेका छन् भन्ने कुरा अर्कै हो । जब यो व्यवस्था नै रहेन भने हाम्रा सबै उपलब्धिहरूः धर्म निरपेक्षता, संघियता, समावेशिता र समानुपातिकताका पनि गुम्नेछन् ।

    देशमा गणतन्त्र आउने क्रममा उत्पीडित समूदायका व्यक्तिहरूको पनि सहभागितामा संविधान लेख्यौँ । ‘भाँडा माझ्दामाझ्दै वा घाँस काट्दाकाट्दै सभासद भए’ भनेर हामीले सुन्यौँ होला । यदि परिवर्तन हुन्थेन भने यो संभव थियो ? त्यो वर्गको मान्छे कानून बनाउने तहमा पुग्ने कहिले कल्पना गरिएको थियो ? पात्र फरक परे होलान्, तर यदि देशमा आन्दोलन र परिवर्तन भएको थिएन भने त्यो वर्गको मान्छे कहिले पनि माथि पुग्न सक्दैनथ्यो ।

    जब हामी विद्यमान परिस्थितिबाट पछाडि फर्किन्छौँ, हाम्रा सबैकुरा पछाडि फर्किन्छन् । पाएको उपलब्धि पनि पछाडि फर्किन्छ । जनताको त्याग र बलिदानपछि प्राप्त व्यवस्था र परिवर्तनले हामीलाई यहाँ पु-यायो । त्यसकारण यो नरहने हो भने र प्राप्त उपलब्धि गुम्यो भने हामी ०६२/६३ भन्दा अघिको समयमा पुग्छौँ । समानुपातिक, समावेशीताका कुरा र उत्पीडित समूदायका कुरा जसरी उठेका छन् र दलित, महिला जसरी राजनीतिको मूलधारमा आएका छन्, त्यसबाट पछाडि फर्किनुपर्ने हुन्छ । त्यसकारण पछि हुट्ने कुरा हामीले कल्पना पनि गर्नुहुन्न ।

    भिडियो –

    (नेकपा केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रेखा शर्मासँग नेपाल रिडर्सका लागि मेनुका बस्नेतले गरेको कुराकानीमा आधारित । तस्वीर : महेश पाण्डेय)

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      रेखा शर्मा

      रेखा शर्मा

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.